Wednesday 10 Baishak, 2071 |
Menu

कला

सर्वोच्चद्वारा सञ्जय दत्तको निवेदन अस्वीकार, जेल जानै पर्ने

(0 votes)
सर्वोच्चद्वारा सञ्जय दत्तको निवेदन अस्वीकार, जेल जानै पर्ने
मुम्बई- भारतको सर्वोच्च अदालतले शुक्रबार अभिनेता सञ्जय दत्तको पुनर्विचार याचिका खारेज गरिदिएको छ। सर्वोच्चको यो फैसलापछि अब उनले जसरी पनि जेल जानै पर्ने भएको छ।

अदालतसामु आत्मसमर्पण गर्नलाई उनले जेठ २ गतेसम्मको समय पाएका छन्। आर्म्स एक्ट अन्तर्गत आफूलाई सुनाइएको ५ वर्षको कैद सजायमा पुनर्विचार गर्न उनले अदालतमा निवेदन दिएका थिए।

तर शुक्रबार न्यायाधीशहरु पी सदाशिवम र बीएस चौहानले २१ मार्चमा सुनाइएको फैसलामा पुनर्विचार गर्न इन्कार गरिदिए। यद्यपि अझै पनि उनीसँग सुधारात्मक याचिका (क्युरेटिभ पेटिसन) को विकल्प बाँकी रहेको भारतीय मिडियाहरुले जनाएका छन्।

सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटको घटनासँग सम्बन्धित मुद्दामा दत्तलाई सर्वोच्चले पाँच वर्षको सजाय सुनाएको थियो। उनलाई १८ अप्रिलसम्म आत्मसमर्पण गर्ने समय दिइएको थियो। तर १७ अप्रिलमा उनले दिएको निवेदनमाथि विचार गर्दै आत्मसमर्पणको समय ४ हप्ता थपिएको थियो। पाँच वर्षको सजायमा उनले अझै ४२ महिना कैद भुक्तान गर्न बाँकी छ।

विश्व कविता महोत्सव चैत ७ देखि

काठमाडौं– भारतको साहित्य एकेडेमी र संस्कृति मन्त्रालयको संयुक्त आयोजनामा चैत ७ गतेदेखि १० गतेसम्म नयाँ दिल्लीमा विश्व कविता महोत्सव हुने भएको छ। 

रक्तिम साँझमा जोशिए दर्शक

रक्तिम साँझमा जोशिए दर्शक

काठमाडौं– कार्यक्रमको अन्त्यतिर जीवन शर्मा एक्कासी मञ्चमा देखिए। उनले गाउन थाले, 'चाहिँदैन मलाई सिसाको महल, यसै राम्रो छ मेरो जीवन, चाहिँदैन मलाई सम्पत्तिको रास।'

होली खेल्दै  फिल्मको प्रचार

होली खेल्दै फिल्मको प्रचार

काठमाडौं-सधैंझैं यो वर्षको होलीमा पनि अभिनेत्री करिश्मा मानन्धरको गोदावरीस्थित निवास कलाकार जमघटको केन्द्र बन्यो। राजधानीमा भएका सबैजसो कलाकार करिश्मा निवासमा होली खेल्न भेला भएका थिए।

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

ट्यालेन्ट नाप्ने 'प्लेटफर्म'

यस वर्षको 'मिस नेपाल' को बन्ला? प्रत्येक वर्ष धेरैको खुल्दुलीको विषय बन्छ। यसपालि मिस नेपालको आवेदन दिने समय सकिन लागेको छ। कसको भाग्यमा ताज पहिरिनेछ, त्यो थाहा पाउन अझ केही...

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

'रेखाको हस्तक्षेपले फिल्म छाडेँ'

काठमाडौं– फिल्म 'हिम्मतवाली'को सेटबाट निर्देशक श्याम भट्टराई बाहिरिएपछि निर्माता तथा अभिनेत्री रेखा थापा आफैंले निर्देशकको कुर्सी सम्हालेकी छन्।

'मिस नेपालले धेरै सिकायो'

'मिस नेपालले धेरै सिकायो'

काठमाडौं– हालै रिजिल भएको 'ऋतु' फिल्मबाट डेब्यु गरेकी अभिनेत्री मलिना जोशीले सकारात्मक प्रतिक्रिया पाइरहेकी छिन्। पूर्व मिस नेपाल जोशीले यसको जग 'हिडन ट्रेजर'ले बसाएको बताइन्।

रेखाद्वारा निर्देशक विस्थापित

रेखाद्वारा निर्देशक विस्थापित

काठमाडौं– अभिनेत्री रेखा थापाको निर्माण र अभिनय रहेको फिल्म 'हिम्मतवाली'बाट निर्देशक श्याम भट्टराई विस्थापित भएका छन्। भट्टराई बाहिरिएपछि रेखाले र्नै निर्देशनको काम सम्हालेकी छिन्।

रामकृष्णको तेस्रो एकल साँझ हुने

रामकृष्णको तेस्रो एकल साँझ हुने

काठमाडौं-गायक रामकृष्ण ढकाल तेस्रोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। 'ढकाल समुधुर साँझ' नाममा यसअघि दुईपटक एकल कार्यक्रम गरिसकेका ढकाल आउँदो नेपाली नयाँ वर्षको सन्ध्यामा प्रस्तुत हुन लागेका हुन्।

Our website is protected by DMC Firewall!