Nepal Republic Media Pvt. Ltd.

epaper
Tuesday
Feb 09th

नेसनल ज्योग्राफीमा मुस्ताङ

smaller text tool iconmedium text tool iconlarger text tool icon

वासिङ्टन, मंसिर ३ (एजेन्सी)- मुस्ताङका हिमाली गुफाहरूमा भेटिएको प्राचीन तिब्बती चित्रकलाको सम्बन्ध रहस्यमय स्वर्गभूमि 'सांग्रिला'सँग हुनसक्ने एक अमेरिकी अनुसन्धान टोलीले दावी गरेको छ। हिमाली भेगमा लुकेर रहेको मानिने 'सांग्रिला'को खोज कार्यमा चित्रकला र साथै भेटिएका ग्रन्थहरूले बल प्रदान गर्ने बताइएको छ।

नेसनल ज्योग्राफी च्यानलमा बुधबार प्रसारित एक घन्टा लामो डकुमेन्ट्री 'सेक्रेटस् अफ सांग्रिला'मा वेवारिसे अवस्थामा भेटिएका खजानाको बिस्तृत विश्लेषण गरेको छ। च्यानलले एक घन्टाकै 'लस्ट केभ टेम्पल्स अफ दि हिमालय' र आधा घन्टा लामो 'मुस्ताङः जर्नी अफ ट्रान्सफर्मेसन' पनि बुधबार लगातार प्रसारण गरेको थियो।

मुस्ताङको ठाडो पहरामा खोपिएका गुफामा १५ औं शताब्दीको धार्मिक ग्रन्थ र भित्तेचित्र भेटिएको थियो। उपल्लो मुस्ताङ विदेशीका लागि निषेधित भएकोले ती गुफामा लुकेर रहेको रहस्यलाई कसैले पनि खोज्न सकेका थिएनन्। तर, जब सन् २००७ मा अमेरिकी अनुसन्धाता तथा हिमालय विज्ञ ब्रोटन कोबर्न र सातपटक सगरमाथा आरोहण गरिसकेका पिट अथ्यान्स त्यहाँ पुगे यी रहस्य खुले। नेसनल ज्योग्राफीले पठाएको उक्त टोलीले बुद्धका जीवन वर्णन गर्ने ५५ भित्तेचित्र फेला पारेको थियो।

टोलीले एक वर्षपछि फेरि त्यहीँ अनुसन्धान गर्दा ६ सय वर्ष पुराना थुप्रै मानव कंकाल, थाकका थाक ग्रन्थ र केही साना चित्रहरू भेटिएको थियो। फेला पारेका यी सबै सामग्रीहरू बेलायती लेखक जेम्स हिल्टनले सन् १९३० को उपन्यास 'लस्ट हराइजन'मा उल्लेख गरेका खजानासँग मेल खाने पाइएको छ।

लुटेराले गुफाभित्रको प्राचीन मानेलाई भत्काएर र गुफाको भित्ता कोतरेर यसअघि नै थुप्रै बहुमुल्य सामानहरू चोरिसकेको पनि अनुसन्धानमा पत्ता लागेको छ। त्यहाँ भेटिएका ३० खण्ड धार्मिक ग्रन्थ टोलीले मुस्ताङको केन्द्रिय गुम्बामा बुझाएको छ।

हिमालको चिसो हावापानीले गर्दा लामो समयसम्म सही हालतमा रहेका ग्रन्थहरू केही बौद्ध र केही बोन धर्मको रहेको अनुसन्धानकर्ता कोबर्नले बताए। तिब्बतीहरूले आठौं शताब्दीमा बौद्ध धर्म अँगाल्नुअगाडि बोन धर्म मान्ने गर्थे। यी ग्रन्थले तिब्बतमा उक्त धर्म परिवर्तनको केही शताब्दीसम्म पनि बोन धर्म जीवितै रहेको प्रमाण दिएको कोबर्नको तर्क छ।

बौद्ध धर्म अँगालेपछि मुस्ताङका राजाले ती बोन ग्रन्थलाई नष्ट गर्नुको सट्टा गुफामा लगेर ससम्मान सुरक्षित छाडेको हुनसक्ने अनुमान टोलीले गरेको छ। बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको डिजिटल हिमालय प्रोजेक्टका मार्क टुरिनले पनि यो सम्भावनालाई स्विकारेका छन्। अनुसन्धान टोलीमा नरहेका टुरिनले यो धार्मिक ग्रन्थलाई लुकाएर राख्ने तिब्बती परम्पराको उदाहरण पनि हुनसक्ने बताएका छन्।


प्रतिक्रियाहरू (2)Add Comment
Shishir
November 22, 2009
122.104.192.74
...

Save our Country from India and Indian People.Be proud to our country.

bimalhimal
November 19, 2009
211.10.54.77
...

i am proud to be nepali..!!! nepal is the best country in the word for nature its truly sangri-la
thanks to the national geographic chanel !!!!!

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

कला

onlineversion

ब्लग

बुद्धिसागर पुराना दिन पुराना लुगा होइनन्, मनलाग्दा टक्टकाउन मिल्ने। पुराना कैयौं दिन यस्ता ...

- बुद्धिसागर

प्रेम बानियाँ एउटा देशको अवसान कसरी हुन्छ? कस्ता कारण चाहिन्छन् एउटा देश निख्रिन? के देश सकिनु...

- प्रेम बानियाँ

सन्तोष न्यौपाने मिसली र पासाङ तमुका तस्बिर मेरो फोटो ग्यालरीबाट कहिल्यै भेटिने छैनन्। न त भेटिने...

- सन्तोष न्यौपाने