Friday 17 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

यु-१९ विश्वकपः को हुन् राजु रिजाल?

(0 votes)
यु-१९ विश्वकपः को हुन् राजु रिजाल?
काठमाडौं- नेपालले जारी विश्व कपमा न्युजिल्यान्डलाई हराउँदाका नायक मध्येका एक राजु रिजाल। १९ वर्षे दायाँ हाते ब्याटसम्यान राजु धनगढीका हुन्। उनले बिहीबार आइसीसी यु–१९ विश्व कप क्रिकेटमा टेस्ट मान्यता प्राप्त न्युजिल्यान्डविरुद्ध ४८ रन बनाएको थिए। उनको यो स्कोर त्यो नेपाली खेलाडीले सो खेलमा बनाएको सर्वाधिक रन हो। नेपाली युवा टोलीको कप्तान समेत रहेका उनी विकेट किपिङ पनि गर्छन्। यु–१९ टोलीका लागि उनले अहिलेसम्म १० वटा खेल खेलेका छन्।


nepalipatr-april
शनिबार आयरल्यान्डविरुद्धको खेल यु–१९ टोलीका लागि उनको ११ औं खेल हो।

राजुले मलेसियामा गत अक्टोवरमा आइसीसी यु–१९ विश्व कप छनोट प्रतियोगितामा १ सय ५८ बनाएका थिए। उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा चौथो स्थानमा थिए। युगान्डाविरुद्ध उनले १ सय १ रन बनाएका थिए। जुन प्रतियोगितामा नेपाली खेलाडीले बनाएको एक मात्र सतक थियो।

आयरल्यान्डसँगको फाइनलमा उनले ३५ रन बनाएका थिए। उनले प्रतियोगितमा ५ क्याच र ३ स्टम्प समेत गरेका थिए। पछिल्लो समय नेपाली क्रिकेटमा आसा लाग्दा ब्याटसम्यानका रुपमा देखिएका रिजाल युगायन्डाविरुद्धको खेलमा म्यान अफ द म्याच समेत भएका थिए।

शनिबार आरयल्यान्डसँग हुने महत्वपूर्ण खेलमा उनको प्रदर्शनले विशेष महत्व राख्ने बताइन्छ।

प्रतिक्रिया

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

सियान (चीन)-नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ। सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज...

लाङटाङ उठाउँदै गाउँले

लाङटाङ उठाउँदै गाउँले

नुवाकोट–गतवर्ष वैशाख १२ को भूकम्पसँगै हिमपहिरो गएको १ वर्ष पुग्नै लाग्यो। भूकम्पसँगै गएको हिमपहिरोले धेरैको घरमात्र पुरिएन, सँगालेर राखेका धेरै सपनाका पहाड भत्किए। धेरैले आफन्त गुमाए, बाँच्ने टुहुरा भए तर...

काम छ, रोजगार छैन

काम छ, रोजगार छैन

काठमाडौं–गाउँगाउँमा हजारौं स्कुल, लाखौं घर भत्केका छन् । सहरमा ठुल्ठुला भवन, सयौंको संख्यामा सार्वजनिक सम्पदाहरू भत्केका छन् । काम यति धेरै छ कि निरन्तर गरे पनि कैयन महिना लाग्न सक्छ।