Monday 25 Magh, 2072 |
Menu

अर्थ

istl

'एमाले नेतृत्वको सरकारले राम्रो काम गर्न नसके जनतामा भयानक निराशा छाउँछ'

(0 votes)
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा (एमाले) ले सरकारको नेतृत्व गरेका बेला केही राम्रा काम गर्न नसकिए जनतामा भयानक निराशा उत्पन्न हुने बताएका छन्।
nepalipatro-nagarik
प्रधानमन्त्री निवास बालुवाटारमा सेमबार बिहान बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, "यो सरकार असफल भएमा नेपालको भविष्य डरलाग्दो अवस्थामा जानेछ, जनतामा भयानक निराशा छाउनेछ ।" भूकम्पपछिको अवस्था, नाकाबन्दी र तराईमा आन्दोलनका बाबजुद सरकारले मुलुकको प्रगति र समृद्धिका लागि केही प्रयास भइरहेको उनले जानकारी दिए।

लोकतान्त्रिक नीति र सामाजिक न्यायपूर्ण विचारका हिसाबले अहिले मुलुकको निर्णायक शक्तिका रुपमा एमाले रहेकाले जनताका बीचमा त्यही भावनाका साथ एकीकृत भएर काम गर्न सांसद्हरुलाई निर्देशन दिँदै पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले देशलाई दूरगामी असर पर्ने र देशको एकता खण्डित हुने कुनै कुरामा जान नसकिने स्पष्ट गरे।

उनले नेपाली सेना व्यावसायिक संस्था भएकाले यसको लोकतान्त्रीकरणको विषय उठाउनु सान्दर्भिक नभएको पनि बताए। बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई हिमाल, पहाड र तराई राष्ट्रका नाममा विभाजित गर्ने षड्यन्त्र भएको भन्दै चालू राजनीतिक वार्ताका क्रममा त्यसप्रति सचेत रहन सुझाव दिए।

अर्का नेता माधवकुमार नेपालले संविधान संशोधनमा नेपाली काँग्रेसले संसद्मा पेस गरेको संशोधनले नयाँ बखेडा उत्पन्न हुन सक्ने औँल्याउँदै त्यसबारे आजै बस्ने तीन दलको शीर्ष बैठकमा छलफल हुनुपर्ने बताए। बैठकमा तराई मधेसमा आन्दोलनरत दलसँग भएका पछिल्ला वार्ता र छलफलका विषयबारे उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीमबहादुर रावलले जानकारी गराए ।

विधान संशोधन कार्यदल

बैठकले संविधानसभा रहेका बेला बनाइएको पार्टी संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक भानुभक्त ढकालको संयोजकत्वमा सचेतक गोकुल घर्ती, सांसद्हरु डा वंशीधर मिश्र, शिवकुमारी गोतामे र अनारकली मियाँ रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलले यही १० गतेभित्र दलका नेता ओलीलाई प्रस्ताव दिनुपर्नेछ । यस्तै पार्टीको संसदीय बोर्ड गठनको नामावली तयार गर्न प्रमुख सचेतक र सचेतकलाई जिम्मा दिइएको छ । रासस

प्रतिक्रिया

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...