14 Chaitra, 2071 |
Menu

अर्थ

HUB

दुई जहाज भाडामा लिन टेन्डर आह्वान

(0 votes)
दुई जहाज भाडामा लिन टेन्डर आह्वान
काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले एकैपटक दुई ठूला जहाज भाडामा लिन सोमबार अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ। निगमले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, जहाज उत्पादक र भाडामा जहाज उपलब्ध गराउने कम्पनीका लागि टेन्डर आह्वान गरेको हो। टेन्डर बुझाउने म्याद ४५ दिन तोकिएको छ।
वैशाख ३० बाट आगामी असार १२ सम्म टेन्डर बुझाउन पाइन्छ।
'अन्तर्राष्ट्रिय उडानलाई नियमित र प्रभावकारी बनाउने उद्देश्यले दुईवटा जहाज भाडामा लिन ग्लोबल टेन्डर आह्वान गरेका छौं,' निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता गणेशबहादुर चन्दले सोमबार नागरिकसँग भने, 'रामै्र भाउमा जहाज पाउने आशा छ।'
निगम व्यवस्थापनले करिब तीन महिनादेखि जहाज भाडामा लिन प्रयास गर्दै आएको थियो। जहाज भाडामा लिन निगमले गठन गरेको उपसमितिले प्रतिवेदन तयार गरी दुई महिनाअघि सञ्चालक समतिलाई बुझाएपछि समितिले जहाज ल्याउन अनुमति दिएको थियो।
निगम प्रवक्ता चन्दले दुइटै जहाज 'ड्राइ लिज' मा लिन टेन्डर आह्वान गरेको बताए। पाँच वर्षका लागि जहाज भाडामा लिइने उनले जानकारी दिए। ड्राइ र वेट लिज गरी जहाज दुई किसिमबाट भाडामा लिने गरिन्छ।
वेट लिजमा जहाज लिँदा 'जहाज, चालकदल, मर्मत र बिमा' जहाज दिने कम्पनीले व्यवस्था गर्छ भने ड्राइ लिजमा जहाजमात्र ल्याउने गरिन्छ र बाँकी सबै व्यवस्था भाडामा लिनेले बेहोर्नुपर्छ। ड्राइ लिजमा जहाजमात्र आउने भएकाले प्रतिघन्टा उडान भाडा दर वेट लिजमा भन्दा कम हुन्छ।
जति छोटो समयका लागि जहाज भाडामा लियो, त्यति महँगो पर्छ भने लामो सयमलाई लिँदा सस्तो पर्न आउँछ। ड्राइ लिजमा लिँदा पनि चालकदल, मर्मत वा बिमामध्ये एक उतैबाट लिन सकिने विकल्प पनि हुन्छ।
निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसबाट उत्पादित तथा आइएई भि२५७ई इन्जिन जडान भएका ए३२०–२०० सिरिजका दुईवटा 'न्यारो बडी' जहाज भाडामा लिन लागेको हो। यस्तो जहाजमा न्यूनतम १ सय ५० सिट हुन्छन्। तर, निगम व्यवस्थापनले भने कति सिट बनाउने भन्ने निर्णय गरिसकेको छैन।
निगमका अनुसार आगामी कात्तिक ९ बाट जहाज भाडामा लिनेछ। ती जहाजमा बिजनेस र इकोनोमी क्लास दुवै हुनुपर्ने छ। ती जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आधार गरी विदेशका विभिन्न गन्तव्यमा उडाइने छ। जहाजलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिअनुसार मर्मत गरिने छ।
'जहाज भाडामा दिने कम्पनीले प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै पेस गर्नुपर्छ,' प्रवक्ता चन्दले भने, 'पाँच वर्ष जहाज दिँदा लाग्ने कुल भाडाको शून्य दशमलव एक प्रतिशत हिस्सा प्रतिबद्धता रकम स्वरूप टेन्डर पेस गर्ने बेलामा बुझाउनुपर्छ। यस्तो रकम भने पछि फिर्ता हुन्छ। टेन्डर फारमको १० हजार रुपैयाँ लाग्छ। यो भने फिर्ता हुँदैन।'
