Thursday 28 Magh, 2072 |
Menu

अर्थ

istl

किन डराउनु हिटलरको किताबसँग ?

  • सोमबार ४ माघ, २०७२
  • स्टेभन लुकर्ट
  • DISQUS_COMMENTS
(0 votes)
किन डराउनु हिटलरको किताबसँग ?
बदनामीको दाग लागेको एडोल्फ हिटलरको किताब 'मेन कम्फ'ले नयाँ जीवन पाउनै लागेको छ । ७० वर्षसम्म यसको प्रतिलिपि अधिकार जर्मनीको बाभेरिया राज्यसँग सुरक्षित थियो, जुन डिसेम्बर ३१ को मध्यरातबाट समाप्त हुँदै छ । त्यसपछि जुनसुकै प्रकाशकले यहुदीविरोधी र नश्लीय चेतका यी नाजी नेताको किताब प्रकाशन गर्न पाउनेछन्।
nepalipatro-nagarik
'मेन कम्फ' पुनःप्रकाशन हुने भएपछि उत्पन्न त्रास बुझ्न कठिन छैन । खासगरी जर्मनीमा यस्तो डर उत्पन्न भएको छ, जहाँ लेखकको मृत्युपछि यो किताबमाथि अनवरत प्रतिबन्ध लगाउँदै आइएको छ । तर, यो किताबको पुनःप्रकाशन हुँदै छ । यसरी प्रकाशन हुने किताबमा प्रशस्त टीका–टिप्पणी राखिएका हुनेछन् ।

यहुदी नरसंहार मच्चाउने मुलुक जर्मनीमा 'मेन कम्फ' पुनः 'बेस्ट सेलर' बन्ला भन्ने चिन्ता कतिपयलाई छ । यदि यस्तो भयो भने हिटलरले मरणोपरान्त सांकेतिक विजय हासिल गर्ने भय उनीहरूलाई छ । युरोपमा यहुदीविरोधी भावना, नश्लवाद र विदेशीको अन्धविरोध जागिरहेको बेला 'मेन कम्फ'को पुनःप्रकाशनले त्यस क्षेत्रमा जातीय तथा धार्मिक विद्वेष निम्त्याउन सक्ने चिन्ता उनीहरूको छ । जर्मनीसँगै युरोपभरि दक्षिणपन्थी बाहुबली समूह तथा दलको उदय भइरहेकाले यस्तो चिन्ता आधारहीन पनि छैन ।

तर 'मेन कम्फ' र अझ भन्नुपर्दा हिटलरका भाषणको इतिहास केलाउने हो भने हिटलरको भाषणमाथि प्रतिबन्ध लगाउने र उनको विचारलाई रोक्ने कार्यबीच कुनै प्रकारको सम्बन्ध भेटिँदैन । सुरुका दिनमा हिटलरको भाषणमाथि प्रतिबन्ध लगाउँदा पनि जर्मनीमा नाजी पार्टीको उदय भएरै छोडेको थियो । त्यस्तै, अहिले उनको भाषण र किताब जताततै उपलब्ध भए पनि उनको विचार संसारभरि आलोच्य छ ।

हिटलरका शब्दले यसरी सार्वजनिक चिन्ता उब्जाएको यो पहिलो घटना भने होइन । सन् १९२४ मा उनलाई जर्मनीमा राज्यद्रोही किटान गरिएको थियो । राज्यद्रोही प्रमाणित भएपछि जर्मनीका विभिन्न राज्यले उनलाई वर्षौंसम्म सार्वजनिक स्थानमा भाषण गर्न प्रतिबन्ध लगाएका थिए । आफ्नो राजनीतिक जीवनको सबैभन्दा निम्न कोटीको समय बिताइरहेका हिटलरले त्यतिबेला 'मेन कम्फ' लेखेका थिए ।

त्यतिबेला 'मेन कम्फ'को मूल्य बढी तोकिएको थियो । प्रकाशित भएपछि यो तत्कालै 'बेस्ट सेलर' भएन । सन् १९३० पछि जब नाजी पार्टी कमजोर राजनीतिक शक्तिबाट मूलधारको प्रभावकारी राजनीतिक शक्तिमा दरिन थाल्यो, त्यसपछि 'मेन कम्फ'को बिक्री नाटकीय रूपमा बढ्न पुग्यो । सन् १९३२ को अन्त्यतिर आइपुग्दा यसका २ लाख ३० हजार प्रति बिक्री भइसकेका थिए ।

चरम आर्थिक मन्दीका कारण युरोपमा छाएको गहिरो निराशाले जर्मनीमा नाजी सिद्धान्त फैलिने मलिलो माहौल दिलाइदियो । नाजीहरूको चरमपन्थी अभियानलाई दशौँ लाख जर्मनले मतदान गरे । तर, यसरी भोट हाल्नेमध्ये अधिकांशले न 'मेन कम्फ' पढेका थिए, न त उनीहरू नाजी पार्टीले प्रकाशन गर्ने पत्रिकाको ग्राहक नै बनेका थिए ।

अपार जनसमुदायसमक्ष पुग्न नाजीहरूको प्रोपगान्डाका आकर्षक माध्यम अरू नै थियो । लेखकका रूपमा भन्दा वक्ताका रूपमा हिटलरले कैयौँ गुणा बढी मानिसलाई प्रभावित गरे ।

सन् १९३३ मा हिटलर सत्तामा पुगेछि मात्रै जर्मनीका किताबका हरेक ¥याकमा कसै गरे पनि नछुट्ने किताब बन्न पुग्यो, 'मेन कम्फ' । नाजीवादको पतनपछि जर्मनी हिटलरका विचारका लागि वर्जित भूमि बन्न पुग्यो । उनका विचारमाथि सेन्सरसिप लगाइयो । 'मेन कम्फ'माथि प्रतिबन्ध लगाइयो । र, यहुदीविरोध तथा नश्लवादलाई ठाडै अस्वीकार गर्ने जगमा जर्मनीको नयाँ सत्ता निर्मित भयो ।

नाजीवादको जगजगी रहेको बेलाभन्दा आज 'मेन कम्फ' बढी भाषा र बढी राष्ट्रमा उपलब्ध छ । कम्प्युटरको किबोर्डमा केही बेर औँला चलाएकै भरमा हामी विभिन्न भाषामा 'मेन कम्फ' निःशुल्क डाउनलोड गरी पढ्न सक्छौँ । आईएसआईएसका धर्मान्ध अथवा अन्य खाले अतिवादीहरूले 'मेन कम्फ' हात पार्न सन् २०१६ सम्म पर्खिनुपर्ने अवस्था छैन । 'मेन कम्फ'का विचारमाथि कानुनी बन्देज लगाइएको भए पनि यो किताब हासिल गर्ने र यसलाई फैलाउने कार्यमाथि अहिले पनि रोक लागेको छैन । ज–जसले 'मेन कम्फ' पढ्न चाहेका छन्, पाएकै छन् ।

किताबमाथिको प्रतिलिपि अधिकार कार्यान्वयन गराउने बाभेरियन सरकारको कदम पनि प्रभावकारी छैन । बाभेरियन सरकार हात बाँधेर बसेकाले यस्तो अवस्था आएको भने होइन । कानुनी व्यवस्था बलियो भएका र कानुनी सर्वोच्चतालाई स्वीकार गर्ने देशमा 'मेन कम्फ'को पुनःप्रकाशनमाथि रोक लगाइएको छ । तर, मध्यपूर्व र केही युरोपेली राष्ट्रमा जर्मनीको प्रतिलिपि अधिकारको खिल्ली उडाउँदै किताबको पुनःप्रकाशन गर्ने क्रम जारी रहँदै आएको छ ।

सन् १९३३ तिर सस्तो लोकप्रियता हासिल गर्न नाजीहरूले यहुदी जातिको चर्को विरोध गर्ने क्रमलाई उत्कर्षमा पु¥याउँदा केही यहुदी संघसंस्थाले अमेरिकासँग 'मेन कम्फ'को बिक्रीमाथि प्रतिबन्ध लगाउने माग गरेका थिए । तर, अमेरिकाले किताबमाथि प्रतिबन्ध लगाएन । नाजी जर्मनीविरुद्ध अमेरिकाले युद्ध घोषणा गरेपछि पनि 'मेन कम्फ'माथि प्रतिबन्ध लगाउने काम भएन । बरु युद्धकै क्रममा अमेरिकी पत्रपत्रिकामा 'मेन कम्फ'का विज्ञापन प्रकाशित भए । 'मेन कम्फ'को अमेरिकी संस्करण प्रकाशन गर्ने संस्था 'हटन मिफ्लिन' ले देशभक्त भएका नाताले अमेरिकी जनताले 'मेन कम्फ' पढ्नुपर्छ भन्दै यसका निम्ति आह्वान गरेको थियो । उसले सन् १९४४ मा 'द न्युयोर्क टाइम्स बुक रिभ्यू'मा 'मेन कम्फ'को विज्ञापनसमेत प्रकाशित गराएको थियो ।

