Tuesday 26 Magh, 2072 |
Menu

अर्थ

istl

न्यायिक आयोग गठन माग

(0 votes)
काठमाडौं- नेपाली कांग्रेसका सांसदहरूले सप्तरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग गरेका छन्। कांग्रेस सांसदहरू तेजुलाल चौधरी, कलदेव सुतिहार, रामअयोध्याप्रसाद यादव, अमरेशकुमार सिंह, दिनेशप्रसाद प्रसैला यादव, गणेश मण्डल र बुद्धिसागर चौधरीले सोमबार विज्ञप्ति जारी गर्दै सप्तरीको भारदह, रुपनी र राजविराजमा चार जनाको हत्या र दर्जनौं निर्दोष व्यक्ति घाइते भएको घटनाका विषयमा आयोग गठन गर्न माग गरेका हु्न्।

nepalipatro-nagarik
'चार जनाको हत्या र दर्जनौं निर्दोष व्यक्ति घाइते भएको छ। यस्तो बर्बरतापूर्ण हत्या र गम्भीर मानवअधिकार उल्लंघनको भत्सर्ना गर्दै न्यायिक छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्तिका लागि माग गर्दछौं,' उनीहरूले विज्ञप्तिमा भनेका छन्।

विगत सय दिनदेखि तराई–मधेसमा अधिकार र समावेशी प्रतिनिधित्व सुनिश्चितताका लागि आन्दोलन भइरहेको जनाउँदै उनीहरूले सार्थक संवादबाट समाधानको पहल नगरिएकोे आरोप लगाएका छन्। सार्थक संवादबाट टुंग्याउनुको सट्टा आतंककारी व्यवहार गर्दै राज्यको निर्देशनमा स्थानीय प्रशासनद्वारा सर्वसाधारण माथि बर्बरतापूर्ण आक्रमण गरेको उनीहरूले जनाएका छन्।

यसैबीच, कांग्रेसले क्रियाशील कार्य दिलीपकुमार साहको सुरक्षाकर्मीले चलाएको गोली लागी मृत्यु भएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राजविराज नगरपालिकाको नेता चोकस्थित आफ्नै घरको छतमा बसिरहेका बेला सुरक्षाकर्मीले चलाएको गोली लागी साहको निधन भएको मुख्य सचिव ऋषिकेश तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

'यो घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ,' विज्ञप्तिमा भनिएको छ, 'तराई–मधेसमा भएको आन्दोलनप्रति संवेदनशील हुन र वार्ता एवं संवादका माध्यमबाट समस्या समाधान गर्न सरकार र आन्दोलनरत सबै दललाई नेपाली कांग्रेस आग्रह गर्दछ।'

प्रतिक्रिया

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...