Sunday 2 Falgun, 2072 |
Menu

अर्थ

istl

स्वर्ण दिलाउन अतुर जुडो

(0 votes)
स्वर्ण दिलाउन अतुर जुडो
काठमाडौं- पछिल्लोपल्टढाकामा भएको लिफ्ट दुर्घटनामा नेपाली जुडोले ठुलो क्षति बेहोरेको थियो। दुर्घटनामा जुडोका सबै खेलाडी परेका थिए। स्वर्ण पदक आशा गरिएका रमेश मगर, कालुमान तामाङले प्रतियोगिता खेल्नै सकेनन्। त्यो दुर्घटना नेपाली जुडो इतिहासकैपीडादायी घटना थियो। ११ औं सागमा नेपाली जुडोले चार कांस्यमै चित्त बुझाएर स्वेदश फर्कनुपर्यो।



nepalipatro-nagarik
'त्यो दुर्घटना एउटा दुःखद दिन हो। यसले हाम्रो पदक जित्ने लक्ष्यमात्र होइन। एउटा पुस्ताको खेलाडीलाई खेलबाट संन्याससम्म पुरायो,' प्रशिक्षक सूर्यनारायण श्रेष्ठले भने, 'ढाका सागपछि नयाँ खेलाडीलाई अवसर दिनुपर्ने बाध्यता भयो।'

ढाकामा प्रशिक्षक भएर गएका श्रेष्ठले यसपल्ट भारतबाट नेपालले सुखद नतिजा लिएर फर्कने विश्वास लिएका छन्। ढाकाको दुर्घटनाले राम्रो सम्भावना बोकेका देवु थापा जस्ता खेलाडीले औपचारिक संन्यास नलिएर खेल करिअरटुंग्याइन्। उनी यसपटक व्यवस्थापकको रूपमा सागमा सहभागी हुँदैछिन्।

६ वर्षपछि भारतमा १२औं दक्षिण एसियाली खेलकुद (साग) हुँदानेपालले पहिलोपल्ट नयाँ खेलाडीलाई म्याटमा उतार्दैछ। टोलीका सबै खेलाडीपहिलोपल्टसाग खेल्न गइरहेका छन्।

दुर्घटनामा परेर रमेशको लिगामेन्ट टियर भएको थियो। उनले एक वर्षसम्म आराम गरेर म्याट फर्किए। 'स्वर्ण जित्ने त्यही सपना पूरा गर्ने लक्ष्य छ,' बिदाइ कार्यक्रममा रमेशले भने, 'त्यति बेला म करिअरकै उत्कृष्ट फर्ममा थिएँ। तयारी राम्रो भएको थियो। दुर्घटनाले खेल्न सकिनँ। यसपटक त्यो घटनाको बदला लिने लक्ष्य लिएको छु।'

भारतमा प्रतिस्पर्धा गर्ने जुडोबाट रमेशमात्र टोलीका अनुभवी र सिनियर सदस्य हुन्। २८ वर्षे रमेशसँगै मनिता श्रेष्ठ प्रधान र इन्द्रबहादुर श्रेष्ठ टोलीका जुनियर खेलाडी हुन्। दुवैको उमेर १६ वर्ष छ। आधा दर्जन अन्तर्राष्ट्रिय अनुभव बुटलेका रमेशले सन् २०११ भारतमै सम्पन्न प्रथम दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा रजत र टिममा स्वर्ण जितेका थिए। सन् २०१४ मा काठमाडौंमा नवौं दक्षिण एसियाली जुडो हुँदा रमेशले कांस्य जितेका थिए। १७औं एसियाली खेलकुदमा ५ मिनेटसम्म विपक्षीसँग भिडेका तर रमेशले सफलता पाउन सकेनन्। यद्यपि एसियाडमा नेपाली खेलाडी ५ मिनेटसम्म म्याटमा टिक्नु नै नेपाली जुडोका लागि उपलब्धि थियो।

उनीसँगै महिला खेलाडी फुपुल्हामु खत्री पनि ५ मिनेटसम्म एसियाडका विपक्षीसँग जुध्न सफल भइन्। खेलाडीलाई हौसला थप्ने क्रममा दुवै खेलाडीलाई नेपाल जुडो संघले सम्मनित गरेको थियो।

