Tuesday 15 Bhadra, 2072 |
Menu

अर्थ

republica-header

ist-cc

सुन आयात कोटा बढ्यो

  • बिहीबार २ जेष्ठ, २०७०
  • प्रकटकुमार शिशिर
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ। केन्द्रीय बैंकले बुधबारदेखि दैनिक आयातको कोटा ५ किलो बढाउँदै २० किलो पुर्‍याएको हो। बजारमा अभाव हटाउन र अवैध सुन आयातलाई निरुत्साहित गर्न कोटा बढाएको बैंकले जनाएको छ।

बजारमा दैनिक ४५ किलो सुन माग रहेको भन्दै व्यवसायीले कोटा बढाउन आग्रह गर्दै आएका थिए। राष्ट्र बैंकले विवाहको मौसम भएको र चाडपर्व नजिकिँदै गरेकाले पनि आयात बढाउनुपरेको जनाएको छ।  
अवैध बाटोबाट आउने सुन रोक्न र विवाहको मौसमलाई ख्याल गरी दैनिक २० किलो आयात गर्ने निर्णय गरिएको राष्ट्र बैंक प्रवक्ता भाष्करमणि ज्ञवालीले बताए। राष्ट्र बैंकले तोकेको कोटाअनुसार वाणिज्य बैंकहरुले सुन आयात गर्छन्।
सुनचाँदी व्यवसायीले दैनिक १५ किलोमात्रै आयात हुँदा ३० किलो सुन चीनको तिब्बतबाट अवैध रुपमा भित्रिने गरेको दाबी गर्दै आएका छन्। आयात कोटा बढाएर २० किलो पुर्‍याए पनि त्यसले बजारको माग पूरा गर्न नसक्ने प्रतिक्रिया उनीहरुले दिएका छन्।
'कम्तीमा पनि २५ किलो आयात गर्न छुट दिएको भए राहत हुन्थ्यो,' नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नागरिकसँग भने। मागअनुसार आपूर्ति नपुग्ने भएकाले अवैध आयात रोक्न कोटा अझै फराकिलो बनाउनुपर्ने उनले बताए। पछिल्लो समय दैनिक ५० किलो सुन तिब्बतबाट भित्रिएर भारतीय बजारसम्म पुग्ने गरेको व्यवसायीको दाबी छ।

भाउ फेरि घट्यो
नेपाली बजारमा बुधबार सुन ५१ हजार २ सय रुपैयाँ तोलामा किनबेच भएको छ। यो अघिल्लो दिनको दाँजोमा ५ रुपैयाँले सस्तो हो। अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो। साताको पहिलो दिन आइतबार ५१ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ३ सयले घटेको थियो। मंगलबार भने १ सय रुपैयाँले बढ्यो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी तोलामा १० रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भयो।

प्रतिक्रिया

एक दशकपछि निगमको बैंगलोर उडान सुरु

एक दशकपछि निगमको बैंगलोर उडान सुरु

काठमाडौं-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले एक दशपछि पुनः भारतीय सहर बैंगलोर उडान सुरु गरेको छ। पहिलो उडानबाट ९८ यात्रु गएका छन् भने फर्कंदा ४० मात्र थिए।

पर्यटन उकास्न नयाँ लोगो र नारा

पर्यटन उकास्न नयाँ लोगो र नारा

काठमाडौं-विनाशकारी भूकम्पपछि मुलुकको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा तीव्र गतिले अगाडि बढाउन राष्ट्रिय पर्यटन प्रवर्द्धन समितिले नयाँ प्रवर्द्धनात्मक लोगो र नारा सार्वजनिक गरेको छ।

यात्रुबसमा 'हवाई जहाजसरह सुविधा'

यात्रुबसमा 'हवाई जहाजसरह सुविधा'

पोखरा- यातायात व्यवसायीले ठूलो लगानीमा सुविधासम्पन्न बस चलाउन थालेका छन्। पोखरा जगदम्बा ट्राभल्सले नेपालमा सञ्चालित यात्रुबाहक सवारीको तुलनामा निकै सुविधासम्पन्न बस भित्र्याएको दाबी गरेको छ।

हुन्डाइ क्रेटा सार्वजनिक हुँदै

हुन्डाइ क्रेटा सार्वजनिक हुँदै

काठमाडौं- हुन्डाइ कम्पनीले बहुप्रतिक्षित क्रेटा कार भदौको अन्यतिर नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। एसयुभी (स्पोर्टस् युटिलिटी भेहिकल) सेग्मेन्टको हुन्डाइ क्रेटा नेपाली बजारमा ल्याउने तयारी रहेको नेपालका लागि हुन्डाइको आधिकारिक...

प्रहरी स्कर्टिङमा एलपी ग्यास ढुवानी

प्रहरी स्कर्टिङमा एलपी ग्यास ढुवानी

कोहलपुर- सातादेखि बाँकेलगायत मध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा देखिएको खाना पकाउने एलपी ग्यास अभाव कम गर्न प्रशासनले पहरा दिएर ढुवानी सुरु गरेको छ। ग्यास अभाव हुन नदिन प्रहरी स्कर्टिङमा वितरण...

बन्दले बाध्यता भो हवाईयात्रा

बन्दले बाध्यता भो हवाईयात्रा

नेपालगन्ज- सार्वजनिक सवारी साधन नचल्दा सल्यान, थारमारेका इन्द्रबहादुर भण्डारी काठमाडौं पुग्न हवाई यातायात रोज्न बाध्य भए। तर, उनका लागि हवाई यात्रा पनि सहज भएन। जागिरका लागि आवेदन दिएका उनी बुधबार...

धावनमार्गछेउका अग्ला घर भत्काऊ

धावनमार्गछेउका अग्ला घर भत्काऊ

काठमाडौं-व्यवस्थापिका संसदको विकास समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण रुटमा बनाइएका अग्ला घर तत्काल भत्काउनुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको छ।

पेट्रोल पाइपलाइन सम्झौतामा हस्ताक्षर

पेट्रोल पाइपलाइन सम्झौतामा हस्ताक्षर

काठमाडौं- लामो प्रतीक्षापछि नेपाल र भारतबीच रक्सौल–आमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता भएको छ। सोमबार नेपाल सरकारका तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास...