Thursday 11 Mangshir, 2071 |
Menu

ग्यास ढुवानीमा मिलेमतो, टेन्डरमा सबैको एउटै भाउ

Ad MyNepal Nagarik
(0 votes)
ग्यास ढुवानीमा मिलेमतो, टेन्डरमा सबैको एउटै भाउ
काठमाडौं - ग्यास उद्योगी र ढुवानी व्यवसायीले 'मिलेमतो' मा ढुवानी टेन्डरमा एउटै भाडा दर प्रस्ताव गरेका छन्। आयल निगमले आह्वान गरेको टेन्डरमा छानिएका १३ कम्पनीले अहिलेको भन्दा बढी तोकेर एउटै भाडा दर हालेका हुन्। टेन्डर हाल्ने अन्तिम दिन बुधबार सबै कम्पनीले एकैपटक गएर निगममा प्रस्ताव हालेका थिए।
निगमले बुधबार टेन्डर खोल्दा सबै कम्पनीले एउटै दर प्रस्ताव गरेको खुलेको हो। एउटै दर परेपछि वाणिज्य मन्त्रालयले टेन्डर रद्द गर्ने भएको छ। 'मिलेमतोमा टेन्डर हालेको पाइएको छ। यो रद्द हुन्छ,' वाणिज्य मन्त्रालयका सचिव लालमणि जोशीले नागरिकसँग भने, 'हामी फेरि प्रक्रिया मिलाएर टेन्डर आह्वान गर्छांै।' ग्यास टेन्डरमा सहभागी सबै भारतीय ढुवानी व्यवसायी हुन्। स्रोतका अनुसार नेपाल एलपी ग्यास संघका अध्यक्ष शिवप्रसाद घिमिरेलगायत उद्योगीले ढुवानी प्रतिस्पर्धा असफल बनाउन सबै कम्पनीलाई एउटै मूल्य हाल्न दबाब दिएका थिए। सबै व्यवसायीलाई होटल सोल्टीमा बोलाएर फरक/फरक भाडा दर प्रस्ताव गरे असहयोग गर्ने धम्की उद्योगीहरुले दिएको स्रोतको दाबी छ। 'तपार्इंहरुले वर्षौदेखि ग्यास ढुवानी गरिरहनुभएको छ। यहाँ व्यापार गर्ने हो भने सबैले एउटै प्रस्ताव हालेर जानुस्,' उद्योगीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'होइन भने व्यवसाय गर्न नदिने वातावरण बनाइने छ। अहिलेसम्म ढुवानी गरेको बक्यौता पनि पाउनुहुने छैन।' ग्यास ढुवानी गर्दै आएका भारतीय कम्पनीले बोटलिङ प्लान्टबाट १ करोडभन्दा बढी उधारो लिन बाँकी छ। स्रोतका अनुसार सबै कम्पनीलाई डर/धम्की देखाएर महँगो मूल्य प्रस्ताव गर्न दबाब दिइएको थियो। ग्यास क्षेत्रलाई सुधार गर्न नदिने उद्योगी समूहको अहिले संघमा पकड छ। ढुवानी कम्पनीले अहिलेभन्दा दोब्बर भाडा दर प्रस्ताव गरेका छन्। निगमले टेन्डरका लागि तराई, धादिङ/पोखरा र काठमाडौं गरी तीन क्षेत्रमा वर्गीकरण गरेर ढुवानी भाडा प्रस्ताव गरेको थियो। हाल निगमले काठमाडौंसम्मको भाडा दर ग्यास उद्योगीलाई दिइरहेको छ। ढुवानी व्यवसायीले बरौनीदेखि तराईसम्म ग्यास ल्याउँदा प्रतिकिलोमिटर/प्रतिटन ६ रुपैयाँ ५२ पैसा भाडा प्रस्ताव गरेका छन्। बरौनीदेखि धादिङ/पोखरासम्म ६ रुपैयाँ ६३ पैसा र बरौनी–काठमाडौंसम्म ६ रुपैयाँ ५६ पैसा प्रस्ताव गरेका छन्। निगमले उद्योगीलाई बरौनीबाट काठमाडौंसम्म ग्यास ढुवानी गर्दा प्रतिकिलोमिटर/प्रतिटन ५ रुपैयाँ ३९ पैसामात्रै दिएको छ। यो भाडामा समेत उद्योगीले राम्रो नाफा गर्दै आएका छन्। 'यो सबै ग्यास उद्योगीको दबाबमा भएको हो। ग्यास क्षेत्रलाई सुधार गर्न नचाहनेको गलत मनसाय देखिएको छ,' वाणिज्य सचिव जोशीले भने, 'ग्यास उद्योगमा प्रवेश गरेका गलत व्यक्तिले यो क्षेत्र सुधार गर्न दिएका छैनन्। हामी यसलाई तोड्ने प्रयासमा छांै।' टेन्डरमा खत्री रोडलाइन, एमके परिवाल, इन्डिया क्यारियर, सीमा रोडलाइन, एमआर साह लजिस्टिक, अग्रवाल रोडलाइन, शक्ति रोडवेज, जगित ट्यांकर, चन्दन रोडलाइन, मनकामना ह्विल्स, जसवन्त एन्ड एसोसिएट, कृष्णवल क्यारियर, आइपी रोडलाइन र अक्षय रोडलाइनले टेन्डर हालेका थिए। यता एलपी ग्यास संघका अध्यक्ष घिमिरेले भने ढुवानी व्यवसायीलाई एउटै मूल्य हाल्न दबाब नदिएको दाबी गरे। 'मैले कुनै पनि व्यवसायीलाई दबाब दिएको छैन। निगमका हुने जुनसुकै निर्णयमा मलाई नै किन मुछिन्छ? आश्चर्यचकित छु,' उनले भने, 'यासमा सत्यता छैन।' ग्यास उद्योगी टेन्डर कम्पनीकै प्रतिनिधि ग्यास बोटलिङ प्लान्टका मालिकहरु ग्यास ढुवानी व्यवसायी कम्पनीको प्रतिनिधिका रुपमा आयल निगममा प्रस्तुत भएका थिए। संघका अध्यक्ष घिमिरेले आइपी रोडलाइनका प्रतिनिधि भएर टेन्डर हालेका थिए। उनी टेन्डर खुलेपछि मात्रै निगमबाट बाहिरिएका थिए। मनोज ग्यासका सञ्चालक मनोज दासले अक्षय रोडलाइनको प्रतिनिधि भएर टेन्डर हालेका थिए। 'टेन्डर कम्पनीको प्रतिनिधिको हैसियतमा मैले प्रतिस्पर्धामा भाग लिएको हुँ,' घिमिरेले भने, 'प्रतिनिधिका रुपमा सहभागी हुन पाउनु मेरो अधिकार हो।'
सार्क सम्मेलन : उद्‌घाटन सत्र सकियो, उद्‌घाटन समारोहमा कसले के भने?

सार्क सम्मेलन : उद्‌घाटन सत्र सकियो, उद्‌घाटन समारोहमा कसले के भने?

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलनले मन्त्रिपरिषद्को ३६ औं बैठकले पारित गरेको प्रतिवेदनलाई अनुमोदन गरेको छ। सदस्य राष्ट्रका परराष्ट्र/बाह्य मामिलामन्त्री सम्मिलित मन्त्रिपरिषद्ले पारित गरेको प्रतिवेदनलाई...

भारतसँग १० सम्झौतामा हस्ताक्षर

भारतसँग १० सम्झौतामा हस्ताक्षर

काठमाडौं-नेपाल र भारतबीच ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको ‘पिडिए' सहित १० वटा छुट्टाछुट्टै सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सहमतिको आधारमा संविधान निर्माण गर्न मोदीको आग्रह

सहमतिको आधारमा संविधान निर्माण गर्न मोदीको आग्रह

काठमाडौं- सार्क शिखर सम्मेलनका लागि काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमतिका आधारमा संविधान बनाउने प्रयास गर्न सुझाएका छन्। राष्ट्रिय ट्रमा सेन्टरको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, 'संख्याको आधारमा...

सार्क गाडी, रेल र ऊर्जा सम्झौता तयार

सार्क गाडी, रेल र ऊर्जा सम्झौता तयार

काठमाडौं-दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ४१ औं सचिवस्तरीय स्ट्यान्डिङ कमिटी बैठकले तीन सहमतिपत्रका मस्यौदा सार्क मन्त्रीस्तरीय बैठकमा पठाउने निर्णय गरेको छ।होटल सोल्टी क्राउन प्लाजामा सोमबार सकिएको दुईदिने स्ट्यान्डिङ...

जोर बिजोरमा सर्वसाधारणको दुखेसो

जोर बिजोरमा सर्वसाधारणको दुखेसो

काठमाडौं– सरकारले सार्कका बेला सवारी व्यवस्थापन सजिलो बनाउन राजधानीमा सोमबारदेखि लागू गरेको जोर बिजोर प्रणालीले सर्वसाधारण मर्कामा परेका छन्। सर्वसाधारणले गन्तव्यसम्म पुग्न निकै सास्ती व्यहोर्नु परेको छ। सोमबार जोर नम्बर...

अझै छाँट छैन मेलम्ची आउने

अझै छाँट छैन मेलम्ची आउने

सिन्धुपाल्चोक- ठेकेदार कम्पनीले कबोलेअनुसार सुरुङ खन्न नसक्दा मेलम्ची खानेपानी आयोजनाको पानी २०७३ वैशाखभित्रै काठमाडौं पुर्याेउने सम्भावना कम हुँदै गएको छ। वर्षमा आठ किलोमिटर सुरुङ खन्ने बाचा गर्दै कार्यक्षेत्र प्रवेश गरेको...

जाजरकोट दुर्घटना : 'बस गुडेको हो कि उडेको !'

जाजरकोट दुर्घटना : 'बस गुडेको हो कि उडेको !'

जाजरकोट- जाजरकोटमा गत बिहीबार भएको बस दुर्घटनाका घाइते दीपक शाहीको त्रास अझै कम भएको छैन। सामान्य घाइते उनी केही दिनको अस्पताल बसाइपछि आइतबार दुर्घटनास्थल पुगेका थिए। उनले गम्भीर हुँदै भने,...

अनपढको जग्गामा भूमाफियाको रजाइँ

अनपढको जग्गामा भूमाफियाको रजाइँ

काठमाडौं- काठमाडौं, मीनभवनका गणेश अवालेसँग नपुग्दो केही थिएन। राजधानीको केन्द्र मीनभवनमा पुर्खाको नासो साढे ४ रोपनी जग्गासहितको घर, दुई छोरा, श्रीमती, घरैमा चमेनापसल, अनि घरैअगाडि सरकारी जागिर। एक दशकबीच गणेशले...