Nagarik News http://www.nagariknews.com Nagarik News - The Most Comprehensive No. 1 News Portal of Nepal - Breaking News, Latest, Politics, World, Economy, Entertainment, Sports, Technology, Blog, Cartoon, Opinion, Science, Interview, Health, Photo Feature en-US hourly 1 Copyright 2018 Tue, 23 Jan 2018 09:14:06 +0545 टोकियोमा बाक्लाे हिमपात http://www.nagariknews.com/news/35665/ Tue, 23 Jan 2018 09:07:00 +0545 http://www.nagariknews.com/news/35665/ जापानको राजधानी टोकियोको ठूलो क्षेत्रमा सोमबार भारी हिमपात भएको छ । मानव दैनिक जीवनलाई असर पारेको र यातायात सेवालाई प्रभावित पारेको हिमबर्षा मंगलबारसम्म हुनसक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसमसम्बन्धी जापानी निकायका अधिकारीले आग्रह गरेका छन् । टोकियो – जापानको राजधानी टोकियोको ठूलो क्षेत्रमा सोमबार भारी हिमपात भएको छ । मानव दैनिक जीवनलाई असर पारेको र यातायात सेवालाई प्रभावित पारेको हिमबर्षा मंगलबारसम्म हुनसक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसमसम्बन्धी जापानी निकायका अधिकारीले आग्रह गरेका छन् ।

  जापान जलवायु विभागले टाहोकु र होक्काइडोमा पनि हिउँले पुरै ढाकेको र कान्तो कोशिन तथा तुहोकु क्षेत्रमा स्थानीय समयअनुसार मंगलबार विहान ६ बजेसम्म ३० सेन्टिमिटर हिउँ थुप्रिने अनुमान गरिएको जनाएको छ ।

 त्यसैगरी होकुरिकुदेखि चुगुकुसम्मको मध्य तथा पश्चिमी क्षेत्रमा २० सेन्टिमिटर र उत्तरी क्युसु र सिकोकु क्षेत्रमा १५ सेन्टिमिटरसम्म हिउँले ढाक्ने पुर्वानुमान गरिएको छ । मंगलबारसम्म टोकियोका २३ वटा वडामा १० सेन्टिमिटर र अन्य ठाउँमा ३० सेन्टिमिटर बाक्लो हिउँ थुप्रने देखिएको छ ।

 जापानको सार्वजनिक प्रसारण (एनएचके)ले सोमबार बेलुकी टोकियोसँग जोडिएका मुख्य सडकहरुमा यातायात सेवा आंशिक रुपमा अवरुद्ध भएको जनाएको छ । बाक्लो हिमपातका कारण जापानी झन्डाबहाक जापान एयरलाइन्सले २० भन्दाबढी उडान रद्ध गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । सोमबारको उडान रद्ध हुँदा झण्डै पाँच हजार यात्रु प्रभावित भएको अधिकारीले जानकारी दिएका छन् ।
 

]]>
बिदेसिनेका व्यथा http://www.nagariknews.com/news/35664/ Tue, 23 Jan 2018 09:06:00 +0545 http://www.nagariknews.com/news/35664/ वैदेशिक रोजगारीमा गएका सर्वसाधारण नेपालीले राष्ट्रिय अर्थतन्त्रलाई पु¥याएको योगदानबारे जसरी चर्चा हुने गरेको छ, यसको सामाजिक मूल्यबारे त्यसरी छलफल गरिएको छैन । वैदेशिक रोजगारीबाट मुलुकलाई प्राप्त हुने विप्रेषणको दर घट्न थालिसकेको छ । यी सर्वसाधारणले देशका निम्ति भनेर आफ्नो रगत र पसिनाको कमाइ निरन्तर पठाएर असजिलो अवस्थामा पनि अर्थतन्त्रलाई जीवन्त तुल्याएका छन् । मुलुकमा लोकतन्त्र स्थापित भए पनि यहाँ रोजगारीको भरपर्दो व्यवस्था हुन सकेन । माओवादीले सुरु गरेको ‘जनयुद्ध’, त्यसपछिका राजनीतिक अनिश्चिय, भूकम्प र मुलुकभित्र नेतृत्व वर्गमा देखिएको अकर्मण्य आदिले अर्थ उपार्जनको बाटो सर्वसाधारण नेपालीले पहिल्याउन सकेनन् । त्यसपछि ‘थ्रिडी’ अर्थात् डर्टी, डिफिकल्ट र डेन्जरस (फोहोर, अप्ठ्यारो र खतरनाक) कामका गन्तव्यतिर जानुको विकल्प रहेन । यतिबेला करिब २५ लाख सर्वसाधारण नेपाली वैदेशिक रोजगारीमा छन् । वैदेशिक रोजगारीमा गएका सर्वसाधारण नेपालीले राष्ट्रिय अर्थतन्त्रलाई पु¥याएको योगदानबारे जसरी चर्चा हुने गरेको छ,  यसको सामाजिक मूल्यबारे त्यसरी छलफल गरिएको छैन । वैदेशिक रोजगारीबाट मुलुकलाई प्राप्त हुने विप्रेषणको दर घट्न थालिसकेको छ । यी सर्वसाधारणले देशका निम्ति भनेर आफ्नो रगत र पसिनाको कमाइ निरन्तर पठाएर असजिलो अवस्थामा पनि अर्थतन्त्रलाई जीवन्त तुल्याएका छन् । मुलुकमा लोकतन्त्र स्थापित भए पनि यहाँ रोजगारीको भरपर्दो व्यवस्था हुन सकेन । माओवादीले सुरु गरेको ‘जनयुद्ध’, त्यसपछिका राजनीतिक अनिश्चिय, भूकम्प र मुलुकभित्र नेतृत्व वर्गमा देखिएको अकर्मण्य आदिले अर्थ उपार्जनको बाटो सर्वसाधारण नेपालीले पहिल्याउन सकेनन् । त्यसपछि ‘थ्रिडी’ अर्थात् डर्टी, डिफिकल्ट र डेन्जरस (फोहोर, अप्ठ्यारो र खतरनाक) कामका गन्तव्यतिर जानुको विकल्प रहेन । यतिबेला करिब २५ लाख सर्वसाधारण नेपाली वैदेशिक रोजगारीमा छन् । श्रम स्वीकृति लिनेहरूको संख्या ४४ लाख पुगिसकेको छ । तर, वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिहरूको अभिलेख नराखेका कारण विदेशमा रहनेहरूको यथार्थ तथ्यांक छैन । जेजति व्यक्ति वैदेशिक रोजगारीमा छन्, तिनका समस्या अनगिन्ती छन् । वैदेशिक रोजगारीले खराबमात्र गरेको छैन, राम्रा काम पनि धेरै भएका छन् । कैयन् नेपालीले विदेशमा गएर सीप सिकेर आएका छन् । त्यहाँको कमाइ स्वदेश ल्याएर जीवनस्तर सुधारेका छन् । छोराछोरीको पढाइलेखाइमा ध्यान दिएका छन् ।

वैदेशिक रोजगारीमा जानेका पीडा भने कल्पना गरेभन्दा धेरै छन् । घरपरिवार छाडेर लामो समय पराई भूमिका बस्दाको एक्लोपनको पीडा तिनले कमाएको प्रत्येक डलरमा छ।

वैदेशिक रोजगारीमा जानेका पीडा भने कल्पना गरेभन्दा धेरै छन् । घरपरिवार छाडेर लामो समय पराई भूमिका बस्दाको एक्लोपनको पीडा तिनले कमाएको प्रत्येक डलरमा छ । झापाबाट मलेसियामा कमाइ गर्न भनेर गएका कमलप्रसाद दवाडीको कुनै खुटखबर छैन । परिवार उनी फर्केर आउने कल्पना गर्दै रातोदिन बाटो हेरेर बसेका छन् । झापाकै गोविन्द विश्वकर्मा दलाललाई बुझाएको ८० हजार फिर्ता गराउन नसकेर पीडामा छन् । त्यही पीडामा उनकी पत्नीले आत्महत्या गरेपछिको अवस्था अझ कहालीलाग्दो छ । कुबेतमा रोजगारीका निम्ति पुगेकी झापाकै एक ३१ वर्षीया महिला अहिले मालिकका छोराले जबरजस्ती गरेपछि जन्मेको सन्तानको जन्मदर्ता हुन्छ कि हुँदैन भनेर प्रश्न गरिरहेकी छन् । वैदेशिक रोजगारीले सिर्जना गरेका यी प्रतिनिधि घटनामात्र हुन् । यसले कतिपयको पारिवारिक विघटनसमेत गराएको छ । कैयन्का परिवार बिछोडिएका छन् । कतिले विदेशबाट कमाएर पठाएको रकम यहाँ बस्नेले खाइदिएका घटना पनि छन् । राम्रो हुने पनि छन् । तर, धेरैले दुःख पाएका छन् । मुलुकले वैदेशिक रोजगारीमा पठाउँदा व्यवस्थित गर्नेतर्फ कहिल्यै ध्यान दिएन । दक्षता हासिल गरेका व्यक्तिलाई वैदेशिक रोजगारीमा पठाउँदा सरकारले  निगरानी गरेको भए स्थिति अहिलेजस्तो हुने थिएन । त्यसो त यसका निम्ति सरकारले वैदेशिक रोजगार विभागलाई जिम्मेवारी दिएको छ । तर त्यसले भरपर्दो गरी काम गर्न सकेको छैन । वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनी र सरकारी कर्मचारीबीचको गठबन्धनले यसमा रहेका विकृति निराकरण गर्न दिएको छैन।

वैदेशिक रोजगारीका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको ठान्ने गरिए पनि यसका विकृतिबारे सरकारको ध्यान पुग्न सकेको महसुस भएको छैन । अन्य कतिपय मुलुकले रोजगारीमा पठाउँदा पनि तिनका निम्ति आवश्यक बन्दोबस्तमा ध्यान पु¥याएको देखिन्छ । हामीकहाँ पनि वैदेशिक रोजगारीमा जानेका निम्ति भनेर अनेकन् प्रबन्ध गरिएको छ । त्यसमा देखिएका समस्या समाधानका लागि भनेर अध्ययन, भ्रमण आदि भएका छन् । तर, विषम परिस्थितिमा सुधार आउन सकेको छैन । हुँदाहुँदा रोजगारीमा जानेको संख्या घट्ने र त्यहाँबाट आउने रकमसमेत कम हुन थालेको छ । गत आर्थिक वर्ष २०७३÷७४ मा वैदेशिक रोजगारीबाट आएको विप्रेषण ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको भदौ र कात्तिकमा भने यो रकम घटेको छ । उदाहरणका लागि गत वर्ष भदौमा ६२ अर्ब ७९ करोड रुपैयाँ आएकोमा यो वर्ष भदौमा ५९ अर्ब ९९ करोड रुपैयाँमात्र आएको छ । एकातिर मुलुक संघीयतामा गएका कारण खर्चका शीर्षक बढिरहेका छन् । नयाँ पद्धति बसाल्नका निम्ति गर्नुपर्ने साधारण खर्च अथाह छ । अर्कोतिर मुलुकको ढुकुटीमा आउने रकम क्रमशः घट्ने संकेत देखिन थालेका छन् । त्यतिमात्र होइन, मुलुकको व्यापार घाटाको अन्तर अत्यन्तै ठूलो छ । निर्यातयोग्य वस्तु नभएका कारण मानवश्रमबाटै मुलुकका निम्ति मूल्यवान् विप्रेषण प्राप्त भइरहेको छ । मुलुकका निम्ति दिगो आम्दानीको स्रोतमा ध्यान नदिने र देशबाट निर्यात गर्ने वस्तु नबढाउने हो भने मुलुकमा आर्थिक संकट आउन सक्नेछ । बिदेसिनेका व्यथाभित्र लुकेको यो आर्थिक पक्षमा सरकारको समयमै ध्यान जानु जरुरी छ।

]]>
कम्युनिस्ट नेतालाई जेल सजाय http://www.nagariknews.com/news/35662/ Tue, 23 Jan 2018 09:01:00 +0545 http://www.nagariknews.com/news/35662/ भियतानको कम्युनिस्ट पार्टीका पूर्व अधिकारीलाई १३ वर्षको जेल सजाय तोकिएको छ । हनोई – भियतानको कम्युनिस्ट पार्टीका पूर्व अधिकारीलाई १३ वर्षको जेल सजाय तोकिएको छ ।

दशकौं पछि भएको उच्च तहको कानुनी सुनुवाईपछि राज्य सञ्चालित तेल कम्पनी ‘पेट्रोभियतनाम’ मा आर्थिक अस्तव्यस्ता सिर्जना गरी नोक्सान पुर्याएको भन्ने मुद्दामा दोषी ठहर गर्दै भियतनाम कम्युनिस्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य डिन्ह ला थाङलाई जेल सजाय तोकिएको बिबिसीले उल्लेख गरेको छ । यसै मुद्दामा अर्का अधिकारी ट्रिन्ह सुवान थान्हलाई भने आजीवन कारावासको सजाय तोकिएको बताइएको छ ।यो सुनुवाई भियतनामको ऊर्जा र बैंकिंग क्षेत्रका अधिकारीले गर्ने भ्रष्टाचारको एउटा तस्बिर भएको बताइएको छ ।

जर्मनीमा राजनीतिक शरण लिइरहेका डिन्ह ला थाङलाई बर्लिनबाट गैरकानुनी रूपमा अपहरण गरेको जर्मन विदेशमन्त्रीले आरोप लगाएपछि यो मुद्दामा गत वर्षबाट अन्तर्राष्ट्रिय ध्यानाकर्षण भएको थियो । यस मुद्दाको सुनुवाईलाई लिएर केहीले भियतनामी कम्युनिस्ट पार्टीले भ्रष्टाचारविरुद्ध गरिरहेको लडाइँको उदाहरणका रूपमा अगाडि सारेका छन् । तर केही आलोचकले भने भियतनामको सत्तारुढ पार्टीको अधिकारीका विपक्षीमाथिको आक्रमणका रूपमा समेत व्याख्या गरेको बिबिसीले जनाएको छ । राजधानी हनोईमा विदेशी सञ्चारमाध्यम नजिक रहेका अन्य २० जना मानिसलाई पनि सजाय सुनाइएको बतायएको छ ।

उनीहरुलाई तीन वर्षदेखि नौ वर्षसम्म जेल सजाय तोकिएको बिबिसीले उल्लेख गरेको छ ।
दुई वर्ष अघि भएको भियतनाम कम्युनिस्ट पार्टीको महाधिवेशनमा संर्किण धारले पोलिटब्युरोमा नियन्त्रण जमाएपछि वर्खास्त गरिएका प्रधानमन्त्री न्गुएन तान डङको प्रधानमन्त्रीकालमा रहेका अधिकारीहरुले अकुत सम्पत्ति आर्जन गरेको दाबी गर्दै आएको छ । कम्युनिस्ट पार्टीका नेतृत्वले अति प्रचारवाजी शैलीमा डङका नजिकका मानिसविरुद्धको मुद्दालाई अगाडि बढाइरहेका छन् । उनीहरुले सर्वसाधारणलाई आफूहरु भ्रष्टाचारविरुद्धमा काम गरिरहेको देखाउन खोजिरहेका छन् ।

एकल पार्टी व्यवस्था रहेको भियतनाममा थाङलाई भियतनामी राजनीतिको उदाउँदो नक्षत्रका रूपमा लिने गरिन्थ्यो ।  उनलाई कम्युनिस्ट पार्टीको पोलिटब्युरोबाट गत मे महिनामा निलम्बन गरिएको थियो । यस्तो घटना एकल पार्टी व्यवस्था रहेको देशमा विरलै हुने गरेको पनि बिबिसीले उल्लेख गरेको छ ।  भियतनामले सन् १९८६ मा आर्थिक सुधारको थालनी गरेदेखि हालसम्म केवल दुई जना पोलिटब्युरो सदस्यलाई मात्रै पदबाट वर्खास्त गरेको छ ।  थाङलाई नेतृत्वमा रहँद्या जटिल नियम तोडेको र त्यसले पार्टीको इज्जतमा धक्का लागेको आरोप लाग्दै आएको छ ।

गत साता रुँदै क्षमा मागेका थाङले अदालतसमक्ष माफी दिन आग्रह गरेका थिए । सरकारी कोष दुरुपयोग गरेको आरोपमा थाङले बुधबार अर्को सुनुवाईको सामना गर्नुपर्ने छ । गत सेप्टेम्बरमा पेट्रोभियतनामका प्रमुख न्गुएन सुवानका छोरालाई भ्रष्टाचारमा भूमिका रहेको भन्दै मृत्युदण्ड तोकिएको थियो ।

 

 

]]>
नयाँ नेपाल बनाउने तीन घटना http://www.nagariknews.com/news/35663/ Tue, 23 Jan 2018 09:00:00 +0545 http://www.nagariknews.com/news/35663/ वामपन्थीहरूको सत्ताआरोहणसँगै भावी दिन कांग्रेसका लागि पीडादायीमात्र हुने छैन, बुद्धि पुराए कांग्रेस शुद्धीकरण र सुदृढीकरणको अवसर पनि बन्नेछ । नेपालको इतिहासमा तीनवटा महत्त्वपूर्ण घटना एकैसाथ हुन गइरहेका छन् । पहिलो, सात प्रदेशको अस्थायी राजधानी सरकारले तोकेको छ । काठमाडौँबाहेक नेपालभित्रै अन्य क्षेत्र पनि शक्तिशाली र अधिकार सम्पन्न राजधानी हुनसक्छ भन्ने विश्वास केही वर्षअगाडिसम्म नेपालीको कल्पनामा पनि थिएन । तर जनता जागे र यो सम्भव भयो।  

दोस्रो, नेपाली कांग्रेस नेतृत्वको सरकारले वाम गठबन्धनलाई संवैधानिकरूपमा सत्ता हस्तान्तरण गर्दैछ। पहिलो पल्ट नेपालको इतिहासमा वामपन्थीहरूको बहुमतको सरकार बन्दैछ। नेपालको राजनीतिक दल र तिनको नेतृत्व पंक्तिप्रति आमनागरिक र अन्तर्राष्ट्रिय समुदायको पनि कमै आकर्षण छ तर पनि शान्तिपूर्ण र लोकतान्त्रिक पद्धतिबाट शक्ति हस्तान्तरण गर्न ती सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न विगतमा सफल थिए। र, अहिले पनि हुनेछन् । नेपाल जस्तो गरिब, अभाव र कमजोर राज्यका सञ्चालकहरूबाट देखाउने यो उच्च राजनीतिक अभ्यास हो।

विश्व इतिहासमा विरलै कतै कुनै देशमा कम्युनिस्ट पार्टीले यसरी जनमत जित्न सफल भएको होला । तर लोकतान्त्रिक माध्यमबाट नेपालमा विश्वमा नभएको घटना सम्भव भएको छ ।

र, तेस्रो देशको सातवटा प्रदेशसभा र संघीय संसद्मा लोकतान्त्रिक पृष्ठभूमि भएको नेपाली कांग्रेस विपक्षको बेन्चमा बस्नेछ । लोकतान्त्रिक माध्यमबाट प्रदेश र संघीय सरकारमा वामपन्थीहरूको झण्डै एकछत्र रहनेछ । विश्व इतिहासमा विरलै कतै कुनै देशमा कम्युनिस्ट पार्टीले यसरी जनमत जित्न सफल भएको होला । तर लोकतान्त्रिक माध्यमबाट नेपालमा विश्वमा नभएको घटना सम्भव भएको छ । वामपन्थीहरूको सत्ताआरोहणसँगै  भावी दिन कांग्रेसका लागि पीडादायी मात्र हुने छैन, बुद्धि पुराए कांग्रेस शुद्धीकरण र सुदृढीकरणको अवसर पनि बन्नेछ।

सात प्रदेशका प्रदेश प्रमुख र राजधानी धेरै पहिले देउवा सरकारले तोकिसक्नुपर्ने थियो । यदि त्यस्तो हुन्थ्यो भने आमनिर्वाचनपछिको अन्योल र अराजक अवस्था आउने थिएन । किन यतिका दिन यो काम हुन सकेन ? यसको जवाफदेही कसैले लिनुपर्छ कि पर्दैन ? प्रतिनिधिसभाको निर्वाचन परिणामपछि पनि सरकार निर्माणको सुस्त व्यवस्था संविधानमा देखेर भावी नेपालका प्रम खड्ग ओलीले आफ्ना दुई भरोसामन्द र विश्वासिला वकिलहरूलाई खुबै हप्काएको चर्चा छ ‘कस्तो ढंंग नभएको संविधान लेखेको तिमीहरूले’ भनेर । ती वकिलको हुर्मत लिनुभन्दा ओली महोदयले बेलैमा ध्यान पुराएको भए पो निर्वाचन परिणामसँंगै उनी प्रम हुने थिए । सुस्त गतिमै भए पनि प्रदेशको राजधानी, सत्ता हस्तान्तरण र प्रदेशसभाको भूमिका नेपालको संविधान कार्यान्वयनको दिशामा हुन गइरहेका युगान्तर कदम हो । यसको प्रभाव के र कस्तो होला ? 

म विराटनगरमा थिएँ सात प्रदेशको राजधानी घोषणा गर्दा । विराटनगर पश्चिमबाट बग्ने चिसो वायुले ल्याएको कुहिरोले हप्तौँदेखि आक्रान्त थियो । यस्तोमा बेमौसमको दीपावली विराटनगर सहरमा देखियो । सरकारले विराटनगरलाई प्रदेश नम्बर एकको अस्थायी राजधानी तोकेपछि यहाँका व्यापारी, बुद्धिजीवी, प्रशासक, शासक र सामान्य नागरिक प्रसन्न भए । एक सय वर्षअगाडि रंगेलीबाट सरेर विराटनगर पूर्वको केन्द्र बनेपछि विराटनगर गुल्जार र रंगेली उजाड भएको दृश्य धेरै विराटनगरबासीको आँखाअगाडिको सत्य हो । तराईका धेरै जिल्ला सदरमुकाम र आर्थिक केन्द्रहरूले रंगेलीको नियति भोगेका छन् यतिखेर । त्यसैले विराटनगरबासी लामो सुस्केरा हालेर विराटनगर उजाड हुनबाट जोगियो भनी आश्वस्त भए राजधानी घोषणापछि।  

नेपालको तराईमा बृटिस भारतमा रेल्वेको विस्तारले विगतमा थुप्रै साना ठूला सहर निर्माण भएका थिए । ती जिल्ला सदरमुकाम पनि भएका थिए । ती सहरले पूर्व–पश्चिम राजमार्ग निर्माणसँगै जीवन गुमाए, मृतझैँ भए । विराटनगरले कुनै किसिमले आफ्नो गौरव र इज्जत जोगाउन सकेको छ अहिलेसम्म । कुनै समय देशकै औद्योगिक र राजनीतिक राजधानीको परिचय बनाएको विराटनगर अहिले प्रदेशको राजधानीमा दीपावली गर्नुपर्ने कारण आफ्नै जीवनरक्षाका लागि होला, कसैसँग जीत र हारको प्रतिस्पर्धाका कारण दीपावली भएको थिएन।  

प्रदेशको राजधानी पाउने ठाउँका जनताले हर्षबढाइँ गरेका र राजधानीको अपेक्षा गरिबस्नेहरूले असन्तुष्टि र आक्रोश पोख्नुको कारण थुप्रै छन् । नेपालको विकास मोडल नै शासक र प्रशासककेन्द्रित छ जहाँ यी दुवैको संगम हुन्छ, विकास र समृद्धि पनि त्यहीँमात्र पुग्छ भन्ने उदाहरण नांगो सत्य हो।   

राजधानी घोषणा भएको ठाउँका राजननीतिकर्मीले फेसबुकमा फोटो राखेर, व्यापारीले लक्ष्मीको श्रीवृद्धि होस् भनी मैनबत्ती बालेर र घरानियाँहरू अब जग्गाको भाउ बढ्ने भयो भनी हिसाबकिताब गर्दै हर्ष बढाइँ गरे । राजधानी बन्ने आशा गरेर बसेकाहरू यी सबै सम्भावना आफ्नो क्षेत्रमा समाप्त भयो भनी खिन्नमात्र छैनन्, अब आफ्नो ठाउँ सुक्ने भयो, मृत सहर हुने भयो र सबै अवसर गुम्ने भए भनी आक्रोशित पनि भए । प्रदेश सरकारसामु राजधानी हुन नसकेका ठाउँलगायत सम्पूर्ण प्रदेशको समान विकासमा समन्वयकारी भूमिकाबाट अगाडि बढ्ने चुनौती यहीँनेर छ।

अस्थायी राजधानीलाई लिएर जनताको जे÷जस्तो प्रतिक्रिया आए पनि प्रम शेरबहादुर देउवाले आफ्नो कार्यकालमा गरेको सबैभन्दा चुनौतीपूर्ण काम यही हो । यस्तो अप्रिय र अलोकप्रिय निर्णय लिनसक्ने देउवाको क्षमता धेरै पहिलेदेखि प्रस्तुत हुन सक्थ्यो भने उनले आफैँमाथि मात्र होइन, आफ्नो पार्टीमाथि पनि पक्कै न्याय गर्न सक्थे होला।

प्रम देउवाको अस्थायी राजधानी तोक्ने कार्यले भावी प्रम खड्ग ओलीलाई ठूलो समस्याबाट मुक्त गरेको छ । सत्ता आरोहणपछिका दिनहरू सहज पार्न सहयोगी भूमिका खेलेका कारण ओली मनमनै मुक्तकण्ठले  देउवाको प्रशंसा गर्दा हुन् । देउवाको नियति नै त्यस्तो छ, सत्तामा कांग्रेसका यी नेता पुग्दा कहिले राजालाई, कहिले कम्युनिस्टलाई र कहिले मधेसकेन्द्रित र कमल थापालाई गुन लगाउन उद्यत रहन्छन्।

सत्ता हस्तान्तरण प्रक्रियालाई नेपालका वामपन्थीहरू व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् भने त्यो अन्यथा होइन, स्वाभाविक हो । देशभर नै दिग्विजय गरेको वामगठबन्धनलाई राम्ररी थाहा छ, जनमत र संवैधानिक प्रक्रियाबाट प्राप्त सत्तामाथि चुनौती गर्नसक्ने शक्ति यतिखेर देशभित्र र देशबाहिर कोही छैनन् भनेर । देशभित्रको वामपन्थी जनमत र देशबाहिर अर्थात भूराजनीतिमा समेत अब त नेपालका वामपन्थीको पकड मजबुत भएको अनुमान धेरैले गर्दैछन्।

नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको सुरक्षा गर्ने कडी धेरै छन् । तीमध्ये शान्तिपूर्ण, सहज र सरल तरिकाले सत्ता हस्तान्तरणको प्रक्रिया पनि एउटा हो । कैयन् लोकतान्त्रिक र अलोकतान्त्रिक देशमा सत्ता हस्तान्तरण प्रक्रिया जटिलमात्र होइन, सम्भव नै नभएर ती देश गृहयुद्ध हुँदै विखण्डनमा गएका उदाहरण धेरै छन् । टिटोपछिको युगोस्लाभिया होस् कि कर्नल गद्धाफीपछिको लिबिया वा कैयन् अफ्रिकी देश जहाँ सत्ता हस्तान्तरण गर्ने प्रक्रिया नै हुँदैन वा चाहँदैनन् र देश टुक्रन्छ। लोकतान्त्रिक पद्धति र अभ्यास सधैँ अवरुद्ध हुने देश नेपालमा सत्ता हस्तान्तरणमा आउने सामान्य गडबडीले पनि लोकतन्त्रलाई धरापमा पुराउन सक्छ । सम्भवतः यिनै परिदृष्य बुझेर होला भावी प्रम खड्ग ओलीले संविधान निर्माणमा खटिएका आफ्ना विश्वासिला वकिललाई हप्काएका।

सन् २०११ को अपार उत्साह र उमंगबाट अरब देशमा आएको लोकतान्त्रिक आन्दोलनको परिणाम दुःखद् रह्यो । सेन्ट्रल एशियाका कैयन् देश लोकतान्त्रिक पद्धतिबाट चुनिए पनि सत्ता हस्तान्तरणको समय अलोकतान्त्रिक चरित्र प्रदर्शन गर्छन् । कुनै समय विश्वको सुपरपावर रुसका शासक ब्लादिमिर पुटिन नै सत्ता हस्तान्तरण गर्न तयार छैनन् र दशकौँदेखि एकछत्र शासन गर्दैछन् । नेपाली कांग्रेसका सभापति र प्रम देउवामाथि मात्र होइन, विगतमा पनि कांग्रेस नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न अलमल गरेको आरोप लाग्यो । यस्ता घटनाले नेपालको लोकतान्त्रिक आन्दोलनमात्र तुहाउने होइन, जनताको विश्वास र भरोसा नै लोकतान्त्रिक पद्धतिप्रति नकारात्मक हुन जान्छ । कांग्रेसले यसको हेक्का राखेर रचनात्मक विपक्षमा बस्ने तयारी कसरी गर्ने ?
ऐतिहासिक तथ्य र कैयन् देशको अनुभवका आधारमा कुनै पनि देशको नेतृत्व कम्तीमा पनि दश वर्ष निरन्तरता गर्छ भने मुलुकको रूपान्तरण सम्भव हुन्छ भन्ने मान्यता छ । नेपालमा कांग्रेसले यो अवसर २०४६ सालपछि पाएको थियो, टिकाउन सकेन । अहिले वामपन्थीले त्यही अवसर पाएका छन् । यिनका सामु पनि पार्टी गठबन्धन र एकीकरण टिकाएर १० वर्ष शासन गरी मुलुक रूपान्तरण गर्ने अवसर आएको छ । अर्थात कांग्रेसको सत्ताबाट वनबास कुनै चमत्कार नभए दश वर्षका लागि हुने अनुमान गर्न सकिन्छ।

वर्तमान संविधानको राजनीतिक कार्यान्वयन जति अगाडि बढ्दै जान्छ हाम्रो सामाजिक र आर्थिक जीवनमा रहेको असमानता कम गर्ने दबाब वामपन्थी दलहरूलाई बढ्दै जानेछ । यही कुरामा नराम्ररी चुक्दा सत्ता सडकबाट वा मतपत्रको माध्यमबाट परिवर्तन हुने हो । वामपन्थी सरकारसामु भावी दिनमा यही चुनौती छ भने विपक्षको भूमिकामा कांग्रेससामु नयाँ भूमिकामा कसरी प्रस्तुत हुने भन्ने गम्भीर चुनौती छ।

कांग्रेसले संघीय संसद् र प्रदेशसभा कसरी बढीभन्दा बढी समय चलाउने वातावरण बनाउन सक्छ, तबमात्र विपक्षीका रूपमा उसको भूमिका प्रभावकारी देखिन्छ । संघीय संसद्मा कांग्रेसका केही अनुभवी व्यक्ति छन् तिनले विपक्षीको भूमिका बुझेका होलान् र बुझ्लान् । तर प्रदेशसभामा कांग्रेस कमजोर विपक्षमा मात्र छैन, त्यहाँ अनुभवहीनहरूको जमघट छ । ज्ञानको पनि कमी छ। प्रदेशसभामा कानुन बनाउने, जनताको आवाज उठाउने, बजेटमाथिको छलफलमा सक्रिय सहभागी हुने, सरकारको कामकाजको निगरानी राख्ने र सरकारलाई जनता र प्रदेशसभाप्रति उत्तरदायी बनाउने काम महत्त्वपूर्ण छ।

प्रदेशसभाको अभ्यास नेपालमा पहिलोपल्ट हुँदैछ। त्यसको गरिमा घटाउने वा बढाउने कुरा पनि जनप्रतिनिधिको व्यवहारबाट निर्धारण हुन्छ । यहाँनेर मोफसलका पत्रकार र सिर्जनशील राजनीतिक अध्येताले प्रदेशसभाले कति बिल पास गरे, कति भएनन्, बिलहरूमा जनप्रतिनिधिले कति भाग लिए, सभाको अवरोध गर्ने काम कुन जनप्रतिनिधिबाट भए जस्ता अनेकन कोणबाट प्रदेशसभालाई गुणस्तरीय बनाउन मद्दत गर्न सक्छन्।

प्रत्येक प्रदेशसभा सदस्यको मेरिटका आधारमा र्याकिङ पनि गर्न सकिन्छ स्वतन्त्ररूपमा । यसरी काठमाडौँबाहेक मोफसलका पत्रकार र अध्येताले संसदीय कारबाहीलाई नजिकबाट जान्ने र बुझ्ने अवसरमात्र पाउँदैनन्, राष्ट्र निर्माणको भावधारामा समाहित पनि हुन सक्छन् । त्यस्तै प्रदेशसभाको प्रत्यक्ष प्रसारण गरेर सातवटै प्रदेशसभाको काम कारबाही जनताबीच पुराउने र प्रदेशसभाबीच स्वस्थ प्रतिस्पर्धा गराउने वातावरण तयार गर्न पनि सञ्चारकर्मीको ठूलो भूमिका हुन सक्छ।

स्थानीय निकायका प्रतिनिधि, प्रदेशसभाका सदस्य र संघीय संसद् सदस्यको विकासमा भूमिकाबारे अन्योल छ, अलमल छ आमनागरिकमा । प्रदेशसभा र संघीय संसद्ले यसबारे बहस प्रारम्भ नगर्दा संघीय सांसदहरूबाट जनताले घरअगाडिको फोहोर उठाउने, ढल सफा गरिदिने, पिउने पानी आपूर्ति गर्ने जस्ता सामान्य कामदेखि जागिर लगाउने र आर्थिक सहयोग दिनेसम्मको अपेक्षा राख्छन् । यी तीन निकायको काम, कर्तव्य र अधिकारबारे बहस नचलाउने हो भने संघीय सांसदहरू सधैँ जनताको अचानोमा पर्नेछन्।  

नेपाल नयाँ नियम, कानुन र मान्यताहरूबाट अगाडि बढ्ने जमर्को गर्दैछ । यही क्रममा वामपन्थीहरू बहुमतका साथ सत्तामा आरोहण हुँदैछन् पहिलोपटक । नेपाली कांग्रेस विपक्षमा बस्दैछ झण्डै पहिलोपटक । यी दुवै दलले भावी दिनमा खेल्ने रचनात्मक र सिर्जनशील भूमिकाका आधारमा नै नयाँ नेपालको जग बस्ने हो । हेरौँ,  संविधान त परिवर्तन भयो, हाम्रा दल र नेता परिवर्तन होलान् कि नहोलान् ? 

]]>
अपांगता भएकाकाे सिकाइ http://www.nagariknews.com/news/35660/ Tue, 23 Jan 2018 08:56:00 +0545 http://www.nagariknews.com/news/35660/ नेपालमा अपांगता भएका बालबालिकाहरूले शिक्षा ग्रहण गर्ने अवसर विसं २०२१ देखि पाएका हुन् । काठमाडौँस्थित ल्याबोरेटोरी माविमा दृष्टि अपांगता भएका बालबालिकाहरूलाई अध्ययनका निम्ति वातावरण मिलाइएको थियो । त्यही विन्दुबाट क्रमश अन्य अपांगता भएका बालबालिकाहरूलाई पनि शिक्षा लिने अवसर हाम्रो देशमा मिलेको पाइन्छ । हाल नेपाल सरकारले अपांगतालाई सात प्रकारले वर्गीकृत गरेको छ जसमा शारीरिक अपांगता, दृष्टि अपांगता, बहिरा, मानसिक अपांगता, श्रवण–दृष्टिविहीन, बहु अपांगता र स्वर बोलाइसम्बन्धी अपांगता । नेपालमा अपांगता भएका बालबालिकाहरूले शिक्षा ग्रहण गर्ने अवसर विसं २०२१ देखि पाएका हुन् । काठमाडौँस्थित ल्याबोरेटोरी माविमा दृष्टि अपांगता भएका बालबालिकाहरूलाई अध्ययनका निम्ति वातावरण मिलाइएको थियो । त्यही विन्दुबाट क्रमश अन्य अपांगता भएका बालबालिकाहरूलाई पनि शिक्षा लिने अवसर हाम्रो देशमा मिलेको पाइन्छ । हाल नेपाल सरकारले अपांगतालाई सात प्रकारले वर्गीकृत गरेको छ जसमा शारीरिक अपांगता, दृष्टि अपांगता, बहिरा, मानसिक अपांगता, श्रवण–दृष्टिविहीन, बहु अपांगता र स्वर बोलाइसम्बन्धी अपांगता । सरकारले अन्तर्राष्ट्रिय एवम् राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धताअनुरूप अपांगता भएका बालबालिकाहरूलाई निःशुल्क अध्ययन गर्ने वातावरण मिलाएको छ । हाम्रो देशमा दुई प्रकृतिका विद्यालयमा अपांगता भएका बालबालिकालाई अध्ययन गराइने गरिन्छ । यसमा विशेष विद्यालय एवम् समावेशी विद्यालय पर्छन् । विशेष विद्यालय भन्नाले एक विशेष स्कुल जहाँ अपांगता भएका बालबालिकाहरू मात्र पठनपाठनमा सरिक हुन्छन् । त्यसैगरी विद्यालयमा शिक्षा लिन आएका सबै खालका बालबालिकालाई विभेदरहित वातावरणमा बालबालिका केन्द्रित पद्धति अपनाई अध्ययन–अध्यापन गराइने विद्यालयलाई समावेशी विद्यालय भनिन्छ।

कक्षा कोठाहरूमा बालबालिकाहरूको व्यवहार व्यवस्थापन गर्ने काम आम शिक्षकहरूका निम्ति चुनौतीपूर्ण कार्य हो भने त्यसमाथि समावेशी कक्षामा पढाउने शिक्षकहरूका निम्ति त यो अत्यन्तै कठिन चुनौतीका रूपमा देखापर्दै आइरहेको छ । उनीहरूले एकै समयमा विशेष आवश्यकता भएका बालबालिकाहरू एवं सबलाङ्ग बालबालिकाहरूबीच सन्तुलन मिलाई कक्षामा अध्यापन गराउनुपर्ने हुन्छ ।

 नेपाल सरकारले हालका वर्षहरूमा समावेशी शिक्षालाई प्राथमिकता दिई कार्यान्वयन तहमा अगाडि बढाउँदै लगेको अवस्थामा समावेशी विद्यालयहरूमा अध्यापन गराउने शिक्षकहरूले अपांगता भएका बालबालिकाहरूको व्यवहार व्यवस्थापन गर्ने तरिकाहरूको महत्व अझै बढ्दै गएको छ । कक्षाकोठामा शिक्षकले अध्यापन गराइरहेको अवस्थामा चिच्याउने, कराउने, रुने, शिक्षकले भनेको नमान्ने आदि अस्वाभाविक गतिविधि गरी शिक्षण सिकाइ क्रियाकलापमा व्यवधान ल्याउने गरेमा, शिक्षकले तल दिइएका चार उपाय अवलम्बन गरी कुशलतापूर्वक कक्षाकोठा व्यवस्थापन गर्न–गराउन सकिन्छ : १)    बालबालिकाले देखाइरहेको अस्वाभाविक व्यवहारको कारण पत्ता लगाउने । २)    विशेष आवश्यकता भएका बालबालिकालाई प्रोत्साहित गर्ने । ३) समावेशी कक्षामा उच्च अपेक्षा राख्न लगाउने । ४) समावेशी कक्षाका निम्ति लक्ष्य निर्धारण गर्ने।

सर्वप्रथम हामीले बालबालिकाले किन यस्ता अस्वाभाविक व्यवहार कक्षा कोठामा देखाइरहेका छन् भनेर त्यसको कारण पत्ता लगाउनुपर्छ । सम्भावित कारणहरूमा बालबालिकाको पढाइमा रुचि नहुनु, विद्यार्थीको संज्ञानात्मक विकास र उसले अध्ययन गरिरहेको कक्षाबीच तालमेल नहुनु, शिक्षक र विद्यालय प्रशासनप्रति बालबालिकाहरूको सम्मान नहुनु, विद्यार्थीहरूले आफ्ना सहपाठीमार्फत कक्षामा हल्ला मच्चाउनु, शारीरिक, संज्ञानात्मक एवं जैविक–रासायनिकका साथमा अन्य अपांगताका कारणले गर्दा पनि बालबालिकाहरूले कक्षा कोठामा अस्वाभाविक व्यवहार देखाइरहेका हुन सक्छन् तसर्थ शिक्षकले यी कारण पत्ता लगाई समयमै समाधानको बाटो पहिल्याउनुपर्छ।

विशेष आवश्यकता भएका विद्यार्थीहरू छिट्टै रिसाउने एवं हतोत्साही हुने गर्छन् जसले गर्दा उनीहरूमा संवेगात्मक समस्या पनि आउन सक्छ । विशेष आवश्यकता भएका बालबालिकाहरू मध्यमा पनि अटिजम स्पेकट्रम डिसअर्डर भएका बालबालिकाहरूमा यस्ता खालका समस्या आएको पाइन्छ । तसर्थ शिक्षकले बालबालिकाहरूसँग गहिरो सम्बन्ध गाँस्न जरुरी छ । उदाहरणका निम्ति, कक्षाकोठामा प्रवेश गर्दा होस्, पढाउँदा होस् वा विद्यालय हातामा भेट्दा ऊसँग बोल्ने, स्नेह जनाउने गरेमा उसमा के विचार आउन सक्छ भने मलाई सरले अत्यन्तै माया गर्नुहुन्छ र त्यस विचारले उसमा सकारात्मक परिवर्तन हुन सक्छ ।  
शिक्षकले कक्षाकोठामा बालबालिकाको अस्वाभाविक व्यवहारमा परिवर्तन ल्याउनमा सबैभन्दा ठूलो भूमिका सकारात्मक अपेक्षा राख्न लगाउनु नै हो । प्रायः अपांगता भएका बालबालिकाहरूमा कमजोर आत्मविश्वास भेटिन्छ त्यसमाथि परिवार एवं नातागोतामा पनि यी बालबालिकाहरूले समाजका निम्ति योगदान गर्न सक्छन् भन्ने विषयमा विश्वास गरेको पाइँदैन । समाजमा रहेका गलत प्रवृत्तिलाई चिर्न बालबालिकाहरूमा आत्मविश्वास बढाउनका खातिर शिक्षकले सकारात्मक अपेक्षालाई जागृत गराई त्यस्ता सोचमा पुनर्बल प्रदान गर्नुपर्छ । यस्ता विचारले उक्त कक्षामा अध्ययन गर्ने सबै बालबालिकाका लागि सकारात्मक वातावरणको निर्माण गर्नेछ ।

असल शिक्षकको दायित्व के हो भने उनीहरूले कक्षालाई सधँै अनुशासित एवं कार्य सम्पादनतर्फ उन्मुख गराउन सक्नुपर्छ । जसरी कार्यक्रम प्रस्तोताले आफ्नो श्रोतालाई प्रस्ट बुझिने गरी कार्यक्रमबारे बुझाउन सक्छ । त्यसरी नै शिक्षकले कक्षाकोठामा आफूले के सिकाउँदै छु भन्नेबारे बताउनुपर्छ । त्यसपश्चात् शिक्षकले पाठ्यवस्तुको सम्बन्धमा अध्यापन गराउनुपर्छ अनि पाठको अन्त्यसँगै शिक्षकले बालबालिकाको सिकाइ उपलब्धिको मूल्यांकन गर्नका लागि बालबालिकालाई प्रश्न सोध्नुपर्छ । यस विधि अपनाउनाले समावेशी कक्षाको सिकाइ उपलब्धि सही दिशातर्फ उन्मुख हुन्छ । विद्यार्थीहरूलाई के विषयवस्तु पढाउँदै छु भन्ने सम्बन्धमा बताउँदै र सिकाइ उपलब्धि हासिल गरेमा शिक्षक र विद्यार्थीहरूबीच मजबुत सम्बन्ध कायम हुन सक्छ । विशेष आवश्यकता भएका विद्यार्थीहरूले गलत व्यवहार देखाउने सम्भावना कम हुन्छ यदि उनीहरूबाट शिक्षकद्वारा अपेक्षित व्यवहारको बारेमा स्वयं उनीहरू जानकार हुन्छन् । यस्ता बालबालिकाहरूले गौरवान्वित  महसुस गर्छन् जब आफ्ना सबलांग दौँतरीसरह कक्षामा राम्रो  प्रदर्शन गर्न सक्छन्।

नेपाल सरकारले समावेशीकरणतर्फ पाइला चाले तापनि त्यसअनुरूप शिक्षकहरूलाई तालिम पर्याप्त दिइएको पाइँदैन। जसले गर्दा विद्यालयहरूमा अध्ययनका लागि भर्ना भएका अपांगता भएका बालबालिकाहरूले गुणस्तरीय शिक्षा ग्रहण गर्न सकिरहेका छैनन् । फलस्वरूप उनीहरू शैक्षिक सत्रको बीचमै स्कुल छोडेका उदाहरण भेटिन्छ । त्यसैले माथि उल्लिखित विधि सरोकारवालाहरूले अपनाएमा वास्तवमै हाम्रा समावेशी विद्यालयका कक्षा कोठा सबै प्रकृतिका क्षमता भएका बालबालिकामैत्री हुने थियो।

]]>
रोहिन्जाको म्यानमार फिर्तीमा ढिलाई : बंगलादेश http://www.nagariknews.com/news/35661/ Tue, 23 Jan 2018 08:54:00 +0545 http://www.nagariknews.com/news/35661/ रोहिन्जा मुसलमान शरणार्थीको म्यानमार फिर्तीलाई बंगलादेशले ढिलाई गरेको छ । म्यानमार फिर्ता पठाउने शरणार्थीको नाम संकलन र प्रमाणित गर्ने काम पूरा नभएकाले उनीहरुको स्वदेश फिर्तीमा ढिलाई भएको बंगलादेशका एक उच्च अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताए । ढाका– रोहिन्जा मुसलमान शरणार्थीको म्यानमार फिर्तीलाई बंगलादेशले ढिलाई गरेको छ ।
म्यानमार फिर्ता पठाउने शरणार्थीको नाम संकलन र प्रमाणित गर्ने काम पूरा नभएकाले उनीहरुको स्वदेश फिर्तीमा ढिलाई भएको बंगलादेशका एक उच्च अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताए ।

बंगलादेशको कोक्स बजार शरणार्थी शिविरमा रहेका लाखौं शरणार्थीलाई लिएर तनाब बढिरहेका बेला यस्तो निर्णय बाहिरिएको छ । बंगलादेशको शरणार्थी शिविरमा रहेका केही रोहिन्जा मुसलमानले आफूहरुको सुरक्षाको ग्यारेन्टी नभएको भन्दै  म्यानमार फिर्ता पठाउने निर्णयको विरोध गरिरहेका छन् ।

मंगलबारबाट सुरु गर्ने भन्दै म्यानमार र बंगलादेशले यसै महिनाको सुरुवातमा दुई वर्षभित्र स्वैच्छिक रूपमा शरणार्थीलाई फिर्ता लानेबारेमा सम्झौता गरेका थिए । म्यानमारले दुई देशबीचको सीमा क्षेत्रमा बंगलादेशबाट फिर्ता हुने पहिलो लटको रोहिन्जालाई राख्न दुईवटा रिसेप्सन केन्द्र र अस्थायी शिविर खडा गरिसकेको बताएको छ । तर बंगलादेशी शरणार्थी मुक्ति र पुर्नस्थापना आयुक्त अबुल कलामले सोमबार शरणार्थी फिर्तीको कार्यक्रममा ढिलाई नभएको बताएका छन् ।

‘थुप्रै काम गर्न बाँकी छन्,’ रोयटर्ससँगको टेलिफोन कुराकानीका क्रममा उनले बताए । ‘म्यानमार फिर्ता पठाउने मानिसको सूची तयार गर्नै बाँकी छ । उनीहरुको प्रमाणिकरण र ट्रान्जिट शिविर खडा गर्न पनि बाँकी छ,’ उनले बताए । बंगलादेशी सीमा सुरक्षाकर्मीका अधिकारीका अनुसार रोहिन्जा शरणार्थी फिर्ता पठाउने कार्यक्रम सुरु गर्नुभन्दा केही महिना अघि नै यस्तो तयारी गरिसक्नु पथ्र्यो ।

गत अगस्ट महिनको अन्त्यबाट हालसम्म म्यानमारबाट भागेर बंगलादेश पुगेका शरणार्थीको संख्या हाल करिब ६ लाख ८८ हजार रहेको आप्रवासनसम्बन्धी अन्तर्राष्ट्रिय संगठनले जनाएको छ । गत अगस्ट २५ का दिन रोहिन्जा विद्रोहीले म्यानमारको रखाइन प्रान्तमा रहेको २० वटा प्रहरी चौकीमा आक्रमण गरेपछि सरकारी सेनाले गरेको धरपकड र बल प्रयोगपछि ज्यान जोगाउन म्यानमारका अन्य क्षेत्र र बंगलादेश भाग्ने रोहिन्जाको संख्या लाखौं रहेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोग युएनएचसिआरले रोहिन्जा शरणार्थीलाई रखाइन फिर्ता पठाउने तयारीका लागि थप समय आवश्यक रहेको बताउँदै आएको छ । उसले दुवै सरकारलाई शरणार्थी संकट समाधान गर्ने प्रयासको थालनी गर्नसमेत आग्रह गरको रोयटर्सले जनाएको छ ।

‘शरणार्थीको फिर्तालाई सही अर्थ प्रदान गर्नका लागि थुप्रै मुद्दाको सम्बोधन आवश्य रहेको छ । हामीले रोहिन्जाको नागरिकता मुद्दासहित रखाइनका रोहिन्जाका विभिन्न अधिकार लगायत अन्य विषयमा के सहमति भएको छ भनेर केही थाहा पाएका छैनौं,’ फिलिप्पो ग्रान्डीले रोयटर्सलाई बताए । म्यानमारको उत्तरी राज्य रखाइन फिर्ता जाने रोहिन्जा मुसलमानका बारेमा निरीक्षण गर्न एउटा बलियो संयन्त्र बनाउनुपर्ने ग्रान्डीले बताए ।

शरणार्थी शिविरको प्रशासनिक कार्यमा सहयोग गरिरहेको युएनएचसिआर रोहिन्जाको म्यानमार फिर्ती प्रक्रियामा कुनै सहभागिता रहेको छैन । रोहिन्जा मुसलमान बंगलादेशी हस्तक्षेपकारी भएको भन्दै बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको म्यानमारले उनीहरुलाई लामो समयदेखि म्यानमार सरकारले नागरिकता दिन अस्वीकार गर्दै आएको छ ।

म्यानमारले सोमबार फिर्ता भएको रोहिन्जालाई लिनका लागि आफू तयार रहेको बताएको छ । ‘उनीहरु आउनेबित्तिकै स्वीकार गर्न हामी तयार छौं । हाम्रोतर्फ सम्पूर्ण तयारी भइसकेको छ,’ म्यानमारको समाज कल्याण मन्त्रालायको मुक्ति र पुर्नस्थापना विभागका निर्देशक जनरल को को नाइंगले रोयटर्सलाई बताए । रोहिन्जाको फिर्तीमा ढिलाई हुनेबारेमा बंगलादेशले जानकारी गराएको छ वा छैन भन्ने विषयमा भने उनले प्रतिक्रिया दिन अस्वीकार गरे । बंगलादेश र म्यानमारलाई छुट्याउने नाफ नदी नजिकै रहको पालोङ खाली शरणार्थी शिविरमा रोहिन्जा मुसलमानका नेताहरु सोमबार बिहानै लाउडस्पिकर र म्यानमार फिर्तीका लागि आफ्ना माग लेखिएको ब्यानरसहित भेला भएका थिए ।

म्यानमारका नेताले अगाडि सारेको मागमा सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, नागरिकता दिइनुपर्ने, रोहिन्जा मुसलमानलाई म्यानमारको आधिकारिक जातीय अल्पसंख्यको मान्यता दिइनुपर्नेलगायतका रहेको रोयटर्सले जनाएको छ । उनीहरुको सैन्य अपरेसनका बेला जलाइएका वा ध्वस्त बनाइएका आफ्ना घर, मस्जिद र विद्यालयको पुनर्निर्माण गरिनुपर्ने माग पनि अगाडि सारेका छन् ।

रोहिन्जा नेतालाई  सुन्न भेला भएका करिब तीन सयको  संख्यामा रहेका उनीहरु शरणार्थी शिविरमा बंगलादेशी सेना प्रवेश गरेर तितरवितर पारेको थियो । बंगलादेशी सेनाका प्रवक्ता रासेदुल हसनले भने रोहिन्जा शरणार्थी शिविरमा सोमबार कुनै प्रदर्शन भएको बारेमा आफूले कुनै जानकारी प्राप्त नगरेको बताएका छन् ।

 

]]>
डा. केसी, गंगामाया र सत्याग्रह http://www.nagariknews.com/news/35659/ Tue, 23 Jan 2018 08:52:00 +0545 http://www.nagariknews.com/news/35659/ हिजोआज ‘सत्याग्रह’ शब्द निकै प्रचलनमा आएको छ । बृहत्तर हितका लागि अहिंसाको माध्यमबाट सत्य र न्यायको खोजी गर्ने ‘सत्य–शक्ति’को औजारका रूपमा विश्वभर यो प्रयोग भएको पाइन्छ । महात्मा गान्धीजीले दक्षिण अफ्रिकामा रहँदा सन् १९०६ मा यस अवधारणालाई आत्मसात् गरेको भेटिन्छ । त्यसबेला एसियाका बासिन्दा लक्षित बेलायती उपनिवेश शासनले विभेदकारी कानुन पारित गरेपछि उनमा विरोधको यो शैली र सोचको बीजारोपण भएको बताइएको छ । होला कि, यसको पहिलो प्रयोग आजभन्दा सय वर्ष अघि (सन् १९१७ अप्रिलमा) भारत बिहारको पूर्वी चम्पारनमा किसानले भोगेको ‘नीरखेती’ अन्यायविरुद्घ भएको देखिन्छ । हिजोआज ‘सत्याग्रह’ शब्द निकै प्रचलनमा आएको छ । बृहत्तर हितका लागि अहिंसाको माध्यमबाट सत्य र न्यायको खोजी गर्ने ‘सत्य–शक्ति’को औजारका रूपमा विश्वभर यो प्रयोग भएको पाइन्छ । महात्मा गान्धीजीले दक्षिण अफ्रिकामा रहँदा सन् १९०६ मा यस अवधारणालाई आत्मसात् गरेको भेटिन्छ । त्यसबेला एसियाका बासिन्दा लक्षित बेलायती उपनिवेश शासनले विभेदकारी कानुन पारित गरेपछि उनमा विरोधको यो शैली र सोचको बीजारोपण भएको बताइएको छ । होला कि, यसको पहिलो प्रयोग आजभन्दा सय वर्ष अघि (सन् १९१७ अप्रिलमा) भारत बिहारको पूर्वी चम्पारनमा किसानले भोगेको ‘नीरखेती’ अन्यायविरुद्घ भएको देखिन्छ । यस सिलसिलामा त्यस क्षेत्रका बासिन्दा राजकुमार शुक्लाको अनुरोधमा गान्धीजी त्यहाँ पुगेको बताइएको छ।
त्यसबेला बिहार प्रशासनले चम्पारन प्रवेश गर्नबाट गान्धीजीलाई रोक लगाउने आदेश दियो तर उनले मानेनन्। त्यसपछि उनी पक्राउ परे र बिहारको मोतिहारी अदालतमा पेस भए । अदालतमा पनि उनले चम्पारनबाट नफर्कने अडान राखे। त्यस गिरफ्तारीबाट उनको लोकप्रियता झन् बढ्यो । फलस्वरूप अदालतले उनलाई विनासर्त रिहा गर्न बाध्य भयो। यसबाट किसानप्रति बलपूर्वक कपडामा नीलो रंग भर्नका गरिने ‘नीरखेती’ (इन्डिगो प्लान्टेसन) अन्यायका बारेमा छानबिन आयोगसमेत गठन भयो । यसको प्रतिवेदनबाट बिहार राज्यले एक विधयेक पास ग¥यो र किसान ‘तीनकठ्ठे’ शोषणबाट मुक्त भए । भनिन्छ यही ‘चम्पारन सत्याग्रह’बाट मोहनदास करमचन्द गान्धी ‘माहात्मा’ र ‘बापु’ नाम समेतबाट प्रख्यात भए।

यसपछि बेलायती उपनिवेशराजबाट स्वतन्त्र भारतमा रूपान्तरण गर्न गान्धीजीको सत्याग्रहले महत्पूर्ण भूमिका खेल्यो । यसको अवलम्बन गर्न विभिन्न विधि र प्रक्रिया अपनाइए । बेलायती शासनले हिन्दुस्थान नछोडेसम्म नागरिक अवज्ञा, पैदल विरोध यात्रा, नमक यात्रा, आर्थिक बहिष्कार, बेलायती उत्पादन बहिष्कार, भुख हड्तालजस्ता सत्याग्रह आम नागरिकसमेतको सहभागितामा निरन्तर चल्यो । सत्य र न्यायका लागि चलाइएको यस सत्याग्रह अन्त्यमा सफल भयो र भारतले स्वतन्त्रता हासिल ग¥यो पनि ।
संयुक्त राज्य अमेरिकाका अश्वेत नेता मार्टिन लुथर किङ पनि गान्धीको सत्याग्रहबाट प्रभावित थिए । यही अवधारणाबाट अमेरिकामा रंग विभेदविरुद्घ नागरिक अधिकार आन्दोलन चलाए । यसबाट उनी देशभित्र मात्र होइन, विश्वभर नै अत्यधिक लोकप्रिय र चर्चित नेता एवं व्यक्तित्वका रूपमा उदाए । उनको ‘कतै अन्याय हुनु भनेको सबैतिर न्यायमाथि खतरा मडारिनु हो’ भनाइबाट कयौँ अमेरिकन नागरिक उनले चलाएको यस अभियानप्रति आकर्षित भए । यो उक्ति विश्वमा आज पनि प्रसिद्घ छ ।
नेपाली इतिहासमा सत्याग्रहको चर्चा गर्दा नेपाली कांग्रेसले विशेषतः विसं २०१४ मा अपनाएको भद्र अवज्ञा आन्दोलन, २०३६ सालको विद्यार्थी आन्दोलन, २०४२ सालमा चलाएको सत्याग्रह र २०४६ सालको जनआन्दोलन समेतलाई (संयुक्त वाममोर्चासहित) लिन सकिन्छ । यसबाट खोसिएका नागरिक तथा राजनीतिक अधिकारको पुनर्बहाली भयो । त्यसैगरी नागरिक स्तरमा पनि ०६२÷०६३ को जनआन्दोलनको समर्थनमा धर्ना, आमसभा, जुलुस, निषेधित क्षेत्र प्रवेशजस्ता कार्यक्रम भए । त्यसमध्ये यो पंक्तिकार नेपाल मानव अधिकार संगठनको अध्यक्ष रहँदा नयाँ वानेश्वरमा सञ्चालित ‘सत्याग्रह’ विशेषतः सम्झनयोग्य छ । किनभने, त्यसमा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाललगायत विभिन्न राजनीतिक दलका वरिष्ठ एवं प्रभावशाली नेता तथा कार्यकर्तासमेतको उल्लेखनीय सहभागिता थियो । त्यसमा स्वस्फूर्त रूपमा हजारौँको संख्यामा नागरिक गोलबद्घ भए । त्यसबाट आन्दोलनले थप ऊर्जा पायो र उत्कर्षमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्यो । त्यसमा सहभागी प्रायः सबै सत्याग्रही आन्दोलन सफल नहुन्जेल लागिरहे । बरू पटक–पटक थुनामा परे÷सास्ती खपे तर संघर्षको बाटो भने छाडेनन्।

हिजोआज नेपालमा सत्याग्रहको चर्चा गर्दा डा.गोविन्द केसी र अधिकारी दम्पतीको नाम आउने गर्छ । शिक्षा र स्वास्थ्य क्षेत्र बेथिति सुधारका लागि केसीले थालेको भोक हड्तालले बढी चर्चा पाएको छ र त्यसले केही सफलता हासिल गरेको छ पनि । अग्रपंक्तिमा रहेका कतिपय राजनीतिज्ञ र बौद्घिक जमात समेतको समर्थन अभियानलाई प्राप्त छ । तर अधिकारी दम्पतीको मामलामा भने राज्य संवेदनहीन बनेको देखिन्छ । भनिएका ती राजनीतिज्ञ र बुद्धिजीवी दम्पतीको न्यायको लडाइँमा उदासीन देखिए । तिनले दोहोरो मापदण्ड अपनाए । निर्दोष १७ वर्षीय छोरा कृष्णप्रसादको हत्याको सत्य र न्याय खोज्दाखोज्दै सत्याग्रही बाबु नन्दप्रसादले ३३४ औँ दिनको अनशनबाट मृत्यु भएको तीतो यथार्थले तिनलाई छोएन । यही क्रममा आमा गंगामाया अधिकारीले पतिको साथमा थालेको संघर्षलाई निरन्तरता दिएको विषय तिनलाई जचेन।

भ्रम नहोेस्, गंगामायाको सत्याग्रह कुनै व्यक्ति वा दल लक्षित, निजी स्वार्थ–लाभ मात्रबाट प्रेरित छैन । हरेक नागरिकले भोगिरहेका अन्यायविरुद्घको संघर्ष हो योे । गलत प्रवृत्तिका बर्खिलापमा उठेको आवाज हो । राजनीतिक आडबाट मुलुकमा अपराध गर्न छुट कसैलाई पनि हुनुहुँदैन भन्ने माग हो । उनका छोराजस्तै निर्दोष विद्यार्थी र नागरिकले बेफ्वाँकमा ज्यान गुमाउनु नपरोस् भनेको हो । विगतका काहालीलाग्दा दिन फेरि मुलुकमा नफर्कियोस् भन्ने हो । हत्या हिंसा र अन्याय नदोहोरिने सुनिश्चित गर्ने माग हो । सुशासन तथा मानव अधिकारप्रति राज्य संवेदनशील र जवाफदेही बन्न केन्द्रित सत्याग्रह हो । न्यायालय राजनीतिक प्रभावबाट मुक्त हुने आग्रह हो।

संयोगै मान्नुपर्छ यतिखेर डा.केसी र गंगामाया दुवैका सत्याग्रह न्यायालयतिर तेर्सिएको छ । विधि र निश्चित प्रक्रियाबाट सर्वोच्च अदालतका प्रधानन्यायाधीश भएका गोपालप्रसाद पराजुलीका क्रियाकलाप चित्त नबुझेबाट केसीले उनको राजीनामा मागे । विधि र प्रक्रियामा विश्वास गर्ने जो कोहीले यस मागलाई सही ठानेनन् र थिएन पनि । किनभने, यसले विधिको शासनविरुद्घ गलत नजीर स्थापित हुने थियो । तथापि केसीको पराजुलीविरुद्घ जारी वक्तव्य र पत्रकार सम्मेलनप्रति अदालती आक्रोश पनि ठीक थिएन । केसीविरुद्घको अदालती आदेश र पकड्ने शैली गलत थियो । ‘पहिले थुन अनि सुन’ भनेर थालिएको अदालतको अवहेलना कारबाही आमनागरिकले त्यसै पचाउन सकेनन्।

त्यसैले डा.केसीको पक्षमा सडकमा उत्रिएका विशाल भिड उनले उठाएको सवालभन्दा पनि उनीप्रति भएको अभद्र व्यवहार र गिरफ्तारीविरुद्घ थियो । अदालतबाटै सत्कार्यमा लागेका एक नागरिकको अवहेलना भएको देखियो । यस प्रकरणबाट कतिपयले राजनीतिक फाइदा उठाउन खोजे । जनमानसमा यस घटनाबाट अदालतप्रतिको आस्था गुम्ने डर उत्पन्न भयोे पनि । तर साधारण तारिखमा केसीलाई रिहाइ गरेर उनले उठाएका केही सवालमा निर्णय झिकाउने आदेश भएबाट सर्वोच्चको गिर्न आँटेको साख आफैँ जोगाउन यसपालि पनि सफल भयो । किनभने, यसअघि ‘सुशीला कार्की महाभियोग’ प्रकरणमा प्रमुख राजनीतिक दलले ध्वस्त पार्न खोजेका न्यायालयको ओज र गरिमा सर्वोच्चले कार्कीका पक्षमा पुनर्बहालीको फैसला भएबाट जोगिएको हो ।
यतिखेर सत्याग्रही गंगामायासमेत अदालतका न्यायाधीशबाट पीडित हुन पुगेकी छन् । उनको धैर्यको सीमा टुट्न थालेको छ । उनको अबको अनशन न्यायालयविरुद्घ लक्षित हुने निश्चित देखिएको छ । विगत १२ वर्षदेखिको संघर्षबाट उनको शरीर जीर्ण भएको छ।

यही पौष २६ पेसीको दिनमा नागरिकमा ‘मुद्दाको पेसी सरेको स¥यै’ समाचारले न्यायालयबाट गंगामायाले भोगेको पीडा सार्वजनिक भएको छ । गत महिना चितवन भ्रमणका बेला प्रन्या पराजुलीले यस मुद्दाको ढिलाइप्रति चासो व्यक्त गरेको खबर सार्वजनिक भएको थियो तर न्यायाधीश कुलप्रसाद शर्मा यसमा उदासीन देखिए । बहाना बनाई पेसीका दिन उनी मुकामबाहिर रहे । यसअघिका न्यायाधीश कविप्रसाद न्यौपानेले चुनावसमेतका बहानामा वर्ष दिन त्यसै गुजारे । यसको गाम्भीर्य र संवेदनशीलतालाई बुझ्ने चेष्टा पनि गरेनन् । यसअघि आशलाग्दा ठानिएका न्यायाधीश टेकनारायण कुँवर न्यायभन्दा व्यक्तिगत स्वार्थमा लागे । राजनीतिक प्रभावमा तिनी परे । अन्तिम सुनुवाइ सकेर बहस नोटसमेत लिइसकेपछि पनि फैसला सुनाएनन् । यसबापत उच्च अदालतमा बढुवा भएर पुरस्कृत भए । स्मरण रहोस्, संयुक्त राज्य अमेरिकाले पीडितलाई छिटो–छरितो न्याय सम्पादन गरेबापत अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत नेपाली न्यायाधीश हुन् उनी।

चितवनबाट न्याय नपाउने देखेर गंगामायाले संविधानको धारा १४५ को नयाँ व्यवस्थाअनुसार काठमाडौँमा मुद्दा सार्न पाटन उच्च अदालतमा निवेदन दिइन् । यस निवेदनलाई पाटनले हेटौँडा पठायो तर हेटौँडाले उसको क्षेत्राधिकारमा नपर्ने भनेर फर्कायो । यसबाट अदालती निरीहता बोध हुन्छ।

