Tuesday 21 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

युरोकपमा स्विडेन र युक्रेन छनोट

(0 votes)
युराेकपमा छनाैट भएपछि खुशि व्यक्त गर्दै स्विडेनकाे टाेली। युराेकपमा छनाैट भएपछि खुशि व्यक्त गर्दै स्विडेनकाे टाेली।
पेरिस– स्विडेन र युक्रेन मंगलबार प्लेअफमा डेनमार्क र स्लोभेनियालाई हराउँदै युरो कप २०१६ लागि छनोट हुने अन्तिम दुई टोली बनेका छन्।
nepalipatr-april
कोपेनहेगनमा याल्टन इब्राहिमोभिचको उत्कृष्ट प्रदर्शनप्रेरित स्विडेनले डेनमार्कसँग २–२ बराबरी खेले पनि समग्रमा ४–३ को जित निकाल्दै फ्रान्सको यात्रा पक्का गरेको हो । घरेलु मैदानमा भएको पहिलो लेगमा स्विडेन २–१ ले विजयी भएको थियो ।

'डेनमार्कमा यो सफलता हात पार्दा खुुसी लागेको छ,' दुई गोल गरेका इब्राहिमोभिचले भने, 'मैले संन्यास लिने योजना बनाएको भए यो उत्तम समय हुन्थ्यो । हामी युरोमा छनोट भएका छौं, त्यो नै भाग्य हो । सम्पूर्ण समर्थकप्रति आभारी छु । अब हाम्रो भेट फ्रान्समा हुनेछ ।'

किम कालस्ट्रोमको कर्नरमा १९ औं मिनेटमा इब्राहिमोभिचले स्विडेनलाई अग्रता दिए भने १४ मिनेट बाँकीमा उनले फ्रिकिकबाट दोस्रो गोल थपे ।

२०१० को विश्वकप प्लेअफमा स्विडेनलाई हराएको घरेलु टोली डेनमार्कले अन्तिम समयसम्म हरेस खाएन । ९ मिनेट बाँकी रहँदा युसुफ पाउल्सनले गोल फर्काए । उनलाई रिजा डुर्मिसीले अवसर सिर्जना गरिदिएका थिए । क्रिस्टेन इरिक्सनको पासमा जान्निक भेस्टरगार्डले इन्जुरी समयमा बराबरी गोल गरे । तर, पहिलो लेगमा २–० को हार बेहोरेको डेनमार्क अन्तिम चरणमा पुग्न असफल रह्यो । डेनमार्क ठूलो प्रतियोगितामा छनोट नभएको यो दोस्रोपल्ट हो ।

'पछिल्लो केही महिना हाम्रो प्रदर्शन सन्तोषजनक हुन सकेन । प्रदर्शन र लाइनअफ दुवैमा हाम्रो एकरुपता आएको छैन,' डेनमार्कका प्रशिक्षक मोर्टेन ओल्सेनले भने ।

त्यस्तै, इन्जुरी समयमा एन्ड्री यारमोलेन्कोले गरेको गोलमा युक्रेनले स्लोभेनियासँग १–१ को बराबरी खेल्यो । तर, समग्रमा ३–१ को जित निकाल्दै टोलीले अर्को वर्ष हुने युरो कपमा स्थान पक्का गरेको हो । भेट्रान सेन्टर ब्याक बोस्टजन सेसरले ११ औं मिनेटमा घरेलु टोली स्लोभेनियालाई अग्रता दिए । अन्तिम मिनेटमा मिसो ब्रेकोले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडी सीमित बन्यो । पहिलो लेग युक्रेनले २–० ले जितेको थियो ।

सोमबार गणतन्त्र आयरल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई हराउँदै अन्तिम २४ मा स्थान बनाइसकेको छ भने आइतबार नर्वेलाई पराजित गर्दै हंगेरीले फाइनल यात्रा गरेको हो ।

प्रतिक्रिया

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।