1 Falgun, 2072 |
Menu

अर्थ

istl

अझै खुलेन रुपैडिहा नाका

(0 votes)
नेपालगन्ज–भारतबाट फर्किएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नाकाको अवरोध चाँडै हट्ने दाबी गरिरहेका बेला चारदिनदेखि अवरुद्ध नेपालगन्जस्थित रुपैडिहा–जमुनाहा नाका खुल्ने कुनै संकेत देखिएको छैन।
nepalipatro-nagarik
दसगजा क्षेत्रमा टेण्ट टाँगेर मधेसी मोर्चाका कार्यकर्ता धर्नामा बसेपछि सोमबार नाका ठप्प भएको थियो। नाकामा उत्पन्न तनाव र चुनावको कारण देखाउँदै भोलीपल्ट मंगलबारबाट भारतीय पक्षले पेट्रोलियम ट्यांकर र मालबाहक सवारी साधन नेपाल प्रवेशमा रोक लगाउँदै आएको हो।

भारतीय पक्षबाट भएको अघोषित नाकाबन्दीका कारण रुपैडिहा क्षेत्रमा सयौंको संख्यामा पेट्रोलियम ट्यांकर र मालबाहक सवारी साधन रोकिएका छन्। ईलाका प्रहरी कार्यालय जमुनाहा अनुसार सीमा नजिक आइपुगेका २३ वटा पेट्रोलियम ट्यांकर र दुई सय ५० बढी मालबाहक ट्रक तथा कन्टेनरलाई भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाउँदै आएका छन्।

इप्रका जमुनाहा प्रहरी सहायक निरीक्षक हरि गुरुङले बिहीबार कुनैपनि पेट्रोलियम ट्यांकर र मालबाहक सवारी साधन भारतबाट भित्रिन नपाएको बताए। 'भारतीय पक्षले सीमाको अवरोध हटाउने विषयमा कुनै प्रतिक्रिया दिएका छैनन,' असई गुरुङले भने 'सीमापारिका सुरक्षाकर्मीलाई सोध्दा खोल्ने आदेश छैन भन्छन।' नाकाबाट पैदलयात्री र साना सवारी साधन भने आवत–जावत गरिरहेका छन्।

जमुनाहा प्रहरीका अनुसार आन्दोलनरत मधेसी मोर्चाका केही कार्यकर्ता बिहीबार बिहान दसगजा क्षेत्रमा भेला भएर प्रधानमन्त्रीको पुत्ला जलाउने प्रयास गरेका थिए। त्यसक्रममा नेपाली सुरक्षाकर्मीले हस्तक्षेप गर्न खोजेपछि आन्दोलनकारीहरु ढुंगा हानेर भागेको गुरुङले बताए। गत असोजको पहिलो साताबाट भारतले अघोषित नाकाबन्दी गरेर कात्तिक दोस्रो साता सम्म नेपालतर्फ आउने सवारी साधनमा निरन्तर अवरोध पु¥याएको थियो। वीरगन्जमा उत्पन्न तनावपछि पुनः रुपैडिहा नाकामा कडाई गरेको भारतीय पक्षले तिहार लगत्तै अचानक आवत–जावत सहज पारेको थियो।

प्रतिक्रिया

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।