Sunday 16 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

दाहालको प्रस्ताव मिलनविन्दु

(1 Vote)
लहान–संयुतक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमांकनलाई वार्ताको बटमलाउने भएको छ । मधेसमा दुई प्रदेश मात्र हुनु पर्ने मोर्चाको अडानमा समझदारी बन्न नसक्दा वार्ता निष्कर्षमा पुग्न सकेको छैन।
nepali-patro-may

पूर्वी र मध्य क्षेत्रका ८ जिल्ला समेटिएको प्रदेश नम्बर–२ मा पूर्वको झापा, मोरङ र सुनसरी गाभ्नुपर्ने मोर्चाको अडानका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको हो। मकवानपुर सहित कैलाली कञ्चनपुरसम्मको मधेसका ९ वटा जिल्लालाई पनि मधेस प्रदेश कायम गर्नुुपर्ने मोर्चाको अडान छ। मोर्चाको यो अडानबीच माओवादी अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहालले अघि सारेको सीमाकंनको प्रस्ताव मिलनबिन्दु हुन सक्ने मधेस मामिलाका विश्लेषकको भनाइ छ ।

दाहालको प्रस्तावमा प्रमुख दल र मोर्चाबीच सहमति कायम भए तीन महिनादेखि निस्सासिएको मधेस र नाकाबन्दीले अस्तव्यस्त देशका जनताले राहत पाउने उनीहरुको भनाइ छ। दाहालको प्रस्तावमा मोरङ र सुनसरी जिल्ला टुक्र्याएर प्रदेश नम्बर २ मा समावेश गर्ने, पश्चिममा कैलाली जिल्लालाई टुक्र्याएर थारुहटको माग सम्बोधन गर्न सकिने गरी समाधानको सुत्र ल्याएपछि दाहालको प्रस्ताव मिलनविन्दु हुनसक्ने उनीहरुले बताए।

मधेस मामिलाका विश्लेषक विजय प्रसाद मिश्रले मोरङ र सुनसरी जिल्लालाई टुुक्रयाएर दुई नम्बर प्रदेशमा गाभ्दा पूर्वी मधेस प्रदेशको सीमाकंनको समस्या सुल्झिने दाबी गरे। मोर्चाले झापासहित मोरङ र सुनसरीसमेत दुई नम्बर प्रदेशमा हुनुपर्ने माग राखेको छ। 'मधेसी बाहुल्य क्षेत्रलाई काटेर जिल्ला टुक्रयाए पूर्वको सीमांकनको विवाद सामाधान हुन्छ,' मिश्रले भने । पछिल्लो पटक प्रमुख दलका शीर्ष नेताको अग्रसरताले मोर्चा र राज्यबीचसमझदारी बढेर दुरी घट्दै जाने उनले बताए। 'मधेस र राज्यबीच धेरै दिनसम्म दूरी जारी रहे अविश्वासको खाडल झन झन बढ्दै जाने छ,' उनले भने, 'अहिले मधेसको असन्तोषलाई 'क्यास' गर्न धेरै शतिm लागेका छन्।'

राजनीतिक दल सम्मिलित वार्ताबाट राजानीतिक मुद्दामा सहमति कायम गरेर निकास निकाल्नु पर्र्ने सिरहाका वुद्धिजिवी अशोक कुमार साहको भनाइ छ। 'अहिले प्रमुख दल र मोर्चाबीच भैरहेको दुई पक्षीय, त्रिपक्षीय वार्ता र छलफल सकारात्क हो,' जनकपुरस्थित राराव क्याम्पसका प्राध्यापक भोगेन्द्र झाको विश्लेषण छ,'एमाले, काग्रेस र माओवादी सम्वेदनशील र गम्भीर भइदिए समाधान छठ लगत्तै सम्भाव छ।' राज्य पक्ष मधेसका मागलाई गम्भीर रुपमा लिएर सामाधान तर्फ जुट्नुपर्ने उनको भनाइ छ।

'आन्दोलनले बाटो बदल्नु अगाडि नै सामाधानको बाटो पहिल्याई मधेस र देशको हितकर हुन्छ झा भन्छन्,'राज्य मधेसप्रति दमनको नीति त्यागेर राजनीतिक नियत अख्तियार गरी सामाधान खोज्नुपर्छ।' विश्लेषक तुलानारायण साहले मधेस आन्दोलन संविधान जारी गर्ने प्रमुख तिन दल काँग्रेस, एमाले र माओवादी विरुद्ध भएकाले संविधान संशोधनमार्फत तीन दलले समस्याको समाधान गर्नुपर्ने बताए।

प्रतिक्रिया

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

काठमाडौं-सरकारले काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको लागि १० अर्ब बजेट विनियोजन गरेको छ। यो अघिल्लो वर्षको बजेटभन्दा ९ अर्बले बढी हो । अघिल्लो वर्ष सरकारले एक अर्ब बजेट विनियोजन गरेको थियो। सरकारले...

तरकारी फलाउँदै पूर्वसभासद

तरकारी फलाउँदै पूर्वसभासद

नेपालगन्ज- पहिलो संविधानसभा संविधान नबनाइ विघटन भएपछि पट्टु थारु निराश भएर राजधानी काठमाडौंबाट घर फर्किए। उनी पहिलो संविधानसभा सदस्य थिए। संविधान सभा विघटन भएपछि उनको रोजाइ बन्यो कृषि। बाँके, बैजापुर–१, नवलपुरका...

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

काठमाडौं- सार्वजनिक संस्थानको नाफा बढे पनि सरकारले ती संस्थानमा सेयर लगानी गरेबापत पाउने प्रतिफल भने घटेको छ। गत आर्थिक वर्षमा सार्वजनिक संस्थानले खुद नाफा ३३ अर्ब ९२ करोड कमाए पनि लगानी...

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसिया- श्रम स्वीकृति लिएर सबभन्दा धेरै नेपाली कामदार आएको मलेसियाबाट स्वदेश जाने रेमिटेन्स पहिलोपटक स्थिर अवस्थामा पुगेको छ। पछिल्लो ४–५ वर्षयता निरन्तर नेपाल पठाउने रेमिटेन्स वृद्धि भइरहेको बेला चालु आर्थिक...

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

काठमाडौं–बजेट आर्थिक दस्तावेज मात्र नभई राजनीतिक दस्तावेज पनि हो । बजेट मुलुकका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ । यतिखेर नेपालमा रोजगारीको चरम अभाव छ । गरिबीका कारण ठूलो संख्याका युवा...

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

काठमाडौं– गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैयाँ सहयोग गरेका छन्।  

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

काठमाडौं— नेपाल चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले १८ जेठ (३१ मे) देखि काठमाडौं—दोहा रुटमा दैनिक सिधा उडान गर्ने भएको छ। हिमालयको एयरबस ३२०—२१४ जहाज काठमाडौंबाट राति ११ बजे उड्नेछ भने...

अवरोध पश्चात बैंकहरुको कर्जामा वृद्धि

अवरोध पश्चात बैंकहरुको कर्जामा वृद्धि

२९ वटै वाणिज्य बैंकहरुले चालु आवको तेस्रो त्रैमास (चैत मसान्तसम्म)को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। एक दुई अपावादलाई छाड्ने हो भने सबै वाणिज्य बैंकले विनाशकारी भूकम्पलगत्तै लामो तराई–मधेस आन्दोलन र...