१२ औं सागमा स्वर्णको आशा गरिएकी खेलाडी हुन् फुपुल्हामु। टोलीमा उनी अनुभवी खेलाडीमा पर्दछिन्।

फुपुल्हामुसँग अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको अनुभव छ। उनी ओलम्पिकलाई छानिएकी खेलाडी हुन्। रियो ओलम्पिकतयारी गरिरहेकी फुपुल्हामु वैदेशिक प्रशिक्षणका लागि हंगेरी गएकी छन्। 'धेरैले मबाट सागमा स्वर्ण पदकको आशा गर्नुभएको छ। तर, म स्वर्णका लागि मात्र होइन आफ्नो उत्कृष्ट खेल देखाउने कोसिस गर्छु,' फुपुल्हामुले भनिन्, 'मानसिक र आत्मादेखि राम्रो खेल्ने मेरो लक्ष्य हो। यसले मलाई स्वर्ण दिलाउँछ।'

यसपालि सागमा १२ तौल समूहमात्र समावेश गरिएको छ। १०० सयभन्दा माथिको तौल समूह नराखिएकाले ढाकामा कांस्य जितेका राजन जोशीले खेल्न नपाउने भएका छन्। सागइतिहासमा नेपालले पहिलोपल्ट कमजोर तयारीबीच प्रतियोगिता खेल्दैछ। प्रतियोगिताका लागि पुस ९ देखि खेलाडीले बन्द प्रशिक्षण सुरु गरेका थिए। छोटो तयारीलाई प्रभावकारी बनाउन सात प्रशिक्षकले खेलाडीलाई प्रशिक्षित गराएका थिए। अहिले भने टोली थप प्रशिक्षणका लागि भारतको भोपाल गएको छ।

राष्ट्रिय खेलकुद परिषदको तर्फबाट प्रशिक्षक दलबहादुर गुरुङ, इन्द्र डंगोल, मुख्य प्रशिक्षक वीरेन्द्र रञ्जित र स्वयंसेवक प्रशिक्षकका रूपमा सूर्यनारायण, खडगबहादुर दाहाल, ऋषिराम प्रधान र धर्मकुमार श्रेष्ठले सहयोग गरेका छन्। टोली व्यवस्थापकमा पनि जुडो संघले प्रशिक्षक देवु र गंगा खड्कालाई भारत पठाएको छ।

प्रतियोगितामा नेपालले दलबहादुर गुरुङको नेतृत्वमा खेल्नेछ। प्रशिक्षक गुरुङले छोटो समयको तयारीबाट नेपालले राम्रो नतिजा निकाल्ने लक्ष्य लिएको बताए। उनले भने, 'हामीले यो वर्ष धेरै अप्ठेरो परिस्थिति सामना गरेका छौं। तयारी लामो समय हुन सकेन। तरजति समय पायौं, त्यसमा हामीले कडा मिहिनेत गरेका छौं। सबैले प्रशिक्षणमा सघाउनु भएको छ। राम्रो नतिजाका लागि सबैले मिहिनेत गर्नुभएको छ। उहाँहरूको विश्वास पूरा गर्नेछौं।'

भोपालको प्रशिक्षणले टोलीको आत्मविश्वास थप बलियो हुने उनले बताए। नेपालले २४ दिनसम्म भारतमा प्रशिक्षण गरेर प्रतियोगिता खेल्नेछ। नेपालले साग खेल्ने भारतीय टोलीसँगै अभ्यास गर्ने बताइएको छ। गुरुङले भने, 'नयाँ खेलाडी भएपनि व्यक्तिगत राम्रो स्किल भएका खेलाडी छन्। हामी कमजोर छैनौं। हाम्रो प्रतिद्वन्द्वी भारत हो। भारत बलियो छ भन्दैमाहामी डराउँदैनौं। आत्मविश्वाससाथ हामीले राम्रो नतिजा निकाल्न सक्छौं।'

प्रशिक्षक गुरुङ छैटौं सागमा कांस्य जित्ने खेलाडी हुन्। सातौं सागमा उनको प्रशिक्षणमै नेपालले ३ स्वर्ण, ३ रजत र २ कांस्य जितेको थियो।

