Nepal Republic Media Pvt. Ltd.

epaper
Friday
Mar 12th

कला

सार्कोजी-ब्रुनी दुवैले बनाए नयाँ जोडी

सार्कोजी-ब्रुनी दुवैले बनाए नयाँ जोडी पेरिस, फागुन २७ (एजेन्सी)- युरोपको शक्ति राष्ट्र फ्रान्सका राष्ट्रपति निकोलास सार्कोजी र उनकी मोडल पत्नी कार्ला ब्रुनीको नयाँ प्रेम सम्बन्धले यतिबेला चर्चा पाएको छ। ब्रुनीको एक संगीतकर्मीसँगको निकट सम्बन्ध रहेको कुरा पहिलोपटक सोसल नेटवर्किङ साइट ट्वीटरमा आएको थियो।
विस्तृतमा

'माग्ने बुढा'को घर

'माग्ने बुढा'को घर
सन्तोष रिमाल, काठमाडौं, फागुन २६- नेपाल टेलिभिजनको हास्य टेलिसिरियल 'मेरी बास्सै'का 'माग्नेबुढा' देख्दा तपाईंमा दया पलाउँछ होला। सुकुम्बासी जीवन, पारिवारिक तनाव र समाजको अपहेलनाका बीच तपाईंलाई हँसाउने यी कलाकारको वास्तविक जीवन भने सिरियलमा देखेजस्तो दयनीय छैन।

'घर एक सपना'को नारा बोक्ने राजधानीमा केदार घिमिरे यस्ता कलाकार हुन्, जसले 'माग्ने बुढा'को भूमिका खेलेरै घर ठड्याएका छन्। ललितपुरको इमाडोलमा छ, उनको तीन तले घर।

विस्तृतमा

किन पछि पार्‍यो 'हर्ट लकर' ले 'अवतार'लाई?

किन पछि पार्‍यो 'हर्ट लकर' ले 'अवतार'लाई? यज्ञश-
तेह्र वर्षअघिको ओस्करमा जेम्स क्यामरुनको फिल्म 'टाइटानिक'ले ११ विधामा अवार्ड जितेको थियो। त्यसपछिका १२ वर्ष उनले कुनै फिल्म बनाएनन्। यो वर्ष जब थ्री डी साइन्स फिक्सन 'अवतार' बनाए, यसले संसारलाई चकित पारिदियो।

तर, आइतबार ओस्कर समारोहमा भने क्यामरुन आफैं चकित भए। उत्कृष्ट फिल्म र निर्देशकको अवार्ड उनकी पूर्वपत्नी क्याथरिन बिगेलोले हात पारिन्। क्यामरुनले आफ्नो सिटबाट उठेर ताली बजाउनेमात्र भूमिका पाए, धन्यवाद भाषण गर्न पाएनन्।

विस्तृतमा

द हर्ट लकरलाई उत्कृष्ट फिल्मको अस्कर

द हर्ट लकरलाई उत्कृष्ट फिल्मको अस्कर

काठमाडौँ, फागुन २४ (नागरिक) हलिउडमा ८२ औँ अस्कर अवार्डमा जेफ ब्रिजेसले उत्कृष्ट अभिनेता र सान्द्रा बुलकले उत्कृष्ट अभिनेत्रीको उपाधि जितेका छन्। क्रेजी हर्ट फिल्ममा गरेको अभिनयका लागि जेफले र  द ब्लाइन्ड साइडका लागि सान्द्राले अवार्ड जितेका हुन्। उत्कृष्ट चलचित्रको अवार्ड द हर्ट लकरले जित्यो।

विस्तृतमा

प्रवासी भारतीय सुन्दरी

प्रवासी भारतीय सुन्दरी
नेपालमा बसिरहेका प्रवासी भारतीय  युवतीबीच भएको  सौन्दर्य प्रतियोगिताको उपाधि वत्सला शर्मा (बीचमा)ले जितिन्। शनिबार लाजिम्पाटमा भएको प्रतियोगितामा आइमन खान (दायाँ)  दोस्रा र मंगोलिका चक्रवर्ती तेस्रो भइन्। प्रतियोगिताकी विजेताले प्रवासी भारतीयहरु सहभागी हुने मिस इन्डिया वर्ल्डवाइडमा सहभागी हुन पाउने छन्।  फोटोः दीपेश श्रेष्ठ
विस्तृतमा

अरुणिमाको अपहरण

अरुणिमाको अपहरण दीपेन्द्र लामा, काठमाडौं, फागुन २१- फिल्मको मौसम छिनछिनमा अदलीबदली हुन्छ। किनभने यसमा भिलेनहरू सधैं खतराको बादल बोकेर घुमिरन्छन्। त्यो बादल उनीहरूले कहाँ, कहिले र कसलाई ठोक्काउने हुन्, भन्न सकिन्न।

'दिलमाया' नामको फिल्ममा पनि त्यसरी खतराको बादल मडार्दै हिँड्ने एउटा भिलेन छ, राजु गिरी। राजुको गुन्डागिरीको सुटिङ काठमाडौंको चोभारमा बुधबार हुँदैथियो। उनको कर्तुतले अशोक फुयाल र अरुणिमा लम्सालको जोडीमाथि खतराको बादल गर्जिन्छ। प्रेममा अन्धा भएका यी जोडी राजुको पासोमा पर्छन्।

विस्तृतमा

गान्धीको बाटोमा साकिरा

गान्धीको बाटोमा साकिरा जेनेभा, फागुन २१ (एजेन्सी)- कोलम्बियन गायिका साकिरा महात्मा गान्धीको सिद्धान्तबाट प्रेरित भएकी छिन्। समाज र बालबालिकका पक्षमा उनले गरेको योगदानका लागि इन्टरनेसनल लेबर अर्गनाइजेसन (आइएलओ)ले बिहीबार दिएको 'सोसियल जस्टिस फर पिस' मेडल ग्रहण कार्यक्रममा उनले गान्धीको मार्ग पछ्याएको बताइन्।

गान्धीले भन्थे, 'परिवर्तन आफैंबाट सुरू गर, मैले उनको भनाईलाई पछ्याएको मात्र हो,' उनले भनिन्। अन्तराष्ट्रिय सामाजिक न्याय दिवसको अवसर पारेर उनलाई अवार्ड दिने कार्यक्रममा उपस्थित दर्शकले 'शान्तिका लागि सामाजिक न्याय' लेखिएको टिसर्ट लगाएका थिए।

विस्तृतमा

फरक छुट्टयाउनुस्

फरक छुट्टयाउनुस् यो कुनै प्रतियोगिता होइन र यसमा पुरस्कारको व्यवस्था छैन। तर, अर्को फरक छुट्टयाउन रमाइलो हुने तस्बिर हामीले पाएका छौँ। तलका दुई तस्बिरमा एउटा हिरोइन रेखा थापाले निर्माण र अभिनय गरेको प्रदर्शोन्मुख फिल्म 'हिफाजत'को पोस्टर हो जसलाई आइडियल डिजाइनर्सले डिजाइन गरेको हो भने अर्को सन् २००७ मा आएको हलिउड फिल्म 'रेसिडेन्ट इभिल, एक्स्टिङ्कसन'को पोस्टर हो। र, यो पोस्टरमा देखिएकी हिरोइन मिला जोभोभिक हुन्। यी दुई तस्बिरमा केही फरक छन्। तपाईँ छुट्याउन सक्नुहुन्छ ?
विस्तृतमा

मोहनविक्रमको गीतमा जीवनको संगीत

मोहनविक्रमको गीतमा जीवनको संगीत किरण पुन, काठमाडौं, फागुन २०- आफ्नो पार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले माओवादी जनयुद्धको विरोध गरिरहेका बेला जीवन शर्माले यसका पक्षमा गीत लेखेका थिए जसका कारण नेता अर्धभूमिगत भएको पार्टीका कार्यकर्ता जीवन पूर्णभूमिगत भएका थिए। नयाँ संविधान जारी गर्ने समय नजिँकिदै गर्दा अब यी दुई नेता कार्यकर्ता मिलेर नयाँ गीति एल्बम ल्याउने तयारी गरिरहेका छन्।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  Next 
  •  End 
  • »
JPAGE_CURRENT_OF_TOTAL

कला

onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली