Wednesday 19 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

एट्लेटिकोलाई फाइदा

(0 votes)
बार्सिलोना- एल क्लासिकोमा रियाल मड्रिडको पराजयले सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई फाइदा पुगेको छ। एट्लेटिको आइतबार रियाल बेटिसलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ।
nepali-patro-may
फर्नान्डो टोरेजले हानेको बल विपक्षी गोलकिपर एन्टोनियो एडनले राम्रो नियन्त्रणमा लिन नसकेको बललाई सातौं मिनेटमा जोर्गे कोेकेले पोस्टको दिशा दिएका हुन्। त्यसपछि भ्रमणकारी टोलीले थुप्रै अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेनन्।

एट्लेटिकोले रियाललाई प्रतिस्थापन गर्दै दोस्रो स्थानमा उक्लिएको हो। साथै, शीर्ष बार्सिलोनासँग ४ अंकको दुरीमा रहेको एट्लेटिकोले उपाधि भिडन्तमा राम्रो चुनौती प्रस्तुत गर्ने देखिएको छ। बार्सिलोनाले बेर्नाबेउ रंगशालामा शनिबार रियाललाई ४–० को अन्तरमा निराश पारेको थियो।

एट्लेटिकोको जितले रियालका प्रशिक्षक राफेल बेनिटेजमा माथि दबाब सिर्जना गरेको छ। बेनिटेजको टोली बार्सिलोनाभन्दा ६ अंकले पछि छ भने डिएगो सिमोनीको टोलीभन्दा २ अंकले पछि छ।

'प्रत्येक खेलमा हामीले राम्रो गर्दै गइरहेका छौं। हेरौं, हामी कति अघि बढ्छौं,' एट्लेटिकोका प्रशिक्षक सिमोनीले भने।

२०१४ को लिग विजेता एट्लेटिकोले त्यसयता कुनै उपाधि उठाउन सकेको छैन। बार्सिलोना र रियालको दाँजोमा एट्लेटिकोको बजेट निकै कम छ। यद्यपि कोके टोलीमा यथावत छन्।

'दोस्रोमा उक्लिँदा हामी खुसी छौं तर, यो यात्रा यही सकिएको छैन,' कोकेले भने, 'हामीले जितलाई निरन्तरता दिनुपर्छ। संचारमाध्यममा हामीलाई उपाधिसँग जोडिएको छ। तर, हाम्रो लक्ष्य तेस्रो स्थान हो। त्योभन्दा माथि भयो भने हाम्रा लागि थप हुनेछ।'

लगातार चार हार बेहोरेको बेटिस १२ औं स्थानमा छ। दायाँ खुट्टामा लागेको चोटका कारण बेटिसले गोलकिपर एडनलाई गुमाएको छ।

अन्तिम समयमा गरेको गोलमा भिल्लारियालले इवरसँग १–१ को बराबरी खेलेको छ। तथापि भिल्लारियाल चौथो स्थान उक्लिएको छ। भ्रमणकारी टोली इबरले १० खेलाडीमा समेटिँदै खेलअन्त्य गरेको थियो। रक्षक जउमे कोस्टाले डेनिस स्वारेजलाई थ्रोमा बलले हानेपछि ७५औं मिनेटमा उनले दोहोरो पहेँलोसहित रातो कार्ड पाए। त्यसको पाँच मिनेट बित्न नपाउँदै घरेलु टोलीले बराबरी गोल गरेको थियो।

सेर्गी इनरिचले २७औं मिनेटमा गरेको गोलमा इवरले अग्रता लिएको हो। खेलअघि दुवै टोलीले पेरिस आक्रमणप्रति श्रद्धान्जली व्यक्त गरेका थिए। फ्रान्सको राष्ट्रिय धुन बजाइएको थियो भने रंगशालाको ठुलो स्त्रि्कनमा 'हामी सबै फ्रान्स हौं' लेखिएको थियो।

जित्न नसके पनि भिल्लारियालले सेल्टाभिगोलाई पछि पार्दै चौथो स्थानमा उक्लिएको हो। चौथो स्थानसम्म पुग्ने टोली च्याम्पियन्स लिग खेल्नपाउँछन्।

ब्राजिलियन फरवार्ड डेभर्सनको दुई गोलप्रेरित लेभान्टेले स्पोर्टिङ गिजोनलाई ३–० ले पराजित गर्योी। पुछारबाट दोस्रो स्थानको लेभान्टेका नयाँ प्रशिक्षक जोन फेर्रेरको तीन खेलमा पहिलो जित हो।

ग्रानाडाले पनि घरेलु मैदानमा सिजनको पहिलो जित निकाल्यो। एथलेटिक बिल्बाओलाई २-० ले पराजित गरेको ग्रानाडाको पछिल्लो १० खेलमा पहिलो जित हो। रक्षक एमेरिक लापोर्टेको गल्तीमा बिल्बाओको ७ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागको छ। पाँचौं मिनेमा आत्मघाती गोल गरेका लापोर्टेले ५९ औं मिनेटमा गल्तीमा विपक्षी फरवार्ड सक्सेस इकासले गोल गरे। खुट्टामा लागेको चोटका कारण उनले मैदान छाडेका थिए।

प्रतिक्रिया

क्यासिनो नियमावली संशोधन रोक्न माग

क्यासिनो नियमावली संशोधन रोक्न माग

काठमाडौं–विदेशी लगानीमा राजधानीको लाजिम्पाटमा सञ्चालित क्यासिनो मिल्लेनायर्स क्लबले विश्व व्यापार संगठनमा व्यक्त प्रतिबद्धताविपरीत 'क्यासिनो नियमावली २०७०' संशोधन गर्न भइरहेको गृहकार्य रोक्न सरकारसँग माग गरेको छ ।

द्विविधामा राष्ट्र बैंक : महँगी नियन्त्रण कि आर्थिक वृद्धि?

द्विविधामा राष्ट्र बैंक : महँगी नियन्त्रण कि आर्थिक वृद्धि?

काठमाडौं— सरकारले वितरणमुखी बजेट घोषणासँगै आर्थिक वृद्धिदर ६.५ प्रतिशत पु¥याउने तर मूल्यवृद्धि ७.५ प्रतिशत कायम राख्ने लक्ष्य लिएपछि नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति तय गर्नै समस्या परेको छ। नीतिमा महँगी नियन्त्रणलाई...

बजेटप्रति कर्णालीबासीको आक्रोश

बजेटप्रति कर्णालीबासीको आक्रोश

जुम्ला- तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले कर्णालीको विकासलाई प्रभावकारी रुपमा अघि बढाउने नाममा कर्णाली विकास आयोग गठन गर्योन। त्यसपछि बनेका सरकारले आयोगलाई अपहरण गरी एउटा शाखामा खुम्च्यायो। जसको नेतृत्व राष्ट्रिय...

महँगी निम्त्याउने वितरणमुखी बजेट

महँगी निम्त्याउने वितरणमुखी बजेट

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा १० खर्ब ४८ अर्बको बजेट पेस गरेका छन्। पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको, सामाजिक क्षेत्रमा दिल खोलेर राज्यकोष वितरण गरेको र विकासका नाममा जताततै...

किसानलाई अनुदानै–अनुदान

किसानलाई अनुदानै–अनुदान

काठमाडौं–विगतमा सरकार र वैदेशिक सहयोगमा सञ्चालित कृषि परियोजनाको अनुदान कार्यक्रमले परिणाम दिन नसकेको गुनासो आइरहे पनि सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन किसानलाई अनुदानै–अनुदानका कार्यक्रम ल्याएको छ । विगतका...

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

काठमाडौं-सरकारले काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको लागि १० अर्ब बजेट विनियोजन गरेको छ। यो अघिल्लो वर्षको बजेटभन्दा ९ अर्बले बढी हो । अघिल्लो वर्ष सरकारले एक अर्ब बजेट विनियोजन गरेको थियो। सरकारले...

तरकारी फलाउँदै पूर्वसभासद

तरकारी फलाउँदै पूर्वसभासद

नेपालगन्ज- पहिलो संविधानसभा संविधान नबनाइ विघटन भएपछि पट्टु थारु निराश भएर राजधानी काठमाडौंबाट घर फर्किए। उनी पहिलो संविधानसभा सदस्य थिए। संविधान सभा विघटन भएपछि उनको रोजाइ बन्यो कृषि। बाँके, बैजापुर–१, नवलपुरका...

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

काठमाडौं- सार्वजनिक संस्थानको नाफा बढे पनि सरकारले ती संस्थानमा सेयर लगानी गरेबापत पाउने प्रतिफल भने घटेको छ। गत आर्थिक वर्षमा सार्वजनिक संस्थानले खुद नाफा ३३ अर्ब ९२ करोड कमाए पनि लगानी...