Friday 24 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

हेटौंडा गोल्डकप फागुनमा

(0 votes)
काठमाडौं- भूकम्पमा परी ज्यान गुमाएका खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले फागुनको पूर्वार्द्धमै अन्तर्राष्ट्रिय आमन्त्रण हेटौडा गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको छ।

nepalipatr-april
मंसिर २८ देखि पुस ४ सम्म हुने भनिएको प्रतियोगिता नाकाबन्दीका कारण स्थगित भएको थियो। प्रतिष्ठानले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि फागुन १ बाट ८ गतेसम्म प्रतियोगिता गर्ने जनाएको छ।

प्रतिष्ठानका अध्यक्ष भेष खड्कीका अनुसार प्रतियोगिता बन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा गर्ने तय भएको छ। प्रतियोगिताका लागि मैदान मर्मत तथा अन्य सबै तयारी अघि बढिरहेको खड्कीले बताए। प्रतियोगिताका लागि करिव पाँच सय दर्शक अट्ने अस्थायी प्यारापिट बनाउने तयारी भइरहेको खडगीले जानकारी गराए।

प्रतिष्ठानका महासचिव सविन न्यौपानेले थ्री स्टार, भापा–११, भारतको कञ्चनजंघा, भुटानको सीएमसी, विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र नेपाल प्रहरीको नेपाल पुलिस क्लबले सहभागिताका लागि प्रतिवद्धता जनाइसकेको र घरेलु टिमका खेलाडी छनोटको चरणमा रहेको बताए।

प्रतियोगिता विजेताले ३ लाख रुपैयाँ पाउनेछ भने दोस्रो हुनेले १ लाख ५० हजार पाउने आयोजकले जनाएको छ। यसैगरी विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मानित गरिने जनाएको छ।

प्रतिक्रिया

खाडीको घरेलु काममा महिला जान पाउने

खाडीको घरेलु काममा महिला जान पाउने

काठमाडौं- खाडी मुलुकमा घरेलु काममा महिला पठाउन लगाइएको प्रतिबन्ध अढाइ वर्षपछि फुकुवा भएको भएको छ। महिलालाई घरेलु काममा खाडी पठाउन हुन्छ र हुँदैन भन्ने विवादबीच बिहीबार श्रम तथा रोजगार मन्त्रालयले...

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

काठमाडौं- गएको ६ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजले बल्ल उडान गर्ने भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनमा निर्मित १८ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको जहाजलाई आगामी...

आर्थिक वृद्धि ऋणात्मक

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ ।...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...