Friday 29 Magh, 2072 |
Menu

अर्थ

istl

शिक्षकले नै अक्षर ग्रेडिङ् बुझेको छैन भन्न मिल्छ?

(0 votes)
इटहरी–शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कक्षा १० मा लिइने एसएलसी परीक्षाको नजिता यस वर्षदेखि अक्षर ग्रेडिङ्मा बदलिएकोबारे अमलमा परेको कुरा शिक्षकले भन्न नमिल्ने बताएका छन्। उनले सरकारले ल्याएका नीति–नियम सही ढंगले कार्यान्वयन गर्ने काम शिक्षासँग सरोकार राख्ने कार्यालय र शिक्षकको भएकोले अक्षर ग्रेडिङ्बारे अलमलमा परेको भन्न शिक्षकले नमिल्ने बताए।
nepalipatro-nagarik
'अघिल्लै बर्षदेखि प्राविधीकतर्फ अक्षर ग्रेडिङ् थालिएकोमा अहिले पनि शिक्षकले बुझेको छैन भन्न मिल्छ?' शिक्षा मन्त्री पोखरेलले आइतबार सुनसरीको इटहरीमा शिक्षा मन्त्रालयले आयोजना गरेको शिक्षा सरोकार सार्वजनिक कार्यक्रममा भने ।

सार्वजनिक कार्यक्रममा केही शिक्षकले नै कक्षा १० मा लिइने एसएलसी परीक्षाको नजितामा अक्षर ग्रेडिङ्बारे अलमलमा परेको बताएपछि मन्त्री पोखरेलले शिक्षासँग सम्बद्ध निकायलाई एसएलसीको नतिजा राम्रो ल्याउने गरी अभियान थाल्न कडा निर्देशन दिए। 'अक्षर ग्रेडिङ् सार्क मुलुकमा लागु भइसक्यो, हामी पछि छौ,' उनले भने, 'सरकारी नीति–नियम सही ढंगले कार्यान्वयन नहुदाँ समस्या भएको छ ।'

अंक ग्रेडिङ्मा चल्दै आएको कक्षा १० मा लिइने एसएलसी परीक्षाको नजिता यसै बर्षदेखि अक्षर ग्रेडिङ्मा हुने भएपनि सार्वजनिक सुनुवाईमा केही शिक्षकसँगै विद्यार्थी र अभिभावकले अन्यौल भएको गुनासो गरेका थिए । 'डि र इ ग्रेडिङ् ल्याउनेले प्राज्ञिकतर्फ माथिल्लो तह पढ्न पाउँदैन, प्राविधिक क्षेत्रतर्फ मात्र जान पाउँछ,' शिक्षा मन्त्री पोखरेलले भने ।

सोही कार्यक्रममा शिक्षा विभागका महानिर्देशक खगराज बरालले अक्षर ग्रेडिङ्बारे अलमलमा नपर्न शिक्षक, विद्यार्थी र अभिभावकलगायतलाई आग्रह गदैं 'डि र इ' ल्याउनेले पुनः परीक्षा दिन सक्ने बताए । यस बर्षदेखि विद्यार्थीहरुले आफ्नो लब्धांक पत्रमा अंकको साटो अक्षरमा मूल्यांकन पाउने हुदाँ सार्वजनिक सुनुवाईमा नपढे पनि पास भइन्छ र अर्को सही मूल्यांकन नहुने भ्रम रहेको केही शिक्षकसँगै विद्यार्थी र अभिभावकले बताएका थिए ।

'शिक्षासँग सम्बन्धित नियमनकारी निकायले अक्षर ग्रेडिङ्बारे प्रस्टयाउने काम छिटै गर्छ जसले गर्दा नयाँ पद्दतीलाई प्रभावकारी पार्नेछ,' बरालले क्षेत्रीय शिक्षा निर्देशक र जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिदैं भने । शिक्षा मन्त्रालयले पूर्वाञ्चलको धनकुटा र इटहरीमा सार्वजनिक सुनुवाई गरेको छ।

प्रतिक्रिया

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु. ५४ हजार पुगेको छ। २०७१ साल माघ १९ गते प्रतितोला ५४ हजार पुगेको सुनको मूल्यले त्यसयता पुनः यो बिन्दुलाई छोएको...

बहाना बनाउँदै ठूला आयोजना

बहाना बनाउँदै ठूला आयोजना

नेपालगन्ज- राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष ०७२/७३ को साउन महिनायता कामको प्रगति शून्य छ। चालू वर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले लक्ष्यअनुरूप काम अगाडि बढाउन सकेको...