Friday 17 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

काजका कर्मचारी फिर्ता गर्न समस्या

(0 votes)
काठमाडौं-निजामति कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले पटक–पटक काजबाट फिर्ता हुन ताकेता गरेपनि काजमा फर्कन सकेका छैनन्। तीनपटक पत्राचार गर्दा पनि अझैसम्म सबै कर्मचारी काजबाट फर्केनन्।


nepalipatr-april
सरकारले तत्कालका लागि काम पूरा गर्न काजमा खटाउँछ। तर, तत्कालको समस्या समाधान गर्न दिइएको काज दीर्घकालीन समस्याको रुपमा देखा पर्दैछ । काज फिर्ता गर्न मन्त्रालयमा समेत समस्या देखिएको छ । उपत्यका बाहिर झन ठूलो समस्या रहेको छ । ताकेता गरिएपनि व्यवहारिक समस्याका कारण काजका कर्मचारी व्यवस्थापन गर्न गाह्रो भएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता राजेन्द्र पौडेलले बताए ।

धेरै कर्मचारी काजमा रहेको भनिएपनि सामान्य प्रशासनमा यसको तथ्यांक भने राखिएको छैन । कतिजना कर्मचारी काजमा छन् भन्ने बारे एकीन तथ्यांक नभएको कर्मचारी बताउँछन् ।काजमा पठाउने व्यवस्था सजिलो भएका कारण यो फिर्ता गर्न समस्या देखिएको प्रवक्ता पौडेल बताउँछन् ।

प्रायजसो कर्मचारी आकर्षक ठाउँमा बस्न खोज्ने परम्पराले वर्तमान समस्या निम्तिएको देखिन्छ । निजामति सेवा ऐन २०४९ बमोजिम सामान्य प्रशासनको निर्णयबाट निकायका कार्यालयमा दरबन्दीमा रहेका कर्मचारीलाई काजमा खटाइएको थियो । काज अवधि सकिएपनि कर्मचारी पदाधिकार रहेकै कार्यालयमा फर्कन सकेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी समेत काजमा रहेकाले गाविस, जिविस परिषद् हुन्जेल काजबाट फिर्ता हुन नसक्ने आग्रह आएको प्रवक्ता पौडेलले बताए । गत मंसिर दोस्रो साता बसेको मन्त्रिपरिषद्को वैठकपछि सम्बन्धित मन्त्रालयहरुमा परिपत्र गरिएपनि काज फिर्ता हुन सकेका छैनन् ।

निजामति कर्मचारीलाई सरुवा गर्दा वा काज खटाउँदा निजामति सेवा ऐन २०४९, नियमावली २०५० मा सरुवा तथा काज सम्बन्धी व्यवस्था प्रतिकुल नहुने गरी सरुवा तथा कामकाजमा खटाउन निर्देशन दिएको छ ।

अहिलेसम्म १८ मन्त्रालयले काजमा कर्मचारी भए नभएको र भएकाको काज फिर्ता गरेको विवरण सामान्य प्रशासन मन्त्रालयमा पेश गरेका छन् । सामान्य प्रशासन मन्त्रालय आफैले काजमा खटाएका पनि समावेश छन् । बाँकी रहेका मन्त्रालयले ठोस उत्तर दिन सकेका छैनन् । १८ मन्त्रालयबाट ७० जना काज फिर्ता गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

सियान (चीन)-नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ। सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज...

लाङटाङ उठाउँदै गाउँले

लाङटाङ उठाउँदै गाउँले

नुवाकोट–गतवर्ष वैशाख १२ को भूकम्पसँगै हिमपहिरो गएको १ वर्ष पुग्नै लाग्यो। भूकम्पसँगै गएको हिमपहिरोले धेरैको घरमात्र पुरिएन, सँगालेर राखेका धेरै सपनाका पहाड भत्किए। धेरैले आफन्त गुमाए, बाँच्ने टुहुरा भए तर...

काम छ, रोजगार छैन

काम छ, रोजगार छैन

काठमाडौं–गाउँगाउँमा हजारौं स्कुल, लाखौं घर भत्केका छन् । सहरमा ठुल्ठुला भवन, सयौंको संख्यामा सार्वजनिक सम्पदाहरू भत्केका छन् । काम यति धेरै छ कि निरन्तर गरे पनि कैयन महिना लाग्न सक्छ।