Friday 14 Jestha, 2073 |
Menu

शुक्रबार

republica-headerdiscount-subscribe1

istl

काली दमिनीदेखि रूपासम्म

  • बिहीबार २ जेष्ठ, २०७०
  • धनबहादुर खड्का
  • Be the first to comment!
(1 Vote)
काली दमिनीदेखि रूपासम्म
ललितपुरको झम्सिखेलस्थित मोक्ष रेस्टुरेन्टमा सोमवार दिया मास्के आँखामा कालो चस्मा, बुट्टेदार सर्ट्स र कालो पारदर्शी लेगिंग्समा प्रकट भइन्। 'म काली दमिनीलाई भेट्न आएको!' उनको गेटअप हेरेर ठट्यौलो शैलीमा मैले भनेँ। उनले मुसुक्क हाँस्दै उत्तर दिइन्, 'यो पर्वतको खौलागाउँ होइन, ललितपुरको झम्सिखेल हो। यहाँ त रूपामात्रै भेट्नुहुन्छ।' झन् कन्फ्युज्ड बनाइदिइन् उनले। 
nepali-patro-may
रेस्टुरेन्टमा एक्ली केटी मान्छे देखिन्छिन् उनी। सोध्नैपर्ने भयो, 'रूपा भनेको चाहिँ को नि?' पहिल्यै 'पात्र संवादगर्ने तय भएकाले उनी पात्रमा प्रवेश गरिसकिछिन्। 'उसलाई तपाईंले चिन्ने बेला भएको छैन र मलाई चिनाउने अधिकार पनि प्राप्त छैन। छोटोमा भन्दा यो शहरकी एउटा आधुनिक युवती होत्यो। फिल्म 'फिट्किरी'मा छे।'

'यो पहिरन रूपाको सिको होला?'

उनले अब्जेक्सन जनाइन्, 'होइनसी इज मोर द्यान मोडर्न। माथि क्लिभेज देखिने र तल छोटो स्कर्ट  लगाउने मोडर्न होइन। चालढंग मोडर्न भएकी युवती हो रूपा। उसलाई मोडर्न हुने बाध्यता छ। मसँग उमेरमात्रै मिल्छ।'

'टेलिफिल्म 'दलन'की काली दमिनी चाहिँ आमा उमेरकी होली!

तुरुन्तै जवाफ फर्काइन्, 'अहिले भइहोली ! मैले छाड्दा ४० वर्षकी थिई।पर्वतको खौलागाउँमा दिया युवती कालीदेखि ४० वर्षे कालीसम्म भइन्। चार महिनामा २५ वर्ष काट्नुउमेरको वृद्धिसँग हाउभाउ परिवर्तन गर्दै लैजानु र काठमाडौँको नेवार युवतीले पश्चिमी लबजमा बोल्नु कम्ता गाह्रो थिएन। पात्रसँग नजिकिन उनले त्यो गाउँमा अनेक थोक गरिन्। त्यहाँका महिलासँग सँगै हिँडिन्खाइन्बसिन् र अनुहारसमेत डढाएर कालै पारिन्। 'पात्रको हाउभाउ आएन भन्ने लाग्नेबित्तिकै पानी खाने निहँुले घरघर चहार्थें,' उनले स्मरण गरिन्। लामो कार्यशालाअभिनय गुरुसँगको अभिनय र पात्रमा ढाल्ने टि्रकले उनलाई काली हुन गाह्रो भएन। काली भएपछि गाह्रो भयो।  'सबैभन्दा गाह्रो?' उनले भनिन्, 'लभ गर्न।हल गोरुसँगै उकालो लागिरहेको श्रीमान्सँग भारी बोकेकै अवस्थामा आँखा जुधाउनुपर्ने दृश्य दिन गाह्रो परेछ उनलाई। 'पात्रमा डुब्दै श्रीमान्सँग आँखा जुधाउँ्क भनेको मैले त गुरु अनुप बराल पो देखेँलाज लाग्यो। आँखा जुधाउनै सकिनँ। कति बेला यो सिन सकिएला जस्तो भयो,' उनले भनिन्। 

