Friday 29 Magh, 2072 |
Menu

अर्थ

istl

हस्ती जन्माउने बस्ती भित्रको पाठशाला

(0 votes)
काठमाडौं-राजधानीको त्रिपुरेश्वरस्थित विश्वनिकेतन उच्चमाविले मंगलबार ७० औं वार्षिक उत्सव मनायो। सो अवसरमा स्कुलले आफूले जन्माएका देश हाँक्ने नेतादेखि नेपाली जोड्ने संस्कृतिकर्मी तथा कलाकारलाई सम्मान गर्यो।


nepalipatro-nagarik
जुद्ध समशेरका पालामा स्थापित यस स्कुलले कलाकार श्रीकृष्ण श्रेष्ठ, स्वर किन्नरी तारादेवी, प्रेमध्वज प्रधान, डा. रामशरण महत, डा. प्रकाशशरण महत, डा. अरुण साय्मि वा चाँद राणाजस्ता सयौं प्राविधिज्ञ जन्माएको छ ।

'यहाँ किताबी कुरा मात्र होइन, बाहिरी शिक्षा दिने संस्कार पनि राम्रो छ,' कलाकार श्रीकृष्ण श्रेष्ठका दाजु मीन श्रेष्ठले बाल्यकाल सम्झँदै भने, 'त्यसैले पनि यहाँबाट पढेकाहरुले राम्रो प्रगति गरेका छन् ।' उनले स्कुलले अँगालेको सकारात्मक शैक्षिक प्रणालीका कारण यहाँका उत्पादनले खेलकुद, कलाकारिता वा सरकारी कार्यालयमा राम्रो काम गर्न सकेको जनाए । उनले आफ्ना स्वर्गीय भाइ श्रीकृष्णलाई सम्झँदै भने, 'उसमा कलाकारिताको मोह रोप्ने काम यही स्कुलले गरेको थियो, जसका कारण आज ऊ चर्चित भयो ।'

प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले आफ्नो बेलामै स्कुल प्राविधिक रुपमा उच्चस्तरको शिक्षा दिएकाले पछिसम्म त्यसले काम गरेको बताए । 'बागमतीमा बग्ने कञ्चन पानी, त्यसको वरिपरि तरकारी खेती, हरियो चउर,' शर्माले बाल्यकाल सम्झँदै भने, 'आहा, कति राम्रो थियो हाम्रो स्कुल ! हामी स्कुल छेउमै उर्लिएर आउने बागमतीमा पौडी खेल्थ्यौं, माछा माथ्र्यौं ।' पढाइमा कडाइ र अनुशासन पनि उस्तै भएकाले त्यो बेलाको शिक्षाले आफूहरुलाई बनाएको सम्झँदै उनले भने, 'त्यतिखेरको उचाइले अहिलेसम्म पनि यो स्कुल टिकेको छ ।' २०३६ सालमा एसएलसी पास गरेका उनी सरकारी निकायका उच्च ओहदामा विद्यार्थी पु¥याउन विश्व निकेतनको ठूलो भूमिका रहेको शर्माले सुनाए ।

स्कुलले हाल बंगलादेशमा नेपालले जितेको बंगबन्धु गोल्डकपका क्याप्टेन विराज महर्जन, विक्रम महर्जन, जितेन्द्र कार्की र रुपकराज शर्मा लगायतका उच्चस्तरका खेलाडी यहीँबाट दीक्षित भएको मंगलबार कार्यक्रमको अवसरमा बताइयो । सहिद धर्मभक्त माथेमाका भतिज डा. केदारभक्त माथेमा, गोपालबहादुर श्रेष्ठ लगायतका दिग्गज व्यक्तिहरु विद्यालयका लागि आज पनि स्मरणीय रहेको २०१७ सालमा एसएलसी दिएका शिक्षाविद् डा. केदारभक्त माथेमाले बताए । यस स्कुलका प्रतिभा देशमा मात्र नभई विदेशमा समेत फैलिएको उनले स्मरण गरे ।

