Wednesday 27 Magh, 2072 |
Menu

अर्थ

istl

पूर्वाधारको अर्को ध्रुव

(0 votes)
शनिबार बेइजिङमा भव्य उद्घाटन गरिएको एसियाली पूर्वाधार लगानी बैंकले शीतयुद्धको समाप्तिपछि एकध्रुवीय भएको विश्व शक्ति सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सञ्चालक समिति सदस्यमा नेपालजस्ता विकासोन्मुख राष्ट्र पनि रहेको बैंकको परिकल्पना सन् २०१३ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेेका थिए।
सम्पादकीय

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepalipatro-nagarik
एसियाली देशको पूर्वाधार निर्माणमा लगानी गर्ने उद्देश्यले चीनको पहलमा स्थापना भएको अन्तर्राष्ट्रिय विकास बैंकले शीतयुद्धपछि विश्व बजारमा एकाधिकार रहेको अमेरिकी प्रभुत्वलाई चुनौतीमात्र दिएको छ। यसले समग्र विश्वको सन्तुलनमा व्यापक परिवर्तन गर्ने अपेक्षा गर्नु अचम्मलाग्दो पक्ष होइन। यसले चीनको बढ्दो सामरिक मात्र होइन, आर्थिक प्रभावको पनि पुनर्पुष्टि गर्छ। अबको विश्वमा आर्थिक दबाब सैनिक हस्तक्षेपभन्दा कठोर हुन्छ। नयाँ संविधान जारी भएयता भारतले गरेको नाकाबन्दीको असरले दिएको धक्का हामीले महसुस गरिसकेका छौं। टाढा जानै पर्दैन, अमेरिकाले इरानमाथि १० वर्षदेखि लगाएको आर्थिक नाकाबन्दीले कुन हदसम्मको असर पार्यो भन्ने बुझ्न। त्यो नाकाबन्दी आइतबार हट्दा र फेरि नयाँ नाकाबन्दी लाग्दा अहिले संसारभरिका सञ्चार माध्यमको मुख्य शीर्षक बनिरहेको छ।

विश्वको दोस्रो आर्थिक शक्ति भइसकेको चीनको पहलमा विश्व बैंकको प्रतिस्पर्धी संस्थाका रुपमा उदाएको यस बैंकको ७५ प्रतिशत सेयर एसिया र ओसेयनियन देशमा राखिएको छ भने २५ प्रतिशत एसियाबाहिरका मुलुकलाई छुट्याइएको छ। क्रमशः ३०.३४ प्रतिशत, ८.५२ प्रतिशत र ६.६६ प्रतिशत सेयर हिस्सा ओगटेर चीन, भारत र रुस ठूला लगानीकर्ता भएका छन्। यसरी एसियाबाहिरका प्रभावशाली देशलाई पनि आफ्नो मातहतमा ल्याउन सक्नु चीनको अर्को कूटनीतिक सफलताका रुपमा हेरिएको छ। यसले चीन अब सम्पूर्ण विश्वका निम्ति अपरिहार्य शक्तिका रुपमा उदाएको स्पष्ट संकेत पनि गरेको छ। बैंक उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सीले चीनले पाँच करोड डलर लगानी थप्ने घोषणा गरेर चीनको बढ्दो आर्थिक प्रभाव प्रस्ट्याएका थिए। अर्थात यसको अर्थ हो– अबको चीन विश्वको प्रथम आर्थिक शक्ति हुने दौडमा छ।

