Sunday 24 Magh, 2072 |
Menu

अर्थ

istl

आन्दोलनलाई खुकुलो पारेपछि तराईमा जनजीवन सहज

(0 votes)
वीरगन्ज-आन्दोलनरत मधेस केन्द्रित दलले आन्दोलनलाई केही खुकुलो पारेपछि मध्य तराईका जनजीवन अहिले सहज भएको छ। जनजीवन सहज हुन थालेपछि मध्य तराईका बारा, पर्सा र रौतहटका सर्वसाधारणलाई राहत भएको छ। विगत साढे पाँच महिनादेखिको निरन्तर बन्द, हडताल र नाकाजामका कारण यस क्षेत्रका जनजीवन त्रसित बनेको थियो।
nepalipatro-nagarik
आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले जिल्लास्तरमा उद्योग, कलकारखाना, शैक्षिक संस्था, यातायात र बजार सञ्चालन गर्न दिएपछि स्थिति सहज भएको हो। बाराका सदरमुकाम कलैया, पर्साको वीरगन्ज र रौतहटको गौर बजारमा सर्वसाधारणको भीडभाड बढ्न थालेको छ । मुख्य बजारमा बिहानैदेखि पसल निर्बाध खुल्न थालेका छन्।

सदरमुकाम कलैया, वीरगन्ज र गौरबाट अहिले लामो तथा छोटो दूरीका सवारीसाधन चल्न थालेका छन् । यसअघि काठमाडाँै, पोखरा, विराटनगरलगायतका सहरमा आउन जानका लागि बाराको सिमरा र रौतहट चन्द्रनिगाहपुर पुग्नुपर्ने बाध्यता थियो।

मानवीय समवेदनालाई ध्यानमा राखी नाका अवरुद्ध गर्नेबाहेक उद्योग, कलकारखाना, शैक्षिक संस्था, यातायात र बजार सञ्चालन गर्न दिने मौखिक सहमति दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक स्थानीय नेताले बताए ।

तर औपचारिक रुपमा आन्दोलन फिर्ता नलिएकाले व्यवसायीले सुरक्षित महसुस भने गर्न सकेका छैनन् । स्थानीय व्यवसायीका अनुसार वीरगन्ज रक्सौल नाका बन्द हुँदा अन्य नाकाबाट आएका सामानको ढुवानी लागत बढी परेको छ। लागतअनुसारको मूल्य नपाउँदा व्यवसाय सङ्कटमा पर्न थालेकाले यो भन्सार नाका सुचारु गर्नका लागि सरकार र आन्दोलन दुवै पक्षसँग व्यवसायीले माग गरेको छ ।

गत शनिबार संविधानमा भएको संशोधनले केही माग सम्बोधन गरिसकेकाले बाँकी अन्य मागको हकमा वार्ता र संवादमार्फत सम्बोधन गराउनका लागि स्थानीय बुद्धिजीवीले सरकार र आन्दोलनकारी दुवै पक्षसँग आग्रह गरेको छ । रासस

प्रतिक्रिया

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

काठमाडौँ-तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ।

सूचना प्रविधि कुम्भ मेला सुरु

सूचना प्रविधि कुम्भ मेला सुरु

काठमाडौं–२२औं संस्करणको सूचना प्रविधि कुम्भ मेला शुक्रबार काठमाडौंमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सुबिसु क्यान इन्फोटेक १०१६ (इन एसोसिएसन विथ हुवावे) मा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स,...

२५ करोड लगानीमा तीनतारे होटल अमादब्लम

२५ करोड लगानीमा तीनतारे होटल अमादब्लम

काठमाडौं- विनाशकारी भूकम्प र भारतको नाकाबन्दीबाट प्रत्यक्ष मारमा परेको पर्यटन क्षेत्रले विस्तारै गति लिन थालेको संकेत होटल क्षेत्रको लगानीमा देखिन थालेको छ। पछिल्लो पटक राजधानीको गौशालामा २५ करोड रुपैयाँ लगानीमा...