न्यायाधीश, डाक्टर, शिक्षक तथा प्रशासक अवश्य पनि सम्मानित पेसामा गनिन्छन् । न्याय र मानव अधिकारका पक्षधर यिनी हुनुपर्ने हो । तथापि नेपालमा यी क्षेत्र सम्मानभन्दा त्रासबाट चलेका छन् । यो कटु सत्य हो । मुद्दा बिग्रने डरबाट न्यायाधीशले जे गरे पनि सहन बाध्य छन् सेवाग्राही । डाक्टरले उपचारमा तलमाथि गर्लान् भन्ने भयबाट शोषण सहन बाध्य छन् नागरिकहरू । शिक्षक चिढिए सन्तानका भविष्य बिग्रने चिन्ताबाट मौन बस्छन् अविभावकहरू । प्रशासक रिसाए घरबार बर्बाद÷उठिबास हुने डरले व्याप्त भ्रष्टाचारमा पनि चुप लाग्छन् । तथापि डा.केसी र गंगामायाका संघर्षबाट यी क्षेत्र इमानदार, पारदर्शी र जवाफदेही हुनेछन् भन्ने आशा गरौँ । समस्याका हल सडकबाट खोज्ने चलनको अन्त्य गरौैँ।

]]>
पुनर्निर्माणमा बहकिएको बहस http://www.nagariknews.com/news/35658/ Tue, 23 Jan 2018 08:46:00 +0545 http://www.nagariknews.com/news/35658/ पुनर्निर्माणका लागि आवश्यक सिमेन्ट, बालुवा, रड, गिट्टीलगायतको कृत्रिम अभाव छ । केही ठाउँमा उपलब्ध भइहाले पनि भाउ आकासिएको छ । केही महिना अघिसम्म ७०० रुपियाँमा पाइने सिमेन्ट प्रतिबोरा १२ सय रुपियाँ, फलामे रडको प्रतिकेजी ७७ बाट १०० रुपियाँभन्दा बढी पुगेको छ। यतिबेलाको सबैको चासोको विषय सुरक्षित पुनर्निर्माण । भूकम्पले तहसनहस बनाएको ३२ महिनाभन्दा बढी हुन लाग्यो । यो ज्यादै धेरै समय हो । यतिका समय बितिसक्यो, पुनर्निर्माणमा उल्लेख्य उपलब्धि देखिँदैन । यद्यपि यो कार्य आफैँमा चुनौतीपूर्ण छ । र झनै जटिल बन्दै गएको छ । यसका लागि सम्बन्धित सरोकारवाला स्वयम् भूकम्प पीडित नै अग्रसर नभएसम्म पूर्ण पुनर्निर्माण सम्भव पनि हुँदैन । यसमा सरकारको पनि मुख्य ध्यान जानु जरुरी छ । यो लाखौँ जनताको समस्या हो।

गरिब झन् मारमा
भूकम्पले निम्ताएको आर्थिक, भौतिक र मानवीय क्षतिको विवरण सबैलाई ज्ञात छ । यो पीडा अझै भुल्न सकिएको छैन । भूकम्पले सबैलाई उत्तिकै हल्लायो । क्षतिको विवरण बढी घटी भयो होला । भूकम्पले अझ बढी गरिब, एकल महिला, साना किसान र ग्रामीणवासीहरूलाई मारमा पारेको छ । गाउँघरतिरको स्थिति दर्दनाक छ, गरिब परिवारले नयाँ घर बनाउन सक्ने अवस्था छैन । घर पुनर्निर्माण गर्न तीन लाख रुपियाँ दिने सरकारी नीति छ, प्रगतिको आधारमा दिइने यस्तो अनुदान लिएर घर बनाउन नसक्ने परिवार गाउँघरमा धेरै छन् । दिनभरि काम गरी बेलुकी छाक टार्नुपर्ने बाध्यताका परिवारलाई आफैँले लगानी गरी घर बनाउन सक्ने अवस्था न्यून छ भने अर्काेतर्फ तीन लाख रुपियाँले घर पनि बन्दैन । निर्माण सामग्रीको मूल्य आकासिँदै गएको छ, गरिबको पहुँचबाट टाढा हँुदै छ, यसो हुँदा गरिब परिवार झन् मारमा पर्दै गएका छन्।

पुनर्निर्माणका लागि आवश्यक सिमेन्ट, बालुवा, रड, गिट्टीलगायतको कृत्रिम अभाव छ । केही ठाउँमा उपलब्ध भइहाले पनि भाउ आकासिएको छ । केही महिना अघिसम्म ७०० रुपियाँमा पाइने सिमेन्ट प्रतिबोरा १२ सय रुपियाँ, फलामे रडको प्रतिकेजी ७७ बाट १०० रुपियाँभन्दा बढी पुगेको छ।

जो होचो, यसैको मुखमा घोचो भनेझैँ यतिबेला गरिब समुदाय बढी मारमा परेका छन्, कतिपय परिवारको सम्झौता गरेर ल्याएको पहिलो किस्ता बापतको रकम पनि घर खर्चमा सकिइसकेको छ । सुकुमवासी परिवारको अहिलेसम्म नयाँ घर बनाउनका लागि अनुदान सम्झौतासमेत हुन सकेको छैन । उनीहरू अझै पनि टहरोमुनिको बासमा छन् । यसले पनि देखिन्छ कि पुनर्निर्माण गरिबमैत्री छैन।

जमिनसँगको आत्मीयता र समस्या
रसुवा कालिका गाउँपालिका–३, का मुरली नेपाली भूमिहीन सुकुमवासी हुन् । उनको आफ्नो नाममा जमिन छैन, त्यसैले उनी गाउँ नजिकैको सामुदायिक वन क्षेत्रको खाली जमिनमा घर बनाई बसेका छन् । त्यहाँ उनी र उनको छोराको घर थियो, भूकम्पले ढल्यो । उनको नाम भूकम्प पीडित लाभग्राही सूचीमा समावेश भएको छ । तर, उनको नाममा लालपुर्जा नभएको कारण नयाँ घर निर्माणका लागि अनुदान सम्झौता हुन सकेको छैन । २० वर्षअघि पाखो बिराएर जमिन बनाएर बसेका मुरलीको जीवनको रगत पसिना सोही माटोमा मिसिएको छ । सरकारले सुकुमवासी तथा विस्थापितलाई जग्गा खरिद गर्न दुई लाख रुपियाँ दिने निर्णय गरेको छ । तर मुरली उक्त जग्गा छोड्न तयार छैनन् । जमिनसँग गाँसिएको भावनात्मक सम्बन्ध पैसाले किन्न नसकिने उनी बताउँछन्् । मुरलीजस्तै धेरैको यस्तो समस्या छ । यतिका समय बितिसक्दा समेत सम्झौता हुन नसकेको अब घर कहिले बनाउन सकिन्छ ? अन्योल छ । यस्तो समस्या रसुवाको मात्र होइन, भूकम्प प्रभावित सबै जिल्लामा छ । भूमिहीन, सुकुमवासी समस्यामा बाँचेका र आफ्नो स्वामित्वमा जमिन नभएका परिवारको पुनर्वास हुन सकेको छैन । जसलाई पहिलो चरणमा पुनर्निर्माण आवश्यक थियो, आजसम्म त्यस्तै वर्ग छुटिरहेका छन्, तर जमिन समस्यालाई राज्यले गम्भीररूपमा नहेरेको प्रस्ट छ । उनीहरू बसोवास गरिरहेकै स्थानको जग्गाको लालपुर्जा दिएर सुकुमवासी समस्या सुल्झाउन पनि लाग्नु आवश्यक देखिन्छ।

अर्काेतर्फ सडकमार्गसँग जोडिएको सडकको अहिलेसम्म लगत कट्टा नगरिदिँदा र सोबापतको मुआब्जा राज्यबाट उपलब्ध नगराइँदिँदा भूकम्प पीडित परिवारको पुनर्निर्माण अन्योलमा छ । पासाङ ल्हामु राजमार्ग आसपासमा यस्तो समस्या जटिल बन्दै गएको छ । सडक सेन्टर पोइन्टबाट दायाँ–बायाँ १५ मिटरको सीमा तोकिएको छ । यो समस्याले अहिले सयौँ परिवार नयाँ घर बनाउन नपाई समस्यामा परेका छन् । प्रशासनले १५ मिटर जग्गाभित्र घर बनाउन नदिने भनेको छ, सो क्षेत्रभित्र परे प्राविधिकले पास नगरिदिने, तीबाहेक अन्यत्र जग्गा नभएकाहरू सुकुमवासीसरह भएका छन्, तर उनीहरूका लागि के हुने भन्ने विषयमा विकल्प दिइएको छैन । यस विषयमा पटकपटक सम्बन्धित सरोकारवाला निकायमा ध्यानाकर्षण गराउँदा पनि समाधानको पहल नगरिदिँदा जनताहरू मारमा परेका छन्।

कृत्रिम अभाव, आकासियो मूल्य
पुनर्निर्माणका लागि दिनहुँ आवश्यक हुने निर्माण सामग्रीहरू सिमेन्ट, बालुवा, रड, गिट्टीलगायतको सामग्रीको कृत्रिम अभाव छ। बजारमा निर्माण सामग्रीहरू सजिलै उपलब्ध हुन छाडेका छन् । केही ठाउँमा उपलब्ध भइहाले पनि निर्माण सामग्रीको भाउ जनताको ढाड भाँच्चिने गरी उकासिएको छ । केही महिना अघिसम्म ७०० रुपियाँमा पाइने सिमेन्ट अहिले बजारमा प्रतिबोरा १२ सय रुपियाँसम्म पुगेको छ, तैपनि सहज उपलब्धता छैन । फलामे रडको प्रतिकेजी ७७ बाट १०० रुपियाँभन्दा बढी प्रतिकेजी पुगेको छ । दिन दु गुना, रात चौगुना भाउ आकासिँदै गएको छ । सरकारले दिने अनुदान नबढ्ने, जनताले खरिद गर्नुपर्ने सामग्रीहरूको मूल्य बढ्दै गएको छ । केही महिना अघिसम्म ७०० रुपियाँमा पाइने दक्ष कामदार अहिले १५०० मा पनि पाउन मुस्किल छ । ग्रामीण भेगसम्म ढुवानी गरी लैजानुपर्ने बाध्यता भएका, सडक सञ्जाल नपुगेका र खच्चरमा ढुवानी गर्नुपर्ने स्थानमा भूकम्प पीडितलाई सरकारले दिने तीन लाख रुपियाँ ढुवानीमा पनि नपुग्ने अवस्था छ । रसुवा जिल्लाकै सन्दर्भमा भन्ने हो भने पनि अहिलेसम्म सडक सञ्जाल नजोडिएको हाकुका नुवाकोटबाट सामान खरिद गरी सदरमुकाम धुन्चेसम्म ढुवानी गरी त्यहाँबाट खच्चरलाई बोकाएर लैजानुपर्ने बाध्यता छ, सदरमुकाम धुन्चेदेखि गाउँसम्म सामान ढुवानी गरेको प्रतिकेजी १३ रुपियाँदेखि २५ रुपियाँसम्म तिर्नुपर्ने बाध्यता छ । यसैले दिनप्रतिदिन बढ्दै गएको मूल्य वृद्धिले पुनर्निर्माण झन्झन् समस्यातर्फ धकेलिएको छ । यसतर्फ अनुगमन गर्ने र नियमनकारी निकाय मौन बसेको देखिन्छ।

विस्थापितको पीडा
बढ्दो चिसो, टहरोको बास । खाद्यन्न अभाव, स्वास्थ्य समस्या । विस्थापितको दैनिकी ज्यादै कष्टकर छ । यतिका लामो समयदेखि आफ्नो पुरानो बासथलोबाट विस्थापित भएका परिवारको समस्याका कथा पीडादायी छन् । यस्ता समस्यामा परेका परिवारलाई जति सक्दो चाँडो पुनर्वासका लागि सहयोग गर्नुपर्ने हो, त्यो देखिँदैन । प्रक्रियागत जटिलताका कारण विस्थापित परिवारको पुनर्वासको प्रक्रिया पनि प्रगतिउन्मुख हुन सकेको छैन । रसुवाको हकमा मात्रै भन्ने हो भने, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार करिब ८०० परिवारलाई सुरक्षित स्थानमा पुनर्वास गराउनुपर्ने छ । २ लाख रुपियाँ थप अनुदान जग्गा खरिद गर्नका लागि दिइने कार्यविधि छ, तर २ लाख रुपियाँ सुरक्षितरूपमा घडेरी खरिद गर्न सकिने अवस्था छैन । अर्कोतर्फ भूकम्पपछि नयाँ ठाउँमा घर बनाउनका लागि जग्गा खरिद गरिसकेका परिवारलाई यो कार्यविधिले समेट्न नसक्ने देखिन्छ, ऋण गरी जग्गा खरिद गर्ने परिवार यस्तो अवसरबाट वञ्चित भएका छन् । उनीहरूलाई भूकम्पपछि जग्गा खरिद गरिएको आधारमा उक्त रकम दिने व्यवस्था गरिदिने हो भने उनीहरूले राहत पाउने थिए । अर्काेतर्फ विस्थापित परिवार एकीकृत बस्ती बसाउने योजनामा छन्, यसका लागि पनि उनीहरू सरकारी सहयोगकै आशमा छन्, यसमा पनि अन्योल छ।

गल्ती कर्मचारीको, सजाय पीडितलाई
रसुवा कालिका गाउँपालिका–३, धारापानीका सेते तामाङ र साधु तामाङ दाजु–भाइ हुन् । उनीहरूको आफ्नो पुरानो घरबास भएको ठाउँ पहिरोका कारण जोखिम क्षेत्रमा पर्याे । पुनर्निर्माण प्राधिकरणको भूगर्भविद्ले उनीहरूको पुरानो ठाउँ जोखिमयुक्त छ भनेपछि उनीहरू त्यहाँबाट अन्यत्र सुरक्षित स्थानमा सर्नुपर्ने बाध्यता प¥यो । पुनर्निर्माण प्राधिकरणले जारी गरेको जोखिमयुक्त बस्ती स्थानान्तरण तथा पुनर्वाससम्बन्धी कार्यविधिका अनुसार उनीहरूले २ लाख रुपियाँ पाउँछन् । उक्त कार्यविधि २०७४ जेठदेखि लागु भएको हो । उनीहरूले २०७४ कात्तिकमा सोही ठाउँको सुरक्षित स्थानमा जग्गा खरिद गरे । वडा कार्यालयले सिफारिस गरी उनीहरूलाई नियमअनुसार पाउने रकम दिन सिफारिस गर्दा पनि पुनर्निर्माण प्राधिकरणले भुक्तानी गरेन, र जग्गाधनीलाई अहिलेसम्म पनि खरिद गरिएको जग्गाको भुक्तानी गर्न पाएका छैनन् । कारण थियो, पुनर्निर्माण प्राधिकरणबाट प्रकाशित भएको लाभग्राही सूचीमा नागरिकता नम्बर र घरधुरी सर्वेक्षण तलमाथि भएको र सेते तामाङको सूचना दिने नाममा ठीक छ तर लाभग्राही सूचीको कोलममा काले तामाङ भएछ । यसरी कर्मचारीले एक कम्प्युटर टाइपमा गरिएको गल्तीले भूकम्प पीडितले दुःख पाएका छन्, उनले पाउनुपर्ने सुविधा पाएका छैनन्, उनलाई थाहा छैन, अब कहिले सच्चिएर आउँछ, कहिले उनले जग्गा किनेको रकम पाउँछन्, र जग्गाधनीलाई भुक्तानी गर्न पाउँछन् र नयाँ किनिएको जग्गामा घर बनाउन पाउँछन् । यस्ता समस्या धेरै छन्, वास्तविक भूकम्प पीडित भईकन पनि जति पटक गुनासोमा निवेदन बुझाउँदा पनि अहिलेसम्म लाभग्राही सूचीमा नाम समावेश नभई सयौँ परिवार पाउने सुविधाबाट वञ्चित हुन पुग्दा पुनर्निर्माण गर्न पाएका छैनन् ।

नसुनिएको गुनासो
रसुवा बेतिनीका प्रेमनाथ अगस्तीको घर भत्कियो । इन्जिनियरले सर्भे पनि गरे । तर उनको नाम लाभग्राही सूचीमा अटाएन । कारण उनी जान्दैनन् । धेरै पटक गुनासो गरे, स्थानीय तहको सिफारिससमेत राखी गुनासो फारम भरी पठाए तर अझैसम्म उनको नाम निस्किएको छैन । रसुवा इटपारेका ११ घर दलित परिवारको घर भत्कियो, उनीहरूको अन्त कतै घरघडेरी पनि छैन । तर, पनि आजसम्म उनीहरूको जति पटक गुनासो गरे पनि पुनर्निर्माण प्राधिकरणले गुनासो सुनुवाइ गरेको छैन । उनीहरूको आफ्नो घर छैन, पुनर्निर्माण प्राधिकरणले अनुदान नदिए घर बनाउन सक्ने अवस्था पनि छैन, उनीहरू अझै पनि गुनासो सुनुवाइको पर्खाइमै छन् । यी र यस्तै समस्यामा परेका १२ सयभन्दा बढी परिवारको गुनासोमा दर्ता गरिएको छ, अझैसम्म पनि त्यसको टुंगो लागेको छैन।

पुगेन पुनर्निर्माण शिक्षा
केही हप्ताअघि नौकुण्ड गाउँपालिका–६, सस्र्युं गाउँ पुगेकी थिएँ । स्थानीय चिर्की तामाङ भन्दै थिइन्, आफ्नो त घर बन्यो भूकम्पको घर बन्दैछ । उनको बुझाइमा सरकारले दिने अनुदानले बनाउने घर भूकम्पको घर हो । कुरा बझ्दा केही समयअघि काठ र ढुंगामाटोले घर बनाए । प्राविधिकले उक्त घर प्राविधिक स्टमेटअनुसार नभएको भन्दै पैसा नआउने बताएपछि उनीहरू फेरि अर्काे घर बनाउने योजनामा छन् । अब कस्तो घर बनाउने, सामान कहाँबाट ल्याउने, पैसा कसरी जुटाउने, समस्याहरू छन् । गाउँमा इन्जिनियर कम छन्, मान्छेहरूले आफ्नो सुविधाका लागि र क्षमताले भ्याएसम्म घर बनाइसकेका छन्, तर सरकारी अनुदान लिन नक्साअनुसारको घर बनाउन अनिवार्य छ । यस्तो शिक्षा समयमै गाउँघरमा पुग्न नसकेको देखिन्छ ।
गाउँघरमा अधिकांशको १ कोठे र २ कोठे घर बनेको छ । ५ जना परिवार भएका परिवारलाई गाउँघरमा यी घरहरू कुनै पनि हिसाबले पर्याप्त छैनन्, तर सरकारी अनुदान लिन नक्साअनुसारकै घर बनाउनु आवश्यक छ, नत्र भने पाइँदैन, त्यसैले अहिले गाउँघरमा बनेका घरहरू परिवारमैत्री छैनन्।

कामदार अभाव
गाउँघरमा पर्याप्त जनशक्ति नहँुदा पुनर्निर्माणले गति लिन नसकेको यथार्थ हो । भएका जनशक्ति पनि दक्ष नभएको हुँदा र मापदण्डअनुसारको घर बनाउनुपर्ने भएकाले गाउँघरमा कामदार अभाव छन् । युवा जति रोजगारीको सिलसिलामा विदेश पलायन छन् । त्यसैले गाउँघरमा अहिले तराई क्षेत्रका कामदारले पुनर्निर्माण थेगिरहेका छन् । तराईलगायतका जिल्लाबाट आएका कामदारले यतिबेला पुनर्निर्माणको काममा सघाइरहेका छन्।

अन्त्यमा,
पुनर्निर्माण सरकारको प्राथमिक विषय बन्नुपर्छ । पुनर्निर्माणका लागि जिम्मेवारी लिएका निकायबीच आपसी समन्वय हुनु आवश्यक छ । राज्यले ग्रामीण भेगका जनतालाई ढुवानीलगायतमा सहुलियत दिनुपर्छ । पहिलो प्राथमिकतामा विस्थापित, सुकुमवासी, एकल महिला, अपांगता भएका परिवार, वृद्धवृद्धा भएको परिवार, साना किसान र ग्रामीणवासीलाई छुट्टै कार्यक्रम सञ्चालन गरी प्याकेजमा पुनर्निर्माण गर्ने नीति लिन ढिला भइसकेको छ।

]]>
फ्रान्सेली कारागार सुरक्षाकर्मीद्वारा राष्ट्रव्यापी आन्दोलन http://www.nagariknews.com/news/35657/ Tue, 23 Jan 2018 08:43:00 +0545 http://www.nagariknews.com/news/35657/ शृंखलाबद्ध रूपमा कैदीबन्दीद्वारा आक्रमणका घटना बढ्न थालेपछि फ्रान्सेली करागार सुरक्षाकर्मीले देशव्यापी आन्दोलन सुरु गरेका छन् । पेरिस – शृंखलाबद्ध रूपमा कैदीबन्दीद्वारा आक्रमणका घटना बढ्न थालेपछि फ्रान्सेली करागार सुरक्षाकर्मीले देशव्यापी आन्दोलन सुरु गरेका छन् ।

कारागारको सुरक्षामा सुधार र ज्यालामा वृद्धि गर्नुपर्ने विषयमा सरकारसँग भइरहेको विवाद दोस्रो साता प्रवेश गरेको दिन सोमबार जेल सुरक्षाकर्मीसम्बद्ध युनियनले देशभरका कारागरलाई पूर्ण रूपमा बन्द गरेको दाबी गरेका छन् ।

कारागार सुरक्षाकर्मीले राष्ट्रपति इमानुएल म्याक्रोंको सरकारसँग कारागारमा रहेको खचाखच भीडलाई नियन्त्रण गर्नुपर्ने र कर्मचारीको संख्या वृद्धि गर्नुपर्नेलगायतका माग अगाडि सारेका छन् ।
देशभरमा रहेको कारागारका सुरक्षाकर्मीले आन्दोलन तीब्र बनाएपछि फ्रान्सका न्यायमन्त्री निकोल बेलोबेटले यस संकट समाधानको प्रयास गर्न युनियनका नेताहरुसँग भेट्ने बताएकी छिन् ।

गत साता सरकारले आन्दोलन अन्त्य गर्न गरेको आग्रह कारागार सुरक्षाकर्मीसम्बद्ध युनियनहरुले अस्वीकार गरेका थिए । फ्रान्सका सिजिटी युनियन, द फोर्स अभिरयरी (एफओ) र उफाप–उन्सा न्याय युनियनले समर्थन गरेको सोमबारको प्रदर्शनमा उच्च सुरक्षा संस्थाहरु फ्लेउरी–मेर्गोइस र राजधानी पेरिसभन्दा बाहिर रहेको फ्रेसनेस कारागारसहितका देशभरका कारागारका सुरक्षाकर्मीले सहभागिता जनाएको बिबिसीले उल्लेख गरेको छ । कारागार सुरक्षाकर्मीले सोमबार देशभरका एक सय ८८ कारागार बाहिर टायर बालेर आन्दोलन गरेका छन् । कारागार सुरक्षाकर्मी आन्दोलनमा उत्रिएपछि कैयौं कारागार सुरक्षाका लागि सरकारले प्रहरी पठाएको थियो ।

फ्रान्सको न्याय मन्त्रालयले वार्ताको तत्काल थालनी गर्न युनियन प्रतिनिधिहरुलाई आग्रह गरेको छ । उसले कैदीबन्दीले गरिरहेको कार्यलाई रोक्न सबै पक्षको दायित्व रहेको पनि बताएको छ । फ्रान्सभरका विभिन्न कारागारमा रहेका कैदीबन्दीले कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि हातपात गरी कैयौंलाई घाइते बनाएपछि आन्दोलन सुरु भएको हो । गत साता दक्षिणी फ्रान्समा रहेको फ्रेसनेस कारागारमा कैदीबन्दीले गरेको आक्रमणमा तीन जना सुरक्षा अधिकारी घाइते भएका थिए ।

फ्रान्सेली सहर कालेसमा रहेको लंगीनेस कारागारमा रहेको थुना केन्द्रमा आइतबार कैदीले आक्रमण गर्दा दुई सुरक्षाकर्मी घाइते भएर अस्पताल लानुपरेको कारागारका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ‘यो फेरि एकपटक कर्मचारीमाथि भएको आक्रमण हो, हामी चुप लागेर बस्न सक्दैनौं,’ उफाप–उन्सा युनियनका प्रवक्ता यान्निक लेफ्ब्रेलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उनले यस्तो आक्रमण दैनिकजसो भइरहेको पनि आरोप लगाएका छन् । चार वर्षभित्र एक हजार एक सय कारागार सुरक्षाकर्मीको जागिर सिर्जना गर्ने मस्यौदा सम्झौता अस्वीकार गरेपछि फ्रान्सेली युनियनहरुले थप आन्दोलनका गतिविधि गरिरहेका छन् ।

फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएअनुसार हाल फ्रान्समा २८ हजार कारागार सुरक्षाकर्मीले देशभरका एक सय ८८ कारागारमा रहेका करिब ७८ हजार कैदीबन्दीलाई हेरिरहेका छन् ।कैदीबन्दीले आक्रमण गरेको विरोधमा देशभरका कारागार सुरक्षाकर्मीले गरेको आन्दोलनका कारण राष्ट्रपति इमानुएल म्याक्रोंमाथि यस समस्याको समाधान गर्न दबाब सिर्जना भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

कारागार सुरक्षाकर्मीले करबाहेक अहिले विद्यमान तलबलाई न्युनतम एक हजार चार सय युरो बनाउनुपर्ने मागसमेत अगाडि सारेका छन् । सन् १९७० को दशकपछि फ्रान्समा कैदीको संख्या ठ्याक्कै दोब्बर भएको छ । हिंस्रक कैदीलाई सम्हाल्न आफूहरुसँग पर्याप्त कर्मचारी र सामाग्री नभएको कारागार सुरक्षाकर्मीले बताउँदै आएका छन् ।

‘एक सय वा एक सय ५० कैदीबन्दीलाई हेर्न एक जनामात्रै कारागार सुरक्षाकर्मी राख्ने अनि एउटा सिट्ठी मात्रै दिएर हुँदैन,’ युनियन नेता योआन करारलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनले सम्पूर्ण कारागार सुरक्षाकर्मीलाई बन्दुक दिनुपर्ने मागसमेत गरेका छन् ।
 

 

]]>
निर्माण सामग्रीमा महँगिएपछि जगमै सीमित भूकम्पपिडितका घर http://www.nagariknews.com/news/35656/ Tue, 23 Jan 2018 08:37:00 +0545 http://www.nagariknews.com/news/35656/ निर्माण सामग्रीको मूल्यमा भारी वृद्धि भएपछि गाँउगाँउमा जग राखेका घर अलपत्र भएका छन् । निर्माण सामग्री महँगो भएपछि मच्चाएपछि यतिबेला पुस मसान्तअगाडि नै घरको जग राखिसकेका स्थानीयको समेत घर निर्माण कार्यले गति लिन सकेको छैन। सिन्धुली – निर्माण सामग्रीको मूल्यमा भारी वृद्धि भएपछि गाँउगाँउमा जग राखेका घर अलपत्र भएका छन् । निर्माण सामग्री महँगो भएपछि मच्चाएपछि यतिबेला पुस मसान्तअगाडि नै घरको जग राखिसकेका स्थानीयको समेत घर निर्माण कार्यले गति लिन सकेको छैन।  

कमलामाई नगरपालिका ५ का कृष्णप्रसाद दाहाल कस्तो घर बनाउने भन्ने अन्योलमा छन् । ‘मेरो सोचाइ सिमेन्ट, रड र इँटाकै प्रयोग गरेर घर बनाउने थियो, तर निर्माण सामग्रीको मूल्य बढेको बढ्यै छ कस्तो घर बनाउने भन्ने अन्योल थपियो,’ दाहालले भने।
सरकारले भूकम्प पीडितलाई पुस मसान्तसम्ममा दोस्रो किस्ता लिनुपर्ने लिष्ट सार्वजानिक गरेसँगै रातारात महँगो मूल्यमा जग राखेका भूकम्प पीडितलाई यतिबेला घर कसरी सम्पन्न गर्ने भन्ने चिन्ता लाग्न थालेको छ । घर बनाउने सामानको अभाव हुन थालेको छ । एकैपटक जिल्लाका अधिकांश घर बन्न थालेपछि घर बनाउने सामानको मूल्यमा व्यापारीले ब्रह्मलुट गरेपछि भूकम्पपीडित समस्यामा परेका हुन्।

२०७३ सालको साउनसम्ममा सम्झौता गर्नेले २०७४ असार मसान्तमा घर बनाइसक्नु पर्ने प्रावधान राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजानिक गरेपछि जिल्लामा धेरै निजी अवास एकसाथ बन्न थालेका छन् । सोही मौका छोपी हार्डवयरका सामान तथा बालुवा गिट्टी, इट्टाको भाउ मनपरी ढंगबाट महँगो लिने गरेको गुनासो भूकम्पपीडितले गरेका छन् । भाउ बढेकै कारण निजी आवास जग मात्रैमा सीमित भएको छ ।  हार्डवयरका सामग्रीदेखि नदी खोलाबाट उत्खनन् गरी ल्याइने गिट्टी बालुवाको समेत भाउ दोब्बर झै भएको भूकम्पपीडित बताउँछन् । ‘यतिधेरै भाउ बढेको छ, राजनीतिक दल तथा तिनका भातृ संगठनले समेत केही बोल्दैनन्,’ एक भूकम्पपीडितले भने, ‘मैले जग एक महिना अगाडि नै निर्माण गरिसकेको छु, सामानको भाउ केही घट्छ कि भनेर बसेको हुँ।

कमलामाई नगरपालिका ४ मा घर निर्माण गर्दै गरेका शिक्षक सन्तोष बोहोरा निर्माण सामग्रीमा ब्रह्मलुट भएकै कारण सोचेजस्तो घर निर्माण गर्न नसक्ने अवस्था आएको बताउँछन् । ‘अरु समयको भन्दा दोब्बर बढी खर्च गर्नुपर्ने अवस्था छ, अनि कसरी बनाउने भूकम्पपिडितले घर ?’, उनले भने, ‘राज्यले पीडितलाई घर बनाउन राहत दियो, तर निर्माण सामग्रीमा ब्रह्मलुट भएको वास्ता गरेन।’

प्रति ट्याक्टर १२ देखि १५ सय पर्ने ढुंगालाई हाल २२ देखि २५ सयसम्म व्यापारीले लिन थालेका छन् । खोलामा ढुंगाको अभाव भएको भन्दै ट्याक्टर धनीले भूकम्पपीडितलाई ढुंगा बालुवाको मूल्य दोब्बर बढाएका हुन् । झन्डै ३४ हजार घर २०७२ सालको बैशाख १२ र २९ गते गएको बिनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको भन्दै पुनर्निर्माणका लागि सरकारले लाभग्राहीको सूचीमा राखेको छ । तिनै घर धमाधम बन्न थालेपछि हाल सदरमुकाम सिन्धुलीमाढीसहित गाँउगाँउमा घर बनाउने सामग्री अभावका साथै महँगो पर्न थालेको भूकम्पपीडित बताउँछन् । ‘सरकारले दिएको तीन लाख रुपैयाँले जगभित्रै राख्ने ढुंगा र बालुवा किन्दै सकिने भयो,’ भूकम्प पीडित भन्छन्, ‘पहिले पो ढुंगाबालुवा केही सस्तो थियो, ३ लाखमा घर बन्छ भन्ने आश थियो अहिलेको महँगी हेर्दा त ७ लाख बढी लगानीमा दुई कोठा तयार पार्न हम्मेहम्मे पर्ने भयो ।’ खोलामा बालुवा र ढुंगा पाउन छाडेकाले महँगो गरी ल्याउनसमेत गाह्रो पर्न थालेको ट्याक्टर चालक बताउँछन्।

पीडितलाई थप पीडित बनाउन मिल्दैन, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष उत्तम पहाडीले भने, ‘मूल्य नघटाए चरणबद्ध आन्दोलनमा उत्रन्छौ ।’ उनले मौका छोपेर एकै पटक निर्माण सामग्रीको मूल्यमा भारी वृद्धि हुनु ब्रह्मलुट नै मच्चाइएको जनाए । उता हार्डवयर व्यपारीले भने कम्पनीले बढाएकाले मूल्य बढेको जनाएका छन्।

]]>
एनआइसी एसियाका दुई शाखा थपिए http://www.nagariknews.com/news/35655/ Tue, 23 Jan 2018 08:21:00 +0545 http://www.nagariknews.com/news/35655/ एनआइसी एसिया बैंकको दुई नयाँ शाखाहरु सञ्चालनमा आएको छ । झापाको मेचीनगर नगरपालिका, धुलाबारी र काँकडभिट्टामा शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । काठमाडौं– एनआइसी एसिया बैंकको दुई नयाँ शाखाहरु सञ्चालनमा आएको छ । झापाको मेचीनगर नगरपालिका, धुलाबारी र काँकडभिट्टामा शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले दुवै शाखाको औपचारिक उद्घाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।शाखा सञ्जाल, पँुजी संरचना, वासलातको आकार, ग्राहक संख्याको आधारमा एनआइसी एसिया बैंक निजी क्षेत्रको अग्रणी बैंकमध्ये एक हो । बैंकको देशभर एक सय ५७ शाखा कार्यालय, एक सय ४६ एटिएम र चार एक्सटेन्सन काउन्टरबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
 

]]>
वडाध्यक्ष र सचिवलाई आवास पुनर्निर्माण तालिम http://www.nagariknews.com/news/35654/ Tue, 23 Jan 2018 08:20:00 +0545 http://www.nagariknews.com/news/35654/ भूकम्पीय पुनर्निर्माणका कामलाई सहज र छिटो सञ्चालन गर्न खोटाङका स्थानीय तहका वडाध्यक्ष र वडा सचिवका लागि आवास पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी अभिमुखीकरण तथा अन्तक्र्रिया सुरु गरिएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त आवास पुनर्निर्माणका कामलाई छिटो र सहज बनाउनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भूकम्पीय आवास पुनर्निर्माण आयोजनाले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका वडाध्यक्ष र सचिवका लागि आवश्यक अभिमुखीकरण तथा अन्तक्र्रिया सुरु गरेको हो। खोटाङ– भूकम्पीय पुनर्निर्माणका कामलाई सहज र छिटो सञ्चालन गर्न खोटाङका स्थानीय तहका वडाध्यक्ष र वडा सचिवका लागि आवास पुनर्निर्माण तथा पुनस्र्थापना सम्बन्धी अभिमुखीकरण तथा अन्तक्र्रिया सुरु गरिएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त आवास पुनर्निर्माणका कामलाई छिटो र सहज बनाउनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भूकम्पीय आवास पुनर्निर्माण आयोजनाले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका वडाध्यक्ष र सचिवका लागि आवश्यक अभिमुखीकरण तथा अन्तक्र्रिया सुरु गरेको हो।

आवास अनुदान वितरण प्रक्रिय, पुनर्निर्माणका नीतिगत अवधारणा, पुनर्निर्माण सम्बन्धी भएका गुनासो सम्बोधन प्रक्रिय, पुनर्निर्माणमा स्थानीय तहको भूमिलगायतका विषयमा जानकारी दिँदै पुनर्निमाणका कामलाई तिव्रता प्रदान गर्न अभिमुखीकरण तथा अन्तक्रिया सुरु गरिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका सामाजिक विकास विशेषज्ञ मौलीधन राईले बताए । आइतबार रूपाकोट मझुवागढी नगरपालिकाबाट सुरु भएको अभिमुखीकरण तथा अन्तक्र्रिया केपीलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका हुँदै माघ २८ गते बराहपोखरी गाउँपालिकामा पुगेर टुंगिने जनाइएको छ । ‘भूकम्पीय पुनर्निर्माणसम्बन्धी देखिएका अन्योल हटाएर आवास निर्माणका कामलाई तिव्रता प्रदान गर्नका लागि तालिम सुरु गरिएको हो,’ सामाजिक बिकास बिशेषज्ञ राईले भने, ‘वडाध्यक्ष र सचिवलाई अनुदान वितरण प्रकृयादेखि स्थानीय तहको भूमीकासम्मका विषयमा जानकारी दिइरहेका छौँ।’

माघ ९ गते केपीलासगढी, १२ गते ऐसेलुखर्क, १४ गते रावाबेँसी गाउँपालिका र १६ गते हलेसी तुवाचुङ नगरपालिकाका वडाध्यक्ष र सचिवका लागि आवास पुर्ननिर्माण तथा पुःर्नस्थापना सम्वन्धी अभिमुखीकरण सञ्चालन गरिने छ । यस्तै, माघ १९ गते साकेला गाउँपालिका, २१ गते दिप्रुङ गाउँपालिका, २३ गते खोटेहाङ गाउँपालिका, २६ गते जन्तेढुंगा गाउँपालिका र २८ गते बराहपोखरी गाउँपालिकामा अभिमुखीकरण तथा अन्तरक्रीया गरिने भूकम्पीय आवास पुनर्निमाण आयोजनाले जनाएको छ।


 

]]>
सनराइजले तीन शाखा थप्यो http://www.nagariknews.com/news/35653/ Tue, 23 Jan 2018 08:18:00 +0545 http://www.nagariknews.com/news/35653/ सनराइज बैंक लिमिटेडले आइतबार तीनवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले पर्साको बिन्दबासिनी, ताप्लेजुङको मौवाखोला र बाँकेको नरैनापुरमा शाखा खोलेको हो । काठमाडौं – सनराइज बैंक लिमिटेडले आइतबार तीनवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले पर्साको बिन्दबासिनी, ताप्लेजुङको मौवाखोला र बाँकेको नरैनापुरमा शाखा खोलेको हो ।

बिन्दबासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु र वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले बिन्दबासिनी शाखा उद्घाटन गरे ।मौवाखोला गाउँपालिका अध्यक्ष राजकुमार थात्लुङ र बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले मौवाखोला शाखा र नरैनापुर गाउँपालिकाका अध्यक्ष इसितियाक अहमद शाह र नेपाल राष्ट्र बैंक नेपालगन्जका सञ्चालक गुरु पौडेलले नरैनापुर शाखाको संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ ।

यो सहित बैंकको शाखा संख्या ७५ पुगेको छ । बैंकको नेपालभर ९१ एटिएम, तीन एक्सटेन्सन काउन्टर तथा विभिन्न स्थानमा २० वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा दिइरहेको छ ।

]]>
नेपाली र चिनियाँ उद्यमीबीच लगानी सम्झौता http://www.nagariknews.com/news/35652/ Tue, 23 Jan 2018 08:12:00 +0545 http://www.nagariknews.com/news/35652/ बेइजिङस्थित ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनी र चिनियाँ उद्यमी, व्यापारीबीच व्यापारिक आदानप्रदान र व्यापार तथा लगानी सम्झौता भएको छ । काठमाडौं– बेइजिङस्थित ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चमा नेपाली कम्पनी र चिनियाँ उद्यमी, व्यापारीबीच व्यापारिक आदानप्रदान र व्यापार तथा लगानी सम्झौता भएको छ ।

कार्यक्रममा नेपाल र चीनको विज्ञापन व्यवसायलाई परिष्कृत बनाउन दुईदेशीय व्यापारिक आदान–प्रदानसम्बन्धी एक सम्झौतापत्रमा आनका पूर्वअध्यक्ष निर्मलराज पौडेलले हस्ताक्षर गरे । साथै व्यापारिक सहकार्य र संयुक्त लगानीका लागि राजेश बज्राचार्य र चिनियाँ कम्पनीबीच सम्झौता भएको छ ।
कार्यक्रममा मञ्चका नेपाल अक्ष्यक्ष भाष्करराज राजकर्णिकारले नेपाल र दक्षिण एसियाको लागि ओबिओआरको रणनीतिक योजना र समभावनाबारे बोलेका थिए ।

राजकर्णिकारको नेतृत्वमा नौ सदस्यीय व्यापारिक मण्डल दक्षिण एसिया तथा दक्षिण पूर्वएसिया लगानी तथा व्यापार मेलामा सहभागी भएको हो ।उक्त कार्यक्रममा सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सुरज वैद्य, चीनका ओबिओआर अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चका संस्थापक सु या, कार्यकारी अध्यक्ष जोङ जुझाङ लगायतले मन्तव्य राखेको मञ्चले जनाएको छ ।

कार्यक्रममा चीनका, नेपाल, बंगलादेश र भियतनामका सरकारी पदाधिकारी समेत सहभागी थिए । नेपालबाट दमक औद्योगिक पार्क समितिका अध्यक्ष गोविन्द थापा, नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष एवं वेलकम गु्रपका अध्यक्ष निर्मलराज पौडेल, कार्यविनायक टे«ड समूहका राजेश  बज्राचार्य, रज्जु श्रेष्ठ, विपिन तिमिला, राजु डंगोल लगायत उद्यमी व्यवसायीको समेत सहभागिता छ ।
 

]]>
कांग्रेस उम्मेदवारको टुंगो आज http://www.nagariknews.com/news/35650/ Tue, 23 Jan 2018 08:05:00 +0545 http://www.nagariknews.com/news/35650/ कांग्रेसले प्रदेश सातबाट केन्द्रीय सदस्य बद्री पाण्डेसहित तीनजनाको नाम टुंगो लगाएको जनाएको छ । खुला सदस्यमा पाण्डे र महिलामा तारादेवी भट्ट, दलितमा सेरीराम पार्की र अपांगमा छत्रराज जोशीलाई उम्मेदवार बनाउने सहमति जुटेको हो। काठमाडौं –नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीले अघि सार्ने उम्मेदवारको टुंगो मंगलबारसम्म लगाउने भएको छ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारको अन्तिम निर्णय लिनेछ।

कांग्रेसले प्रदेश सातबाट केन्द्रीय सदस्य बद्री पाण्डेसहित तीनजनाको नाम टुंगो लगाएको जनाएको छ । खुला सदस्यमा पाण्डे र महिलामा तारादेवी भट्ट, दलितमा सेरीराम पार्की र अपांगमा छत्रराज जोशीलाई उम्मेदवार बनाउने सहमति जुटेको हो।

उम्मेदवारको टुंगो लगाउन सोमबार पनि पार्टी नेताहरु सक्रिय रहे पनि केही नाममा नेताहरुबीच सहमति जुट्न नसकेपछि मंगलबार पुनः बसेर निर्णणमा पुग्ने सहमति भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । ‘छलफल सुरु भएको छ तर निर्णय हुन बाँकी छ,’ केसीले नागरिकसँग भने, ‘पार्टीभित्र बृहत् सहमतिबाट मंगलबार निर्णयमा पुग्नेछाैँ ।’

कांग्रेसले प्रदेश सातबाट केन्द्रीय सदस्य बद्री पाण्डेसहित तीन जनाको नाम टुंगो लगाएको जनाएको छ। खुला सदस्यमा पाण्डे र महिलामा तारादेवी भट्ट, दलितमा सेरीराम पार्की र अपांगमा छत्रराज जोशीलाई उम्मेदवार बनाउने सहमति जुटेको छ । प्रदेश चारबाट केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई अघि सार्ने निश्चित भएको छ।

यद्यपि नेता रामचन्द्र पौडेलले उक्त प्रदेशबाट मगर समुदायबाट उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गर्दै मन्त्रिपरिषद्बाट मनोनीत गर्ने तीनमध्ये एकमा पाण्डेलाई समेट्न सभापतिलाई आग्रह गरेका थिए। तर, सभापति देउवाले त्यसलाई अस्वीकार गरेका छन्।

प्रदेश नम्बर एकबाट केन्द्रीय सदस्य सरिता प्रसाईंलाई उम्मेदवार बनाउन पौडेल प्रस्ताव गरे पनि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अर्को नाम प्रस्ताव गरेपछि सहमति जुट्न बाँकी छ। प्रदेश दुईमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग तालमेल गरेर अघि बढ्ने कांग्रेसको आन्तरिक तयारी छ।

‘पार्टी केन्द्रीय सदस्य र अवसर नपाएका नेताहरुलाई राष्ट्रियसभा उम्मेदवार बनाउन तयारी छ,’ केसीले भने, ‘अन्य दलसँग पनि छलफल भइरहेकाले सबै एकैसाथ निर्णयमा पुग्छौं।’

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन गर्नुपर्नेछ। 

]]>
पेट्रोल पाइपलाइन रक्सौल आइपुग्यो http://www.nagariknews.com/news/35651/ Tue, 23 Jan 2018 08:05:00 +0545 http://www.nagariknews.com/news/35651/ भारतबाट नेपालमा पाइपबाट पेट्रोलियम पदार्थ ल्याउने बहुप्रतीक्षित रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन निर्माणको लागि चाहिने पाइप नेपालको सीमा क्षेत्र रक्सौल आइपुगेको छ । काठमाडौं – भारतबाट नेपालमा पाइपबाट पेट्रोलियम पदार्थ ल्याउने बहुप्रतीक्षित रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन निर्माणको लागि चाहिने पाइप नेपालको सीमा क्षेत्र रक्सौल आइपुगेको छ ।

पाइपलाइन परियोजना निर्माणको जिम्मा पाएको इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पाइप ल्याउन सुरु गरेको नेपाल आयल निगमले जनाएको छ । पाइप बोकेका २८ लरी (मालबाहक ट्रक) भन्सारमा आइसकेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।‘करिब १३ किलोमिटर पाइप लाइनको लागि चाहिने सामग्री बोकेका लरी रक्सौल आइपुगेका छन्,’ भट्टराईले भने, ‘भन्सार प्रक्रिया मिलाउनु पर्ने भएकाले रोकिएका छन् ।’ २८ मध्ये नौ लरीको सामान ल्याउन स्वीकृत भइसकेको र १९ प्रक्रियामा रहेको भट्टराईले बताए ।

पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको लागि चाहिने सामग्री भन्सार नलाग्ने सम्झौता भएकाले प्रक्रिया मिलाउन रोकिएका हुन् । आइओसीसँग पाइपलाइन परियोजनाको सम्झौता हुँदा सबै सामग्रीलाई भन्सारले निःशुल्क नेपाल प्रवेश गर्न दिनुपर्ने सहमति भएको थियो ।भारतबाट पेट्रोलियम पदार्थ ल्याउन लामो समयदेखि रोकिएको परियोजना निर्माणले गति लिने भएको छ । यो परियोजना निर्माण गर्ने छलफल दुई दशकअघि सुरु भए पनि पाइप सीमा क्षेत्रमा आएपछि नेपाली अधिकारी उत्साहित भएका छन्।

पाइप निर्माणको लागि आवश्यक सामग्री आएपछि बिछ्याउने काम अघि बढ्ने भट्टराईले बताए ।
पाइप ल्याएपछि राख्नको लागि निगमले वीरगन्जमा रहेको चिनी कारखानको जग्गा भाडामा लिएको छ । पाइपलाइनको कुल लम्बाइ ३७ किलोमिटर छ । पाइपलाइन अमलेखगन्ज, पथलैया, सिमरा, जितपुर, रामपुर टोकनी, परवानीपुर,  गण्डक हुँदै बाइपासबाट नेपाल भन्सार वीरगन्ज हुँदै शंकराचार्य गेटबाट दक्षिण सिर्सिया नदीको किनारसम्म पुग्नेछ । चार अर्ब २० करोड रुपैयाँको लागतमा यो परियोजना निर्माण गर्न लागिएको हो । त्यसमा भारतले तीन अर्ब २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता छ ।

पथलैया–परवानीपुर खण्डको २० किलोमिटर सडक विस्तार गरेर ६ लेन बनाएको छ । ती क्षेत्रमा सडक छेउका विद्युत्का पोल सडकले हटाएकाले सहज भएको छ । निगमले पाइपलाइन परियोजनाबारे बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, वीरगन्ज महानगरपालिका, जितपुर नगरपालिका र परवानीपुर गाउँपालिकाका जनप्रतिनिधिसँग पनि छलफल गरेर स्वीकृत लिइसकेको छ । पाइपलाइन आसपासमा पर्ने घर–टहरा भत्काउन सहयोग गर्ने स्थानीय प्रशासनले प्रतिबद्धता जनाइसकेका छन् ।  

अमखलेगन्जदेखि पथलैयासम्म करिब १२ हजार रुख काट्नुपर्ने भएपछि इआइए गरिएको छ । सडकको जग्गा व्यवस्थापन, विद्युत् र टेलिफोनको पोल सार्ने, वन क्षेत्र अधिग्रहण गर्ने र घर–टहरा हटाउने काम अघि बढाएका छन् । सडक किनारबाट पाइप लाइन बिछ्याउँदा भत्किने सडकको मर्मत सम्भारका लागि निगममार्फत सडक विभागमा आठ करोड रुपैयाँ धरौटी राखिएको छ ।

दोस्रो चरणमा अमलेखगन्जको डिपोसँगै रहेको वन क्षेत्र अधिग्रहण गरी ३३.६ हेक्टरमा अर्को भण्डारण गृह निर्माण गर्ने योजना छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ ल्याएपछि अमलेखगन्जमा आठ हजार एक सय किलोलिटर क्षमताको डिपो निर्माण गरिनेछ । त्यहाँ अहिले २३ हजार दुई सय ३० केएलका दुई ट्यांकी छन् । पहिलो चरणमा चार हजार एक सय किलोलिटर, दोस्रो चरणमा चार हजार एक सय केएल क्षमताको पेट्रोल भण्डार, ११ हजार ६ सय किलोलिटरको डिजेल भण्डारण गर्ने ट्यांकी निर्माण गरिनेछ ।

पाइपलाइन प्रयोगमा आएपछि प्रतिघन्टामा दुई लाख लिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्ने लक्ष्य राखिएको छ । पाइपलाइन निर्माण भए ग्यासबाहेकका पेट्रोलियम पदार्थ ल्याउन सकिन्छ । पाइपलाइनले पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा पनि सहयोग पुग्नेछ ।
पाइपलाइन बनेपछि ट्यांकरबाट ढुवानी हुँदै आएको पेट्रोलियम पदार्थ पाइपबाट आउने छ । सो परियोजना निर्माण सम्पन्न भएपछि नेपाललाई वार्षिक करिब दुई अर्ब रुपैयाँ फाइदा हुने भएको छ ।

पेट्रोलियम ढुवानी लागत सस्तो हुने, चोरी, चुहावट र मिसावट, तेल ट्यांकर हिँड्दाको ट्राफिक जाम जस्ता समस्या हल हुनेछ । यसबाट पेट्रोल, डिजेल र मट्टितेल ल्याइनेछ । एक प्रकारको इन्धन आएपछि पाइप सफा गरेर अर्को इन्धन ल्याइनेछ । पाइपबाट एकपटकमा तीन हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने छ।

अहिले करिब १५ सय ट्यांकरले तेल ढुवानी गर्दै आएका छन् । पाइपलाइन बनेपछि आइओसी पुगेर ट्यांकरले ढुवानी गर्दा लाग्ने लागतसहित वातावरण प्रदूषणसमेत घट्नेछ । ढुवानीको लागि प्रयोग हुने डिजेल, ढुवानी भाडा लगायत अन्य खर्च बचत हुने निगमले जनाएको  । सोसँगै ट्यांकरले गर्ने वातावरण प्रदुषण कम हुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २०७१ साउनमा नेपाल भ्रमणको बेला पाइपलाइन बनाइदिने प्रतिबद्धतापछि सोही वर्षको भदौमा सम्झौता भएको थियो ।

]]>
युवा उद्यमी अग्रवाल रहेनन् http://www.nagariknews.com/news/35649/ Tue, 23 Jan 2018 07:59:00 +0545 http://www.nagariknews.com/news/35649/ युवा उद्यमी मनिष अग्रवालको निधन भएको छ । उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समिति सभापति अग्रवालको आइतबार निधन भएको हो । काठमाडौं – युवा उद्यमी मनिष अग्रवालको निधन भएको छ । उद्योगी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समिति सभापति अग्रवालको आइतबार निधन भएको हो ।

एचपी अग्रवाल कम्पनिजका निर्देशक अग्रवाललाई ‘ब्लड क्यान्सर’ भएको मृत्युको १० दिनअघि मात्र पत्ता लागेको थियो । पारिवारिक स्रोतका अनुसार एक महिनाअघि भारतको मेदान्त अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गर्दा सबै सामान्य रहेको अस्पतालले बताएको थियो ।

तर, नेपाल फर्र्किएको केही दिनमै स्वास्थ्य समस्या देखिएपछि पुनः मेदान्त गएर १५ दिनदेखि उपचार भइरहेको थियो । ४५ वर्षीय अग्रवालले चिनी, प्लास्टिक, घ्यु–तेल उद्योगदेखि मेडिकल कलेजलगायतमा लगानी गरेका थिए ।
 

]]>
बिमा समिति कर्मचारी युनियनको अध्यक्षमा सोडारी http://www.nagariknews.com/news/35647/ Tue, 23 Jan 2018 07:55:00 +0545 http://www.nagariknews.com/news/35647/ बिमा समिती कर्मचारी युनियनको पाचाै‌ अधिवेशन सम्पन्न भएको छ । बिमा समितीका अध्यक्ष चिरञ्जीवी चापागाईको प्रमुख आतित्थ्यथामा सम्पन्न युनियनको पाचाँ भेलाले पदमप्रसाद सोडारीको अध्यक्षतामा ९ सदस्य कार्य समिती चयन गरेको छ । काठमाडौ – बिमा समिती कर्मचारी युनियनको पाचाै‌ अधिवेशन सम्पन्न भएको छ । बिमा समितीका अध्यक्ष चिरञ्जीवी चापागाईको प्रमुख आतित्थ्यथामा सम्पन्न युनियनको पाचाँ भेलाले पदमप्रसाद सोडारीको अध्यक्षतामा ९ सदस्य कार्य समिती चयन गरेको छ ।

जसमा प्रथम उपाध्यक्षमा सुन्दर शर्मा, द्धितीय उपाध्यक्षमा पिताम्बर पराजुली, महासचिवमा शेखर शर्मा, सचिव कुुसूम शर्मा र कोषाध्यक्षमा टेकराज पाण्डे रहेको समितीले जनाएको छ । यस कर्मचारी युनियन कर्मचारी हकहित र समग्र बिमा क्षेत्रको सुधारको लागि श्रम ऐन अनुसार स्थापित प्रतिष्ठान स्तरको युनियन हो।

उक्त कार्यक्रममा बिमा समितीका निमिक्त कार्यकारी निर्देशक श्रीमान् कार्कीले बिमा समितीको विकास बिस्तारमा कर्मचारीहरले निवार्ह गरेको भुमिकाको उच्च प्रंशसा गरे ।
 

]]>
प्रदूषण र मानव चापले घटे पानी चरा http://www.nagariknews.com/news/35648/ Tue, 23 Jan 2018 07:54:00 +0545 http://www.nagariknews.com/news/35648/ जाडो छल्न पानीमा आश्रित चरा साइबेरियाजस्ता चिसा ठाउँबाट हिउँदको समयमा नेपालका नदी, खोला, पोखरी, तालतलैया र सिमसार क्षेत्रमा आउँछन् । बासस्थान राम्रो भएमा र पानीमा माछा, कीरा फट्यांग्रा र लेउ तथा झ्याउजस्ता आहारा प्रशस्त भएमा उनीहरु हिमालय शृंखलासमेत पार गरेर नेपाल आउने हुन्। चितवन – जाडो छल्न पानीमा आश्रित चरा साइबेरियाजस्ता चिसा ठाउँबाट हिउँदको समयमा नेपालका नदी, खोला, पोखरी, तालतलैया र सिमसार क्षेत्रमा आउँछन् । बासस्थान राम्रो भएमा र पानीमा माछा, कीरा फट्यांग्रा र लेउ तथा झ्याउजस्ता आहारा प्रशस्त भएमा उनीहरु हिमालय शृंखलासमेत पार गरेर नेपाल आउने हुन्।

मानव चाप नबढे चराको बासस्थान सुरक्षित हुन्छ । प्रदूषणको मार नपरेको खोला र नदीमा माछालगायतका आहारा हुन्छन् । त्यसैले हिमाल नाघेर नेपाल आउने चराले यहाँको वातावरणको अवस्थाबारे संकेत गरिरहेका हुन्छन् । चराहरु केकति आउँछन् भन्ने जानकारी लिन जनवरी ६ देखि २१ सम्म नेपालमा पनि पानी चरा गणना हुने गर्छ । यसपटक चितवन निकुञ्जको राप्ती क्षेत्रमा भएको गणनामा सन्तोषजनक अवस्था देखिएन।

जलस्रोतमा प्रदूषण तथा मानव चाप बढ्दै जाँदा वातावरण चराका लागि प्रतिकूल बन्दै जान्छ र तिनको संख्या पातलिन थाल्छ।

चितवन निकुञ्जको पूर्वी र पश्चिमी सेक्टरमा छुट्टाछुट्टै टोलीले चरा गणना गर्छ । पूर्वी सेक्टरमा राप्ती नदी, ढुङ्ग्रे खोला, बुढी रापती खोलालगायत निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रका तालतलैया, सिमसार र निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाहिरका सम्भावित स्थानमा चरा गणना भएको थियो । त्यस क्रममा ४८ प्रजातिका पानी चरा फेला परेको गणनामा संलग्न बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष बासु बिडारीले जानकारी दिए।

‘गत वर्ष ५४ प्रजातिका पानी चरा फेला परेकोमा यसपटक छवटा प्रजाति देखिएनन्’, चराविद् बिडारीले भने । सिन्दुरे हाँस, फुर्के हाँस, हरी हाँस, सुइरोपुच्छ«े हाँस, सुनचोरे हाँसजस्ता पानी चराका प्रजाति यसपटक देखा नपरेको उनले बताए । गत वर्ष नदेखिएको कमन सेल्ट डक यसपटक देखिएको उनले बताए । चितवनमा तीन वर्षपछि यो चरा फेला परेको उनको भनाइ छ।
    
नदी प्रदूषण र मानव चापको असर
प्रजातिमात्रै होइन, यसपटक चराको संख्या पनि कम भएको बिडारीले बताए । यो वर्षको गणनामा पानी चरा पाँच हजार ५ सय ७६ वटा फेला गरे । अघिल्लो वर्ष छ हजारभन्दा धेरै भेटिएको उनको भनाइ छ । प्रदूषण र नदी आसपासमा मानव चाप बढेका कारण नै यसो चराको संख्या कम भएको बिडारीले बताए । खेतीपातीमा विषादी प्रयोग बढेका कारण पनि चरालाई समस्या परेको उनको भनाइ छ।

‘अहिले पनि जहाँ मान्छेको कम चाप छ, प्रदूषणको मार खासै छैन, त्यहाँ चराको संख्या राम्रै देखियो’, बिडारीले भने । यसपटक चितवनमा भएको चरा गणनामा प्रख्यात बेलयती चरा विज्ञ क्यारोल इन्स्किप पनि दुई दिन हिँडिन् । सुरुको दिन उनी निकै खुसी देखिएकी थिइन् । त्यो दिन चितवनको लोथर हुँदै सौराहासम्मको राप्ती नदीमा पानी चरा गणना भएको थियो । त्यस क्षेत्रमा चरा र गोहीको संख्या उल्लेख्य थियो । चितवनमा राप्ती नदीको लोथर कुचकुचेदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म दुई दिन लगाएर चरा गणना भएको थियो । लोथरदेखि सौराहासम्म राप्ती नदीवरपर बस्ती पनि कमै छ । नदीको पानी प्रदूषण हुने सम्भावना पनि कम नै छ । त्यसैले त्यहाँ चरा प्रशस्तै पाइए । भोलिपल्ट सौराहादेखि कसरासम्म जाँदा चरा खासै देखिएनन्।
राप्ती नदीका साथै बुढी रापती र ढुंग्रे खोला अनि निकुञ्जभित्रका लामिताल, तमोर ताल, गरुडा ताल, मध्यवर्ती क्षेत्रका २० हजारी ताल र बाटुली ताल तथा भण्डाराको मत्स्य विकास केन्द्रमा पानी चरा गणना भएको थियो । गणनामा ४० जना खटेका थिए। तालमा पनि जहाँ मान्छेको आवतजावत कम छ, फोहर कम छ, त्यहाँ नै धेरै चरा भेटिएको बिडारीले जानकारी दिए।

‘बाटुली ताल नयाँ हो । त्यहाँ मान्छे पनि खासै ओहोरदोहोर गर्दैनन् । प्रदूषण पनि छैन त्यसैले त्यहाँ प्रसस्त चराहरु भेटिए । सिलसिले हाँस त्यहीं मात्रै चार सय पाँचवटा भेटिए । अन्यत्र भने जम्मा पाँचवटा भेटिए । त्यसैले प्रदूषण र मानवको चाप नै चरा कम हुनुको कारण हो’, बिडारीले भने।

यस पटक चखेवाचखेवी सबैभन्दा धेरै भेटिएको बिडारीले जानकारी दिए । ‘चखेवाचखेवी जहाँत्यहीं हुन्छन् । यी चरा नै सधैं सबैभन्दा धेरै भेटिन्छन् । यो वर्ष हामीले गणना गरेको क्षेत्रमा दुई हजार ८ सय ४९ वटा चखेवाचखेवी फेला परे । यो संख्या अघिल्लो वर्षको भन्दा पनि धेरै हो’, बिडारीले भने । अघिल्लो वर्ष २४ सयको हाराहारीमा चखेवा भेटिएका थिए ।

]]>
वीरगन्जको अर्धवार्षिक बजेट http://www.nagariknews.com/news/35646/ Tue, 23 Jan 2018 07:49:00 +0545 http://www.nagariknews.com/news/35646/ चालु आर्थिक वर्षको आधा अवधि अर्थात माघदेखि असार मसान्तसम्मका लागि वीरगन्ज महानगरले पहिलो नगर सभाबाट चार अर्ब २२ करोड २५ लाख ८९ हजार रुपैयाँको बजेट पारित गरेको छ । वीरगन्ज – चालु आर्थिक वर्षको आधा अवधि अर्थात माघदेखि असार मसान्तसम्मका लागि वीरगन्ज महानगरले पहिलो नगर सभाबाट चार अर्ब २२ करोड २५ लाख ८९ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

मुलुककै नमुना सहरको रुपमा विकासको लक्ष्य हासिल गर्ने दीर्घकालीन उद्देश्य अनुरुप ल्याइएको भनिएको नीति तथा कार्यक्रम अन्तर्गत नगरप्रमुख विजय सरावगीले प्रस्तुत गरेको बजेट नगर सभाले सर्वसम्मत पारित गरेको हो ।

महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीका अनुसार नीति तथा कार्यक्रमलाई सफल कार्यान्वयन गर्न आर्थिक वर्ष ०७४-७५ का बाँकी अवधिका लागि अनुमानित आय–व्ययसहितको बजेट नगर सभाले पारित गरेको हो । ‘निर्वाचित जनप्रतिनिधि सहितको महानगरपालिकाको काम कारबाही अगाडि बढाउन यो बजेट आधार हुनेछ,’ रेग्मीले भने, ‘साउनपछिको नयाँ आर्थिक वर्षका लागि पूर्ण बजेट त्यति बेला आउने छ ।’

‘आयतर्फ आन्तरिक आयमा कर, सेवा शुल्क र दस्तुरबाट २१ करोड, राजस्व बाँडफाँडबाट तीन करोड, जनसहभागिताबाट दुई करोड र नेपाल सरकारबाट सशर्त अनुदानबाट तीन अर्ब चार करोड ६९ लाख ८९ हजार चार सय ४५ रुपैयाँ, समानीकरण अनुदान ९० करोड सात लाख ६२ हजार पाँच सय ५७ रुपैयाँ र अन्य आय ११ लाख तथा गतवर्षको एक करोड ४७ लाख ३७ हजार आठ सय ३७ रुपैयाँ गरी कुल जम्मा चार अर्ब २२ करोड २५ लाख ८९ हजार आठ सय ३९ रुपैयाँ आय अनुमान गरिएको छ,’ नगर प्रमुखद्वारा प्रस्तुत भएर नगर सभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख छ । ‘व्ययतर्फ चालु खर्चमा एक अर्ब २३ करोड ५९ लाख ६८ हजार, पुँजीगत खर्चमा दुई अर्ब ९८ करोड ६६ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।’

चालुतर्फ विनियोजित रकम कुल बजेटको २९.२७ प्रतिशत र पुँजीगततर्फको ७०.७३ प्रतिशत हुन आउँछ । विनियोजित बजेटको क्षेत्रगत रुपमा आर्थिक विकासमा एक करोड ५२ लाख १९ हजार, सामाजिक विकासमा ५४ करोड ९३ लाख ६० हजार, पूर्वाधार विकास क्षेत्रतर्फ दुई अर्ब ९४ करोड २१ लाख १२ हजार, वातावरण तथा विपद व्यवस्थापन क्षेत्रतर्फ एक करोड ८५ लाख, संस्थागत विकास तथा सेवा प्रवाह एक करोड तीन लाख ३६ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ६८ करोड ७० लाख ६२ हजार रुपैयाँ रहेको छ ।

‘योजनाको तर्जुमा भएपछि अब कार्यान्वयन महत्वपूर्ण पक्ष हो । हामीले तर्जुमा गरेका कतिपय कार्य सम्पादन गर्न हाम्रो सहकार्य, साझेदारी तथा रचनात्मक सहयोग आवश्यक पर्छ । त्यस कारण विभिन्न सरकारी निकाय, निजी क्षेत्र, दातृ निकाय, अन्तर्राष्ट्रिय संघ–संस्था, सहयोगी मित्र राष्ट्र, गैरसरकारी तथा सहकारी संघसंस्था, टोल विकास संस्था लगायत अन्य सबै रोकारवालालाई सहकार्यका लागि हामीले अह्वान गरेका छौं,’ महानगर प्रमुख सरावगीले भने, ‘वीरगन्ज महानगर नेपालको समृद्ध सहर बन्ने प्रचूर सम्भावना छन् । वीरगन्जको विकास र समृद्धिका हकमा यो नगरसभामा कोही पक्ष र प्रतिपक्ष छैन । नगर सभाको साझा संकल्प छ वीरगन्जलाई देशकै नमुना र उदाहरणीय सहर बनाइछाड्ने छौं ।’
 

