Wednesday 4 Bhadra, 2071 |
Menu

कला

सातलाई नइ देरुनीख पुरस्कार

(0 votes)
सातलाई नइ देरुनीख पुरस्कार
काठमाडौं – देशविदेशका विभिन्न सात व्यक्तित्वलाई बुधबार २०७० सालको नइ देरुनीख पुरस्कार प्रदान गरियो। तीन लाख रुपैयाँको नइ देरूख अन्तर्राष्ट्रिय पुरस्कार फ्रान्सका मानवशास्त्री प्राध्यापक गेरार्ड टोफाँलाई र दुई लाख रुपैयाँको नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार अमेरिकाका हरिहर शर्मालाई प्रदान गरिएको छ। 

जनकविकेशरी धर्मराज थापालाई एक लाख रुपैयाँको 'नइ खरा सुकीर्ति पुरस्कार, इतिहासकार जगदीशचन्द्र रेग्मीलाई ५० हजार रुपैयाँको 'नइ खरा प्रदीप्ति पुरस्कार' प्रदान गरिएको छ।
दृश्यविहीन भएर पनि सांगीतिक जागरणमा समर्पित शरोदवादक मोहनसुन्दर श्रेष्ठले ५० हजार रुपैयाँको 'नइ खरा सुरभि पुरस्कार' र इन्दिरा राना मगरलाई २५ हजारको 'नइ खरा गौरव पुरस्कार' प्राप्त गरेका छन्।
त्यस्तै प्राकृतिक चिकित्सक रचना राईलाई १५ हजारको 'नइ खरा पौरख पुरस्कार' प्रदान गरिएको छ।
यी पुरस्कार खनूप्रुदे 'रामबाबू'बाट स्थापना गरिएका हुन्। रामबाबु प्रसाई अस्वस्थ भएकाले समारोहमा उपस्थिति भएनन्।
समारोहमा यज्ञप्रसाद आचार्यद्वारा लिखित 'फ्युजनको जगमा शिलान्यास’ नामक कथासंग्रहको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँलाले लोकार्पण गरे।
 नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित समारोहमा प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काइँला, उपकुलपति गंगाप्रसाद उप्रेती, वानीरा गिरी, सत्यमोहन जोशी, मोदनाथ प्रश्रित, यज्ञप्रसाद आचार्य र नइ प्रकाशनका नरेन्द्रराज प्रसाईद्वारा मन्तव्य प्रकट गरिएको थियो।
हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...

बिपीका फोटो प्रदर्शनी

बिपीका फोटो प्रदर्शनी

काठमाडौं – पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा तस्बिर प्रदर्शनी शनिबार नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

बिदा भए रबिन विलियम्स

बिदा भए रबिन विलियम्स

क्यालिफोर्निया– अमेरिकी अभिनेता तथा कमेडियन रबिन विलियम्स सोमबार उत्तरी क्यालिफोर्नियास्थित आफ्नै निवासमा मृत्त फेला परेका छन्। ६३ वर्षे उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ।

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

काठमाडौ- टेलिभिजन पर्सनालिटी सुरज गिरी र साहना बज्राचार्यले आफूहरुले 'जवानी नबिसाएको र जवानी नविर्सिएको' प्रष्टिकरण दिएका छन्। केही मिडियामा आफूहरु बारे आएको खबरले व्यक्तित्वमा क्षति पुर्‍याएको भन्दै कानुनी उपचार खोज्ने...

महजोडीले सातवर्षपछि पोखरा हँसाए

महजोडीले सातवर्षपछि पोखरा हँसाए

पोखरा-सात वर्षको अन्तरालमा मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले फेरि पोखरा हँसाएका छन्। टुबोर्ग महजात्रा हास्य महोत्सव लिएर आएका उनीहरुले शुक्रबारदेखि हँसाउन थालेका हुन्। महोत्सव सोमबारसम्म चल्नेछ।

मोदीको जीवनी निस्कियो

मोदीको जीवनी निस्कियो

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले चर्चा कमाइरहेका बेला उनकै जीवनीमा केन्द्रित 'नरेन्द्र मोदी : राजनीतिका आधुनिक चाणक्य' शीर्षकको पुस्तक सार्वजनिक भएको छ। पाँचपोखरी प्रकाशन गृहले छापेको पुस्तकलाई अच्युत...

कस्तो छ श्रीकृष्णलाई?

कस्तो छ श्रीकृष्णलाई?

काठमाडौं– हनिमुन बहानामा झन्डै दुई हप्तादेखि हराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको अवस्था गम्भीर रहेको लक्षण देखिएको छ। आइतबार नयाँ बानेश्वरमा आयोजित 'कोहिनूर' फिल्मको पत्रकार सम्मेलनमा निर्देशक आकाश अधिकारीले श्रीकृष्णलाई मिस गर्दै...

अब्बाको सम्झना

अब्बाको सम्झना

मेरो अब्बा (बुवा) अरूका अब्बाभन्दा फरक हुनुहुन्थ्यो। मेरो कलिलो दिमागले सधैं सोध्थ्यो– उहाँ किन फरक हुनुहुन्छ?मेरा सबै साथीका अब्बा अफिस जान्छन्। उहाँ किन जानुहुन्न?मेरा धेरै साथीका अब्बा सर्ट–पाइन्ट लगाउँछन्। उहाँ...