Sunday 2 Falgun, 2072 |
Menu

अर्थ

istl

टोटोनह्याको गति

(0 votes)
लन्डन- टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचिटिनोले वेस्टह्याम युनाइटेडलाई ४–१ ले पराजित गरेपछि इङ्लिस प्रिमियर लिग उपाधि जित्ने सम्भावना भएको बताएका छन्। आइतबार रातिको खेलमा जित पाउँदै टोटेनह्याम शीर्ष स्थानको लिचेस्टर सिटीभन्दा ४ अंकले पछि छ। टोटनह्यामले १३ खेलबाट २४ अंक जोडेको छ।
nepalipatro-nagarik

ह्यारी केनले दुई गोल गरे। यस सिजनमा प्रिमियर लिग उनले सातौं र आठौं गोल गरेका हुन्। घरलु मैदान ह्वाइट हार्ट लेनमा टोटेनह्यामलाई जित दिलाउन रक्षक टोबाई एल्डरवाइरिल्ड र केली वाल्करले १–१ गोल गरे। पोचिटिनोको युवा टोली क्लबको कीर्तिमान बनाउने क्रममा लिगमा लगातार १२ खेलमा अपराजित छ। लिगको शीर्ष टोली लिचेस्टरको परीक्षा हुन बाँकी छ। टोली म्यानचेस्टर सिटी, आर्सनल र म्याचेस्टर युनाइटेडको उतारचढावबीच अगाडि बढिरहेको छ। चेल्सी बलियो टोली हो।

अहिलेको अवस्थामा टोटेनह्याम बलियो टोली देखिएको छ। तर, प्रशिक्षक पोचिटिनोले अहिले नै उपाधिबारेमा भन्न हतार हुने बताउँछन्। 'सुरुमै अहिले केही भन्न सकिन्न,' उनले भने, 'सिजन सकिन अझै धेरै बाँकी छ। हाम्रो टोली युवा टोली छ। हामीलाई ो खेलमा विकास गर्न आवश्यकछ। स्थिर रूपमा हामी विकास गर्न चाहन्छौं।' टोटेनह्यामले अर्को साता १५औं स्थानमा रहेको साबिक विजेता चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ। पोचिटिनोले थपे, 'सिजनको सुरुदेखि हामीले एकरुपको प्रदर्शन गरिरहेको सत्य हो। तर, मलाई लाग्छ अझ धेरै गर्नुपर्छ। आगामी ४–५ महिनासम्म के हुन्छ भन्ने अनुमान लगाउन गाहो हुन्छ।'

अझ धेरै के गर्न बाँकी छ भन्ने प्रश्नमा पोचिटिनोले भने, 'सधैँ केही सुधार गर्न जरुरी छ। हामी कडा मिहिनेत गर्दै मैदानमा आफ्नो नियन्त्रण राख्न चाहन्छौं।'

सिजनमा आर्सनल, लिभरपुल, सिटी जस्ता टोलीसँगको नतिजाबाट आफूले गर्व महसुस गरेको उनले बताए। सिटीलाई ४–१ ले पराजित गरेको टोटेनह्यामले लिभरपुलसँग गोलरहित बराबरी र आर्सनलसँग १–१ को बराबरी खेलेको थियो।

केनले २३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। टोवाईले ३३औं मिनेटमा गोलगरेपछि घरेलु टोलीले पहिलो हाफमा २–० ले अग्रता लियो। ५०औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरे। केलीले ८३ औं मिनेटमा गोल थपेका थिए। भ्रमणकारी टोलीका लागि म्यानुयल लान्जिनीले ८७ औं मिनेटमा गरेको गोल सान्त्वनामा परिणत भयो।

प्रतिक्रिया

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।