16 Jestha, 2072 |
Menu

शुक्रबार

नक्कली 'मिस नेपाल'

(1 Vote)
नक्कली 'मिस नेपाल'
मिस नेपालमा भिड्ने उमेर अभिनेत्री शुभेच्छा थापाको होइन, उनकी छोरीको भएको छ। तर, १६ वर्षे छोरीकी आमा शुभेच्छा अचेल मिस नेपालमा भिडिरहेकी छिन्। उसो त आफूलाई मेन्टेन गरेकै कारण जवान छोरीकी आमा भनेर पत्याउन पनि मुश्किल पर्छ। त्यसैमाथि 'नक्कली मिस नेपाल'मा भिड्ने भएपछि उमेरको हदबन्दी हुने कुरै भएन। आफैँले निर्माण गरेको फिल्म 'दी मिस नेपाल'मा मिस नेपाल बन्न शुभेच्छा कसिएकी हुन्।
तर, उनलाई नक्कली मिस नेपाल पनि बन्न नदिन मिस नेपालको सक्कली आयोजक हिडेन ट्रेजरले दबाब दिएको छ। फिल्मको कथालाई कुनै हालतमा नचुहाउने योजनासहित सुटिङ भइरहेको फिल्म 'दी मिस नेपाल'मा साँच्चीकैको मिस नेपाल बन्दा चुकाउनुपर्ने मूल्य समेटिन सक्ने डर भयो होला आयोजकलाई। नत्र किन डराउनु? उनले गर्न चाहेको र हुन चाहेको नक्कली मिस नेपाल हो क्यारे!
लाजले लाल–लाल

लाजले लाल–लाल

प्रियंका कार्की अहिलेकी व्यस्त अभिनेत्री हुन्। उनले अभिनय गरेको फिल्म 'झोले' अर्को साता रिलिज हुँदै छ। सोही फिल्ममा दयाहाङ राईसँग प्रेमगीतमा गरेको अभिनयले चर्चा पाइरहेको छ। भ्यालेन्टाइन्स डेको अवसरमा उनले...

पत्रकारको पहलमा स्कुललाई कम्प्युटर

पत्रकारको पहलमा स्कुललाई कम्प्युटर

पत्रकार मनोज घर्तीमगरको पहलमा रुकुमको बाफीकोट–५ स्थित बालविकास प्रस्तावित निम्न माध्यमिक विद्यालयले तीन थान कम्प्युटर र एक थान प्रिन्टर प्राप्त गरेको छ। 'भर्तीको फन्दा' किताबका लेखक घर्तीमगरले करिब १ लाख...

फुटबलका खाँटी प्रशंसक

फुटबलका खाँटी प्रशंसक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेटपछि फुटबल सबैभन्दा मन पर्ने खेल हो। बास्केटबलमा समेत राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिता खेलेका उनी स्कुले जीवनमा फुटबलका राम्रा खेलाडी थिए। 'म सायद...

श्रेयसी सम्मानित

श्रेयसी सम्मानित

'सुनेँ खबर जीवनसाथी असल पाको छौ रे' गीतकी गायिका श्रेयसी चेम्जोङ पाँचौँ विन्द्यवासिनी म्युजिक अवार्डमा उत्कृष्ट गायिका भइन्। अवार्ड जिताउन भोट दिएर सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै उनले धरानमा आयोजित सम्मान...

शव ल्याउन महाभारत

शव ल्याउन महाभारत

स्वदेशमा रोजगारी नपाएपछि विदेशिन बाध्य नेपाली कामदारको विदेशी भूमिमा मृत्यु हुँदा पनि शव नेपालसम्म आउन सकेको छैन।

फिट त रहनैपर्छ

फिट त रहनैपर्छ

नयाँ पुस्ताको जिब्रैमा झुन्डिएको शब्द हो– क्लब। क्लब भनेपछि बिहानपख हेल्थ क्लब बुझ्ने नयाँ पुस्ताले दिउँसो फुटबल क्लब त साँझमा डान्स क्लब बुझ्छ। सुगठिलो ज्यान बनाएर शारीरिक रूपमा फिट रहन...

'संगीतसँग खेलबाड भइरहेको छ'

'संगीतसँग खेलबाड भइरहेको छ'

कुनै बेला शम्भुजीत बाँस्कोटा कति ठूला स्टार थिए भने उनको संगीतबिना नेपाली फिल्म बनाउने कल्पनासम्म गरिँदैनथ्यो। तीन सयभन्दा बढी फिल्म र १८ सयभन्दा बढी गीतमा संगीत दिएका छन् उनले। आजका...

भूकम्प सचेतनाले बनाउँछ सुरक्षित

२०४५ साल भदौ ५ गते बिहान ५ बजे आसपासमा भएको ६.८ रेक्टर स्केलको भूकम्पबाट धरानका मात्र १ सय ३८ जनाको ज्यान गएको थियो भने २ हजार १ सय १७ घाइते...