Monday 3 Falgun, 2072 |
Menu

अर्थ

istl

बेलको ह्याट्रिकमा जिदानलाई स्वागत

(0 votes)
बेलको ह्याट्रिकमा जिदानलाई स्वागत
मड्रिड- गारेथ बेलले ह्याट्रिक गरेको खेलमा डेर्पोटिभो ला कोरुनामाथि शनिबार ५–० को प्रभावशाली जित दर्ता गराउँदै जिनेदिन जिदानले रियाल मड्रिड प्रशिक्षकका रुपमा सुखद सुरुआत गरेका छन्।

nepalipatro-nagarik
जितपछि रियालले शीर्ष स्थानको बार्सिलोनासँग दुई अंकको दुरी कायम राख्न सफल भयो। शनिबारै चाढोगरी सम्पन्न खेलमा युरोपियन च्याम्पियन बार्सिलोनाले लियोनेल मेसीको ह्याट्रिक प्रेरणामा ग्रानाडालाई ४–० को नतिजामा पराजित गरेको थियो।

केही दिनअघि बर्खास्गतीमा परेका प्रशिक्षक राफेल बेनिटेजलाई स्थानान्तरण गर्दै रियालको नेतृत्व लिएका जिदानलाई शनिबार घरेलु सान्टियागो बेर्नाबेउ रंगशालामा समर्थकले आत्मीय स्वागत गरेका थिए। आफ्नो समयका सुपरस्टार खेलाडी जिदानको पहिलो खेलमै करिम बेन्जामाले १५ औं मिनेटमा अग्रता दिलाएपछि रियाल कुनै पनि बेला खेलमा पछाडि फर्किनु परेन। बेन्जामाले गोल गरेको आठ मिनेटपछि बेलले टोलीको अग्रता मध्यान्तरसम्मका लागि दोव्वर पारे।

दोस्रो हाफ सुरु भएको चौथो मिनेटमा बेलले दोस्रो व्यक्तिगत गोल गरे भने ६३ औं मिनेटमा उनले ह्याट्रिक पूरा गरे। बेन्जामाले इन्जुरी समयमा दोस्रो व्यक्तिगत गोल गर्दै जिदानको रियाल प्रशिक्षकको हैसियतमा पहिलो खेलमा फराकिलो जित दिलाए।

'जित्दा खुसी हुनैपर्छ,' फ्रान्सेली फुटबलका महान हस्ती जिदानले भने, 'मलाई आज टोलीले मैदानमा देखाएको जुझारुपना सबभन्दा मन पर्योछ। डेर्पोटिभो ला कोरुनाजस्तो टोलीलाई पाँच गोल गर्नु सजिलो पक्कै हुन्न।'

स्पेनिस राजधानीको खराव मौसमका बीच पनि जिदानको स्वागतका लागि रियाल समर्थकले उत्साहजनक उपस्थिती जनाएका थिए। बेनिटेजको निराशाजनक सात महिने कार्यकालपछि आएका जिदानको नाममा खेल सुरु हुनुभन्दा धेरै अघिदेखि समर्थकले रंगशाला गुन्जायमान बनाइरहेका थिए।

बेन्जामाले रियाललाई अग्रता दिलाउनुभन्दा दुई मिनेटअघि लुकास पेरेजले झन्डै जिदानको सुरुआत खल्लो बनाइसकेका थिए। तर केलर नाभासले उत्कृष्ट बचाउ गरेपछि पेरेज जारी सिजनको १३ औं लिग गोल गर्नमा असफल भए।

उता पाँचौं पटक विश्व वर्ष खेलाडीको पुरस्कार जित्ने आशामा रहेका मेसीले क्याम्प नोउमा जारी सिजनको ह्याट्रिक गरे। सोमबार जुरिचमा हुने समारोहमा आफ्नै टोलीका सहयात्री नेइमार र अघिल्लो वर्षका विजेता क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेसीले यसपाली बालन डी अरको पुरस्कार जित्ने अनुमान गरिएको छ। गत सिजन बार्सिलोनालाई स्पेनिस ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रे गरी तीन उपाधि जिताउन महत्वपूर्ण योगदान गरेवापत उनलाई बालन डी अरको मु्ख्य दावेदारका रुपमा लिइएको छ।

