पर्यटन वर्षका लागि सीप सिक्दै मजदुर

smaller text tool iconmedium text tool iconlarger text tool icon
सन्तोष पोखरेल, पोखरा, साउन ३ - पर्यटन वर्ष २०११ मा पोखरा घुम्न आउने पर्यटकलाई लक्ष्य गरेर यहाँका रेस्टुरेन्ट व्यवसायीले विभिन्न देशका खानेकुरा बनाउने सीप सिकेका छन्।
पर्यटकलाई रोजेको खानेकुरा खुवाउन व्यवसायीसहित मजदुरले प्रशिक्षण लिएका हुन्।
रेस्टुरेन्ट मजदुरसँग सीप नहुँदा पोखरा घुम्न आएका कतिपय पर्यटकले रोजेको खानेकुरा खान पाएका थिएनन्। यहाँका रेस्टुरेन्ट मजदुरसँग विभिन्न देशका खानेकुरा बनाउने सीप नहुँदा पर्यटक मर्कामा परेका थिए। व्यवसायीले अहिले विदेशी विज्ञसँग प्रशिक्षण लिएका हुन्।

पोखरा घुम्न आएका विभिन्न देशका पर्यटकले आफ्नो स्वाद अनुसारका खानेकुरा खान नपाएको गुनासो गर्न थालेपछि विदेशी विज्ञ बोलाएर प्रशिक्षण लिएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले जनाएको छ।
रेबान पोखराका अध्यक्ष सूर्य भुजेलले पर्यटन वर्षमा पोखरामा विभिन्न देशका पर्यटक आउने भएकाले उनीहरुले चाहे बमोजिमको खानेकुरा खुवाउनका लागि प्रशिक्षण लिनुपरेको बताए।

'पर्यटन वर्षमा विभिन्न देशका पर्यटक आउँछन, उनीहरुको चाहना बमोजिमको खाना बनाउन हामी जान्दैनौं,' भुजेलले नागरिकसँग भने, 'पर्यटकहरु रोजाइको खानेकुरा नपाउँदा दुखी हुन्छन्, त्यसैले उनीहरुका लागि खाना बनाउन सिक्नुपर्‍यो।'

११ दिने प्रशिक्षणमा व्यवसायी र मजदुर गरी करिब ३ दर्जनले प्रशिक्षार्थी लिएका थिए। नेदरल्यान्डका प्रशिक्षक हर्बर्ट हर्मरले उनीहरुलाई प्रशिक्षण दिएका थिए। हर्मर १६ वर्ष रेस्टुरेन्टमा सेफ र १६ वर्ष प्रशिक्षक सेफ भएर काम गरिसकेका अनुभवी हुन्।

व्यवसायीले मजदुरमा सीप र ज्ञान नहुँदा कतिपय रेस्टुरेन्टमा स्वच्छ, सफा खानेकुरा पाउनबाट पर्यटक बञ्चित हुने गरेको बताए। 'पाहुनालाई स्वस्थ र स्वच्छ खानेकुरा खुवाउने दायित्व हाम्रो हो,' अध्यक्ष भुजेलले भने, 'मजदुर र सञ्चालक दक्ष नहुँदा स्वच्छ, स्वस्थ र रोजेको खानेकुरा पाउनबाट पर्यटक बञ्चित भएका थिए।' प्रशिक्षणपछि पर्यटकले रोजेको खानेकुरा पाउने उनले बताए।

भुजेलका अनुसार प्रशिक्षणमा विभिन्न देशका परिकार बनाउन सिकाइएको थियो। उनले पहिलो चरणमा छुटेका व्यवसायी र मजदुरलाई दोस्रो चरणमा सहभागी गराइने जानकारी दिए। एघार दिनको प्रशिक्षणका लागि मजदुरले प्रतिव्यक्ति ३ हजार रुपैयाँ र बाँकी शुल्क रेबानले बेहोरिदिएको थियो। उनका अनुसार यो प्रशिक्षणमा प्रतिप्रशिक्षार्थी करिब २० हजार रुपैयाँ शुल्क पर्छ।

रेस्टुरेन्टका मजदुरलाई प्रशिक्षण दिँदा उनीहरुको कार्यक्षमता बढ्ने प्रशिक्षक हर्मरले बताए। 'लामो समयदेखि काम गरेका अनुभवी कामदार भए पनि उनीहरुको लागि थप प्रशिक्षणको आवश्यकता रहेछ,' हर्मरले भने, 'यस खालको प्रशिक्षणबाट मजदुरको कार्यक्षमतामा विस्तार हुनेछ।'

उनले पोखरा पर्यटकीय क्षेत्र भएकाले यहाँ काम गर्ने मजदुरले बेलाबखतमा यस्ता प्रशिक्षण लिइरहनुपर्ने बताए। 'रेस्टुरेन्टमा खानाको गुणस्तर वृद्धिका लागि पनि प्रशिक्षण आवश्यक रहेछ,' उनले भने, 'कतिपय खानेकुराको बारेमा यहाँका रेस्टुरेन्ट मजदुरलाई थाहै रहेनछ।' उनले अनुभवी मजदुरलाई पनि नयाँ नयाँ परिकारको बारेमा जानकारी दिइरहनुपर्ने बताए।

रेस्टुरेन्ट मजदुहरु पनि विदेशीसँग प्रशिक्षण लिँदा आफुहरुले धेरै कुरा सिक्न पाउने बताउँछन्। 'पर्यटकले रोजेअनुसारको खानेकुरा नपाउँदा समस्या परेको थियो, प्रशिक्षणले यो समस्या समाधान हुनेछ,' करिब २ दशकदेखि पोखराको लेकसाइटस्थित फेवा लेक रेस्टुरेन्टमा काम गर्दै आएका सेफ दयाभक्त पण्डितले भने, 'मजदुरलाई ज्ञान नहुँदा पर्यटक रुचिअनुसारको खाना खानबाट बञ्चित हुन्थे।'

पण्डितले कतिपय खानाको बारेमा किताबबाट जानकारी लिनुपरेको बताए। 'पर्यटकले खाना बनाउन अर्डर गरेपछि उक्त खानेकुराको बारेमा किताबमा खोज्नुपर्थ्यो,' पण्डितले भने, 'यो काम कहिल्यै सिकेर नसकिने रहेछ।' हरेक वर्ष नयाँ नयाँ खानेकुरा आइरहन्छन्, तर हामीले कहिल्यै जानकारी पाउँदैनौं,' उनले भने, 'आफुलाई थाहा नभएपछि कसरी खानेकुरा खुवाउने।'

रेबान पोखरामा अहिले ७८ वटा रेस्टुरेन्ट आवद्ध छन्। रेबानका पदाधिकारीले नेदरल्यान्डका विज्ञसँग उपलब्ध गराउन आग्रह गरेबमोजिम प्रशिक्षक उपलब्ध गराएको बताएका छन्।
फोटो पनि छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