Wednesday 22 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

पराजुलीलाई साताको साहित्य पुरस्कार

(0 votes)
कवि नवराज पराजुली कवि नवराज पराजुली
काठमाडौं– साताको साहित्य डटकमले बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार यस वर्षको साताको साहित्य पुरस्कार कवि नवराज पराजुलीलाई दिने भएको छ । पाठक र निर्णायकको संयुक्त निर्णय अनुसार केही समयअघि साताको साहित्यले हरेक वर्षझैँ तीन उत्कृष्ट रचनाहरू सार्वजनिक गरको थियो जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा छवि अनित्यको कविता 'बिक्रीमा देश' र रेशम बोहोराको कविता 'आमा र देश' छानिएका थिए।
nepalipatr-april
तत्पश्चात चार सदस्यीय निर्णायक समितिले तीन उत्कृष्ट रचनाबाट पनि सर्बोत्कृष्ट रचनाका रुपमा नवराज पराजुलीको रचनालाई बहुमतको आधारमा चयन गरेको हो । निर्णायक मण्डलमा महेन्द्र पौडेल, ऋषि आचार्य, सुजित सिग्देल र निष्प्रभ सजी थिए ।

'असल साहित्यकारले पुरस्कार र सम्मान होइन, पुरस्कार र सम्मानले असल साहित्य र साहित्यकारको खोजी गर्नु पर्दछ' भन्ने उद्घोषका साथ नेपाली साहित्यमा उल्लेखनीय योगदान दिँदै आइरहेको साताको साहित्यले यसअघि पनि रवीन्द्र समीर, रमेश सायन र मुकुन्द प्रयासका रचनाहरूलाई पुरस्कृत गरिसकेको छ । साताको साहित्य पुरस्कार लगायत लेखकहरूलाई पारिश्रमिक दिनका लागि अस्ट्रेलियामा आफ्नो व्यवसाय गरिरहेको किरण थापा र डिला खरेलले प्रायोजन गरिरहेका छन् । साताको साहित्य निष्प्रभ सजीले सम्पादन गर्छन् ।

प्रतिक्रिया

आर्थिक वृद्धि ऋणात्मक

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ ।...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...