Thursday 15 Shrawn, 2071 |
Menu

कला

बक्सअफिस १५ दिनमा, हप्तामा दुई वटा फिल्ममात्रै रिलिज

(0 votes)
बक्सअफिस १५ दिनमा, हप्तामा दुई वटा फिल्ममात्रै रिलिज
काठमाडौ – निर्माता संघका नयाँ कार्यसमितिले तीन महिने कार्ययोजना तयार गरेको छ। सोमबार पत्रकार सम्मेलन गरी संघले तीन महिने कार्यको विवरण प्रस्तुत गरेको हो।


संघका अध्यक्ष राजकुमार राईले हप्तामा दुई वटा मात्र नेपाली फिल्म रिलिज गर्ने नियम सम्वन्धी छलफल अन्तिम अवश्थामा पुगेको जानकारी दिए। 'बोर्डले गर्न लागेको राष्ट्रिय फिल्म महोत्सव बजेट सिध्याउनमात्र आयोजना हुदैछ। हामीलाई त्यसबारे जानकारी गराइएको छैन्। तीन महिनाको अवधीमा हामी हल वर्गीकरण, फिल्म पाइरेसी रोकथाम, बक्सअफिल्म तोक्ने र सेन्सर बोर्डको आचार संहिता निर्माण र परामर्श डेक्सको स्थापना लगायतलाई प्राथमिकतामा राखेर काम गर्नेछौ,' उनलेे भने।

गुणात्मक भन्दा गुणस्तरिय फिल्म निर्माणको लागि परामर्श डेक्सको खोलिने, पाइरेसी नियन्त्रण समूहको स्थापना गर्ने, बक्स अफिस, पत्रकारिता पुरस्कार र हल वर्गीकरणको प्रणाली लागु गरिने, सेन्सर बोर्डको आचार संहिता निर्माण, चलचित्र नीति निर्माणलाई साथ दिने र वितरकसँग सहकार्य लगायत नौ बुँदे कार्य योजना लागु गर्ने उनले बताए।

'चाहिने भन्दा भन्दा कम र राम्रा फिल्मलाई प्राथमिकता दिन यी कार्ययोजना तयार गरेका हौं। यसो गर्दा फिल्म बुझेका निर्माताहरुले फिल्म क्षेत्रमा प्रवेश पाउनेछन्,' उनले भने।

चलचित्र संघले निर्माताहरुको मुद्दालाई बेवास्ता गरेकोमा उनले दुखेसो समेत गरे। 'बक्सअफिस र हल वर्गीकरणलाई महत्व दिएका छौ। चलचित्र संघको प्रतिनिधि नआएका हुँदा केही ढिला भएको हो। अबको १५ दिनभित्र दुवैको नियम लागु हुनेछन्,' संघका महासचिव केशव भट्टराईले जानकारी दिए। फिल्म निर्माणको लागि चाहिने आधारभूत कुरालाई जारी गरेरमात्र फिल्म निर्माण गर्न दिइने उनले बताए।
कस्तो छ श्रीकृष्णलाई?

कस्तो छ श्रीकृष्णलाई?

काठमाडौं– हनिमुन बहानामा झन्डै दुई हप्तादेखि हराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको अवस्था गम्भीर रहेको लक्षण देखिएको छ। आइतबार नयाँ बानेश्वरमा आयोजित 'कोहिनूर' फिल्मको पत्रकार सम्मेलनमा निर्देशक आकाश अधिकारीले श्रीकृष्णलाई मिस गर्दै...

अब्बाको सम्झना

अब्बाको सम्झना

मेरो अब्बा (बुवा) अरूका अब्बाभन्दा फरक हुनुहुन्थ्यो। मेरो कलिलो दिमागले सधैं सोध्थ्यो– उहाँ किन फरक हुनुहुन्छ?मेरा सबै साथीका अब्बा अफिस जान्छन्। उहाँ किन जानुहुन्न?मेरा धेरै साथीका अब्बा सर्ट–पाइन्ट लगाउँछन्। उहाँ...

यस कारण छोडेका थिए कपिलले यसराजको फिल्म

यस कारण छोडेका थिए कपिलले यसराजको फिल्म

मुम्वई-केही महिना पहिला एउटा घोषणा भयो बलिउडमा। कमेडियन कपिल शर्मा यसराज ब्यानरको फिल्म 'बैंक चोर' को मूख्य भूमिकामा देखिने छन्। यसराज ब्यानरले फेरि केही समय पछि अर्को घोषणा गर्योै कपिल...

इजरायली आक्रमणविरुद्ध कलाकर्मी

इजरायली आक्रमणविरुद्ध कलाकर्मी

काठमाडौं– इजरायलले प्यालेस्टानको गाजा क्षेत्रमा गरेको आक्रमणको विरोध गर्दै नेपाली कलाकर्मी तथा साहित्यकारहरुले बिहीबार संयुक्त राष्ट्रसंघको नेपाल मूख्यालय अगाडि धर्ना दिएका छन्। धर्नामा लेखक श्याम श्रेष्ठ, हरिगोविन्द लुइटेल, राजेन्द्र महर्जन,...

गायिका रेखा समाजसेवामा

गायिका रेखा समाजसेवामा

काठमाडौं– गायिका रेखा शाहले समाजसेवामा हात बढाएकी छिन्। बिहीबार आफ्नै नाममा स्थापित 'रेखा शाह फाउन्डेसन'मार्फत् उनले एक लाख चौध हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिन्। अनामनगरको युनियन हाउसमा उनले सहयोग...

कवि अवतारमा प्रकट

कवि अवतारमा प्रकट

पोखरा-गीतबाट स्थापित र गजलबाट थप चर्चित प्रकट पगेनी शिव शुक्रबार पोखरामा कवि अवतारमा प्रकट भए। देशका प्रमुख सहरहरुमा गजल बाचन गर्न भ्याइसकेका उनको कवितामा भने पहिलो एकल बाचन थियो। गाउँघर,...

व्यवस्थित बन्दै जुम्बा

व्यवस्थित बन्दै जुम्बा

काठमाडौं– सन् १९९० को दशकमा कोलम्बियामा अस्तित्वमा आएको जुम्बा नृत्य शैलीलाई नेपालमा पनि व्यवस्थित गराउने उद्देश्यले प्रशिक्षकहरुको मास्टर प्रशिक्षण आयोजना भएको छ। दुई दिने प्रशिक्षणका क्रममा ३२ जना जुम्बा प्रशिक्षकहरुले...

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

मुम्बई-'चेन्नई एक्सप्रेस'जस्तो सुपरहिट फिल्म दिएका निर्देशक रोहित शेट्टी र अभिनेता शाहरुख खानले फेरि सँगै काम गर्ने भएका छन्। तर, स्रोतका अनुसार उनीहरुले 'चेन्नई एक्सप्रेस'को सिक्वेल बनाउन लागेका भने होइनन्।