चैतमा मिस मंगोल

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, माघ १९ (नागरिक)- आदिवासी जनजाति युवतीहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यले यो वर्ष पनि 'मिस मंगोल' ब्युटी पेजेन्ट हुने भएको छ। एक्सन इन्टरटेनमेन्टको आयोजनामा यो कार्यक्रम आगामी चैत ७ मा हुनेछ। प्रतियोगिताको अडिसन राउन्ड चाहिँ फागुन १ मा हुने जानकारी सोमबार पत्रकार सम्मेलनमा गराइयो।

प्रतियोगितामा १६ देखि २५ वर्षका अविवाहित मंगोल समुदायका युवतीले भाग लिन पाउने छन्। 'मिस मंगोल'को यो दोस्रो संस्करण हो। पत्रकार सम्मेलनमा उपस्थित गत वर्षकी विजेता सृष्टि राजकर्णिकरले भनिन्, 'पोहोर यो टाइटल जितेपछि ममा आत्मविश्वास पलाएको छ।'

प्रतियोगिताबाट आफूले धेरै सकारात्मक कुरा सिकेको र आगामी दिनमा यस्ता कार्यक्रममा भाग लिन अरूलाई प्रेरित गर्ने समेत उनले बताइन्।

फाइनल प्रतिस्पर्धाअगाडि सहभागी युवतीहरूलाई तीन हप्ता प्रशिक्षण दिने आयोजकको योजना छ। उक्त अवधिमा प्रतियोगीलाई आफ्नो भाषा, संस्कृति र भेषभुषाबारे विभिन्न जानकारी प्रदान गरिनेछ। प्रतियोगीलाई रोजिन शाक्यले कोरियोग्राफी सिकाउने छन्।

विजेता, फस्ट रनरअप र सेकेन्ट रनरअपलाई क्रमशः ३०, २० र १० हजार प्रदान गरिनेछ। पूर्व मोडल जयन सुब्बा मानन्धरले नागरिकसित भनिन्, 'यस्तो प्रतियोगितालाई सकारात्मक रूपमा लिनु पर्छ यसले महिलालाई सामाजिक जिम्मेवारी बहन गर्न सहयोग गर्नेछ।'

प्रतियोगितामा यसपालि सकेसम्म देशभरकै प्रतियोगीलाई सहभागी गराउने एक्सन इन्टरटेनमेन्टकी प्रवन्ध निर्देशक चन्दा घिसिङले बताइन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

कला