भर्खर ब्याचलर लेभलको पढाइ सकेर फुर्सदलाई उपयोग गर्न काली दमिनी भएकी थिइन् उनी। त्योभन्दा अघि एउटा सिरियलमा काम गरेकी थिइन्, 'सुखदुःखका कथा।त्यो सिरियलले उनलाई यति दुःखी बनायो कि 'यो अभिनय भन्ने कुरा जिन्दगीमा गर्दिनँभनेर भागेकी थिइन्। तरकाली दमिनीले उनलाई छाडिन। डोटीमा पुग्दा त्यहाँका महिलाले आफ्नै दिदीबहिनी सम्झेर अँगालो हालेर रोए। उनलाई लाग्यो, 'अब अभिनयबाहेक केही गर्दिनँ।'

त्यो टेलिसिरियल सकिनेबित्तिकै फिल्म 'कागबेनी'मा तारा थकाली बन्ने अफर आयो। 'दलन'मा दलिएको अनुभव र एक्टर्स स्टुडियोमा अभिनय सिक्न थालिसकेकाले सहजै स्विकारिन्। मुस्ताङको मार्फामा गएर त्यहाँ ३० वर्षे युवती हेरिन्। तिनै युवतीभित्र आफूलाई समाहित गरिन्। 'रूपरङ र हाउभाउले थकाली युवती तारा त भएँ। नक्कली ताराले 'सक्कली जाडोधान्न सकिनँ। मकलमा अँगालो हालेर बस्ने गर्थें। आफ्नो पालो आएपछि मात्रै सेटमा जान्थेँ,' उनले भनिन्। फिल्ममा 'तारा'को भूमिकामा उनी चम्किइन्। 'कागबेनी'ले उनलाई चम्कायो। 'मलाई एउटै कुराको डर थियोकतै 'तारा'  र 'कालीमिले कि?'

 एक दिन ललितपुरकै सानेपामा एकजना दर्शकले साथीलाई देखाएर भनिदिए, 'ओई हेर तत्यो 'काली'जस्तै देखिने र 'तारा'जस्तै देखिने केटी त योङ रहिछ।उनी ढुक्क भइन्। 

केही समयअघि फेरि उनी समलिंगीको भूमिकामा देखिइन्। दिया नामकी समलिंगीमा पनि उनी दुरुस्तै भेटेपछि चर्चा चल्यो, 'दिया त समलिंगी नै हो जस्तो छ।पत्रकारले प्रश्नै गरे, 'स्वर पनि हस्की छनाम पनि दिया र अभिनय झन् दुरुस्त छ?' उनलाई स्पष्टीकरण दिँदै हैरान! 'भारतकी माधुरी र रेखाको पनि स्वर हस्की छ। म त्यो होइन कतिलाई भन्नु?'  उनलाई गर्व लाग्यो, 'जसले जेसुके भने पनि यहाँ पनि पास भइछु।

अहिले मान्छेले उनलाई शहरको मध्यमवर्गीय परिवारमा काम गर्ने केटी 'कमलादेखिरहेका छन्। फिल्म 'साँघुरो'मा त्यो भूमिकामा देखेपछि धेरैले उनलाई 'गजबको कामभनेका छन्। उनलाई नदेखेरै अरूले 'दिया त्यो पात्रमा कस्तो सुहाएकोभनेको पनि उनले लुकीलुकी सुनेकी छिन्। टोलकै एउटा दिदीको घरमा आउजाउ गर्नुले उनलाई कमला बन्न मद्दत गरेको हो। गाउँकी युवती शहरमा कसरी प्रस्तुत भइरहेकी छे भन्ने कुरा उनले त्यहाँ काम गर्नेबाटै जानिन्। 'फिल्ममा 'फिल्म हेर्न जाँदालगाएको कुर्ता पनि तिनै दिदीको हो,' उनले भनिन्, 'हाउभाउ मात्रै होइनलुगाको कलर छनोट पनि उनीबाटै सिकेकी हुँ।'

फरक स्वभावका पात्रमा समाहित भएकी दियालाई अब कस्तो पात्र भएर अभिनय गर्ने रहर छ त?

'फिल्मको सामान्य सूत्रअनुसार बन्ने फिल्ममा हिरोसँग हात जोडेर डाँडामा नाँच्ने रहर छ,' दियाले आफ्नो इच्छा प्रकट गरिन्। अभिनय विविधतामा प्रज्ज्वलित भइरहेकी दिया यस्ता फिल्ममा कस्ती देखिएलिन्?

Leave a comment

जे छ सरकारीमै छ!

जे छ सरकारीमै छ!

केही सय पदका लागि लाखसम्म आवेदन पर्छन्। लोक सेवा आयोगको परीक्षा दिनेहरूको लर्को अनन्त लामो हुन्छ। सरकारी जागिरमा आखिर के छ त्यस्तो? सुनिश्चित भविष्य, सामाजिक प्रतिष्ठा, प्रगतिको अवसर, आकर्षक सेवासुविधा...सरकारी...

'म त किस्मतवाली!'

'म त किस्मतवाली!'

'डान्स इन्डिया डान्स लिटिल मास्टर्स सिजन थ्री' की विजेता हुन्, तेरिया फौजा मगर। नेपालको एउटा सामान्य गाउँकी, सामान्य परिवारकी छोरी हुन् उनी। तर, एघार वर्षीया तेरियाले असाधारण काम गरिन्। 'डीआईडी'...

भित्री खेल : बेथितिको भुंग्रोमा खेलकुद

भित्री खेल : बेथितिको भुंग्रोमा खेलकुद

सरकारले निर्वाचित नेपाल क्रिकेट संघ पुनर्गठन गरेपछि नेपाली खेलकुदमा फेरि एकपटक विधिको शासन मिचिएको छ।

नक्कली 'मिस नेपाल'

नक्कली 'मिस नेपाल'

मिस नेपालमा भिड्ने उमेर अभिनेत्री शुभेच्छा थापाको होइन, उनकी छोरीको भएको छ। तर, १६ वर्षे छोरीकी आमा शुभेच्छा अचेल मिस नेपालमा भिडिरहेकी छिन्। उसो त आफूलाई मेन्टेन गरेकै कारण जवान...

'इम्पोर्टेड फ्रेन्ड'

'इम्पोर्टेड फ्रेन्ड'

बलिउड अभिनेता–अभिनेत्रीका नाम बेला–बेला अन्तर्राष्ट्रिय स्टारसँग जोडिइरहन्छ। बलिउड अभिनेत्रीहरू अन्तर्राष्ट्रिय अभिनेतालाई कहिले ब्वाइफ्रेन्डका रूपमा स्विकार्छन् त कहिले साथीका रूपमा मिडियासामु परिचित गराउँछिन्।

'बोल्नकै लागि जन्मेको म'

अच्युत घिमिरे मीठो बोल्छन्। भेट्नेहरूलाई मात्रै थाहा होला, आवाज मात्रै मीठो होइन, उनको स्वभाव पनि उस्तै मिलनसार छ। उनी व्यापक सुनिन्छन् तर हतपति भेटिँदैनन्। भीडमा, अपरिचित समूहका बीच आफूलाई चिनाउन...

सुरक्षा नीतिबारे अन्तर्राष्ट्रिय सम्मेलन : जनताले आफूलाई सुरक्षित ठानोस्

सुरक्षा नीतिबारे अन्तर्राष्ट्रिय सम्मेलन : जनताले आफूलाई सुरक्षित ठानोस्

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अनुभवी सुरक्षा विज्ञहरूबीच नेपालको भावी सुरक्षा नीतिबारे गत हप्ता ललितपुरमा बृहत् बहस भयो। देशको बदलिँदो सुरक्षा संवेदनशीलतामाथि गम्भीरतापूर्वक विमर्श नगरिएकोमा सहभागीहरूले चिन्ता व्यक्त गरे। राजनीतिक दबाब...

व्यङ्ग्य : सहमति

हामी नेपाली प्रायः मिल्न सक्दैनौँ। हामीलाई मिलाउन छिमेकीले हस्तक्षेप गर्नुपरेको उदाहरण अत्यधिक छन्। तर, केही यस्ता अवसर र आयोजन पनि छन्, जहाँ हामी निकै मित्रवत् र सहिष्णु देखिन्छौँ। विशेषगरी चियापान...