]]>
रेल बिछ्याउने काम सुरु http://www.nagariknews.com/news/35645/ Tue, 23 Jan 2018 07:42:00 +0545 http://www.nagariknews.com/news/35645/ निर्माणाधिन जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको जयनगर–कुर्था खण्डमा रेलका लिक बिछ्याउन सुरु भएको छ । ३५ किलोमिटर लामो उक्त मार्गमा जयनगरबाट लिक (रेल) बिछ्याउन सुरु गरिएको हो । काठमाडौं –निर्माणाधिन जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको जयनगर–कुर्था खण्डमा रेलका लिक बिछ्याउन सुरु भएको छ । ३५ किलोमिटर लामो उक्त मार्गमा जयनगरबाट लिक (रेल) बिछ्याउन सुरु गरिएको हो ।

रेलका लिक बिछ्याउने काम सुरु भएको रेल विभागका सिरियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले बताए । ‘दुई हप्तादेखि रेलको लागि स्लिपर र रेल बिछ्याउने काम भइरहेको छ,’ प्रवक्ता समेत रहेका उपाध्यायले भने, ‘जयनगरदेखि कुर्तासम्मको ३५ किलोमिटर रेलमार्ग अन्तिम चरणमा पुगेको छ ।’
भारतको पूर्ण सहयोगमा निर्माणाधीन उक्त मार्गका लागि मंसिरको पहिलो हप्तादेखि रेलका लिक आउन थालेका थिए । विभागका अनुसार ३५ किलोमिटर उक्त मार्गका लागि झन्डै ४१ हजार टन रेल आवश्यक पर्छ ।

जयनगरदेखि सुरु भएर जनकपुर हुँदै बर्दिबाससम्म पुग्ने ६९.२ किलोमिटरमध्ये हालको लागि धनुषा, कुर्थासम्म ३५ किलोमिटरको रेल मार्गमा लिक बिछ्याउन लागिएको हो । रेलका लिक बिछ्याउनुभन्दा पहिला काठ बिछ्याउने गरिएकोमा काठको अभावमा ‘सिमेन्ट स्लिपर’ बिछ्याउन लागिएको हो । यो मार्गलाई आगामी कात्तिक महिनाभित्र सक्ने विभागले जनाएको छ ।

रेल बिछ्याउन सुरु भइसके पनि रेलको इन्जिन र डिब्बा किन्ने प्रक्रिया भने अन्योलमा छ । उक्त मार्गमा सञ्चालन हुने रेलको इन्जिन तथा यात्रु र मालबाहक डिब्बा किन्न झन्डै दुई अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । तालुक मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट यस विषयमा कुनै निर्णय हुन सकेको छैन । विभागले उक्त मार्गमा रेल चलाउन रेलको माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिसकेको छ ।

निर्माण सम्पन्न हुनै लागेको उक्त लिकमा रेल सञ्चालन गर्ने विषयमा विभागले गरेको अध्ययन अनुसार उक्त मार्गमा सुरुमा कम्तीमा सात हजार यात्रु दैनिक आवतजावत गर्ने अनुमान छ । त्यसैगरी, प्रशस्त मात्रामा सामान ओसारपसार हुने देखिएको छ । विभागले यात्रु बोक्ने कम्तीमा पाँचवटा इन्जिन (लोकोमोटिभ) पर्ने विभागको प्रस्ताव छ ।मुलुकमा रेल सञ्चालनको अनुभव नभएको भन्दै आउटसोर्सिङ गर्ने कि आफैं किन्ने भन्ने विषयमा पनि चर्चा भइरहेको छ । अनुभव, प्रविधि र दक्ष जनशक्ति अभाव हुँदा रेल भाडामा लिन सकिने विषयमा समेत छलफल भइहेको छ ।

भारत, आसामको नायक इन्फ्रास्ट्रक्चरको आर्थिक तथा प्राविधिक सहयोगमा बनिरहेको यो प्रोजेक्ट १० अर्ब रुपैयाँको हो । यो ब्रोडगेज रेलमार्ग हो ।   झन्डै ७० किलोमिटरमध्ये जनकपुर–बिजुलपुरासम्मको मार्गमा जमिन मिलाउने  काम भइरहेको विभागले जनाएको छ । यो मार्ग निर्माणको लागि कालिका रमण जेभीले ठेक्का पाएको छ । बिजुलपुरादेखि बर्दिबासम्मको भने जग्गा अधिग्रहण हुनै सकेको छैन ।

यो बाहेक बिहारको जोगबनीदेखि विराटनगरसम्मको १८.६ किलोमिटर रेलमार्ग पनि निर्माणाधीन छ । यो मार्गको केही भागमा जग्गा मुआब्जामा समस्या उत्पन्न भएको छ । मुआब्जा कम भएको भन्दै स्थानीयले बुझ्न मानेका छैनन् ।यी दुई मार्गको ८८ किलोमिटरको काम भइरहेको छ । त्यसबाहेक मुलुकमा विभिन्न रेलमार्ग बनाउने भनेर चर्चा भए पनि विस्तृत परियोजना प्रतिवेदन बाहेक अन्य काम सुरु हुन सकेको छैन । पूर्व–पश्चिम रेलमार्ग, सात सहरलाई भारतसँग जोड्ने मार्ग, काठमाडौंमा मोनोरेल, चीनबाट रसुवागढी हुँदै आउने रेल लगायत मार्गको चर्चा भइरहेको छ ।

]]>
हात्तीबाट ज्यान बचाउनै मुस्किल http://www.nagariknews.com/news/35644/ Tue, 23 Jan 2018 07:41:00 +0545 http://www.nagariknews.com/news/35644/ दमक नगरपालिका वडा नम्बर २ र ३ का स्थानीय जंगली हात्तीका कारण त्रस्त छन् । हात्ती लखेट्न जिल्ला वन कार्यालयले साइरनजडित गाडी पठाए पनि आतंक घटेको छैन। दमक – दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बराल रात परेपछि पुल्ठो लिएर निस्कन्छन् । उनका छिमेकी कोही थाल ठटाउँछन्, कोही शंख फुक्न थाल्छन् । अनि कोही पटका पड्काउँदै सडकमा निस्कन्छन् । एक महिनादेखि साँझ परेपछि यसैगरी विभिन्न तौरतरिका प्रयोग गरेर हात्ती लखेट्नु गाउँले सबैको दैनिकी बनेको छ।

दमक नगरपालिका वडा नम्बर २ र ३ का स्थानीय जंगली हात्तीका कारण त्रस्त छन् । हात्ती लखेट्न जिल्ला वन कार्यालयले साइरनजडित गाडी पठाए पनि आतंक घटेको छैन । ‘कहिलेकाहीं गाडी साइरन बजाउँदै आउँछ, त्यति बेला त गाउँले पनि पछिपछि कुद्छन्, हात्ती लखेट्न सजिलै हुन्छ’, बराल भन्छन्, ‘गाडी नआएको दिन हात्ती गाउँ पस्ने डरले रातभर निद्रै पर्दैन ।’
‘एकहुल हात्ती भारतको बाटो हुँदै यता पसेका छन्’, बरालले थपे, ‘बेलुका ७ बजेदेखि धेरैलाई यस्तै हैरानी छ । हैरानी पनि नहोस् कसरी, बितेको २२ दिनयता दुई वडामा मात्रै २७ जनाको घरखेतीमा हात्तीले विध्वंश मच्चाएको छ । बरालका अनुसार सानोठूलो गरेर धेरै क्षति भइसकेको छ । ‘नियन्त्रणका लागि प्रभावकारी उपाय छैन’, उनले बाध्यता सुनाए, ‘जिउ र धनको सुरक्षाका लागि थाल ठटाउनु र पटका पड्काउनु बाध्यता हो।’

दमक नगरपालिका वडा नम्बर २ र ३ का स्थानीय जंगली हात्तीका कारण त्रस्त छन् । हात्ती लखेट्न जिल्ला वन कार्यालयले साइरनजडित गाडी पठाए पनि आतंक घटेको छैन।

झापाको सीमानजिकै इलामको पेल्टीमारीमा १० जना हात्तीका कारण विस्थापित नै बनेका छन् । आइतबार दिउँसो खेतमा पानी लाउन गएका चुलाचुली ३ का सोमनाथ भण्डारीको हात्तीको आक्रमणबाट ज्यान गएको छ । रतुवा नदीपारि इलामतर्फ हात्तीको आक्रमणबाट मृत्यु भएपछि झापामा समेत त्रास बढेको छ । वडाध्यक्ष बरालका अनुसार दमक वडा नं. २ र ३ मा रहेको हम्से दुम्से सामुदायिक बनमा दिउँसोभरि बस्ने हात्ती बेलुका भएपछि आहार खोज्न दमक र चुलाचुलीसम्म पुग्ने गरेका छन्। ‘सात हात्तीको समूहले कहिले दमकमा त कहिले चुलाचुलीमा क्षति पुर्याइरहेको छ’, बरालले भने, ‘अब पनि नियन्त्रणमा नआए ज्यान बचाउन मुस्किल पर्छ।’

जंगलनजिकैको बस्तीमा झन् धेरै जोखिम रहेको स्थानीय बताउँछन् । ‘दिनभर अन्यत्र काम गरे पनि राति हात्ती खेदाउन घरमा आउनुपर्ने बाध्यता छ’, स्थानीय सोम ढुंगानाले भने, ‘नभए कतिबेला घर भत्काउला र ज्यान जाला भन्ने त्रास छ।’

दमक २ का शुक्रराज जबेगूको टिनले बनाएको घर कामै नलाग्नेगरी हात्तीले भत्काएको छ । घरनजिकै लगाइएको तोरी हेरिसक्नु छैन । आलुबाली कुल्चेर खत्तम बनाएको छ । ‘राति सुतिरहेका बेला हात्तीले उत्तरतिर भत्काउन थाल्यो’, जबेगूले भने, ‘हतारहतार निस्किएर ज्यानसम्म बचाइयो ।’ जबेगूको घरमा खैलाबैला मच्चिएपछि वरिपरिका गाउँले भेला भए । ‘अनि आगो बालियो, त्यसपछि हात्ती अर्कोतर्फ लागे’, जबेगूले भने, ‘अनि बल्ल बाँचियो भन्ने लाग्यो।’

जबेगूको घरनजिकैका सुरेन्द्र दुलालको घरअगाडिको पर्खाल बिहीबार बिहान हात्तीले लडायो । दुलालकी श्रीमति बिहानै उठेर चिया पकाउने तयारी गर्दै थिइन् । ‘त्यत्तिकैमा पर्खाल लड्यो, हात्ती घरभित्र छिर्ने डर पनि भयो अनि थाल ठटाउन थालियो, छिमेकीले आगो बाले अनि हात्ती अर्कैतिर लागे’, दुलालले भने।

दमक ३ कै वीरबहादुर पौडेलको ५ कट्ठामा लगाएको फर्सी र गोलभेंडा खेती हात्तीकै आहारा भयो । ‘आहारा खोज्दै घरभित्र पसेका हात्तीले गाईका लागि ल्याएको चोकर पनि खायो । ज्यान बचाउनै मुस्किल हुने अवस्था आइसकेको छ’, पौडेलले भने ।
जाडोमा हात्तीले घर भत्काएपछि पीडितको थप बिजोग भएको छ । हात्तीले चुलाचुलीका ललित राई, मनु राई, नेत्र बास्कोटा, नरबहादुर भुजेल, खेमनाथ अधिकारी, सुमन लिम्बूलगायतको घर कामै नलाग्नेगरी भत्काएको छ । ‘पहिले घरमा रहेको धान खोज्ने, नभेटेपछि भौतिक क्षति गर्ने गरेको छ’, ढुंगानाले भने, ‘हाम्रै वडामा मात्रै १६ जनाको घर र बालीमा क्षति पुगेको छ।’

वडाध्यक्ष बरालले हात्तीको त्रासदी नियन्त्रणका लागि सरकारी स्तरबाट कुनै सहयोग नभएको बताए । हात्ती नियन्त्रणका लागि सशस्त्र प्रहरीलाई अनुरोध गरेको भए पनि सीमित स्रोतका कारण आउन नसक्ने जबाफ दिएको उनले सुनाए। ‘प्रहरी बोलाउँदा समेत आउँदैनन्’, उनले भने, ‘पर्याप्त साधन छैन, हात्तीलाई गोली हान्ने आदेश छैन भनेर प्रहरी पन्छिने गरेको छ।’
 हात्तीबाट क्षति भोग्ने केहीले क्षतिपूर्ति पनि पाएका छन् तर त्यो नगन्य भएको उनीहरुको गुनासो छ।

]]>
अग्नीपीडितलाई राहत http://www.nagariknews.com/news/35643/ Tue, 23 Jan 2018 07:35:00 +0545 http://www.nagariknews.com/news/35643/ गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषद् संयुक्त अरब इमिरेट्स नामक संस्थाले खोटाङको हलेसीका आगलागीपीडितलाई दुई लाख बराबरको खाद्य सामग्रीका साथै ओढ्ने–ओछ्याउने लुगाकपडा प्रदान गरेको छ । खोटाङ – गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषद् संयुक्त अरब इमिरेट्स नामक संस्थाले खोटाङको हलेसीका आगलागीपीडितलाई दुई लाख बराबरको खाद्य सामग्रीका साथै ओढ्ने–ओछ्याउने लुगाकपडा प्रदान गरेको छ ।

पुस १८ गते भएको आगलागीमा घरसहित सर्वस्व गुमाएपछि टहरामा दिन बिताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राई, उचितबहादुर राई, तम्बराज राई, अम्बराज राई र मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीश दास लगायत पीडितलाई राहत स्वरुप ब्ल्यांकेट, चामल, नुन, तेल, चिनी लगायत सामग्री प्रदान गरिएको हो ।

विस्थापित भएपछि नेपाली सेना र शसस्त्र प्रहरीले बनाइदिएको अस्थायी टहरामा बसिरहेका अग्नीपीडितलाई गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषद् संयुक्त अरब इमिरेट्सले सोमबार प्रतिपरिवार दुई थान ब्ल्यांकेट, एक थान सिरानी, सय केजी चामल, १० लिटर तेल, १५ केजी दाल, १० केजी नुन र १० केजी चिनी प्रदान गरेको हो । दुई संस्थाले आंशिक क्षति बेहोरेका प्रकाशचन्द्र गिरी, सरणसरी राई, मित्रमान राई र शक्तबहादुर राईलाई पनि राहत प्रदान गरेको मेयर इवन राईले बताए ।

अग्नीपीडितको सहयोगार्थ काठमाडौंमा दिनेश राईको संयोजकत्वमा गठन गरिएको अग्निपीडित राहत संकलन समितिको समन्वयमा गैरआवासीय नेपाली संघ र राष्ट्रिय समन्वय परिषद् संयुक्त अरब इमिरेट्स नामक संस्थाले अग्नीपीडितलाई हलेसीमै आएर राहत प्रदान गरेको हो । गैरआवासीय नेपाली संघले खाद्यपदार्थ तथा राष्ट्रिय समन्वय परिषद् संयुक्त अरब इमिरेट्सले लत्ताकपडा प्रदान गरेको जनाइएको छ ।

पीडितलाई यसअघि, दैवीप्रकोप उद्धार समिति, हलेसी तुवाचुङ नगरपालिका, रेडक्रस, उद्योग वाणिज्य संघ, नगरपालिका, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, जनज्योति क्लब र जनकल्याणकारी सेवा समाजले सञ्चालन गरेको ‘घर सल्लाह फेसबुक ग्रुप च्याट’, लोक नेपाल, मारातिका छिमेद ताग्तेन छोलिङ गुम्बा, सुम्नीमा पारुहाङ सांस्कृतिक समुह महादेवस्थान, धर्मशाला बासुमाला बेलबोटे सामुदायिक वन लगायतले राहत प्रदान गरिसकेको छ ।

]]>
रोकिएको कन्टेनर आजदेखि सञ्चालन http://www.nagariknews.com/news/35641/ Tue, 23 Jan 2018 07:19:00 +0545 http://www.nagariknews.com/news/35641/ सोनाम ल्होसारको कारण एक सातादेखि रोकिएको कन्टेनर सोमबार देखि सञ्चालनमा आएका छन् । ल्होसारको समयमा चीनतर्फ एकसाता सार्वजनिक बिदा परेकाले कन्टेनर सञ्चालन रोकिएको थियो । बिदाको समयमा सामग्री बोकेका कन्टेनर सञ्चालन नभए तापनि खाली कन्टेनर तथा साना सवारी साधन सञ्चालन रोकिएको थिएन् । रसुवा – सोनाम ल्होसारको कारण एक सातादेखि रोकिएको कन्टेनर सोमबार देखि सञ्चालनमा आएका छन् ।
ल्होसारको समयमा चीनतर्फ एकसाता सार्वजनिक बिदा परेकाले कन्टेनर सञ्चालन रोकिएको थियो । बिदाको समयमा सामग्री बोकेका कन्टेनर सञ्चालन नभए तापनि खाली कन्टेनर तथा साना सवारी साधन सञ्चालन रोकिएको थिएन् ।

पुस ३० गतेसम्म चिनियाँ भन्सारले कन्टेनरमा सिल लगाएको थियो । सिल लगाइएका कन्टेनर सोमबार साँझसम्ममा नेपाल आएका थिए भने सामग्री आयातका लागि केही कन्टेनर चीनतर्फ गएका थिए ।
चीनको केरुङमा रहेका करिब एक सय ७० कन्टेनरमा आज सिल लगाउने तयारी भएको चिनियाँ अधिकारीले बताएका छन् । सामग्री लिन गएका कन्टेनरले चिनियाँ भन्सारको पार्किङ क्षेत्र भरिएको नेपाली व्यवसायी पुरुषोत्तम पौडेलले बताए ।

रसुवागढी भन्सार कार्यालयले माघ महिनामा करिब ३० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । माघ महिनामा चीनतर्फ लामो अवधिको बिदा हुने र हिउँ पर्ने सिजन पनि यही भएकाले लक्ष्य अनुसारको राजस्व उठाउन कठिन हुने प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए ।

रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ । २०७१ देखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक दुई सय ५० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् । चीनले अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ ।

चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पार्टपुर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ भने नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरा लगायत सामग्री निर्यात हुने गरेको छ ।
 

]]>
खुला आकाशमुनि कक्षा http://www.nagariknews.com/news/35642/ Tue, 23 Jan 2018 07:19:00 +0545 http://www.nagariknews.com/news/35642/ सोनिसा चेपाङ आइतबार दुई घण्टा हिँडेर विद्यालय पुगिन् तर पढ्दैनपढी साँझ घर फर्किन् । कारण थियो विद्यालयमा शिक्षक नआउनु । ३ कक्षामा पढ्दै गरेकी सोनिसामात्रै होइन, धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. २ महादेवस्थानमा रहेको सीतामाई आधारभूत विद्यालयका प्रायः सबै विद्यार्थीको यस्तै अवस्था छ। महादेवस्थान – सोनिसा चेपाङ आइतबार दुई घण्टा हिँडेर विद्यालय पुगिन् तर पढ्दैनपढी साँझ घर फर्किन् । कारण थियो विद्यालयमा शिक्षक नआउनु । ३ कक्षामा पढ्दै गरेकी सोनिसामात्रै होइन, धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. २ महादेवस्थानमा रहेको सीतामाई आधारभूत विद्यालयका प्रायः सबै विद्यार्थीको यस्तै अवस्था छ।

आइतबार बिहान ११ः३० बजिसक्दा पनि विद्यालयमा न शिक्षक आएका थिए न त पूरै विद्यार्थी । आएका विद्यार्थी पनि कोही घाम ताप्न त कोही खेल्न व्यस्त देखिन्थे । भूकम्पले दुईकोठे भवन चर्काएर बस्न नहुने भएपछि खुला आकाशमुनि पठनपाठन भइरहेको विद्यालयमा न शिक्षक समयमा आउने ठेगान हुन्छ न विद्यार्थी नै।

दुईतीन घण्टा लगाएर विद्यार्थी पढ्न आए पनि शिक्षक नै नआउँदा उनीहरुसँग खेल्नुको विकल्प हुँदैन । यो विद्यालयमा ३ कक्षासम्म पढाइ हुन्छ । सामान्यतया विद्यालय १० बजेबाट ४ बजेसम्म सञ्चालन हुन्छ तर यो विद्यालयका विद्यार्थीको दिन किताबकापी अगाडि राखेर शिक्षक कुर्दैमा बित्छ।

भूकम्पले दुईकोठे भवन चर्काएर बस्न नहुने भएपछि खुला आकाशमुनि पठनपाठन भइरहेको विद्यालयमा न शिक्षक समयमा आउने ठेगान हुन्छ न विद्यार्थी नै।

विद्यालयमा भौतिक संरचना पनि नहुँदा दुई वर्षयता खुला आकाशमुनि पढाइ हुँदै आएको छ । न डेस्कबेन्च छन्, न त कालो पाटी नै । जब पानी पर्छ, हावाहुरी चल्छ, विद्यार्थीलाई बिदा दिइन्छ । विद्यालयको भवन त छैन नै, खानेपानी, फर्निचर, खेलकुद सामग्रीसमेत छैनन् । विद्यालयको छेवैमा विभिन्न संघसंस्थाले शौचालय भने बनाइदिएका छन्।

३४ जना चेपाङ र १ जना भुजेल गरी ३५ विद्यार्थीको नाम विद्यालयको हाजिरीपुस्तिकामा छ तर नियमित विद्यालय आउनेमा मुस्किलले १०–११ जनामात्रै हुन्छन्।

आइतबार विद्यालयमा शिक्षकशिक्षिका नआएकाले विद्यार्थीको रेखदेख गर्ने समेत कोही थिएन । प्रधानाध्यापक र एक शिक्षिका रहेको विद्यालयमा दुवै जना उपस्थित थिएनन् । ‘घरायसी काम भन्दै विद्यालय नआएको हो’, सोनिसाले भनिन्, ‘सर, मिसहरु प्रायः विद्यालय आउनुहुन्न, हामी टाढाबाट पढ्न आयौं, त्यत्तिकै फर्केर जानुपर्छ ।’ निजी स्रोतबाट राखिएको दुई शिक्षक पनि कहिले आउने कहिले नआउने गर्छन्।

भवन नहुँदा सबै कक्षाका विद्यार्थी एकै ठाउँमा बसेर पढ्ने गरेका छन् । जेठबाट कक्षा सुरु हुन्छ, असार साउनमा बर्षे बिदा, दसैंतिहार बिदा, पुसमाघमा जाडो बिदा हुँदा विद्यालय कममात्रै कक्षा सञ्चालन हुन्छ । विद्यालय सञ्चालन हुने दिनमा पनि शिक्षक नआइदिँदा विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेका छन् ।  शिक्षक नै नभएपछि अभिभावकले पनि बालबच्चालाई विद्यालय पठाउँदैनन् । ‘विद्यार्थीलाई पढ्न भवन छैन, त्यसमाथि विद्यालय नै खुल्दैन । नियमित पढाइ हँुदैन, शिक्षक पनि नियमित विद्यालय आउँदैनन्’, अभिभावक हेमबहादुर चेपाङले भने, ‘बालबच्चालाई विद्यालयको पठनपाठनबाट बाध्य भएर टाढा राख्नुपरेको छ । आफूले त पढ्न पाइएन नै, बालबच्चालाई पढाउने सपना पनि अधुरै हुने भयो।’

धादिङका बेनीघाट रोराङ र गजुरी गाउँपालिकामा सीमान्तकृत चेपाङ समुदायको बसोबास बढी छ । उनीहरुलाई खाने अन्नकै चिन्ता हुने भएकाले पनि पठनपाठन नियमित गर्न समस्या रहेको स्थानीय भूमि त्रिपाठीले बताए । ‘भौगौलिक विकटता, गरिबी तथा खाद्यान्न अभावका कारण बालबालिकालाई नियमित स्कुल ल्याउन समस्या छ ।’ उनीहरुको चेतना अभिवृद्धिका लागि अभियान चलाउनु आवश्यक भएको उनको भनाइ छ । यस क्षेत्रका विद्यालयमा विद्यालय खाजा कार्यक्रम तथा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको छ । त्रिपाठी विद्यालयमा विद्यार्थी शून्य हुनुको कारण शिक्षककै कमजोरी भएको बताउँछन् । ‘स्कुलमा बच्चा भए पनि शिक्षक नै आउँदैनन्’, उनी भन्छन्, ‘सरकारले उनीहरूको खोजी गर्ने, विद्यालयमा नभए कारबाही गर्ने ग¥यो भने समस्या समाधान भइहाल्छ नि!’

बेनीघाट रोराङ १ चिम्माङमा रहेको महादेवस्थान आधारभूत विद्यालयको हालत पनि उस्तै छ । विद्यालयमा विभिन्न संस्थाले विद्यालय भवन निर्माण गरिदिएका छन् तर विद्यार्थी संख्या कम छ । विद्यालयको हाजिरीकापीमा ७७ जना विद्यार्थी रहे पनि ८ जना विद्यार्थी भेट्न पनि मुस्किल पर्छ । बालबालिकाको अभाव भएपछि दुई शिक्षकले चारचार जना विद्यार्थीलाई एकै ठाउँमा पढाउँदै आएका छन् । विद्यार्थी–शिक्षकको अभावले प्रायजसो विद्यालय बन्द हुने गरेको छ । विद्यालयको पुरानो भवन जीर्ण भएपछि युएमएनको साझेदारीमा प्रयास नेपालले विद्यालय भवन, शौचालय तथा खानेपानी धारा बनाइदिएको छ।

सरकारले विद्यालय भवन निर्माणका लागि हरेक वर्ष जिल्ला शिक्षा कार्यालयमार्फत् करोडौं रुपैयाँ लगानी गरेको छ । त्यो लगानी बोली बिक्नेहरुका लागि भएको पीडित अभिभावकले बताएका छन् । बालबालिकाले आधारभूत अधिकारसमेत पाएका छैनन् । भवन अभावका कारण खुला आकाशमुनि सानासाना बालबालिकालाई पढाउने गरेको उनीहरुको गुनासो छ । सरकारले सीमान्तकृत समुदायका लागि भनेर छात्रवृत्तिको व्यवस्थासमेत गरेको छ । विद्यार्थीलाई प्रोत्साहनस्वरुप विद्यालय खाजा कार्यक्रम पनि सञ्चालनमा छ । विभिन्न सरकारी÷गैरसरकारी संस्थाले लगानी गरे पनि त्यसको उपलब्धि शून्य देखिन्छ । राज्यले पनि शिक्षाक्षेत्रमा लगानी बढाउनुपर्ने जिल्ला शिक्षा कार्यालय धादिङका विद्यालय निरीक्षक कृष्णकुमार श्रेष्ठ बताउँछन् । 

]]>
जेसीआई गोदावरीमा शर्मा http://www.nagariknews.com/news/35640/ Tue, 23 Jan 2018 07:11:00 +0545 http://www.nagariknews.com/news/35640/ जेसीआई गोदावरीको १७औं वार्षिक साधारण सभाले आशिष शर्माको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । साधारणसभाले वरिष्ठ उपाध्यक्षमा अमृता शाही र महेश्वर खत्री चयन गरेको छ । काठमाडौं–जेसीआई गोदावरीको १७औं वार्षिक साधारण सभाले आशिष शर्माको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । साधारणसभाले वरिष्ठ उपाध्यक्षमा अमृता शाही र महेश्वर खत्री चयन गरेको छ ।

त्यस्तै गरी उपाध्यक्षमा बिनोद बराल, बैभव अधिकारी, शैसन शाक्य, चेतना मिश्र चयन भएका छन् । महासचिवमा जेसी किरण नेउपाने, सचिवमा संजय श्रेष्ठ, कानुनी सल्लाहकार सुमनराज जोशी, कोषाध्यक्षमा प्रमोद पोखरेल, सहकोषाध्यक्षमा प्रकाश अर्याल नियुक्त गरेको छ ।

नवनिर्वाचित अध्यक्ष शर्माले नयाँ कार्यसमितिले सामाजिक क्षेत्रमा क्रियाशिल भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सामाजिक क्षेत्रमा सक्रिय भई समाजको हित हुने काममा लाग्न अनुरोध गरेका छन् ।
 

]]>
स्थानीय तह कृषि प्राविधिकविहीन http://www.nagariknews.com/news/35639/ Tue, 23 Jan 2018 07:05:00 +0545 http://www.nagariknews.com/news/35639/ सरकारले संघीय संरचनामा कृषि क्षेत्रलाई उपेक्षा गर्दा अहिले स्थानीय तह कृषि प्राविधिकविहीन हुने देखिएको छ । यसको प्रत्यक्ष असर कृषि उत्पादनमा पर्ने कृषिका अधिकारीले बताएका छन् । मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा करिब ३० प्रतिशत योगदान गर्ने कृषि क्षेत्रलाई उपेक्षा गरेर हरेक स्थानीय तहमा सुब्बा तहको प्राविधिक सहायक (जेटिए) मात्र राख्ने गरी कर्मचारी संरचना प्रस्ताव गरिएको हो । काठमाडौं- सरकारले संघीय संरचनामा कृषि क्षेत्रलाई उपेक्षा गर्दा अहिले स्थानीय तह कृषि प्राविधिकविहीन हुने देखिएको छ । यसको प्रत्यक्ष असर कृषि उत्पादनमा पर्ने कृषिका अधिकारीले बताएका छन् ।
मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा करिब ३० प्रतिशत योगदान गर्ने कृषि क्षेत्रलाई उपेक्षा गरेर हरेक स्थानीय तहमा सुब्बा तहको प्राविधिक सहायक (जेटिए) मात्र राख्ने गरी कर्मचारी संरचना प्रस्ताव गरिएको हो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रस्ताव गरेको ‘स्थानीय तहमा सेवा प्रवाह सम्बन्धी व्यवस्था–२०७४’ मा कृषि क्षेत्रलाई पूरै बेवास्ता गरिएको कृषि विभागका अधिकारी बताउँछन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४, बमोजिम गाउँपालिका वा नगरपालिकामा आवश्यक सेवा प्रवाहको लागि कर्मचारी समायोजन ऐन २०७४ बमोजिम कर्मचारी समायोजना नभएसम्मका लागि अस्थायी संगठन संरचनाको व्यवस्था गर्दा कृषिलाई ध्यान नदिएको हो ।

अहिलेसम्म जिल्ला सदरमुकाममा रहेका जिल्ला कृषि विकास कार्यालयमा रहेका कृषि विज्ञले सेवा प्रवाह गर्दै आएका थिए । कृषि विकास कार्यालय नहुँदा स्थानीय तहमा कृषिको संरचना थप गनुपर्ने भए पनि तल्लो तहका कर्मचारी रहने गरी सेवा केन्द्रमात्र राखिएको छ ।

स्थानीय तहको लागि स्थानीय विकास मन्त्रालय प्रस्ताव गरिएको संरचना अनुसार किसानले विशेषज्ञ सेवा पाउन नसक्ने कृषि विभागका उप–महानिर्देशक प्रकाश कुमार सञ्जेलले बताए । ‘अहिले प्रस्ताव गरिए अनुसार जेटिएले किसानलाई आवश्यक प्राविधिक सेवा दिन सक्दैनन्,’ सञ्जेलले भने, ‘यसको प्रत्यक्ष असर कृषि उत्पादनमा पर्ने देखिएको छ ।’

हरेक स्थानीय तहमा बाली संरक्षण अधिकृत (रोग, किराका विशेषज्ञ), बागवानी विकास अधिकृत (बीउ, बेर्ना विशेषज्ञ), बाली विकास अधिकृत(खाद्य बाली विशेषज्ञ) हुनुपर्ने कृषिका अधिकारी बताउँछन् । अहिलेसम्म जिल्ला कृषि कार्यालयमार्फत् ती विशेषज्ञले सेवा दिँदै आएका थिए ।

मुलुकभरका सात सय ५३ स्थानीय तहमा ३–४ जना अधिकृत तहका कृषि विज्ञसहित कृषि शाखा राख्न प्रस्ताव गरिएको छ । ‘कृषि उत्पादन बढाएर मुलुकलाई कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउने हो भने हरेक स्थानीय तहमा विषेशज्ञ पठाउनु पर्छ,’ उप–महानिर्देशक सञ्जेलले भने, ‘कृषि शाखा राखिएन भने कृषि क्षेत्र प्रभावित हुन्छ ।’

स्थानीय तहमा विशेषज्ञ नराख्ने हो भने २०–२५ स्थानीय तहलाई हेर्ने गरी एउटा निकाय स्थापना गर्नुपर्ने बताए । उप–महानिर्देशक सञ्जेल कृषि विकास मन्त्रालयको तीन तहमा पुनर्संरचना सम्बन्धमा अध्ययन गरी सुझावका लागि गठित कार्यदलको संयोजक पनि हुन् ।

विभागले महानरपालिका, उप–महानगरपालिका र नगरपालिकामा प्राविधिक उप–सचिवको नेतृत्व र गाउँपालिकामा प्राविधिक शाखा अधिकृतको नेतृत्वमा कृषि विकास कार्यालय राख्नुपर्ने जनाएको छ । त्यसमा कृषि व्यवसाय प्रवद्र्धन, नीति, योजना अनुगमन तथा तथ्यांक शाखा, कृषि सामग्री आपूर्ति तथा पूर्वाधार विकास, कृषि बजार व्यवस्थापन विकास, प्रशासन शाखा प्रस्ताव गरिएको छ । त्यसैगरी, एक वडा एक कृषि प्राविधिक हुनुपर्ने जनाएको छ ।

चालु आर्थिक वर्षमा सरकारले कृषिको लागि स्थानीय तहमा पठाएको बजेट निःसर्त पठाएपछि त्यसको असर कृषि उत्पादनमा देखिसकेको विभागका अधिकारी बताउँछन् । स्थानीय तहमा कर्मचारी नहुँदा कृषिको लागि पठाएको बजेट पूर्वाधारमा खर्च गरेका छन् । कृषिको लागि पठाएको साढे दुई अर्ब रुपैयाँ बजेट स्थानीय तहले पूर्वाधार लगायतका अन्य क्षेत्रमा विनियोजन गरेको कृषि विभागका महानिर्देशक डिल्लिराम शर्माले बताए । ‘जनप्रतिनिधिले कृषिको बजेट पूर्वाधारमा खर्च गरेका छन्,’ शर्माले भने, ‘वैकल्पिक संरचना तयार नगरी जिल्लाको संरचना हटाउने निर्णय गर्दा कृषि उत्पादनमा असर देखिएको छ।’
स्थानीय तह आफैं सरकार भएकाले जवाफदेही हुनुपर्ने कृषि विकास मन्त्रालयका सह–प्रवक्ता शंकर सापकोटाले बताए । ‘संविधानको मर्मअनुसार स्थानीय तह आफैं जिम्मेवार हुनुपर्छ,’ सापकोटाले भने, ‘किसानका समस्यालाई प्राथमिकीकरण गरेर कर्मचारी र बजेटको व्यवस्थापन गर्नुपर्छ ।’
शर्माका अनुसार यो वर्ष नै तरकारी उत्पादनमा असर देखिएको बताए । आर्थिक वर्षको सुरुवातमा जिल्ला कृषि कार्यालयले किसानलाई बीउ, बेर्ना, तालिमको व्यवस्था गर्दा किसान तरकारी खेतीमा आकर्षित हुने गरेकोमा अहिले त्यसो हुन नसकेको बताए ।  

चालु आर्थिक वर्ष ०७४÷७५ मा स्थानीय तहको लागि पाँच अर्ब १२ करोड ५९ लाख रुपैयाँमध्ये दुई अर्ब ४६ करोड  १५ लाख मात्र कृषिमा विनियोजन गरेको विभागले जनाएको छ । अर्थले स्थानीय तहलाई पठाउँदा सो रकम ससर्त नभई निःसर्त अनुदान शीर्षकमा पठाएपछि पूर्वाधारमा विनियोजन गरेका हुन् ।
यो वर्ष जिल्ला स्तरमा रहेका कृषि कार्यालयका संरचना हटाउने भन्दै सरकारले बजेट विनियोजन गर्दा स्थानीय तहमा ब्लकमा बजेट पठाएको थियो । विगतमा कृषि क्षेत्रमा १५ प्रतिशत बजेट विनियोजन गनुपर्ने नीतिगत व्यवस्था अनुसार खर्चिंदै आएको भए पनि यो वर्ष त्यसो हुन सकेको छैन ।

]]>
६ सहकारी सञ्चालक कालोसूचीमा http://www.nagariknews.com/news/35638/ Tue, 23 Jan 2018 06:53:00 +0545 http://www.nagariknews.com/news/35638/ युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले कोषबाट कर्जा लिएर नतिर्ने सहकारी संस्था र तिनका पदाधिकारीमाथि कारबाही अगाडि बढाएको छ । विष्णु तामाङ

काठमाडौं – युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले कोषबाट कर्जा लिएर नतिर्ने सहकारी संस्था र तिनका पदाधिकारीमाथि कारबाही अगाडि बढाएको छ ।

युवा स्वरोजगार कार्यक्रमअन्तर्गत विभिन्न सहकारीमार्फत लगानी गरिएको रकम नउठेपछि सचिवालयले कारबाही थालेको हो । सचिवालयले पहिलो चरणमा ६ वटा ठूला सहकारी संस्था र तिनका पदाधिकारीको नाम कालोसूचीमा राखी कारबाही अगाडि बढाउन सहकारी तथा गरिबी निवारण मन्त्रालयसमक्ष सिफारिस गरेको छ । कोष सञ्चालन नियमावली २०६५ को दफा १५ अनुसार कर्जा सूचना केन्द्रमा राखी खराब ऋणीलाई हुने कारबाही अगाडि बढाउन सचिवालयले अनुरोध गरेको छ ।

सिफारिस गरिएका सहकारी संस्थामा केन्द्रीय जडीबुटी सहकारी संघ, मजदुर सहिद स्मृति उपभोक्ता सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था (साबिक हिमशिखर बचत तथा ऋण सहकारी संस्था), मधुवन बचत तथा ऋण सहकारी संस्था, केन्द्रीय दुग्ध सहकारी संघ र केन्द्रीय तरकारी तथा फलफूल सहकारी संघ छन् । ती संस्थाका सञ्चालक समिति, लेखा र कर्जा समितिका पदाधिकारी तथा सदस्यको नामसमेत कालोसूचीमा राख्न सिफारिस गरिएको छ ।

‘पटक–पटक किस्ता तथा ब्याज रकम बुझाउन ताकेता गर्दासमेत नआएपछि कालो सूचीमा राखेर कारबाही अगाडि बढाउन लागेका हौं,’ सचिवालयका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले नागरिकसँग भने, ‘कोषबाट कर्जा लिएको रकम दुरुपयोग गरी नतिर्ने सहकारी संस्थाका पदाधिकारीको नाम कालो सूचीमा राखी पासपोर्ट रद्द गर्ने वा नदिने तथा अन्य सरकारी सेवा सुविधा नदिनेलगायत कारबाही बढाउन सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।’ गत कात्तिक २६ मा भएको उपाध्यक्षस्तरीय निर्णय बमोजिम कारबाहीको लागि सिफारिस गरिएको उनले बताए ।

यी संस्थाबाट करिब ३० करोड रुपैयाँभन्दा बढी रकम असुल गर्न बाँकी रहेको सचिवालयले जनाएको छ । गत भदौको तथ्यांकअनुसार मजदुर सहिद स्मृतिबाट करिब पाँच करोड २१ लाख, हाम्रो बहुउद्देश्यीयबाट तीन करोड ९९ लाख, केन्द्रीय जडीबुटीबाट एक करोड ५० लाख, मधुवन बचत तथा ऋण सहकारीबाट ५३ लाख ८३ हजार र केन्द्रीय दुग्ध सहकारीबाट १६ लाख २२ हजार रुपैयाँभन्दा बढी उठ्न बाँकी छ ।
यस्तो छ इतिहास
काठमाडौं तिनकुनेको मजदुर सहिद स्मृति उपभोक्ता सहकारीमार्फत कोषको पैसा लगेर माओवादीनिकट नेता तथा कार्यकर्ताले विभिन्न व्यवसायमा लगानी गरेका थिए । माओवादी नेता राजन तिमल्सिना नेतृत्वको समूहमा बाबुराम गौतम, शालिकराम जमरकट्टेल लगायत छन् । जमरकट्टेल सहितको समूहले ललितपुरको गोदावरीमा बंगुरपालन गरेका थिए । त्यसबाट राम्रो आम्दानी गरे पनि उनीहरुले सहकारीबाट लगेको रकम फिर्ता गरेका छैनन् । 

 उक्त सहकारीले कोषबाट २०६९ सालमा पाँच करोड रुपैयाँ लगेको देखिन्छ । सहकारीले कोषबाट लगेको रकमभन्दा बढी बुझाउन बाँकी देखिएको छ । कोषबाट प्राप्त तथ्यांक अनुसार उक्त सहकारीले पाँच करोड २१ लाख एक हजार ६ सय ३२ रुपैयाँ बुझाउन बाँकी छ ।त्यसैगरी, नेकपा एमाले निकट केबी उप्रेती अध्यक्ष रहेको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाबाट तीन करोड ९९ लाख ९५ हजार चार सय ७४ रुपैयाँ उठ्न बाँकी छ । यो सहकारीले २०६९ सालमा तीन किस्तामा पाँच करोड रुपैयाँ कोषबाट रकम लगेको थियो । अध्यक्ष उप्रेती राष्ट्रिय सहकारी बैंकका प्रबन्धक समेत हुन् ।

चितवनको केन्द्रीय जडीबुटी सहकारी संघले एक करोड ४९ लाख १३ हजार चार सय ६३ रुपैयाँ बुझाउन बाँकी छ । यो सहकारीले कोषसँग पाँच करोड रुपैयाँको सम्झौता गरे पनि २०६९ चैतमा एक करोड ५० लाख रुपैयाँ लगेको थियो । यो रकम भक्तबहादुर शाह अध्यक्ष हुँदा लगिएको थियो । शाह अहिले नयाँ शक्ति पार्टीका नेता हुन् ।  

गुल्मीको मधुवन बचत तथा ऋण सहकारी संस्थाले ५३ लाख ८३ हजार नौ सय ७५ हजार रुपैयाँ बुझाउन बाँकी छ ।  तीन करोड रुपैयाँको सम्झौता गरेको उक्त सहकारीले २०६९ सालमा कोषबाट दुई किस्ता गरेर एक करोड ८० लाख रुपैयाँ लगेको थियो । यो रकम लैजान तत्कालीन माओवादी पार्टीका नेता सागर पुनको हात थियो ।  

नयाँ बानेश्वस्थित केन्द्रीय दुग्ध सहकारी संघले पनि १६ लाख २२ हजार पाँच सय २९ रुपैयाँ बुझाउन बाँकी छ । यो सहकारीले कोषसँग पाँच करोडको सम्झौता गरे पनि ०७० चैत ३० गते एक करोड ५० लाख रुपैयाँ लगेको थियो ।
 

]]>
दोलखावासीलाई तामाकोसीको घटीमा ३० देखि बढीमा ३०० कित्ता सेयर http://www.nagariknews.com/news/35637/ Tue, 23 Jan 2018 06:40:00 +0545 http://www.nagariknews.com/news/35637/ अर्को वर्ष निर्माण सम्पन्न हुने बहुप्रतीक्षित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडले दोलखाबासीलाई ३० देखि ३०० कित्तासम्म सेयर दिने भएको छ । कम्पनीले आयोजनाबाट अति प्रभावित, प्रभावित र कम प्रभावित गरी तीनवटा वर्गीकरण गरिएको छ । अति प्रभावितलाई बढी र कम प्रभावितलाई थोरै सेयर दिने कम्पनीको योजना छ । काठमाडौं – अर्को वर्ष निर्माण सम्पन्न हुने बहुप्रतीक्षित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडले दोलखाबासीलाई ३० देखि ३०० कित्तासम्म सेयर दिने भएको छ । कम्पनीले आयोजनाबाट अति प्रभावित, प्रभावित र कम प्रभावित गरी तीनवटा वर्गीकरण गरिएको छ । अति प्रभावितलाई बढी र कम प्रभावितलाई थोरै सेयर दिने कम्पनीको योजना छ ।

राष्ट्रिय गौरवको आयोजना निर्माण गरिरहेको कम्पनीले स्थानीय बासिन्दाका लागि सेयर निष्कासनको अन्तिम तयारी गरेको आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले सोमबार नागरिकलाई बताए । ‘गत कात्तिकको अन्त्यमा धितोपत्र बोर्डमा आवेदन दिइसकिएको छ,’ उनले भने, ‘बोर्डले स्वीकृत दिनासाथ स्थानीयलाई सेयर बाड्छौं ।’कम्पनीको सेयर करिब साढे दुई लाख स्थानीयले पाउने श्रेष्ठले बताए । ‘अति प्रभावितले बढी कित्ता पाउने छन्,’ उनले भने, ‘अति प्रभावितमा आयोजनास्थल लामाबगर र गौरीशंकर गाविसमा करिब चार हजार जनसंख्या छन् ।’

कम्पनीले स्थानीयका लागि १० प्रतिशत सेयर जारी गर्दैछ । आयोजनाबाट प्रभावितलाई १ करोड ५ लाख ९० हजार कित्ता सेयर छुट्ट्याइएको छ ।दोलखाका बासिन्दा माथिल्लो तामाकोसीको सेयरमा लगानी गर्न आतुर छन् । सेयरमा लगानी गर्न केहीले ऋण नै खोजेका छन् । स्थानीय सहकारी तथा अन्य वित्तीय संस्थाले सेयरमा लगानी गर्न ऋण दिने घोषणा गरेका छन् ।

आयोजनाको सेयर नागरिक लगानी कोषले निष्कासन गर्नेछ । आयोजनाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा डेढ वर्षअघि नै कोषलाई नियुक्त गरिएको थियो । कोष आयोजनाको ऋण र सेयर लगानीकर्ता पनि हो । कोषले आयोजनामा दुई अर्ब ऋण लगानी गरेको छ भने दुई प्रतिशत सेयर यसको छ ।

आयोजनाको सेयर संरचनाअनुसार नेपाल विद्युत् प्राधिकरण ४१ प्रतिशत, नेपाल टेलिकम ६ प्रतिशत, नागरिक लगानी कोष दुई प्रतिशत, राष्ट्रिय बिमा संस्थान दुई प्रतिशत, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता १७.२८ प्रतिशत, सर्वसाधारण १५ प्रतिशत,  आयोजनामा ऋण लगानीकर्ता संस्थाका कर्मचारी २.८८ प्रतिशत, कम्पनी र विद्युत् प्राधिकरण कर्मचारी ३.८४ प्रतिशत र दोलखा जिल्लाबासीको १० प्रतिशत सेयर हुनेछ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सेयर आह्वान प्रक्रिया छिट्टै अघि बढ्ने बताए । आयोजनाको ९३ प्रतिशत काम पूरा भएको छ । अहिलेसम्म ऋण र संस्थापक सेयरको रकमबाट मात्र खर्च भइरहेको छ । उक्त आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी छ । संकलन हुने सेयर रकम स्वपुँजीको रुपमा खर्च हुन्छ ।

यसअघि आयोजनाको निरीक्षण गर्न पुगेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको लगानीबाट द्वन्द्वकालमा बेपत्ता भएको तथा शहिद परिवारका सदस्यलाई उक्त आयोजनाको सेयर दिने बताएपछि निकै विवाद आएको थियो ।आयोजनाले २०७२ सालमा नै स्थानीय जनताका लागि सेयर निष्कासन गर्ने तयारी गरेको थियो । भूकम्प गएपछि त्यो रोकिएको थियो ।

कम्पनीले आयोजना प्रभावित दोलखाली जनताका लागि १० प्रतिशत सेयर वितरण गरेपछि सर्वसाधारणका लागि १५ प्रतिशत सेयर निष्कासन गर्नेछ ।यसअघि नै कम्पनीले २०७२ जेठ २९ गते कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको लागि एक करोड ८२ लाख ९९ हजार पाँच सय २० कित्ता, कम्पनीलाई ऋण दिने संस्थाका कर्मचारीका लागि ३० लाख ४९ हजार नौ सय २० कित्ता र कम्पनी तथा विद्युत् प्राधिकरण कर्मचारीका लागि ४० लाख ६६ हजार पाँच सय ६० कित्ता सेयर निष्कासन गरिसकेको छ ।

२०६८ बाट निर्माण सुरु भएको आयोजना २०७५ को पुससम्म सम्पन्न गर्ने लक्ष्य छ ।  २०७२ सालको भूकम्पले असर गरेपछि करिब एक वर्ष काम रोकिएको थियो । ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा भूकम्पले क्षति पुर्याएपछि लागत बढ्न पुगेको  छ । उक्त आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाको निर्माण सम्पन्न हुन अब सात प्रतिशत मात्र बाँकी छ ।

दोलखाको लामाबगरमा निर्माण भइरहेको सो आयोजना अन्तिम चरणमा पुगेसँगै स्थानीय खुसी भएका छन् । यो आयोजनाको निर्माणसँगै जिल्लाको उत्तरी क्षेत्रमा सडक सञ्जाल जोडिएपछि स्थानीयको जीवनस्तरमा पनि सुधार आएको छ ।

 

]]>
भन्सारबाटै फर्काइए अदुवा http://www.nagariknews.com/news/35636/ Tue, 23 Jan 2018 06:32:00 +0545 http://www.nagariknews.com/news/35636/ पटक–पटक विभिन्न बहानामा नेपाली कृषिजन्य उत्पादनको निकासीमा अवरोध खडा गरिरहेको भारतले पुनः अदुवा निकासी रोकेको छ । भारतीय भन्सारले अनुमति नदिँदा पूर्वको काँकडभिट्टा नाकामा रोकिएका अदुवा लोड भएका पाँच दर्जन ट्रक साता दिन पर्खिएर पुनः नेपाल फर्काइएका छन् । इलाम – पटक–पटक विभिन्न बहानामा नेपाली कृषिजन्य उत्पादनको निकासीमा अवरोध खडा गरिरहेको भारतले पुनः अदुवा निकासी रोकेको छ । भारतीय भन्सारले अनुमति नदिँदा पूर्वको काँकडभिट्टा नाकामा रोकिएका अदुवा लोड भएका पाँच दर्जन ट्रक साता दिन पर्खिएर पुनः नेपाल फर्काइएका छन् ।

१६ टनका दरले अदुवा लोड भएका ६० ट्रकमध्ये कुनै दुई साता र कुनै एक साताअघि मेची भन्सार कार्यालय परिसरमा पुगेका थिए । तर, भारतीय भन्सारका कर्मचारीले अकस्मात ‘माथिबाट आएको पत्रको कारण’ देखाउँदै नेपाली अदुवा मेची नदी कटाउनै नदिएपछि लोड भएका ट्रक फर्काउन बाध्य भएको व्यवसायीले बताएका छन् । ‘पटक–पटक मन्त्रालयस्तरसम्म पहल गर्दा पनि यसपटक अदुवा निकासी गराउन सकिएन,’ अदुवा व्यवसायी संघ अध्यक्ष नरेन्द्र खड्काले भने, ‘यतिका दिन मेची भन्सार वरपर राखेका ट्रक निकासीको कुनै उपाय नलागेर घरै फर्काउनुपर्यो ।’

उनले दर्जनौंपटक भारतले अदुवा निकासी हुन नदिएर रोके पनि भन्सार पुर्याएर घरै फर्काउनुपरेको यो पहिलो घटना भएको बताए । ‘भन्सार पुगेका लोड गाडी कहिले साता र कहिले महिना दिन पुगेपछि उतै (भारत) पठाएका घटना त अनगिन्ती छन्,’ उनले भने, ‘यसरी निकासी नै हुन नदिएर गाडी फर्काउनुपरेको घटनाले व्यवसायीमात्रै होइन, किसानलाई पनि ज्यादै दुःखी बनाएको छ ।’

इलाम र पाँचथरसहित विभिन्न जिल्लाका व्यवसायीले भारत निकासीका लागि अदुवासहितका ट्रक १४ दिनदेखि भन्सार पु¥याएका थिए । भारतीय भन्सारका कर्मचारीले नेपाली अदुवा निकासीका लागि कुनै अनुमति नभएको ‘देखावटी’ कारणले कुनै पनि ट्रकलाई पास हुन अनुमति नै नदिएको व्यवसायी बताउँछन् । ‘हामीले भारतमा पनि भन्सारभन्दा माथिल्ला सरोकारवाला निकायमा पहल नगरेका होइनौं,’ खड्काले भने, ‘तर, हाम्रो कुनै सीप चलेन । अन्तिममा एकोहोरो खर्चमा त्यहाँ पुगेका लोडगाडी दोहोरो खर्च गरेर फर्काउन बाध्य भयौं ।’

उनले भारतले नेपाली व्यवसायीलाई यसपटक चाहिँ हतास बनाएको बताए । ‘कुनै स्पष्ट कारणबिना नेपालको कृषि उपज भारतले रोक्यो,’ उनले भने, ‘सन् २०१७ मा भएको नेपाल–भारत वाणिज्य सन्धिविपरीत नेपाली कृषि उपज निकासीमा भन्सारले अवरोध गरेको छ ।’ अध्यक्ष खड्काले यसअघि चिनियाँ अदुवा मिसावट र अन्य कारण देखाइए पनि यो पटक भारतको लखनउ कमिस्नरले नै नेपाली अदुवा निकासी हुन नदिएको खबर आएको बताए । ‘भारतीय कमिस्नरले फ्रेस नेपाली अदुवा रेस्टिकेट गरेको छ,’ उनले भने, ‘यो वाणिज्य सन्धिविपरीत छ ।’

उनले वाणिज्य सन्धि पनि व्यवसायीबाट लुकाइएको बताए । ‘वाणिज्य सन्धिमा स्वतन्त्र पारवहन अधिकार भएपनि सन्धि नै व्यवसायीबाट लुकाएर भन्सारका कर्मचारीलाई नेपाली अदुवा रोक्न दबाब दिइएको हुन सक्छ,’ उनले भने, ‘भारतीय व्यापारीका एजेन्टले पनि असिस्टेन्ट कमिस्नरको निश्चित कोटाको अनुमति लिएर मात्र नेपाली अदुवा लैजाँदै थिए, अब त त्यो पनि रोकियो ।’

भन्सार पुगेका प्रत्येक गाडीमा १६ टनका दरले अदुवा रहँदा पनि करिब नौ सय ६० टन अदुवा भन्सारमा अलपत्र परेपछि फर्काउन बाध्य भएको व्यवसायी कृष्ण पौडेलले बताए । ‘बाहिर सुन्नमा आएको चाही चिनियाँ अदुवा नेपाली अदुवामा मिसिएर भन्ने छ,’ उनले भने, ‘वास्तविकता के हो पत्तो पाइएन, अदुवा बोकेका ट्रक भन्सारमा राख्दा दिनैपिच्छे खर्च झन्–झन् बढ्ने भएकाले मेरै चारवटा ट्रक फकाउनुपरेको छ ।’
यसअघि पनि पटक–पटक भारतीय भन्सारले नेपाली अदुवा निकासीमा अवरोध गरिरहेको थियो ।

तीन वर्षयता नेपाली अदुवा निकासीमा भारतले मुख्य सिजनमै अवरोध गरिरहेको छ । यसरी हुने अवरोधका कारण व्यवसायी पटक–पटक मेची भन्सार पु¥याएको अदुवा त्यहीँ कुहिएपछि फ्याँकेर घर फर्किएका थिए । ‘अहिलेको निकासीमा अवरोध समस्या निकै जटिल हो,’ अध्यक्ष खड्का भन्छन्, ‘अब यो समस्या समाधान प्रधानमन्त्रीभन्दा तल्लो तहबाट सम्भव छैन ।’ दुवै देशका प्रधानमन्त्रीले अदुवा निकासीको समस्या समाधानमा पहल गर्नुपर्ने उनले बताए । ‘हामीले वर्षाैंदेखि प्रयास गरे पनि कुनै न कुनै बहानामा भारतले अदुवा निकासी अवरोध गरिरहेको छ,’ उनले भने, ‘अब पनि समस्या नसुल्झिए अर्बाैंको नेपाली कृषि बाली अदुवाको निकासी ठप्प नै भइसक्यो ।’

यो पटक अदुवा खन्ने सिजन सकिए पनि व्यापारीसँग भएको अदुवा बेच्ने बेला निकासी रोकिएपछि व्यापारी चाहिँ बढी समस्यामा छन् । संघका अनुसार यो सिजनमा नेपालबाट करिब आठ सय ट्रक अदुवा निकासी भइसकेको छ भने दुई हजार पाँच सय ट्रक हाराहारी अदुवा अझै निकासी हुन बाँकी छ । ‘एउटा गाडीमा सरदर ६ लाख रुपैयाँको अदुवा हुन्छ,’ खड्काले भने, ‘हिसाब गर्नुस्, अब कति घाटा हुन्छ होला ।’



   

]]>
एक खर्ब ढाँटेर बजेट बनाइयो http://www.nagariknews.com/news/35635/ Tue, 23 Jan 2018 06:10:00 +0545 http://www.nagariknews.com/news/35635/ सरकारले चालू आर्थिक वर्षको बजेट एक खर्ब रुपैयाँ गलत तथ्यांक राखेर बनाएको ६ महिनापछि अहिले आएर खुलेको छ । काठमाडौं–सरकारले चालू आर्थिक वर्षको बजेट एक खर्ब रुपैयाँ गलत तथ्यांक राखेर बनाएको ६ महिनापछि अहिले आएर खुलेको छ ।

यस वर्षको बजेट बनाउँदा अर्थ मन्त्रालयले गत वर्षको बजेटबाट एक खर्ब २ अर्ब ७३ करोड रुपैयाँ बचत भई आउने अनुमान गरेको थियो । तर, सरकारी खर्चको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयले हालै निकालेको तथ्यांकले यस वर्ष एक रुपैयाँ पनि बचत भएर आउने अवस्था देखाएको छैन । गत वर्ष बचत होइन, सरकार उल्टै ४८ अर्ब घाटामा गएको देखिएको छ ।  

महालेखाको पछिल्लो तथ्यांकले बजेट तयारी गर्ने जिम्मेवारी बोकेका अर्थमन्त्री र अर्थ मन्त्रालयको बजेट टोलीले एक खर्बको हिसाब ‘हचुवा’ मा राखेको देखिएको हो । मुलुकको अर्थतन्त्रको जिम्मेवारी लिएर बसेका उच्च पदस्थ कर्मचारी र दलका नेताहरुले कतिसम्म ‘हावादारी र गैरजिम्मेवारी’ रुपमा काम गर्छन् भन्ने यो घटनाले देखाएको छ । मुलुकको विकासलाई गति दिने एक वर्षभरको बजेट कसरी हावादारी तथ्यांक राखेर बनाइन्छ भन्ने पनि यो घटनाले उजागर गरेको छ ।

महालेखाका उपमहालेखा नियन्त्रक यदुनाथ भट्टराईले चालू वर्षको बजेटमा गत वर्षको बजेटबाट एक खर्ब २ अर्ब ७३ करोड रुपैयाँ बचत भई आउने भनिए पनि अवस्था त्यस्तो नदेखिएको जानकारी दिए ।
‘गत वर्षबाट एक पैसा पनि ‘क्यारिओभर’ हुने अवस्था छैन,’ भट्टराईले सोमबार नागरिकसँग भने, ‘उल्टै सरकार ४८ अर्ब बजेटरी घाटामा छ ।’ उनका अनुसार यो वर्षसम्मको हिसाब हेर्दा सरकारको घाटा ७२ अर्ब रुपैयाँ पुगिसकेको छ ।

चालू आवको बजेट अर्थमन्त्री कृष्णबहादुर महराको टोलीले ल्याएको हो । त्यसबेला अर्थसचिव शान्तराज सुवेदी र राजस्व सचिव राजन खनाल थिए । यस्तै बजेट तथा कार्यक्रम महाशाखाका प्रमुखमा मधुकुमार मरासिनी थिए । अर्थमन्त्री महराले ४ खर्ब ६१ अर्ब ७७ करोडको न्यून बजेट सार्वजनिक गरेका थिए । बजेट सार्वजनिक भएको भोलिपल्ट आयोजित पत्रकार सम्मेलनमा एक खर्ब रुपैयाँ बचत हुनेमा सञ्चारकर्मीहरुले शंका व्यक्त गर्दा तत्कालीन अर्थसचिव सुवेदीले विकास खर्च बढ्न नसकेको भन्दै एक खर्ब रुपैयाँभन्दा पनि बढी रकम बचत हुने बताएका थिए । 

 एक पूर्वअर्थसचिवको भनाइमा ‘यो अवस्था अर्थ मन्त्रालयमा विषयगत ज्ञान भएको मन्त्री, सचिव र उच्च पदस्थ कर्मचारी नहुनुको परिणाम हो ।’ अर्थतन्त्र नजानेका अर्थमन्त्री र मन्त्रालय सम्हाल्ने उच्च व्यक्तिहरुको लापरबाहीका कारण स्रोतको व्यवस्थापनमा समस्या आएको ती पूर्वसचिवले बताए । उनका अनुसार वैदेशिक ऋण, अनुदान, राजस्वलगायतका विषयमा बजेटमा अनुमानित रकम उल्लेख गरिन्छ । ‘तर, अनुमानित भन्दैमा बचत नै नहुने अवस्थामा एक खर्ब रुपैयाँ बचत हुन्छ भनेर अनुमान गर्नु सर्वथा गैरजिम्मेवारी हो’, उनले भने, ‘बजेटमा राजस्व वृद्धिदरको लक्ष्य २० प्रतिशत राखिएको छ भने एकदुई प्रतिशत तलमाथि हुनु स्वाभाविकै हो । राजस्व उल्टै ऋणात्मक हुनु भनेको चाहिँ प्राविधिक ज्ञान नहुनु वा हचुवाको प्रक्षेपण हो ।’

चालू आवको बजेट बनाउने समयका अर्थसचिव सुवेदीले महालेखा र राष्ट्रबैंकको रिपोर्टिङका कारण यस्तो अवस्था आएको बताए । उनका अनुसार यी दुवै निकायले ‘टे«जरी पोजिसन’ (ढुकुटीको अवस्था) जुन हिसाबमा दिए त्यसैका आधारमा बजेटमा समावेश गरिएको हो । ‘सरकारको ढुकुटीमा रहेको रकममध्ये कति पैसा सरकारले बजेटमार्फत खर्च गर्न सक्छ भन्ने त्यसबेला ख्याल गरिएन,’ सोमबार नागरिकसँग उनले भने, ‘त्यसैले एक खर्ब बचत हुने अनुमान गरेर बजेटमा राखिएको हो ।’ उनका अनुसार सरकारको ढुकुटीमा रहेको सबै नगद बजेटरी रुपमा खर्च गर्न सकिन्छ भन्ने हिसाबले राखिएको हो ।

पूर्वसचिव सुवेदीले बजेट सार्वजनिक भएको दुई महिनामै बचत नहुने अवस्था देखिएपछि आफूले यसबारे अनुसन्धान गर्न टोली बनाएको जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष पनि बचत हुने भनिएकामा उल्टै २३ अर्ब घाटा देखिएपछि तत्काल अनुसन्धान थालिएको हो ।सुवेदीले आगामी बजेटबाट भने यो समस्या नदोहोरिने जानकारी दिए ।

‘अहिलेको ‘ट्रेजरी पोजिसन’ मा सरकारले बजेटमार्फत खर्च गर्न सक्ने र नसक्ने गरी दुवै किसिमले देखाएको छ,’ उनले भने, ‘आगामी दिनमा अब यस्तो समस्या दोहोरिँदैन ।’राजस्व सचिव शिशिरकुमार ढुंगानाले पनि चालू बजेटको स्रोत अनुमान सही नभएको बताए । उनले विभिन्न कोषमा रहेको रकमलाई पनि खर्च गर्न पाउने अनुमान गरेर बजेटमा राखिएकोे जानकारी दिए ।

‘सरकारको टेजरी पोजिसन’ हेरेर बजेटमा स्रोत राखिएको छ,’ राजस्व सचिव ढुंगानाले भने,‘वास्तविकतामा आधारित स्रोतको अनुमान सही भएन ।’ उनले अबदेखि सरकारको ढुकुटीमा रहेको रकममध्ये खर्च गर्न पाउने र नपाउने गरी छुट्ट्याएर हेर्न लागेकाले यस्तो समस्या नआउने बताए ।
राष्ट्रबैंकका अनुसार माघ पहिलो सातासम्म सरकारको ढुकुटीमा तीन खर्बभन्दा बढी रकम छ । तर यसमध्ये खर्च गर्न पाउने रकम पाँच सात अर्ब रुपैयाँमात्र हो । मुलुकका विभिन्न निकायमा रहेका कोषको रकम सरकारको ढुकुटीमा देखिने व्यवस्था गरिएको छ ।  

सरकारले यस वर्ष १२ खर्ब ७८ अर्ब ९२ करोडको बजेट सार्वजनिक गरेको थियो । यसमा राजस्वबाट ७ खर्ब ३० अर्ब, वैदेशिक अनुदानबाट ७२ अर्ब र ऋणबाट २ खर्ब १४ अर्ब, साँवा फिर्ताबाट १५ अर्ब रुपैयाँ आउने अनुमान गरेको छ । यस्तै आन्तरिक ऋण एक खर्ब ४५ अर्ब उठाउने र गत वर्षको बजेटबाट एक खर्ब २ अर्ब स्रोत जुटाउने अनुमान अर्थको छ ।  

]]>
विमान किन्न सेनालाई धमाधम रकम http://www.nagariknews.com/news/35634/ Tue, 23 Jan 2018 05:58:00 +0545 http://www.nagariknews.com/news/35634/ सरकारले अति विशिष्ट व्यक्ति (राष्ट्रपति र प्रधानमन्त्री) को प्रयोजनका लागि एकथान इटालियन हेलिकोप्टर खरिद गर्न नेपाली सेना (जंगी अड्डा) लाई १ अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराएको छ । सरकारले यो आर्थिक वर्ष ०७४-०७५ को पहिलो ६ महिनामा जहाज तथा हेलिकोप्टर खरिद गर्न साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम सेनालाई उपलब्ध गराइसकेको छ । काठमाडौं – सरकारले अति विशिष्ट व्यक्ति (राष्ट्रपति र प्रधानमन्त्री) को प्रयोजनका लागि एकथान इटालियन हेलिकोप्टर खरिद गर्न नेपाली सेना (जंगी अड्डा) लाई १ अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराएको छ । सरकारले यो आर्थिक वर्ष  ०७४-०७५ को पहिलो ६ महिनामा जहाज तथा हेलिकोप्टर खरिद गर्न साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम सेनालाई उपलब्ध गराइसकेको छ ।

‘अति विशिष्ट व्यक्ति (भिभिआइपी) को प्रयोजनका लागि इटालियन अगस्टा वेस्टल्यान्ड हेलिकप्टर खरिद गर्न अर्थ मन्त्रालयले नेपाली सेनालाई एक अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराएको छ,’ सेनाका प्रवक्ता गोकुल भण्डारीले नागरिकलाई जानकारी दिए, ‘हेलिकप्टर खरिद गर्ने सम्झौता पहिले नै भइसकेको छ । अब छिटै हेलिकप्टर आउँछ ।’

मन्त्रिपरिषद्को २०७४ जेठ १९ गतेको बैठकले भिभिआइपीका लागि इटालियन हेलिकप्टर निर्माण कम्पनी अगस्टा वेस्टल्यान्डसँग एक थान हेलिकप्टर खरिद गर्न सेनालाई स्वीकृति दिएको थियो । सोही निर्णयको आधारमा अर्थ मन्त्रालयले गत पुस २० गते सेनालाई १ अर्ब ७० करोड रुपैयाँ निकासा गरिदिएको छ । ‘जिटुजी प्रक्रियामार्फत हेलिकप्टर खरिद गरिएको छ,’ प्रवक्ता भण्डारीले भने ।नेपाली सेनासँग अहिले १८ वटा हेलिकप्टर छन् । यीमध्ये १३ वटा चालू अवस्थामा र ५ वटा मर्मत सम्भारको पर्खाइमा छन् । चालू अवस्थामा रहेका हेलिकप्टरमध्ये ३ वटा एमआई–१७ र १० वटा साना छन्।

रक्षा मन्त्रालय स्रोतका अनुसार यो आर्थिक वर्ष सुरु भएपछि २ वटा ट्रेनर जहाज र २ वटा हेलिकप्टर खरिद गर्न अर्थले सेनालाई २ अर्ब ५७ करोड ३६ लाख ३८ हजार ९ सय ९५ रुपैयाँ निकासा गरिसकेको छ । यो रकम सरकारले विज्ञान तथा प्रविधि मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई उपलब्ध गराउने वार्षिक बजेटभन्दा बढी हो । सरकारले आर्थिक वर्ष २०७४÷७५ मा विज्ञान प्रविधि मन्त्रालयका लागि १ अर्ब २१ करोड, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि १ अर्ब ६६ करोड, युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब २४ करोड र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका लागि २ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले दुईवटा ट्रेनर जहाज खरिद गर्न गत भदौ २३ गते सेनालाई ८ करोड ५६ लाख ३८ हजार ९ सय ९५ रुपैयाँ दिने निर्णय गरेको थियो । यसअघि दुईवटा जहाज खरिद गर्नका लागि सरकारले बजेटमै ३७ करोड रुपैयाँ छुट्याएको थियो । बजेटमा व्यवस्था गरेको रकमले नपुग भएको भन्दै सेनाले थप रकम माग गरेपछि अर्थले गत कात्तिक महिनामा उक्त रकम सेनालाई निकासा गरिदिएको थियो । सैनिक तालिमका लागि भन्दै अर्थले जहाज किन्न सेनालाई उक्त रकम निकासा गरेको हो ।
गत असोज महिनामा पनि अर्थले सेनालाई एउटा हेलिकप्टर खरिद गर्न भन्दै रकम निकासा गरेको थियो । असोज १८ गते अर्थ मन्त्रालयले नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि ‘लाइट हेलिकप्टर’ खरिद गर्न ४१ करोड ८० लाख रुपैयाँ रकमान्तर गरी निकासा दिएको थियो ।

यसका अतिरित्त सेनाले थप दुई थान एमआई–१७ भी–५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ । सेनाले रुसको सरकारी स्वामित्वमा रहेको हेलिकप्टर कम्पनी रोसोबोरोनेक्सपोर्टसँग हेलिकप्टर खरिद गर्न छलफल अघि बढाएको छ । अमेरिकाले उक्त रुसी कम्पनीमाथि प्रतिबन्ध लगाएका कारण रकम भुक्तानी गर्न कठिनाइ भएपछि अहिले सेना र रोसोबोरोनेक्सपोर्टबीच कसरी रकम पठाउने भन्ने विषयमा छलफल भइरहेको छ ।‘सरकारले दुईवटा एमआई–१७ भी–५ हेलिकप्टर खरिद गर्न सेनालाई अनुमति दिइसकेको छ । अहिले खरिद प्रक्रिया अघि बढिरहेको छ,’ सैनिक प्रवक्ता भण्डारीले भने ।

रक्षा मन्त्रालय स्रोतका अनुसार सेनाले प्रति एमआई–१७ भी–५ हेलिकप्टरलाई १ करोड ७० लाख अमेरिकी डलर (करिब १ अर्ब ७० करोड रुपैयाँ) मा खरिद गर्न खोजेको छ । यही रकममा खरिद सम्झौता भए दुईवटा हेलिकप्टरका लागि ३ अर्ब ४० करोड रुपैयाँ बुझाउनुपर्ने हुन्छ । यो रकम पनि यसै आर्थिक वर्ष सेनाले प्राप्त गरे जहाज तथा हेलिकप्टर खरिद गर्न सेनाले यो वर्ष सरकारबाट करिब ६ अर्ब रुपैयाँ पाउनेछ । स्रोतका अनुसार एउटा एमआई–१७ भि–५ हेलिकप्टर एक करोड ४० लाख अमेरिकी डलरमा आउने भए पनि कमिसनका कारण एउटा हेलिकप्टरमा ३० लाख अमेरिकी डलर (करिब ३० करोड रुपैयाँ) बढी तिर्न लागिएको छ ।

‘अहिले जिटुजीमार्फत २ वटा एमआई–१७ भी–५ हेलिकप्टर खरिद गर्न रुसी टोलीसँग छलफल भइरहेको छ । पैसा पठाउन अप्ठेरो देखिन्छ । जर्मनीमा एलसी खोली पैसा पठाउने विषयमा छलफल चलिरहेको छ, अन्तिम टुंगो लाग्न बाँकी छ,’ रक्षामन्त्री भीमसेनदास प्रधानले भने ।
 

]]>
कोमल वलीलाई समेट्दै एमालेले छान्यो राष्ट्रिय सभाका १३ उम्मेदवार http://www.nagariknews.com/news/35633/ Mon, 22 Jan 2018 23:34:00 +0545 http://www.nagariknews.com/news/35633/ नेकपा एमालेको स्थायी समिति बैठकले प्रदेश ५, ६ र ७ बाट राष्ट्रिय सभाका उम्मेदवार छानेको छ । माओवादी केन्द्रसँग साझेदारी गरेको एमालेले यी तीन प्रदेशबाट १३ जना उम्मेदवार छनौट गरेको छ । बाँकी प्रदेशका उम्मेदवार एमालेले सार्वजनिक गरेको छैन । काठमाडौ– नेकपा एमालेको स्थायी समिति बैठकले प्रदेश ५, ६ र ७ बाट राष्ट्रिय सभाका उम्मेदवार छानेको छ । माओवादी केन्द्रसँग साझेदारी गरेको एमालेले यी तीन प्रदेशबाट १३ जना उम्मेदवार छनौट गरेको छ । बाँकी प्रदेशका उम्मेदवार एमालेले सार्वजनिक गरेको छैन ।

सोमवार राती अवेरसम्म जारी स्थायी समितिले तय गरेका उम्मेदवारको सूची यसप्रकार छ ।

प्रदेश नं ७–

१. कमला ओली (महिला), कैलाली

२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर

३. शेरबहादुर कुँवर (खुला), अछाम

४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रदेश नं ६–

१. कविता बोगटी (महिला), हुम्ला

२. नन्दा शर्मा ( महिला), सुर्खेत

३. नरपति लोहार (दलित), कालिकोट

४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट

५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ५–

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी

२. खिमलाल भट्टराई (खुला), रुपन्देही

३. मीना बुढा (महिला), रोल्पा

४. कोमल वली (महिला), दाङ

]]>
सिलवालविरुद्ध डिफ्यूजन नोटिस जारी भएपछि एमालेको यस्तो धारणा http://www.nagariknews.com/news/35632/ Mon, 22 Jan 2018 21:47:00 +0545 http://www.nagariknews.com/news/35632/ सरकारले ललितपुर १ बाट निर्वाचित प्रतिनिधीसभा सांसद एवं पूर्वडीआईजी नवराज सिलवालविरुद्ध इन्टरपोलमार्फत डिफ्यूजन नोटिस जारी गरेपछि नेकपा एमालेले कडा आपत्ति जनाएको छ। काठमाडौं – सरकारले ललितपुर १ बाट निर्वाचित प्रतिनिधीसभा सांसद एवं पूर्वडीआईजी नवराज सिलवालविरुद्ध इन्टरपोलमार्फत डिफ्यूजन नोटिस जारी गरेपछि नेकपा एमालेले कडा आपत्ति जनाएको छ।

सोमबार बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको एमाले स्थायी कमिटी बैठकले सिलवाल प्रकरणमा सरकार र प्रहरीले गरेको कार्यलाई गलत हर्कत भएको भन्दै त्यसको भत्र्सना गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।

‘समय आएपछि न्यायिक जवाफ दिन तयारी अवस्थामा सिलवाल रहेको बेलामा सरकारले यसलाई अन्तर्राष्ट्रियकरण गर्दै इन्टरपोलमा लाने विषय बनाएर बढाइचढाइ गरेको छ, यसको बैठकले भत्र्सना गरेको छ,’ उनले भने। 

]]>
पार्टी एकताका लागि कार्यदल बनाउने एमालेको निर्णय http://www.nagariknews.com/news/35631/ Mon, 22 Jan 2018 21:29:00 +0545 http://www.nagariknews.com/news/35631/ नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)सँग छिट्टै पार्टी एकता गर्नका लागि दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको छ। सोमबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उनकै अध्यक्षतामा बसेको पार्टीे स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो। भक्तपुर – नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र)सँग छिट्टै पार्टी एकता गर्नका लागि दुईवटा कार्यदल बनाएर अगाडि बढ्ने निर्णय गरेको छ। सोमबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उनकै अध्यक्षतामा बसेको पार्टीे स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो।

बैठकले दुई वटै पार्टी एकताको प्रक्रिया सकारात्मक रहेको ठहर गरेको जानकारी दिँदै पार्टीका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘पार्टी एकताका लागि दुई वटा कार्यदल बनाएर अगाडि बढ्ने टुङ्गोमा पुगेको छ।’

सचिव भट्टराईले पार्टीको विचार धारा र सैद्धान्तिक पक्षको बीचमा सहमति निर्माण गर्न एउटा कार्यदल र संगठनात्मक कामको संयोजन एवं व्यवस्थापन गर्न अर्को कार्यदल बनाउने निर्णय भएको बताए।

एक दुई दिनभित्रै बस्ने पार्टी एकता संयोजन समितिको बैठकले यसको टुङ्गो लगाउने जानकारी दिँदै उनले यसका लागि आवश्यक गृहकार्य गरी आ–आफ्नो पार्टीको बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको जानकारी दिए।

बैठकमा एमाले र माओवादी केन्द्र्रको पार्टी एकताबारे छलफल भएको जानकारी दिँदै उनले भने, ‘यसअघि दुई पार्टीका अध्यक्ष र पार्टी एकता संयोजन समितिको बैठकमा भएका छलफलकाबारेमा अध्यक्ष ओलीले जानकारी गराउनुभभएको थियो।’

त्यसैगरी बैठकले सात वटा प्रदेशमा राष्ट्रियसभाको उम्मेदवार छनोट गर्ने र २९ जनालाई उम्मेदवारको रुपमा प्रस्तुत गरी १० गते मनोनयन गर्ने निर्णयसमेत गरेको छ।

राष्ट्रियसभाको निर्वाचनका साथै प्रदेशसभाको सिट बाँडफाँडलगायत कार्य गर्ने गरी एमाले नेता सुवास नेम्वाङको नेतृत्वमा गठन भएको कार्यदलले तयार पारेको प्रतिवेदन बैठकमा प्रस्तुत गरिएको थियो। बैठकले उक्त प्रतिवेदनलाई समेत अनुमोदन गरेको छ।

साथै कार्यदलले प्रस्तुत गरेको राष्ट्रियसभामा एमाले र माओवादी केन्द्रको सिट बाँडफाँडलाई अनुमोदन गर्ने निर्णय गरेको छ।

प्रतिनिधिसभा उम्मेदवारका लागि पार्टीले उम्मेदवार बनाउने व्यक्तिको नाम छनोट गर्न अपराह्न ४ बजे शुरु भएको बैठक रातिसम्म जारीे छ।

]]>
विभाग छ, रेल र इञ्जिनियर खोइ ? http://www.nagariknews.com/news/35630/ Mon, 22 Jan 2018 21:20:00 +0545 http://www.nagariknews.com/news/35630/ सार्वजनिक यातायातमा रेलको चर्चा धेरै हुने गरेको छ, रेल विभाग पनि गठन गरिएको छ तर विभागमा आवश्यकमात्रामा जनशक्ति र रेलकै इञ्जिनियरसमेत छैनन्। काठमाडौं – सार्वजनिक यातायातमा रेलको चर्चा धेरै हुने गरेको छ, रेल विभाग पनि गठन गरिएको छ तर विभागमा आवश्यकमात्रामा जनशक्ति र रेलकै इञ्जिनियरसमेत छैनन्।

यसै कारण एक वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने बथना–जोगवनी–बुधनगर हुँदै विराटनगर आउने १८.५ किमी र जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमीमा एक हजार ६७६ मिलिमिटर चौडाइको ब्रोडगेज रेलमार्ग पनि अलपत्र छ।

रेलमार्ग निर्माणका लागि आवश्यक जनशक्ति नभएको र नाकाबन्दी एवं त्यसपछिका खुद्रे समस्याका कारण तोकिएको समयमा काम नसकिएको विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए।

‘विभागमा महानिर्देशकसमेत चार जना सिभिल इञ्जिनियर छौँ, रेल इञ्जिनियर छैन, प्राविधिक जनशक्तिको कमी रहेकाले काममा ढिलाइ भएको छ, नाकाबन्दीले जनकपुर–जयनगर रेलको काम १५ महिना ढिला भएको छ, गत वर्ष पुस मसान्तमा सक्ने लक्ष्य पूरा हुन सकेन, विसं २०७५ पुसमा सक्ने लक्ष्य निर्धारण गरिएको छ’– उनले भने।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले आइतबार एक सार्वजनिक कार्यक्रममा रेल इञ्जिनियर र प्राविधिक जनशक्तिको अभावमा रेलमार्गका काम तोकिएको समयमा हुन नसकेको गुनासो गरे।

विसं १९९४ ९सन् १९३७० मा शुरु भएको जनकपुर–जयनगर–बिजुलपुरा ५१ किमी रेलमार्ग विसं २०५८ को बाढीले बिगीपुल बगाएपछि जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो। यो रेलमार्ग पनि स्तरोन्नति गर्न भनी विभागले विसं २०७० मा बन्द गरेको हो।

विराटनगरको रेलमार्ग निर्माणमा भने मुआब्जा चित्त नबुझी अदालतमा मुद्दा परेर काम रोकिएको विभागले जनाएको छ। जिल्ला अदालत र उच्च अदालतबाट हारेको विभाग सर्वोच्चमा पुगेको छ। यी दुवै रेलमार्ग भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको छ।

रेलमार्गको विकास गर्ने उद्देश्यले विसं २०६८ असार १ गते विभागको स्थापना भएको हो। विसं २०६६ मा नेपालमा विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि विद्युतीय रेलवे आयोजनाको स्थापना गरिएको थियो। आयोजनाले उपत्यकामा मेट्रो रेल, मेचीकाली विद्युतीय रेलमार्गलगायत रेलमार्गका विषयमा कोरियाली कम्पनीमार्फत सम्भाव्यता अध्ययन गराएको थियो।

सम्भाव्यता अध्ययन भएर अलपत्र अवस्थामा रहेको विद्युतीय मेट्रो रेलको काम अगाडि नबढे पनि प्रधानमन्त्री एवं सरकारका मन्त्री र नेताहरुले बेलाबेलामा भाषणमा रेल बन्नै लागे जस्तो अभिव्यक्ति दिइरहेका छन्। यसले जनतामा रेल आउनै लागे जस्तो लागे पनि वास्तविकता त्यस्तो छैन।

उपत्यकामा सम्भाव्यता अध्ययन मात्र

रेल विभागले चार वर्षअघि कोरियन कम्पनीलाई उपत्यकामा मेट्रो रेलका विषयमा सम्भाव्यता अध्ययन गराएको थियो। काम शुरु भएको कम्तीमा २० वर्षमा मेट्रो रेल बन्ने सम्भावना नहुने विभागका महानिर्देशक अनन्त आचार्य बताउँछन्।

उपत्यकामा ७७ किमी रेलमार्ग बनाइने अध्ययन भएकामा २५ किमी भूमिगत र ५२ किमी आकाशे रेल मार्ग बनाउनुपर्ने हुन्छ। पाँच भागमा विभाजन गरी तीन भाग आकाशे र दुई भाग भूमिगत मार्ग निर्माणका लागि अध्ययन कार्यदलले सिफारिश गरेको विभागले जनाएको छ।

सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक १२ किमी, कीर्तिपुर–कालिमाटीे–नयाँ बानेश्वर–एयरपोर्ट ११ किमी र कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किमीमा आकाशे रेलमार्ग बनाउन सिफारिश गरिएको छ। स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमी र धोबीघाट–सिंहदरबार–नक्साल–गोँगबु १४ किमीमा भूमिगत रेलमार्ग निर्माणको सिफारिश गरिएको छ।

आकाशे रेलमार्ग निर्माणमा सातदोबाटो–रत्नपार्क–नारायणगोपालचोक १२ किमीका लागि रु सात हजार ८३६ करोड, कीर्तिपुर–कालिमाटी–नयाँ बानेश्वर–एयरपोर्ट ११ किमीका लागि रु छ हजार ८०६ करोड र कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किमीका लागि रु १५ हजार १०० करोड लाग्ने अनुमान गरिएको महानिर्देशक आचार्यले जानकारी दिए। भूमिगत रेलमार्ग निर्माणमा स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किमीका लागि रु ११ हजार ८०० करोड र धोबीघाट–सिंहदरबार–नक्साल–गोँगबु १४ किमीका लागि रु १३ हजार ९५ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए।

उपत्यकामा पाँच वटा विद्युतीय मेट्रो रेल निर्माणका लागि कूल रु ५४ हजार ७१७ करोड लाग्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको विभागले जनाएको छ।

गति लिएन मेचीमहाकाली रेलमार्गले

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेचीमहाकाली रेलमार्गको कामले पनि गति लिन सकेको छैन। मेचीकाली विद्युतीय रेलमार्ग ९४५ किमी लम्बाइको छ।

यो मार्गको हालसम्म २५ किमीको मात्र काम शुरु भएको छ । २५ किमीको काममध्ये ८५ प्रतिशत सकिएको विभागका प्रवक्ता उपाध्यायले बताए।

यातायातलाई सहज र सुलभ बनाउन रेलमार्गको आवश्यकता भए पनि सम्बन्धित निकायको बेवास्ताले समस्या भएको रेल विभागका अधिकारीको गुनासो छ।

विभागको स्थापनापछि मेचीमहाकाली रेलमार्गको शुभारम्भ सरकारकै बजेटमा भएको हो। ‘राष्ट्रिय गौरवको आयोजनालाई वन, वातावरण भनेर काम रोकी रहने हो भने अरुसरह राखे भइहाल्यो नि किन विशेषण थप्नुप¥यो ?, हामी पनि विनाश त गर्दैनौँ’– महानिर्देशक आचार्यले भने।

प्रतिकिमी रेलमार्ग निर्माणका लागि रु ५० करोड लाग्छ। मेची–महाकाली रेलमार्गको काम आव २०७०÷२०७१ बाट शुरु भएको हो।

नेपालमा सर्वप्रथम विसं १९८४ (सन् १९२७) मा रक्सौल–अमलेखगञ्ज ४७ किमी रेलमार्ग सञ्चालनमा आएको थियो। यो रेलमार्ग त्रिभुवन राजपथ बनेपछि विसं २०२७ (सन् १९७०) मा यातायातमा एकाधिकार लाद्न चाहनेहरुका कारण बन्द भएको हो।

एक वर्षपछि तयार हुने ३५ किमी रेलमार्गमा गुडाउन विभागसँग रेल छैन। पहिले सञ्चालनमा रहेको जनकपुर–जयनगरको रेल दुई फिट भएकाले अहिले बनेको साढे पाँच फिटको रेलमार्गमा चलाउन सकिँदैन। अहिले एउटा रेलको कम्तीमा पनि रु ५० करोडभन्दा बढी पर्छ। अहिलेसम्म सरकारले रेल किन्ने तयारी नगरेको पनि महानिर्देशक आचार्यले बताए।

रेल बनाउन लगाएको कम्तीमा एक वर्ष लाग्ने भएकाले भारतकै रेल सेवालाई ३५ किमी दूरीमा बिस्तार गर्ने सोच विभागले बनाए पनि औपचारिक निर्णय हुन बाँकी छ। रासस

]]>
स्थानीय तहका उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाइयो http://www.nagariknews.com/news/35629/ Mon, 22 Jan 2018 21:15:00 +0545 http://www.nagariknews.com/news/35629/ काठमाडौं जिल्लाबाट स्थानीय तहका उम्मेदवारको खर्च विवरण क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई बुझाएको छ। गत वैशाख ३१ गते निर्वाचनमा सहभागी उम्मेदवारको सोमबार निर्वाचन आयोगमा खर्च विवरण बुझाइएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराए। काठमाडौं – काठमाडौं जिल्लाबाट स्थानीय तहका उम्मेदवारको खर्च विवरण क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचन आयोगलाई बुझाएको छ।

गत वैशाख ३१ गते निर्वाचनमा सहभागी उम्मेदवारको सोमबार निर्वाचन आयोगमा खर्च विवरण बुझाइएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराए। उनले एक हजार ३०७ जना उम्मेदवारको खर्च विवरण आयोगलाई बुझाएको जानकारी दिए।

उम्मेदवारले निर्वाचनको परिणाम घोषणा भएको ३५ दिनभित्र क्षेत्रीय कार्यालयमा खर्च विवरण बुझाए पनि आयोगले माग गरेपछि मात्र कार्यालयले सो विवरण बुझाएको हो।

कार्यालयका नायब सुब्बा विनोद थापाका अनुसार काठमाडौँ जिल्लाका ११ वटा स्थानीय तहमा चार हजार ४०६ उम्मेदवार भएकोमा एक हजार ३०७ जनाले मात्र खर्च विवरण बुझाएका छन्। तीमध्ये प्रमुखमा २०३ जना उम्मेदवारमा ६८ जना र उपप्रमुखमा १२४ जनामा ४९ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएको पाइएको छ।

यस्तैगरी एक हजार ६२ वडाअध्यक्षमा ३१९ जना उम्मेदवारले, एक हजार ६५४ वडा सदस्यमा ४७१ जना, ५६५ दलीय महिला सदस्य उम्मेदवारमा १७१ र ७९८ महिला सदस्यमा २२९ जनाले मात्र खर्च विवरण बुझाएको जनाएको छ।

]]>
अवैध भारतीय नोटसहित एक पक्राउ http://www.nagariknews.com/news/35628/ Mon, 22 Jan 2018 21:09:00 +0545 http://www.nagariknews.com/news/35628/ आठ लाख पचास हजार अवैध भारतीय रुपैयाँसहित सोमबार एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा भद्रपुर–१ क ५० वर्षीय आनन्द मितल रहेको छ। विराटनगर – आठ लाख पचास हजार अवैध भारतीय रुपैयाँसहित सोमबार एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापा भद्रपुर–१ क ५० वर्षीय आनन्द मितल रहेको छ। उनलाई विराटनगरको ट्राफिकचोक क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सटही गर्न खोजिरहेको अवस्थामा उनको साथबाट प्रहरीले भारतीय नोट दुई हजारको ४२५ थान बरामद गरेको जनाएको छ।

पक्राउमा परेका मितललाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक कारबाहीका लागि नगदसहित ललितपुरस्थित राजस्व अनुसन्धान विभागमा पठाइने पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

]]>
काबुलस्थित होटलमा भएको हमलाको नेपालद्वारा भत्र्सना http://www.nagariknews.com/news/35627/ Mon, 22 Jan 2018 20:58:00 +0545 http://www.nagariknews.com/news/35627/ नेपाल सरकारले अफगानिस्तानको काबुलस्थित होटलमा शनिबार भएको हमलाप्रति भत्र्सना गरेको छ। उक्त घटनालाई मानवीय क्षति तथा निर्दोष व्यक्ति घाइते हुने गरी गरिएको बर्बर तथा विवेकहीन संज्ञा दिँदै परराष्ट्र मन्त्रालयले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै सो घृणित अपराध कर्मलाई न्यायिक कठघरामा ल्याउनुपर्ने सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ। काठमाडौं – नेपाल सरकारले अफगानिस्तानको काबुलस्थित होटलमा शनिबार भएको हमलाप्रति भत्र्सना गरेको छ।

उक्त घटनालाई मानवीय क्षति तथा निर्दोष व्यक्ति घाइते हुने गरी गरिएको बर्बर तथा विवेकहीन संज्ञा दिँदै परराष्ट्र मन्त्रालयले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै सो घृणित अपराध कर्मलाई न्यायिक कठघरामा ल्याउनुपर्ने सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार अफगानी सरकार तथा उक्त घटनामा परी ज्यान गुमाएका नागरिकप्रति हार्दिक समवेदना तथा सहानुभूति व्यक्त गर्दछ।’

]]>
ओलम्पिकपछि पनि वार्तालाई निरन्तरता दिनुपर्छ : राष्ट्रपति इन http://www.nagariknews.com/news/35626/ Mon, 22 Jan 2018 20:40:00 +0545 http://www.nagariknews.com/news/35626/ दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आगामी ओलम्पिक खेलकूदपछि पनि दुई कोरियाबीचको वार्तालाई जारी राख्नुपर्नेमा जोड दिएका छन्। सोल – दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आगामी ओलम्पिक खेलकूदपछि पनि दुई कोरियाबीचको वार्तालाई जारी राख्नुपर्नेमा जोड दिएका छन्।

सोमबार आफ्नो सचिवालयका अधिकारीहरुलाई गरेको सम्बोधनमा उनले भने, ‘उक्त खेलकूदपछि पनि वार्ताको वातावरण बनाउनुपर्छ।’

उनले आफू वार्ताप्रति आशावादी भएको र आगामी दिनमा पनि वार्तालाई निरन्तरता दिनुपर्छ भन्ने गृहकार्यमा लागिपरेको उनले बताए।

आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले सहभागिता जनाउने भएको समाचार यसअघि नै आएको थियो।

सो खेलकूदका कारण दुई कोरियाबीच गएको महिना दिनयता तीन पटकसम्म उच्चस्तरीय वार्ता भएको छ भने चार वर्षयता पहिलो पटक उत्तर कोरियाली अधिकारीहरुले दक्षिणको भ्रमण गरेका छन्।

उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारी पठाउने जानकारी यसअघि नै दिइसकेको छ। यसले गर्दा यी दुई देशबीचको सम्बन्धमा पछिल्लो समयमा सुधार आएको देखिएको छ।

उक्त खेलकूदमा २२ जना एथलेट्स र अरु खेलकूद अधिकारी उत्तरले दक्षिण पठाउन लागेको छ। ती खेलाडीको नामावली र उनीहरुले खेल्ने खेलका बारेमा ओलम्पिक कमिटीले अनुमोदन गरिसकेको बताइएको छ।

उक्त खेलकूदलाई विगत लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहिआएका यी दुई देशको सम्बन्ध सुधारका लागि वातावरण थप सौहार्द बनाउने एक माध्यमका रुपमा विकास गर्न विश्व समुदायले नै आग्रह गरिरहेको छ।

]]>
माथिल्लो अरुणको डिपिआर बनाउने जिम्मा चिनियाँ कम्पनीलाई http://www.nagariknews.com/news/35625/ Mon, 22 Jan 2018 20:28:00 +0545 http://www.nagariknews.com/news/35625/ माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल विद्युत् प्राधिकरण र चिनियाँ परामर्शदाता कम्पनी च्यान्जिङ इन्स्टिच्युट अफ सर्भे प्लानिङ डिजाइन एण्ड रिसर्च (सिआइएसपिआर) बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। काठमाडौं – माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नेपाल विद्युत् प्राधिकरण र चिनियाँ परामर्शदाता कम्पनी च्यान्जिङ इन्स्टिच्युट अफ सर्भे प्लानिङ डिजाइन एण्ड रिसर्च (सिआइएसपिआर) बीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

प्राधिकरणका तर्फबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाका प्रमुख विश्वध्वज जोशी र सिआइएसपिआरका निर्देशक झाङ भिझियाङले हस्ताक्षर गरेका हुन्। आयोजना प्रमुख जोशीका अनुसार सम्झौतालगत्तै विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम शुरु हुनेछ। सम्झौताबमोजिम आगामी दुई वर्षभित्र उक्त प्रतिवेदन तयार पार्नुपर्नेछ। त्यसका लागि रु एक अर्ब ३१ करोड ३० लाख खर्च लाग्नेछ। विश्व बैंकले त्यसका लागि नेपाल सरकारलाई करिब रु दुई अर्ब सहयोग उपलब्ध गराएको छ।

प्राधिकरणले विसं २०४६ मा नै अध्ययन गरेको सो परियोजनामा लामो समयदेखि अगाडि बढ्न सकेको थिएन। अरुण तेस्रो जलविद्युत् आयोजनासँगै माथिल्लो अरुणको पनि प्रारम्भिक अध्ययन गरिएको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त सरकारका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा सो आयोजनाको विषयमा छलफल भएको थियो। सरकारले सो आयोजना निर्माणमा सहयोग उपलब्ध गराउन चीन सरकारसँग आग्रहसमेत गरिएको बताउँदै आएको छ।

संखुवासभा जिल्लाको मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्ने सो आयोजनाको प्रारम्भिक अध्ययनमा ३३५ मेगावाट बिजुली उत्पादन गर्न सकिने देखिएको थियो। प्रविधिमा आएको विकासका कारण आयोजनाको क्षमता करिब ७०० मेगावाटसम्म पुग्ने आयोजना प्रमुख जोशीको भनाइ छ। आयोजना नयाँ चरणमा प्रवेश गरेको जानकारी दिँदै प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले प्राधिकरणको महत्वाकांक्षी परियोजनाका रुपमा रहेको माथिल्लो अरुणले गति लिने विश्वास व्यक्त गरे।

अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थल रहेको संखुवासभाको फ्याक्सिन्दा दोभानबाट २० किमीमाथि अरुण नदीमा निर्माण हुने माथिल्लो अरुण आयोजनालाई जलाशयुक्त बनाउने सोचमा प्राधिकरण छ। डिपिआर तयार भएपछि मात्रै आयोजनाको कूल लागत पत्ता लाग्ने प्रवक्ता अधिकारीको भनाइ छ । तर प्राधिकरणले गरेको प्रारम्भिक अध्ययनमा आयोजनाको लागत रु ५३ अर्ब ९३ करोड ४० लाख लाग्ने अनुमान गरिएको थियो।

निर्माण सामग्रीमा भएको वृद्धि, प्रविधिमा आएको परिवर्तन तथा अन्य विविध कारणले आयोजनाको लागत बढ्ने आयोजना प्रमुख जोशीको भनाइ छ। प्राधिकरणले आयोजना कम्पनी ढाँचामा निर्माण गर्ने बताएको छ। सार्वजनिक निजी साझेदारी वा सहकारीमार्फत आयोजना निर्माण गर्न सकिने स्थानीयवासीको माग छ। आयोजनास्थल संखुवासभा र आसपासका जिल्लाबाट पनि लगानी जुटाउन सकिने प्रतिबद्धता स्थानीयवासीले यसअघि नै जनाइसकेका छन्।

सो आयोजनालाई जलाशय बनाउँदा समेत कम स्थान मात्रै डुबानमा पर्ने प्राधिकरणको प्रारम्भिक अध्ययनले देखाएको छ। आयोजनालाई माथिल्लो कर्णालीभन्दा पनि अत्यन्तै सस्तो आयोजनाका रुपमा लिने गरिन्छ। प्रतियुनिट दुई रुपैयाँ ७४ पैसामा विद्युत् उत्पादन हुने प्राधिकरणको प्रारम्भिक अध्ययनमा देखिएको छ। माथिल्लो तामाकोशी जस्तै सहज रुपमा सो आयोजना नेपाली लगानीमा नै निर्माण गर्न सकिने विकल्प पनि अगाडि सारिएको छ। डिपिआरको तयारीपछि सो विषयमा टुंगो लाग्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ। आगामी दुई वर्षभित्र डिपिआर तयार हुने र प्राधिकरण आफैले सहायक कम्पनीमार्फत निर्माण गर्ने उनले बताए।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष हुँदा तत्कालीन मुख्य सचिव लीलामणि पौडेलले पनि सो आयोजना नेपालीकै लगानीमा निर्माण गर्न सकिने जनाउँदै प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थिए। प्राधिकरणसँग निर्माणमा जानलायकका आयोजना नभएका सन्दर्भमा माथिल्लो अरुण प्राधिकरणलाई उकास्ने र नाफामा लैजाने सबैभन्दा सहज र सरल आयोजना रहेको बताइँदै आएको छ। रासस

]]>
भलिबलका उत्कृष्ट खेलाडी र प्रशिक्षक सम्मानित http://www.nagariknews.com/news/35623/ Mon, 22 Jan 2018 20:20:00 +0545 http://www.nagariknews.com/news/35623/ अखिल नेपाल भलिबल संघले २०७३ सालमा भलिबल खेलमा योगदान पुर्‍याएका खेलाडी, प्रशिक्षक, प्रतियोगिता आयोजक र जिल्ला संघलाई आज सम्मान गरेको छ। काठमाडौँ (रासस)-  अखिल नेपाल भलिबल संघले २०७३ सालमा भलिबल खेलमा योगदान पुर्‍याएका खेलाडी, प्रशिक्षक, प्रतियोगिता आयोजक र जिल्ला संघलाई आज सम्मान गरेको छ।

विस २०३३ मा स्थापना भई पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट नौ महिना अगाडि मात्र राष्ट्रिय खेल मान्यता पाएको भलिबलमा समर्पितलाई पुरुष र महिला गरी आठ विधामा सम्मान गरिएको हो । राष्ट्रिय खेल घोषणा भएपछि भलिबलको इतिहासमा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा पुरुषतर्फ नेपाल प्रहरीका विशाल विक घोषित र महिलातर्फ प्रहरीकै कामन विष्टा उदीयमान खेलाडी घोषित भए।

विक र विष्टले जनही रु १५ हजार हात पारे । यस्तै संघले यही वर्ष माल्दिभ्समा सम्पन्न एभिभसी सेन्ट्र जोन प्रतियोगितामा कास्य पदक हात पार्न सफल नेपाली टोलीका सदस्यलाई जनही रु २० हजारसहित सम्मान गरेको छ । उत्कृष्ट महिला टोलीको सम्मान विभागीय टोली एपिएफले हात पार्दा पुरुषमा विभागीय टोली नेपाली सेना उत्कृष्ट पुरुष टोलीको सम्मान जित्न सफल भयो । उत्कृष्ट दुवै टोलीले प्रतिटोली रु ५० हजार प्राप्त गरे ।

खेलमा चर्चा बटुल्न सफल न्यू डायमन्डकी प्रतिभा मालीले उत्कृष्ट महिला स्पर्धामा सम्मान चुम्दा पुरुषतर्फ नेपाली सेनाका मानबहादुर श्रेष्ठ घोषित भए । उत्कृष्ट दुवैले जनही रु २५ हजार हात पारे।

सुदूरपश्चिममा पहिलो तालीम केन्द्र स्थापना गरी राष्ट्रिय भलिबल प्रशिक्षणमा उत्कृष्ट भूमिका खेल्दै आएका नेपाली सेनाका प्रशिक्षक जगदीश भट्ट उत्कृष्ट पुरुष प्रशिक्षक घोषित भए भने महिला टोलीका प्रशिक्षणतर्फको उपाधि एपिएफका ज्ञानेन्द्र विष्टले चुमे । विष्ट र भट्ट दुवै रु २५–२५ हजारबाट पुरस्कृत भए।

कार्यक्रममा उत्कृष्ट सबै विधाका विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायतले पुरस्कार एवं सम्मान प्रदान गर्नुभयो। क्षेत्रीय भलिबल संघ, जिल्ला भलिबल संघ र क्लब प्रतियोगिता गर्ने आयोजकलाई खेलकुद सामग्रीसमेत प्रदान गरिएको थियो।

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघले आफ्नै नाममा प्रतियोगिता गर्न नेपाल भलिबलसँग रु एक करोड २० लाखको सम्झौता गरेको छ । प्रतियोगिता सञ्चालनका लागि महासंघले तीन वर्षका लागि संघलाई प्रायोजन गर्ने सम्झौता आइतबार गरेको हो । महासंघका अध्यक्ष भवानी राणा र संघका अध्यक्ष शर्माले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । महासंघका उपाध्यक्ष उमेश प्रधानले भलिबल खेललाई स्थानीयस्तरसम्म लोकप्रिय बनाई राष्ट्रिय खेलका रुपमा विकास गर्न सो सम्झौताले सहयोग पुग्ने बताए।

 

]]>
नगरपालिका संघसँगै पौडेलले प्रदेश संसद हाँक्दै http://www.nagariknews.com/news/35624/ Mon, 22 Jan 2018 20:15:00 +0545 http://www.nagariknews.com/news/35624/ देशको राजधानी काठमाडौं समेत रहेकाले प्रदेश नम्बर ३ नम्बरको चर्चा बढी हुने गरेको छ। त्यसमाथि प्रदेशको राजधानी अचानक हेटौंडा तोकिएसँगै प्रथम सभामुखको चर्चा पनि चुलिएको छ। मकवानपुर – देशको राजधानी काठमाडौं समेत रहेकाले प्रदेश नम्बर ३ नम्बरको चर्चा बढी हुने गरेको छ। त्यसमाथि प्रदेशको राजधानी अचानक हेटौंडा तोकिएसँगै प्रथम सभामुखको चर्चा पनि चुलिएको छ।

प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइराला प्रदेश अस्थायी राजधानी हेटौंडा आएपछि प्रदेशभरीका साँसदहरुलाई कस्ले सपथ खुवाउँला भन्ने चासो थियो। अन्ततः जेष्ठ सदस्यको रुपमा ७१ बर्षिय डोरमणि पौडेल तोकिएपछि त्यो कौतुहलता पनि मेटियो।

पौडेलले आइतबार बिहान हेटौंडा–१०, बसपार्कसँगै रहेको मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा स्थापित प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख अनुराधा कोईरालाबाट पद तथा गोपनियताको सपथ खाए। सपथ खादै गर्दा ढाका टोपी, दौरा, सुरुवाल, कोटमा ठाट्टिएका उनले ईश्वर र देशको सट्टा जनता र देशको नाममा सपथ लिए। ईश्वरको सट्टा जनतालाई साक्षी मानेर सपथ खाएका उनी ढल्कदो उमेरमा पनि चमक देखिन्थ्यो।
त्यसलगत्तै प्रदेश नम्बर ३ की प्रदेश प्रमुख कोइरालाको बिशेष उपस्थितीमा उनले सानका साथ १०९ प्रदेश साँसदहरुलाई सपथ ग्रहण गराए। ३८ वर्षदेखि राजनीतिमा सक्रिय उनलाई  प्रदेश ३ नम्बरको भावी सभामुखको रुपमा हेरिएको छ।

तर, नेकपा एमालेकी मकवानपुर अध्यक्ष एवम् समानुपातिक प्रदेश साँसद मुनु सिग्देलले मुख्यमन्त्री एमालेको हुने भएकाले सभामुख माओवादी केन्द्रले पाउँने बताइन्। त्यसबारेमा अन्तिम टुङ्गो भने लाग्न बाँकी रहेको उनले बताईन्। पौडेलले प्रदेशमा गतिलो जिम्मेवारी पाउने सम्भावना भने अझै बाँकी रहेको सहजै आँकलन गर्न सकिन्छ। त्यसो त प्रदेशको पहिलो सभामुखको हैसियतमा सपथ ग्रहणसँगै केही बैठक समेत उनैले राख्ने छन्।

नेकपा एमालेको जिल्लादेखि केन्द्रिय तहमा समेत हैसियत राख्ने उनले नेपाल नगरपालिका संघ सहित बिभिन्न सामाजिक संस्थामा काम गरेको अनुभव समेत छ। एमालेको जिल्ला, प्रदेश र केन्द्रीय बिभागका बिभिन्न पदहरुमा बसेर काम गरी सकेको अनुभव उनीसँग छ।

प्रदेश राजधानी जोगाउन एमालेलाई चुनौती

प्रदेश नम्बर ३ को संसदमा एमालेको बहुमत छ। एक सय १० प्रदेश सांसदमध्ये प्रत्यक्ष र समानुपातिकगरि ५८ जना साँसद एमालेसँग नै छ। तर प्रदेश राजधानी हेटौंडालाई नै स्थायी गर्न वा सार्न आबश्यक दुई तिहाई पु-याउन उसले सम्वतः माओवादीसँगै काँग्रेसको साथ चाहिन्छ।

तर राप्रपा अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापा, मकवानपुर निर्वाचन क्षेत्र २ (ख)का साँसद एवम् पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँ लगायतको दबावमा प्रदेशको अस्थायी राजधानी हेटौंडा ल्याईएको छ। स्थायी राजधानी हेटौंडा नै बनाई छाड्ने धुवादार भाषण गर्दै आएका छन्, साँसद बानियाँले।

यता, सभामुखको भुमिका निर्वाह गरिरहेका जेष्ठ सदस्य पौडेल पनि जुनसुकै हालतमा हेटौंडालाई नै स्थायी राजधानी बनाउँने बताउँछन्। त्यसका लागि लविङ्ग भइरहेको काठमाडौंबाट टेलिफोनमा उनले नागरिकलाई बताए।

एमालेभित्रै र प्रदेश साँसदहरुबीचमै अस्थायी राजधानी हेटौंडा बनाईएकोमा नै असन्तुष्टी रहेको छ। यस्तो बेला सम्भवतः प्रतिपक्षी काँग्रेस जिल्ला सभापति समेत रहेका बानियाँको प्रतिबद्धताले एमाले साँसदहरुलाई टाउँको दुःख्ने पक्का देखिन्छ।

प्रत्यक्ष निर्वाचित ६६ जनामध्ये एमालेको ४२, माओवादी केन्द्रको १५, काँग्रेसको ७, नयाँ शक्ति पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टीको १–१ जना साँसद छन्। त्यस्तै, समानुपातिकतर्फ एमालेको १६, काँग्रेसको १४, माओवादी केन्द्रको ८, विवेकशील साझाको तीन, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राप्रपा (प्रजातान्त्रिक)का १–१ जना साँसद छन्।

प्रत्यक्ष चुनावमा पौडेलको युवा रवाफ

मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ (ख)का बाम गठबन्धन(एमाले)का उम्मेदवार पौडेलका प्रतिस्पर्धी थिए लोकतान्त्रिक गठबन्धन(काँग्रेस)का अशोक शाक्य। चुनावको अन्तिम चुनावी भाषणमा शाक्यले २ पटक मेयर भएरपनि पौडेलले बिकास नगरेको आरोप लगाएका थिए। उनले पौडेललाई लक्षित गर्दै व्यङ्ग्य गरेका थिए, ‘उहाँले गरेको बिकास राजमार्गको दुबैतर्फ अनुत्पादक अशोकको बिरुवा रोपेको मात्र हो, अब हामी नयाँ बिरुवा रोप्छौँ।’ तर शाक्यलाई ४ हजार १ सय २२ मतले पछि पार्दै पौडेल बिजयी हुँदै गतिलो जवाफ थिए। उमेरले बुढ्यौली लागेपनि चुनावी कार्यक्रममा निक्कै सक्रिय रहेका थिए। पौडेलले २० हजार ७ सय ३ मत प्राप्त गरेका थिए भने शाक्यले १६ हजार ५ सय ८१ मत ल्याएका थिए। बिजयी भएसँगै उनले भनेका थिए, ‘मेयर हुँदा हेटौंडालाई मोडल सिटीको रुपमा बिकास गरे, त्यस्तै प्रदेश नम्बर ३ लाई मोडल प्रदेश बनाउने प्रतिबद्धता गर्छु।’

यस्तो छ पौडेलको जीवनी

नेपाल नगरपालिकाका संघको २०५४ सालदेखि हालसम्म अध्यक्ष रहेका पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको २०४८ र २०५४ मा निर्वाचित मेयर हुन्। २ पटक नगरपालिकाको नेतृत्व गरेका उनले हेटौंडालाई देशमै नमुनालायक हुने गरि बिकास गरेको जानकारहरु बताउँछन्।

राज्य पुनर्संरचना उच्च स्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरिसकेका पौडेल, अन्तराष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक बिकास समितिको अध्यक्ष समेत हुन्।

काठमाडौंको तत्कालिन फपिङ्ग गाबिसमा बि.सं. २००२ साल चैत्र १५ गते जन्मिएका उनको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर हो। मायानाथ पौडेल र कुलकुमारी पौडलका सुपत्र डोरमणिले मानविकी संकायमा स्नातक(बी.ए.)सम्मको औपचारिक अध्ययन गरेका छन्। बि.सं. २०३० सालदेखि बिद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय भएका थिए। उनले २०३२ देखि १० बर्ष शिक्षक भएर शिक्षण समेत गराएका थिए। लामो समय अर्धभूमिगत भूमिगत बिताएका उनको २०४६ सालको जनआन्दोलन ताकामा तत्कालिन सरकारले टाउकोको मुल्य तोकेपछि ५६ दिन भारतमा बसेका थिए। चार पटक कैद सजाँय तोकेर जेल परेका उनी १८ पटक प्रहरीको हिरासतमा बसेका थिए।

]]>
‘नेतृत्वको कमजोरीले कांग्रेस कमजोर’ http://www.nagariknews.com/news/35622/ Mon, 22 Jan 2018 20:08:00 +0545 http://www.nagariknews.com/news/35622/ खोटाङको हलेसीमा भएको कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले नेतृत्वको कमजोरीका कारण पार्टी कमजोर बनेको निष्कर्ष निकालेको छ। खोटाङ – खोटाङको हलेसीमा भएको कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले नेतृत्वको कमजोरीका कारण पार्टी कमजोर बनेको निष्कर्ष निकालेको छ।

स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले पराजय बेहोर्नुका कारण खोज्न त्रि–धार्मिकस्थल हलेसीको दर्शन गर्ने बाहनामा हलेसीमा भेला भएका कांग्रेस सभापतिहरुको भेलाले नेतृत्वले पार्टीलाई चलायमान बनाउन नसक्दा र आन्तरिक व्यवस्थापनमा ध्यान नपु-याउँदा पार्टी कमजोर बनेको निष्कर्ष निकालेको हो।

जाम्बाला रिसोर्टमा सोमबार भएको सभापतिको भेलाले पार्टीलाई शुद्धिकरण र सुदृढिकरण गर्नुपर्ने आवश्यकता देखिएको निष्कर्ष निकालेको छ। निर्वाचनमा कांग्रेसले भोगेको पराजय, पराजयका कारण, पार्टी नेतृत्वबाट भएका कमजोरी लगायतका बिषयमा भएको छलफलमा पार्टीले नयाँ अवधारणा र जनमुखी कार्य गर्न नसकेका कारण पार्टीले पराजय भोग्नु परेको निष्कर्ष निस्केको खोटाङ कांग्रेसका सभापति नरेशकुमार श्रेष्ठले बताए।

देश सघीय संरचनामा गइसकेकाले सोही अनुरुपको विद्यान निर्माणका लागि भेलाले काठमाडौं सभापति मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय बिद्यान परिमार्जन समिति गठन गरेको छ। समितिको सदस्यमा कालिकोट सभापति हर्कबहादुर बम, पाँचथर सभापति नरेन्द्र केरुङ, सिन्धुली सभापति उज्वल बराल र धादिङ सभापति रमेश धमला चयन भएका छन्। भेलाले आगामी जिल्ला सभापतिको राष्ट्रिय भेला नुवाकोटमा गर्ने निर्णय गरेको महासमिति सदस्य बिष्णुकुमार राईले बताए। आइतबार हलेसीमा आयोजित कांग्रेस खोटाङको बैठकको अवशर पारेर सबै जिल्ला सभापतिलाई हलेसी बोलाइएको थियो।

हलेसीको पर्यटन प्रवर्द्धनका लागि सभापतिको प्रतिबद्धता

कांग्रेसका जिल्ला सभापतिहरुले त्रि–धार्मिकस्थल एबं पर्यटकीयस्थल हलेसीको पर्यटन प्रवर्द्धनका लागि सामूहिक प्रतिबद्धता जनाएका छन्। खोटाङकै प्रमुख आर्थिक केन्द्रकारुपमा रहेको हलेसीको प्रचार–प्रसार गर्दै पर्यटन प्रबर्द्धनका लागि सभापतिहरुले प्रतिबद्धता जनाएका हुन्। हलेसीको पर्यटन प्रबर्द्धनका लागि सरकार र पार्टी नेतृत्वसमक्ष माग राख्ने निर्णय गरिएको सहभागीहरुले बताएका छन्।

]]>
बसन्त पञ्चमीमा साँगीतिक कन्सर्ट http://www.nagariknews.com/news/35621/ Mon, 22 Jan 2018 19:37:00 +0545 http://www.nagariknews.com/news/35621/ झण्डै डेढ महिनादेखी बढेको चिसोविच सोमवार मनाइएको बसन्तपञ्चमीको अवरमा वीरगन्जस्थित ठाकुरराम बहुमुखि क्याम्पसमा आयोजित साँगितिक कन्सर्टले माहोल ततायो। वीरगन्ज – झण्डै डेढ महिनादेखी बढेको चिसोविच सोमवार मनाइएको बसन्तपञ्चमीको अवरमा वीरगन्जस्थित ठाकुरराम बहुमुखि क्याम्पसमा आयोजित साँगितिक कन्सर्टले माहोल ततायो। बसन्तपञ्चमीमा आयोजित हुने सरस्वति पुजाको अवसर पारी क्यामसका विद्यार्थीले राखेको साँगीतिक कन्सर्टमा भोजपुरीका चर्चित गायक सुनिल पण्डितको गीतहरुमा सहभागिहरु झुमेका थिए।

‘तिमी पहाड कि छोरी म मधेसको छोरो, पिरतीको देश बनाउ मिलि कालो गोरो, भेंटौं लालका पुलैमा, तिम्रो लागि ठाउँ खाली छ, प्यारी मेरो दिलैमा,’ भन्ने गितमा सहभागिहरु सबभन्दा बढी रमाएका थिए। राजनराज शिवाकोटीको संगीत र राजुबाबु श्रेष्ठको शब्द रहेको पंडितको नयाँ एल्बमको उक्त गित अहिले यस क्षेत्रमा निकै चलेको छ। गत मधेस आन्दोलनमा सिमरा नजिकको ललका पुलसम्म सबै थोक खुल्ला र त्यस यता बन्द हुने भएपछि लालका पुललाई प्रेमको मिलन बिन्दुको रुपमा प्रस्तुत गर्दै पर्साका तत्कालीन प्रहरी उपरीक्षक रहेका गितकार श्रेष्ठले उक्त गित कोरेका थिए।

ठाकुरराम क्याम्पस सांगीतिक कन्सर्टले गर्दा सोमवार गुञ्जयमान भयो। पंडितले ‘दिवाना इण्डिया नेपाल बा’ लगायत गीतहरु गाएका थिए। कार्यक्रममा क्याम्पसका विद्यार्थीहरुले बिभिन्न प्रस्तुतिहरु गरेका थिए। ‘निकै उत्साहपुर्वक माहोलविच साँगितिक कार्यक्रम गरिएको छ,’ विद्यार्थी नेता निखिल बर्णवालले भने, ‘विद्यार्थीहरुको जमघट र एक आपसमा भेंटघाट संगै मनोरन्जनको एउटा साधनको रुपमा बिगत केही बर्षदेखी यहाँ बिहानको पुजापछि यस्तो कन्सर्ट हुदै आएको छ।’ करिब ६ हजार विद्यार्थी अध्ययनरत ठाकुरराम बहुमुखी क्यामपस तराईको एउटा प्रमुख शैक्षिक केन्द्र हो।

]]>
प्रदेशको नेतृत्व नछोड्ने एमाले संकेत http://www.nagariknews.com/news/35620/ Mon, 22 Jan 2018 19:25:00 +0545 http://www.nagariknews.com/news/35620/ नेकपा एमालेले ६ नम्वर प्रदेश सरकारको नेतृत्व नछोड्ने संकेत गरेको छ। ६ नम्वर प्रदेश संसदीय दलको सोमबारको बैठकले एकल सरकार बनाउन सक्ने हैसियत आफूहरुसँग रहेकाले प्रदेशको नेतृत्व अरुलाई नदिने निर्णय गरेको हो। सुर्खेत- नेकपा एमालेले ६ नम्वर प्रदेश सरकारको नेतृत्व नछोड्ने संकेत गरेको छ। ६ नम्वर प्रदेश संसदीय दलको सोमबारको बैठकले एकल सरकार बनाउन सक्ने हैसियत आफूहरुसँग रहेकाले प्रदेशको नेतृत्व अरुलाई नदिने निर्णय गरेको हो। ‘४० सदस्यीय प्रदेशसभामा हामी एकल सरकार बनाउन सक्ने हैसियतमा छौं’ बैठकपछि मूख्यमन्त्रीका दावेदार यामलाल कँडेलले भने, ‘यस्तो अवस्थामा अन्य दलको नेतृत्व स्वीकार गर्न सकिँदैन।’ प्रदेशसभामा एमालेबाट २० जना निर्वाचित छन्।

जनयुद्धको आधारभूमि हुनुका साथै स्थानीय र प्रदेशसभा निर्वाचनमा महत्वपूर्ण स्थान हाँसिल गरेको भन्दै ६ नम्वर प्रदेशमा माओवादी केन्द्रको पनि दावी छ।

संसदीय दलको बैठकले प्रदेश सरकारको नेतृत्वका लागि पार्टी केन्द्रको ध्यानाकर्षण पनि गराएको छ। ‘पार्टीका शतप्रतिशत उम्मेदवार विजयी गराउन सफल भएकाले पनि प्रदेश सरकारको नेतृत्व हामीले गर्नुपर्छ’ प्रदेश सहसंयोजकसमेत रहेका कँडेलले भने, ‘प्रदेशको नेतृत्वका लागि पार्टी केन्द्रको पनि ध्यानाकर्षण गराएका छौं ।’ ६ नम्वर प्रदेशमा माओवादी केन्द्रले पनि दावी गर्दै आएको छ । जनयुद्धको आधारभूमि हुनुका साथै स्थानीय र प्रदेशसभा निर्वाचनमा महत्वपूर्ण स्थान हाँसिल गरेको भन्दै ६ नम्वर प्रदेशमा माओवादी केन्द्रको पनि दावी छ। यो प्रदेशमा माओवादी केन्द्रका १३ सांसद छन्। ६ सांसद रहेको नेपाली कांग्रेसले भने सशक्त प्रतिपक्षको भूमिकामा रहने बताउँदै आएको छ।

संसदीय दलको बैठकले आफ्नो नेतृत्वमा सरकार गठन लगत्तै निजी वायूसेवा कम्पनीसँग छलफल गरेर सुर्खेत–काठमाडौं सिधा उडान गर्नुका साथै प्रदेशका १० वटै जिल्लामा हुने उडान सुर्खेतबाट गराउने निर्णय पनि गरेको छ। ‘अहिले ६ नम्वर प्रदेशका जिल्लाहरुमा नेपालगञ्जबाट पनि उडान हुँदै आएको छ’ प्रदेश कमिटी सहसंयोजक कँडेलले भने, ‘प्रदेशको राजधानी सुर्खेतबाट प्रदेशभित्रका अन्य जिल्लाहरुमा हवाई सेवा सञ्चालन र विस्तारको थालनी गछौं ।’ यस्तै संसदीय दलले प्रदेश कमिटीले जारी गरेको सुशासन, आर्थिक विकास र समृद्धिको मार्गचित्रलाई कार्यान्वयनमा लैजाने बताएको छ।

 

]]>
मोडमा पट्टा भाँचिदा बस दुर्घटना http://www.nagariknews.com/news/35619/ Mon, 22 Jan 2018 18:57:00 +0545 http://www.nagariknews.com/news/35619/ पूर्वी रुकुमबाट दाङतर्फ जाँदै गरेको यात्रुबहाक बस सोमबार दिउँसो सल्यानको भाटखोला नजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। १३ जना गम्भीर घाइते छन्। श्रीनगरमा ३० जनाको इन्ट्री गरेर दाङतर्फ जाँदै गरेको ना५ख ५३१ नम्वरको बस सल्यानको त्रिवेणी गाउँपालिका–६, भाटखोलामा दुर्घटना भएको हो । सुर्खेत- पूर्वी रुकुमबाट दाङतर्फ जाँदै गरेको यात्रुबहाक बस सोमबार दिउँसो सल्यानको भाटखोला नजिकै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। १३ जना गम्भीर घाइते छन्। श्रीनगरमा ३० जनाको इन्ट्री गरेर दाङतर्फ जाँदै गरेको ना५ख ५३१ नम्वरको बस सल्यानको त्रिवेणी गाउँपालिका–६, भाटखोलामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी भरत विकका अनुसार बाघखोर–१० सल्यानकी छन्चरी विक, मुसिकोट–६ पूर्वी रुकुमकी पुष्पा केसी खड्का र त्रिवेणी–८ पश्चिम रुकुमका खिमबहादुर खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका १३ जनालाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा रेफर गरिएको छ । बाँकीको श्रीनगरको मोडल अस्पताल, कान्तिपुर मेडिकल र सल्यान जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको डिएसपी विकले बताए।

ओरालो मोडमा स्टेयरिङ घुमाउन नपाउँदै पट्टा भाँचिदा बस अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरेका छौं’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’ बस दुर्घटना हुँदा चालक र सहचालक पनि घाइते छन्।

 

]]>
सेनाको हेलिकप्टर दुर्घटनाबाट बच्यो http://www.nagariknews.com/news/35618/ Mon, 22 Jan 2018 18:52:00 +0545 http://www.nagariknews.com/news/35618/ नेपाली सेनाको हेलिकोप्टरमा उडेको केही समयमै समस्या देखिएपछि पाईलटले आकस्मीक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन्। जसले एक हवाई दुर्घटना टरेको छ। डोटी- नेपाली सेनाको हेलिकोप्टरमा उडेको केही समयमै समस्या देखिएपछि पाईलटले आकस्मीक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन्। जसले एक हवाई दुर्घटना टरेको छ। डडेल्धुराबाट घाईते प्रहरी जवान बोकेर नेपालगञ्जका लागि उडेको नेपाली सेनाको ०४५ ईक्वीरेल हेलिकप्टर शिखर नगरपालिका–४ मुडभाराको मरकट्टेमा अवतरण गरिएको हो।

अकस्मात उड्नासाथ समस्या देखिएपछि चालक दलका पाईलट प्रमूख सेनानी कुशल कुमार गुरुङ र को–पाईलट क्याप्टेन राकेश खड्काले कुशलतापूर्बक आकस्मीक रुपमा हेलिकोप्टर अवतरण गराएका छन्। जुन ‘मेजर ईमरजेन्सी ल्याण्ड’ हो । जसले संभावित दुर्घटना टरेको छ।

आईतबार साँझ दार्चुलामा भीरबाट लडेर घाईते भएका प्रहरी जवान शेर बहादुर महतरालाई उप क्षेत्रीय अस्पताल डडेल्धुराले काठमाडौं रेफर गरेको थियो। त्यसपछि प्रहरीले सेनासंग समन्वय गरेर नेपालगञ्जसम्मका लागि सो हेलिकोप्टरको ब्यबस्था मिलाएको थियो।

त्यसपछि दुईजना पाईलट र घाईते सहित तीन जना प्रहरी बोकेर सो हेलिकप्टरमा डडेल्धुराबाट उडेको केही समयमै समस्या उत्पन्न भएको थियो । जसलाई पाईलटद्वयले कुशलता र साहसका साथ अवतरण गराएर सबैको ज्यान जोगाएको हेलिकप्टरमा सवार प्रहरी हबल्दार अमरराज अधिकारीले बताए । ‘हामी त आत्तीसकेका थियौ,’ उनले भने,‘तर, उहाँहरु(पाईलट) आत्तिनुभएन । सहज ढंगबाट गहुँह्रामा बसालेर दुर्घटनाबाट बचाउनुभयो।’

हेलिकोप्टर भने तत्कालै उडान भर्ने सम्भावना छैन्। समस्या समाधानका लागि ईन्जिनियर आएर जाँचबुझ गरी आवश्यक मर्मत गरेर मात्रै उडान भर्नेछ। उता घाईते प्रहरी जवान महतराको अबस्था भने गम्भीर छ । मुडभाराबाट तत्कालै सडक मार्गबाट लैजाने प्रयास गरिने प्रहरी हबल्दार अधिकारीले बताए।

अवतरणस्थलमा यो समाचार तयार पार्दासम्म डोटीको प्रहरी टोली भने पुगिसकेको थिएन् । ‘तल्कोटबाट दुईघण्टा लाग्ने भएकाले हाम्रो प्रहरी केही ढिला भएको छ,’ जिल्ला प्रहरी कार्यालय डोटीका प्रमूख प्रहरी उपरीक्षक मधुसुदन लुईटेलले भने,‘घाईते जवानको अबस्था केही गम्भीर भएको खबर छ । यथासक्य चाँडो रेस्क्यू गर्छौ।’

 

]]>
राष्ट्रियसभा निर्वाचन : सबै खाले सुरक्षा रणनीति अपनाइने http://www.nagariknews.com/news/35616/ Mon, 22 Jan 2018 18:42:00 +0545 http://www.nagariknews.com/news/35616/ राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ। काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबै खाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ।

निर्वाचन आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा निर्वाचन आयोगमा सोमबार बसेको बैठकले यही माघ २४ गते बुधबार हुने उक्त निर्वाचनका लागि सुरक्षा निकायले सुरक्षा रणनीति तथा कार्यनीति निर्माण गरी अघि बढ्ने निष्कर्ष निकालेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण तरिकाबाट सम्पन्न गराएकोमा सबै सुरक्षा निकायलाई बधाई एवं धन्यवाद दिएको थियो।

आयुक्त शाहले निर्वाचनमा चुस्त, प्रभावकारी र परिणाममूलक सुरक्षा प्रबन्ध मिलाउन र समन्वयका साथ कार्य गर्ने निर्देशन दिए। सो अवसरमा गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मन्त्रालयले तयार पारेको सुरक्षा कार्ययोजनाबारे बैठकलाई गराएका थिए।

बैठकमा निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद केसी, नेपाली सेनाका रथी पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी तथा रक्षा तथा गृह मन्त्रालय र निर्वाचन आयोगका उच्च तहका अधिकारीको सहभागिता थियो।

]]>
माओवादीमा राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाउने जिम्मा तीन नेतालाई http://www.nagariknews.com/news/35617/ Mon, 22 Jan 2018 18:42:00 +0545 http://www.nagariknews.com/news/35617/ नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई दिएको छ। माओवादी मुख्यालय पेरिसडाँडामा बसेक माओवादी प्रदेश ईन्चार्जसहित शीर्ष नेताको बैठकले उम्मेदवार छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको हो। काठमाडौं- नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई दिएको छ। माओवादी मुख्यालय पेरिसडाँडामा बसेक माओवादी प्रदेश ईन्चार्जसहित शीर्ष नेताको बैठकले उम्मेदवार छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको हो। एमालेसँगको साझेदारीमा माओवादीले राष्ट्रिय सभामा १४ जना उम्मेदवार पाउने सहमति भएको थियो।

अध्यक्ष दाहालको सचिवालयका अनुसार मंगलबार तीन नेता बसेर १४ जना उम्मेदवारको नाम टुंगो लगाउने छन्। सोमबारको बैठकमा प्रदेश ईन्चार्जहरुले एक पदका लागि तीन जनाको नाम सिफारिस गरेका छन्। मंगलबार बस्ने बैठकले प्रदेशबाट सिफारिस भएका नामसहित प्रदेशको सिफारिसमा नपरेका तर केन्द्रीय भूमिकामा रहेका नेताहरुको नाममाथि समेत छलफल गरेर उम्मेदवारको अन्तिम नामावली तयार पार्ने जनाइएको छ।निर्वाचन आयोगले माघ १० गते भित्र उम्मेदवारको टुंगो लगाउने समय सीमा तोकेको छ। माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ।

]]>
एक साताको विदापछि चीनबाट सामग्री आयात सुरु http://www.nagariknews.com/news/35614/ Mon, 22 Jan 2018 18:33:00 +0545 http://www.nagariknews.com/news/35614/ सोनाम ल्होसारको अवसरमा दिइएको एक साता लामो विदा सकिएसँगै चीनबाट सामग्री आयात सुरु भएको छ। ल्होसारको कारण चिनियाँ भन्सार बन्द भएसँगै माघ १ गतेदेखि सामग्री आयात रोकिएको थियो। माघ १ गतेदेखि ७ गतेसम्म सार्वजनिक विदा परेकाले कन्टेनर सञ्चालन रोकिएको थियो। रसुवा – सोनाम ल्होसारको अवसरमा दिइएको एक साता लामो विदा सकिएसँगै चीनबाट सामग्री आयात सुरु भएको छ।

ल्होसारको कारण चिनियाँ भन्सार बन्द भएसँगै माघ १ गतेदेखि सामग्री आयात रोकिएको थियो। माघ १ गतेदेखि ७ गतेसम्म सार्वजनिक विदा परेकाले कन्टेनर सञ्चालन रोकिएको थियो।

सामग्री आयात ठप्प भएपछि व्यापारी, कामदार र सवारी चालक नेपाल फर्किएका थिए। चिनियाँ भन्सार खुलेसँगै आज ६५ ओटा कन्टेनरमा शिल लगाइएको छ।

आज शिल लगाइए पनि समय अभावका कारण सोमबार नेपाल प्रवेश गर्न नसकेका रसुवागढी भन्सारका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताए। मंगलबार बिहान नाका खुलेपछि कन्टेनरको आगमन सुरु हुने उनको भनाई थियो।

