Tuesday 11 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

घोषणा भएको चार महिनामै संविधान संशोधन, मोर्चा अझै असहमत

(0 votes)
घोषणा भएको चार महिनामै संविधान संशोधन, मोर्चा अझै असहमत

काठमाडौँ-संविधानमा असहमति राख्दै आन्दोलन गरिरहेको मधेसी मोर्चाका सांसदहरुको बहिस्कार र नाराबाजीसहितको बिरोधकाबीच शनिबार राति बसेको संसदमा दुई तिहाई बहुमतले संविधान संशोधन गरिएको छ। संविधान सभाबाट जारी भएको नयाँ संविधान चार महिनाकै अवधिमा पहिलो संशोधन भएको हो। असोज ३ गते संविधान सभाले संविधान जारी गरेको थियो।

nepali-patro-may

संविधान संशोधनले मधेसका माग पूर्ण सम्बोधन गर्न नसकेको भन्दै मधेसी मोर्चाका सांसदहरुले संसद बैठक नाराबाजीसहित बहिस्कार गरेका थिए।

बैठकमा उपस्थित कूल ४६८ जना सांसद मध्ये पक्षमा ४६१ जनाले मतदान गरेका थिए। विपक्षमा ७ र तटस्थमा शून्य मत खसेको थियो। संशोधनका लागि अावश्यक दुई तिहाई बहुमत पुगेपछि संविधान संशोधन भएको हो।

संविधान संशोधनका लागि परेका संशोधन प्रस्तावहरू मध्ये नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजाल र फर्मुल्लाह मन्सुरले पेश गरेको संशोधनमा भाषा मिलाएपछि सहमति जुटेको हो।

संसद बैठक बस्नु अघि प्रमुख राजनीतिक दलहरुबीच संविधान संशोधनको परिमार्जनको विषयमा सहमति जुटेको हो। सिंहदरवारमा भएको दलहरुको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले संशोधन विधेयकमाथि राखेको परिमार्जनमाथि सहमति जुटेको हो।

प्रतिक्रिया

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

काठमाडौं— नेपाल चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले १८ जेठ (३१ मे) देखि काठमाडौं—दोहा रुटमा दैनिक सिधा उडान गर्ने भएको छ। हिमालयको एयरबस ३२०—२१४ जहाज काठमाडौंबाट राति ११ बजे उड्नेछ भने...

अवरोध पश्चात बैंकहरुको कर्जामा वृद्धि

अवरोध पश्चात बैंकहरुको कर्जामा वृद्धि

२९ वटै वाणिज्य बैंकहरुले चालु आवको तेस्रो त्रैमास (चैत मसान्तसम्म)को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। एक दुई अपावादलाई छाड्ने हो भने सबै वाणिज्य बैंकले विनाशकारी भूकम्पलगत्तै लामो तराई–मधेस आन्दोलन र...

विदेशी कब्जामा बिजुली-नदी

काठमाडौं- अधिंकाश ठूला जलविद्युत आयोजना निर्माण जिम्मा लिएका विदेशी कम्पनीले दशकौंदेखि नदी तथा खोला कब्जामा राखेका छन्। बिजुली उत्पादन नहुँदा नेपाली भने दैनिक १५ घन्टासम्म लोडसेडिङ झेल्दै अँध्यारोमा बाँच्न बाध्य...

पर्यटन प्रवर्द्धन गर्न 'मिसन कोरला–२०१६'

पर्यटन प्रवर्द्धन गर्न 'मिसन कोरला–२०१६'

पोखरा– नेपाल पर्यटन बोर्डको सहयोग एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरादेखि नेपाल चीनबीचको नाका कोरलासम्मको ५ दिवशीय अवलोकन भ्रमण गरिने भएको छ।  

प्राथमिकता निर्धारण गरी कार्यक्रम ल्याऊ : निजी क्षेत्र

प्राथमिकता निर्धारण गरी कार्यक्रम ल्याऊ : निजी क्षेत्र

वीरगन्ज- पछिल्लो पटक ६ महिने मधेस आन्दोलन र साढे चार महिना चलेको सिमानाका बन्दको प्रत्यक्ष मार खपेको मुलुककै प्रमुख औद्योगिक तथा व्यापारिक नगर वीरगन्जका निजी क्षेत्रका अगुवासँग नेपाल रिपब्लिक मिडियाले...

आज पनि ४० आरोही सगरमाथा शिखरमा

आज पनि ४० आरोही सगरमाथा शिखरमा

काठमाडौं– शुक्रबार पनि ४० जनाभन्दा बढी आरोहीले सगरमाथा शिखर चुम्न सफल भएका छन्। महिना दिनदेखि उपयुक्त मौसम कुरेर सगरमाथा आधार शिविरमा बसिरहेका २ सय ८८ विदेशी र १ नेपाली आरोही...

एकैदिन २०२ ले चुमे शिखर

एकैदिन २०२ ले चुमे शिखर

काठमाडौं- सर्वोच्च शिखर सगरमाथा आरोहणक्रममा बिहीबार एकैदिन २ सयभन्दा बढी आरोहीले चुचुरोमा विजयी झन्डा फहराएका छन्। बुधबार रातिदेखि उकालो लागेका दर्जनौंमध्ये स्वदेशी तथा विदेशी २ सय २ जना आरोही बिहीबार...

सहुलियतको तेल निजी पम्पमा खन्याइयो, ट्यांकरसहित ४ नियन्त्रणमा

सहुलियतको तेल निजी पम्पमा खन्याइयो, ट्यांकरसहित ४ नियन्त्रणमा

वीरगन्ज– पर्साको अलौंमा निर्माणाधिन एकीकृत भन्सार जाँचचौकी (आइसिपी) योजनाका लागि भन्सार छुटमा भारतबाट आयात गरिएको तेल निजी पेट्रोल पम्पमा खन्याउँदै गरेको अवस्थामा एउटा भारतीय नम्बरको ट्यांकरसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा...