Tuesday 21 Baishak, 2073 |
Menu

republica-headerdiscount-subscribe1

istl

मुस्ताङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना (साथमा फोटो फिचर)

(1 Vote)
मुस्ताङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना (साथमा फोटो फिचर)

पोखराबाट जोमसोमको लागि उडेको नेपाल वायु सेवा निगमको नाइन एन एबिओ ट्विनअटर जहाज आज बिहान दुर्घटना भएको छ । विमानस्थलमा ल्यान्ड गरिसकेको जहाज नरोकिएपछि सोझै काली गण्डकी बगरमा खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्माले जानकारी दिएका छन्। नागरिकन्युजकर्मी सन्तोष पोखरेलले शर्मालाई उदृत गर्दै जनाएअनुसार १८ जना रहेको विमान दुर्घटनामा ५ जना घाइते भएका छन् । 

nepalipatr-april

घटनास्थलबाट आएको भन्दै सामाजिक सञ्जालमा राखिएका फोटोमा विमान टुक्रा भएको देखिएको छ। 

घटनाबारे जानकारी लिन पोखरा विमानस्थल पुगेका पत्रकारलाई विमानस्थल छिर्न दिइएको छैन। विमानमा ८ जापानीसहित नेपाली यात्रु थिए। यो जहाज ४ दशक भन्दा पुरानो हो।

वाग्लुङबाट नागरिकन्युजकर्मी दिलिप पौडेलले जनाएअनुसार बिहान सवा ८ बजे दुर्घटना भएको हो।

यस्तै नागरिकन्युजकर्मी शुशील भट्टराईले नेपाल वायु सेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दले घटनाको पुष्टि गरेको बताएका छन् । चन्दका अनुसार जहाज जोमसोम विमानस्थतलमा अवतरण गर्नै लाग्दा दुर्घटना भएको थियो।

यो निगमको दोस्रो फ्लाइट हो। दर्घटनामा कोही हताहती नभएको प्रवक्ता चन्दले जानकारी दिएका छन्  जहाजलाई क्याप्टेन डी. प्रधान र को-पाइलट सुरेश केसीले उडाएका थिए । एयरहोस्टेज एसएम तामाङ थिइन् ।

३ जना चालकदल सहित जहाजमा १८ जना यात्रु थिए । ती मध्ये ८ जना जापानिज र १० जना नेपाली  नागरिक रहेको प्रवक्ता चन्दले बताएका छन् । उनले भने, 'जहाजमा कुनै गडबडी आएको छैन। आगलागी पनि भएको छैन। गम्भीर घाइते भएका ५ जनालाई पोखराबाट गएको तारा एयरको जहाजबाट पोखरा ल्याइँदै छ।'

दुर्घटनामा पा सहित सात जना गम्भीर घाइते भएका छन्। चालक दलका क्याप्टेन दीपेन्द्र प्रधान, को-पालट सुरे के.सी, एयरहोसटेज शान्तमाया तामाङ, जापानी नागरिक खाओदेश साचियो, फिरता एचआवा, नेपाली गोविन्द पहाडीको अवस्था गम्भीर रहेको मुस्ताङका प्रहरी नाय उपरीक्षक बसन्त रन्जितकारले बताए।
'उनीहरुको अवस्था होसमा छैन,' रन्जितकारले भने । जहाज धावनमार्गबाट २० मिटर नजिकैबाट तल खसेको डिएसपीले बताए। ल्याण्ड गर्ने क्रममा गति कम भइसकेकोले दुर्घटनामा मानवीय क्षती हुन पाए। दुर्घटनामा जहाजका पखेँटा भाँचिएको प्रहरीले जनाएको छ । जहाजको अघिल्लो भाग क्षती पुगेको छ। जहाजको बायाँ पखेँटा खोलामा छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सबै तस्बिरहरु सौजन्यः सुमन पुन

प्रतिक्रिया

पानीमा दोब्बर असुली

पानीमा दोब्बर असुली

काठमाडौं-बढ्दो खडेरीसँगै पानी अभाव चुलिँदा ट्यांकर व्यवसायी 'उपभोक्ता लुटेर कमाउने' मौका छोप्न थालेका छन्। धारा र इनार सुकेपछि पछिल्ला दिन ट्यांकरकै पानीमा भर परेका उपभोक्तासँग उनीहरू अस्वस्थ बार्गेनिङ मात्र गर्दैनन्,...

हराएको १२ लाख फिर्ता पाउँदा...

हराएको १२ लाख फिर्ता पाउँदा...

धरान- कोसी राजमार्गअन्तर्गत धरान इटहरी सडक खण्डमा बिहीबार राती दुर्घटना हुँदा धरान १७ का ओमबहादुर गेलालको मृत्यु भयो। आइएमई र जग्गा व्यापारमा संलग्न गेलालको साथमा १२ लाख रुपैयाँ थियो। घटनापछि...

कहाँ हरायो ३० अर्ब?

कहाँ हरायो ३० अर्ब?

काठमाडौं– भूकम्पप्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ), गैरसरकारी संस्था (एनजिओ), निजी संस्था तथा प्रतिष्ठान, रेडक्रस/रेड क्रिसेन्टलगायत संघसंस्थाले अर्बौं रूपैयाँ भूकम्पपीडितको नाममा उठाएको पाइएको छ। यी संस्थाले भूकम्पपीडितलाई आपतकालीन राहत उपलब्ध गराउन...

किन सर्छ उत्तरी ध्रुव ?

किन सर्छ उत्तरी ध्रुव ?

काठमाडौं- 'तपाईं भन्न सक्नुहुन्छ– पृथ्वीको तौल कति छ?'यसलाई किलोग्राममा मापन गर्ने हो भने शून्य गणनामा एक, दस, सय, हजार, लाख ... भन्दै २५ पटक लगातार औंला भाँच्नुपर्छ।अर्थात् ५ हजार ९...

निजीको छात्रवृत्तिमा नेताका फोन

निजीको छात्रवृत्तिमा नेताका फोन

काठमाडौं-'हेलो सर, म नेपाली कांग्रेस महासमिति सदस्य बोलेको, मेरा आफन्तको छोराका लागि पूर्ण निःशुल्क छात्रवृत्ति सिफारिस गरिदिनुपर्यो ।'मंगलबार काठमाडौं जिल्ला शिक्षा कार्यालय, ताहाचल पुग्दा सहायक जिल्ला शिक्षा अधिकारी नारायणकाजी कासिछवालाई...

अर्बाैं बेहिसाबः चरम अपारदर्शी बने एनजिओ/आइएनजिओ

अर्बाैं बेहिसाबः चरम अपारदर्शी बने एनजिओ/आइएनजिओ

वैशाख-शुक्रबार सिन्धपाल्चोक, नवलपुर पुगेका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडी भूकम्पपीडितका गुनासाले घेरिए ।उनीहरूले सरकारभन्दा पनि एनजिओ-आइएनजिओमाथि चर्को आक्रोश पोखे । 'संघसंस्था मनोमानी ढंगले चले । कबोल गरेका कुनै काम गरेनन्,'...

कोरिया जान सयौं मिटर लामो लाइन, युवालाई सास्ती (फोटो फिचर)

कोरिया जान सयौं मिटर लामो लाइन, युवालाई सास्ती (फोटो फिचर)

काठमाडौं– 'भोलि त बिहान सबेरै उठेर परीक्षा फारम भर्न जानु छ,' गोरखा बुंकोट–६ घर भई डल्लु बस्ने टीकाराम श्रेष्ठ राती राम्ररी निदाउनै सकेनन्। बुधबार बिहान तीनै बजे उठे। हतारहतार नित्यकर्म...

क्रिकेट संकट टार्न विवादित पक्ष लचिलो

क्रिकेट संकट टार्न विवादित पक्ष लचिलो

काठमाडौं-अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट निलम्बनमा परेपछि विवादमा रुमल्लिइरहेको नेपाली क्रिकेट थप अन्योलमा धकेलिएको छ । १९८८ मा एफिलिएट सदस्य हुँदै आइसिसीसँग आवद्ध भएको नेपाली क्रिकेट प्रशासनले भोगेको यो अहिलेसम्मको...