हिटलरको नाडी छाम्न र उनको योजना थाहा पाउन युद्धताका अमेरिकी एजेन्सीहरूले 'मेन कम्फ'को विशद विश्लेषण गरे । युद्धपछि जर्मन समाजलाई कसरी सुधार गर्ने भन्ने निचोड निकाल्न पनि उनीहरूले 'मेन कम्फ'को अध्ययन र व्याख्या गरे । त्यस्तै, अमेरिकी जनताले पनि शत्रुपक्ष कस्तो प्रकृतिको रहेछ भन्ने बुझ्न हिटलरलाई पढे ।

सन् १९३९ मा युरोपमा दोस्रो विश्वयुद्ध आरम्भ भएपछि अमेरिकामा 'मेन कम्फ'को पूर्णपाठ प्रकाशन गरियो । तर, किताबको आलोचना र व्याख्या पनि मूलपाठसँगै राखिएको थियो । हिटलरको किताब प्रकाशित भएपछि पाठकहरूको माग धान्न अमेरिकी लाइब्रेरीहरूले 'मेन कम्फ'का ठेली मगाउन थाले । 'मेन कम्फ'को त्यस्तो सहज उपलब्धताले पनि नाजी जर्मनीको पक्षमा अमेरिकी जनमत निर्माण गर्न सकेन । कुनै प्रतिबन्धले भन्दा पनि नाजी सत्ताका कारण निम्तिएको मृत्यु र विनाशले 'मेन कम्फ'लाई कलंकित बनाउने काम ग¥यो ।

युद्धपछि जर्मनी र अमेरिकासहित मित्रराष्ट्र (युद्धमा जर्मनविरोधी गठबन्धनमा आबद्ध देश)ले 'मेन कम्फ'माथि कडाइ गरे । उनीहरूले 'मेन कम्फ'माथि प्रतिबन्ध लगाउँदै यसको प्रचारप्रसारलाई आपराधिक गतिविधिको संज्ञा दिए । सन् १९४५ को फेब्रुअरीमा याल्टा सम्मेलनका क्रममा सोभियत संघ, ब्रिटेन र अमेरिकाका नेताले 'जर्मन सैन्य उन्माद र नाजीवादको समूल अन्त्य गर्ने र विश्वशान्ति खलबल्याउने गरी जर्मनीलाई कहिल्यै योग्य हुन नदिने अवस्था सिर्जना गर्ने' संकल्प गरे । सोही वर्षको अन्त्यतिर मित्रराष्ट्रले जर्मनीमाथि नियन्त्रण ग¥यो । नाजी पार्टी विघटन गरियो । नाजी पार्टी र यसमा आबद्ध संघसंस्थामाथि प्रतिबन्ध लगाइयो । नाजी कानुन उल्ट्याउने काम भयो । जर्मनहरूको सार्वजनिक जीवनलाई असर गर्ने नाजी र सैन्यवादी प्रोपगान्डाका सबै साधनको उन्मुलन गर्ने निर्देशनसमेत मित्रराष्ट्रले दिए ।

यही निर्देशनबमोजिम जर्मनीमा रहेका अमेरिकी अधिकारीहरूले 'मेन कम्फ'सहित नाजी साहित्यलाई नष्ट गरेर यसलाई कागजमा परिवर्तन गरे । यसरी बनाइएका कागजलाई पाठ्यपुस्तक, पत्रपत्रिका लगायतमा प्रकाशन गर्न प्रयोग गरियो । सन् १९४५ को अक्टोबरमा अमेरिकी सैन्यअधिकारीहरूले एउटा भव्य कार्यक्रम आयोजना गरे, जहाँ 'मेन कम्फ' प्रकाशन गर्न प्रयोग गरिएको मिसिनलाई (लिड टाइप) लाई सञ्चारकर्मीका अगाडि पगालियो । र, यसरी पगालिएको फलामबाट नयाँ खाले मेसिन (पेज प्लेट) बनाइयो । यही मेसिनबाट अमेरिकानियन्त्रित जर्मनीमा पहिलोपटक युद्धोत्तर पत्रिका छाप्न थालियो ।

सन् १९४७ को मार्चतिर अमेरिकाको लाइब्रेरी अफ कंग्रेसका कर्मचारीले अमेरिकी विश्वविद्यालयका लाइब्रेरीमा राख्न भनेर जर्मनीबाट 'मेन कम्फ'का डेढ सय प्रति मगाएका थिए । तर, त्यतिञ्जेलमा जर्मनीको सार्वजनिक जीवनबाट नाजी साहित्यलाई कतिसम्म सोत्तर पारिएको रहेछ भने जर्मनीभरि खोज्दा पनि लाइब्रेरीका कर्मचारीले डेढ सय प्रति 'मेन कम्फ' जुटाउन सकेनन् । जब कि नाजीवाद अस्तित्वमा रहेका बेला जर्मनीमा दशौँ लाख प्रति 'मेन कम्फ' प्रकाशित भएको थियो ।

