Thursday 23 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

खेल्ने समय पुस्तकालयलाई

(0 votes)
त्रिशक्ति उमाविको पुस्तकालयमा अध्ययनरत विद्यार्थी। तस्बिर: कृष्ण ओली त्रिशक्ति उमाविको पुस्तकालयमा अध्ययनरत विद्यार्थी। तस्बिर: कृष्ण ओली
बाजुरा— फुर्सदको समय खेलेर बिताउने बाजुरा, डोगडीकी पार्वती बुढाको समय अचेल पुस्तकालयमा बित्ने गर्छ। गाउँकै विद्यालयमा रहेको पुस्तकालयमा विभिन्न थरिका पुस्तक पाइने भएपछि उनी खाली समय पुस्तकालयमै बिताउँछिन्।
nepalipatr-april
'पुस्तकालयले पढ्ने बानी बढाएको छ,' उनले भनिन्, 'पहिला खेलेर समय खेर जान्थ्यो, अचेल पढ्दैमा फुर्सद हुँदैन।'

पछिल्लो समय दुर्गम पहाडी जिल्ला बाजुरामा पुस्तकालय खोल्ने लहर चलेपछि पार्वतीजस्ता विद्यार्थीको लत पढाइमा पर्न थालेको छ । विद्यार्थीलाई पढ्ने बानीको विकास गराउन विद्यालयले पुस्तकालय स्थापनामा अग्रसरता देखाएका हुन् ।

पछिल्लो समय बाह्रबीसस्थित त्रिशक्ति उमावि र डोगडीको मष्टेश्वरी उमाविले पुस्तकालय स्थापना गरेका छन्। ती पुस्तकालयमा शिक्षा, धर्म, संस्कृति र साहित्यका पुस्तक राखिएका छन्। पुस्तकालय सञ्चालनमा असल छिमेकी नेपाल सामुदायिक विकास परियोजनाले व्यवस्थापन सहयोग गरेको छ। सोही विद्यालयमा १० कक्षामा अध्ययनरत दिनेश विक पाठ्यक्रममा आधारित पुस्तक पढ्दा–पढ्दा दिक्क लागेका बेला विभिन्न विधाका पुस्तक पढ्न पाउँदा आनन्द लाग्ने गरेको बताउँछन्। 'कथा, कविताजस्ता रोचक पुस्तक पढ्न पाएपछि पढाइमा रुचि पनि जागेको छ,' उनले भने, 'पुस्तकालयले ज्ञानको दायरा पनि फराकिलो बनाएको छ ।'

लाइबेरियन विक्रम कडायत पुस्तकालयप्रति शिक्षक र विद्यार्थीको आकर्षण बढेको बताउँछन्। 'ढिलो आउने विद्यार्थी पनि चाँडो आएर पुस्तक पढ्ने गरेका छन्,' उनले भने ।

विद्यार्थीको सिकाइ उपलब्धि बढाउन र गुणस्तरीय शिक्षा विकासमा टेवा पुर्याउन पुस्तकालय सञ्चालनमा ल्याएको शिक्षा विकास अधिकृत योगेन्द्र चापागाईंले बताए । उनले पुस्तकालयलाई नाम मात्रको नभई क्षमताविकासमा नमुना बनाउने गरी शिक्षक, विद्यार्थीसँग अन्तरक्रिया हुने गरेको बताए ।

फुर्सदको समय पुस्तकालयमा उपयोग गर्न पाएपछि शिक्षक र विद्यार्थी दंग छन्। पुस्तकालय स्थापना भएपछि फुर्सदको समय पढाइमा खर्चिएको मष्टेश्वरी उमाविमा अध्ययनरत पार्वती बुढा बताउँछिन् । बाजुरामा अहिले २७ वटा सामुदायिक अध्ययन केन्द्रसमेत खोलिएका छन् । ती केन्द्रमा पुस्तकालय राखिएका छन् ।

प्रतिक्रिया

आर्थिक वृद्धि ऋणात्मक

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ ।...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...