Sunday 24 Magh, 2072 |
Menu

अर्थ

istl

धरावासीको रूस डायरी

(1 Vote)
रेड स्क्वायर रूसको राजधानी मस्कोको महत्वपूर्ण स्थल। क्रेमलिनबाट सिधै पूवतर्र्फ पर्छ यो। पन्ध्रौ शताब्दीको उत्तरार्धमा स्थापना भएको यो स्थान ऐतिहासिक तथा सांस्कृतिक धरोहरको रूपमा उभिएको छ।

nepalipatro-nagarik
विश्वमै पहिलोपटक रूसमा कम्युनिष्ट स्थापना गर्ने लेनिनको शव जस्ताको तस्तै राखिएको छ–रेडस्क्वायरमा। लेनिनको मृत्यु भएको ९० वर्ष बितिसकेको छ। त्यसो त रूसमा कम्युनिष्ट सत्ता ढलेको पनि अढाइ दशक पूरा भइसकेको छ। तैपनि, रेडस्क्वायर पुगेर शव हेर्न आतुर पर्यटकको भीड अचेल पनि उस्तै छ। अझै त्यहाँको जीवन्त आकर्षण बनेको छ।

आदिकवि भानुभक्त आचार्यको अनावरण कार्यक्रमको सिलसिलामा डेढ वर्षअघि मस्को पुगेका साहित्यकार कृष्ण धरावासीको मन लेनिनको शव नहेरी फर्कन मान्दैन। पहिलो दिन त्यहाँ पुगेर पनि साइत जुर्दैन। फेरि चार दिनपछि शव हेरिकन छाड्छन्। प्रजातान्त्रिक विचारधाराका पक्षपाती धरावासीमा त्यस क्रममा कम्युनिष्ट शासन व्यवस्था र लेनिनका बारेमा अनेक विचार फुर्छन्। उनी त्यसलाई टिपोट गर्छन्। यात्रा क्रममा उनलाई मस्को सहरमा रहेका रूसी साहित्यकारहरू पुस्किन, टल्स्टई, चेखव र अन्तरिक्ष यात्री युरी गागरिनका जन्म तथा कर्मथलो पुग्ने अवसर जुट्छ।

रूस भ्रमणका यिनै सम्झना समेटेर धरावासीले हालै 'रेड स्क्वायर' यात्रा संस्मरण बजारमा ल्याएका छन्। 'अग्लो हुने सपना' शीर्षकमा धरावासीले रेड स्क्वायर र क्रेमलिनको जीवन्त चित्र उतारेका छन्। रेड स्वायरमा ठडिएका रूसका कम्युनिष्ट अधिनायकवादी शासकका सालिक हेरेपछि उनमा मानवअधिकार र स्वतन्त्रताप्रति उत्कट मोह जाग्छ। उनी कम्युनिष्ट शासकहरूलाई बन्द समाजका नायकको संज्ञा दिन्छन्। हुँदाहुँदै धरावासी आफ्नो लीला दर्शनमा चुर्लम्म डुबेर जीवनको सार्थकतामाथि चिन्तन गर्छन् ।

संसारमा जन्मिएका कोही पनि सधैंका लागि जीवित नरहने शाश्वत सत्य छँदाछँदै सत्तामा गएपछि यो चेतना किन गुमनाम हुन्छ? भन्दै आफैंलाई प्रश्न तेर्स्याउँछन् र फेरि उत्तर पनि आफैं खोज्छन्। 'अवतार मानिएकाहरू मरे। शक्तिका स्रोत ठानिएका पनि मरे। ज्ञानको स्रोत आफैंबाट संसारतिर प्रवाहित छ भन्ने दार्शनिकहरू पनि सकिए। सबैभन्दा घिनलाग्दा तानाशाही मानिएका इदि अमिन, बोकासा, हिटलरहरू पनि सकिए। सबैभन्दा ज्ञानी र महान मानिएका मार्क्स, आइन्सटाइन, शंकराचार्यहरू पनि मरे। अनि फेरि केका लागि मानिसले आफूलाई शक्तिको स्रोत ठानेको होला,' उनी घोत्लिन्छन्।

एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछाने, साहित्यकार अमर न्यौपानेसँगै रेड स्वायर पुगेका उनलाई धिमा प्रकाशमा उत्तानो पारेर राखिएको लेनिनको शव टाई, सुट लगाएर आरामले निदाएको जस्तो आभाष हुन्छ। दारी र जुँगा पनि सधैं देखिँदै आएको फोटोको जस्तै। त्यसलगत्तै बेग्लै भाव आउँछ र उनी सोचमग्न हुन्छन्–'मानिस भनेको शरीर हो कि मन हो कि प्राण हो। नौ दशकदेखि लेनिनको शव हेरेर उनलाई सशरीर भेटेको अनुभव गर्छन् मानिसहरू।' पूर्वीय दार्शनिक मान्यता अनुसार मृत्युपछि शरीर खरानी भए पनि आत्मा अमर हुन्छ भन्ने मान्यता छ। कताकता लेखकमा अन्तर्निहित यही दर्शन प्रकट भएजस्तो लाग्छ।