हिटलरका शब्द युद्धोत्तर जर्मनीका निम्ति पनि अत्यन्तै घातक हुनसक्छ भन्ने आकलन मित्रराष्ट्रका अधिकारीहरूले गरेका थिए भन्ने कुरा हिटलरका शब्दप्रति मित्रराष्ट्रले युद्धपछिका दिनमा अपनाएको कडा रवैयाले प्रस्ट पार्छ । 'न्युरेम्बर्ग ट्रायल'मा वादी पक्षका अधिवक्ताहरूले जर्मनीका नेताले मानवताविरोधी अपराध गर्ने षडयन्त्र रचेको आरोप लगाएका थिए । र, यसको प्रमाणस्वरूप उनीहरूले 'मेन कम्फ' पेश गरेका थिए । बेलायतका कानुनकर्मी मेजर एफ एलवाइन जोन्सले नाजी जर्मनीले रच्न खोजेको नरसंहारबारे बुझ्न हिटलरको किताब उपयोगी हुने त्यतिखेर बताएका थिए । ''मेन कम्फ'ले सीधै अस्विचको मान्छे पोल्ने भट्टी र मेदानेकको ग्यास च्याम्बरतिर डोहो¥याउँछ,' उनले भनेका थिए ।

तर, आज जर्मनी बिलकुल भिन्न छ । बाँकी संसार पनि जर्मनीजस्तै बेग्लै भइसकेको छ । नाजी जर्मनीले निम्त्याएको संहार र मृत्युले 'मेन कम्फ'लाई कलंकित बनाएको छ । युद्धपछिको प्रजातन्त्रका सात दशकमा जर्मनहरूले फिल्म, पत्रपत्रिका, किताब र विद्यालयमार्फत हिटलरको बोली र उसले गरेका अपराधबारे बुझेका छन् । यसबीचमा सन् १९६१ मा हिटलरको त्यतिबेलासम्म अप्रकाशित दोस्रो किताबको प्रकाशन भयो । त्यस्तै सन् १९९० मा हिटलरका भाषणहरूको भीमकाय संग्रह प्रकाशन गरियो । यी दुवै किताबले जर्मनी अथवा अन्यत्र कतै पनि नाजीवादको पुनरोदयलाई प्रोत्साहन गर्न सकेनन् ।

जर्मनीको विगतलाई हेर्दा र युरोपमा यहुदीहरूको संहारका लागि 'मेन कम्फ'ले खेलेको महŒवपूर्ण भूमिकालाई ध्यानमा राख्दा यस किताबको प्रतिलिपि अधिकार समाप्त भएको अवस्थातर्फ सचेत हुनु सर्वथा उपयुक्त देखिन्छ । नाजीवादले रचेको यहुदी नरसंहारबाट बचेका यहुदी र वल्र्ड ज्विइस कंग्रेसलगायत संघसंस्थाले 'मेन कम्फ'को पुनःप्रकाशनमाथि अनवरत प्रतिबन्ध लगाउन माग गर्दै आएका छन् । जर्मनीको 'सेन्ट्रल काउन्सिल अफ जिउ'ले चाहिँ यसबारे अलिक भिन्न धारणा राख्ने गरेको छ । 'मेन कम्फ'को प्रतिलिपि अधिकारमा केही त्रुटि भए पनि र यसबाट जोखिम उत्पन्न हुने सम्भावना रहे पनि यहुदी नरसंहार र नाजीवादबारे बुझ्न यो किताबको पाठ आवश्यक रहेको उसले बताउने गरेको छ । साथै, उसले 'मेन कम्फ'को नयाँ, आलोचना, टीका–टिप्पणीयुक्त संस्करणको प्रकाशनलाई अवरोध नगर्ने जनाएको छ । 'मेन कम्फ'को यस्तै खाले संस्करण जर्मनीको म्युनिक शहरमा रहेको प्रतिष्ठित 'इन्स्टिच्युट अफ कन्टेम्पोररी हिस्ट्री'ले प्रकाशन गर्दै छ ।

प्रतिक्रिया

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु. ५४ हजार पुगेको छ। २०७१ साल माघ १९ गते प्रतितोला ५४ हजार पुगेको सुनको मूल्यले त्यसयता पुनः यो बिन्दुलाई छोएको...

बहाना बनाउँदै ठूला आयोजना

बहाना बनाउँदै ठूला आयोजना

नेपालगन्ज- राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष ०७२/७३ को साउन महिनायता कामको प्रगति शून्य छ। चालू वर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले लक्ष्यअनुरूप काम अगाडि बढाउन सकेको...

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...