Friday 14 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

नाकाबन्दीले रित्तिँदै खाद्यन्न पसल

  • मङ्गलबार १ मंसिर, २०७२
  • टेकेन्द्र बस्याल
  • Be the first to comment!
(0 votes)
मनिकापुर राँझास्थित सानु किराना पसलमा दैनिक उपभोग्य सामग्री रित्तदै गर्दा आधा खाली देखिएको पसल। तस्विरः टेकेन्द्र बस्याल मनिकापुर राँझास्थित सानु किराना पसलमा दैनिक उपभोग्य सामग्री रित्तदै गर्दा आधा खाली देखिएको पसल। तस्विरः टेकेन्द्र बस्याल
कोहलपुर— करिव दुई महिनादेखि जारी भारतीय नाकाबन्दीले बजारमा खाद्यान्न अभाव हुन थालेको छ। किराना र खाद्यन्न पसलमा दैनिक उपभोग्य सामग्री सकिँदै गएका छन्।। ईन्धन अभाव र उत्पादित वस्तुको कच्चा पदार्थ लामो समयदेखि भारतीय नाकामा रोकिँदा दैनिक उपभोग्य सामग्रीको कमी भएको हो।
nepali-patro-may
बजारमा दैनिक उपभोग्य, तेल, चामल, दाल, चिनी, मिठो, मैदादेखि चाउचाउ, दालमोट, बिस्कुट, चक्लेट, साबुन, सोडा, नुन समेत सकिन लागेको व्यापारी बताउँछन्। डिलरमा सामान नभएपछि किराना तथा फुटकर व्यापारीले मागे अनुसार पाउन सकेका छैनन्।

उद्योगमा स्टक रहेको सामान पनि ईन्धन अभावले ढुवानी हुन सकेको छैन्। बागेश्वरी किराना पसल कोहलपुरका चेतप्रसाद पाण्डेले लामो नाकाबन्दीले पसल रित्तने अवस्था भएको बताए। उपभोक्ताले मागेअनुसार दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन नसकिएको नागरिकन्युजलाई बताए।

खाने तेल, चामल, दाल, नुन, चिनीको अभाव धेरै देखिएको छ। त्यसबाहेक दैनिक प्रयोग हुने साबुन, सोडा, मसला देखि चाउचाउ, दालमोेट, बिस्कुट, चक्लेट, मदिरा, चुरोटसम्म अभाव देखिएको छ। प्रायः पसलका दैनिक उपभोग्य सामग्री सकिएर पसल रित्तदै गएका छन्। राँझास्थित किराना पसलका सञ्चालक सानु बर्माले पसलको अधिकांस सामान सकिएको बताउँदै चार दिनसम्म समस्या यस्तै रहे पसल बन्द गर्नुपर्ने बताए।

डिलरबाटै सामान नभएको भन्दै पसलमा तिहारदेखि उपलब्ध नगराएको उनले भने ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले वीरगन्ज, भैरहवा, विराटनगर, काठमाडौंबाट बजारमा आउने उत्पादित खाद्य तथा किराना सामान ढुवानी हुन नसक्दा बजारमा रित्तदै गएको बताए। देशै संकटमा परेको बेला दैनिक उपभोग्य सामग्री रित्तदै गएको बताउँदै अध्यक्ष श्रेष्ठले सरकारले समयमा विकल्प सोच्नुपर्ने उल्लेख गरे। यसबोहक बजारमा दैनिक सामग्री अभाव हुने भयले उपभोक्ताहरु अनावश्यक स्टक गर्ने कार्य समेत बढेको छ।

प्रतिक्रिया

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

काठमाडौं- सार्वजनिक संस्थानको नाफा बढे पनि सरकारले ती संस्थानमा सेयर लगानी गरेबापत पाउने प्रतिफल भने घटेको छ। गत आर्थिक वर्षमा सार्वजनिक संस्थानले खुद नाफा ३३ अर्ब ९२ करोड कमाए पनि लगानी...

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसिया- श्रम स्वीकृति लिएर सबभन्दा धेरै नेपाली कामदार आएको मलेसियाबाट स्वदेश जाने रेमिटेन्स पहिलोपटक स्थिर अवस्थामा पुगेको छ। पछिल्लो ४–५ वर्षयता निरन्तर नेपाल पठाउने रेमिटेन्स वृद्धि भइरहेको बेला चालु आर्थिक...

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

काठमाडौं–बजेट आर्थिक दस्तावेज मात्र नभई राजनीतिक दस्तावेज पनि हो । बजेट मुलुकका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ । यतिखेर नेपालमा रोजगारीको चरम अभाव छ । गरिबीका कारण ठूलो संख्याका युवा...

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

काठमाडौं– गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैयाँ सहयोग गरेका छन्।  

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

काठमाडौं— नेपाल चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले १८ जेठ (३१ मे) देखि काठमाडौं—दोहा रुटमा दैनिक सिधा उडान गर्ने भएको छ। हिमालयको एयरबस ३२०—२१४ जहाज काठमाडौंबाट राति ११ बजे उड्नेछ भने...

अवरोध पश्चात बैंकहरुको कर्जामा वृद्धि

अवरोध पश्चात बैंकहरुको कर्जामा वृद्धि

२९ वटै वाणिज्य बैंकहरुले चालु आवको तेस्रो त्रैमास (चैत मसान्तसम्म)को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। एक दुई अपावादलाई छाड्ने हो भने सबै वाणिज्य बैंकले विनाशकारी भूकम्पलगत्तै लामो तराई–मधेस आन्दोलन र...

विदेशी कब्जामा बिजुली-नदी

काठमाडौं- अधिंकाश ठूला जलविद्युत आयोजना निर्माण जिम्मा लिएका विदेशी कम्पनीले दशकौंदेखि नदी तथा खोला कब्जामा राखेका छन्। बिजुली उत्पादन नहुँदा नेपाली भने दैनिक १५ घन्टासम्म लोडसेडिङ झेल्दै अँध्यारोमा बाँच्न बाध्य...

पर्यटन प्रवर्द्धन गर्न 'मिसन कोरला–२०१६'

पर्यटन प्रवर्द्धन गर्न 'मिसन कोरला–२०१६'

पोखरा– नेपाल पर्यटन बोर्डको सहयोग एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरादेखि नेपाल चीनबीचको नाका कोरलासम्मको ५ दिवशीय अवलोकन भ्रमण गरिने भएको छ।