Sunday 2 Falgun, 2072 |
Menu

अर्थ

istl

युवती बेचबिखनको आशंकामा चारजना पक्राउ

(0 votes)
चितवन– चितवन प्रहरीले महिलाहरुलाई बेचबिखन गर्न लागेको आशंकामा चारजना लाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलयले दिएको विवरण अनुसार मंगलबार दिउँसो एक बजे भरतपुर– १० मा रहेको होटल अशोकाबाट उनीहरु पक्राउ परेका हुन्।
nepalipatro-nagarik
रामेछापका चारजना महिलालाई रोजगारीकालागि किर्गिजिस्तान पठाउने भन्दै उनीहरुले आफूसँगै ल्याएको प्रहरीले बताएको छ। महिलाहरु १९ देखि ३१ वर्षसम्मका छन्। 'किर्गिजिस्तान पठाउने भनिएपनि पश्चिम नाका महेन्द्रनगरको बाटोहुँदै भारत लैजाने र भारतमा बेचबिनगर्ने उद्देश्य राखेको पाइयो,' चितवन जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक रविनबाबु रेग्मीले भने।

प्रहरीले चितवन मंगलपुरका सञ्जय तमाङ, तनहुँ केशबटारका टोलाराम थापा, धादिङ गजुरीका दयाराज कँडेल र स्याङ्जा पंचमुलका राजु गुरुङलाई अशोका होटलबाट गिरफ्तार गरेको छ। त्यस्तै सोही गिरोहमा संलग्न भएको आशंकामा दयाराज कँडेललाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । उनीहरु विरुद्ध मानव बेचविखन तथा ओसार पसार अपराधमा मुद्दा चलाइने छ।

प्रतिक्रिया

फागुन ८ देखि सडक उत्सव

फागुन ८ देखि सडक उत्सव

धरान–घुम्न जाउ धरान भन्ने नारासहित यही फागुन ८ गतेदेखि १० गतेसम्म १२ औं धरान सडक उत्सव आयोजना हुने भएको छ। होटल एशोसिएशन अफ धरानले आयोजना गर्ने उत्सवको अवसरमा एशोसिएशनमा आवद्ध...

सुन तोलाको ५५ हजार ५ सय पुग्यो

सुन तोलाको ५५ हजार ५ सय पुग्यो

काठमाडौं- केही दिनदेखि बढिरहेको सुनको मूल्यवृद्धि आगामी हप्तासम्म जारी रहे पनि यसले लामो समय निरन्तरता नपाउने नेपाल सुनचाँदी महासंघले जनाएको छ। विश्व बजारमा आकस्मिक रुपमा मूल्य बढ्दा त्यसको असर नेपालमा...

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।