मुख्यालय चीनको राजधानी बेइजिङमा रहेको बंैकले २५ डिसेम्बर २०१५ बाट सेवा सुरु गरेको भए पनि औपचारिक रुपमा शनिबारबाट थालनी भएको हो। ५७ सदस्य देश रहेको एसियाली पूर्वाधार लगानी बैंकमा अमेरिकी चेतावनीका बावजुद बैंकको आशावादी भविष्यलाई आत्मसात गर्दै बेलायत र जर्मनी जस्ता गैर एसियाली तर शक्तिशाली राष्ट्र पनि संस्थापक सदस्य छन्। सञ्चालक समितिमा एसियाका ९ र एसियाबाहिर २ गरी ११ सदस्यमध्ये एसियाबाट चीन, नेपाल, युएई, इन्डोनेसिया, अस्ट्रेलिया, रसिया, भारत, दक्षिण कोरिया र टर्की तथा एसियाबाहिरबाट बेलायत र जर्मनी सञ्चालक समितिमा छनोट भइसकेका छन्। पूर्वाधार निर्माणमा लगानी गर्ने उद्देश्यले एक खर्ब डलर चुक्ता पुँजी रहने गरी स्थापना भएको बैंक सुरुमा ५० अर्ब डलर लगानीमा सञ्चालनमा आएको हो।

सय अर्ब डलरलाई सदस्य देशको कुल गार्हस्थ उत्पादनका आधारमा सेयर हिस्सा छुट्याउँदा नेपालको भागमा ०.०८ प्रतिशत पर्न आउँछ। त्यसअनुसार नेपालले आफ्नो ८ सय ९ कित्ता सेयर बराबर ८ करोड ९ लाख डलर (करिब ८ अर्ब २७ करोड रुपैयाँ) लगानी गर्नुपर्नेछ। सम्झौता अनुसार नेपालले वर्षको २० प्रतिशत (करिब १ अर्ब ६५ करोड) को दरले ५ वर्षमा यो रकम तिर्नेछ। नेपालजस्ता भौतिक पूर्वाधार अत्यावश्यक रहेका देशका लागि विश्व बैंकका विभिन्नखाले सर्त मानेर ऋण लिनुपर्ने बाध्यता नरहने भनिएको बैंक सञ्चालनमा आएपछि नेपालले भूकम्पपछिको पुनर्निर्माणमा नयाँ लगानी पाउने आशा पनि थपिएको छ। हामीलाई अत्यावश्यक भनेकै पूर्वाधार विकासका निम्ति रकम जुटाउनु हो। नेपालले जसबाट ऋण लिँदा अनावश्यक सर्त पालना गर्नुपर्दैन, त्यसैबाट लिने हो। त्यसैले नेपालले आफू संस्थागत सदस्यसमेत रहेको पूर्वाधार बैंकको भर गर्नु अन्यथा हुनेछैन।

प्रारम्भिक चरणमा चीनले यो बैंकबाट वित्तीय सहयोग नलिने घोषणा गरेर आफ्नो देशको विकासका लागि आन्तरिक स्रोतसाधनको कमी नभएको तर एसियाली भौतिक पूर्वाधार निर्माणमा यो बैंकले काम गर्ने संकेत पनि दिइसकेको छ। एसियाली विकास बैंक (एडिबी) का अनुसार सन् २०१० देखि सन् २०२० सम्ममा एसियाली क्षेत्रका देशका भौतिक पूर्वाधार निर्माणका लागि ८० खर्ब अमेरिकी डलर आवश्यक पर्छ। एडिबीले मात्र यति ठूलो परिमाणमा विकास सहयोग जुटाउन नसक्ने भन्दै चिनियाँ राष्ट्रपति सीले सन् २०१३ मा यस्तो बैंक स्थापनाको प्रस्ताव गरेका थिए। बेइजिङमा मुख्य कार्यालय रहेको यो बैंकले एसिया क्षेत्रको विकासमा ठूलो योगदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु. ५४ हजार पुगेको छ। २०७१ साल माघ १९ गते प्रतितोला ५४ हजार पुगेको सुनको मूल्यले त्यसयता पुनः यो बिन्दुलाई छोएको...

बहाना बनाउँदै ठूला आयोजना

बहाना बनाउँदै ठूला आयोजना

नेपालगन्ज- राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष ०७२/७३ को साउन महिनायता कामको प्रगति शून्य छ। चालू वर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले लक्ष्यअनुरूप काम अगाडि बढाउन सकेको...

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...