२००३ सालमा राणा शासनको चरम अवस्थामा श्री ३ चन्द्रसमशेर राणा प्रधानमन्त्रीसँग नजिक नरमान मास्केले स्कुलको अभाव देखाउँदै जनताको मन जित्न खोलेका थिए । यंगालस्थित आफ्नै घरको छिंडीमा स्कुल खोलेका मास्केले दिउँसो कलेजमा पढाउने र बिहान स्कुलमा पढाउने गरेको छोरी रोजीना मास्केले सम्झिइन् । त्यही छिँडीको स्कुल सरेर त्रिपुरेश्वरको बागमती किनारमा जुद्ध समसेरले बनाएको रातो घरमा सरेको हो ।

स्थापनाकालमा अड्याएको उनको धरोहरलाई बेखालाल श्रेष्ठले थप फैलाए । उमेरले अहिले ८४ कटेका बेखालाललाई स्कुलप्रतिको मायामा कत्ति कम छैन । २०११ सालमा बिए पास गरेपछि फर्पिङको बोर्डिङमा पढाउन थालेका बेखालाल २०१४ मा विश्वनिकेतनमा सरेको सम्झँदै उनले आफ्नै पहलका कारण जम्मा ७३ जना विद्यार्थी रहेको विश्व निकेतनमा २ वर्षमै ४ सय विद्यार्थी बढाएको बताए । आफूले पढाएका विद्यार्थी आफूले नचिने पनि नजिकै आई चिनाएको पाउँदा खुसी लाग्ने बेखालालले बताए । तीमध्ये एक विद्यार्थी डा.केदारभक्त माथेमा रहेको उनले सम्झँदै भने, 'उनलाई त मैले सित्तैमा ट्युसनसमेत पढाएको थिएँ । उनले धेरै प्रगति गरेको देख्दा सन्तुष्ट भइँदो रहेछ ।'

बेखालालजस्ता अनुभवी पाका व्यक्तिहरुको संरक्षणमा रहेकाले पनि विश्व निकेतनको भविष्य सुरक्षित रहेको निमित्त प्राचार्य हेरम्बराज कँडेल सुनाउँछन् । अहिले सरकारी विद्यालयको अवस्था खस्किन थाले पनि विश्वनिकेतनको प्रगति भने कम नभएको कँडेल बताउँछन् । अहिले पूर्व प्राथमिक स्तरदेखि प्लस टुसम्म २३ सय विद्यार्थीले अध्ययन गरिरहेको कँडेलले बताए । हालै सुरु गरिएको बिबिएसमा ३ सय विद्यार्थी र कर्मचारी–शिक्षक गरी १ सय २३ जना कार्यरत रहेको उनले जनाए ।

स्कुलमा ३२ वर्ष सेवा गरेका निवर्तमान प्राचार्य निर्मल गिरि सामूहिक कामको नतिजा नै विद्यालयको राम्रो छवि भएको सुनाउँछन् । '४ वर्षअघि ह्वात्तै विद्यार्थी घटे,' उनले भने, 'तत्कालै हामीले अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्यौं फेरि विद्यार्थी फर्केर यहीँ आए ।' अनुशासन र मिहिनेत नै विद्यालयको सफलताको मुख्य कडी भएको शिक्षक विक्रम परियार बताउँछन् ।

अभिभावक ध्रुव महतले पढाइसँगै स्कुलले राम्रो संस्कार दिने गरेको बताए । पैसा बढी तिरे पनि अन्य निजी स्कुलमा घोकाइन्छ मात्रै तर यहाँ त्योबाहेक समाज, संस्कार र कलाजस्ता गतिविधिले विद्यार्थीको प्रतिभा खुल्ने गरेको महतले भने ।

मंगलबार स्कुलको ७० औं वार्षिकोत्सवको उद्घाटन शिक्षा सचिव विश्वप्रकाश पण्डितले गरेका थिए ।

प्रतिक्रिया

सुनको भाउ ५५ हजार नाघ्यो, एकै दिन १ हजार महँगो

सुनको भाउ ५५ हजार नाघ्यो, एकै दिन १ हजार महँगो

काठमाडौं– सुनको भाउ शुक्रबार एकै दिन प्रतितोला १ हजार रुपैयाँले बढेको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...