उनका अनुसार भाडामा ल्याइने जहाजको उमेर बढीमा १० वर्ष हुनुपर्ने छ। मुलुकको हवाई नीतिअनुसार १५ वर्षभन्दा बढी उमेर भएका जहाज आयात गर्न पाइँदैन। 'भाडामा जहाज दिने कम्पनीले दुईजना प्रशिक्षक पाइलट पनि ६ महिनाका लागि उपलब्ध गराउनुपर्छ,' उनले भने।
अन्तर्राष्ट्रिय उडान गरिरहेका निगमका पाइलटहरू अमेरिकी जहाज निर्माता कम्पनी बोइङका जहाज उडाउन प्रशिक्षित छन्। उनीहरू साढे दुई दशकदेखि बोइङ उडाइरहेका कारण एयरबसका जहाज उडाउन पुनः तालिम लिनुपर्छ।
निगमले चाँडै नै एयरबससँग जहाज खरिद सम्झौता गर्ने र त्यसपछि एयरबसले निगमका पाइलटलाई तालिम उपलब्ध गराउने चन्दले जानकारी दिए। भाडाको जहाज काठमाडौं आउने बेलासम्म निगमका पाइलट एयरबसका जहाज उडान प्रशिक्षित हुने उनले बताए।
निगमले हाल एयरबससँग खरिद गर्न लागेको जहाज पनि भाडामा लिन खोजिएको जस्तै ए३२०–२०० सिरिजको हो। यसमा १ सय ५० सिट हुने भए पनि निगम भने यसमा सिट बढाएर १ सय ६४ बनाउने योजनामा छ।
निगम र एयरबसबीच दुईवटा ए३२०–२०० जहाज खरिद–बिक्रीका लागि गत चैत २३ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि वैशाख ९ मा प्रतिबद्धता रकम (बैना) स्वरूप एयरबसलाई ५ लाख अमेरिकी डलर पठाएकेा थियो। द्विपक्षीय समझदारीअनुसार एयरबसले निगमलाई सन् २०१५ फेब्रुअरी (२०७१ फागुन) मा पहिलो जहाज आपूर्ति गर्ने मिति दिएको छ। त्यसको दुई महिनापछि दोस्रो जहाज दिनेछ।
सुरुमा नयाँ नआउन्जेल भाडामा लिने योजना भए पनि निगम व्यवस्थापनले अहिले भने एकैचोटि पाँच वर्षका लागि लिन लागेको हो। चन्दका अनुसार भाडामा जहाज आएपछि निगमसँग तीनवटा ठूला जहाज हुनेछन्। तीन जहाज भएपछि उडान संख्या सातामा ३३ सम्म पुग्नेछ। हाल दुई बोइङ ७५७ बाट सातामा २२ वटासम्म उडान गरिरहेको छ।
भाडाको जहाज आएपछि तिनलाई भारतको नयाँदिल्ली र युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईका लागि पनि उडाउने योजना छ। निगमले डेढ वर्षदेखि दिल्ली र तीन महिनादेखि दुबई उडान स्थगन गरेको छ। विगतमा दिल्लीका लागि दैनिक उडान गर्थ्यौ भने दुबईका लागि सातामा चार उडानसम्म गरेको थियो।
निगमले हाल १ सय ९० सिट क्षमताका दुई बोइङ ७५७ जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। यहाँबाट कतारको दोहा, हङकङ, थाइल्यान्डको बैंकक र मलेसियाको क्वालालम्पुर गइरहेको छ। तर, निगम व्यवस्थापनले आगामी असार २६ (जुलाई १०) बाट पुस १६ (डिसेम्बर ३१) सम्म हङकङ उडान स्थगन गर्ने निर्णय वैशाख २३ मा गरेको थियो। उसले हाल हङकङका लागि सातामा तीन उडान गरिरहेको छ।
पर्यटन उद्योगबाट प्रत्यक्ष ५ लाख रोजगारी

पर्यटन उद्योगबाट प्रत्यक्ष ५ लाख रोजगारी

काठमाडौं-मुलुकको पर्यटन उद्योगले सन् २०१४ मा करिब ५ लाख प्रत्यक्ष रोजगारी उपलब्ध गराएको तथ्यांक सार्वजनिक भएको छ। वर्ल्ड ट्राभल एन्ड टुरिज्म काउन्सिल र अक्सफोर्ड इकोनोमिक्सले संयुक्त रूपमा तयार पारेको अनुसन्धान...

विश्वका उत्कृष्ट २५ गन्तव्यमा काठमाडौं

विश्वका उत्कृष्ट २५ गन्तव्यमा काठमाडौं

काठमाडौं-मुलुकको पर्यटन उद्योगलाई खुसीको खबर छ। संसारकै सबैभन्दा ठूलो ट्राभल वेबसाइट ‘टि्रप एडभाइजर' ले यो वर्षका लागि छनोट गरेको संसारका उत्कृष्ट २५ गन्तव्यको सूचीमा काठमाडौं १९ नम्बरमा परेको छ। यो...

हङकङ उडानमा नयाँ जहाज

हङकङ उडानमा नयाँ जहाज

काठमाडौं-नेपाल वायुसेवा निगमले नयाँ जहाजबाट हङकङ उडान गर्ने भएको छ। चैत १९ बाट हङकङ उडान गर्ने तालिका समेत बनाइसकेको छ। निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरी ल्याएको ‘ए३२०–२००'...

विन्डोज प्रयोगकर्तालाई विन्डोज १० निशुल्क

विन्डोज प्रयोगकर्तालाई विन्डोज १० निशुल्क

चीन- माइक्रोसफ्टले यही वर्षको समरमा आफ्नो लेटेस्ट अपरेटिङ सिस्टम विन्डोज १० सार्वजनिक गर्ने भएको छ। चीनको शेजेनमा आयोजित एक समिटका दौरान माइक्रोसफ्टले यस्तो घोषणा गरेको हो।

चार देशसँग हवाई सम्झौता हुने

चार देशसँग हवाई सम्झौता हुने

काठमाडौं-सरकारले चार देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने भएको छ। ती सबैले नेपालसम्म हवाई सेवा विस्तार गर्ने प्रस्ताव गरेपछि सम्झौताको तयारी भएको हो। मलेसियासँग भने आगामी बिहीबार सम्झौता पुनरावलोकन हुने...

फेसबुक म्यासेन्जरबाट पैसा पठाउन सकिने

फेसबुक म्यासेन्जरबाट पैसा पठाउन सकिने

न्युयोर्क-फेसबुकले आफ्नो म्यासेन्जर एपमा नयाँ फिचर ल्याएको छ। जसको माध्यमबाट पैसा पठाउन सकिने छ। पैसा पठाउनको लागि म्यासेन्जरको डलर आइकनमा क्लीक गर्नु पर्नेछ। तत्काल भने यो सुविधा अमेरिकामा मात्र सुरु...

चलखेलले तामाकोसी आयोजना संकटमा

चलखेलले तामाकोसी आयोजना संकटमा

दोलखा- आयोजनाभित्रैको चलखेलले माथिल्लो तामाकोसी जलविद्युत आयोजना संकटमा फस्दै गएको छ। मजदुर हडताल, स्थानीयको आन्दोलनलगायत विभिन्न कारणले १० दिनदेखि काम ठप्प भएर करोडौं नोक्सानी बेहोरिरहेको आयोजनालाई थप संकटमा धकेल्न भित्रैका...

‘उच्च प्रतिफल दिन सक्षम हुनेछौं'

‘उच्च प्रतिफल दिन सक्षम हुनेछौं'

पाँच वर्षअघि स्थापना भएको जनता बैंक नेपालको हाल चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ। जनता बैंकले पुँजी वृद्धिका लागि चार विकल्प अगाडि सारेको छ। मर्जर, हकप्रद,  बोनस र...