मस्को एत्नोमिरका रूसी उद्योगी रूसलान बैरामोभ करिब ७ सय हेक्टर जग्गामा विश्वका १ सय ४१ देशको पहिचान झल्किने संरचना बनाउन कसिएका रहेछन्। त्यही क्षेत्रमा रूसमा रहेका नेपालीहरूले मौलिक कला–संस्कृतिको झल्को दिने गरी परम्परागत नेपालीघर बनाइसकेका छन्। युरोपमा 'नेपाल' देख्न पाउँदा धरावासी पुलकित हुन्छन्। 'रूसमा अटाएको संसार' संस्मरणमा उनी लेख्छन्, 'पाटी, धारा, घरका झ्यालढोका, भित्री कोठाहरू, दलिन, छाना सबै काठमाडौंकै जस्ता। त्यहाँ भित्र पसेपछि आफूलाई विदेशमा छु भन्ने नै लाग्दा रहेनछ।' हो, त्यही घरको एउटा कक्षमा आदिकवि भानुभक्त आचार्यको सालिक स्थापना गरिएको छ।

लेनिन्स्की प्रस्पेक्टस्थित रूसकै सबैभन्दा ठूलो लेनिनको सालिकमा तस्बिर खिचाएर प्लोसाद गगारिनाको सालिकमा कुँदिएका पहिलो अन्तरिक्षयात्री युरी गागरिनलाई भेट्दा लेखकका मनमा अनेक तर्कना आउँछन्। 'युरी गागरिन' शीर्षकमा उनी आफ्ना भावना यसरी अभिव्यक्त गर्छन्, 'गागरिन एक व्यक्ति मात्र थिएनन्। उनी मानव विकासको प्राचीन आकांक्षाका बिम्ब थिए– मानिसभित्रको खोज, अनुसन्धान र प्राप्तिको सुन्दर सपना।' २७ वर्षे गागरिनले अन्तरिक्ष पुगेर सय मिनटभन्दा पृथ्वीको परिक्रमा गरेर मानव सभ्यतालाई नयाँ दिशामा मोडेका थिए।

लियो टल्स्टइ भन्नेबित्तिकै साहित्यका पाठकका मनमा 'युद्ध र शान्ति', 'अन्ना करेनिन्ना' का पात्र मनमा आउँछन्। मस्कोबाट चार घन्टा दुरीमा रहेको तुला सहर नजिक छ–मानवतावादी साहित्यकार टल्स्टईको जन्मस्थल। आफ्नो मस्को यात्राका क्रममा धरावासी यो पवित्र साहित्यिक तीर्थस्थल पुग्छन्। सामान्य दुईतल्ले घर, जहाँ टल्स्टइले जीवनका आखिरी घडी बिताएका थिए। उनको सम्झना दिलाउने सम्पूर्ण सामग्री राखिएका यो घर अझै जीवन्त छ। धरावासीले 'लियो टस्स्टई' शीर्षकमा उनको जीवनका विभिन्न आयाम मार्मिक ढंगले पस्केका छन्।

धराबासीले रूसी महाकवि पुस्किन तथा उनलाई चिनाउने लेरेन्मेन्तोभ र विश्वविख्यात रूसी कथाकार चेखवका सालिक हेरेपछि मनमा फुरेका अनुभूति अभिव्यक्त गरेका छन्। नेपाली साहित्यमा भानुभक्तलाई मोतीराम भट्टले चिनाएजस्तै रूसमा पुस्कनलाई चिनाउन लेरेन्मेन्तोभले ठूलो योगदान रहेछ। संयोग नै भनूँ नेपालमा भानुभक्तको दुई सयौं जन्मजयन्ती मनाउँदै गर्दा रूसमा लेरेन्मेन्तोभको पनि सोही जन्मजयन्ती मनाइँदै गरेको रोचक प्रसंग लेखकले उल्लेख गरेका छन्।

धरावासी एउटा साहित्यिक कार्यक्रममा मस्को गएँ। त्यस क्रममा त्यहाँका जति ठाउँ घुमे, त्यहाँ उनले सात दशकको कम्युनिष्ट सत्ता र सन् १९९१ पछिको रूसको सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्था चित्रण गरेका छन्। उनले रूसका प्राचीन संस्कृति, कला, साहित्यका विभिन्न आयाम समेटेका छन्। यात्रा संस्मरणमा विभिन्न स्थानको विवरण मात्र उल्लेख नगरी जीवन दर्शन मिसाएर पाठकलाई मिठो चास्नी चटाउने धरावासीको सामर्थ्य अन्य कृतिमाझैं 'रेड स्क्वायर' मा पनि उत्तिकै सबल छ।

धरावासीले किताबको सुरुमै उल्लेख गरेका छन्–मस्कोमा भाषाको समस्याले त्यहाँका लेखक, साहित्यकार, उद्यमी लगायत समाजका विभिन्न तहतप्काका व्यक्तिहरूसँग राम्ररी अन्तर्क्रिया हुन सकेन। त्यहाँ धेरैजसोले अंग्रेजी भाषा पटक्कै नबुझ्ने भएकाले सामान्य कुराकानीमा पनि समस्या भएको उनको भनाइ छ। उनका संस्मरण पढ्दा यस्तै लाग्छ। यदि रूसी साहित्यकार तथा समाजका विभिन्न व्यक्तिसँग अन्तर्क्रिया गरी उनीहरूका अनुभव समेट्न सकेको भए निबन्ध अझै रोचक हुन्थे।

यात्रामा सहभागी पात्रहरूलाई धरावासीले गरेको बारम्बर प्रशंसा गरेको प्रसंग पाठकलाई अस्वाभाविक लाग्न सक्छ। लेखकका निजी प्रसंग पढ्दा पक्कै पाठकलाई रमाइलो अनुभूति हुने भए पनि त्यसको प्रस्तुतिकरण स्वभाविक हुनुपर्नेमा लेखकले पक्कै ध्यान दिनुपर्छ।

कृति : रेड स्क्वायर

लेखक : कृष्ण धरावासी

प्रकाशक : पैरवी बुक हाउस

पृष्ठ : १६०

मूल्य : रु. २००
२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

काठमाडौँ-तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ।