Friday 17 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

'महाधिवेशनबाट दल निर्माण'

(0 votes)
काठमाडौं– परिषद घोषणापछि सञ्चारकर्मीसँग अभियान संयोजक बाबुराम भट्टराईले अहिले तत्काललाई ३५ सदस्यीय केन्द्रीय परिषद घोषणा गरिएको र पूर्णता पाउँदासम्म त्यो संख्या २६५ पुग्ने जानकारी दिएका छन् ।


nepalipatr-april
परिषदले केही महिनामै राष्ट्रिय भेलाको आयोजना गरी त्यसले महाधिवेशन मिति तय गरी सोही महाधिवेशनबाट दल निर्माण प्रक्रिया टुंगिने उनले बताए ।

नेपाली राजनीतिलाई जनउत्तरदायी, रचनात्मक, सुशासित र सद्भावपूर्ण बनाउन नयाँ शक्ति निर्माण गरिएको उनको भनाइ छ । उनले भने, 'अबको आन्दोलन सडकमुखी नभई निर्माणमुखी हुनेछ, हाम्रो लक्ष्य विकास र समृद्धि हो ।' उनले शनिबार संसदबाट पारित भएको संविधान संशोधन प्रस्ताव सकारात्मक भएको बताउँदै आन्दोलनरत मधेसी मोर्चाको माग सुनुवाइ गर्नुपर्नेमा जोड दिए ।

अभियानले 'लोकतन्त्र, राष्ट्रिय एकता, प्रगतिशील राष्ट्रवाद, सुशासन, समावेशीता, समन्याय, समृद्धि र समाजवाद' आफ्नो राजनीतिक प्राथमिकता हुने तय गरेको छ ।

सोही कार्यक्रममा नेपा पार्टीका अध्यक्ष पूर्वसभासद केशवमान शाक्य, सामाजिक लोकतान्त्रिक पार्टीका अध्यक्ष मण्डलका सदस्य चैतन्य सुब्बा, पासाङ शेर्पा, लमर्दन कामीलगायतले आफ्नो पार्टी नयाँ शक्तिमा समाहित भएको घोषणा गरेका थिए । रासस

प्रतिक्रिया

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

सियान (चीन)-नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ। सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज...

लाङटाङ उठाउँदै गाउँले

लाङटाङ उठाउँदै गाउँले

नुवाकोट–गतवर्ष वैशाख १२ को भूकम्पसँगै हिमपहिरो गएको १ वर्ष पुग्नै लाग्यो। भूकम्पसँगै गएको हिमपहिरोले धेरैको घरमात्र पुरिएन, सँगालेर राखेका धेरै सपनाका पहाड भत्किए। धेरैले आफन्त गुमाए, बाँच्ने टुहुरा भए तर...

काम छ, रोजगार छैन

काम छ, रोजगार छैन

काठमाडौं–गाउँगाउँमा हजारौं स्कुल, लाखौं घर भत्केका छन् । सहरमा ठुल्ठुला भवन, सयौंको संख्यामा सार्वजनिक सम्पदाहरू भत्केका छन् । काम यति धेरै छ कि निरन्तर गरे पनि कैयन महिना लाग्न सक्छ।