सामग्री लिन गएका कन्टेनरले चिनियाँ भन्सारको पार्किङ क्षेत्र भरिएको नेपाली व्यावसायी पुरुषोत्तम पौडेलले बताए।

बिदाको समयमा सामग्री बोकेका कन्टेनर सञ्चालन नभए तापनि खाली कन्टेनर तथा साना सवारी साधन सञ्चालन रोकिएको थिएन।

रसुवागढी भन्सार कार्यालयले माघ महिनामा करिब ३० करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । माघ महिनामा चिनतर्फ लामो अबधीको बिदा हुने र हिउँ पर्ने सिजन पनि यहि भएकाले लक्ष्य अनुसारको राजश्व उठाउन कठिन हुने प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताए।

रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्।

चीनले अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । चीनबाट स्याउ, ऊन, तयारी कपडा, ज्याकेट, जुत्ता, विद्युतीय सामग्री, मोटरका पार्टपुर्जा, कस्मेटिक सामान आयात हुने गरेको छ भने नेपालबाट हस्तकलाका सामान, चाउचाउ, धागो, खुर्सानी, चिउरा लगायतका सामग्री निर्यात हुने गरेको छ ।

]]>
राज्याभिषेक गरेकै चौतारोमा द्रव्य शाहको सालिक http://www.nagariknews.com/news/35613/ Mon, 22 Jan 2018 18:25:00 +0545 http://www.nagariknews.com/news/35613/ गोरखा नगरपालिका ५ को पस्लाङ चौतारोमा शाहवंशीय राजाका संस्थापक द्रव्य शाहको सालिक स्थापना गरिएको छ। गोरखाको इतिहास जोगाउन र स्मरण गर्न उद्योग वाणिज्य संघले द्रव्य शाहले राज्याभिषेक गरेको ऐतिहासिक चौतारोमा सालिक ठड्याएको हो। चार सय ५८ वर्षपछि ठड्याइएको सालिकको शनिबार योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले अनावरण गरेका हुन्। गोरखा- गोरखा नगरपालिका ५ को पस्लाङ चौतारोमा शाहवंशीय राजाका संस्थापक द्रव्य शाहको सालिक स्थापना गरिएको छ। गोरखाको इतिहास जोगाउन र स्मरण गर्न उद्योग वाणिज्य संघले द्रव्य शाहले राज्याभिषेक गरेको ऐतिहासिक चौतारोमा सालिक ठड्याएको हो। चार सय ५८ वर्षपछि ठड्याइएको सालिकको शनिबार योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले अनावरण गरेका हुन्।

इतिहासमा द्रव्य शाहले गोरखा राज्यको स्थापना गरेको भनिन्छ। तत्कालीन राजा द्रव्य शाहले १६१६ भदौ २५ गते गोरखाको पस्लाङ चौतारामा नारायणदास अर्ज्यालबाट राज्याभिषेक गरेको इतिहास छ। उनले राज्याभिषेक गरेकै चौतारोमा अर्धकदको सालिक राखिएको उद्योग वाणिज्य संघले जनाएको छ।

संघका अध्यक्ष श्रवणकुमार जोशीले भने, ‘सालिक निर्माण भएको छ, यसले यस क्षेत्रको पर्यटन प्रवद्र्धन र गोरखाको इतिहास जोगाउन मद्दत पुग्ने हामीले विश्वास लिएका छौं।’ उद्योग वाणिज्य संघ गोरखाले गोरखा नगरपालिका ५ को पस्लाङमा भूकम्पअघि एक गाउँ एक उत्पादन कार्यक्रम लागू गरेर होम स्टे सुरु गराएको थियो । भूकम्पले त्यहाँका घर भत्किएपछि होम स्टे सेवा पनि अवरुद्ध भयो। अहिले पुनः होम स्टे सुरु गर्ने तयारी भइरहेको छ।

राजा द्रव्य शाहसँगको इतिहासमा जोडिएकाले पस्लाङको प्रचार प्रसार र प्रवद्र्धन गर्न सालिकले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा अध्यक्ष जोशीको छ। द्रव्य शाहको सालिक हेर्न गएका पर्यटकलाई होम स्टेमा राख्ने उद्देश्य उद्योग वाणिज्य संघ र पस्लाङमा होम स्टे सञ्चालन गर्ने स्थानीयको छ।

सालिकको अनावरण गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले ऐतिहासिक पर्यटनसँग जोडेर गोरखामा धेरै सम्भावना रहेको बताए । साथै उनले पर्यटन, ऊर्जा र कृषिबाट गोरखा जिल्लाले धेरै फाइदा लिन सक्ने बताउँदै उद्योगी व्यवसायीलाई त्यसतर्फ प्रेरित हुन अनुरोध गरे ।

कार्यक्रममा इतिहासविद् दिनेशराज पन्तले गोरखासँगको इतिहासको बारेमा चर्चा गरेका थिए । ललितपुर उद्योग वाणिज्य संघसँग समन्वय गरेर ललितपुरका कालिगढबाट सालिक निर्माण गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । करिब ४० किलोको ढलोटको सालिक निर्माण गर्न करिब चार लाख लागेको छ ।

 

]]>
‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को पोखरामा अडिसन http://www.nagariknews.com/news/35612/ Mon, 22 Jan 2018 18:06:00 +0545 http://www.nagariknews.com/news/35612/ दोस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टको पहिलो अडिसन पोखरामा भएको छ। शनिबार पोखरामा भएको अडिसनमा कुल २८ जनाले सहभागिता जनाएका थिए। पोखरामा अर्कोपटक पनि अडिसन हुने आयोजक कम्पनी एपी इन्टरटेनमेन्टले जनाएको छ। पोखरा-दोस्रो सिजनको हस्पिटालिटी नेपाल कन्टेस्टको पहिलो अडिसन पोखरामा भएको छ। शनिबार पोखरामा भएको अडिसनमा कुल २८ जनाले सहभागिता जनाएका थिए। पोखरामा अर्कोपटक पनि अडिसन हुने आयोजक कम्पनी एपी इन्टरटेनमेन्टले जनाएको छ।

अडिसनमा सहभागी जनाउनेहरुमध्ये पोखराबाट कुल २० जना प्रतिस्पर्धीहरुलाई कन्टेस्टका लागि फाइनल गरिने आयोजक कम्पनीका रबिन केसीले जानकारी दिए । पोखरामा भएको पहिलो चरणको अडिसनबाट छनौट हुने प्रतिस्पर्धीहरुको नाम भने एक साता पछि सार्वजनिक गरिने आयोजकले बताएको छ।

आगामी साता बुटवलमा हुने अडिसनमा पोखरामा छनौट भएकाहरुको नामावली सार्वजनिक गरिने कम्पनीका निर्देशक सृष्टि आचार्यले बताईन्। त्यस लगत्तै काठमाण्डौमा पनि यो कन्टेस्टका लागि अडिसन आह्वान गर्ने तयारी आयोजक एपी इन्टरटेनमेन्टले गरेको जनाएको छ । अडिसन लगत्तै आयोजकले प्रतिस्पर्धीहरुका लागि बन्द प्रशिक्षण दिने तयारी छ।

नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित ‘हस्पिटालिटी सेक्टर’का व्यक्तिहरुले यो ‘कन्टेस्ट’मा सहभागिता जनाउन पाउने आयोजकले बताएको छ । ‘अतिथी सत्कारको लागि पर्यटकीय होटल, रेस्टुरेन्ट तथा अन्य क्षेत्रहरु बढि सम्बन्धित छन् । र, यो कन्टेस्टमा सोहि क्षेत्रसँग आबद्ध रहेका सबै उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन् ।’ आयोजक एपी इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले भने–‘हस्पिटालिटी क्षेत्रमा आबद्ध हुनेहरुको लागि यो एउटा विशेष मञ्चको रुपमा हामीले अगाडि सारेका छौँ ।’

]]>
पोर्नस्टारसँग ट्रम्पको अफेयर ? http://www.nagariknews.com/news/35615/ Mon, 22 Jan 2018 17:51:00 +0545 http://www.nagariknews.com/news/35615/ पोर्नस्टार स्टेफिनी क्लिफोर्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो अफेयर रहेको कुरा स्वीकार गरेकी छन्। अमेरिकी चुनावका बेला स्टेफिनीसँग ट्रम्पको अफेयर रहेको चर्चा भएको थियो। ट्रम्पसँग उनले अंगालो मारेको तस्बिर समेत सार्वजनिक भएको थियो। न्युयोर्क – पोर्नस्टार स्टेफिनी क्लिफोर्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो अफेयर रहेको कुरा स्वीकार गरेकी छन्। अमेरिकी चुनावका बेला स्टेफिनीसँग ट्रम्पको अफेयर रहेको चर्चा भएको थियो। ट्रम्पसँग उनले अंगालो मारेको तस्बिर समेत सार्वजनिक भएको थियो। त्यो समयमा उनी बोल्न मानेकी थिइनन्।

तर, भर्खरैको एक अन्तर्वार्तामा स्टेफिनीले सन् २००६ मा लेक ताहो होटलमा ट्रम्पसँग समय विताएको र त्यसक्रममा शारीरिक सम्बन्ध कायम भएको कुरा सार्वजनिक गरेको द वाशिंटन पोष्टले जनाएको छ। ट्रम्पले उनलाई नेवादा रिसोर्टमा जुलाई २००६ मा ‘सेलिब्रेटी गल्फ टुर्नामेन्ट’ का क्रममा बोलाएका थिए। स्टेफिनी होटलमा पुग्दा ट्रम्प टेलिभिजन हेरिरहेका थिए। उनी त्यहाँ पुगेपछि दुबैले एकसाथ डिनर गरेको र त्यसपछि शारीरिक सम्बन्ध राखेको दाबी गरिएको छ। यो समयमा ट्रम्पकी पत्नी मेलानिया ६ महिने गर्भवती थिइन्।

स्टिेफेनीले २०१६ को अमेरिकी राष्ट्रपति चुनावका दौरान अफेयरबारे नबोल्नका लागि ट्रम्पले आफूलाई १ लाख ३० हजार डलर दिएको र त्यसैकारण आफूले त्यो समयमा केही नबोलेको उल्लेख गरेकी छन्।   

यद्यपी ट्रम्पका कानूनी सल्लाहकार टिमले स्टेफेनीसँग अफेयर रहेको कुरालाई अस्वीकार गरेको छ। ट्रम्पका वकिल माइकल कोहेनले एक विज्ञप्ति जारी गर्दै पैसा दिएको कुरा पूर्णरुपमा झुटो भएको स्पष्ट पारेका छन्।

]]>
चीनमा रुचाइयो आमिरको पछिल्लो फिल्म http://www.nagariknews.com/news/35611/ Mon, 22 Jan 2018 17:30:00 +0545 http://www.nagariknews.com/news/35611/ बलिउडका ‘मिस्टर परफेक्शनिष्ट’ आमिर खानको पछिल्लो फिल्म ‘सिक्रेट सुपरस्टार’लाई चीनमा रुचाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मले चिनियाँ बक्स अफिसमा दुई दिनमै सय करोडभन्दा बढी कमाउन सफल भएको छ। मुम्बई – बलिउडका ‘मिस्टर परफेक्शनिष्ट’ आमिर खानको फिल्म ‘सिक्रेट सुपरस्टार’लाई चीनमा रुचाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मले चिनियाँ बक्स अफिसमा दुई दिनमै सय करोडभन्दा बढी कमाउन सफल भएको छ।  

शुक्रबारदेखि चीनमा प्रदर्शन भएको फिल्मले दुई दिनमा ११०.५२ करोड कलेक्शन गर्दै अघिल्लो फिल्म ‘दंगल’को रेकर्ड तोडेको वितरक तरण आर्दशले ट्वीटरमार्फत जानकारी दिएका छन्। शुक्रबार ६.८६ मिलियन डलर कमाएको फिल्मले शनिबार १०.४५ मिलियन डलर कमाएको उनले उल्लेख गरेका छन्। उनका अनुसार चीनमा फिल्म हेर्न दर्शको घुइँचो लागेको छ।

‘सिक्रेट सुपरस्टार’ले भारतमा जम्मा ८३ करोडको कारोबार गरेको थियो। यसअघि चीनमा आमिरको पीके र दंगलले पनि राम्रै व्यापार गरेको थियो।

]]>
श्रव्यविहिन बालबालिकालाई सहयोग http://www.nagariknews.com/news/35610/ Mon, 22 Jan 2018 17:12:00 +0545 http://www.nagariknews.com/news/35610/ सर्लाहीको हरिपुर नगरपालिका स्थित जनताप्राविमा अध्ययनरत ३० जनाश्रव्यविहिन (कान नसुन्ने) बालबालिकालाई सोमबार दिउँसो हरिवनका युवाहरुको समूहले सहयोग गरेको छ। सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका स्थित जनताप्राविमा अध्ययनरत ३० जनाश्रव्यविहिन (कान नसुन्ने) बालबालिकालाई सोमबार दिउँसो हरिवनका युवाहरुको समूहले सहयोग गरेको छ।

शिक्षाको उज्यालो घामबाट कोहि पनिबन्चितनहुन् भन्ने उद्देश्यले सरस्वती पूजाको अबसर पारेर हरिपुर नगरपालिका–९, ढापटोल स्थित विद्यालयकाविद्यार्थीलाई अध्ययन एवं लगाउने सामग्री सहयोग गरिएको हरिवनका युवा युवराज भण्डारीले जानकारी दिए ।

भण्डारीकाअनुसार हरिवनका युवाहरुबीच सहयोग रकम संकलन गरेर श्रव्यविहिन बालबालिकालाई एक–एक थान न्यानो हुने टोपी, मोजा, लेख्ने सिसाकलम र चकलेट लगायत सामग्री दिइएको हो।

श्रव्यविहिन बालबालिकालाई युवाले दिएको सानो सहयोगले पनि ठूलो टेवा पुगेको विद्यालयका प्रअ सत्यनारायण चौधरीले जानकारी दिए।

]]>
वीरगन्ज महानगरको अर्धबार्षिक बजेट ४ अर्ब २२ करोड http://www.nagariknews.com/news/35609/ Mon, 22 Jan 2018 17:00:00 +0545 http://www.nagariknews.com/news/35609/ चालु आर्थिक बर्षको आधा अवधी अर्थात माघदेखि असार मसान्तसम्मका लागि वीरगन्ज महानगरले पहिलो नगर सभाबाट चार अर्ब २२ करोड २५ लाख ८९ हजार रुपैयाको बजेट पारित गरेको छ। वीरगन्ज – चालु आर्थिक बर्षको आधा अवधी अर्थात माघदेखि असार मसान्तसम्मका लागि वीरगन्ज महानगरले पहिलो नगर सभाबाट चार अर्ब २२ करोड २५ लाख ८९ हजार रुपैयाको बजेट पारित गरेको छ।

मुलुककै नमुना सहरको रुपमा विकासको लक्ष्य हासिल गर्ने दिर्घकालीन उदेश्य अनुरुप ल्याइएको भनिएको नीति तथा कार्यक्रम अन्तर्गत नगरप्रमुख विजय सरावगीले प्रस्तुत गरेको बजेट नगर सभाले सर्वसम्मत पारित गरेको हो।

महानरपालिका कार्यालयका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले बताएअनुसार नीति तथा कार्यक्रमहरूलाई सफल कार्यान्वयन गर्न आर्थिक वर्ष २०७४÷०७५ को बाँकी अवधीका लागि अनुमानित आय–ब्ययसहितको बजेट नगर सभाले पारित गरेको हो। ‘निर्वाचित जनप्रतिनिधि सहितको महानगरपालिकाको काम कारवाही अगाडी बढाउन यो बजेट आधार हुनेछ,’ रेग्मीले भने, ‘साउनपछिको नयाँ आर्थिक बर्षका लागि पुर्ण बजेट त्यति बेला आउने छ।’

‘आयतर्फ आन्तरिक आयमा कर, सेवा शुल्क र दस्तुरवाट एक्काइस करोड, राजस्व वाडफाँडबाट तीन करोड, जनसहभागिताबाट दुई करोड र नेपाल सरकारबाट सर्शत अनुदानबाट तीन अर्व ४ करोड ६९ लाख ८९ हजार ४४५ रुपैयाँ, समानीकरण अनुदान नब्बे करोड ७ लाख ६२ हजार ५५७ रुपैया र अन्य आय एघार लाख तथा गतवर्षको एक करोड ४७ लाख ३७ हजार ८३७ रुपैया गरी कुल जम्मा ४ अर्व २२ करोड २५ लाख ८९ हजार ८३९ रुपैया आय अनुमान गरिएको छ,’ नगर प्रमुखद्वारा प्रस्तुत भएर नगर सभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख छ, ‘व्ययतर्फ चालु खर्चमा रु १ अर्व २३ करोड ५९ लाख ६८ हजार, पूजीगत खर्चमा  २ अर्व ९८ करोड ६६ लाख २१ हजार रुपैया विनियोजन गरिएको छ।’

चालु तर्फ बिनियोजित रकम कुल बजेटको २९ दशमलव २७ प्रतिशत र पूँजीगततर्फको ७० दशमलव ७३ प्रतिशत हुन आउँछ। विनियोजित बजेटको क्षेत्रगत रुपमा आर्थिक विकासमा एक करोड ५२ लाख १९ हजार, सामाजिक विकासमा ५४ करोड ९३ लाख ६० हजार, पूर्वाधार विकास क्षेत्रतर्फ दुई अर्व ९४ करोड २१ लाख १२ हजार, वातावरण तथा विपद व्यवस्थापन क्षेत्रतर्फ एक करोड ८५ लाख, संस्थागत विकास तथा सेवा प्रवाह एक करोड ३ लाख ३६ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च अठसट्ठी करोड ७० लाख  ६२  हजार रुपैया रहेको छ।

‘योजनाको तर्जुमा भएपछि अब कार्यान्वयन महत्वपूर्ण पक्ष हो। हामीले तर्जुमा गरेका कतिपय कार्यहरु सम्पादन गर्न हाम्रो सहकार्य, साझेदारी तथा रचनात्मक सहयोगको आवश्यकता पर्दछ। त्यसकारण बिभिन्न सरकारी निकाय, निजी क्षेत्र, दातृ निकाय, अन्तर्राष्ट्रिय संघ–संस्थाहरू, सहयोगी मित्र राष्ट्रहरु, गैर सरकारी तथा सहकारी संघ–संस्थाहरू, टोल विकास संस्थाहरू लगायत अन्य सम्पूर्ण सरोकारवालाहरूलाई सहकार्यका लागि हामीले अह्वान गरेका छौं,’ महानगर नगरप्रमुख सरावगीले भने, ‘वीरगंज महानगर नेपालको समृद्ध शहर बन्ने प्रचुर सम्भावनाहरू छन्। वीरगंजको विकास र सम्बृद्धिका हकमा यो नगरसभामा कोही पक्ष र प्रतिपक्ष छैन। नगर सभाको साझा संकल्प छ वीरगंजलाई देशकै नमुना र उदाहरणीय शहर बनाइछाड्ने छौं।’

]]>
बालविवाह अन्त्य र साझा संकल्प http://www.nagariknews.com/news/35608/ Mon, 22 Jan 2018 16:17:00 +0545 http://www.nagariknews.com/news/35608/ सन् २०२० सम्म बालविवाह अन्त्य गर्ने सरकारी प्रतिबद्धताअनुरुप नतिजा हासिल गर्नु चुनौतीको विषय रहेको छ। बालविवाह अपेक्षित रूपमा न्यूनीकरण हुन सकिरहेको छैन। बरु, बहुआयामिक समस्याका रूपमा यथावत छ। दिगो विकासको लक्ष्यले यो सवाल सम्बोधन गर्न विश्वसमुदायलाई मार्गनिर्देश गरे पनि स्थानीयस्तरमा पर्याप्त कदमको कमी देखिन्छ। सन् २०२० सम्म बालविवाह अन्त्य गर्ने सरकारी प्रतिबद्धताअनुरुप नतिजा हासिल गर्नु चुनौतीको विषय रहेको छ। बालविवाह अपेक्षित रूपमा न्यूनीकरण हुन सकिरहेको छैन। बरु, बहुआयामिक समस्याका रूपमा यथावत छ। दिगो विकासको लक्ष्यले यो सवाल सम्बोधन गर्न विश्वसमुदायलाई मार्गनिर्देश गरे पनि स्थानीयस्तरमा पर्याप्त कदमको कमी देखिन्छ। दक्षिण एसियाको तेस्रो सर्वाधिक बालविवाह भइरहेको हाम्रो देश नेपालमा ३७ प्रतिशत छोरीहरूको विवाह १८ वर्षभन्दा पहिले भइरहेको छ भने १० प्रतिशत छोरीहरूको विवाह १५ वर्षपहिले हुने गरेको छ । नेपालको कानुनले २० वर्षभन्दा मुनिको उमेरमा विवाह गर्न बन्देज गरेको छ, तथापि यसको प्रभावकारी कार्यान्वयन भने हुन नसकेको तथ्यांकले देखाउँछ।

वालविवाह अन्तर्राष्ट्रिय बालअधिकारका मान्यता, सिद्धान्त र सहमतिको खिलाफ मात्र होइन, बरु यसले स्वतन्त्र र स्वभाविक बाल्यकालको शारिरिक र मानसिक विकासको आवश्यकतालाई खलल पुर्‍याउँछ। वालविवाह एक मानव अधिकारको हनन् हो, यो प्रत्यक्ष रूपमा शिक्षाको अधिकार, शारीरिक, मानसिक कुनै पनि प्रकारका हिंसारहित जीवनको अधिकार, स्वस्थ रहन पाउने अधिकार, बिनामन्जुरी अभिभावकसँग अलग नहुने अधिकारको ठाडो उल्लंघन हो। नेपालमा बालविवाहले छोरीहरूको जीवनमा टार्न नसकिएको वियोगका रूपमा निरन्तरता पाइरहेको छ। लाखौं छोरीहरू आज पनि यस परम्पराको चपेटामा पर्ने खतराबाट मुक्त छैनन् । नेपालमा महिला र बालबालिकाको अन्य सवालमा उल्लेख्य परिणाम हासिल गर्न सकिए पनि छोरीहरूको सुरक्षित भविष्य निर्माणको संगीन अवधि किशोरावस्थामा हुने बालविवाहले उनीहरूको भविष्य असुरक्षित र अन्योलमा पारिरहेको छ।

हालसम्म विभिन्न निकायमार्फत् दर्जनौं परियोजना सम्पन्न भइसकेको र सरकारी स्तरबाट पनि विभिन्न क्रियाकलाप सञ्चालन भइरहेको भए पनि यो सवालको जग हल्लिन सकेको छैन। विभिन्न विद्यालय, समुदाय र सम्मेलनमा पुग्दा हामीले सुन्न र देख्न पायौं कि अहिले पनि बालविवाह भइनै रहेको छ। बालविवाहलाई एक्लै समाधान गर्न खोजेर यो पर्याप्त नहुने देखिन्छ किनकि यसको भित्री जग भनेको छोरीहरूको सामाजिक अवस्था र उनीहरूको अस्तित्वसँग जोडिन्छ। छोरीहरूको अस्तित्व सम्झौता र बलिदानको स्वत्वले बनेको छ। उनीहरूसँग गरिने सामाजिक अपेक्षा र परिवारले वा छोरीहरू आफैले गर्ने निर्णय यही सम्झौताको निरन्तरतामा छ। कानुनी र प्राविधिक रूपमा सुरक्षा र सहभागिताको स्तर बढदो भए पनि गुणात्मक रूपमा छोरीहरूको स्वअस्तित्व र सामाजिकीकरणको पाठशाला फेरिन सकेको छैन।

बालविवाह कुनै टार्न नमिल्ने वा रोकथाम गर्न नसकिने दुर्घटना होइन। बालविवाहका घटनालाई केलाउने हो भने परिवार, समुदाय, सरोकारवाला, किशोर किशोरीको सोच र सामाजिक नियमसँग जोडिएको छ। पारिवारिक आर्थिक अवस्था, छोरीहरूको सामाजिक स्थान, शिक्षा र ज्ञानको कमी, युवा युवतीको निम्ति सिर्जनात्मक वातावरणको कमी, काम र रोजगारीका विकल्प न्यून हुनु आदि पृष्ठभूमिका कारणसँग जोडिएर वालविवाहले निरन्तरता पाइरहेको छ। नेपालका कैयौं भूभाग र समाजमा विद्यमान दाइजो प्रथा पनि बालविवाहको एक सहयोगी कुसंस्कार बनेको पाइन्छ।

विवाह व्यक्तिभन्दा परिवारको आवश्यकता हुनु, गरिब आमाबुवाको निम्ति छोरी हुर्काउनु एक बोझजस्तै हुनु, शिक्षित भए पनि रोजगारीको अनिश्चितता, नैतिकता र विवाह पूर्व हुनसक्ने प्रेम र यौन सम्बन्धबारे पारिवारिक भय, युवायुवतीमा आउने शारिरिक र यौनिक कौतुहलता र यसको अभिव्यक्तिका सञ्चार माध्यम बढे पनि यौनिक शिक्षा नपाउनु, विवाह एकपटक गर्नै पर्छ छिटो गर्नु ठिकजस्ता सामाजिक संकार र सत्यहरू, कानुनको अक्षरशः पालनामा सरोकारवालाको उदासिनता, छोरीका सवालबारे आवश्यक परिवर्तन सामाजिकीकरण नहुनु र उनीहरूका आवाज संगठित नहुनु आदि कुराले बालविवाह न्यूनीकरण हुन सकेको छैन।

बालविवाह एउटा त्यस्तो मौन महामारी भएको छ, नेपालमा जसले हजारौ युवाका सपना, उनीहरूका सम्भावना, सिर्जनात्मकता र बौद्धिक क्षमतालाई संकुचन गर्दै जीवन अवधिभर उनीहरूको स्वतन्त्रता, मानसिक अवस्था, आर्थिक दुष्चक्र, शरीर सबलता र आत्मनिर्भरतालाई मारिरहेको हुन्छ । फलतः अधुरो शिक्षा, बाल्यकालमा घरायसी जिम्मेवारी, जोखिमपूर्ण उमेरमै गर्भवती हुने, सीप र उत्पादनमा सहभागिता नहुनु, आयआर्जन तथा आर्थिक रूपमा परनिर्भर हुने, आफ्ना विचार र आवाज सीमित हुँदै जानु, निर्णय प्रक्रियामा छेउ लाग्नु, जीवनको गरिमा र आत्मसम्मानमा बारम्बार ठेस लाग्ने, दमित र हीन भावनामा बाच्न बाध्य, मानसिक कुण्ठा हुनसक्ने, सबै प्रकारका हिंसाको जोखिममा पर्नसक्ने भएकाले बाल विवाहको प्रभाव जीवनकालभरि रहन्छ। यो सवाल वर्तमानको संरक्षण मात्र होइन, बरु यो भावी दशकमा समाज र नेपाल कस्तो बन्न चाहन्छ भन्ने हो।

छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान, हामी केही सामाजिक रूपान्तरणका अभियन्ताको पहलमा सुरु गरिएको छ । सन २०१७ मार्चमा सुर्खेतबाट सुरु भएको महाअभियानअन्तर्गत हालसम्म ५ जिल्लाका सम्मेलन सम्पन भएका छन । बालविवाहजस्तो बहुआयामिक सामाजिक सवाल सम्बोधन गर्न एकपटक कुनै क्रियाकलाप गर्नु मात्र पर्याप्त छैन, बरु यो एक प्रक्रियागत र तीव्र गतिको सर्वपक्षीय सामाजिक अभियान बन्नु अत्यावश्यक देखिएको छ । यस महाअभियानको लक्ष्य भनेको ‘नेपाललाई छोरी भएर जन्मन स्वर्णिम भूमि बनाउनुरहेको छ । यदि यो सवाललाई गहिराइबाट बुझ्ने हो भने, छोरीकोनिम्ति स्वर्णिम देश समाजका सबै हिस्साको लागि अनुकूल हुन्छ।

यो महाअभियान सञ्चालनका लागि हामीले परम्परागत तरिकाले आर्थिक संकलन, प्रोत्साहन, वितरण वा महँगो परियोजनामुखी अवधारणा अपनाउनु हुँदैन । हामी सोच र सामाजिक नियमको मानसिक, आत्मिक र सामाजिक रूपान्तरणबाट यो सवाल सम्बोधन गर्ने परिकल्पना तथा कार्यान्वयन गर्नुपर्दछ। यो सवालबारे आत्माजागरण नभई, छोरीको निम्ति स्वर्णिम देशको सपनामा जोडिएको पहलले मात्र महत्वाकांक्षी परिवर्तन सम्भव गराउँछ। आगामी दिनमा अनवरत सबै जिल्ला र नगरमा पुग्ने अभियान यात्राले यो सवालबारे स्थानीय समुदाय, लक्षित समूह, स्थानीय सरकार, सरोकारवाला, सेवा प्रदायक र सञ्चारकर्मी सबैबीच प्रतिबद्धताको विकास साथै ठोस कदम चाल्ने वातावरण निर्माण गर्नेछ। हजारौ छोराछोरीहरूले देख्न चाहेको परिवर्तन र ठूला सपना सहजीकरण गर्नुपर्ने देखिन्छ। यही नै परिवर्तनको ऊर्जा र प्रेरणाको स्रोत पनि हुनेछ।

(लेखकरू ‘छोरीको निम्ति स्वर्णिम नेपाल महाअभियान’का अभियन्ता हुन् । )

 

]]>
सल्यानमा बस दुर्घटना http://www.nagariknews.com/news/35606/ Mon, 22 Jan 2018 16:13:00 +0545 http://www.nagariknews.com/news/35606/ सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। अन्य ३ जना घाईते भएका छन्। दाङ- सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। अन्य ३० जना घाईते भएका छन्। रुकुमबाट दाङ आउँदै गरेको ना ५ ख ५३१ नम्बरको बस सल्यानको त्रिवेणी गाउँपालिका ६ स्थित बैगारे खोला भन्ने स्थानमा दुर्घटना भएको हो।

मृतकमध्ये पुष्पा खड्का केसी र ६५ बर्षीया छन्चरी बिकको नाम मात्रै खुलेको छ। बस सडक देखि झण्डै ८० मिटर तल खोल्सामा खसेको छ। घाईतेहरुलाई उपचारका लागि सल्यान श्रीनगरमा लगिएको छ।

]]>
भारतले अतिक्रमण नगरेको भन्ने नापीका कर्मचारीलाई कारबाहीको माग http://www.nagariknews.com/news/35607/ Mon, 22 Jan 2018 15:55:00 +0545 http://www.nagariknews.com/news/35607/ वीरगञ्च छपकैयाको ५० विघाभन्दा बढी जमिन भारतले नमिचेको प्रष्टिकरण दिने नापी विभागका कर्मचारीलाई कारवाहीको माग गरिएको छ। काठमाडौं – वीरगञ्च छपकैयाको ५० विघाभन्दा बढी जमिन भारतले नमिचेको प्रष्टिकरण दिने नापी विभागका कर्मचारीलाई कारवाहीको माग गरिएको छ।

कूटनीतिक अध्ययन संस्था नेपालले सोमबार एक विज्ञप्तिमार्फत नापजाँच नै नगरी नापी विभागले यो जमिन भारतबाट अतिक्रमण नभएको भन्ने जस्ता प्रष्टिकरण दिएकोमा आपत्ति जनाउँदै भारतीयहरुको आक्रमणलाई उचित ठहराउने कर्मचारीलाई कारवाहीको माग गरेको हो। ‘यस्ता कार्य गर्ने नापी विभागका गैरजिम्मेवार राष्ट्रविरोधी कार्य गर्ने कर्मचारीहरुमाथि कारबाही गर्न माग गर्दछौं,’ अध्यक्ष गोपाल सिवाकोटीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

संस्थाले नेपाली भूमि अतिक्रमण हुँदा प्रधानमन्त्री लगायतका सरकारी निकायले केही भारतको जमिन पनि नेपालमा परेको र नेपालको जमिन पनि भारततर्फ परेको भनी दिएका प्रष्टिकरणमा समेत आपत्ति जनाउँदै सरकारले नेपालको अस्मितामाथि विदेशबाट बलात्कार गरिँदा समेत यसलाई ठट्टाको विषयको रुपमा लिएको ठहर गरेको छ। ‘यस्ता गम्भीर सार्वभौम सत्तामाथि भएको आघातलाई सामान्य उडन्ते रुपमा मात्र लिने जुन काम भएको छ यो खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ।

संस्थाले भारतले अतिक्रमण गरेको भूमिलाई फिर्ता गर्नका लागि तत्काल कूटनीतिक कदम चाल्न सरकारसँग माग समेत गरेको छ।

]]>
संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प छैन : नेता सिंह http://www.nagariknews.com/news/35605/ Mon, 22 Jan 2018 15:49:00 +0545 http://www.nagariknews.com/news/35605/ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प नभएको बताएका छन् । काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि सबै दल मिल्नुको विकल्प नभएको बताएका छन् ।

पद्मकन्या विद्याश्रम उच्च माध्यमिक विद्यालयको ७० औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले संविधान निर्माणमा सबै दल मिलेजस्तो कार्यान्वयनमा पनि सबै दल मिल्नुपर्ने बताए।

‘हिजोमात्र प्रदेशसभाका सदस्यले शपथ ग्रहण गर्नुभएको छ, उक्त समारोहसँगै मुलुक एकात्मक केन्द्रीय शासनबाट संघीयतामा प्रवेश गरेको छ, अब मुलुकलाई विकासको बाटोमा लैजानुपर्छ’– उनले भने।

]]>
कांग्रेसका १८ जिल्ला सभापति हलेसीमा http://www.nagariknews.com/news/35604/ Mon, 22 Jan 2018 15:44:00 +0545 http://www.nagariknews.com/news/35604/ नेपाली कांग्रेसका १८ जिल्ला सभापति खोटाङको हलेसी आएका छन्। कांग्रेस खोटाङको निमन्त्रणामा रोल्पा, रामेछाप, काभ्रेपलाञ्चोक, उदयपुर, धादिङ, सल्यान, काठ्माण्डौं, कालिकोट, संखुवासभा, सिन्धुपाल्चोक, सिन्धुली, प्यूठान, गुल्मी, पाँचथर, चितवन, सोलुखुम्बु र नुवाकोट सभापति हलेसी आइपुगेका छन्। खोटाङ – नेपाली कांग्रेसका १८ जिल्ला सभापति खोटाङको हलेसी आएका छन्। कांग्रेस खोटाङको निमन्त्रणामा रोल्पा, रामेछाप, काभ्रेपलाञ्चोक, उदयपुर, धादिङ, सल्यान, काठ्माण्डौं, कालिकोट, संखुवासभा, सिन्धुपाल्चोक, सिन्धुली, प्यूठान, गुल्मी, पाँचथर, चितवन, सोलुखुम्बु र नुवाकोट सभापति हलेसी आइपुगेका छन्। हलेसीस्थित जाम्बाला रिसोर्टमा सोमबार सुरु भएको जिल्ला सभापतिको भेलामा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले भोगेको पराजय, पराजयका कारण, पार्टी नेतृत्वबाट भएका कमजोरी लगायतका बिषयमा छलफल भइरहेको बैठक स्रोतले जनाएको छ।

आइतबार हलेसीमा आयोजित कांग्रेस खोटाङको बैठकको अवसर पारेर जिल्ला सभापतिलाई हलेसी बोलाइएको कांग्रेस महासमिति सदस्य बिष्णुकुमार राईले बताए। हलेसीको धार्मिक पर्यटन प्रवर्द्धनका लागि संयुक्तरुपमा हलेसीको दर्शन गर्ने प्रचार–प्रसारमा टेवा पु-याउने भनिए पनि भेलामा स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिणाम, गठबन्धनका असर लगायतका विषयमा छलफल भइरहेको छ।

‘बैठकमा चुनावको समिक्षा भइरहेको छ, नेतृत्व कहाँ चुक्यो, पार्टी कमजोर हुनका कारण लगायतका विषयमा छलफल भइरहेको छ,’ बैठकमा सहभागी एक सभापतिले भने, ‘पार्टी सुढृढिकरणका लागि नेतृत्वले अपनाउनुपर्ने भावी रणनीति लगायतका विषयमा पनि भेला केन्द्रित छ।’

सहभागीले जिल्ला सभापतिहरुको तेस्रो राष्ट्रिय भेलाका लागि दबाब सिर्जना गर्न माग गर्ने विषयमा पनि छलफल चलाइरहेको प्रेस युनियनका जिल्ला सभापति दिलीप खत्रीले बताए।

]]>
धनकुटामा निषेधाज्ञा हटाइयो, बन्द कायमै http://www.nagariknews.com/news/35603/ Mon, 22 Jan 2018 15:40:00 +0545 http://www.nagariknews.com/news/35603/ धनकुटाको शान्ति सुरक्षाको लागि स्थानीय प्रशासनले ५ दिनदेखि लगाएको निषेधाज्ञा सोमबार ३ बजे देखि मंगलबार ७ बजे सम्मको लागि हटाएको छ। बजारको शान्ति सुरक्षा सुदृढ हुँदै गएपछि सीमित अवधीको लागि हटाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले जानकारी दिए। धनकुटा – धनकुटाको शान्ति सुरक्षाको लागि स्थानीय प्रशासनले ५ दिनदेखि लगाएको निषेधाज्ञा सोमबार ३ बजे देखि मंगलबार ७ बजे सम्मको लागि हटाएको छ। बजारको शान्ति सुरक्षा सुदृढ हुँदै गएपछि सीमित अवधीको लागि हटाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले जानकारी दिए।

सरकारले प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरलाई तोकेपछि धनकुटामा आन्दोलन चर्किएको थियो। सरकारी कार्यालय र सवारी साधानमा तोडफोड र आगजनी हुन थालेपछि स्थानीय प्रशासनले माघ ४ गते विहीबार कर्फ्यू र माघ ५ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो। ‘तत्कालको लागि बजार र यातायात सहज बनाउन  निषेधाज्ञा खोलेका छौ। फेरि आन्दोलन सुरु भए पुनः निषेधाज्ञा लगाउँछौं,’ प्रजिअ उप्रेतीले भने।

निषेधाज्ञा खोलेसंगै वार्ताको लागि स्थानीय प्रशासनले राजनीतिक दल, बजार ब्यबस्थापन समिति र नागरिक समाजका अगुवाहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएको छ। प्रदेश नम्बर १ को राजधानीको लागि धनकुटामा ३८ दिनदेखि आन्दोलन जारी छ। स्थानीय प्रशासनले निषेधाज्ञा खोले पनि जिल्लाबासीले आमहड्ताल फिर्ता लिएका छैनन्।

फेन्सी व्यवसायीद्धारा बजार बन्द

धनकुटामा भइरहेको आन्दोलनमा प्रहरी प्रशासनले धरपकड र व्यवसायीलाई कुटपिट गर्ने कार्य गरेको घट्नाप्रति धनकुटा फेन्सी व्यवसायी संघले विरोध जनाउदै सोमबार धनकुटा बजार बन्द गराएको छ।

आइतबार पत्रकार सम्मेलन गरेर धनकुटाका प्रहरी प्रमुख एसपी सुदिप राजभण्डारीले व्यवसायीहरुलाई गरेको ब्यबहार निन्दनीय भएको बताएका थिए। आन्दोलनको क्रममा व्यवसायीहरु तिलक महत र जावेद मिया लगायतलाई कुटपिट गरिकोमा उनले निन्दा गरे।

]]>
लागुऔषध कारोवारी पक्राउ http://www.nagariknews.com/news/35602/ Mon, 22 Jan 2018 15:30:00 +0545 http://www.nagariknews.com/news/35602/ झापा प्रहरीले ठूलो परिणामको लागुऔषध कारोबारमा सलग्न एक जना महिलालाई पक्राउ गरेको छ। व्यवसायिक रुपमा लागू औषध कारोबार गर्ने दमक १ की मन्जु धिमाललाई प्रहरीले पक्राउ गरेको हो। दमक- झापा प्रहरीले ठूलो परिणामको लागुऔषध कारोबारमा सलग्न एक जना महिलालाई पक्राउ गरेको छ। व्यवसायिक रुपमा लागू औषध कारोबार गर्ने दमक १ की मन्जु धिमाललाई प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट ३ सय ६६ थान लागु औषध फेला परेको हो। इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले घरबाटै बिक्री बितरण गरिरहेको अवस्थामा सो परिणामको लागू औषध फेला परेको बताए। धिमालको साथबाट कागजले बेरेको अवस्थामा १२ सेटको जम्मा २६ एम्पुल र घर नजिकैको गोठबाट २ वटा ठूलो झोलामा सो संख्यामा फेला पारिएको उनले बताए।

पहिलो पटक यति ठूलो लागू औषध कारोबारमा महिला पक्राउ परेको हो, उनले भने। ३९ बर्षिय धिमालले घरमै कागजमा पोको पारेर इाइजेपाम, फेनरागमन र लुपीसेजि नामका लागू औषधको सेट बनाएर बिक्री गर्ने गरेको प्रहरी समक्ष बयान दिएकी छिन्।

भारतबाट अबैध रुपमा ल्याउने गरिएको पाइएको छ, उनले भने, महिला भएका कारण सहजै लुकाइछिपाई ल्याउन सकिएको देखिएको छ। उनी बिरुद्ध लागु औषध ओसार पसार र बिक्री वितरणको मुद्दा चलेको छ। यस्तै प्रहरीले आर्थिक बर्ष २०७३, ७४ मा २५ वटा लागु औषध मुद्धामा ४० पुरुष र ४ महिलालाई पक्राउ गरेको थियो। ती मध्ये सबै मुद्दा फस्र्यौट भएका छन् । यसैगरि यस बर्ष ८ वटा मुद्दामा ९ पुरुष र १ महिला बिरुद्ध मुद्दा दर्ता गरिएकोमा ६ वटा फैसला भइसकेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

]]>
दुर्घटना रोक्न अटो रिक्सामा स्टीकर http://www.nagariknews.com/news/35601/ Mon, 22 Jan 2018 15:20:00 +0545 http://www.nagariknews.com/news/35601/ जुम्लामा सञ्चालित अटो रिक्सा चालकले तिव्र गतिमा हाक्नाले दुर्घटना हुनसक्ने सम्भावना बढ्दै गएको भन्दै जिल्ला ट्राफिक कार्यालयले अटो रिक्सामा स्टिकर टाँसेको छ। यहाँका सञ्चालित १५ वटा अटो रिक्सामा ‘तिब्र गतिमा सवारी नचलाऔं’ भन्ने सन्देश लेखिएको स्टिकर टाँस गरेको हो। जुम्ला – जुम्लामा सञ्चालित अटो रिक्सा चालकले तिव्र गतिमा हाक्नाले दुर्घटना हुनसक्ने सम्भावना बढ्दै गएको भन्दै जिल्ला ट्राफिक कार्यालयले अटो रिक्सामा स्टिकर टाँसेको छ। यहाँका सञ्चालित १५ वटा अटो रिक्सामा ‘तिब्र गतिमा सवारी नचलाऔं’ भन्ने सन्देश लेखिएको  स्टिकर टाँस गरेको हो।

जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख असई माधव रावतका अनुसार अटो रिक्सा चालक सबैलाई एकै थलोमा बोलाएर ट्राफिक नियमका वारेमा सहजीकरण गर्नुका साथै प्रत्येक रिक्साको अगाडी पट्टी स्टिकर टाँसिएको हो।  चन्दननाथ नगरपालिका वडा नम्वर ५ का अध्यक्ष गोल्डेन कठायत र असई रावतले संयुक्त रुपमा प्रत्येक अटोमा स्टिकर लगाएर तिव्र गतिमा अटो नचलाउन आग्रह गरेका थिए।

उनले भने, ‘पहिलो चरणअन्तर्गत सावधानीका लागि स्टिकर टाँसेका छौ, अझैपनि अटेर गरेको खण्डमा लाईसेन्स खारेजी सम्मको प्रक्रिया अपनाउन बाध्य हुनेछौं। अटोले साना तथा ठुला सवारीलाई ओभरटेक गर्ने गरेको गुनासो वढेपछि स्टिकर टाँसेर सतर्क गराएको हो।

ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रमुख रावतले क्षमता भन्दा बढी यात्रु नराख्न, रुट प्रमिट, लाइसेन्स, बिलबुक जस्ता महत्वपुर्ण कागजात साथमा राख्न र तिव्र गतिमा अटो नचलाउनको लागि अटो रिक्सा चालकको ध्यान केन्द्रित गरेका थिए। उनले अटोमा टाँसिएको स्टिकर नफयाक्न र स्टिकरले दिएको सन्देश जिम्मेवारीका साथ पालना गर्न सुझाव दिए।  अटोमा चालकसहित चार जना यात्रु सवार गर्न मिल्छ। उनले अनुमति पत्र बमोजिमको सवारी साधन सञ्चालन गर्नुपर्ने, सवारी चलाउदा मादक पदार्थ वा लागुपदार्थ सेवन गर्ने चालक तथा सवारीधनीलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिए।  

‘कानूनको पालना गरौ, समाजप्रतिको आफ्नो दायित्व पुरा गरौ, सभ्य नागरिकको परिचय दिउँ’ भन्ने मान्यतालाई स्थापित गर्नको लागि सवारी चालकलाई आग्रह गरिएको थियोे। वडाध्यक्ष गोल्डेन कठायतले तिव्र गतिले सवारी चलाउदा मानवीय क्षति हुनुका साथै धनको नाश र जीवनको बर्बादी  हुने भएकोले ट्राफिक नियमको पालना गर्नुपर्ने बताए। उनले अटोलाई नगरपालिका क्षेत्रमा मात्रै सञ्चालन अनुमति दिइएकोले नगरपालिका क्षेत्रभन्दा बाहिर गएर नचलाउन निर्देशन दिए। अटोमा स्टिकर टाँसेकोमा खुसी हुदै अटो चालकहरुले ट्राफिक नियमको परिपालना गर्ने प्रतिवद्धता जाहेर गरेका छन्। उनीहरुले पटक पटक सचेतनाका क्रियाकलाप मार्फत ट्राफिक ज्ञान दिलाईदिनको लागि आग्रह गरे।

]]>
नवराज सिलवालविरुद्ध डिफ्यूजन नोटिस जारी http://www.nagariknews.com/news/35599/ Mon, 22 Jan 2018 14:41:00 +0545 http://www.nagariknews.com/news/35599/ ललितपुर १ बाट निर्वाचित सांसद तथा पूर्व डिआइजी नवराज सिलवालविरुद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको छ। काठमाडौं- ललितपुर १ बाट निर्वाचित सांसद तथा पूर्व डिआइजी नवराज सिलवालविरुद्ध इन्टरपोलले डिफ्यूजन नोटिस जारी गरेको छ।

प्रहरीको अनुसन्धानमा रहेको र देश बाहिर भएको हकमा डिफ्यूजन नोटिस जारी हुने गर्छ। नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले उनी विरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो।

कार्यसम्पादन मूल्यांकनमा आफू पहिलो नम्बरमा रहेको दाबी गर्दै सर्वोच्च अदालतमा पेस गरेको फाराम किर्ते भएको अनुसन्धानमा सिलवाललाई पक्राउ पुर्जी जारी भएको थियो।
सर्वोच्चको आदेशअनुसार पुस ५ मा आरोपित नखुलाई सरकारी दस्तखत छाप किर्तेमा जाहेरी दर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाललाई पक्राउ गर्न पत्र काटेपछि सिलवाल किर्ते अनुसन्धानमा जोडिएका थिए।

सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धानका लागि बुझ्नुपर्ने भएको भन्दै सिलवालको स्थायी बसोबास रहेको जिल्ला ललितपुर प्रहरीलाई पक्राउ गरी बुझाउन काठमाडौं परिसरले पत्र पठाएको थियो।
यस अघि वैशाखमा किर्तेको अनुसन्धानमा बयान लिन प्रहरी प्रधान कार्यालयले गठन गरेको तत्कालीन डिआइजी विजय भट्ट संयोजकत्वको छानबिन समितिले वैशाख ११ मा उनलाई दिनभर नियन्त्रणमा लिएर बयान सकिएपछि मुक्त गरेको थियो।
 

 

]]>
मेट्रोका प्रहरी सहायक निरीक्षक ३ लाख घुससहित पक्राउ http://www.nagariknews.com/news/35600/ Mon, 22 Jan 2018 14:29:00 +0545 http://www.nagariknews.com/news/35600/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई) रमेश खड्कालाई घुससहित नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा कार्यरत खड्कालाई सोमबार ३ लाख रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असई) रमेश खड्कालाई घुससहित नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा कार्यरत खड्कालाई सोमबार ३ लाख रुपैयाँ घुससहित बालाजु माछापोखरीबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले जानकारी दिए ।

उनका अनुसार मेट्रोमा प्रहरी परिचालन कक्ष कन्ट्रोल शाखामा कार्यरत खड्काले पेप्सीकोलास्थित स्किम बचत तथा ऋण सहकारी संस्थाले आफू घाटामा गइसके पश्चात सञ्चालकको तर्फबाट गरिएको ग्यारेन्टी कागज आफैसंग राखी उक्त कागज उपलब्ध गराउन बार्गेनिङ्ग गरि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीपछि अख्तियारले निगरानी बढाई उनलाई रंगेहात समातेको हो।

]]>
सरकारी सुविधा नलिने घोषणा http://www.nagariknews.com/news/35598/ Mon, 22 Jan 2018 14:11:00 +0545 http://www.nagariknews.com/news/35598/ गोरखा २ ‘ख’ बाट प्रदेससभा सदस्यमा निर्वाचित प्रकाशचन्द्र दवाडीले सरकारी सुविधा नलिने घोषणा गरेका छन्। सपथग्रहण पश्चात नागरिकसँग कुराकानी गर्दै उनले आफुले पाउने सबै सेवा सुविधा जनताको लागि खर्च गर्ने बताए। कास्की- गोरखा २ ‘ख’  बाट प्रदेससभा सदस्यमा निर्वाचित प्रकाशचन्द्र दवाडीले सरकारी सुविधा नलिने घोषणा गरेका छन्। सपथग्रहण पश्चात नागरिकसँग कुराकानी गर्दै उनले आफुले पाउने सबै सेवा सुविधा जनताको लागि खर्च गर्ने बताए।

पहिलो चरणको निर्वाचनमा गोरखा २ ‘ख’ बाट विजयी बनेका दवाडीले पाँच वर्षे कार्यकालमा सरकारबाट प्राप्त हुने सबै सेवासुविधा आफ्नो निर्वाचन क्षेत्र र जनताको हितमा लगाउने बताए।

‘म राजनीतिमा लागेकै समाजसेवाको लागि हो,’ दवाडीले भने, ‘मैले पाउने सबै सेवासुविधा जनता  र विकासको लागि खर्च गर्नेछु ।’ राजनीति र समाजसेवा एकअर्काको परिपूरक भएको उनले बताए।

दवाडी भन्छन्, ‘अन्य राजनीति गर्ने सहयात्रीहरुलाई पनि सन्देश दिन मैले यो घोषणा गरेको हुँ । म जनप्रतिनिधी बनेकै जनताको सेवाको लागि हो । जनताले चुनेर पठाएपछि मैले पाउने सेवासुविधा उनीहरुको लागि नै खर्च गर्ने निर्णय गरेको हुँ ।’

हरेक वडामा जनताको मागबमोजिमको काम गर्ने उनको चाहना छ । ‘मलाई सम्पत्ति धेरै भएर होईन, जनताले दिएको माया र साथलाई समर्थन गर्न चाहन्छु’ दवाडी भन्छन्, ‘जनता मेरो पहिलो प्राथमिकता हुन्, मेरो कार्यकाल सबै जनताको भलाईमा नै बिताउनेछु।’

उनले सांसदबापत प्राप्त सम्पूर्ण राज्यको सेवा सुविधा विपन्न परिवारका लागि खर्च गर्ने बताए।

१८ वर्ष जापानमा व्यवसाय गरेका दवाडी १० वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन् । हरेक वर्ष आम्दानीको १० प्रतिशत रकम सामाजिक क्षेत्रमा वितरण गर्ने गरेको उनले बताए ।

उनले यसअघि कक्षा ११ र १२ का एक सय ५६ जना विद्यार्थीहरुलाई व्यक्तिगत खर्चमा अध्ययन गराएका छन्।

]]>
बेलायतमा ग्लोबल आईएमई बैंकको सम्पर्क कार्यालय http://www.nagariknews.com/news/35597/ Mon, 22 Jan 2018 14:04:00 +0545 http://www.nagariknews.com/news/35597/ नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीबी नेपालले ग्लोबल आईएमई बैंकको वेलायतमा सम्पर्क कार्यालयको उद्धघाटन गरेका छन्। नेपालीको उच्चजनघनत्व रहेको अल्डरशटमा स्थापना गरिएको बैंक कार्यालयको आइतबारदेखी औपाचारिक रुपमा उद्धघाटन गरिएको हो। लण्डन- नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीबी नेपालले ग्लोबल आईएमई बैंकको वेलायतमा सम्पर्क कार्यालयको उद्धघाटन गरेका छन्। नेपालीको उच्चजनघनत्व रहेको अल्डरशटमा स्थापना गरिएको बैंक कार्यालयको आइतबारदेखी औपाचारिक रुपमा उद्धघाटन गरिएको हो।

नोभेम्वर महिनाको दोस्रो साता कार्यालय स्थापना गरिएको थियो। उद्धघाटन कार्यक्रममा बोल्दै गर्भनर नेपालले ग्लोवल आईएमई बैंकले आफ्नो सम्पर्क कार्यालय बेलायतमा स्थापना गरेर विश्वआर्थिक बजारमा नेपालको समेत पहुँच रहेको प्रमाणित गरेको बताए। उनले नेपालको आर्थिक अबस्था सवल हुँर्दै गएको चर्चा गर्दै नेपालमा प्रशस्त अबसर रहेको भन्दै गैरआवासीय नेपालीहरुलाई आफ्नो सीप, अनुभव र क्षमता नेपालको विकाशमा खर्चिन आव्हान गरे।

 उक्त समारोहमा बोल्दै बैंकका अध्यक्ष चन्द्र ढकालले नेपाली बैंक मार्फत विदेशी भूमीमा नेपाली समूदायलाई सेवा दिन पाएको भन्दै प्रशन्नता प्रकट गरे। उनले ग्लोवल आईएमई बैंकको अहिले सम्पर्क कार्यालयको स्थापना गरिए पनि निकट भविष्य बैंकको पूर्णशाखा खोल्ने लक्ष्य रहेको जानकारी दिए। बैंकका सीइओ जनक शर्मा ग्लोवल आईएमई बैंकको प्रगतिको बारेमा चर्चा गरेका थिए। कार्यक्रममा वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपाल राजनैतिक स्थायीत्वको बाटोमा आगाडि बढेको चर्चा गर्दै ढुक्क भएर नेपालमा लगानी गर्न आव्हान गरे। उद्घाटन समारोहमा स्थानीय काउन्सिलर, मेयर लगायत गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्य, एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी, महासचिव राजकुमार त्रिवाठी, ग्रेटर रसमोर नेपलिज कम्यिुनिटीका अध्यक्ष जीव बेल्वासेले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाहकार हेमराज शर्मा, प्रमोटर शेयर होल्डर कमल पौडेल, उत्तम नेपाल लगायतको उपस्थिती थियो।

११ वर्षदेखि निरन्तर सेवा दिदै आएको सो बैंकको कुल चुक्ता पुँजी ८ अर्व ८८ करोड रहेको छ । १ सय १३ शाखा, ४ एक्सटेन्सन काउन्टर, ५७ शाखा, १ सय २७ एटिएमबाट सेवा दिदै आएको सो बैंकले बेलायत दोस्रो बैदेशिक सम्पर्क कार्यालय हो । यसअघि सो बैंकले अष्ट्रेलियमा यस्तै सम्पर्क कार्यालयको स्थापना गरी आफ्नो सेवा दिँदै आएको छ। यसअघि सो बैंकले बेलायतबाटै बैंक अफ दी इयर २०१४ र वेष्ट इन्टरनेट बैंक २०१६ को अवार्ड जितेको थियो । करिव ८ लाख ग्राहकले कार्यरत ग्लोबल बैंकमा १४ सय कर्मचारी कार्यरत छन्।

]]>
राष्ट्रपति भण्डारीबाट वसन्त श्रवण http://www.nagariknews.com/news/35596/ Mon, 22 Jan 2018 13:54:00 +0545 http://www.nagariknews.com/news/35596/ राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण तथा प्रसाद ग्रहण गरेकी थिइन। काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण तथा प्रसाद ग्रहण गरेकी थिइन। 

आज बिहान ११ः१७ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकीहुन् । प्रत्येक वर्ष वसन्त पञ्चमीका दिन राष्ट्रप्रमुखबाट सो स्थानमा वसन्त श्रवण गरी प्रसाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ । 

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखको समेत वसन्त श्रवणमा सहभागिता थियो। 

शुभसाइतमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी अर्पण गरेको थियो। हनुमान ढोकाका मूल पुजारी देवराज अर्यालले वसन्त वसन्त श्रवण गराउनुका साथै विशिष्टजनमा प्रसाद अर्पण गरेकी थिइन्। 

साथै काठमाडौँ महानगरपालिकाका प्रमुख तथा उपप्रमुख, पुरातत्व विभागका उच्च अधिकृतको समेत सो वसन्त श्रवणमा सहभागिता थियो। सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजका दिनलाई ‘वसन्त पञ्चमी’ भन्ने गरिन्छ। 

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारका ज्ञान, सिद्धि र सद्बुद्धि हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ। 

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने विश्वास गरिन्छ। आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रोसंग विद्या आउने जनविश्वास छ। आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक, कान छेडिदिने गरिन्छ। 

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजनका साथै खासगरी छात्रछात्राको घुइँचो लागेको छ। 

सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्याकी देवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ। 

विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएको हनुमानढोका दरबारमा अहिले पुनःनिर्माणकार्य जारी छ।

]]>
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा http://www.nagariknews.com/news/35595/ Mon, 22 Jan 2018 13:51:00 +0545 http://www.nagariknews.com/news/35595/ निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। काठमाडौँ (रासस)- निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।
सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आज आयोगमा आयोजित ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’ सम्बन्धी प्रशिक्षणको शुभारम्भ गर्दै उनले निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार भएको जानकारी दिए।
उक्त प्रशिक्षमा सातै वटा प्रदेशका १५ जना प्राविधिकको सहभागिता रहेको छ । आयोगले आगामी राष्ट्रिसभा निर्वाचनको तयारी, मतभार, मतगणना विधि र प्रक्रियाका बारेमा राजनीतिक दलका प्रतिनिधिलाई भोलि प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ ।

 

]]>
‘सहरवासी गैरजिम्मेवार लाग्छ’ http://www.nagariknews.com/news/35594/ Mon, 22 Jan 2018 13:36:00 +0545 http://www.nagariknews.com/news/35594/ पोखरा मनपर्छ । यो नेपालको एक सुन्दर सहरमध्ये गनिन्छ । पोखरामा मनोरञ्जन लिने र पैदल यात्रा गर्ने ठाउँहरू धेरै छन् । ताल, गुफा, पहाड, प्याराग्लाइडिङ लगायतले पोखरामा धेरैको ध्यान पुगेको छ ।  पुष्कर शाह, साइकल यात्री

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई क्यान्डाको भ्यानकुभर ज्यादै मनपर्‍यो । यो सहर अरु देशका सहरभन्दा बेग्लै छ । यो सहरको माथि हिमाल र तल समुद्र छ । सबैतिर सफा र आकर्षक भएकाले यो सहरलाई कुनै जमानामा विश्वकै सुन्दर सहरका रूपमा राखिएको थियो । अहिले पनि यो सहर सुन्दर र व्यवस्थित नै छ। 

नेपालभित्र मनपर्ने सहर ?
पोखरा मनपर्छ । यो नेपालको एक सुन्दर सहरमध्ये गनिन्छ । पोखरामा मनोरञ्जन लिने र पैदल यात्रा गर्ने ठाउँहरू धेरै छन् । ताल, गुफा, पहाड, प्याराग्लाइडिङ लगायतले पोखरामा धेरैको ध्यान पुगेको छ। 

काठमाडौं उपत्यका कस्तो लाग्छ ?
काठमाडौं सास्कृतिक सम्पदा र पर्वहरूले सजिएको सहर हो । यो सहरका ऐतिहासिक पक्ष धेरै छन् । यहाँ मल्लकालीन सम्पदा छन् । यहाँको ऐतिहासिक पक्षबाहेक अरु पक्ष नकारात्मक लाग्छ । पहिलेको त्यति सुन्दर सहर अहिले फोहरी सहरका रूपमा चिनियो । सबैतिर फोहर र प्रदूषण मात्रै छ । सहरमा आन्नदको श्वास फेर्ने ठाउँ छैन । सबैतिर अस्तव्यस्त मात्रै छ ।

तपार्इं सानो छँदा काठमाडौं कस्तो थियो ?
मैले सानैदेखि काठमाडौंलाई चिन्न पाएँ । मैले साइकल चलाउन पनि यही सहरबाट जानेको हुँ । पहिलेको काठमाडौं सुन्दर थियो । यति धेरै घरहरू थिएनन् । बस्तीहरू पातला थिए । मान्छेहरु थोरै थिए । अहिले त जनघनत्व हवात्तै बढेको छ । सहरमा सवारी र मानिसको चाप बराबर छ । एउटा कचौरा आकारको ठाउँमा प्रदूषण भरिएको छ । बर्खामा तीन महिना पानीले पखाले पनि ९ महिनाको कार्वनडाइअक्साइड थुप्रिएर बस्छ । वातावरणको हिसाबले यो सहर बस्न उपयुक्त छैन । विकसित सहरमा एक जना बराबर एक कोठा हुन्छ । हाम्रोमा एउटै कोठामा चार–पाँच जना बस्नुपर्ने बाध्यता छ । काठमाडौं यतिसारै अस्तव्यस्त हुन थालेको ८—१० वर्ष भयो । त्यो भन्दा पहिले काठमाडौं अलि व्यवस्थित थियो । 

अहिलेको उपत्यका कस्तो लाग्छ ?
धेरै नै अस्तव्यस्त लाग्छ । यहाँका रहेक चोकहरू भिडभाड मात्रै देखिन्छन् । सबैतिर दिक्क लाग्दो दृश्यमात्रै देखिन्छ । खुला ठाउँको अभाव भइसकेको छ । यहाँका सरकारी निकायले काम नगरेका कारण सहर यति भद्रगोल भएको हो । यी निकायले जनताको जीवनमाथि ठाडो खेलवाड गरेका छन् । सरकारी निकायबीच पनि आपसी समन्वय नहुँदा सहर कुरूप देखिन्छ । सहरको एउटा समस्या समाधान हुनेबित्तिकै अर्को समस्या निम्तिन्छ । समस्या निम्त्याउने मुख्य निकाय भनेकै सरकारी निकाय हुन् । यहाँ सरकारको भन्दा पनि जग्गा दलालको रोजाई अनुसार सहरको बाटो बनाइन्छ । सहरमा साइकल कुदाउने लेन छैन । पैदल यात्रुहरू पनि सवारीको हुलमुलमा यात्रा गर्नुपरेको छ। 

तपाईंको विचारमा काठमाडौं कसरी राम्रो बन्ला ? 
विश्वका धेरैजसो सहरको संरचना निर्माणमा एकरूपता हुन्छ । सहरका घरहरु एउटै शैलीमा ठडिएका हुन्छन् । मापदण्ड पनि एकै किसिमको हुन्छ । हाम्रो देशमा त मनपरी छ, जसले जसरी पनि घर ठडाउन सक्छ । सहर बनाउने सरकारी निकायसँग सहरको परिकल्पना छैन । अब काठमाडौंलाई राम्रो र मौलिक सहर बनाउने उपाय एकमात्रै छ, त्यो हो यहाँका पूरै संरचना ध्वस्त पारेर नव निर्माण गर्नु । तर, यो सजिलो कुरा होइन । यति गर्ने सामथ्र्य हाम्रो सरकारसँग छैन । अहिलेकै अवस्थालाई पनि सुधार गर्न पनि सकिन्छ । जस्तै ः थालेका विकास निर्माणका कार्यलाई छिटो सक्ने, ट्राफिक जाम हल गर्ने, सार्वजनिक यातायातलाई सुधार गर्ने, बढी प्रदूषण आउने सवारी निस्तेज गर्ने, सडकलाई फराकिलो पारेर वरिपरि बिरुवा रोप्ने, साइकल र पैदल यात्रुको लेन छुट्याउने हो भने सहर अली व्यवस्थित र सुन्दर हुन्छ कि जस्तो लाग्छ।

काठमाडौंभन्दा बाहिरका सहर कतिको घुम्नुभएको छ ?
नेपालका प्रायः सबैजसो सहर पुगेको छु । उपत्यका बाहिरका सहरमध्ये पोखरा राम्रो छ । यसबाहेक अन्य सहरहरू पनि सुन्दर नै छन्।

तपाईं कुन कुन देशका सहर घुम्नुभएको छ ?
मैले एक सय ५० देशका सहर घुमेको छु । अरु देशका सहर धेरै नै सुन्दर र व्यवस्थित छन् । सबै सहर आधुनिक रूपमा विकसित भइरहेका छन् । व्यवस्थित, अनुशासित, शान्त र सुविधायुक्त भएकै कारण अरु देशका सहर राम्रा छन्। 

विदेशका सहर घुम्दा कस्तो महसुस भयो ?
विदेशका सहरमा साइकललाई पहिलो स्थानमा राखिन्छ, हाम्रोमा साइकललाई निम्न स्तरको साधनका रूपमा लिइन्छ । मैले पुगेका धेरै सहरहरू साइकलमैत्री थिए । ती सहरमा साइकललाई सडक राखिएको हुन्छ । हाम्रोमा त साइकल लेनको त परकै कुरा बाटोमा हिँड्दा किचेर मार्लान् भन्ने डर हुन्छ। 

हाम्रा सहर किन त्यस्तै बन्न सकेनन् जस्तो लाग्छ ?
बन्न त सक्लान्, तर नेता र उनीहरूको नीति ठिक हुनुपर्छ । हाम्रो देशका नेताहरूले सहरमा राजनीति गरेर सहरलाई नै कुरूप बनाए । यहाँको सहर र राजनीति फोहर छ। 