दुई महिना मेसी अनुपस्थित रहँदा नेइमार र लुइस स्वारेजले उच्च फर्म प्रदर्शन गर्नाका बावजुद मेसीले लुइस इनरिकेको टोलीमा आफू नै मुख्य खेलाडी भएको प्रमाणित गरेका छन्। ला लिगाका पछिल्ला चार खेलमा तीन बराबरीमा सिमित टोलीलाई उनले विजयी लयमा फर्काएका छन्।

'मेसी भनेको एउटा असाधारण खेलाडी हुन्। यस्तो खेलाडी विश्व फुटबलले फेरी पाउन गाह्रो हुन्छ,' उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परे पनि सोमबार जुरिचको समारोहमा उपस्थिती नजनाउने बार्सिलोनाका प्रशिक्षक इनरिकेले भने, 'उनले विश्व फुटबलमा सबैखाले कीर्तिमान तोडिसकेका छन् र यसलाई निरन्तरता पनि दिनेछन्।'

फिफाबाट लागेको एक वर्षसम्म नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने प्रतिवन्ध अवधि सकिएको केही दिनमै भएको खेलमा टर्कीका अन्तर्राष्ट्रिय खेलाडी आद्रा टुरानले बार्सिलोनाका लागि लिगमा डेब्यु गरे। उनले त्यही खेलमा मेसीका लागि आठौं मिनेटमा आकर्षक थ्रुबलमार्फत बार्सिलोनाको गोलमा पहिलो पास मिलाए।

मेसीले आठौं मिनेटमा खोलेको खातामा ६ मिनेटपछि दोस्रो गोल गरे। मेसीले ५८ औं मिनेटमा ह्याट्रिक पूरा गरे भने नेइमारले समय सकिन सात मिनेट बाँकी रहँदा टोलीका लागि चौथो गोल गरे।

शनिबारको नतिजापछि १८ खेलको समाप्तीमा बार्सिलोना एट्लेटिको मड्रिडलाई १ अंकले पछि पार्दै ४२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। एक खेल बढि खेलेको रियालको खातामा ४० अंक छ। रियाल तेस्रो स्थानमा छ।

स्पेनिस ला लिगामा शनिबारै सम्पन्न अन्य खेलमा गेटाफेले रियाल बेटिसमाथि १–० को जित हासिल गर्योय भने सेभियाले एथलेटिक बिल्बाउलाई २–० ले हरायो। यसैगरी लेभान्टेले रायो भाल्कानोमाथि २–१ को विजय हासिल गर्यो ।

प्रतिक्रिया

फागुन ८ देखि सडक उत्सव

फागुन ८ देखि सडक उत्सव

धरान–घुम्न जाउ धरान भन्ने नारासहित यही फागुन ८ गतेदेखि १० गतेसम्म १२ औं धरान सडक उत्सव आयोजना हुने भएको छ। होटल एशोसिएशन अफ धरानले आयोजना गर्ने उत्सवको अवसरमा एशोसिएशनमा आवद्ध...

सुन तोलाको ५५ हजार ५ सय पुग्यो

सुन तोलाको ५५ हजार ५ सय पुग्यो

काठमाडौं- केही दिनदेखि बढिरहेको सुनको मूल्यवृद्धि आगामी हप्तासम्म जारी रहे पनि यसले लामो समय निरन्तरता नपाउने नेपाल सुनचाँदी महासंघले जनाएको छ। विश्व बजारमा आकस्मिक रुपमा मूल्य बढ्दा त्यसको असर नेपालमा...

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।