Thursday 5 Bhadra, 2071 |
Menu

कला

नेपाली फिल्ममा साउथकी हिरोइन

(0 votes)
नेपाली फिल्ममा साउथकी हिरोइन
काठमाडौ – दक्षिण भारतीय अभिनेत्री सोनाली जोशीको अभिनय रहेको नेपाली फिल्म 'माया दिउँ झैं भो' आउँदो शुक्रबार रिलिज हुने भएको छ। निर्मल केसीद्वारा निर्देशित फिल्ममा सोनालीले बिराज भट्टको जोडी भएर अभिनय गरेकी छन्। 

तामिल, मलयालम र तेलुगु भाषाका फिल्म खेलिसकेकी सोनालीको यो पहिलो फिल्म हो। फिल्ममा पूजना प्रधान, पुष्कर भट्ट, विनय आनन्द लगायतले पनि अभिनय गरेका छन्।
प्रेम, एक्सन र पारिवारिक ड्रामाले भरिपूर्ण यस फिल्मलाई भोजपुरी र नेपाली दुई भाषामा निर्माण गरिएको हो। फिल्मको ८० प्रतिशत छायांकन भारतको मुम्बईमा भएको थियो। फिल्ममा भारतका कलाकार तथा प्राविधिकसँग नेपाली कलाकारले पनि अनुभव आदानप्रदान गर्न पाएका छन्।
सुरेश अधिकारीको संगीत सुन्न पाइने फिल्मका प्राविधिकमा छायाँकार अकरम खान, डान्स डाइरेक्टर कानु मुखर्जी, फाइट डाइरेक्टर मोजिस कौशल पनि हिन्दी फिल्मका व्यस्त प्राविधिकहरु हुन्।
करिब डेढ करोड भारतीय रुपैयाँको लागतमा निर्माण भएको फिल्म २५ वर्षदेखि मुम्बईमै बस्दै आएका नेपाली दीपक अधिकारी (गंगाप्रसाद)को लगानी रहेको छ।
सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...

बिपीका फोटो प्रदर्शनी

बिपीका फोटो प्रदर्शनी

काठमाडौं – पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा तस्बिर प्रदर्शनी शनिबार नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

बिदा भए रबिन विलियम्स

बिदा भए रबिन विलियम्स

क्यालिफोर्निया– अमेरिकी अभिनेता तथा कमेडियन रबिन विलियम्स सोमबार उत्तरी क्यालिफोर्नियास्थित आफ्नै निवासमा मृत्त फेला परेका छन्। ६३ वर्षे उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ।

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

काठमाडौ- टेलिभिजन पर्सनालिटी सुरज गिरी र साहना बज्राचार्यले आफूहरुले 'जवानी नबिसाएको र जवानी नविर्सिएको' प्रष्टिकरण दिएका छन्। केही मिडियामा आफूहरु बारे आएको खबरले व्यक्तित्वमा क्षति पुर्‍याएको भन्दै कानुनी उपचार खोज्ने...

महजोडीले सातवर्षपछि पोखरा हँसाए

महजोडीले सातवर्षपछि पोखरा हँसाए

पोखरा-सात वर्षको अन्तरालमा मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले फेरि पोखरा हँसाएका छन्। टुबोर्ग महजात्रा हास्य महोत्सव लिएर आएका उनीहरुले शुक्रबारदेखि हँसाउन थालेका हुन्। महोत्सव सोमबारसम्म चल्नेछ।

मोदीको जीवनी निस्कियो

मोदीको जीवनी निस्कियो

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले चर्चा कमाइरहेका बेला उनकै जीवनीमा केन्द्रित 'नरेन्द्र मोदी : राजनीतिका आधुनिक चाणक्य' शीर्षकको पुस्तक सार्वजनिक भएको छ। पाँचपोखरी प्रकाशन गृहले छापेको पुस्तकलाई अच्युत...

कस्तो छ श्रीकृष्णलाई?

कस्तो छ श्रीकृष्णलाई?

काठमाडौं– हनिमुन बहानामा झन्डै दुई हप्तादेखि हराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको अवस्था गम्भीर रहेको लक्षण देखिएको छ। आइतबार नयाँ बानेश्वरमा आयोजित 'कोहिनूर' फिल्मको पत्रकार सम्मेलनमा निर्देशक आकाश अधिकारीले श्रीकृष्णलाई मिस गर्दै...