Sunday 24 Magh, 2072 |
Menu

अर्थ

istl

बंगलादेशलाई जित्दै सेमिफाइनल पुग्ने लक्ष्य

(0 votes)
काठमाडौं- बंगबन्धु गोल्डकप फुटबलमा कम्तीमा सेमिफाइनलसम्म पुग्ने लक्ष्यसाथ नेपाली टोली बंगलादेश यात्रामा निस्केको थियो । पहिलो खेलमा मलेसियन सुपर लिगको पाँचौं क्लब फेल्डा युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएपछि साफ च्याम्पिनसिपमा जस्तै नेपाल समूह चरणबाटै बाहिरिने खतरामा थियो। तर, दुई साताअघि सम्पन्न साफ च्याम्पियनसिपको बदला लिने गरी मंगलबार श्रीलंकालाई १–० ले हराएपछि नेपालको अन्तिम चारमा पुग्ने सम्भावना बढेको छ। साफमा नेपाल पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको थियो।

nepalipatro-nagarik

यता बंगबन्धुको नकआउट पुग्ने सम्भावनाबीच नेपालले आज शुक्रबार समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशको सामना गर्दैछ। बंगलादेश त्यही टोली हो, जसले साफ च्याम्पियनसिपअघि मैत्रीपूर्ण खेलमा नेपाललाई १–० ले हराएको थियो। नेपालले शुक्रबार घरेलु टोलीसँग सामना गर्दा एकै खेलमार्फत दोहोरो खुसी आत्मसात गर्ने मौका पाउनेछ। बंगलादेशलाई हराउन सके टोलीको सेमिफाइनल यात्रा निश्चित हुनेछ भने अघिल्लो महिना मैत्री खेलमा भोगेको पराजयको बदला पूरा हुनेछ।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनको भनाइ मान्ने हो भने अर्को खेलको नतिजापछि हेरेर रणनीति बनाउने अवसर छ। तर, बंगलादेशलाई हराएर सेमिफाइनल पुग्न चाहेको महर्जन बताउँछन्। नेपाल खेल्नुअघि श्रीलंका र फेल्डाबीच भिडन्त हुनेछ। सेमिफाइनल दौडबाट बाहिरिसकेकाले श्रीलंकाले फेल्डालाई हराउन सके नेपाल र बंगलादेश एकअर्कासँग खेल्नुअघि नै सेमिफाइनल पुग्नेछन्। त्यस्तो अवस्थामा उक्तले समूह विजेता छान्नेछ। फेल्डा जित्दाको अवस्थामा भने सेमिफाइनल पुग्ने टोलीको निर्णय नेपाल र बंगलादेशको खेलपछि मात्र हुनेछ।

टोलीको लय र बंगलादेश चिरपरिचित टोली भएकाले जित निकाल्न सकिनेमा प्रशिक्षक महर्जन आशावादी छन्। 'साफ च्याम्पिनसिपको तयारीमा हामी हारेका थियौं। तर, बंगलादेश मात्र होइन बंगबन्धुमा सहभागी टोलीमा खासै ठूलो अन्तर छैन,' महर्जनले भने, 'त्यसैले जसले जसलाई पनि हराउन सक्छ। हामी पनि बंगलादेशलाई हराउन सक्छौं। दबाब छ तर, ५०/५० को खेल हुनेछ।'

उनले श्रीलंका र फेल्डासँगको खेलको नतिजाले पनि अर्थ राख्ने भएकाले त्यहीअनुसार रणनीति बनाइने जनाए। 'रणनीति परिस्थितिअनुसार बन्ने हो। हामी बंगलादेशसँग खेल्नुअघि सेमिफाइनल पुग्ने सम्भावना पनि छ,' उनले थपे, 'तर, परिस्थिति जे भए पनि हामी जितका लागि खेल्नेछौं।'

महर्जनले जगजित श्रेष्ठबाहेक कुनै खेलाडीलाई समस्या नभएकाले श्रीलंकाविरुद्धकै टोली उत्रने सम्भावना रहेको बताए। उनले भने, 'जगजित सामान्य चोटग्रस्त छन्। बाँकी सबै फिट छन्। श्रीलंकाविरुद्धकै टोली खेल्न सक्छ।'

फुटबलमा नेपाल र बंगलादेशलाई एकअर्काको भूमि फापेको इतिहास छ। नेपालले पछिल्लोपल्ट अन्तर्राष्ट्रिय स्वर्ण पदक बंगलादेशमा जितेको थियो भने आठौं साफको स्वर्ण पदक जित्न बंगलादेश काठमाडौं आएको थियो।

सन् १९९३ मा तेस्रो दक्षिण एसियाली खेलकुद (साफ) को स्वर्ण नेपालले बंगलादेशमै जितेको हो। फुटबलमा नेपालले जितेको पछिल्लो उपाधि त्यही हो। बंगलादेशलाई त्यसको ६ वर्षपछि नेपाली भूमि फापेको थियो। १९९९ मा नेपालमा भएको आठौं साफको फाइनलमा नेपाललाई हराएर बंगलादेशले उपाधि जितेको थियो। तथापि अहिलेसम्मको १७ भेटमा बंगलादेश हाबी छ। नेपालले ५ खेलमात्र जितेको छ भने १ खेल बराबरीमा टुंगिएको थियो। बाँकी ११ खेलमा बंगलादेश विजयी भएको थियो।

.........................

राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा 'डेब्यू' खेलमै श्रीलंकाविरुद्ध जित निकाल्न सकेको क्षण स्मरणीय रहेको महर्जनले बताएका छन्। 'फुटबलमा बंगलादेशसँग मेरो अलि भावनात्मक सम्बन्ध छ। खेलाडीका रुपमा छैटौं साफ बंगलादेशमै जित्यौं। मैले तीन बर्ष व्यवसायिक खेल जीवन यहि बिताए,' नागरिकसँग टेलिफोनमा महर्जनले भने,'अहिले राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा डेब्यू खेलमै जित हासिल गर्दा प्रशिक्षण जीवनमा पनि यो मेरो लागि अविस्मरणीय क्षण हो।' यसै बर्ष भदौमा साफ यू–१९ को उपाधि नेपाललाई दिलाउदाका प्रशिक्षक महर्जनले यसपटक विदेशी प्रशिक्षक प्याटि्रक आजेम्सको अखिल नेपाल फुटबल संघ (एन्फा) संगको असमझारीका कारण राष्ट्रिय टोलीको जिम्मा महर्जनको काँधमा आएको थियो। 'फुटबलमा एकैजनाले सफलता दिलाउन सक्दैन। सफलता सामूहिक प्रयासबाट मात्र प्राप्त हुन्छ,' महर्जनले भने,'अहिले पनि हामीले त्यहि सामूहिक भावनाबाट सफलता प्राप्त गरेका हौं। म प्रशिक्षण टोली, व्यवस्थापन र सँगै खेलाडीलाई धन्यवाद दिन चाहन्छु। एन्फाले म प्रति देखाएको विश्वास प्रति आभार व्यक्त गर्न चाहन्छु।'

श्रीलंकासँगको जितलाई उनले अर्को अर्थमा पनि विश्लेषण गरेका छन्। 'मेरो प्रशिक्षणमा टोलीले सफलता हासिल गर्नु भनेको नेपाली प्रशिक्षक पनि सफलता दिलाउन सक्षम छन् भन्ने प्रमाण हो,' उत्साहित हुँदै उनले भने,'हामीका थ्रुपै फुटबल प्रशिक्षक क्रियासिल छन्। मौका पाउँदा आफुलाई प्रमाणित गर्न सक्छन् भन्ने यो एउटा राम्रो उदाहारण हो। त्यसअर्थमा पनि म बढी खुसी छु।'

यद्दपी बंगलादेश उड्नुअघि एन्फाले राष्ट्रिय टोली वा यू–२३ टोलीले सहभागी गरिरहेको प्रष्ट पारेको थिएन। फिफाले नेपाल र श्रीलंकाबीचको खेललाई अन्तर्राष्ट्रिय खेलको मान्यता दिएपछि महर्जन राष्ट्रिय टोलीको प्रशिक्षक र विराज महर्जन कप्तान भएको प्रष्ट भएको थियो। राष्ट्रिय टोलीको हैसियतमा टिम बंगलादेश पठाए पनि एन्फाले त्यो विषय प्रष्ट पारेको थिएन।

प्रतिक्रिया

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

काठमाडौँ-तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ।

सूचना प्रविधि कुम्भ मेला सुरु

सूचना प्रविधि कुम्भ मेला सुरु

काठमाडौं–२२औं संस्करणको सूचना प्रविधि कुम्भ मेला शुक्रबार काठमाडौंमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सुबिसु क्यान इन्फोटेक १०१६ (इन एसोसिएसन विथ हुवावे) मा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स,...

२५ करोड लगानीमा तीनतारे होटल अमादब्लम

२५ करोड लगानीमा तीनतारे होटल अमादब्लम

काठमाडौं- विनाशकारी भूकम्प र भारतको नाकाबन्दीबाट प्रत्यक्ष मारमा परेको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको संकेत होटल क्षेत्रको लगानीमा देखिन थालेको छ। पछिल्लो पटक राजधानीको गौशालामा २५ करोड रुपैयाँ लगानीमा...