Thursday 23 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

दश हजारको लोभमा पर्दा...

(0 votes)
ललितपुर–तपाइँको जायजेथा अदालत वा त्यस्तै कुनै निकायमा राखे बापत् केही दिनमै हजारौं कमाउने प्रलोभन कसैले दिए होसियार हुनुहोस्। अदालत र न्यायिक निकायमा यस्तै प्रलोभनमा धरौटी बापत तपाइँले राखेको जायजेथा केही हजारकै लोभमा लिलाम हुनसक्छ।
nepalipatr-april
अदालत, न्यायाधिकरण तथा प्रशासनले मागेको धरौटी रकम बापत सोझा गाँउले र सहरीया समेतका जग्गा केही हजारको प्रलोभनमा पारेर धरौटी राखी फरार हुनेको सुचि लामो छ। छानबिन र लिलाम प्रक्रिया सुरु भएसँगै यस्तो गिरोहको प्रलोभनमा परी सर्वसाधारण पीडित भएका घटना सार्वजनिक भएका छन्।

ललितपुर जिल्ला अदालतले धरौटी बापत राखिएका जायजेथाका प्रतिवादीले म्याद गुजारेसँगै पहिलो पटक लिलाम गरी असुल उपर गर्न सुरु गर्दा यस्तो यथार्थता भेटिएको हो। अदालतले २०६४ सालमा फैसला भएको घटनाका प्रतिवादी धरौटीपछि फरार रहेका कारण उनले राखेको जमिनको लिलाम गर्दा जायजेथा राख्ने ब्यक्ति केही हजारमा फस्दा घटना भएको सार्वजनिक भएको छ।

अदालतका अनुसार वैदेशिक रोजगार न्यायधिकरणले २०६४ साउन २४ मा दोषी ठहर गरेका आरोपी अशोक सुनवार हाल फरार छन्। सुनवारका लागि न्यायधिकरणले १२ लाख ८० हजार वापत जायजेथा धरौटी राख्न माग गरेको थियो। त्यसमा सिन्धुपाल्चोक सिन्धुकोटका दिलबहादुर तामाङ सहित तीन जनाको जायजेथा धरौटी राखेर उनी थुनामुक्त भएका थिए। अहिले सम्पत्ति लिलामी प्रक्रियामा जान लागेको थाहा पाएपछि उनीहरु जायजेथा बचाउन अदालत धाइरहेका छन्।

ललितपुर जिल्ला अदालतमा बुधबार भेट भएका सानो दिलबहादुरका छोरा प्रकाश लामाले बाबुलाई १० हजार दिँदै ३५ दिनमा जग्गा पाउने प्रलोभनमा गाउँकै केही बिचौलियाले फसाएको बताए। 'जग्गा राखेपछि पैसा पाइन्छ, ३५ दिनमा फुकुवा हुन्छ भनेछन्', छोरा प्रकाशले भने।

लामाले भुकम्प पछि मात्र अदालतको पत्र पाएपछि घटना थाह पाएको बताए। 'भुकम्पले घर भत्किएको छ, बनाउन सरकारी ऋण लिन जाउँ कागज अदालतमा छ', उनले भने।

अदालतका श्रेष्तेदार बाबुराम दाहालका अनुसार पहिलो प्राथमिकतामा नगद र परिवारकै जग्गा जमिन भएपछि अन्यको समेत सहमतिमा धरौटी बापत जायजेथा राख्ने गरिन्छ। धरौटी राख्ने समय प्रलोभनमा परेर सहमति जनाउने र पछि प्रतिवादी भागेपछि गुनासो गर्ने एकदुई घटना अदालतमा आएका छन्।

अदालतले पहिलो पटक आफु मातहत धरौटी जमानीमा रहेका करिब एकसय पचास रोपनी जग्गाको लिलामी प्रकृया सुरु गरेपछि तामाङ त्रयको घटना सार्वजनिक भएको हो।

अदालतका तहसिलदार कौशल ज्ञवालीका अनुसार गोरखा, धादिङ, तनँहु, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र काठमाडौंमा विभिन्न ब्यक्ति र प्रतिवादी समेतका नाममा रहेको एकसय ५० रोपनी जग्गा असुलउपरका लागि लिलाम प्रक्रिया अघि बढाइएको हो। उनका अनुसार २०४१ देखि २०६२ सम्म विभिन्न समयमा राखिएका २४ जना व्यक्तिको जायजेथा लिलाम प्रक्रियामा गएको हो।

धरौटी जुटाउन एजेण्ट

वैदेशिक रोजगार ठगी र बैंकिङ ठगीका घटनामा अदालत र अर्ध न्यायिक निकायले माग्ने धरौटी बापतको ठुलो रकम जुटाउन केही एजेण्ट ब्यवसायिक रुपमै सक्रिय हुने गरेका छन्। अदालतमा धरौटी बापत तत्काल रकम जुटाउन सहयोग गरेबापत यस्तो समुहले निश्चित प्रतिशत रकम कमिसन लिने गर्छ। स्रोतका अनुसार विभिन्न अवरणमा रहेका यस्ता गिरोहको पहिलो प्राथमिकतामा केही हजारको प्रलोभनमा सजिलै जायजेथा बुझाउने विपन्न र सोझा गाउँले पर्ने गर्छन्। अदालतमा प्रतिवादीका तर्फबाट मुद्दा लडिरहेका केही कानुन व्यवसायीले नै यस्ता गिरोहलाई कानुनको जानकारी दिँदै सहयोग गरेका कारण यस्ता एजेण्टको मनोबल बढेको बताइन्छ।

प्रतिक्रिया

आर्थिक वृद्धि ऋणात्मक

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ ।...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...