तपाईं बसेको सहर कस्तो होस् भन्ने चाहनुहुन्छ ?
सहरमा झिंगटी र इटाले बनेका साना–साना कल्लकालीन एकैनासे घर होओन् । सडक छेवैमा सुन्दर बगैचा होओन् । बालबालिका र वृद्धहरू रमाउने पार्कहरू बनाइयोस् । व्यवस्थित यातायात साधन सबैखाले सुविधा, स्वच्छ हावा, सहरवासीमा पनि सहयोगी भावना  देखियोस् । दुःख पर्दा एकले अर्कोलाई हात दिओस् । यति भयो भने सहरमा मन खुसी हुन्छ । 

काठमाडौंको प्रदूषण देख्दा दिक्क लाग्दैन ?
दिक्क मात्रै होइन, कस्तो सहरमा हुर्केछु भनेर पछुतो लाग्छ । यदि सबै मिलेर काम गरेको भए सहर यति धेरै कुरूप हुने थिएन । अहिले पहाडको बारी बाँझो राखेर सुन्दर भविष्यको कल्पना गर्दै हामी सहरमा पुग्छौं, तर सहर बस्न लायक छैन। 
यहाँका नकारात्मक पक्षहरू के–के हुन् त ?
सार्वजनिक यातायातको चर्को ध्वनि सुन्दा दिक्क लाग्छ । यहाँका सडक पनि धराप छन् । सबैतिर ट्राफिक जाम र अव्यवस्थित पार्किङ मात्रै देखिन्छ । सहरका यी पक्ष मन पर्दैन। 

यहाँका मन पर्ने पक्ष ?
यहाँको साँस्कृतिक पक्ष राम्रो लाग्छ । उपत्यकाका दरबारहरू नेपालकै गहना हुन् ।

सहरवासीको बानी कस्तो लाग्छ ? 
गैर–जिम्मेवार लाग्छ । हामी कोही पनि सहरप्रति जिम्मेवार नभएरै सहर यति धेरै कुरूप भएको हो । यदि नागरिकले पनि सहरको विषयमा आवाज उठाउने र सरकारी निकायलाई घच्घच्याउन सकेको भए सहर यति धेरै भद्रगोल हुने थिएन होला। 

तपाईं साइकलमै उपत्यकामा यात्रा गर्नुहुन्छ, साइकल चलाउन कत्तिको गाह्रो छ ?
काठमाडौंमा साइकल चलाउनु निकै जोखिम छ । ठूला सवारी साधनबाट च्यापिएर, हेपिएर हिँड्नुपर्छ । सहरमा साइकल चलाउनेले सानो ठानिन्छ । साइकल चलाउने लेन छैन । भएका लेन पनि फुटपाथ पसलेहरूले कब्जा गरेका छन् । 

पछिल्लोे समय घुमेको सहर कुन हो ? 
पछिल्लो समय अस्ट्रेलियाको राजधानी क्यानबेरा पुगेको थिएँ । सानो सहर भए पनि निकै व्यवस्थित छ। 

उपत्यका नजिकै घुम्न जानुपर्‍यो भने कता जानुहुन्छ ?
नगरकोट, ककनी, फुलचोकी डाँडा, चन्द्रगिरीलगायत ठाउँ जान्छु ।

मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मलाई फेरी एकपटक न्युजिल्यान्ड, नर्वे घुम्ने मन छ।

उपत्यकाको मन पर्ने खानेकुरा ?
नेवारी परिकार मनपर्छ । 

प्रस्तुतिः शिवहरि घिमिरे

]]>
ब्यान्ड बाँध्ने लहर http://www.nagariknews.com/news/35593/ Mon, 22 Jan 2018 13:12:00 +0545 http://www.nagariknews.com/news/35593/ जोर्नी दुख्ने र हड्डी सम्बन्धी समस्या देखिएका बिरामीमाझ ब्यान्ड प्रयोग गर्ने लहर छाएको छ । यी बिरामीले सपोर्टका रूपमा ब्यान्ड प्रयोग गरिन्छ । शरीरका विभिन्न भागका लागि फरक फरक ब्यान्ड छन्। शुष्मा बराली
जोर्नी दुख्ने र हड्डी सम्बन्धी समस्या देखिएका बिरामीमाझ ब्यान्ड प्रयोग गर्ने लहर छाएको छ । यी बिरामीले सपोर्टका रूपमा ब्यान्ड प्रयोग गरिन्छ । शरीरका विभिन्न भागका लागि फरक फरक ब्यान्ड छन्। 

युनाइटेड मेडिकेयरका प्रबन्ध निर्देशक सन्तोषकुमार सिंह पछिल्लो समय ब्यान्ड प्रयोग बढ्दो रहेको बताउँछन् । उनका अनुसार हड्डी तथा जोर्नीको समस्या भएकाले बडी बेल्ट एन्ड सपोर्ट, सर्भिकल सपोर्ट, फ््रयाक्चर ब्रासेस, फुट एन्ड एङ्कल सपोर्ट, फिंगर स्प्लिन्ट्स, नि ब्रासेस, रिस्ट एन्ड फोरआर्म ब्रासेसलगायत ब्यान्ड सपोर्टकारूपमा प्रयोग गर्दै आएका छन् । 
अस्तव्यस्त जीवनशैलीले हड्डीको समस्या बढिरहेको चिकित्सक बताउँछन् । उनीहरूका अनुसार दुर्घटना कारण पनि हड्डीमा समस्या आउन सक्छ। 

युनाइटेड मेडिकेयरका प्रबन्ध निर्देशक सन्तोषकुमार सिंह पछिल्लो समय ब्यान्ड प्रयोग बढ्दो रहेको बताउँछन्। उनका अनुसार हड्डी तथा जोर्नीको समस्या भएकाले बडी बेल्ट एन्ड सपोर्ट, सर्भिकल सपोर्ट, फ््रयाक्चर ब्रासेस, फुट एन्ड एङ्कल सपोर्ट, फिंगर स्प्लिन्ट्स, नि ब्रासेस, रिस्ट एन्ड फोरआर्म ब्रासेसलगायत ब्यान्ड सपोर्टकारूपमा प्रयोग गर्दै आएका छन्। 

नियमित शारीरिक व्यायाम नगर्ने, धेरै समयसम्म कुर्चीमा बस्ने व्यक्तिका जोर्नी र हड्डीमा समस्या आउन सक्ने चिकित्सक बताउँछन् । यस्ता बिरामीहरू जोर्नी तथा हड्डीलाई आराम दिन ब्यान्डको प्रयोग गर्न थालेका छन्। 

धेरै प्रयोगमा आउने केही ब्यान्डहरू
बडी बेल्ट एण्ड सपोर्ट

‘बडी बेल्ट एन्ड सपोट’ शरीरको सपोटका लागि प्रयोग गरिन्छ । बडी बेल्ट एन्ड सपोर्टले घाँटीको तल्लो भागदेखि कम्मरसम्मको भाग अड्याउन सहयोग गर्छ । बडी बेल्ट एन्ड सपोट विभिन्न प्रकारका रहेको सिंह बताउँछन् । उनका अनुसार कम्मर बेल्ट, रिब बेल्ट, प्रेग्नेन्सी केयर सपोट, टम्मी ट्रिम्मर, चेस्ट बाइन्डर, अल्ट्रा ब्याक सपोर्ट लगायतका बेल्टहरू बजारमा उपलब्ध छन्। 

होमबहादुर बिक ५१ वर्षका भए । निजी संस्थामा कार्यरत उनी कम्मर दुख्न थालेपछि चिकित्सकको सल्लाह अनुसार दुखेको समयमा ब्यान्ड लगाउने गरेका छन् । ‘कहिलेकाहीँ सामान्य खन्दा, निहुरिएर धेरै समय काम गर्दा ढाड दुख्छ,’ उनी भन्छन् । यस्तो समस्यामा ब्यान्डले राहत दिने भएकोले आफूले ब्यान्ड लगाउने गरेको उनी सुनाउँछन् । ‘कम्मर र ढाडको दुखाईले गर्दा ब्याक रेस्ट सपोट बेल्ट प्रयोग गर्छु,’ उनले भने।

सर्भिकल सपोर्ट
सर्भिकल सपोर्ट घाँटीमा प्रयोग गरिन्छ । घाँटी दुखाइको समाधान गर्न सर्भिकल सपोर्ट प्रयोग गर्नु राम्रो हुने सन्तोष बताउँछन् । यससँगै कोलार बोनलेस, कोलार विथ सपोर्ट, कोलार हार्ड, पिलो रेगुलर लगायत पनि घाँटीमा प्रयोग गर्न सकिने उनले बताए। 

फ्याक्चर ब्रासेस
फ्याक्चर ब्रासेस फ्याक्चर भएका ठाउँमा प्रयोग गरिन्छ । यससँगै ह्युमरल फ्याक्चर, इलास्टिक सोल्जर इमोभिलाइजर, युनिभर्सल सोल्जर इमोभिलाइजर, पाउच आर्म ब्यागी, सोल्जर सपोर्ट, कास्ट सुलगायत सोल्जर ब्रासेसको प्रयोग गर्न सकिने उनको भनाइ छ। 

मैतीदेवीकी पूर्णिमा राना मगर (१५) कराँते खेलाडी हुन्। उनी कराँतेकी ब्ल्याक बेल्ट हुन्। पद्मकन्या उच्च माविमा कक्षा ९ मा अध्ययनरत उनी सोही विद्यालयमा कराँते पनि सिकाउँछिन्। 

उनीसँग पनि ब्यान्ड लगाएको अनुभव छ। फस्ट इन्टरनेसनल च्याम्पियनसिपमा सहभागी हुँदा कुम मड्किएपछि सोल्जर सपोर्ट ब्यान्ड लगाएको उनले सुनाइन् । ‘गेम खेल्दाखेल्दै कुम सुन्निएपछि स्वोइलिङ आइल लगाएर सोल्जर सपोर्ट ब्यान्ड लगाएँ,’ उनले घटना सुनाइन्। 

आफूलाई मन पर्ने कालो रङको ‘सोल्जर सपोट ब्यान्ड’ लगाएको उनले बताइन्। गेम खेल्दा खुट्टा मड्कने, हात सुन्निनेलगायत समस्या देखिएको उनको अनुभव छ । ‘गेम खेल्दा सुन्निनु, ठोक्किनु र चोट लाग्नु सामान्य नै हो, तर आफू सावधान हुनुपर्छ,’ उनले भनिन्।

फुट एन्ड एङ्कल सपोर्ट 
खुट्टा र गोलीगाँठोको सपोर्टका लागि विभिन्न फुट एन्ड एङ्कल सपोर्टको प्रयोग गरेको पाइन्छ। 
कराँते खेलाडी आरती राना पनि खुट्टा र गोलीगाँठाको समस्यामा परिरहन्छन् । गोदावरी भ्याली च्याम्पियनसिपमा खुट्टामा समस्या देखिएपछि ब्यान्ड प्रयोग गरेको उनको अनुभव छ । त्यतिबेला ‘फोम लाइट एङ्कल स्टिर–अप’ ब्यान्ड लगाएको उनले बताइन् । खुट्टालाई सपोर्ट र दुखाई कम गर्न ‘लाइट एङ्कल स्टिर–अप’ प्रयोग गरेको उनी बताउँछिन्। ‘एक्कासी खेल्दा खेल्दै लडेर खुट्टामा चोट लागेछ थाहा नै पाइनँ । ब्यान्ड लगाउँदा आराम महसुस हुन्छ,’ उनले भनिन्। 
एङ्कल बाइन्डर इलास्टिक, एङ्कल ब्रास विथ क्रिसक्रस, एङ्कल कम्फर्ट, पिएफ स्लिप सपोर्ट, एङकल र्‍याप लगायत प्रयोगमा आउने सन्तोष बताउँछन्।  

फिङ्गर स्प्लिन्ट्स
हातका औलाहरू सुन्निएको, बागिंएको अवस्थामा ‘फिङ्गर स्प्लिन्टस’ ब्यान्ड प्रयोग गरिन्छ । फिङ्गर कोट, माल्लेट फिङ्गर स्प्लिन्ट, फ्रग स्प्लिन्ट, फिङ्गर स्प्लिन्टको प्रयोग गरिने सन्तोषको भनाइ छ। 

इमाडोलकी ममता आचार्य गुरागाईं व्यापारी हुन् । बिहान बेलुका घरको काम गर्ने उनी दिउँसो पसलमा बस्छिन् । उनले पनि केही दिन उनको हातको बुढी औलामा फिंगर सपोर्ट लगाइन् । घरकै सामान्य काममा व्यस्त हुँदा पानीमा चिप्लिएर लडेपछि उनको कुहिनोमा चोट लागेको उनी बताउँछिन्। 

‘एक सुरले काम गर्दागर्दै चिप्लिएर लडेँ। कुहिनो ठोक्किएर हातको बुढी औला दुख्ने भएर फिंगर स्प्लिन्ट लगाउनुप¥यो,’ उनले भनिन् । हातको औलामा गाढा खरानी रङको फिंगर स्प्लिन्ट लगाइन् । ‘फोहोर नदेखियोस् भनेर गाढा खरानी रङको फिंगर स्प्लिन्ट लगाएकी हुँ,’ उनले भनिन् । औलाको सपोर्टका लागि डाक्टरको सल्लाहअनुसार फिंगर स्प्लिन्ट लगाउनु पर्ने बताएपछि लगाएको उनी बताउँछिन् । ‘फिंगर स्प्लिन्ट लगाएपछि पहिलाको जस्तो दुखेको महसुस भएको छैन,’ उनले भनिन्। 

नि ब्रासेस 
घुँडाको समस्या, घुँडामा लागेको चोटपटकमा नि ब्रासेसको प्रयोग गरिन्छ ।  उमेर ढल्केसँगै आउने समस्या, बाहिरी चोटपटकबाट हुने पीडा लगायतको अवस्थामा नि ब्रासेसको प्रयोग गरेको पाइन्छ । नि क्याप इलास्टिक, नि सपोर्ट कम्फर्ट, नि इमोबिलाइजर लङ, नि इमोबिलाइजर सर्ट, नि हिन्ज ब्रासेस ड्राइटेक्स लगायतका नि ब्रासेसको प्रयोग गरिने सन्तोष बताउँछन्। 

स्वास्थ्यका लागि प्रयोग गरिने सामान पनि रङ, साइज, ब्रान्ड, डिजाइन खोज्नेको ठूलो जमात रहेको युनाइटेड मेडिकेयरका म्यानेजिङ डाइरेक्टर सन्तोष बताउँछन्। ‘हिजोआज मानिसले हरेक कुरा युनिक र नयाँ खोज्छन्, पहिला ब्यान्डको कलर तथा प्रकार धेरै थिएनन्,’ उनले भने।  

ब्यान्डका लागि धेरै रङ र डिजाइन नभए पनि उमेर अनुसारको माग हुने उनको भनाइ छ। ‘उमेर अनुसार रोजाइ फरक हुन्छ । आरामदायी र सजिलो ब्यान्ड खोज्नेको लहर बढ्दो छ,’ उनले भने । विशेष कालो, खैरो, सेतो र रातो रङमा उपलब्ध रहेको उनी बताउँछन् । ‘अरु रङभन्दा कालो रङ नै बढी प्रचलनमा छ,’ उनले भने।

]]>
प्रदेश नं २ मा सबैभन्दा बढी मतदाता, ६ मा कम http://www.nagariknews.com/news/35592/ Mon, 22 Jan 2018 13:04:00 +0545 http://www.nagariknews.com/news/35592/ आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी मतदाता (निर्वाचक मण्डल) प्रदेश नं २ मा र सबैभन्दा कम प्रदेश नं ६ मा रहेका छन्।  भीष्मराज ओझा 

काठमाडौँ – आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी मतदाता (निर्वाचक मण्डल) प्रदेश नं २ मा र सबैभन्दा कम प्रदेश नं ६ मा रहेका छन्। 

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार आइतबार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरेको छ। 

आयोगले प्रकाशन गरेको नामावलीअनुसार प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ३४८, प्रदेश नं ४ मा २३०, प्रदेश नं ५ मा ३०५, प्रदेश नं ६ मा १९८ र प्रदेश नं ७ मा २२९ मतदाता रहेका छन्। 

आयोगको निर्वाचन तालिकाअनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। 

आयोगले प्रदेश नं १ को मोरङको विराटनगर, प्रदेश नं २ को धनुषाको जनकपुरधाम, प्रदेश नं ३ को ललितपुरको पाटन, प्रदेश नं ४ को कास्कीको पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरेको छ। 

राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा एक हजार ५०६ र सातवटा प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य जम्मा ५५० गरी कूल दुई हजार ५६ जना मतदाताले मताधिकार प्रयोग गर्ने संवैधानिक व्यवस्था छ। 

स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष छन् भने प्रदेशसभामा पुरुष ३६१ र महिला १८९ मतदाता रहेका छन्। निर्वाचनका लागि सात स्थानमा १४ मतदान केन्द्र रहने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ हुने आयोगले जनाएको छ। 

राष्ट्रियसभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुनेछ। नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रियसभा स्थायी सदन हुनेछ। राष्ट्रियसभाको पदावधि छ वर्षको हुनेछ, तर यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम रहनेछ। 

धारा ८६ अनुसार यस सभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठजना गरीे निर्वाचित ५६ जना रहन्छन्। त्यस्तै सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एकजना महिलासहित तीनजना गरी जम्मा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ। 

संविधानअनुसार संघीय व्यवस्थापिका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक छ। त्यसमध्ये प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भइसकेको छ। रासस

]]>
उपमेयर भन्छन् : ‘काम गर्ने केन्द्र, गाली खाने हामी’ http://www.nagariknews.com/news/35590/ Mon, 22 Jan 2018 12:59:00 +0545 http://www.nagariknews.com/news/35590/ ‘सडक राम्रो बनाउन स्थानीयकै माग हुन्छ, अनि सडक बढाउन जग्गा नदिने समस्या त्यहीँ हुन्छ, त्यस्तोमा नारा जुलुसको तनाव हामीले भोग्नुपर्छ, निर्णय र काम केन्द्र सरकारको हुन्छ ।’  विन्दु पुडासैनी सिंखडा, उपमेयर, कागेश्वरी मनहरा नगरपालिका गत शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाकी उपमेयर रमादेवी राईले गुनासो गरिन्, ‘केन्द्रले बिगारेको काममा समेत हामीले अपजस भोगिरहेका छौँ।’

राईको गुनासो उपत्यकावासीले सडक, ढल र धुलो– धुवाँबारे स्थानीय जनप्रतिनिधिसँग पोख्ने आक्रोशतर्फ लक्षित थियो । ‘ढल र बाटो केन्द्रीय बजेटबाट केन्द्र सरकारले नै बनाएको भनी स्थानीयले बुझेका छैनन्, त्यसको अपजस पनि हामीले भोग्नुपरेको छ,’ राइले भनिन्, ‘केन्द्रीय विकास निर्माणमा स्थानीय निकायको भूमिकासमेत तोकिएको छैन।’

‘ढल र बाटो केन्द्रीय बजेटबाट केन्द्र सरकारले नै बनाएको भनी स्थानीयले बुझेका छैनन्, त्यसको अपजस पनि हामीले भोग्नुपरेको छ, केन्द्रीय विकास निर्माणमा स्थानीय निकायको भूमिका समेत तोकिएको छैन ।’
रमादेवी राई, उपमेयर, बूढानीलकण्ठ नगरपालिका 

नियम अनुसार उपमेयर नगरपालिकाको बजेट तर्जुमा, न्यायिक र अनुगमन समितिमा संयोजक हुन्छन् । तर, आफ्नो स्थानीय तहअन्तर्गत पर्ने कतिपय विकास निर्माणमा भने केन्द्र सरकारको प्रत्यक्ष संलग्नता हुने भएकाले उनीहरूले त्यसमा केही गर्न सक्दैनन् । जनताले भने स्थानीय तहका प्रतिनिधिले नै सबै काम गरिदिउन् भन्ने चाहेकाले समस्या भएको राईले बताइन् । 

मिडिया एड्भोकेसी ग्रुपलगायत विभिन्न संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा राईले जस्तै गुनासो पोखिन् कागेश्वरी मनहरा नगरपालिकाकी उपमेयर विन्दु पुडासैनी सिंखडाले पनि । उनले दीर्घकालीन सरकारी योजनामा आफूहरूको भूमिका कस्तो हुने भन्ने पत्तो नहुँदा अन्योल रहेको बताइन् । ‘सडक राम्रो बनाउन स्थानीयकै माग हुन्छ, अनि सडक बढाउन जग्गा नदिने समस्या त्यहीँ हुन्छ,’ उनले भनिन्, ‘त्यस्तोमा नारा जुलुसको तनाव हामीले भोग्नुपर्छ, निर्णय र काम केन्द्र सरकारको हुन्छ।’ 

स्थानीय ठेक्कापट्टाको काम केही कारणवस रोकिँदा स्थानीय तहले नै २० प्रतिशत थपेर दिनुपर्ने व्यवस्थाले पनि आफूहरू थप अन्योलमा परेको उनले बताइन् । प्रत्येक आइतबार बस्ने न्यायिक समितिको इजलासले भने स्थानीयका समस्या समाधान गर्न सहज भएको उनले महसुस गरेकी छिन् । उपमेयर महिला नै भएकाले पनि महिलाका समस्या समाधान महिलामैत्री भएर गर्न थालिएको उनको अनुभव छ। 

शंकरापुर नगरपालिकाकी उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ केन्द्र र स्थानीय तहको तालेमल नमिल्दा समस्या आइरहेको बताउँछिन् । ‘बजेट थोरै हुन्छ, आशा धेरै हुन्छ,’ उनले भनिन्, ‘बिहान ६ बजेदेखि राती नौ बजेसम्म खटिँदा पनि जनताका चाहना पूरा गर्न सकेका छैनौँ।’ 

नगरपालिकाका महिलालाई सक्षम बनाउन आफूहरूले घुम्ती कोषबाट ऋण दिएर आय आर्जनको व्यवस्था गर्न थालेको उनले जानकारी दिइन्। 

तारकेश्वर नगरपालिकाकी उपमेयर भवानी डोटेल धिताल राज्यले वितरण गर्ने स्रोतसाधन असमान भएकाले समस्या आउने गरेको बताउँछिन् । स्थानीय तहको विकासका लागि नगरपालिका एक्लै रहँदा समस्या आएको उनको अनुभव छ। ‘कसैको हातेमालो छैनौ,’ उनले भनिन्, ‘थुपै्र काम छ, बढी ग्रामीण क्षेत्र रहेकाले समस्या छ।’ 

नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारीले भने आफ्नो क्षेत्रका महिलालाई उद्यमी बनाउने अभियान नै सुरु गरेको सुनाइन् । विकास निर्माणमा केन्द्र सरकार नै हाबी रहेको उनको अनुभव छ। 

]]>
प्रधानमन्त्री मोदी डाभोस जाँदै http://www.nagariknews.com/news/35591/ Mon, 22 Jan 2018 12:56:00 +0545 http://www.nagariknews.com/news/35591/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार स्वीट्जरल्याण्डको डाभोस जाँदै छन् ।विश्व आर्थिक मञ्चको ४८ औँ बैठकमा सहभागिताका लागि माेदी सोमबार नयाँ दिल्लीबाट डाभाेस जान लागेका हुन् ।  नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार स्वीट्जरल्याण्डको डाभोस जाँदै छन्  ।विश्व आर्थिक मञ्चको ४८ औँ बैठकमा सहभागिताका लागि माेदी सोमबार नयाँ दिल्लीबाट  डाभाेस जान लागेका हुन् ।

प्रधानमन्त्री मोदीको भ्रमण दलमा भारतीय अर्थमन्त्री अरुण जेट्ली, वाणिज्य तथा उद्योगमन्त्री सुरेश प्रभु लगायत अन्य उच्च सरकारी अधिकारीहरु समेत रहेका छन् ।  उक्त ४८ औँ वार्षिक बैठकको मङ्गलबार हुने उद्द्धटन सत्रलाई प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री मोदीले डाभोसमा रहँदा विभिन्न अन्तर्राष्ट्रिय नेताहरु, व्यापारिक समुदायका नेताहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै अन्तर्राष्ट्रिय वाणिज्य परिषद्लाई पनि सम्बोधनकाे कार्यक्रम रहेको समाचारमा जनाइएको छ ।

सो भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ताकाे कार्यक्रम पनि रहेको भारतीय विदेश मन्त्रालयले बताएको छ ।

यस वर्ष विश्वका वाणिज्य, व्यापार, राजनीतिक क्षेत्र, विभिन्न देशका उच्च सरकारी अधिकारी तथा नेताहरु गरी कम्तीमा पनि तीन हजार जनाको सहभागिता रहने बताइएको छ । रासस

]]>
बढ्दैछन् शान्ति खोज्दै तपोवन पुग्नेहरू http://www.nagariknews.com/news/35589/ Mon, 22 Jan 2018 12:26:00 +0545 http://www.nagariknews.com/news/35589/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ किलोमिटर र बालाजु बसपार्कबाट ६ किलोमिटर दुरीमा पर्ने तपोवनमा कार्की मात्र होइन, धेरै कामकाजी फुर्सद हुनेबित्तिकै पुग्ने गर्छन् । बिदाका दिनमा त उपत्यकाका कामकाजीको हुल नै तपोवन पुग्ने गरेको छ। माधव अधिकारी
सीतापाइलाका हरिशरण कार्की फुर्सद हुनासाथ नागार्जुन हिल्सस्थित ओशो तपोवन पुगिहाल्छन् । 
प्रिन्टर मर्मत गर्ने पेसा अपनाएका उनी व्यस्त दैनिकीबाट केही समय मिल्नेबित्तिकै तपोवन पुगेर ध्यानमा लिन हुन्छन् । ओशोभक्त स्वामी आनन्द अरूणबाट सन्यास दीक्षा लिएपछि उनले नयाँ नाम समेत पाएका छन्, स्वामी हरि चैतन्य । सन्न्यासले आफ्नो जीवन बदलिएको उनको अनुभव छ । ‘यो कुनै साधारण कम्युन होइन, हजारौँ साधकको ऊर्जाले यो बुद्धक्षेत्र बनेको छ,’ उनी भन्छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ किलोमिटर र बालाजु बसपार्कबाट ६ किलोमिटर दुरीमा पर्ने तपोवनमा कार्की मात्र होइन, धेरै कामकाजी फुर्सद हुनेबित्तिकै पुग्ने गर्छन् । बिदाका दिनमा त उपत्यकाका कामकाजीको हुल नै तपोवन पुग्ने गरेको छ।

आबद्ध साजन दुलाल साथीसँग घुम्दै तपोवन पुगेका थिए । सुरुमा घुमघामका लागि गएका उनलाई तपोवनले जीवनकै सबैभन्दा आनन्द दिएको अनुभव भयो । ‘हामी वनभोजका लागि आएका थियौँ, तर तीर्थयात्रा पो भयो, जीवनमा यस्तो आनन्द कहिल्यै पाएको थिइनँ,’ उनले भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ किलोमिटर र बालाजु बसपार्कबाट ६ किलोमिटर दुरीमा पर्ने तपोवनमा कार्की मात्र होइन, धेरै कामकाजी फुर्सद हुनेबित्तिकै पुग्ने गर्छन् । बिदाका दिनमा त उपत्यकाका कामकाजीको हुल नै तपोवन पुग्ने गरेको छ।

कार्की र दुलाल जस्तै धेरै युवालाई तपोवनले तान्न थालेको छ । उपत्यका र उपत्यका बाहिरबाट समेत तपोवनमा ध्यान र घुमफिरका लागि मान्छेहरू आउने गरेका छन् । यहाँ विद्यार्थी, कर्मचारी, व्यापारी, गृहिणी, बालबालिकादेखि प्रसिद्ध राजनीतिज्ञ, लेखक, साहित्यकार, कलाकारसम्म फुर्सद मिलाएर आउने गर्छन्। 

करिब २८ वर्षअघि अर्थात् सन् १९९० ताका कुखुरा फार्म रहेको जग्गामा सुरु गरिएको तपोवन अहिले भने अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्र बनिसकेको छ । यहाँ आवसीय ध्यानको व्यवस्था समेत भएकाले यसलाई ध्यानको ‘कम्युन’ समेत मानिन्छ। 
हाल विभिन्न मुलुकमा यसका शाखा खुलिसकेका छन् । यहाँ अचेल विदेशी साधकसमेत आउँछन् । आवासका लागि पुराना कोठाले मात्र ठाउँ अपुग भएपछि भर्खरै ३२ कोठाको नयाँ भवन बनाइएको छ।

गत साता तपोवन पुग्दा रजनीश ध्यान मन्दिर बाहिर बुद्धमूर्ति अघि स्वामी आनन्द अरूणकी जीवनसंगिनी योगिनी माँ ध्यान गर्दै गरेको अवस्थामा भेटिइन् । ‘भित्र आउने र बाहिर जाने श्वासमाथि साक्षी भावले ध्यान गरिरहेकी छु,’ उनले भनिन्, ‘यसै विधिलाई गौतम बुद्धले विपश्यनाको नाम दिनुभएको छ, विज्ञान भैरव तन्त्रमा शिवले पार्वतीलाई श्वासमाथि ध्यान गर्ने विधि बताउनुभएको छ।’ 

तपोवनमा यस्ता धेरै विधि सिकेर जीवन रूपान्तरण गर्न सकिने उनले जानकारी दिइन् । ‘साधना गरेर जीवन बदल्न चाहने सबैलाई कुनै पनि बेला हामी यहाँ स्वागत गर्छौ,’ उनी भन्छिन्। 

सुनसरीको इटहरीका स्वामी कृष्ण मोहन २० वर्षदेखि तपोवनमै बसेर स्वयंसेवा गरिरहेका छन् । विद्यार्थी जीवनमा पुस्तकमार्फत् ओशोसँग जोडिएका उनले हाल आश्रममा ध्यान हल सञ्चालकको जिम्मेवारी पाएका छन् । आश्रम–जीवन आनन्दायी भएको उनी बताउँछन्। 

‘विभिन्न प्रजातिका वनस्पति, सुन्दर फूलका बोटविरुवा रोपेर उद्यान बनाई तपोवनलाई अझै सुन्दर बनाउने योजना छ,’ उनी भन्छन्। 


करिब २८ वर्षअघि अर्थात् सन् १९९० ताका कुखुरा फार्म रहेको जग्गामा सुरु गरिएको तपोवन अहिले भने अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्र बनिसकेको छ । यहाँ आवसीय ध्यानको व्यवस्था समेत भएकाले यसलाई ध्यानको ‘कम्युन’ समेत मानिन्छ। 

पुल्चोकस्थित इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक खेम डल्लाकोटी अर्थात् स्वामी प्रेमकृष्ण पहेँलो लुगामा तपोवनमा भेटिए । उनी स्वामी आनन्द अरूणको अनुपस्थितिमा ध्यान सत्र चलाउँदै थिए । ओशोबाट दीक्षा लिएका डल्लाकोटी स्थापनाकालदेखि नै तपोवनको कार्यसमिति सदस्य छन् । ‘यो कुनै धर्म, सम्प्रदाय होइन, जीवन ऊर्जा रूपान्तरणको विज्ञान हो,’ उनी भन्छन् । निकट भविष्यमा लुम्बिनीमा ध्यान शिविर सञ्चालन गर्न जान लागेको उनले सुनाए।

कमलपोखरीस्थित कृष्ण पाउरोटी उद्योगका सञ्चालकसमेत रहेका स्वामी आनन्द रमेश ओशो तपोवनका अध्यक्ष हुन्। सरकारले लामो अवधिको भिसा दिए वर्षको एक हजार पाँच सय जति विदेशीलाई कम्युनमा स्थायी बसोबासको मिलाउन सकिने उनी बताउँछन् । ‘ओशोले मुक्ति र दिव्यताको मोक्षलाई युगौँसम्म आफ्नो सूक्ष्म उपस्थितिले प्रेरणा दिइरहनुहुनेछ,’ उनी भन्छन्, ‘तपोवन यही प्रेरणाको एक जीवन्त प्रयोगस्थल हो।’

यहाँ आउने सन्यासीमा समर्पण भाव हुने गर्छ । उनीहरू सरसफाइ गर्छन्, कुचो लगाउँछन्, भाँडा माझ्छन् र व्यवस्थापन समेत गर्छन् । तपोवनभित्र पसेपछि हरेकले एक अर्कालाई प्रेम, श्रद्धा र सम्मान प्रकट गर्छन् । एक सन्यासीले अर्कालाई हात जोडेर प्रणाम गर्छन् । यहाँ न कुनै मर्यादाक्रम छ न त कसैमा अहंकार भाव । कुनै लिखित नियम वा दण्ड सजाय नभए पनि साधकहरू आत्मानुशासनमा रहन्छन् । तपोवन परिसरभित्र धुम्रपान, मद्यापान र मांसाहार निषेधित छ।

तपोवन प्रसिद्ध बौद्ध भिक्षु नागार्जुनले तपस्या गरेको स्थानमा स्थापना गरिएको छ । यो मुनाफारहित संस्था हो । आगन्तुक र साधकले तिर्ने प्रवेश शुल्कले यसको खर्च जेनतेन धानेको छ । यहाँ दैनिक ध्यान साधनाका अतिरिक्त ओशोले प्रतिपादन गरेका ध्यान विधिमा आधारित प्रयोगात्मक शिविरको नियमित आयोजना गरिन्छ। 

यहाँ आउने सन्यासी घरबार छाडेर त्रिशुल र कमन्डलु बोकेका, गाँजा खाने परम्परागत जोगी होइनन् । उनीहरू गृहस्थमा रहेर विभिन्न पेसा, व्यवसाय गदै ओशोको नवसन्यासमा दीक्षित हुन्छन् । रातो कपडा र ओशोको तस्बिर अंकित लकेट भएको माला लगाएका स्वदेशी र विदेशी सन्यासी तपोवनमा ध्यानमग्न भेटिन्छन् । उनीहरू कहिले नाच्छन्, गाउँछन्, हाँस्छन् अनि घण्टौँसम्म मौन हुन्छन्। 

तपोवनका हल सञ्चालक स्वामी कृष्ण मोहनका अनुसार तपोवनमा अफ सिजनमा दैनिक ५० जना र सिजनमा बिदाको दिन पाँच सयदेखि एक हजार जना आउँछन् । उनले नेपालमा एक लाखको हाराहारीमा ओशो साधक रहेको बताए । तपोवनसँग आध्यात्मिक रूपमा आवद्ध ८० ध्यान केन्द्र र कम्युन नेपालका विभिन्न स्थानमा खुलेका छन् । तपोवनमा पहिला रुसी नागरिक धेरै आउने गरेकामा अहिले भने चिनियाँको संख्या बढेको उनले बताए । 
तपोवनमा के–के छन् ? 
ओशो समाधि 

तपोवनमा स्वामी आनन्द अरूणले ओशो देहमुक्त भएपछि उनको अस्तु ल्याएर ओशो समाधिको स्थापना गरेका छन् । नागार्जुनले दुई हजार वर्षअघि बुद्धत्व प्राप्त गरेको स्थानमा समाधि बनाइएको छ । समाधिमा चौबिसै घण्टा जलधाराको व्यवस्था गरिएको छ। 

रजनीश ध्यान मन्दिर 
ओशो तपोवनमा रजनीश ध्यान मन्दिर रहेको छ । शिवलिंग आकारमा निर्मित ध्यान मन्दिरमा एक सय ५० जनाले सक्रिय ध्यान र पाँच सय जनाले प्रवचन सुन्न सक्छन्। 

शिवपुरी बाबा मन्दिर 
शिवपुरी जंगलमा लामो समय तपस्या गरेका शिवपुरी बाबाको स्मृतिमा निर्मित शिवपुरी बाबा मन्दिर पनि यहीँ रहेको छ । आफ्नो जीवनका अन्तिम ३७ वर्ष नेपालमा बिताएका बाबाको सुन्दर मूर्ति यसमा राखिएको छ।

ओशो वेलकम लन्ज
तपोवनको गेटभित्र पस्नासाथ आगन्तुकलाई स्वागत गर्न बनाइएको वेलकम लन्जमा ओशोका सबै हिन्दी र अंग्रेजी पुस्तक, अडियो भिडियो प्रवचन, सिडी, डिभिडीलगायत ध्यानका लागि आवश्यक सामग्री र गिफ्ट उपलब्ध छन्।

ओशो, आरोग्य मन्दिर तथा स्पा
स्पा, सौना, स्टिम बाथ, पञ्चकर्म, शिरोधारालगायत प्राकृतिक तथा आयुर्वेदिक चिकित्सा सम्बन्धी सुविधा यहाँ उपलब्ध छन् । शरीर शुद्धिका लागि यसको सेवा लिनेको संख्या बढ्दो छ।

सुजाता किचन
साधक र आगन्तुकका लागि नेपाली तथा भारतीय सात्विक शाकाहारी भोजन गराउने सुजाता किचन पनि यहीँ रहेको छ । ध्यान, सत्संग सत्रपछि यहाँ प्रसाद वितरण गरिन्छ । तपोवन प्रवेशद्वार छेउमा शाकाहारी रेस्टुरेन्ट तथा कफी सप पनि छ।

आवास व्यवस्था
नागार्जुन, रामकृष्ण, जिसस, लाओत्सु, जनक र रमण ब्लकमा ५० वटा अट्याच बाथरूम भएका कोठा तपोवनमा छन् । पारिपट्टि नवनिर्मित भवनमा ३२ वटा कोठा छन् । कम्युनभित्र दुई सय ५० जनाका लागि आवासीय व्यवस्था छ। साधकका लागि सामूहिक रूपमा बस्ने सुविधायुक्त डोरमेटरी, अट्याच्ड कोठा तथा वातानुकूलित कक्ष छन्। 

]]>
ट्रक र टिपरका लागी टाइम कार्ड लागु http://www.nagariknews.com/news/35588/ Mon, 22 Jan 2018 12:11:00 +0545 http://www.nagariknews.com/news/35588/ राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागु गरिएको छ । चितवन - राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागु गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लोकमार्गमा अत्यधिक गतिमा चल्ने यस्ता सवारी साधनबाट दुर्घटना बढी हुने गरेको गुनासो आउन थालेपछि टाइम कार्डको प्रयोग गरिएको जनाइएको छ ।

चालु आवमा भएका सवारी दुर्घटनामा २६ प्रतिशत दुर्घटना ट्रक र टिपरबाट भएकाले आइतबारदेखि टाइम कार्ड लागु गरिएको हो । जसअनुसार ती सवारीले भरतपुर महानगरपालिका–१२ को गोन्द्राङ्गदेखि भण्डारासम्म २० किलोमिटर ४५ मिनेटमा पुग्नु पर्नेछ ।

यस्तै भण्डारादेखि मकवानपुरको मनहरीसम्म २० किलोमिटर ३५ मिनेट, मनहरीदेखि भण्डारा २० किलोमिटर ३५ मिनेट र भण्डारादेखि पुनः गोन्द्राङ्सम्म ४५ मिनेटमा पुग्नु पर्ने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

टाइम कार्डको गोन्द्राङ्, भण्डारा र मनहरी प्रहरीले निगरानी गर्ने पन्तले बताए । टाइम कार्डको उल्लंघन गर्नेलाई सवारी यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने उनले जानकारी दिए। चितवनको सडक हुँदै अहिले दुई हजारभन्दा बढी ट्रक र टिपर सञ्चालन हुने गरेका छन् ।

चालु आवको पुससम्ममा ११५ वटा दुर्घटना भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यी दुर्घटनाबाट ६१ जनाको मृत्यु भएको छ भने २३० जना घाइते भएका थिए । जसमध्ये ३० वटा दुर्घटनामा ट्रक र टिपरको संलग्नता रहेको प्रमुख पन्तले बताए ।
 

]]>
‘देउता’ बन्दा छुट्छ पढाइ http://www.nagariknews.com/news/35587/ Mon, 22 Jan 2018 12:11:00 +0545 http://www.nagariknews.com/news/35587/ भक्तपुरमा ऐतिहासिक नवदुर्गा गणको नाचमा पौराणिक देवताको भेषमा सजिएर नाच्नुपर्दा बालकहरूको पढाइ छुट्ने गरेको छ। मल्लकालदेखि चल्दै आएको यो नाचमा बालकहरूलाई पौराणिक देवताको भेषमा सजाएर नचाइन्छ । हरेक वर्ष तीन बालकहरू यो नाचमा सहभागी हुँदै आएका छन् । वर्षमा झन्डै आठ महिनासम्म निरन्तर नाचमा सहभागी हुनुपर्दा पढाइमा समस्या हुने गरेको नाचमा सहभागी बालकहरू बताउँछन्। भक्तपुरमा ऐतिहासिक नवदुर्गा गणको नाचमा पौराणिक देवताको भेषमा सजिएर नाच्नुपर्दा बालकहरूको पढाइ छुट्ने गरेको छ।

मल्लकालदेखि चल्दै आएको यो नाचमा बालकहरूलाई पौराणिक देवताको भेषमा सजाएर नचाइन्छ । हरेक वर्ष तीन बालकहरू यो नाचमा सहभागी हुँदै आएका छन् । वर्षमा झन्डै आठ महिनासम्म निरन्तर नाचमा सहभागी हुनुपर्दा पढाइमा समस्या हुने गरेको नाचमा सहभागी बालकहरू बताउँछन्। 

यसपालि पनि तीन बालक पढाइ छाडेर दैनिक नाचमा संलग्न छन् । सरस्वती विद्यामन्दिर कमलविनायक भक्तपुरमा अध्ययनरत सागर वनमाला, माउन्ट भ्याली इंग्लिस स्कुल कमलविनायक भक्तपुरमा अध्ययनरत दिपेश वनमाला र वागीश्वरी उच्च माध्यमिक विद्यालय च्याम्हासिंह भक्तपुरमा अध्ययनरत सुजन वनमाला नाचमा सहभागी भइरहेका छन्।  
कक्षा ७ मा अध्ययनरत दिपेशले नाच सुरु भएदेखि स्कुल जान नपाएको सुनाए । नाच माघ २ गतेदेखि भक्तपुरको सूर्यमढीबाट सुरु भएको थियो । दैनिक बिहानदेखि रातिसम्म नाचमा सहभागी हुनुपर्दा विद्यालय जान नपाएको उनले बताए।  

मल्लकालदेखि चल्दै आएको नाचमा बालकहरूलाई पौराणिक देवताको भेषमा सजाएर नचाइन्छ । हरेक वर्ष तीन बालकहरू यो नाचमा सहभागी हुँदै आएका छन् । झन्डै आठ महिनासम्म निरन्तर नाचमा सहभागी हुनुपर्दा पढाइ छुटेको बालकहरु बताउँछन्। 

यो नाच उपत्यकासहित उपत्यका बाहिरका विभिन्न स्थानमा पनि देखाउनुपर्छ । काठमाडौंको साँखु, टोखा, भक्तपुरको २१ टोलसहित उपत्यका बाहिरका साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुलगायत स्थानमा नाच देखाउने चलन छ । नाचका क्रममा उनीहरू नांगो खुट्टाले हिँडेर जान्छन्। 

कक्षा ७ मै अध्ययनरत सुजनले प्रत्येक वर्ष निरन्तर नाचमा सहभागी हुनुपर्दा समस्या हुने बताउँछन् । प्रत्येक वर्ष माघ २ गतेबाट सुरु भई साउनको भलभल अष्टमीसम्म गरी झन्डै आठ महिना उपत्यका र उपत्यकाबाहिर विभिन्न सहरमा सञ्चालन हुने यो नाचका लागि तीन बालकलाई पौराणिक देवता बनाइन्छ । उनीहरूलाई सिंम्ह, दुम्ह र बालकुमारी भनिन्छ । वनमाला थर भएका व्यक्तिको परिवारबाट पालैपालो पौराणिक देवता बन्नुपर्दा कहिले कुन परिवारको त कहिले कुन परिवारका बालबालिका एक वर्षसम्म पढाइ छाडेर नाचमा सहभागी हुनुपर्छ । पढाइमा समस्या हुने गरेकाले अरु घरबाट देवता बन्न नमानेकाले गत वर्ष पनि यी बालबालिका नै नाचमा सहभागी भएका थिए। 

नाचमा मुकुन्डो लगाएका तीन बालकसहित १९ जना देवगण रहन्छन् । नवदुर्गा नाच प्रदर्शन गर्ने देवगणका सदस्य नारायणमान वनमालाका अनुसार प्रत्येक वर्ष वनमाला थर भएका परिवारबीच पालैपालो देवता बन्नुपर्छ । उनका अनुसार भक्तपुरको इनाचो, क्वाठडा, नागपोखरी र चोर्चा टोलमा बस्ने वनमाला थरका परिवारबीच पालैपालो बालकलाई देवता बनाउने चलन छ। 

‘बालककालमा देवता बन्नुपर्दा म पनि अशिक्षित भएँ,’ उनले भने, ‘म मात्रै होइन, हाम्रो वनमाला समुदायका धेरै युवा यही कारण पनि अशिक्षित बने।’ 

प्रत्येक वर्ष चल्दै आएको यो ऐतिहासिक नाच भक्तपुरका राजा भुवन मल्लले १६औँ शताब्दीमा चलाएको इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।  

]]>
करेन्ट लागेर मृत्यु http://www.nagariknews.com/news/35585/ Mon, 22 Jan 2018 12:06:00 +0545 http://www.nagariknews.com/news/35585/ सर्लाही कौडेना गाउँपालिका–४ की ५० वर्षीया कलावतीदेवी शाहको करेन्ट लागेर मृत्यु भएको छ । सर्लाही – सर्लाही कौडेना गाउँपालिका–४ की ५० वर्षीया कलावतीदेवी शाहको करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान श्रीपञ्चमीको अवसरमा चक्रघटा गाउँपालिका–१ शिवनगरमा जल चढाउन गएकी उनी करेन्ट लागेर घाइते भएकी  थिइन् ।

घाइते शाहको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि सदरमुकाम मलंगवा लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनलाई मन्दिर बाहिर झिलीमिली बत्ती बाल्न निकालेको तारमा करेन्ट लागेको थियो । रासस

 

]]>
विद्यासँग सम्बन्धित बीस श्लोक http://www.nagariknews.com/news/35586/ Mon, 22 Jan 2018 12:00:00 +0545 http://www.nagariknews.com/news/35586/ चोरले चोर्न नसक्ने, राज्य वा सरकारले जफत गर्न नसक्ने, दाजुभाइका बीचमा अंशबन्डा नहुने, जति बोके पनि भारी नहुने, जति खर्च गर्यो त्यति बढ्ने अनौठो धन विद्या हो। .. .. पहिले (५ वर्षदेखि २५ वर्षसम्म) पढेर विद्या आर्जन गरिएन भने त्यसपछि (२६ वर्षदेखि ५० वर्षसम्म) धन आर्जन गरिएन भने तेस्रो चरण (५० देखि ७५ सम्म) मा धर्म आर्जन गर्न सकिएन भने त्यसपछिको अवधिमा तिमीले के गर्न सकौला र ? आज सरस्वती पूजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विशेष आराधना गरिन्छ । ज्ञान, बुद्धि, विवेक बढोस् भनेर विद्याकी देवीको आज उपासना गरिन्छ । वालवच्चालाई आजैदेखि अक्षराम्भ गराउने चलन पनि छ । विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीको रुपमा विशेष पूजा आराधना गर्ने गर्दछन्। उनै सरस्वती माताको वन्दनाका लागि नेपाली अर्थसहित यहाँ केही श्लोक प्रस्तुत गरिएको छ।

पहिले (५ वर्षदेखि २५ वर्षसम्म) पढेर विद्या आर्जन गरिएन भने त्यसपछि (२६ वर्षदेखि ५० वर्षसम्म) धन आर्जन गरिएन भने तेस्रो चरण (५० देखि ७५ सम्म) मा धर्म आर्जन गर्न सकिएन भने त्यसपछिको अवधिमा तिमीले के गर्न सकौला  र ? त्यसैले समय अनुसार काम गर नत्र जीवनमा धोका होला ।

  •  ब्रम्हचर्य आश्रम (६ देखि २५ सम्म)     
  • गृहस्थ आश्रम (२६ देखि ५० सम्म)
  • वानप्रस्थ ( ५१ देखि ७५ सम्म) 
  • सन्यास (७६ देखि अन्त्यसम्म)

सरस्वती मया दृष्टा

वीणापुस्तक धारिणी

हंसवाहनसंयुक्ता

विद्यादानं करोतु मे । १।

सेतो हाँसमा चढेकी, एउटा हातमा वीणा र अर्को हातमा पुस्तक लिएकी सरस्वतीलाई मैले देखेँ । ती सरस्वतीले मलाई विद्या दिऊन् ।

... ...‍

गुरुब्र्रंह्मा गुरुर्विष्णु:

गुरुर्देवो महेश्वर:

गुरु: साक्षात् परब्रह्म:

तस्मै श्री गुरवे नम:। २ ।

गुरु नै ब्रह्मा हुन् । गुरु नै विष्णु र शिव पनि हुन् । गुरु साक्षात् परब्रह्म परमेश्वर हुन् । त्यस्ता सम्पूर्ण देवता तुल्य गुरुलाई मेरो नमस्कार छ।

... ...‍

अज्ञानतिमिरान्धस्य

ज्ञानाञ्जनसलाकया

नेत्रमुन्मीलितं येन

तस्मै श्री गुरवे नम: ।३।

अज्ञानरुपी अन्धकारले ढाकेका मेरो ज्ञानको आँखालाई शिक्षाको ज्योतिले खोलिदिने तपाईँ गुरुवरलाई मेरो नमस्कार छ ।

... ...‍

विद्या ददाति विनयं

विनयाद्याति पात्रताम् ।

पात्रत्वाद्धनमाप्नोति

धनाद्धर्मः तत: सुखम् ।४।

विद्याले नम्रता दिन्छ। नम्रताबाट सत्पात्रता वा योग्यता प्राप्त हुन्छ । योग्यताले धन आर्जन गर्न सकिन्छ । धनबाट धर्म र धर्मबाट सुख प्राप्त हुन्छ। (विद्या सुखको मुहान हो भन्ने सन्देश)

... ...‍

अपूर्व: कोऽपि कोषोयं

विद्यते तव भारती ।

व्ययतो वृद्धिमायाति

क्षयमायाति सञ्चयात्  ।५।

हे सरस्वती माता, तपाईंको ज्ञानको भण्डार अनौठो रहेछ । किनकि, यस भण्डारमा भएको वस्तु जति खर्च गर्यो त्यति घट्दै जान्छ तर तपाईको ज्ञानको भण्डारबाट ज्ञान, बुद्धि, विद्या जति खर्च ग¥यो, जति बाँड्यो त्यति बढ्दो रहेछ । तर, खर्च नगरी जोगाएर राख्दा बिस्तारै सकिँदो रहेछ। (विद्या जति दियो त्यति बढ्छ भन्ने सन्देश)

... ...‍

अमन्त्रमक्षरं नास्ति

नास्ति मूलमनौषधम् 

अयोग्य पुरुषो नास्ति

योजकस्तत्र दुर्लभः  ।६।

यस संसारमा अर्थ विनाको कुनै शब्द छैन । औषधी नभएको कुनै जडीबुटी हुँदैन । त्यस्तै कुनै मान्छे पनि अयोग्य वा काम नलाग्ने हुँदैन । तर, शब्दको अर्थ बुझ्ने व्यक्ति, त्यो जडीबुटीमा कुन औषधी हुन्छ भन्ने ज्ञान र कुन मान्छेले केमा सफलता प्राप्त गर्छ भन्ने थाहा पाएर त्यसमा लगाउने मान्छे भने दुर्लभ हुन्छ । (प्रेरक व्यक्ति हत्तपत्त पाइदैन भन्ने सन्देश)

... ...‍

अजरामरवत्प्राज्ञो

विद्यामर्थं च चिन्तयेत् ।

गृहीत इव केशेषु

मृत्युन्ना धर्ममाचरेत् ।७।

बुद्धिमान् मानिसले म न कहिल्यै बूढो हुन्छु न त कहिल्यै मर्छु भन्ने सोचेर विद्या र धनप्राप्तिको काम गर्नुपर्छ । तर कालले घोत्र्mयाउन लाग्यो भन्ने सम्झेर तुरुन्तै धर्मकर्म वा परोपकार गर्नुपर्छ । (विद्या र धन कमाउन उमेर पर्खनु पर्दैन । धर्म र परोपकार गर्न वेला कुर्नु पर्दैन भन्ने सन्देश)

... ...‍

काकचेष्टा बकोध्यानं.

श्वान निद्रा तथैव च 

अल्पाहारी गृहत्यागी

विद्यार्थी पञ्चलक्षणम् । ८।

कागको जस्तो चनाखोपन, बकुल्लाको जस्तो एकोहोरो ध्यान, कुकुरको जस्तो निद्रा, थोरै आहार, घर छोडेर परदेश (छात्रावास वा प्रवास) मा बस्ने बानीसमेत गरी असल विद्यार्थीका पाँच लक्षण हुन्छन्।

... ...‍

क्षणश ः कणशश्चैव

विद्यामर्थं च चिन्तयेत्

क्षण त्यागे कुतो विद्या

कणत्यागे कुतो धनम् ।९।

धन कमाउन इच्छा गर्ने मान्छेले सानो कण जत्रो वस्तु भनेर हेला गर्नु हुँदैन । त्यस्तै विद्याको चाहना राख्नेले एकछिन वा क्षण भनेर समय खेर फाल्नु हुँदैन । कण त्याग्दा धन कमाउन सकिदैन र क्षणको उपेक्षा गरेमा विद्या आर्जन गर्न गाह्रो हुन्छ । (कण र क्षण महत्वपूर्ण हुन्छन्)

... ...‍

न चौरहार्यं न च राजहार्यं

न भ्रातृभाज्यं न च भारकारी

व्यये कृते बर्धत एवं नित्यं

विद्याधनं सर्व धनः प्रधानम् ।१०।

चोरले चोर्न नसक्ने, राज्य वा सरकारले जफत गर्न नसक्ने, दाजुभाइका बीचमा अंशबन्डा नहुने, जति बोके पनि भारी नहुने, जति खर्च गर्यो त्यति बढ्ने अनौठो धन विद्या हो। त्यसैले विद्यालाई सम्पूर्ण धनमा उत्तम धन मानिएको हो । (विद्या सर्वोत्तम सम्पत्ति हो भन्ने सन्देश)

... ...‍

विद्वत्वं च नृपत्वं च

नैव तुल्यं कदाचन ।

स्वदेशे पूज्यते राजा

विद्वान् सर्वत्र पूज्यते ।११।

विद्वान् र राजामा कहिल्यै समानता हुँदैन । राजा आफ्नो देशमा मात्र पुजिन्छ । तर, विद्वान् सर्वत्र पुजिन्छ ।

(विद्या अन्तर्राष्ट्रिय पुँजी हो र यसको महत्व सर्वत्र हुन्छ भन्ने सन्देश)

... ...‍

सुखार्थी चेत्यजेत विद्याम्

विद्यार्थी चेत्यजेत्सुखम्

सुखार्थिनं कुतो विद्या

विद्यार्थीनां कुतः सुखम् ।१२।

सुखको खोजी गर्छौं भने पढ्न छोडिदेऊ । विद्याको चाहना गर्छौ भने सुख छोडिदेऊ, किनकि सुखसयलमा लिप्त हुनेले विद्या कहाँ पाउँछ र ? सच्चा विद्यार्थी हुने हो भने विद्यार्थी कालमा सुख कहाँ पाइन्छ त ?

... ...‍

 धनधान्य प्रयोगेषु

विद्यासङ्ग्रहणेषु च

आहारे व्यवहारे च

त्यक्तलज्ज: सुखी भवेत् ।१३।

धनको लेनदेन गर्दा पढ्दा वा कुनै सीप, कला आदि सिक्दा, खाँदा र अन्य व्यवहारमा पनि जुन मान्छे लजाउँदैन, धकाउँदैन  त्यो नै सुखी हुन्छ । (असल काम गर्दा लाज धक मान्नु हुँदैन भन्ने सन्देश)

... ...‍

पुस्तके स्थापिता विद्या

परहस्तगतं धनम्

कार्यकाले समायाते

न सा विद्या न तद्धनम् ।१४।

किताबमा राखेको ज्ञान र अर्कालाई दिएको धनले आफूलाई चाहिँदा काम दिँदैन ।

... ...‍

कर्मण्येवाधिकारस्ते

माफलेषु कदाचन ।

माकर्मफलहेतुर्भू:

माते सङ्गोस्त्वकर्मणि ।१५।

कर्म गर्ने तिम्रो अधिकार हो, फल वा नतिजाको पछि लाग्नु उचित होइन । फल वा नतिजाको लोभले कर्म गर्नु पनि हुँदैन । साथै कर्म नगर्ने अकर्मण्य व्यक्तिको सङ्गत गर्नु पनि हुँदैन। (कर्म गर फलको आशा नगर । मिहिनेत साथ कर्म गरे फलप्राप्ति स्वतः हुन्छ भन्ने सन्देश)

... ...‍

काव्यशास्त्रविनोदेन

कालो गच्छति धीमताम्

व्यसनेन च मूर्खाणां

निद्रया कलहेन वा ।१६।

असल मान्छेहरुले आफ्नो समय राम्रा पुस्तक पढेर बिताउँछन् भने मूर्ख र बेकम्माहरु जुवा, तास खेलेर र सुतेर समय नष्ट गर्छन् । समय मूल्यवान् छ, कसरी समय बिताउने हो सोच ।

... ...‍

गतशोको न कर्तव्यो

भविष्यं नैव चिन्तयेत् ।

वर्तमानेषु कार्येषु

वर्तयन्त्रि विचक्षण :।१७।

बितेको वा गएको कुरामा शोक नगर । पछि वा भविष्यमा के हुन्छ भनेर अहिले चिन्ता नगर । तिम्रा सामु वर्तमान छ । वर्तमान सपार । वर्तमान सपारेमा बितेको समयबारे चिन्तित हुनु पर्दैन । भविष्यको चिन्ता पनि गर्नुपर्दैन । किनकि तिम्रो वर्तमान नै भूत र भविष्यत् हो । बुद्धिमान् मानिसहरु वर्तमानको मात्र चिन्ता गर्छन् ।

... ...‍

प्रथमे नार्जिता विद्या

द्वितीये नार्जितं धनम् 

तृतीये न तपस्तप्तं

चतुर्थे किं करिष्यसि ।१८।

पहिले (५ वर्षदेखि २५ वर्षसम्म) पढेर विद्या आर्जन गरिएन भने त्यसपछि (२६ वर्षदेखि ५० वर्षसम्म) धन आर्जन गरिएन भने तेस्रो चरण (५० देखि ७५ सम्म) मा धर्म आर्जन गर्न सकिएन भने त्यसपछिको अवधिमा तिमीले के गर्न सकौला  र ? त्यसैले समय अनुसार काम गर नत्र जीवनमा धोका होला ।

  •  ब्रम्हचर्य आश्रम (६ देखि २५ सम्म)     
  • गृहस्थ आश्रम (२६ देखि ५० सम्म)
  • वानप्रस्थ ( ५१ देखि ७५ सम्म) 
  • सन्यास (७६ देखि अन्त्यसम्म)

... ...‍

शैशवेऽभ्यस्त विद्यानां

यौवने विषयैषीणाम्

वार्धक्ये मुनिवृत्तीनाम्

योगेनान्ते तमुत्यजाम् ।१९।

बाल्यकालमा विद्याध्ययनमा पूर्णतः लाग्नुपर्छ । जवानी कालमा सुखभोगमा रमाउनुपर्छ । अधबैंसे भएपछि ऋषिमुनि झै धर्मकर्म, तीर्थव्रत आदिमा लाग्नुपर्छ र वृद्ध कालमा परब्रह्म चिन्तन गरेर शरीर त्याग गर्ने ध्येय राख्नुपर्छ।

... ...‍

उत्तमे तु क्षणं कोपो

मध्यमे घटिका द्वयम् ।

अधमे स्यादहोरात्रं

नीचेषु मरणान्तक: ।२०।

उत्तम वा असल मान्छेहरु एक छिन मात्र रिसाउँछन् । मध्यम खालका मान्छे केही बेर (१०–१५ मिनेट जति) मात्र  रिसाउँछन् । अधम मान्छे चौबीस घण्टासम्म रिसाउँछ र झोक्किन्छ । नीच व्यक्तिहरु बाचुन्जेल रिसाउँछन् । (धेरैबेर रिसाउनु हुँदैन, भन्ने सन्देश)

(माध्यमिक तहका विद्यार्थीलाई लक्षित गर्दै भट्टराईद्वारा लेखिएको ज्ञान गीता पुस्तिकाबाट)

]]>
रानीपोखरीमा तीन करोड डुब्ने डर http://www.nagariknews.com/news/35584/ Mon, 22 Jan 2018 11:14:00 +0545 http://www.nagariknews.com/news/35584/ रानीपोखरी पुनर्निर्माणका नाममा काठमाडौं महानगरपालिकाले खर्चेको करिब तीन करोड रुपैयाँ डुब्ने भएको छ।पुरातात्त्विक महत्त्वलाई बेवास्ता गर्दै महानगरले पुनर्निर्माण सुरु गरेकाले हालसम्म खर्चेको रकम डुब्ने भएको हो । रानीपोखरी पुनर्निर्माणमा विवाद भएपछि गठन गरिएको विशेषज्ञ समितिले रानीपोखरीमा हालसम्म निर्माण भएका सबै संरचना भत्काउन सुझाव दिएकाले हालसम्म खर्च गरिएको रकम खेर जाने भएको छ। रानीपोखरी पुनर्निर्माणका नाममा काठमाडौं महानगरपालिकाले खर्चेको करिब तीन करोड रुपैयाँ डुब्ने भएको छ।पुरातात्त्विक महत्त्वलाई बेवास्ता गर्दै महानगरले पुनर्निर्माण सुरु गरेकाले हालसम्म खर्चेको रकम डुब्ने भएको हो । रानीपोखरी पुनर्निर्माणमा विवाद भएपछि गठन गरिएको विशेषज्ञ समितिले रानीपोखरीमा हालसम्म निर्माण भएका सबै संरचना भत्काउन सुझाव दिएकाले हालसम्म खर्च गरिएको रकम खेर जाने भएको छ।

रानीपोखरी पुनर्निर्माणबारे विवाद उत्पन्न भएपछि गत पुस १३ गते रानीपोखरी पुनर्निर्माण अध्ययनका लागि विशेषज्ञ समिति बनाइएको थियो । समितिले आइतबार काठमाडौं महानगरपालिकालाई प्रतिवेदन बुझाउँदै मल्लकालीन स्वरूपमा रानीपोखरी पुनर्निर्माण गर्न अहिले निर्माण भएका सबै संरचना भत्काउन सुझाव दिएको छ।

रानीपोखरी पुनर्निर्माणबारे विवाद उत्पन्न भएपछि गत पुस १३ गते रानीपोखरी पुनर्निर्माण अध्ययनका लागि विशेषज्ञ समिति बनाइएको थियो । समितिले आइतबार काठमाडौं महानगरपालिकालाई प्रतिवेदन बुझाउँदै मल्लकालीन स्वरूपमा रानीपोखरी पुनर्निर्माण गर्न अहिले निर्माण भएका सबै संरचना भत्काउन सुझाव दिएको छ।

समितिको सुझावअनुसार महानगरले हालसम्म निर्माण गरेका संरचना भत्काउँदा खर्च भएको करिब तीन करोड रुपैयाँ डुब्नेछ । यसैगरी, पुरातŒव विभागले पुनर्निर्माण गरिरहेको पोखरीबीचको बालगोपालेश्वर मन्दिरमा खर्चेको करिब एक करोड रुपैयाँ समेत डुब्ने देखिन्छ।

‘पुरातात्त्विक सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा रानीपोखरी बनाउँदा अहिलेका सबै संरचना भत्काउनुपर्छ,’ महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाउँदै अध्ययन समितिका संयोजक विष्णुराज कार्कीले भने।

महानगरले रानीपोखरी पुनर्निर्माण गर्ने ठेकेदारलाई हालसम्म दुई करोड ३८ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरिसकेको कामबापत थप एक  करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । निर्माण सम्पन्न भइसकेकाले यो रकम पनि महानगरले ठेकेदारलाई भुक्तानी गर्नैपर्ने बाध्यता रहेको छ।

महानगरको योजना र ठेक्का सम्झौताअनुसार भने २०७३ कात्तिकमै रानीपोखरी पुनर्निर्माण भइसक्नुपर्ने थियो । २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेर ‘पुनर्निर्माण महाअभियान’ सुरु गरेकी थिइन्।
महानगरपालिकाले २०७३ वैशाखमा ‘वल्र्ड वाइड कँडेल केएन केजी जेभी’लाई ६ करोड २९ लाख रुपैयाँमा रानीपोखरी पुनर्निर्माणको ठेक्का दियो । तर, पुनर्निर्माणका क्रममा बालगोपालेश्वर मन्दिरमा कंक्रिट प्रयोग गरेको भन्दै पुरातŒव विभागले त्यसलाई रोकिदियो । त्यसपछि पुरातत्त्व विभाग आफैँले मन्दिर पुनर्निर्माणका लागि ठेक्का लगाएको थियो । रानीपोखरी भने महानगरले नै पुनर्निर्माण गरिरहेको थियो।

रानीपोखरीमा पनि कंक्रिट प्रयोग गरिएपछि विवाद उत्पन्न भयो । कंक्रिट प्रयोग गरिएको भन्दै गत पुस ११ गते महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले रानीपोखरीमा ताला लगाइन् । त्यसको दुई घन्टापछि प्रमुख विद्यासुन्दर शाक्यले ताला खोले । रानीपोखरी विवाद बढेपछि त्यसको समाधानका लागि विज्ञ समिति गठन गरिएको थियो।

ठेकेदार कम्पनीका अनुसार रानीपोखरी पुनर्निर्माणको ८० प्रतिशत काम सकिएको छ । हालसम्मको काम सम्पन्न गर्दा कम्पनीले चार करोड रुपैयाँ खर्च गरिसकेको कम्पनी सञ्चालक अशोक श्रेष्ठले दाबी गरे । ‘हामीले महागनरसँग गरेको सम्झौतानुसार रानीपोखरी पुनर्निर्माण गरिरहेका छौँ,’ उनले भने, ‘८० प्रतिशत काम गर्दा हाम्रोतर्फबाट चार करोड रुपैयाँ खर्च भएको छ ।’
महानगरका सहरी पूर्वाधार महाशाखा प्रमुख सुरेशकुमार राईले पनि कम्पनीले करिब चार करोड रुपैयाँ खर्च गरिसकेको पुष्टि गरे । हामीले अहिलेसम्म दुई करोड ३८ लाख रुपैयाँ दिएका छौँ,’ उनले भने, ‘कामचाहिँ झन्डै चार करोड रुपैयाँको भइसकेको छ ।’
विज्ञ समितिले मल्लकालीन शैलीमा रानीपोखरी पुनर्निर्माण गर्न ठेक्का रद्द गर्नुपर्ने सुझाएको छ । ठेक्का रद्द गर्दा  ठेकेदार कम्पनीले हालसम्म गरेका कामको भुक्तानी समेत गर्नुपर्ने हुन्छ।

आइतबार महानगर प्रमुख शाक्यले भने अहिलेसम्मको खर्चको जिम्मेवारी लिन अस्वीकार गरे । ‘रानीपोखरी पुनर्निर्माणमा विवाद आउँदा मलाई गुन्डा मेयर, सम्पदा बेचेर मेयरले खायो भन्ने आरोप लगाउनेलाई कसले कारबाही गर्ने ?’ उनले भने ।
प्रतिवेदनअनुसार पुरातŒव विभागले नै बनाइरहेकोे बालगोपालेश्वर मन्दिर समेत भत्काउनुपर्नेछ । यसअघि महानगरले मन्दिरमा सिमेन्ट, रडजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गरेपछि पुरातŒवले रोकेर आफैँले ठेक्का लगाएको थियो।

विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार मन्दिर निर्माण एक करोड ६० लाख रुपैयाँमा ठेक्का लगाइएको हो । विभागले हालसम्म ठेकेदारलाई झन्डै एक करोड रुपैयाँ भुक्तानी दिइसकेको छ । प्रतिवेदनअनुसार रानीपोखरी बनाउँदा मन्दिर पुनर्निर्माणमा पुरातत्त्वले खर्चिएको उक्त रकम समेत डुब्ने देखिन्छ । विज्ञ समितिको प्रतिवेदनमा मन्दिर भत्काएर पुरानै शैलीमा बनाउनुपर्ने उल्लेख छ।

पुरातŒव विभाग भने मन्दिर भत्काउन सहमत छैन । समितिको प्रतिवेदनमा समेत विभागले हस्ताक्षर गरेको छैन । ‘हामीले सही ढंगबाट मन्दिर बनाएका छौँ,’ महानिर्देशक दाहालले भने, ‘भत्काउनुपर्छ भने अहिलेसम्म भएको खर्चको पुर्ताल गरेर भत्काउनुपर्छ ।’ समितिको सुझाव मात्रै रहेकाले मन्दिर भत्काउन आवश्यक नरहेको विभागको दाबी छ।

यस्तो छ प्रतिवेदन
रानीपोखरीको पुनर्निर्माण अध्ययन गर्न गठित विज्ञ समितिले पुनर्निर्माण ग्रन्थकुट अर्थात् शिखर शैलीमा गर्नुपर्ने सुझाव दिएको छ । बालगोपालेश्वर मन्दिर समेत मल्लकालीन शैलीमा भेटिएकाले सबै संरचना भत्काएर पुरानै शैलीमा पुनर्निर्माण गर्नुपर्ने समितिको निष्र्कष छ।

‘पोखरीको पुरातात्त्विक एवं ऐतिहासिक तथ्यको खोजी गर्ने क्रममा विभिन्न प्रमाण प्राप्त भएका छन्,’ विशेषज्ञ समितिका संयोजक विष्णुराज कार्कीले भने, ‘अध्ययनबाट प्राप्त प्रमाणका आधारमा परम्परागत रूपमा पोखरी निर्माण गर्नुपर्ने देखिन्छ ।’ त्यसका आधारमा निर्माण गरी पुरानो दक्षता, प्रविधि र स्वरूपको निरन्तरता हुने र मौलिकता कायम हुने हुँदा प्रताप मल्लकालीन पोखरीको सतह निर्माण प्रविधि, गाह्रोको शैली एवं स्वरूप, मौलिक सामग्रीको प्रयोग गर्नाले परम्परागत प्रविधिको निरन्तरता एवं ज्ञानको स्थानान्तरण हुँदै जाने उनले बताए।

समितिले मल्लकालीन शैली र स्वरूपमा नै निर्माण सम्पन्न गर्न सकिने पर्याप्त आधार भेटेको छ । समितिले सम्पदा जीर्णोद्धार सम्बन्धमा उत्पन्न आधुनिकीकरण र मौलिकीकरण कायम राख्ने सम्बन्धमा सिर्जित विचारबीच संघर्ष देखिएको निष्कर्ष निकालेको छ । ‘प्रबलीकरणको प्रयोग सम्पदाको आदर सम्मानलाई कायम राखी प्रयोग नगर्नु भन्ने हैन, तर यसको स्वरूप शैलीलाई नष्ट गरी नवीकरणीय कार्य प्रयोग गर्नु भन्ने कदापि होइन,’ समितिका संयोजक कार्कीले भने, ‘रानीपोखरीको संरक्षण र जीर्णेद्वार परम्परागत स्वरूप र प्रविधिको प्रयोग गरेर गर्नुपर्ने स्थानीयको समेत अभिमत पाइएको छ।’

]]>
संघीयताका सारथि http://www.nagariknews.com/news/35583/ Mon, 22 Jan 2018 10:51:00 +0545 http://www.nagariknews.com/news/35583/ प्रदेश सरकारहरूले आफूलाई तडकभडकभन्दा पनि सहज र मितव्ययी बनाए भने संघीयता सफलतातर्फ उन्मुख हुनेछ । यसै पनि यी परिवर्तन टिकाउ नहुने आशंका भइरहेका छन् । यस अर्थमा पनि संघीयता फल्न र फुल्न सक्ने गरी काम गर्नुपर्ने जिम्मेवारी प्रदेशहरूको काँधमा छ।
अनेकन् अन्योल, अस्थिरता र विवादबाट गुज्रँदै अघि बढेको संघीयता कार्यान्वयनको पहिलो खुड्किलो मुलुकले पार गरेको छ । सात प्रदेशका सातै प्रादेशिक संसद् सदस्यले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण समारोहले संघीयता कार्यान्वयनको विधिवत् थालनीको सन्देशसमेत देशाबासीलाई दिएको छ । कुल ५ सय ५० सदस्यीय प्रदेश सांसदको काँधमा मुलुकको भाग्य र भविष्यको जिम्मेवारी आइलागेको छ । विगत राजनीतिक परिवर्तनलाई फर्केर हेर्दा अनौठो लाग्छ– हेर्दाहेर्दै मुलुक एउटा भिन्न परिस्थितिमा आइपुगेको छ । हिजो देश विकास गर्न राणाशासन, पञ्चायती शासन, राजा आदिले दिएनन् भनी गुनासैगुनासो मात्र गर्दै अघि बढेको मुलुकको राजनीतिक परिवर्तनले अब त्यस्तो गुनासो गर्ने ठाउँ दिएको छैन । मुलुक र मुलुकबासीको समृद्धिको सपना पूरा गर्ने वा नगर्ने अब सातै प्रदेशमा बन्ने संसद् र सरकारको जिम्मामा आएको छ । हिजो काठमाडौंले केही दिएन, सबै अवसर केन्द्रमै सीमित भए भन्ने गुनासो र यथार्थमै अल्झिएको परिस्थिति भोलिका दिनका निम्ति बाँकी रहेको छैन । अब गुनासो गरेर मात्र उपलब्धि हासिल हुने छैनन् । आफ्नो ठाउँको विकास आफैंले गरेर अरूका अघिल्तिर उदाहरण प्रस्तुत गर्ने बेला आएको छ । नागरिकले आफ्ना जनप्रतिनिधिप्रति आशा र अपेक्षाका बगे्रल्ती बिस्कुन सुकाएर प्रतीक्षा गरिरहेका छन् । मुलुकमा परिवर्तनका निम्ति भनेर सिंगै शताब्दी सकिइसकेको छ । त्यसकारण नयाँ जिम्मेवारीमा आउनेहरूका निम्ति प्रतीक्षा गर्ने समय छैन ।

प्रदेश सरकारहरूले आफूलाई तडकभडकभन्दा पनि सहज र मितव्ययी बनाए भने संघीयता सफलतातर्फ उन्मुख हुनेछ । यसै पनि यी परिवर्तन टिकाउ नहुने आशंका भइरहेका छन् । यस अर्थमा पनि संघीयता फल्न र फुल्न सक्ने गरी काम गर्नुपर्ने जिम्मेवारी प्रदेशहरूको काँधमा छ।

सात प्रदेश प्रमुखको नियुक्ति, राष्ट्रपति विद्यादेवी भण्डारीबाट ती सातैजना प्रदेश प्रमुखको शपथ र त्यसपछि तिनको पद बहालीपछि प्रदेश राजनीतिक गतिविधितर्फ मुलुकको ध्यानाकर्षण भएको छ । सबै प्रदेश सांसदको शपथपछि अब त्यहाँको सरकार गठन र संसद् अधिवेशनको तयारी सुरु भएको छ । मुलुकको संघीयताका दृष्टिकोणबाट अहिले निर्वाचित सांसदहरू पहिला हुन् । उनीहरूले निर्माण गर्ने सरकार पनि पहिलो हुनेछ । पहिलो हुनुमा अवसर र चुनौती दुवै छन् । पहिलो हुनुको अर्थ इतिहासमा सम्झना हुने विषयमात्र होइन । यिनले कस्ता परम्परा बसाल्छन्, कसरी मुलुकलाई गौरवान्वित तुल्याउने गरी काम गर्छन् र कसरी नयाँ उदाहरण प्रस्तुत गर्छन् भन्ने प्रश्न यतिबेला महŒवपूर्ण हुन आउँछन् । नयाँ परम्परा बसाउने क्रममा राम्रा अभ्यासले मौका पायो भने निश्चय नै भाबी दिनसम्म त्यसलाई पछ्याउने अवस्था आउँछ । सुरुकै दिनमा काम बिगार्न थाल्ने हो भने तिनलाई भाबी पुस्ताले फरक दृष्टिकोणले हेर्ने अवस्था आउन सक्छ । प्रदेशमा बन्ने सरकारले मुलुकको अवस्थालाई ध्यानमा राखेर विकास निर्माणका काम तीव्र पार्न थाले भने त्यसको असर सिंगै मुलुकमा पर्नेछ । नागरिकले बुझाएको राष्ट्रिय ढुकुटीलाई नासो सम्झेर सदुपयोग गर्ने र आफ्ना कामबाट नागरिकलाई मद्दत गर्ने प्रवृत्ति भयो भने राम्रो गर्ने प्रदेशमा अन्य प्रदेशका नागरिक बस्न लालायित हुने अवस्था पनि आउन सक्छ।

मुलुकले पहिलोपटक तीन तहका सरकार पाएको छ । केन्द्र, प्रदेश र स्थानीय तहका सरकारबीचको समन्वय गर्न सकिएन भने जनताले फेरि धिक्कार्ने अवस्था आउँछ । वास्तवमा प्रदेश सरकारको जिम्मेवारी केन्द्र र स्थानीय तहबीचको समन्वय गर्नुमा पनि छ । देशका सबै भूभागको आशा र अपेक्षालाई संयोजन गर्न र राष्ट्रिय विकासको भावधारालाई समेट्न संघीयता आवश्यक भएको हो । संघीयतालाई विवादको विषय मात्र बनाउने भन्दा पनि कसरी समायोजनकारी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने पक्ष महŒवपूर्ण हो । त्यसैगरी जो जुन प्रदेशमा रहे पनि बाँकी प्रदेशमा बस्नेहरूप्रतिको दायित्व पनि बिर्सन मिल्दैन । स्रोत जुटाउने नाममा अन्य प्रदेशका नागरिकले महँगीमा बाँच्नुपर्ने गरी कर लगाउने वा प्राकृतिक स्रोतसाधनको प्रयोगमा अवरोध गर्नेजस्ता व्यवहार निःसन्देह उचित लाग्दा हुने छैनन् । सीमित स्रोत साधनबाट असीमित आवश्यकता पूरा गर्नुपर्ने अहिलेको अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकार र संसद्ले काम गर्नुपर्ने हुन्छ । स्थानीय तहमा निर्वाचित हुनासाथ पदाधिकारीमा सेवासुविधाप्रतिको जुन भोक देखियो त्यो प्रदेशमा पनि सल्कियो भने त्यसले नागरिक तहमा निराशा मात्र जन्मिनेछ । काम गर्ने क्रममा सेवासुविधा लिनुपर्छ, तर त्यो मुलुकको आर्थिक अवस्था र नागरिकको जीवनस्तर सुहाउँदिलो पनि हुनुपर्छ । प्रदेश सरकारहरूले आफूलाई तडकभडकभन्दा पनि सहज र मितव्ययी बनाए भने संघीयता सफलतातर्फ उन्मुख हुनेछ । यसै पनि यी परिवर्तन टिकाउ नहुने आशंका भइरहेका छन् । यस अर्थमा पनि संघीयता फल्न र फुल्न सक्ने गरी काम गर्नुपर्ने जिम्मेवारी प्रदेशहरूको काँधमा छ । नयाँ युगका नयाँ सारथिहरूलाई हाम्रो बधाई !

]]>
तस्करी रोक्न डिएनए बारकोडिङ http://www.nagariknews.com/news/35582/ Mon, 22 Jan 2018 10:45:00 +0545 http://www.nagariknews.com/news/35582/ उच्च हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी तस्करी भएर भारत र तिब्बत पुग्ने गरेको सुनिएको छ । वन्यजन्तु र जडिबुटीमात्र होइन, माटो पनि ज्यादै महत्वपूर्ण प्राकृतिक स्रोत हो । तर हाल जलवायु परिवर्तन, बढ्दो प्रयोग र गलत व्यवस्थापनका कारण माटो पनि संकटमा परेको देखिन्छ । माटो परीक्षण गरेर पुरातत्वविद्ले इतिहास मात्र केलाउन सक्ने होइन, यसबाट औषधीजन्य पदार्थ पनि निकाल्न सकिन्छ । हाल विश्वमा पाइने करिब दुई तिहाइ एन्टिबायोटिक्स यिनै माटोबाट निकालिएका ब्याक्टेरियाबाट उत्पादन गरिएको हो । गत साता मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएको एक कन्टेनर तस्करीका वन्यजन्तुबाट भरिएको अवस्थामा प्रहरीले फेला पार्याे। कार्गोमार्फत आएको उक्त कन्टेनरभित्र दुई नवजात चिम्पान्जीहरू लुकाएर राखिएको थियो । यस्तै गत कात्तिकमा प्रहरीले चिम्पान्जी, बाँदर र अफ्रिकी चरा तस्करी गरेको अभियोगमा ६ जनालाई काठमाडाँैमा पक्रिएको थियो । उता मध्य र सुदूरपश्चिमका पहाडी जिल्लाबाट दुर्लभ तथा संरक्षित वन्यजन्तु (सालक लगायत) तस्करी गरेर भारत लैजाने क्रम रोकिएको छैन । समस्या यति विकराल रहेछ कि काठमाडौँमा मात्रै एक वर्षमा वन्यजन्तु तस्करीका करिब ५० वटा मुद्दा दर्ता हुने रहेछन् ।
जडीबुटी चोरी निकासीको समस्या पनि उस्तै छ । नेपालको उच्च हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी जस्तै सतुवा, वनलसुन, पाँचऔँले, जटामसी, कटुकी, गुच्ची च्याउ आदि तस्करी भएर भारत र तिब्बत पुग्ने गरेको सुनिएको छ । वन्यजन्तु र जडिबुटीमात्र होइन, माटो पनि ज्यादै महत्वपूर्ण प्राकृतिक स्रोत हो । तर हाल जलवायु परिवर्तन, बढ्दो प्रयोग र गलत व्यवस्थापनका कारण माटो पनि संकटमा परेको देखिन्छ । माटो परीक्षण गरेर पुरातत्वविद्ले इतिहास मात्र केलाउन सक्ने होइन, यसबाट औषधीजन्य पदार्थ पनि निकाल्न सकिन्छ । हाल विश्वमा पाइने करिब दुई तिहाइ एन्टिबायोटिक्स यिनै माटोबाट निकालिएका ब्याक्टेरियाबाट उत्पादन गरिएको हो । हाल नेपाली माटो दक्षिण कोरिया, मलेसिया, चाइना, ताइवान पुग्ने गरेको सुनिएको छ अनुसन्धानको बहानामा । विशेषगरी उच्च हिमाली क्षेत्रको माटोमा विदेशी अनुसन्धानकर्ताले आँखा गाडेको देखिन्छ किनकि त्यस्ता ठाउँको माटोमा औषधीजन्य ब्याक्टेरिया भेटिने सम्भावना रहन्छ । तर नेपालको कमजोर वैज्ञानिक पूर्वाधार र असफल सरकारी नीतिका कारण त्यस्ता जैविक वस्तुको दोहन रोकिएको छैन । माथि उल्लिखित वन्यजन्तु, जडीबुटी वा माटो जस्ता प्राकृतिक जैविक वस्तु जोगाउन तिनको डिएनए बारकोडिङ गर्नुपर्छ । र, यसैको चर्चा प्रस्तुत लेखमा गरिएको छ।

उच्च हिमाली भेगमा पाइने बहुमूल्य जडीबुटी तस्करी भएर भारत र तिब्बत पुग्ने गरेको सुनिएको छ । वन्यजन्तु र जडिबुटीमात्र होइन, माटो पनि ज्यादै महत्वपूर्ण प्राकृतिक स्रोत हो । तर हाल जलवायु परिवर्तन, बढ्दो प्रयोग र गलत व्यवस्थापनका कारण माटो पनि संकटमा परेको देखिन्छ । माटो परीक्षण गरेर पुरातत्वविद्ले इतिहास मात्र केलाउन सक्ने होइन, यसबाट औषधीजन्य पदार्थ पनि निकाल्न सकिन्छ । हाल विश्वमा पाइने करिब दुई तिहाइ एन्टिबायोटिक्स यिनै माटोबाट निकालिएका ब्याक्टेरियाबाट उत्पादन गरिएको हो ।

प्रहरी वा भन्सारका कर्मचारीलाई जैविक वस्तुबारे जानकारी कम हुने र देशले हालसम्म भन्सार नाकाहरूमा डिएनए बारकोडिङ विधिलाई अंगिकार नगरेका कारण तस्करहरूका लागि उर्वर भूमि हुन पुगेको छ नेपाल । विदेशमा त्यस्ता जैविक वस्तुको निर्यात विन्दुमा (भन्सार नाका) नै डिएनए बारकोडिङ परीक्षण हुने गरेको छ । हुन त डिएनए परीक्षण रिपोर्ट पनि समय समयमा नेपालमा विवादमा आउने गरेको छ । गत साता मात्रै तनहुँ जिल्ला अदालतले एक मुद्दाको फैसलामा डिएनए रिपोर्टलाई अस्वीकार गरेको छ । र, राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावित भई गलत रिपोर्ट निकालेको आरोप लगाएको छ । यसै सम्बन्धमा ३ वर्ष अगाडि सर्वोच्च अदालतले पनि डिएनए परीक्षणलाई स्वीकार वा अस्वीकार गर्न अदालत स्वतन्त्र हुने बताएको थियो । यी दुवै फैसलामा डिएनए परीक्षणलाई चुनौती दिनुको पछाडि वैज्ञानिक कारण पनि भेटिन्छ जस्तै डिएनएको परीक्षण विधि नमुना संकलन, भण्डारण आदिमा हुन सक्ने मानवीय त्रुटिबाट डिएनए रिपोर्ट फरक पर्न सक्छ । त्यसैले भरपर्दो डिएनए परीक्षणको सुनिश्चितता राज्यले गर्नुपर्छ । फलस्वरूप जैविक वस्तुको चोरी निकासी वा तस्करी रोक्न डिएनए बारकोडिङ देशभित्रै गर्न सकियोस्।

डिएनए बारकोडिङ के हो ?
डिएनए बारकोडिङ विधिमा डिएनएको निश्चित खण्डको सानो भाग सिक्वइन्स गरिन्छ । र, त्यही डिएनए सिक्वइन्सलाई अन्तर्राष्ट्रिय डाटाबेस वा जिन बैंकमा बारकोडका रूपमा राखिन्छ । सुपरमार्केटमा सामग्री किन्दा जसरी युनिभर्सल प्रडक्ट कोड (बारकोड) मेसिनले रिड गरेको हामीले देखेका छौँ त्यस्तै गरी डिएनए बारकोडलाई पनि मेसिनले रिड गर्छ । फलस्वरूप अज्ञात जैविकवस्तुको वैज्ञानिक पहिचान गर्न सकिन्छ । डिएनए बारकोडिङ सुरु भएको सन् २००३ देखि मात्र हो जब क्यानेडियन वैज्ञानिकले यससम्बन्धी अनुसन्धात्मक शोध सोही वर्ष एक जर्नलमा प्रकाशित गरे । र, विश्वमा हालसम्म पनि यस क्षेत्रको अध्ययन अनुसन्धानमा क्यानाडाकै वर्चस्व कायम देखिन्छ । क्यानाडाको ‘इन्टरनेसनल बारकोड अफ लाइफ’ले डिएनए बारकोडिङ सम्बन्धी वैज्ञानिक तथ्यांक संसारभरिबाट संकलन गर्छ । जसमा हालसम्म हजारौँ जैविक वस्तुको करिब ५ लाख डिएनए बारकोडिङ तथ्यांक भेटिन्छ।

वनस्पति, जनावर वा ब्याक्टेरियाको बारकोडिङ गर्ने वैज्ञानिक तरिका फरक फरक छ । जनावरको हकमा प्रायः जीवकोषको माइटोकोन्ड्रियाभित्रको डिएनएको निश्चित भाग (साइटोक्रोम सी अस्सिडेज नामक जिन) लाई पोलिमरेज चेन रिआक्सन (पिसिआर) गरेर टेस्टट्युबमा निकालिन्छ र त्यसपछि सिक्वइन्स गरेर सोको परीक्षण गरिन्छ । यही विधिअनुसार चरा, पुतली, माछा, झिँगा आदिको प्रजाति पहिचान गर्न सकिन्छ । हाम्रो देशमा सर्वाधिक चासोको विषय डिएनए बारकोडिङका लागि खर्च कति लाग्छ भन्ने देखिन्छ । जैविक पदार्थ जस्तै जनावरको छाला, हड्डी, मासु अथवा वनस्पति वा ब्याक्टेरिया कुन वस्तुबाट डिएनए निकाल्ने हो सोहीअनुसारको बहुराष्ट्रिय बायोटेक्नोलोजी कम्पनीले बनाएको किट नेपाली बजारमा पनि अचेल सजिलै पाइन्छ । विदेशी किट प्रयोग गरेर डिएनए निकाल्न प्रतिस्याम्पल करिब तीन सय रुपियाँ खर्च हुन्छ । र, डिएनए ३० मिनेटभित्रै निकाल्न सकिन्छ । उक्त डिएनएबाट बारकोडिङका लागि चाहिने निश्चित भाग (जिन) पिसिआर पद्धतिबाट निकालिन्छ जसका लागि करिब तीन सय रुपियाँ नै खर्च हुन्छ प्रतिस्याम्पल । त्यसपछि उक्त डिएनएलाई सिक्वइन्स गर्नुपर्छ । त्यसका लागि डिएनए सिक्वइन्सर नामक उपकरण प्रयोग गरिन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा उक्त उपकरण भए पनि हालसम्म व्यावसायिक रूपमा सञ्चालनमा आउन सकेको छैन । विकल्पमा विदेशी प्रयोगशालामा पठाएर सिक्वइन्स गर्दा प्रतिस्याम्पल पाँच डलर खर्च हुन्छ (हुलाक खर्चबाहेक) । अतः समग्रमा हिसाब गर्दा एउटा स्याम्पलको बारकोडिङ गर्दा करिब एघार सय रुपियाँ खर्च हुन्छ (प्रयोगशाला सेवा शुल्कबाहेक)।

जनावरको तुलनामा वनस्पतिको डिएनए बारकोडिङ गर्न सजिलो छैन । धेरै अनुसन्धानपछि सन् २००९ देखि प्रायः वनस्पतिको सवालमा ‘म्याटके’ र ‘आरबीसीएल’ नामक जिनको डिएनए सिक्वइन्स परीक्षण गरेर बारकोडिङ गरिन्छ । र, अझै पनि विभिन्न प्रजातिका वनस्पतिको बारकोडिङ सही किसिमले गर्ने तरिका पत्ता लगाउन वैज्ञानिक अनुसन्धान जारी छ । त्यस्तै ढुसी (फन्जाई) को बारकोडिङ गर्दा ‘आईटीएसटु’ नामक जिनको जाँच गरिन्छ । र, ब्याक्टेरिया जगतको प्रजाति पहिचान गर्ने छुटै वैज्ञानिक विधि छ । स्मरण रहोस्, डिएनए बारकोडिङ विधिबाट कुनै जैविकवस्तुको जाति वा प्रजातिको पुस्ता वा विकासक्रम छुटाउन चाहिँ सकिँदैन।

क्यानाडेली संस्था ‘इन्टरनेसनल बारकोड अफ लाइफ’ले गत मंसिरमा संसारमा हुने वन्यजन्तुको बढ्दो तस्करीलाई रोकथाम गर्न विमानस्थल वा नाकामा नै जैविक वस्तुको परीक्षण तत्काल गर्न सरल ‘बारकोडिङ किट’को विकास गरेको छ । जसको कारण अब केही घन्टामा नै वन्यजन्तु वा वनस्पतिको सही पहिचान गर्न सकिने भएको छ । यस अगाडि तिनको प्रयोगशाला परीक्षणका लागि केही साता कुर्नुपर्ने थियो । जैविक वस्तुको तस्करी नियन्त्रणका लागि यो ‘बारकोडिङ किट’ अचुक सूत्र हुने विश्वास गरिएको छ । तसर्थ नेपालमा पनि यसको प्रयोग गर्न सरकारी अधिकारीको ध्यान जाओस्।

क्यानाडाको ‘बारकोड अफ लाइफ सिस्टम’ (बोल्ड) लाई संसारकै प्रमुख डेटाबेसका रूपमा प्रयोग गरिन्छ । यो बारकोडिङ सफ्टवेयर प्रयोग गर्न पैसा तिर्नुपर्दैन । हुन त डिएनए बारकोडिङबारे वैज्ञानिक आलोचना पनि नसुनिएको होइन । र, सत्य हो यो विधिले सबै खाले जैविकवस्तुको प्रजाति सही किसिमले पहिचान गर्न सक्दैन।

नेपाली सन्दर्भ
राष्ट्रिय वन्यजन्तु संरक्षण ऐनले विभिन्न २७ प्रजातिका स्तनधारी जन्तु, ९ प्रजातिका पन्छी र विभिन्न ३ प्रजातिका घस्रने जन्तुलाई संरक्षितको सूचीमा राखेको छ । र, त्यस्तै ३३ वटा वनस्पतिलाई पनि सरकारले लोपोन्मुखको सूचीमा राखेको छ । सरकारले ती जैविक वस्तुको संरक्षणका लागि डिएनए बारकोडिङ तत्काल सुरु गर्नुपर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सरकारले ३ ट्रक चोरी निकासी वा तस्करी गरेर ल्याइएका वन्यजन्तुको भौतिक रेकर्डका लागि करिब चार हजार स्याम्पलको फिजिकल बारकोडिङ हालै सम्पन्न गरेको छ । तर स्मरण रहोस्, उक्त विभागले लाखौँ खर्चेर गरेको उक्त काम डिएनए बारकोडिङ होइन र त्यसको वैज्ञानिक अर्थ छैन । माटोबाट ब्याक्टेरिया निकालेर त्यसको प्रजाति पहिचान डिएनए लेभलमा गरी ‘जिन बैंक’ बनाए मात्रै माटोको अन्तर्राष्ट्रियस्तरमा हुने चोरी निकासी रोक्न सकिन्छ । तर यस विषयमा राज्य बेखबर देखिन्छ।  

‘सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल’ नामक एनजिओले विदेशी आर्थिक सहयोगमा केही वन्यजन्तुको डिएनए बारकोडिङ गरेको भेटिन्छ । अन्तर्राष्ट्रिय जिन बैंकका अनुसार उक्त संस्थाले ५१ वटा हिमचितुवा र एउटा बाघको डिएनए बारकोडिङ गरेको देखिन्छ।

हालै वनस्पति विभागले नेपालमा पाइने महत्वपूर्ण खालका औषधीजन्य वनस्पतिको डिएनए बारकोडिङ सुरु गरेको छ । र, यस्तै काम नास्टले पनि सुरु गरेको भेटिन्छ । यसरी दुई सरकारी निकायबीच आवश्यक समन्वय हुन नसकेकाले  एउटै काममा दोहोरोपन देखिएको छ।

शैक्षिक क्षेत्रको कुरा गर्दा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तिलकराम श्रेष्ठले केही विद्यार्थीलाई नेपाली माछाको डिएनए बारकोडिङमा आधारित थेसिस भारतीय प्रयोगशालाको सहयोगमा गराएको भेटिन्छ । विषयगत दक्षताको कुरा गर्दा हाल बिएस्सी फरेस्ट्री वा बिएस्सी जनरल साइन्सको पाठ्यक्रममा  डिएनए बारकोडिङ सम्बन्धी सैद्धान्तिक वा प्रयोगगात्मक ज्ञान समावेश गरेको देखिँदैन । र, हाल नेपाली विश्वविद्यालयमा बायोटेक्नोलोजी विषय पढेकाले डिएनए बारकोडिङ गर्न सक्छन्।

ढिलै भए पनि वन मन्त्रालयले चितवनमा राष्ट्रियस्तरको वन्यजन्तु अनुसन्धान केन्द्र खोल्दै छ । र, उक्त केन्द्रमा भविष्यमा वन्यजन्तुको डिएनए बारकोडिङ गर्ने प्रमुख उद्देश्य रहेको सरकारी अधिकारी बताउँछन् । उक्त अनुसन्धान केन्द्र सञ्चालनमा नआउन्जेलसम्म वन मन्त्रालयले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई नै वन्यजन्तु र वनस्पतिको डिएनए बारकोडिङ परीक्षण गर्ने जिम्मा दिएको बुझिन्छ । तर यस विधिविज्ञान प्रयोगशालाले पहिला यसै लेखमा चर्चा गरिएको जस्तो आम मानिस र अदालतको विश्वसनीयता आर्जन गर्न रूपान्तरित हुन आवश्यक देखिन्छ।

अन्तमा, सरकारले देशमा भएका प्राकृतिक सम्पदा र जैविक वस्तुको चोरी निकासी वा तस्करी रोक्न डिएनए बारकोडिङको महत्व बुझेर उपयुक्त नीति निर्माण गर्न आवश्यक देखिन्छ।

]]>
यसरी सुधारौँ कांग्रेस http://www.nagariknews.com/news/35581/ Mon, 22 Jan 2018 10:39:00 +0545 http://www.nagariknews.com/news/35581/ आम निर्वाचनको परिणाम आएको एक महिनाभन्दा बढी भयो । तिनै तहको निर्वाचनमा नेपाली कांग्रेसको देशव्यापी असफलतालाई लिएर देशभरकै लोकतन्त्रवादीहरू मर्माहत भएका छन् । बौद्धिक वर्ग चिन्तित भएको कुरा अहिलेसम्म दिनानुदिन पत्रपत्रिकामा पढ्न पाएको खबर तथा आलेखबाट सजिलै अनुमान गर्न सकिन्छ । देशभरका सचेत नागरिकका यस प्रकारको चिन्ता र चासोलाई कांग्रेस नेतृत्वले बेलैमा उचित सम्बोधन गर्नुको साथै पार्टीभित्र विद्यमान विकृति एवम् बेथितिको समाधान खोज्न अहिलेको लोकतन्त्रवादीहरूको प्रमुख इच्छा रहेको छ। आम निर्वाचनको परिणाम आएको एक महिनाभन्दा बढी भयो । तिनै तहको निर्वाचनमा नेपाली कांग्रेसको देशव्यापी असफलतालाई लिएर देशभरकै लोकतन्त्रवादीहरू मर्माहत भएका छन् । बौद्धिक वर्ग चिन्तित भएको कुरा अहिलेसम्म दिनानुदिन पत्रपत्रिकामा पढ्न पाएको खबर तथा आलेखबाट सजिलै अनुमान गर्न सकिन्छ । देशभरका सचेत नागरिकका यस प्रकारको चिन्ता र चासोलाई कांग्रेस नेतृत्वले बेलैमा उचित सम्बोधन गर्नुको साथै पार्टीभित्र विद्यमान विकृति एवम् बेथितिको समाधान खोज्न अहिलेको लोकतन्त्रवादीहरूको प्रमुख इच्छा रहेको छ।

२०६५ सालको संविधानसभाको उपनिर्वाचनमा धनुषा ५ बाट म कांग्रेस सभासद्को उम्मेदवार थिएँ । यसमा मैले पराजयको सामना गर्नुपरेको थियो । २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा यसै क्षेत्रबाट म सभासद्का रूपमा जित हासिल गरेको थिएँ । हालैको प्रदेश सभा एवम् प्रतिनिधि सभाको निर्वाचनमा धनुषाका १२ जना कांग्रेसी उम्मेदवारमध्ये (संघीय संसद्का लागि ४ जना र प्रदेश सभाका लागि ८ जना) १ जना मात्र प्रदेश सभाका लागि निर्वाचित भएका छन् । म धनुषा ४ (१) बाट प्रदेश सभाका लागि उम्मेदवार थिएँ र यसमा मैले पनि पराजयको सामना गर्नुपर्याे।

 गणतन्त्र स्थापनाका लागि २०६२/६३ ताकाका राजनीतिका नायक गिरिजाप्रसाद कोइरालाले वामशक्तिसँग गरेको सहकार्यलाई ऐतिहासिक एवं समसामयिक बाध्यताका रूपमा लिन सकिन्छ । तर हालको समयमा एमाले र माओवादीसँग गरिएको सत्ता साझेदारी कांग्रेसका लागि प्रत्युत्पादक साबित भएको छ ।

विजयीपश्चात् समीक्षाको विषय अस्वाभाविक हुन जान्छ । अझै हाम्रो देशमा त जितको उन्मादमा कति व्यक्ति मदहोष भएर जान्छन् । तीन तहकै निर्वाचनमा भारी पराजय भोग्नुपरेको अवस्थामाथि गहन छलफल गर्नु प्रत्येक कांग्रेसीजनको दायित्व एवं कर्तव्य हुन जान्छ । यस पंक्तिकारले बुझेको कांग्रेस पराजयका केही कारण यसप्रकार छन् :

१.वामपन्थी शक्तिसँगको सहकार्य : गणतन्त्र स्थापनाका लागि २०६२/६३ ताकाका राजनीतिका नायक गिरिजाप्रसाद कोइरालाले वामशक्तिसँग गरेको सहकार्यलाई ऐतिहासिक एवं समसामयिक बाध्यताका रूपमा लिन सकिन्छ । तर हालको समयमा एमाले र माओवादीसँग गरिएको सत्ता साझेदारी कांग्रेसका लागि प्रत्युत्पादक साबित भएको छ । यो विषयको विस्तृत चिरफार यस लेखको उद्देश्य नभएकाले यसमाथि बढी छलफल अहिले नगरौँ ।

२.वामपन्थीहरूको गठबन्धन : आम निर्वाचनको मुखमा आएर एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुनु सम्पूर्ण नेपाली राजनीति वृत्तमै एउटा अनौठो घटना थियो । विभिन्न भेगअनुसार यी दुवै राजनीतिक शक्ति सहकार्यको प्रभाव मात्रामा फरक भए पनि, देशभरिकै निर्वाचन परिणाममा यसको असर गठबन्धनको पक्षमा देखिएको हो । मूल रूपमा गठबन्धनको असर हिमाली र पहाडी क्षेत्रमा बढी पाइएको छ ।

३.संविधान, कांग्रेस र मधेस : जहाँसम्म कांग्रेस र मधेसको सम्बन्ध छ, यसमा कांग्रेसले दुइटा मौका गुमाएको अवस्था छ । क) संविधान निर्माणलाई लिएर तराई–मधेसबाट उठाइएको असन्तुष्टिलाई राज्यले समाधान गर्न नसक्नुमा त्यहाँका आम नागरिक मात्र हैन बौद्धिक वर्ग पनि कांग्रेसलाई एउटा मुख्य दोषीका रूपमा लिएका छन् । ख) तराई–मधेस केन्द्रित दलहरूसँग चुनावी गठबन्धन गर्न नसक्नु कांग्रेसका लागि राजनीतिक अदूरदर्शिता मानिन्छ । यो गठबन्धन गर्न सकेको भए कांग्रेसलाई दुईतर्फी लाभ हुने अवस्था थियो । संविधान निर्माणको विषयलाई लिएर तराई–मधेसका आम नागरिक एवं कांग्रेसबीच बढेको दूरी सधैँका लागि कम हुनुका साथै आम निर्वाचनको परिणाम पनि धेरै हदसम्म कांग्रेसको पक्षमा हुने ठूलो सम्भावना थियो।

४.विभिन्न तहका निर्वाचन नजिकै घटेका आइजिपी प्रकरण, प्रधानन्याधीश माथिको असफल महाअभियोग एवं राजदूत नियुक्तिका घटनाले देशव्यापी रूपमा कांग्रेसको विपक्षमा वातावरण सृजना गरेको पाइयो ।

५.    अन्तर्घात : कांग्रेस पराजयका विभिन्न कारणहरूको लामो सूची प्राज्ञिक बहसको विषय होला तर पार्टीभित्रको आपसी ‘अविश्वास एवं अन्र्तघात’ सबैले स्वीकारेको सबभन्दा प्रमुख कारण हो । कांग्रेसजनको जुनसुकै भेला (बैठक) मा ‘अन्र्तघात’ भन्ने विषयमा नेताहरूले सबभन्दा बढी समय खर्चेका हुन्छन् । यो समस्या पार्टीको नितान्त आन्तरिक समस्या हो । यसको समाधान पनि पार्टीभित्रैबाट हुनुपर्छ । रोग (अन्र्तघात) थाहा भइसकेको छ, औषधी (अनुशासन÷विधि विधान) पनि उपलब्ध छ तर डाक्टर (नेतृत्व÷पार्टी) ले इलाज (अनुशासनको कारबाही) गर्न नसक्ने विडम्बनापूर्ण अवस्थाको कारणले सम्पूर्ण पार्टी पंक्ति पीडामा छ ।
६.टिकट वितरणको विषय : टिकट वितरणमा देखिएको चरम ढिलाइ मात्रले एकैचोटि अनेकौँ प्रश्न खडा गर्छ । बढी जसो ठाउँमा टिकट वितरणमा भएको त्रुटिलाई निर्वाचनको परिणामले साबित गरेको छ । “सर्वनाश भयो, अब कांग्रेसलाई उकास्न अप्ठ्यारो छ, अमूकले बर्बाद गर्याे पार्टीलाई, उनले पार्टीको हविगतको नैतिक जिम्मेवारी लिनुपर्छ” यी वाक्यहरू कांग्रसेजनहरूकै मुखबाट अहिले यत्रतत्र सर्वत्र सुन्न सकिन्छ । यो निराशाजनक स्थितिबाट यथाशीघ्र बाहिर आउने उपाय कांग्रेस नेतृत्वले खोज्न सक्नुपर्छ ।

बिपी, सुर्वणसमशेर, गणेशमान एवं कृष्णप्रसाद भट्टराईजस्ता दूरदर्शी नेताले रोपेका “रुख”को जरा देशभरि फैलिएको तथ्यलाई कांग्रेसले समानुपातिकतर्फ प्राप्त गरेको सम्मानजनक मतबाट प्रमाणित हुन जान्छ । कांग्रेसका लागि हालको राजनीतिक अवस्था अनुकूल नभएको पार्टीसँग आबद्ध सबै पक्षहरूले स्वीकार्नुपर्छ । कांग्रेसले लज्जास्पद परिणामको सामना गर्नु कुनै अचानकको घटना होइन।

एकातिर आज कांग्रेसको यस अवस्थाका लागि आ–आफ्नो तर्फबाट पार्टीसँग आबद्ध सबैले जिम्मेवारीको अनुभूति गर्न आवश्यक छ भने अर्काेतिर नेतृत्व पंक्तिले आफ्नो भागको जिम्मेवारी लिनबाट पछिहट्नु हुँदैन । अबको समयमा भाषण मात्रले पार्टीलाई जोगाउन सक्ने अवस्था देखिँदैन । पार्टीको इतिहास, यसले राष्ट्र निर्माणमा गरेको योगदान एवं स्वयं यस पार्टीको निर्माणमा हजारौँको संख्यामा विभिन्न भेगका देशवासीले गुमाएको ज्यानलाई ध्यानमा राख्दै प्रत्येक लोकतन्त्रप्रेमीले आ–आफ्नो ठाउँबाट निर्णायक भूमिका खेल्नुपर्ने समय आइसकेको छ । पार्टीको आधारभूत संरचनामा समयानुकूल वैज्ञानिक परिर्वतन आवश्यक छ । ‘मुलुकी ऐन’जस्तो दशकौँ पुरानो संगठनात्मक प्रणालीमा आमूल परिवर्तन अपरिहार्य देखिन्छ । यस दिशामा पंक्तिकारका केही सुझाव यसप्रकार छन् :

१. क्रियाशील सदस्यता : यसको आधुनिकीकरण गर्न अति आवश्यक छ । कुनै–कुनै ठाउँमा क्रियाशील सदस्य संख्या भए जति पनि निर्वाचनमा मत प्राप्त नभएको अवस्था सामुन्ने आएको छ । यसलाई व्यवस्थित गर्न देशभरिका विद्यमान “सम्पूर्ण क्रियाशील सदस्यताको व्यवस्थापन एवं क्रियाशील सदस्यता लिने तर पार्टीमा योगदान नगर्नेको तत्कालै खारेजी” पार्टीका आन्तरिक विकृतिहरूको उन्मूलनको दिशामा पहिलो उचित कदम हुनेछ । यसमा कुनै विलम्ब गरिनु हुँदैन । यसको अर्काे कुनै विकल्प पनि देखिँदैन । “यी पाँच/दशजना क्रियाशील सदस्यहरू मेरै हुन् ।” कुनै एक नेता वा कार्यकर्ताले भन्ने गरेको परिस्थितिलाई पूर्णविराम दिन यो कठोर कदम चाल्नैपर्छ ।

२. देशभरिका क्रियाशील सदस्यताको खारेजीपछि यथाशीघ्र बिल्कुलै नयाँ शिराबाट साधारण एवं क्रियाशील सदस्यता वितरण अभियानको प्रारम्भ गरिनुपर्छ । यसमा कुनै एक व्यक्तिको लोकतान्त्रिक मूल्य मान्यताप्रतिको योगदान, पार्टीको सिद्धान्तप्रतिको श्रद्धा, विश्वास एवं प्रतिबद्धतालाई ध्यानमा राख्दै आजको वैज्ञानिक युगमा विभिन्न प्रविधिको विकासका विषयलाई मध्यनजर गर्दै उनको “शैक्षिक योग्यता”लाई समेत उचित स्थान दिनुपर्छ।

३.साधारण सदस्यताको प्रक्रियालाई सहज र सरल पार्न केन्द्रीय कार्यालयबाटै विशेष पहल गर्नुपर्छ । यसका लागि विभिन्न योजना ल्याउन सकिन्छ । यसमा कुनै सदस्यले सदस्यता लिनै चाहेको हो भने पार्टीका गतिविधिदेखि संगठन, कार्यक्रममा सक्रिय सहभागितमा ध्यान दिनुपर्छ । यो प्रक्रिया बाह्रै मास सुचारु रूपले चलाइराख्नु पर्छ । अहिलेको अवस्थामा कुनै एक ठाउँका समाजमा देखिएका आपसी ईष्र्या–द्वेषको न्यूनीकरणका लागि केन्द्रबाटै साधारण सदस्यताको वितरण उचित देखिन्छ । यसरी नै क्रियाशील सदस्यताका लागि निश्चित मापदण्ड तय हुनुपर्छ । विद्यमान क्रियाशील सदस्यता वितरणमाथि ठूलो प्रश्न चिन्ह खडा भएको अवस्था छ ।
४.साधारण एवं क्रियाशील सदस्यता पूर्णरूपले निःशुल्क वितरण गरिनुपर्छ । नयाँ शिराबाट यो कार्यलाई सुरु गरी खासगरी क्रियाशील सदस्यतालाई तत्कालका लागि १ वर्षभित्रै सम्पन्नता दिइनुपर्छ ।

५.अहिलेसम्मको अभ्यासमा गाउँदेखि केन्द्रसम्मका पार्टीका आन्तरिक प्रतिस्पर्धा अस्वस्थकर एवं द्वेषपूर्ण वातावरणमा सञ्चालन भएको पाइन्छ । सामान्यतया यी प्रतिस्पर्धा पार्टीको विभिन्न तहमा २÷३ समूहका विभिन्न व्यक्तिहरूको बीचमा हुने गर्छ। आजसम्मको पार्टीको आन्तरिक प्रतिस्पर्धाको अभ्यासबाट आएको परिणामको अध्ययन गर्दा यो सम्पूर्ण वा शून्यको सिद्धान्तमा आधारित प्रक्रियाका रूपमा लिन सकिन्छ । वर्तमान अवस्थामा एउटा कुनै समूहले १–२ प्रतिशत मात्रले बढी मात्र मत प्राप्त गरे पनि यस समूहले सबै पदहरू प्रतिनिधिहरू हत्याउँछ र अर्काे समूह, जसले १–२ प्रतिशत मात्रले कम मत प्राप्त गरेमा यस समूहले एउटा पनि पद÷प्रतिनिधिहरू पाउँदैन । केन्द्रमा ठीक यसै नभए पनि गाउँ, क्षेत्र र जिल्लामा यस्ता कहालीलाग्दो दृश्य प्रायः हेर्न पाइन्छ र यसै बेलादेखि प्रतिस्पर्धी समूहका कार्यकर्ता एवं नेताहरूबीच ईष्र्या–द्वेषकारूपमा विषको बीजारोपण हुन जान्छ । आन्तरिक प्रतिस्पर्धाको परिणाम प्रकाशित भएको समयदेखि प्रतिस्पर्धी समूहहरूको बीचमा स्थायी वैमनस्य कायम भएको देखिन्छ । यस्तो अवस्थामा आम निर्वाचनको सामना गर्नु, कुनै एक देशका प्रधान सेनापति मानसिक रूपले विभाजित सेनाहरूको जमातलाई लिई अर्काे देशमाथि आक्रमण गर्नु र विजयको आशा गर्नु हो, जो पूर्ण रूपले हाँस्यास्पद एवं असम्भव परिस्थितिको सृजना गर्छ ।

अरू समय खेर नफाली पार्टीलाई यस कठिन परिस्थितिबाट बाहिर ल्याउने बाटो खोज्नैपर्छ । यस परिप्रेक्ष्यमा यस पंक्तिकारको एउटा सुझाव छ– गाउँ/वडा, क्षेत्र र जिल्लासम्मका पार्टीका आन्तरिक दुई वा दुईभन्दा बढी पक्षहरूबीच हुने प्रत्येक प्रतिस्पर्धा “समानुपातिक पद्धति”को आधारमा अभ्यास गरिनुपर्छ । जुन समूह÷पक्षले कुल मत संख्याको जति प्रतिशत मत प्राप्त गर्छ त्यसको आधारमा पद÷प्रतिनिधिको संख्या प्राप्त गर्नेछ । गाउँ स्तरमा छनोट गरिने क्षेत्रीय प्रतिनिधि, क्षेत्रीय स्तरमा महाधिवेशन प्रतिनिधि र गाउँदेखि जिल्ला स्तरका कार्यसमितिका सदस्यहरूको छनोट यसै विधिअनुसार हुनुपर्छ । यी तहका पदाधिकारीहरू (सभापति, सचिव, कोषाध्यक्ष) को छनोट प्रत्यक्ष निर्वाचनकै आधारमा गरिनुपर्छ । प्रतिस्पर्धी कुनै एक पक्षले सभापति र सचिवको पदमा विजय हासिल गर्छ भने स्वाभाविक रूपमा अर्काे पक्षले उपसभापति र मनोनित सचिव पाउनुपर्छ । केन्द्रीय स्तरको प्रतिस्पर्धालाई समानुपातिक पद्धतिभन्दा बाहिर राख्न सकिन्छ ।

पार्टीभित्रको वर्षांैदेखि चलि आइरहेको संगठनात्मक प्रणालीमा आमूल परिवर्तन एवं आन्तरिक अनुशासन कायम गर्नु नै पार्टीका लागि सही बाटो हो । जस्तोसुकै अँध्यारो रातपछिको अवस्था उज्यालो बिहान नै हो भन्ने शाश्वत तथ्यलाई ध्यानमा राख्दै सबै लोकतन्त्रवादी कांग्रेसको पुनरुत्थानमा लाग्नैपर्छ र यो सम्भव पनि छ।

]]>
विद्युतीय शासन : भ्रम र यथार्थ http://www.nagariknews.com/news/35580/ Mon, 22 Jan 2018 10:32:00 +0545 http://www.nagariknews.com/news/35580/ संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभागको २०१६ को एक प्रतिवेदनअनुसार विद्युतीय शासनसम्बन्धी सूचकांकमा कुल १९३ देशमध्ये नेपाल १३५ औँ स्थानमा रहेको छ । यसअघि सन् २०१४, २०१२ र २०१० मा नेपालको स्थान क्रमशः १६५, १६४ र १५३ थियो । यसबाट नेपालले विगत वर्षमा विद्युतीय शासनका क्षेत्रमा अघिल्ला वर्षहरूका तुलनामा केही प्रगती हासिल गरेको देखिन्छ । संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभागको २०१६ को एक प्रतिवेदनअनुसार विद्युतीय शासनसम्बन्धी सूचकांकमा कुल १९३ देशमध्ये नेपाल १३५ औँ स्थानमा रहेको छ । यसअघि सन् २०१४, २०१२ र २०१० मा नेपालको स्थान क्रमशः १६५, १६४ र १५३ थियो । यसबाट नेपालले विगत वर्षमा विद्युतीय शासनका क्षेत्रमा अघिल्ला वर्षहरूका तुलनामा केही प्रगती हासिल गरेको देखिन्छ । यसका पछाडि सरकारले सुरु गरेको सबै सरकारी कार्यालयहरूको वेबसाइट, हेलो सरकार लगायत विद्युतीय माध्यमबाट गुनासो सुन्ने व्यवस्था, विद्युतीय बोलपत्र, केन्द्रीय, क्षेत्रीय तथा स्थानीय स्तरका कार्यालयहरूमा सुरु गरिएका व्यवस्थापन सूचना प्रणाली, विद्युतीय घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणाली लगायतको योगदान रहेको छ । खास गरी बीसौँ शताब्दीको प्रमुख उपलब्धिका रूपमा रहेको कम्प्युटरको आविष्कार र इमेल तथा इन्टरनेटको सुरुवात र यसको बहुआयामिक उपयोगितासँगै विद्युतीय शासनको सुरुवात भएको पाइन्छ । विश्वव्यापी रूपमा सार्वजनिक सेवाप्रवाहलाई छिटो, छरितो तथा सहज ढंगले जनता समक्ष पुर्याउन यसलाई अवलम्बन गरिएको हो । यही विश्वव्यापी पदचापलाई पछ्याउँदै नेपालले पनि विगत केही वर्षदेखि विद्युतीय शासनको सुरुवात गरेको पाइन्छ । तथापि यथेष्ट ज्ञान, कमजोर पूर्वाधार, इमानदारीको कमी र स्पष्ट विद्युतीय शासन नीति नहुँदा यो प्रभावकारी बन्न सकेको छैन । प्रस्तुत लेखमा नेपालमा अभ्यासमा रहेका केही प्रमुख विद्युतीय शासन सम्बन्धी व्यवस्थाको उदाहरणबाट यससम्बन्धी भ्रम र यथार्थतालाई चित्रण गर्ने प्रयास गरिएको छ ।

विद्युतीय खरिद प्रक्रिया
विगतमा सार्वजनिक खरिद प्रक्रियामा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्न नेपाल सरकारले ६० लाख रुपियाँभन्दा बढीको खरिद कार्यमा विद्युतीय खरिद प्रक्रियालाई बाध्यकारी बनाएको छ । यसले सार्वजनिक निकायमा बोलपत्रसम्बन्धी समय तथा स्रोतमा बचत गरेको छ । बोलपत्र पेस गर्ने र खोल्ने समयमा हुने गुण्डागर्दीलाई कम गराएको छ । साथै स्वच्छ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने अनुमान गरिएको छ । तथापि पछिल्लो समयमा सार्वजनिक खरिद सम्बद्ध निकायका पदाधिकारीहरूले एउटा बोलपत्रदाताको गोप्य सूचना अन्य बोलपत्रदातालाई दिने गरेको भनी आरोप लाग्ने गरेको छ । बैंकहरूसँगको मिलेमतोमा फाराम किनेको तथा बिडबन्ड जम्मा गरेको विवरण लिई पुनः मिलेमतोमा जाने गरेको पाइन्छ । साथै, अत्यन्त संवेदनशील समयमा विद्युतीय सर्भर डाउन गरी खास बोलपत्रदातालाई फाइदा पुर्याउने काम हुने गरेको भनी उजुरीसमेत गरेका तथ्यहरू बाहिर आएका छन् । यो आरोप मात्र हो वा साँच्चै नै यस्तो हुन्छ भन्ने विषय छानबिनको विषय हुनुपर्छ । यदि यो साँचो हो भने यसले सार्वजनिक खरिद सम्बद्ध निकायका पदाधिकारीको नैतिकतामा ठूलो प्रश्नचिन्ह खडा गरेको छ । साथै, यो भ्रष्टाचारजन्य कसुर मानिने हुँदा नियमनकारी निकायबाट छानबिन हुन ढिला गरिनु हुँदैन । विद्युतीय सूचना चुहावट रोक्न अपनाउनुपर्ने आवश्यक सुरक्षा व्यवस्था, बोलपत्रदाताबीच स्वस्थ प्रतिस्पर्धाको सुनिश्चितता लगायतका विषयमा स्पष्ट कानुनी व्यवस्था हुन जरुरी छ ।
यसका अतिरिक्त विद्युतीय खरिदमा तत्काल चालिनुपर्ने अर्को कदम खुद्रा वा पटके खरिद र ऐनमा व्यवस्था गरिएको क्याटलग खरिदमार्फत सामग्रीहरूको विद्युतीय खरिदको सुरुवात हो । यसका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले एउटा विद्युतीय पोर्टल तयार गरी खुद्रा बिक्रेतालाई सो पोर्टलमा सामग्रीको दररेटसहित आबद्ध हुन लगाउने र यसलाई सबैले हेर्न सक्ने गरी व्यवस्था गर्ने । उक्त पोर्टलमा उल्लिखित प्रतिस्पर्धात्मक मूल्यमा कार्यालयले सोझै सामग्रीको अर्डर गरी खरिद गर्न पाउने व्यवस्था गरिनु उपयुक्त हुन्छ । यस्तो खरिदको भुक्तानीसमेत विद्युतीय माध्यमबाट गरिनुपर्छ । यसका लागि वित्तीय संस्थाहरूले अनलाइन कारोबारलाई सशक्त बनाउन जरुरी छ । कम्तीमा यो किसिमको खरिद प्रक्रिया तत्काल काठमाडाँै उपत्यकाभित्रबाट सुरु गरिनुपर्छ ।

विद्युतीय योजना, बजेट तथा सार्वजनिक वित्त व्यवस्थापन
केही समय अगाडि यातायात व्यवस्था कार्यालयमा विद्युतीय राजस्व व्यवस्थापन प्रणालीमा तोडमोड गरी करोडौँ घोटाला गरेको समाचार बाहिर आयो । यस्तै प्रकृतिको समाचार स्थानीय तहमा जडान गरिएको राजस्व व्यवस्थापन प्रणालीका सम्बन्धमा पनि आएको थियो । समाचारलाई नै आधार मान्ने हो भने स्थानीय तहमा विद्युतीय राजस्व प्रणालीको जडानपश्चात् राजस्व उल्लेख्य वृद्धि भएका समाचारहरू पनि प्रशस्तै पढ्न र सुन्न पाइएकै हुन् । नेपाल सरकारले सुरुवात गरेको विषयगत मन्त्रालय स्तरीय बजेट सूचना प्रणालीले वार्षिक कार्यक्रम तयार गर्न र अख्तियारी पठाउनमा निकै नै सहयोगी साबित भएको छ । तथापि यो पनि आलोचनामुक्त हुन सकेको छैन । खासगरी बजेटसँग सम्बन्धित विषयहरू परिमार्जन गर्दा अधिकारप्राप्त अधिकारीको स्वीकृतिविना नै उक्त प्रणाली सञ्चालन गर्ने कम्प्युटर अपरेटर वा अधिकृतसँगको चिनजान वा भनसुनबाट नै परिमार्जन गर्न सकिने विषयहरू बेला बेलाबाहिर आउने गरेका छन् ।  यसका अतिरिक्त विद्युतीय शासनका कतिपय प्रणालीबाट व्यक्तिगत र गम्भीर प्रकृतिका सूचना सुरक्षित गर्न नसकिएको र बाहिरिने गरेका समाचार पनि आउने गरेका छन् । यस्ता प्रकारका समस्याहरूप्रति सरोकारवालाहरू समयमै चनाखो हुन जरुरी छ।

घटना दर्ता र सामाजिक सुरक्षा
नेपाल सरकारले लक्षित समूहसम्म पुर्याउँदै आएको सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थापन प्रणालीमा आबद्ध गरी धेरै जिल्लाहरूमा बैंकिङ प्रणालीबाट वितरण गरिँदै आएको थियो । तर स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् निर्वाचित पदाधिकारीहरूको लोकप्रियताका लागि घरघरमा पु¥याउने अभियान नै सुरु भयो । यसबाट ठूलो मेहनतसाथ बैंकिङ प्रणालीमा गएको सामाजिक सुरक्षा कार्यक्रम र यससँग सम्बन्धित व्यवस्थापन सूचना प्रणालीको उपयोगितामाथि नै प्रश्न खडा हुनपुगेको छ । घर घरमा भत्ता पु¥याउने काम क्षणिक समयका लागि लोकप्रिय लागे पनि यस पछाडिको आर्थिक तथा सामाजिक प्रभाव निकै गम्भीर हुन सक्छ । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हरेक व्यक्तिको बैंक खाता बनाउने नेपाल सरकारको अभियानमा धक्का पुग्ने देखिन्छ।

नेपाल सरकारको घटना दर्ता प्रणालीले भने विद्युतीय शासनमा आशा जगाएको छ । हाल अनलाइन घटना दर्ता हुने एकाइको संख्या एक हजार नाघेको छ भने प्रमुख अस्पतालहरूले अनलाइनबाट नै नेपाल सरकारको विद्युतीय प्रणालीको प्रयोग गरी जन्म प्रतिवेदन जारी गर्न थालेका छन् । घटना दर्ताको सोझो सम्बन्ध नागरिकता, सरकारबाट पाउने सेवा सुविधा र आन्तरिक तथा बाह्य सुरक्षासँग सम्बन्धित हुने हुँदा यसलाई थप प्रभावकारी बनाउँदै लैजानु आवश्यक छ । स्वास्थ्य बीमा कार्यक्रममा अनलाइनबाट नै दर्ता गर्ने र दाबी गर्ने व्यवस्था रहेको छ।

विद्युतीय माध्यमबाट सेवाप्रवाह
हाल सरकारले केही आमनागरिकका चासोका सार्वजनिक सेवामा विद्युतीय शासनको सुरुवात गरेको छ । उदाहरणका लागि, राहदानी प्राप्त गर्न आमनागरिकले अनलाइनमार्फत आवेदन गरी फोटो र बायोमेट्रिकका लागि राहदानी विभाग जानुपर्ने व्यवस्था गरेको छ । तथापि यो व्यवस्थालाई विकेन्द्रित गर्न सकेको अवस्था छैन । सरकारले स्मार्ट चालक अनुमतिपत्र दिने नीति अख्तियार गरी कार्य प्रारम्भ गरेको पनि निकै समय व्यतित भइसकेको छ । तथापि यसले चालक अनुमतिपत्र प्राप्त गर्ने लागत, समय र प्रक्रियामा कुनै सरलीकरण गर्न सकेन भनी आलोचित बन्न पुगेको छ । साथै, सडकमा खटिने ट्राफिक प्रहरीसँग यससम्बन्धी प्रविधि नहुँदा यातायात तथा सवारी नियमनमा यसको प्रभाव सोचेअनुरूप सकारात्मक हुन सकेको छैन । यी केही प्रतिनिधि उदाहरण हुन्, जसले विद्युतीय शासनको मर्मअनुरूप धेरै काम गर्न बाँकी नै छ भन्ने कुराको प्रमाण दिन्छन् । त्यसो त सबैजसो केन्द्रीय निकायहरूको वेबसाइट तयार गरी महत्वपूर्ण सूचना तथा जानकारीहरू सार्वजनिक गर्ने गरिएको छ । यसले सार्वजनिक निकायमा पारदर्शिता प्रवद्र्धन गर्नमा सघाउ पु¥याएको छ । तथापि सरकारी कामकाजमा अझै पनि इमेलमार्फत गरिने सञ्चारलाई मान्यता नदिइँदा सामान्य विषयहरूमा पनि पत्र पठाउनैपर्ने बाध्यता रहेको छ।

नागरिकले सरकारबाट प्राप्त गर्नुपर्ने अत्यावश्यक सार्वजनिक सेवाहरू नागरिकता, घरजग्गा सम्बन्धी सेवा, कर भुक्तानी, शुल्क तिरेर लिने सार्वजनिक सेवा हुन् वा विदेशी नागरिकले प्राप्त गर्ने प्रवेशाज्ञा यी सबैलाई विद्युतीय माध्यमबाट प्रवाह गरी सेवाग्राहीले कर्मचारीलाई प्रत्यक्ष भेट्नु नपर्ने अवस्था सिर्जन गर्न सक्नुपर्छ । यसबाट एकातर्फ भ्रष्टाचारमा कमी हुन जान्छ भने अर्कोतर्फ कार्यालयमा हुने सेवाग्राहीको भिडभाड कम भई सार्वजनिक सेवाप्रवाहको लागत तथा समय बचत हुन जान्छ । मुलुक संघीय संरचनामा प्रवेश गरी तीन तहमा राज्यको अधिकार र स्रोत बाँडफाँड भई तीनवटै तहको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा अब सरकारले प्रभावकारी सार्वजनिक सेवाप्रवाहमा केन्द्रित भई कार्य गर्नु जरुरी छ । यसका लागि विद्युतीय माध्यम महत्वपूर्ण हुन जान्छ । विद्युतीय माध्यमबाट सेवा प्रवाहका निम्ति तत्काल कम्तीमा ७५३ वटा स्थानीय तहमार्फत गर्ने गरी पूर्वाधार तथा मानव स्रोत तयार गरी कार्यान्वयनमा जानु अहिलेको आवश्यकता हो। 

]]>
सर्वोच्चता चेतनामा खोज्ने कि ? http://www.nagariknews.com/news/35578/ Mon, 22 Jan 2018 10:29:00 +0545 http://www.nagariknews.com/news/35578/ मानिस चेतनशील प्राणी हो । चेतनशील प्राणी मात्र होइन चैतन्य, परम चेतना, शुद्ध चेतना हो । जीवनको उद्देश्य त्यही शुद्ध चेतनालाई जान्नु हो । जसले त्यो शुद्ध चेतनाको बोध गर्न जान्छ र त्यही चेतनालाई प्रयोग गरेर कर्म गर्छ उही व्यक्ति सर्वोच्च मानिन्छ । जो सत्, चित्, आनन्दमा रहन्छ ऊ स्वयंमा सर्वमान्य कहलिन्छ । सत्, चित्, आनन्द नै मानिसको स्वभाव, गुण र सर्वोच्च पद हो जुन कुनै सांसारिक पद, सम्मान र धनसँग तुलनीय छैन । तर मानिस यति बेहोसी छ कि आफ्नै गुण, आफ्नै स्वभाव बिर्सिरहेछ, बेहोसीमै जीवन जिइरहेछ । मानिस चेतनशील प्राणी हो । चेतनशील प्राणी मात्र होइन चैतन्य, परम चेतना, शुद्ध चेतना हो । जीवनको उद्देश्य त्यही शुद्ध चेतनालाई जान्नु हो । जसले त्यो शुद्ध चेतनाको बोध गर्न जान्छ र त्यही चेतनालाई प्रयोग गरेर कर्म गर्छ उही व्यक्ति सर्वोच्च मानिन्छ । जो सत्, चित्, आनन्दमा रहन्छ ऊ स्वयंमा सर्वमान्य कहलिन्छ । सत्, चित्, आनन्द नै मानिसको स्वभाव, गुण र सर्वोच्च पद हो जुन कुनै सांसारिक पद, सम्मान र धनसँग तुलनीय छैन । तर मानिस यति बेहोसी छ कि आफ्नै गुण, आफ्नै स्वभाव बिर्सिरहेछ, बेहोसीमै जीवन जिइरहेछ । त्यसकै परिणाम आज न्यायालयदेखि सडकसम्म देख्न पाइएको छ । मै खाऊँ, मै लाऊँको लालचले आफू खाडलमा फस्दै छ र अरूलाई फसाउँदै छ । सक्कली, नक्कली अनेक प्रपञ्च रोजेर उसलाई पद, धन, मान सबै चाहिएको छ । शिक्षा, स्वास्थ्यदेखि सेवाका हरेक क्षेत्रमा नक्कली प्रमाणपत्रको भरमा पद र मान जोगिँदै छ, एक पक्ष त्यही नक्कलीलाई जोगाउनमा सक्रिय छ । उही फेरि अदालत धाउँछ मानसम्मानका लागि । जसले लालच, इच्छा, कामना, आशक्ति र चित्तप्रति नियन्त्रण गर्न सक्छ उसको मानहानि कसैले गर्न सक्दैन । भय, क्रोध, तृष्णा र बेहोसीको कारण नै मानिस असल, खराब सबै कर्मप्रति संलग्न हुने गरेको हुन्छ । त्यसले नै मानिसलाई दुर्भाग्यतिर धकेलिरहेको हुन्छ किनकि अहंकार नै दुर्भाग्यको कारण हो । सत्य, सदाचार, प्रेम र क्षमा सुख र आनन्दका कारण हुन् । रोजाइ कतातिर बढी होला हाम्रा जिम्मेवार व्यक्तिहरूको ? चुनाव, संविधान, संसद्, न्यायालय, नागरिक अभियन्ता सबैमा बराबर लागू हुने स्वभाव र नियम यही हुन् । सत्य, सदाचार, प्रेम र क्षमाको सूत्रबाट कर्म गर्दै, विकास पनि गर्ने अनि आफ्नो जीवन पनि जिउने या अहंकार, लालच, क्रोध, प्रतिशोध र तृष्णामै जीवन समाप्त पार्ने । किनकि, यी स्वभावले जनहितको काम गर्ने त सम्भावना नै छैन ।

चेतनाको स्तर कुन तहसम्म विकास गर्ने या कुन तहमा रहेर कर्म गर्ने रोजाइ व्यक्तिको आफ्नै हातमा छ । किनभने, जन्मदेखि मृत्युसम्म मानिस केही न केही कर्ममै लागिरहेको हुन्छ एकपछि अर्को कर्म गर्दै । दैनिक आवश्यकताको पूर्तिका लागि होस् या आफ्नो धन, मान, मर्यादा, सफलता, असफलता जसमा उसको कर्मको सीधा हात रहन्छ, कर्मले नै हाम्रो जीवनको दिशा निर्धारण गरेको हुन्छ । कोही आफ्नो कर्मको कारणले सुखी छन् त कोही कर्मकै कारणले दुःखी । कसैले अरूको खुसियाली बढाउने कर्म गर्छन् भने कसैले अरूको दुःख बढाउने । कतिले आफ्नो जीवन अरूलाई दान दिनुलाई आफ्नो कर्म बनाएका छन् भने कतिले अरूको जीवन लिनुलाई आफ्नो कर्म । एक दिनमा अधिकतम २४ घन्टा हामीसँग कर्मका लागि उपलब्ध छ, जसलाई हामीले अनेक तरिकाले प्रयोग गर्छौं । हाम्रो वरिपरि हामीले हेर्यौं भने यस्ता हजारौँ उदाहरणहरू दैनिक देख्न पाइरहेका छौँ । आधुनिक विज्ञानमा ‘आकर्षणको नियम’ भनेझैँ जे कर्म गरेको छ फल त्यही हात लाग्छ, चाहे त्यो परिणाम एक महिनामा देखियोस् या एक वर्षमा या त एक जन्ममा तर देखिन्छ जरुर । जस्तो भावले कर्म गरिन्छ त्यही अनुरूपको फल प्राप्त हुन्छ यो कर्मको विज्ञान नै हो । आन्तरिक चेतनाको प्रयोग गरी गरिएका कर्मको फल सकारात्मक आउँछन् भने आन्तरिक चेतनाको अभावबाट सृजित कर्महरूको फल नकारात्मक नै आउँछन् । अहिले नेपालको परिप्रेक्ष्यमा न्यायालयदेखि सडकसम्मका व्यक्तिहरूको कर्म, कर्मको परिणाम र स्वभाव देख्दा लाग्छ सानादेखि ठूलासम्मका व्यक्तिहरूले गरेको कर्ममा हतार निर्णय, सुझबुझको कमी र चेतनाको स्तरबाट त शून्यसरह नै छन् । राज्यका प्रमुख तीन अंगले गर्ने लोककल्याणकारी काममा समेत एकआपसमा शक्ति सन्तुलन देखिँदैन । जिम्मेवार पक्षले समेत पूर्वाग्रहीरूपमा काम गर्ने र निर्णय लिने गरेको प्रमाण एकपछि एक गर्दै आइरहेका छन् ।
नेपालको अवस्था हेर्ने हो भने, आम नागरिक आफ्नो स्वतन्त्रता र अधिकार खोसिने हो कि भन्ने भयमा छन् भने जिम्मेवार पक्ष आफ्नो पदको दुरुपयोग गर्दैछन् । दुरुपयोग गर्दैछु भन्ने होस पनि छैन । क्षणिक स्वार्थका निम्ति जे पनि गर्न तत्पर छन् किनकि धेरै देखिसकियो उदाहरणहरू प्रशस्तै भइसकेका छन् । चुनाव जित्न होस् या सरुवा, बढुवा, आफ्ना मान्छे भर्ती गर्न होस् या नक्कलीलाई जोगाउन, भ्रष्टाचारीलाई उम्काउन होस् या ठूला माछा जोगाउन गरिएका हर्कतहरू सबैको सामु प्रस्ट हुँदा पनि गर्नसक्ने र बोल्न सक्ने कोही भेटिन्न । किनकि, चेतनाको स्तरबाट आफ्नो भूमिकालाई सेवामा समर्पित गर्ने चैतन्यवान् व्यक्तिहरू अझै मैदानमा देखिएन । सबैलाई समान देख्ने खुबी र मैत्रीभाव नै सच्चा प्रेम हो, त्यही नै विकासको आधार हो भन्ने ज्ञान भएको व्यक्ति जिम्मेवार पदमा देखिएन ।

सत्य के हो ? जुन छिपाएर छिप्दैन । आफैँले गरेका नकारात्मक कर्म पनि कागज र समाजमा लुकाउन सकिएला तर स्वयंको आत्मालाई लुकाउन सकिन्न । सदाचार , होसियारी, आत्मअनुशासन, निष्पक्षता, इमानदारी, लगनशीलताजस्ता सद्गुणहरू मानिसमा छन् । ती सद्गुणहरूलाई व्यवहारमा प्रयोग गर्न सकेमा कुनै अनैतिक कार्यप्रति मानिस आशक्त हुँदैन भन्ने चेतना जागृत गर्ने खालका कार्यक्रम र सिकाइको सख्त जरुरत देखिएको छ । जिम्मेवार पदमा सही, नैतिक र आदर्श व्यक्तिको अभाव खट्किरहेको छ । जनतालाई सिधै झुक्याउने, राज्य शक्तिको दुरुपयोग गर्ने परिपाटी बढ्दो छ । तर सत्य सत्य नै हुन्छ, असत्यको एकदिन भण्डाफोर हुन्छ । गुप्तरूपमा गरिएका अपराधले मृत्युपर्यन्त पनि सजाय दिनेछन् भन्ने चेतना सबैमा जाग्नैपर्छ । आफ्नो स्वभावमा रहेर कर्म नगर्नु पनि अपराध हो । करुणा, मैत्री, सद्भाव, परोपकार, अनुशासन, सकारात्मक सोच कायम राख्दै सर्वे भवन्तु सुखिनको भाव जागृत भएको व्यक्ति स्वयंमा सर्वोच्च हुनेछ । उसको चेतना सधैँ सत्कर्ममा प्रेरित हुनेछ । चेतना जागृत व्यक्ति आफू पनि शान्त, सौम्य, प्रसन्न र अरूलाई पनि सुख दिने कर्ममा प्रेरित हुन्छ । जहाँ सत्कर्म छ, त्यही त हो विकास । चेतना विकास नै विकासको पहिलो खुट्किलो हो।

]]>
इरानी राष्ट्रपति इराक अखण्डताको पक्षमा http://www.nagariknews.com/news/35579/ Mon, 22 Jan 2018 10:24:00 +0545 http://www.nagariknews.com/news/35579/ इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो मुलुक ‘एकिकृत तथा अखण्ड राज्यको पक्षमा’ रहेको बताएकाे इराकको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ । तेहरान - इरानी राष्ट्रपति हसन रौहानीले आफ्नो मुलुक ‘एकिकृत तथा अखण्ड राज्यको पक्षमा’ रहेको बताएकाे इराकको राज्य सञ्चालित टेलिभिजनले आइतबार जनाएको छ ।

सवै क्षेत्रीय राज्य तथा जातिया समूहहरू आफ्नो दायित्वप्रति जिम्मेवार बन्दै इराकमा संघीय प्रशासनको पक्षमा रहेका र आन्तरिक सिमांकनमा सहयोग गर्ने रौहानीले आइतबार इराकी कुर्दिस्तान राज्यका प्रधानमन्त्री निचिर्वान बार्जानीसँगको कुराकानीमा बताए ।

अतिरिक्त क्षेत्रीय शक्ति तथा त्यहाँको नेतृत्वले कुर्दिस्तान राज्यसँग कुनै सम्झौता गर्ने वा सदयस्ता नदेखाउने पनि रौहानीको भनाई थियो ।

विदेशी शक्तिको इराकमा हस्तक्षेप इराक तथा यस क्षेत्रमा स्थायित्व तथा सुरक्षाका लागि लक्षित रहेको रौहानीको दावी थियो । अतिरिक्त क्षेत्रीय शक्तिले आफ्नै दीर्घकालिन उद्देश्य प्राप्तिका काम गर्ने बारेमा मात्र सोचेको उनको भनाई थियो ।

बर्जानीले भने, “इराकी कुर्दिस समुदायले एकिकृत इराक चाहेको र यसमा अरब राष्ट्रको संविधान लागु गर्न र माग पूरा गर्न वैधानिक माध्यममार्फत् सबैपक्ष प्रतिवद्ध रहनुपर्ने बताए ।”

इराकको अर्ध स्वशासित राज्य कुर्दिस्तानमा सन् २०१७ को सेप्टेम्बरमा स्वतन्त्रताका लागि जनमतङ्ग्रह भएको थियो तर यसलाई केन्द्र सरकारले अस्वीकार गर्दै यसको पक्षमा उत्तेजना फैलाउने नेतृत्वलाई सजायको उपाय अवलम्बन गरेको थियो । रासस

 

]]>
यामाहाको नयाँ सोरुम धनुषामा http://www.nagariknews.com/news/35577/ Mon, 22 Jan 2018 10:09:00 +0545 http://www.nagariknews.com/news/35577/ नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले धनुषा जिल्ला छिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले नयाँ डिलर सन्जना अटोमार्फत ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्) को सुविधा सुरु गरेको हो । काठमाडौं – नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले धनुषा जिल्ला छिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले नयाँ डिलर सन्जना अटोमार्फत ग्राहकलाई ‘थ्री एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्) को सुविधा सुरु गरेको हो ।

यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई परिपूर्ति गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरिएको हो ।छिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पन्जियारले नयाँ सोरुम उद्घाटन गरेको कम्पनीले जनाएको छ । सन्जना अटोबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको ‘थ्री एस’ सहित एक्सचेन्ज र फाइनान्सको सुविधा पाउनेछन् ।

‘विश्वमै परिचित र विश्वसनीय मोटरसाइकल ब्रान्डको सोरुम स्थापना गर्न पाउँदा गौरव महसुस गरेका छौं,’ सन्जना अटोका प्रबन्धक निर्देशक संजितराज श्रेष्ठले भने, ‘यो क्षेत्रमा यामाहाका मोटरसाइकलको लोकप्रियता धेरै छ । अब यामाहाका मोटरसाइकल किन्न अन्त धाइरहनु पर्दैन । सोरुममा हाई–टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन् ।’

यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर बिक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजिआरआर, सलुटो र प्राविधिक रुपमा उच्चस्तरीय आर३ उपलब्ध छन् । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सिसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फर्मेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलमा माइलेज बढी पाइन्छ ।
 

]]>
सिद्धार्थ बैंकको चार नयाँ शाखा http://www.nagariknews.com/news/35575/ Mon, 22 Jan 2018 10:06:00 +0545 http://www.nagariknews.com/news/35575/ द्धार्थ बैंकले एकै दिन ४ वटा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आइतबार सुनसरीको गढी गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहीको मर्चवारी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको हो । काठमाडौं– सिद्धार्थ बैंकले एकै दिन ४ वटा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आइतबार सुनसरीको गढी गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहीको मर्चवारी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको हो ।

यी शाखाबाट स्थानीय स्तरमा बैकिङ पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशीलता वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमै बैंकिङ पुहँच नपुगेका अन्य थप १० गाउँपालिका तथा नगरपालिकामा शाखा विस्तार गर्ने योजना बनाएको छ ।

बैंकले गट्ठाघर शाखालाई त्यहीँकै आधुनिक भवनमा सारेको जनाएको छ । बैंकले छिटो, सरल र सहज बैंकिङ सेवा ग्राहक समक्ष पुर्याउने उद्देश्यले उक्त शाखा स्थानान्तरण गरेको बैंकको भनाइ छ ।बैंकले देशभर तीन एक्सटेन्सन काउन्टर, ८६ शाखा, १०५ एटिएम, ९९ शाखारहित बैंकिङ सेवा र ६ सय ५० भन्दा बढी पिओएस मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ ।
 

]]>
औषधिको साइड इफेक्टले दुःख दियो http://www.nagariknews.com/news/35576/ Mon, 22 Jan 2018 10:06:00 +0545 http://www.nagariknews.com/news/35576/ एचआईभी संक्रमितका लागि सरकारले निःशुल्क उपचार सेवा दिँदै आएको छ । संक्रमितले भने आफूहरुले सेवन गर्ने औषधिको साइड इफेक्ट देखिन थालेको बताएका छन् । संक्रमितको सरोकारका विषयमा दुई दिनसम्म भरतपुरमा सञ्चालित भेलाका सहभागीले गुणस्तरीय उपचार सेवाको माग गरेका छन् । आइतबार सकिएको भेलामा सातै प्रदेशका सयजना संक्रमित सहभागी थिए। चितवन – एचआईभी संक्रमितका लागि सरकारले निःशुल्क उपचार सेवा दिँदै आएको छ । संक्रमितले भने आफूहरुले सेवन गर्ने औषधिको साइड इफेक्ट देखिन थालेको बताएका छन् । संक्रमितको सरोकारका विषयमा दुई दिनसम्म भरतपुरमा सञ्चालित भेलाका सहभागीले गुणस्तरीय उपचार सेवाको माग गरेका छन् । आइतबार सकिएको भेलामा सातै प्रदेशका सयजना संक्रमित सहभागी थिए।

संक्रमितको संस्था राष्ट्रिय एड्स तथा एचआइभी महासंघ (एनएपी प्लस एन) ले भेला आयोजना गरेको थियो । ‘संक्रमितका लागि सरकारले निःशुल्क रुपमा एआरटी उपचार सेवा सुरु गरेको छ । हाम्रा लागि सरकारले गरेको यो काम साह्रै राम्रो हो तर औषधिको साइड इफेक्ट देखिन थाल्यो, यसमा सबै पक्ष गम्भीर हुनुपर्याे’, महासंघका अध्यक्ष अच्युत सिटौलाले भने।


औषधि खाएका संक्रमितको कलेजोमा समस्या देखिन थालेको सिटौलाले बताए । महिलामा पाठेघरको क्यान्सर हुन थालेको उनको भनाइ छ । रगतमा चिनीको मात्रा बढेर मधुमेह हुने गरेको पनि सिटौलाले जानकारी दिए । यसका साथै औषधि खाने गरेका बिरामीको शरीरमा केही निश्चित क्षेत्रमा मात्रै बोसो थुप्रिने समस्या पनि देखिएको उनले बताए । ‘गाला सुकेको हुन्छ। अरु ठाउँमा भने बोसो बढेर मोटाएझैं देखिन्छ । यस्ता अस्वाभाविक शारीरिक अवस्था भोग्नुपरेको छ’, सिटौलाले भने।
नेपालमा ३२ हजार ७ सय ३५ जना एचआइभी संक्रमित रहेको अनुमान छ । यीमध्ये स्वास्थ्य निकायमा गएर परीक्षण गरेपछि संक्रमित नै भएको प्रमाणित भएका १८ हजार १ सय ३० जना रहेको राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रको तथ्यांक छ।

औषधि खाइरहेका संक्रमितको कलेजोमा समस्या, महिलामा पाठेघरको क्यान्सर, रगतमा चिनीको मात्रा बढेर मधुमेह हुने गरेको एचआइभी संक्रमितको गुनासो।

संक्रमितमध्ये औषधि सेवन गर्ने १३ हजार ६९ जना छन् । पहिला रगत परीक्षण गरी सिडिफोर गणना गरेर पाँच सयभन्दा तल गएमा मात्रै औषधि दिने परिपाटी थियो । अहिले भने परीक्षणपछि संक्रमित भएको प्रमाणित भएमा औषधि दिन सुरु गरिन्छ । संक्रमितले जीवनभर नियमित औषधि खानुपर्छ । त्यसो नगरे औषधिले काम गर्दैन र अन्य धेरै खालका रोगले सताएर संक्रमितको निधन हुन्छ।

‘परीक्षणपछि नै औषधि खान सुरु गर्ने परिपाटी राम्रो हो तर यही साइड इफेक्ट हुने औषधि नै खाने हो भने त्यसबाट निम्तेका पीडा बोकेर कति बाँची रहने’, अध्यक्ष सिटौलाले भने । विश्वमा साइड इफेक्ट नगर्ने औषधि पनि प्रचलनमा रहेको उनले बताए । ‘सरकारले आफैं नकिनेर अनुदानको औषधि ल्याएका कारण यस्तो समस्या आएको हुन सक्छ । यसले संक्रमितलाई पीडा दिएको छ’, सिटौलाले भने।

भरतपुरको भेलाले ११ बुँदे चितवन घोषणा जारी गरेको छ, जसमा गुणस्तरीय उपचार, बसाइँ सराइ र एचआइभी संक्रमण, संक्रमितको मानवअधिकार, संक्रमित बालबालिकाको अवस्था, एचआइभी र गरिबीका सन्दर्भमा आर्थिक सहायता, संक्रमितको अर्थपूर्ण सहभागिता, एचआइभी र क्षयरोग, एचआइभी र हेपाटाइटिस सीजस्ता विषय समेटिएका छन्।

‘एचआइभी संक्रमितमध्ये ६५ प्रतिशतभन्दा धेरैलाई क्षयरोग हुने गरेको छ । लागूपदार्थ प्रयोग गरेका संक्रमितलाई हेपाटाइटिस सी हुने गरेको छ । एचआइभीको कुरा उठ्दा टिबी र हेपाटाइटिसको विषय पनि सँगसँगै लैजानुपर्छ भन्ने हाम्रो मान्यता हो’, अध्यक्ष सिटौलाले भने।

त्यसैगरी रोजगारलगायतका कारणले बसाइँ सर्ने व्यक्ति संक्रमणको जोखिममा छन् । ‘बसाइँ सराइका विषयमा काम गर्ने अनेक संघसंस्था छन् तर बसाइँ सराइबाट प्रत्यक्ष प्रभावित भनेको हामी संक्रमित हौं । काम गर्ने ती संस्थाको नजरमा हामी परेका छैनौं । त्यसो नहोस् भन्ने हाम्रो आग्रह छ’, सिटौलाले अपिल गरे । संक्रमितलाई गर्ने भेदभाव, हेला र लाञ्छना पहिलाको जस्तो अति नभए पनि पूरै नहटेको हुँदा समुदायले पनि संक्रमितको अधिकारलाई सम्मान गर्न उनले आग्रह गरे  । ‘संक्रमितको स्वास्थ्यका विषयमा सरकार संवेदनशील छ । त्यही भएर नै उपचार सेवाका कार्यक्रम आएका हुन् । पहिला केहीबाट सुरु भएको उपचार सेवा अहिले सबैले पाउने वातावरण बनेको छ । तर समस्याहरु देखिएपछि सुधार पनि होस् भन्ने हाम्रो आग्रह हो’, अध्यक्ष सिटौलाले भने। औषधिले देखाएका साइड इफेक्टबारे धेरै पहिलेदेखि सरकारी निकायमा कुरा राखेको तर सुनुवाइ नभएको उनले बताए।

‘एउटा मन्त्रीलाई राख्यो केही समयपछि नै उनी हटेर अर्को आउने । मन्त्री गएपछि सचिव पनि फेरिने भए । हामीले राखेको कुरा एउटाले सुनेर काम गर्न नपाउँदै अर्को आउने भएपछि कार्यान्वयनमा आएन होला । अब त चुनाव भएको छ । स्थिर सरकार बन्छ भनेका छन् । यो बेलामा हाम्रो आवाज पनि सुन्नु प¥यो’, अध्यक्ष सिटौलाले भने । भरतपुर घोषणापत्र सरकारी निकायमा पुर्याउने उनको भनाइ छ।

]]>
ह्ववाइट राइनो बियर भित्रियो http://www.nagariknews.com/news/35574/ Mon, 22 Jan 2018 10:00:00 +0545 http://www.nagariknews.com/news/35574/ इभोलुसन बेभरेज प्रालिले बेल्जियन शैलीको ह्ववाइट राइनो ह्विट बियर नेपाली बजारमा भित्र्याएको छ । काठमाडौं– इभोलुसन बेभरेज प्रालिले बेल्जियन शैलीको ह्वाइट राइनो ह्विट बियर नेपाली बजारमा भित्र्याएको छ ।

गहुँसँग ताजा धनियाँ र सुन्तलाको बोक्रा मिश्रण गरी तयार पारिने यो क्राफ्ट बियर स्वादिष्ट र सुगन्धित रहेको कम्पनीले जनाएको छ । यसमा अल्कोहलको मात्रा ४.९ प्रतिशतभन्दा कम रहेको यो बियर बास्नादार र ताजागीपूर्ण हुने बताइएको छ ।

इभोलुसन बेभरेजले असही सुपर ड्राइ लेजर बियर, सिंघा प्रिमियम थाई लेजर र सिंघा सोडा पनि आपूर्ति गर्दै आएको छ ।
 
 

]]>
मिनी ट्रक दुर्घटनामा एकको मृत्यु, तीन गम्भीर http://www.nagariknews.com/news/35573/ Mon, 22 Jan 2018 09:58:00 +0545 http://www.nagariknews.com/news/35573/ पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना२ क ५३७५ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा बेलकोटगढी–१३ का आशिष तामाङको मृत्यु भएको हो । नुवाकोट – पासाङल्हामु सडकखण्डअन्तर्गत बेलकोटगढी नगरपालिका–११ अमारेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन् । ककनीबाट आइतबार साँझ बट्टारतर्फ आउँदै गरेको ना२ क ५३७५ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा बेलकोटगढी–१३ का आशिष तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका १७ वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए। शवपरीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ।

दुर्घटनामा गाडी चालक ककनी गाउँपालिका–४ का २५ वर्षीय कुमार तामाङ, सोही स्थानका १७ वर्षीय किरण लामा र सहचालक किस्पाङ गाउँपालिकाको १७ वर्षीय कुमार तामाङ घाइते भएकाले ग्रिन सिटी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रनाउ रेग्मीका अनुसार उनीहरूको अवस्था गम्भीर छ।

निर्माण सामग्री लिन बट्टार आउँदै गरेको मिनी ट्रक तीव्र गतिमा भएकाले असन्तुलित भई दुर्घटना हुँदा सडकबाट ८० मिटर तल पुगेको प्रहरीले जनाएको छ।

]]>
क्यान इन्फोटेक–२०१८ को तयारी पूरा http://www.nagariknews.com/news/35572/ Mon, 22 Jan 2018 09:54:00 +0545 http://www.nagariknews.com/news/35572/ सुबिसु क्यान इन्फोटेक–२०१८ को सम्पूर्ण तयारी पूरा भएको छ । क्यान महासंघले आइतबार पत्रकार सम्मेलन गरी २४औं संस्करणको क्यान इन्फोटेकको सबै तयारी पूरा भएको जानकारी दिएको हो । काठमाडौं – सुबिसु क्यान इन्फोटेक–२०१८ को सम्पूर्ण तयारी पूरा भएको छ । क्यान महासंघले आइतबार पत्रकार सम्मेलन गरी २४औं संस्करणको क्यान इन्फोटेकको सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको महामेलाका रुपमा लिइने क्यान इन्फोटेक यही माघ ११ देखि माघ १६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सञ्चालन हुनेछ । प्रदर्शनीमा महासंघका सदस्य संस्थाहरुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित व्यवसायीको सहभागिता रहने आयोजकले जनाएको छ ।

यसपटकको प्रदर्शनीमा भृकुटीमण्डपस्थित मुख्य प्रदर्शनी हलभित्र ४९ वटा ठूला र बाहिर पाँचवटा ब्रान्डिङ प्रदर्शन कक्ष (स्टल) रहने छन् । त्यसैगरी, ट्रसमा एक सय ४४, खुल्ला स्थानमा १४ र फुड स्टल १० गरी दुई सय २२ स्टल रहने महासंघले जनाएको छ । प्रदर्शनीमा हार्डवेयर सेल्स एन्ड मेन्टेनेन्स, पावर सोलुसन, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन लगायतका स्टल रहने छन् ।

‘यो वर्षको क्यान इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीद्वारा उत्पादित सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले छुट्टै सफ्टवेयर पेभिलियन निर्माण गरेका छौं,’ महासंघका महासचिव रन्जितकुमार पोद्दारले भने, ‘यसका लागि ४४ वटा स्टल विशेष सहुलियतमा उपलब्ध गराइएको छ ।’ सफ्टवेयर पेभिलियनमा सूचना प्रविधिसम्बन्धी प्रदर्शनी, यो क्षेत्रमा भएको पछिल्लो विकासबारे जानकारी गराइने उनले बताए ।

यसपटकको प्रदर्शनीमा चार लाख अवलोकनकर्ताको सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा सहभागिताका सोमबारबाट इ–सेवामार्फत टिकट बिक्री खुल्ला गरिने जनाएको छ । सर्वसाधारणका लागि टिकट शुल्क सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । अनलाइनमार्फत टिकट खरिद गर्दा २० प्रतिशत छुट प्रदान गरिने बताइएको छ । माघ १४ ‘बिजनेस डे’ को दिन भने विद्यार्थीका लागि छुट हुने छैन ।

एकै थलोमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको नयाँ–नयाँ प्रविधिबारे जानकारी दिने तथा व्यावसायिक सम्भावना विस्तार गर्ने उद्देश्यले महासंघले प्रत्येक वर्ष प्रदर्शनी आयोजना गर्दै आएको छ । महासंघले सन् १९९५ देखि आयोजना गर्दै आएको यो प्रदर्शनीमा सहभागीले सूचना तथा सञ्चार क्षेत्रमा भित्रिएका पछिल्ला प्रविधिको अवलोकन तथा खरिदको अवसरसमेत पाउछन् ।
 

]]>
तीन महिलाको हत्या रहस्य सुल्झिएन http://www.nagariknews.com/news/35571/ Mon, 22 Jan 2018 09:52:00 +0545 http://www.nagariknews.com/news/35571/ जिल्ला प्रहरी कार्यालयको बलबुताले नभ्याएपछि रिजनल इन्भेस्टिगेसन टिम (आरआइटी) को टोलीसमेत आएर घटनाका विषयमा अनुसन्धान गरेर फर्कियो । तर, आरआइटीले समेत रीताको हत्यामा संलग्नलाई पत्ता लगाउन सकेन। खोटाङ – खोटाङमा लामो समय बित्दा समेत दोषी पहिचान नहुँदा तीन महिलाको हत्या रहस्यमय बनेको छ । २०७३ साल माघ २६ गते बुधबार बीभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विकको हत्यामा संलग्न दोषीको अहिलेसम्म पहिचान हुन सकेको छैन । हत्याका विषयमा अनुसन्धान जारी रहेको भए पनि ‘रिजल्ट’ प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । ‘हामीले तीनवटै घटनामा संलग्न रहेको आशंकामा दस–पन्ध्रजनालाई अनुसन्धानमा तानिसक्यौं,’ थापाले भने, ‘तर दोषी पत्ता लाग्न सकेको छैन । हाम्रो अनुसन्धान जारी छ।’

६ महिनाको अवधिमा भएका तीन महिलाको बीभत्स हत्याको घटना प्रकृति पनि उस्तैउस्तै देखिन्छ । महिलाको हत्यारा पत्ता नलागेको विषयमा जिल्लाका सांसदले जिल्लादेखि संसद्मा आवाजसमेत उठाए । तर, तीनवटै महिला हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पाएको छैन । जघन्य घटनामा संलग्न अपराधीको पहिचान नहुँदा सर्वसाधारणमा त्रास फैलिएको छ । प्रहरीको इन्भेस्टिगेसन टिमको अनुसन्धानबाट समेत दोषी पत्ता लाग्न नसक्दा प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठेको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले बताइन् । ‘अपराध अनुसन्धानमा नेपाल प्रहरीले अन्तर्राष्ट्रिय छवि बनाएको छ,’ उनले भनिन्, ‘तर तीनवटै महिलाको हत्यामा संलग्नको पहिचान हुन नसक्नु अत्यन्तै दुःखदायी कुरा हो।’

जिल्ला प्रहरी कार्यालयको बलबुताले नभ्याएपछि रिजनल इन्भेस्टिगेसन टिम (आरआइटी) को टोलीसमेत आएर घटनाका विषयमा अनुसन्धान गरेर फर्कियो । तर, आरआइटीले समेत रीताको हत्यामा संलग्नलाई पत्ता लगाउन सकेन।

घटनाको प्रकृतिका आधारमा तीनवटै घटनामा एउटै व्यक्ति वा समूहको संलग्नता रहेको समेत अनुमान गरिएको छ । लामो समयसम्म दोषी पत्ता नलाग्दा कतिपयले त ‘ठूलो मान्छे’ कै संलग्नता भएकाले दोषी पत्ता लाग्न नसकेको भन्दै व्यंग्यसमेत गर्ने गरेका छन् । महिलाको हत्यालगत्तै प्रहरी ताते पनि दोषी पत्ता नलाग्दा अनुसन्धान प्रयास फलदायी बन्न सकिरहेको छैन।

होटलमा काम गर्दैआएकी रीता खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कुशेआंैसी जंगलमा बीभत्स अवस्थामा मृत फेला परेकी थिइन् । सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी उनको शव बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो । युवतीको शवको टाउको फुटेको, दाँत झारिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा भेटिएकाले हत्या गरिएको स्थानीयको दाबी छ । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा ज्ञानीमायाको इलाका प्रहरी कार्यालय महादेवस्थानभन्दा करिब पैदल पाँच मिनेटको दूरीमा हत्या भएको थियो । हलेसी मन्दिरतर्फबाट स्वास्थ्यचौकी जाने बाटोमा उनको खुकुरी प्रहार गरेर हत्या भएको थियो।

देवी माइतीघर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट घर फर्कनेक्रममा सम्पर्कविहीन बनेको दोस्रो दिन साउन ५ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएकाले घटनालाई शंकास्पद मानिएको छ । तर, हालसम्म प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । प्रहरीले घटनामा कसको संलग्नता थियो र घटनाको कारण के थियो भन्ने प्रश्नको जवाफ अझै बाहिर ल्याउन सकेको छैन । तीनवटै घटनाका विषयमा अनुसन्धान जारी राखेको बताए पनि दोषी पत्ता नलाग्दा पीडित परिवार निरास बनेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए।

आङ नै सिरिङ हुनेगरी रीताको शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय खोटाङका तत्कालीन डिएसपी नवीनकिशोर प्रधान आफै अनुसन्धानका क्रममा घटनास्थल पुगेका थिए । जिल्ला प्रहरी कार्यालयको बलबुताले नभ्याएपछि रिजनल इन्भेस्टिगेसन टिम (आरआइटी) को टोलीसमेत आएर घट्नाका विषयमा अनुसन्धान गरेर फर्कियो । तर, आरआइटीले समेत रीताको हत्यामा संलग्न पत्ता लगाउन सकेन । डिएसपी प्रधान फर्किएपछि घटनाका विषयमा अनुसन्धानका लागि आरआइटी झिकाइएको थियो । आरआइटीको टोलीले २०७३ साल फागुन २६ गतेदेखि केही दिन अनुसन्धान गरेको थियो । किशोरीको हत्यामा संलग्न दोषी हालसम्म प्रहरीले पत्ता लगाउन नसकेको भन्दै अनुसन्धानका लागि घटनास्थल पुगेको राष्ट्रिय मानव अधिकार आयोगले सुक्ष्म अनुसन्धानका लागि विशेषज्ञ टोली पठाउन पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयलाई आग्रह गरेको केही दिनमै रिजनल इन्भेस्टिगेसन टिम आएको हो।

जिल्लाको अनुसन्धान क्षमताबाट दोषी पत्ता लगाउने लक्ष्य पूरा हुने सम्भावना कम देखिएको भन्दै जिल्ला प्रहरी कार्यालयले पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान बयुरो (सिआइबी) को टोली पठाइदिन सगरमाथा अञ्चल प्रहरी कार्यालय राजविराजलाई आग्रह गरेको थियो । रीताको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै अन्तरपार्टी सञ्जालले फागुन १७ गते राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको थियो । सञ्जालको ध्यानाकर्षणपछि घटनास्थल पुगेको आयोगको टोलीले फागुन २२ गतेदेखि केही दिन अनुसन्धान गरेर फर्किएको थियो।

दोषी पहिचान नहुँदा प्रहरीको आलोचना
खोटाङमा ६ महिनाको अवधिमा हत्या गरिएका तीन महिलाको हत्यामा संलग्न दोषी पत्ता लगाउन नसकेको भन्दै प्रहरीको आलोचना भइरहेको छ । महिलाको हत्या भएको महिनौं बित्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै प्रशासन र प्रहरीको आलोचना भएको हो । २०७४ साल साउन २९ गते देवी विकको हत्यमा संलग्न दोषी पत्ता लगाउन माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय चिसापानीमा धर्ना दिए । यस्तै महिलाको हत्यामा संलग्न दोषीको पत्ता लगाउनमा ढिलाइ भइरहेको भन्दै तत्कालीन सांसद विशाल भट्टराई (हाल प्रतिनिधिसभा सदस्य) को नेतृत्वमा साउन १३ गते जिल्ला प्रशासन कार्यालय गएको जन्तेढुंगा, खोटेहाङ र बराहपोखरी गाउँपालिकाका प्रमुख÷उपप्रमुखको टोलीले तत्काल दोषी पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी र तत्कालीन डिएसपी प्रधानको ध्यानाकर्षण गराएको थियो । साउन १२ गते आयोजित खोटाङको प्रथम जिल्लासभामा समेत जनप्रतिनिधिले महिलाको हत्यामा संलग्नको पत्ता नलागेको भन्दै प्रशासन र प्रहरीप्रति असन्तुष्टि पोखेका थिए ।
देवीको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै अखिल नेपाल महिला संघ नेतृत्वको स्थानीयले साउन ९ गते जन्तेढुंगा गाउँपालिका र इलाका प्रहरी कार्यालय चिसापानीमा दबाब जुलससहित ज्ञापनपत्र बुझाएका थिए । यस्तै एमाले जन्तेढुंगा गाउँपालिका संगठन समितिले साउन ७ गते विज्ञप्ति निकालेर देवीको हत्यामा संलग्न दोषी पत्ता लगाउन र कारबाहीका लागि प्रहरी तथा प्रशासनको ध्यानाकर्षण गराएको थियो । लामो समयसम्म महिलाको हत्यारा पत्ता नलाग्दा आपराधिक सोच र प्रवृत्ति भएका व्यक्तिले प्रश्रय पाएको जन्तेढुंगा गाउँपालिकाका प्रमुख राईले बताए । ‘एक्लो दोक्लो हिँडेका महिलाको लाश भेटिन्छन्, हत्यारा भेटिँदैन,’ राईले भने, ‘महिला हत्या भएको महिनौं बित्दा दोषीको अत्तोपत्तो नलाग्दा कानुनी राज्यको उपहास भएको छ ।’ अपराधी पत्ता नलाग्दा हुने गम्भीर सामाजिक र मनोवैज्ञानिक असरप्रति प्रहरी र प्रशासन सचेत हुनुपर्ने स्थानीयको भनाइ छ।

अनुसन्धानमा असहयोग भएको प्रहरीको गुनासो
खोटाङका तीन महिलाको हत्याका दोषी पत्ता लगाउनमा स्थानीयको असहयोग भएको प्रहरीको गुनासो छ । घटनाका विषयमा स्थानीयबाट आवश्यक सूचना प्राप्त नहुँदा अनुसन्धान गर्न र दोषी पत्ता लगाउन अप्ठ्यारो परिरहेको प्रहरीले बताउँदै आएको छ । समाजमा हुने हरेक घटनामा सूचनाको पहिलो स्रोत स्थानीय हुन् । तर, सूचना प्राप्त नभएपछि प्रहरी एक्लैलाई अपराधी पत्ता लगाउन समस्या परिरहेको प्रहरी स्रोतले जनाएको छ।

]]>
आक्रमक बन्दै धितोपत्र बोर्ड http://www.nagariknews.com/news/35570/ Mon, 22 Jan 2018 09:48:00 +0545 http://www.nagariknews.com/news/35570/ नेपाल धितोपत्र बोर्डले तीन दलाल कम्पनीलाई कारबाही गरेको १५ दिन नवित्दै पुनः एक अर्को दलाल कम्पनीलाई कारबाही गरेको छ । आइतबार व्यावसायिक आचरण पालना नगरेको भन्दै नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्युरिटिज प्रालिलाई ७५ हजार रुपैयाँ जरिवाना गरेको छ । काठमाडौं– नेपाल धितोपत्र बोर्डले तीन दलाल कम्पनीलाई कारबाही गरेको १५ दिन नवित्दै पुनः एक अर्को दलाल कम्पनीलाई कारबाही गरेको छ । आइतबार व्यावसायिक आचरण पालना नगरेको भन्दै नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्युरिटिज प्रालिलाई ७५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

यसअघि पुस २५ गते नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकरलाई साढे २१ लाख जरिवाना गरेको थियो । बोर्डले अग्रवाल र श्रीहरि सेक्युरिटिज प्रालिलाई हाइड्रोपावर कम्पनीहरुको नक्कली सेयर कारोबार प्रकरणमा १०–१० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । सोही कसुरमा यी कम्पनीका कार्यकारी प्रमुखलाई जनही ५०–५० हजार रुपैयाँ जरिवाना गरेको थियो । सोही प्रकरणमा बोर्डले अर्को दलाल कम्पनी सिप्रवी सेक्युरिटिजलाई ५० हजार रुपैयाँ जरिवाना र यसका कार्यकारी प्रमुखलाई सचेत गराएको थियो ।

आइतबार पुन प्रज्ञान सेक्युरिटिजलाई कारबाही गरेको छ । धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्युरिटिज प्रालिले गत चैत्रदेखि विराटनगरमा शाखा कार्यालय स्थापना गरी उक्त शाखाबाट समेत कारोबार गर्दै आएको छ । उक्त शाखाका शाखा प्रमुखले गतजेठ ४ गते हुने सिभिल बैंकको साधारण सभा अगावै सेयर किन्नुहोस्, ४० प्रतिशत हकप्रद आउने भएको छ, राम्रो फाईदा हुन्छ, फाईदा गराउने जिम्मा हाम्रो भन्ने आशयको भाइवर म्यासेजमा ग्रुप बनाएर पठाएको उजुरी परेपछि बोर्डबाट सो सम्बन्धमा छानबिन गरेको थियो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७६ बमोजिम धितोपत्र व्यवसाय सञ्चालन गर्ने संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्र बजारको उच्च मर्यादा कायम राख्ने, धितोपत्र व्यवसायसँग सम्बन्धित अभिलेख राम्रोसँग राख्ने, धितोपत्र व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा दक्ष जनशक्ति तयार गर्नका लागि कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था गर्ने जस्ता कार्य गरी व्यावसायिक स्तर कायम गर्नुपर्ने हुन्छ । तर, बोर्डको  छानबिनबाट उक्त संस्थाले आफ्नो शाखा कार्यालयको काम कारबाहीलाई सुक्ष्म रुपमा अनुगमन नगरी व्यावसायिक आचरण कायम गराउन नसकेको र संस्थाले व्यावसायिक स्तर कायम गरेको नदेखिएकाले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम बोर्डबाट प्रज्ञान सेक्युरिटिजलाई उक्त जरिवाना गरेको हो ।

बोर्डले बजार अनुगमन तथा सुपरीवेक्षण कार्यलाई सुदृढ गर्दै लगेको  छ । उसले धितोपत्र सम्बन्धी ऐन बमोजिमको कारबाहीलाई पनि सशक्त बनाउँदै लगेको छ । यस्ता कारबाहीबाट धितोपत्र व्यवसायीलाई धितोपत्र व्यवसाय सञ्चालन गर्दा आफूले पालन गर्नुपर्ने व्यावसायिक सिद्धान्तको पालनातर्फ थप सजग गराउने र यसले दोस्रो बजार कारोबार थप स्वच्छ र पारदर्शी हुन सहयोग पुग्ने बोर्डको अपेक्षा रहेकोे जारी विज्ञप्तिमा उल्लेख छ ।

]]>
भैरहवा सेजसम्म चैतभित्र बिजुली http://www.nagariknews.com/news/35569/ Mon, 22 Jan 2018 09:43:00 +0545 http://www.nagariknews.com/news/35569/ विद्युत् प्राधिकरणले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)सम्म चैतभित्रमा विद्युत् पुर्याउने भएको छ । तर, त्यहाँ स्थापना हुने उद्योगका लागि विद्युत् दिनका लागि सेजले बनाउनु पर्ने ३३-११ केभीको सबस्टेसन (१० एमभिए) निर्माण प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन । काठमाडौं  –विद्युत् प्राधिकरणले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)सम्म चैतभित्रमा विद्युत् पुर्याउने भएको छ । तर, त्यहाँ स्थापना हुने उद्योगका लागि विद्युत् दिनका लागि सेजले बनाउनु पर्ने ३३-११ केभीको सबस्टेसन (१० एमभिए) निर्माण प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन ।

यसले गर्दा प्राधिकरणले भैरहवा सेजसम्म विद्युत् पुर्याए पनि सबस्टेसन नहुँदा त्यहाँ स्थापना हुने उद्योगले विद्युत् भने पाउने छैनन् । प्राधिकरणको कार्यक्षेत्र (स्कोप) सेजसम्म विद्युत् पुर्याउनका लागि ट्रान्समिसन लाइन निर्माण गर्ने मात्रै हो । त्यसपछि सबस्टेसन बनाएर उद्योगलाई विद्युत् वितरण गर्ने काम भैरहवा सेजको स्कोपभित्र पर्छ । भैरहवा सेजले त्यहाँ सबस्टेसन बनाउने र ११ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् दिने छ । सबस्टेसन निर्माणका लागि अहिलेसम्म टेन्डरसमेत भएको छैन ।

प्राधिकरणले अहिले निर्माण गरिरहेको सबस्टेसनको अनुभव हेर्दा टेन्डर गरी ठेकेदार नियुक्त गर्न कम्तीमा पनि ६ महिना लाग्छ । त्यसपछि सामान अडर गरी ठेकेदारलाई काम सक्ने छिटोमा १५ देखि १८ महिना लाग्छ । अर्थात सामान्य अवस्थामा टेन्डरका सम्पूर्ण प्रक्रिया सकेर सबस्टेसन निर्माण सम्पन्न गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई दोषी देखाएर सेज व्यवस्थापन आफ्नो मुख्य जिम्मेवारीबाट भाग्न खोजिरहेको बताए । ‘त्यहाँ खोलिने उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत् दिइसकेका छौं, त्यसैले निर्माणका काम गर्न कुनै समस्या छैन,’ उनले भने, ‘चैतभित्रमा हाम्रो स्कोपभित्रको प्रसारण लाइन बनाएर त्यहाँ विद्युत् पुर्याउँछौं, सेज व्यवस्थापनले सबस्टेसन बनाउन काम चाही नगर्ने अनि विद्युत् जोडिएको छैन भन्दै हामीलाई दोष देखाउँदै आफ्नो जिम्मेवारीबाट भाग्ने ?’ हाल त्यहाँ रहेको ३३ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत सेजलाई विद्युत् दिन क्षमताले नथेग्ने भएपछि प्राधिकरणले छुट्टै प्रसारण लाइन बनाउन लागेको हो ।

प्राधिकरणले तिलोत्तमा नगरपालिकाको जोइकुटी सबस्टेसनदेखि सेजसम्म छुट्टै ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिरहेको छ । जोइकुटी–भरौलिया खण्डमा वन क्षेत्र भएर प्रसारण लाइन लैजानु पर्ने भएकाले वनका कारणले काम अवरुद्ध भएको छ । भरौलिया–दगदही खण्डमा प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गरेका छन् । अवरोध हटाएर काम सुचारु गराउन उद्योग, वन मन्त्रालय, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दा लगायत सरोकारवाला निकायबीच छलफल भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए ।

‘अवरोध हटाएर जसरी पनि चैतसम्ममा सेजमा लाइन पुर्याउँछौं, सेजमा उद्योग स्थापना गर्न सम्झौता गरेका कम्पनीलाई हाम्रोतर्फबाट कुनै समस्या हुँदैन,’ उनले भने ‘तर, सेजका तर्फबाट गर्नुपर्ने काम नै अगाडि बढेको देखिँदैन, उद्योगको काम गर्न कन्स्ट्रक्सन पावर दिएकै छौं, तर पनि काम भएको छैन, अब त्यसो भए प्रसारण लाइन नै छैन भनेर प्राधिकरणसँग पिपिए गरेका कुनै पनि जलविद्युत् कम्पनीले आयोजना नै नबनाउने त ?’

सेजमा उद्योग खोल्न सम्झौता गरेका १९ कम्पनीले समेत विद्युत् नभएको भन्दै काम नै गरेका छैनन् । तर, उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत् भने ११ केभी लाइनमार्फत उपलब्ध गराइएको प्राधिकरणले प्रष्ट पारेको छ ।

]]>
दिनहुँ अपांग दाजु बोकर स्कुल जान्छिन् बहिनी http://www.nagariknews.com/news/35568/ Mon, 22 Jan 2018 09:37:00 +0545 http://www.nagariknews.com/news/35568/ पालुङटार नगरपालिका ५ को मदनेडाँडा मावि कक्षा २ मा पढ्ने सुस्मिता बराम दिनहुँ दाजु लक्ष्मणलाई बोकेर विद्यालय आउँछिन् । आफूभन्दा दुई वर्ष जेठा दाजुलाई थोत्रो सलको सहयोगले पिठ्युँमा बोकेर स्कुल आउनु १० वर्षीया सुस्मिताको रहर होइन । दुवै खुट्टा नचल्ने दाजुको पढ्ने रहर पूरा गर्न सुस्मिताले बोकेर स्कुल ल्याउने गरेकी हुन् । दाजुलाई मात्रै होइन, उनले आफ्नो झोला र दाजुका किताब पनि बोक्नुपर्छ । बिहान ८.३० बजे दाजुलाई बोकेर घरबाट निस्केकी उनी बेलुकी पाँच, छ बजेसम्ममा फर्किन्छिन् । उनका दाजु ३ कक्षामा पढ्छन्। धुवाँकोट – पालुङटार नगरपालिका ५ को मदनेडाँडा मावि कक्षा २ मा पढ्ने सुस्मिता बराम दिनहुँ दाजु लक्ष्मणलाई बोकेर विद्यालय आउँछिन् । आफूभन्दा दुई वर्ष जेठा दाजुलाई थोत्रो सलको सहयोगले पिठ्युँमा बोकेर स्कुल आउनु १० वर्षीया सुस्मिताको रहर होइन । दुवै खुट्टा नचल्ने दाजुको पढ्ने रहर पूरा गर्न सुस्मिताले बोकेर स्कुल ल्याउने गरेकी हुन् । दाजुलाई मात्रै होइन, उनले आफ्नो झोला र दाजुका किताब पनि बोक्नुपर्छ । बिहान ८.३० बजे दाजुलाई बोकेर घरबाट निस्केकी उनी बेलुकी पाँच, छ बजेसम्ममा फर्किन्छिन् । उनका दाजु ३ कक्षामा पढ्छन्।

दाजुलाई उनको कक्षाकोठामा बसालिदिएर सुस्मिता आफ्नो कक्षामा जान्छिन् । उभिन र दायाँबायाँ समेत गर्न नसक्ने लक्ष्मणलाई दिसापिसाब लाग्यो भने साथीभाइले बोकेर चर्पी लगिदिन्छन् । पिसाब गराउन लैजान, खेलकुद हेर्न लैजान, खाजा खाने छुट्टीमा साथीभाइले सहयोग गर्छन्।

खाना खाएर बिहानै घरबाट निस्किएपछि साँझ घर पुग्ने भएकाले यी बालबालिकासँग स्कुलमा बाहेक पढ्ने समय पनि छैन । कहिलेकाहीं बहिनी बिरामी पर्दा दाजुको समेत कक्षा छुट्ने गरेको छ।

खाना खाएर बिहानै घरबाट निस्किएपछि साँझ घर पुग्ने भएकाले यी बालबालिकासँग पढ्ने समय पनि छैन । समय नहुँदा पढाइमा लक्ष्मण र सुस्मिताले धेरै दख्खल राख्न सकेका छैनन् तर पनि विद्यालय भने हत्तपत्त छुटाउँदैनन् । कहिलेकाहीं बहिनी बिरामी पर्दा दाजुको समेत कक्षा छुट्ने गरेको छ।

लक्ष्मणका जन्मजात नै दुवै खुट्टा अशक्त थिए । हजुरआमा मनमाया बराम भन्छिन्, ‘म सधैं बोकेर पु¥याउन जान सक्दिनँ, नातिनीले बोकेर लैजान्छे, कहिलेकाहीं छिमेकी नानीहरुले झोला बोकेर सघाउँछन् ।’ चंख स्वभावका लक्ष्मण पढ्न रुचि राख्छन्। त्यसो भएर पनि हजुरआमा उनलाई विद्यालय पठाउँछिन् । लक्ष्मणले यसअघि छोप्राकमा मामाघरमा बसेर पढ्दै आएका थिए। आमाले दोस्रो बिहे गरेपछि उनी हजुरआमासँग धुवाँकोट आएर मदनेडाँडा माविमा भर्ना भएका हुन्।

विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद उप्रेतीले भने, ‘हामीले विद्यालयमै राखेर पढाउन सक्ने अवस्था छैन । यहाँबाट हुने सहयोग, छात्रवृत्ति दिएका छौं, आवासीय सुविधा नभएकाले लक्ष्मणलाई धेरै गाह्रो भएको छ ।’ लक्ष्मणलाई नियमित विद्यालय आउने बनाउन, बहिनीको पढाइमा बाधा नआउने बनाउन निकै समस्या रहेको उप्रेती बताउँछन् । ‘आफ्ना सबै किताब बोकेर हिँड्न त समस्या हुने उमेरकी बालिका, दाजुसहित उनको पनि किताब बोकेर आउँदा कति पीडा हुन्छ होला, कल्पना गर्दा पनि मुटु सिरिंग हुन्छ’, उनले भने । वर्षा र पानी परेको समयमा विद्यालय आउनजान ती बालबालिकालाई थप समस्या हुने शिक्षक बताउँछन् ।
आमाले छाडेर गएपछि ६० वर्षे हजुरआमासँग बस्दै आएका यी बालबालिकाको दैनिकी निकै दुःखदायी छ । बाबु भक्तपुरमा ज्यालामजदुरी गर्छन् । बाबुले पठाएको अलिकति पैसाले हजुरआमाले गुजारा चलाएकी छन् । चार हलको पाखो बारीबाहेक अन्य जायजेथा बराम परिवारको छैन।

]]>
संस्थागत निक्षेपमा तीन महिनासम्म ब्याजदर परिवर्तन गर्न नपाइने http://www.nagariknews.com/news/35567/ Mon, 22 Jan 2018 09:36:00 +0545 http://www.nagariknews.com/news/35567/ लगानीयोग्य रकम (तरलता) को अभाव भएको भन्दै बैंकहरुबीच संस्थागत निक्षेप तान्ने होडबाजी चल्न थालेपछि राष्ट्र बैंकले त्यस्तो अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्न संस्थागत निक्षेपको ब्याजदर तीन महिनासम्म परिर्वतन गर्न नपाउने व्यवस्था गरेको छ । काठमाडौं –लगानीयोग्य रकम (तरलता) को अभाव भएको भन्दै बैंकहरुबीच संस्थागत निक्षेप तान्ने होडबाजी चल्न थालेपछि राष्ट्र बैंकले त्यस्तो अस्वस्थ प्रतिस्पर्धालाई अन्त्य गर्न संस्थागत निक्षेपको ब्याजदर तीन महिनासम्म परिर्वतन गर्न नपाउने व्यवस्था गरेको छ ।

आइतबार परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले लिने संस्थागत निक्षेपमा कडाइ गरेको हो ।बैंकले बोलकबोलबाट उठाउने संस्थागत निक्षेपमा प्रकाशित गर्ने ब्याज दरभन्दा दुई प्रतिशत थप गर्न पाउने व्यवस्थालाई यथावत राख्दै प्रकाशित गरेको ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

 पैसा जम्मा गर्न आफ्नो खाता भएको बैंक धाउनु पर्ने अवस्थाको अन्त्य हुने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ग्राहकलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गर्न सक्ने व्यवस्था लागू गर्न निर्देशन दिएपछि जुन बैंकमा खाता छ त्यही बैंकमा धाउनुपर्ने अवस्थाको अन्त्य हुने  भएको हो ।

व्यवस्थामा कार्यान्वयनमा आएपछि ग्राहकले आफ्नो खातामा पैसा जम्मा गर्न आफ्नो खाता रहेकै बैंक धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको त्यस्तो व्यवस्था कार्यन्वयनमा ल्याएको हो ।आइतबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै अन्तरबैंक भुक्तानी प्रणालीमार्फत यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।यो व्यवस्थाले आफ्नो बैंक नै खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य मात्र हुने छैन रकम जम्मा गर्न जाँदा हुने गाडी भाडा खर्च पनि कटौती हुने विश्वास राष्ट्र बैंकको छ ।

हाल सञ्चालनमा रहेको अन्तरबैंक भुक्तानी प्रणालीमार्फत नै ग्राहकले जुनसुकै बैंकमा जम्मा गरेको रकम आफ्नो खाता रहेको बैंकमा पुग्नेछ । नेपाल क्लियरिङ हाउसले हाल अन्तरबैंक भुक्तानी सेवामार्फत रकम, लाभांश लगायत ट्रान्सफर गर्न सकिने सुविधा दिइरहेको छ ।राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले नगद जम्मा गर्ने व्यक्तिको पहिचान हुने सक्ने विवरण र एक लाख रुपैयाँभन्दा बढी रकम जम्मा गर्न आउनेसँग परिचयपत्र लिनुपर्नेछ । साथै उसले नगद जम्मा गर्नुको प्रयोजन समेत खुलाउनु पर्नेछ ।

यस्तै बैंकले हरेक शाखामा रकम जम्मा गर्न उपलब्ध गराउने फारममा कम्तीमा खाता रहेको बैंकको नाम, खाता नम्बर, खातावालाको नाम र रकम जग्मा गर्ने व्यक्तिको नाम उल्लेख हुनुपर्ने ब्यवस्था राष्ट्र बैंकले गरेको छ । साथै ग्राहकलाई रकम जम्मा गरेको निस्सा उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।
तोकिएको बैंक तथा वित्तीय संस्थाको खातामा कुनै कारणवश रकम जम्मा हुन नसकेमा त्यसको जानकारी रकम जम्मा गर्ने व्यक्तिलाई गराउनु पर्नेछ भने रकम जम्मा गर्दा कति शुल्क लाग्ने हो त्यसको जानकारीसमेत ग्राहकलाई दिन राष्ट्र बैंकले मातहतका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

 

]]>
पुल निर्माणमा ढिलाइ http://www.nagariknews.com/news/35566/ Mon, 22 Jan 2018 09:30:00 +0545 http://www.nagariknews.com/news/35566/ बंशिलाघाटस्थित सुनकोसी नदीमा निर्माणाधिन झोलुंगे पुल अलपत्र परेको छ ।बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डी जोड्ने पुल ठेकेदारको ढिलासुस्तीका कारण म्याद नाघ्दा समेत पूरा हुन सकेको छैन । खोटाङ – बंशिलाघाटस्थित सुनकोसी नदीमा निर्माणाधिन झोलुंगे पुल अलपत्र परेको छ ।बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौडण्डी जोड्ने पुल ठेकेदारको ढिलासुस्तीका कारण म्याद नाघ्दा समेत पूरा हुन सकेको छैन ।

निर्माण कम्पनी जगदम्बा र शंकरमाली जेभीले १५ महिनामा पूरा गर्नेगरी ठेक्का लिएको झोलुंगे पुल निर्माणमा ढिलासुस्ती भएपछि स्थानीय सास्ती खेप्न बाध्य छन् ।

एक करोड ४३ लाखको लागतमा पूरा गर्नेगरी ठेक्का लिएको दुई सय ३० मिटर लम्बाइ भएको पुलको हाल दुवैतर्फका जग हाल्ने बाहेकका काम हुन नसकेको जन्तेढुंगा गाउँपालिकाका प्रमुख शंकर राईले बताए ।
 निर्माणस्थलमा ल्याइएका सिमेन्ट सडेर डल्लो परेको छ । जग पनि झाडीले पुरिसकेको स्थानीय बताउँछन् । आगामी तीन महिनाभित्र पुलको काम पूरा गर्नेगरी काम थालिएको ठेक्का पाएका प्रेम राईले बताए ।

पुल नहुँदा जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका १३ वडाका स्थानीय सदियौंदेखि बंशीलाघाटमा डुंगाबाट सुनकोसी वारपार गर्दैआएका छन् । बंशीलाघाट तराई आउजाउका लागि जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयको मुख्य नाका हो ।बंशिलाघाटको वारीपारी कच्ची सडक बनिसकेको र मालबाहक सवारी साधन ओहोर–दोहोर गरिरहेको भएपनि पुल नबन्दा स्थानीय उपभोग्य सामग्री ढुवानीमा समस्या झेल्न बाध्य छन् ।

‘बंशिलाघाटबाट तारिएको सामान जन्तेढुंगा गाउँपालिकाको चिसापानी लगायत बजारमा आउने गरेको छ,’ जन्तेढुंगा गाउँपालिका प्रमुख राईले भने, ‘हालसम्म बनिसक्नुपर्ने पुल अलपत्र छ, हाम्रो गाउँपालिकाका जनता सानो डुंगाबाट जोखिम मोलेर तराईको सामान ल्याउन बाध्य छन् ।’ समयमा पुल निर्माण कार्य पूरा गर्न पटक–पटक दबाब दिँदा पनि काममा आलटाल भएको प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले बताए ।
 

]]>
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु http://www.nagariknews.com/news/35565/ Mon, 22 Jan 2018 09:30:00 +0545 http://www.nagariknews.com/news/35565/ कपिलवस्तुकाे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जितपुर – कपिलवस्तुकाे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिकास्थित इमिलियामा आइतबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

बुटवलबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ख ७४३७ नंको बसले सोही दिशातर्फ जाँदै गरेको लु१९प ४४८२ नंको मोटरसाइकललाई ठक्कर दिँदा बुद्धभूमि नगरपालिका–१ वसन्तपुरका ४० वर्षीय चिपनारायण थारूको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका थारूको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा राती मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंहेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए।

मृतक थारू जिल्ला नापी कार्यालयमा कार्यरत कर्मचारी रहेको बताइएको छ । ठक्कर दिने चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

]]>
भारतले पानी नछाड्दा किसान समस्यामा http://www.nagariknews.com/news/35563/ Mon, 22 Jan 2018 09:18:00 +0545 http://www.nagariknews.com/news/35563/ भारतीय पक्षले गण्डक नहरमा पानी नछाड्दा हिउँदे बाली लगाएका किसान समस्यामा परेका छन् । गण्डक नहरको पानीको भरमा हिउँदे बाली लगाएका बारा र पर्सा जिल्लाका हजारौं किसान सिँचाइ गर्न पानी नपाएपछि समस्यामा परेका हुन् । बारा –भारतीय पक्षले गण्डक नहरमा पानी नछाड्दा हिउँदे बाली लगाएका किसान समस्यामा परेका छन् । गण्डक नहरको पानीको भरमा हिउँदे बाली लगाएका बारा र पर्सा  जिल्लाका हजारौं किसान सिँचाइ गर्न पानी नपाएपछि समस्यामा परेका हुन् ।

‘नहरमा पानी भएको बेलामा हिउँदे बाली गहुँ, मकै र आलु लगाएका किसानलाई सिँचाइ गर्न सजिलो हुने गरेको थियो,’ मटिअर्वाका किसान बृजकिशोर साहले भने, अहिले नहरमा पानी नआएकाले नहरको पानीको भरमा खेती गर्ने किसानलाई सिँचाइ गर्न समस्या भएको छ ।’गण्डक नहरमा पानी नआएपछि नारायणी सिँचाइ डिभिजन कार्यालय पर्सा, बहुअरीमा किसानले गएर सोध्दा त्यहाँ भएका अधिकारीले भारतीय पक्षले यस सिजनमा पानी नछाडेकाले नहरमा पानी दिन नसकिएको तर्क गर्ने गरेको साहले बताए ।

नहरमा पानी नआएपछि किसान प्रतिघन्टा तीन सय रुपैयाँ तिरेर बोरिङबाट मकै, गहु र आलु बालीमा सिँचाइ गर्न बाध्य भएको साहले बताए । ‘नहरमा पानी भएको भए खेतमा लगाएको गहुँ, मकै लगायत बालीमा सिँचाइ हुने थियो,’ फूलबरियाका किसान प्रभु यादवले भने, ‘अहिले बोरिङबाट सिँचाइ गर्दा एक बिघा क्षेत्रफलको एक पटकमा तीन हजारदेखि चार हजार रुपैयाँसम्म बढी रकम खर्च गर्नु परेको छ ।’
गहुँ र मकै बाली लगाउँदा सुरुमै मल, बिउ र खेतको जोताइमै  धेरै रकम खर्चिएका यस क्षेत्रका किसानले अहिले सिँचाइका लागि पनि रकम खर्च गर्नुपर्दा खेतबाट उत्पादन हुने बालीको मूल्यभन्दा लागत मूल्य नै बढी हुने अवस्था आएको यादवले बताए ।

गण्डक नगरको पानीको भरमा बारा, पर्सामा गरी १ ब्लकदेखि १० ब्लकसम्मको २० हजार हेक्टरमा धान बाली र १६ हजार हेक्टरमा हिउँदे बाली सिँचाइ हुने गरेको नारायणी सिँचाइ डिभिजन कार्यालय पर्सा, बहुअरीले जनाएको छ ।

नारायणी सिँचाइ डिभिजन कार्यालय पर्साका इन्जिनियर तथा प्रवक्ता सुरेश साहले यस वर्ष हिउँदे बालीका लागि भारतीय पक्षबाट नै नेपाल आउने गण्डक नहरमा पानी नछाडिएको बताए ।भारतीय पक्षबाटै नहरमा पानी नछाडिएपछि गण्डक नहरको पानीको भरमा हिउँदे बाली लगाएका बारा, पर्साका किसानलाई सिँचाइ गर्नका लागि पानीको व्यवस्था गर्न नसकिएको तर्क साहले गरे ।नेपाल र भारतबीच भएको सम्झौताअनुसार गण्डक नहरमा भारतीय पक्षले प्रतिसेकेन्ड आठ सय ५० क्युसेक पानी छाड्नुपर्ने भएपनि यस सिजनमा पानी छाडिएको साहले बताए ।

गण्डक नहरमा पानी छाड्नका लागि  भारतीय पक्षलाई पटकपटक लिखित जानकारी गराउदा समेत भारतीय पक्षले नहरमा मर्मत भइरहेको भन्दै पानी छाड्न इन्कार गर्दै आएको अवस्था रहेको साहले बताए ।भारतीय पक्षले आफूखुसी गण्डक नहरमा पानी छाड्ने गरेकाले गर्दा नहरको पानीले खेतमा लगाउने बालीमा सिँचाइ गर्ने किसान समय समयमा समस्यामा पर्दै आएका छन् ।


 

 

 

]]>
टेक्सासमा लुटेराको गोली लागि नेपालीको मृत्यु http://www.nagariknews.com/news/35564/ Mon, 22 Jan 2018 09:18:00 +0545 http://www.nagariknews.com/news/35564/ टेक्सासको डालासस्थित गारल्याण्डमा रहेको एक ग्याँस स्टेशनमा लुट्न आएका बन्दुकधारीको गोली लागि एक नेपालीको मृत्यु भएको छ । ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्याँस स्टेशनमा शनिबार राति भएको लुटपाटमा त्यहाँ कार्यरत गोरखाका ३५ वर्षीय मनिष पाण्डेको मृत्यु भएको हो। टेक्सास – टेक्सासको डालासस्थित गारल्याण्डमा रहेको एक ग्याँस स्टेशनमा लुट्न आएका बन्दुकधारीको गोली लागि एक नेपालीको मृत्यु भएको छ । ब्रोडवे एभेन्यूमा रहेको एक्जोन ग्याँस स्टेशनमा शनिबार राति भएको लुटपाटमा त्यहाँ कार्यरत गोरखाका ३५ वर्षीय मनिष पाण्डेको मृत्यु भएको हो।

उक्त ग्याँस स्टेशनका मालिक मृतकका आफन्त कृष्ण पन्त पनि नेपाली नै हुन् । ग्याँस स्टेशनमा कार्यरत मृतक पाण्डेकी श्रीमती केही समय अघि मात्रै नेपालबाट आएको बताइएको छ। पन्तले उक्त ग्याँस स्टेशन सन् २०११ देखि सञ्चालन गर्दै आएका थिए। मृतककी पत्नी गर्भवती छिन्।
 
स्थानीय गारल्याण्ड प्रहरीलाई उधृत गर्दै स्थानीय सिबिएस डिएफडब्लु अनलाइनले जनाए अनुसार शनिबार मध्यरातमा दुई व्यक्तिहरू पसेर लुट्न खोजेपछि प्रतिरक्षाको क्रममा लुटेराको गोली लागि पाण्डेकोे मृत्यु भएको हो। स्थानीय प्रहरीले सिसि टिभीमा राखेको भिडियोमा देखिए अनुसार दुबै लुटेरा कालो वर्णका छन्। राति स्टोर बन्द गर्ने तयारी गरिरहेको बेला साँढे ११ बजे उक्त घटना भएको हो ।

पछिल्लो समय ग्याँस स्टेसन तथा स्टोरहरूमा जोखिम बढ्दै गएको छ । लुटपाटको क्रममा लुटेराहरूसँग वादविवाद र भीडन्त नगर्न जानकारहरूको सुझाएका छन । अमेरिकामा प्रत्येक वर्ष ग्यास स्टेसनमा यसरी लुट्ने र प्रतिकारमा गोली लागि ठूलो संख्यामा मानिसहरूको मृत्यु हुने गरेको छ । ग्याँस स्टेशनमा कार्यरत रहेकै अवस्थामा दुई वर्ष अघि टेक्ससकै डेन्टनमा नेपाली समिरा शिवाकोटीको हत्या भएको थियो । यसरी ग्यास स्टेशनमा हत्या हुने नेपालीको संख्या दिनानुदिन बढ्दो छ।

]]>