दक्षिण एसियाली खेलकुदमा जुडो चारपटकमात्र समावेश गरिएको छ। सन् १९९३ मा ढाकामा भएको छैटौं सागमा पहिलोपल्ट जुडो समावेश गरिएको हो। तर, आठौं र नवौं सागमा जुडोलाई समावेश गरिएन। जुडो १२औं सागमा नेपाललाई स्वर्ण जिताउने प्रवल सम्भावना भएको खेलमा पर्दछ ।

नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले सागमा स्वर्ण जित्ने दाबी गरेका छन्। उनले भने, 'हामीले विगतमा राम्रो नतिजा निकालेका छौं। दुर्घटना कारण ढाकामा राम्रो नतिजा आएन। तर, यसपटक हामीलाई पूर्ण विश्वास छ, हाम्रा खेलाडीले स्वर्ण जित्नेछन्।' प्रतियोगिताका लागि तयारी राम्रो नभएपनि व्यक्तिगत रूपमा हाम्रा खेलाडीले थुप्रै जुनियर र सिनियरस्तरका प्रतियोगिता खेलिसकेकाले आत्मबल बलियो भएको उनले बताए। फागुन २ देखि सिलोङमा हुने जुडो प्रतिस्पर्धामा नेपालको तर्फबाट पुरुष र महिलामा६–६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

१२ औं साग खेल्ने जुडो टोली

पुरुष : इन्द्रबहादुर श्रेष्ठ, रमेश मगर, सन्जित डंगोल, पवनकुमार श्रेष्ठ, सञ्जय महर्जन, शिवबहादुर बराम
महिलाः सरिता चौधरी, लीला अधिकारी, मनिता श्रेष्ठ प्रधान, फुपुल्हामु खत्री, गंगा चौधरी, पुनम श्रेष्ठ
प्रशिक्षक : दलबहादुर गुरुङ र इन्द्र डंगोल
व्यवस्थापक : देवु थापा र गंगा खड्का

सागमा जुडोका पदकधारी
छैटौं दक्षिण एसियाली खेलकुद, ढाका (सन् १९९३)
स्वर्ण जित्ने : रामकुमार बस्नेत वीरबहादुर रानार आन्चाराम तामाङ
कांस्य जित्ने : हिमालयन बुढाथोकी, दलबहादुर गुरुङ र मित्रलाल चापागाई

सातौं दक्षिण एसियाली खेलकुद, मद्रास(१९९५)
स्वर्ण जित्ने : रमेश बस्नेत, बितबहादुर राना, जितबहादुर चौधरी
रजत जित्ने : वीरबहादुर तामाङ, वीरेन्द्र रञ्जित, ओमबहादुर थापा
कांस्य जित्ने : कञ्चराम तामाङ र रुपक लामा
१०औं दक्षिण एसियाली खेलकुद, कोलम्बो(२००६)

रजत जित्ने
देवु थापा र रन्जु राई
कांस्य जित्ने : राधादेवी राई, इन्दिरा राई, देवेन्द्र कर्माचार्य, सुब्रत श्रेष्ठ
११औं दक्षिण एसियाली खेलकुद, ढाका(२०११)
कांस्य जित्ने : देवु थापा, राजन जोशी, दीपक श्रेष्ठ र राधिका राई

प्रतिक्रिया

फागुन ८ देखि सडक उत्सव

फागुन ८ देखि सडक उत्सव

धरान–घुम्न जाउ धरान भन्ने नारासहित यही फागुन ८ गतेदेखि १० गतेसम्म १२ औं धरान सडक उत्सव आयोजना हुने भएको छ। होटल एशोसिएशन अफ धरानले आयोजना गर्ने उत्सवको अवसरमा एशोसिएशनमा आवद्ध...

सुन तोलाको ५५ हजार ५ सय पुग्यो

सुन तोलाको ५५ हजार ५ सय पुग्यो

काठमाडौं- केही दिनदेखि बढिरहेको सुनको मूल्यवृद्धि आगामी हप्तासम्म जारी रहे पनि यसले लामो समय निरन्तरता नपाउने नेपाल सुनचाँदी महासंघले जनाएको छ। विश्व बजारमा आकस्मिक रुपमा मूल्य बढ्दा त्यसको असर नेपालमा...

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।