Friday 16 Magh, 2071 |
Menu

दुई सिफ्टमा महानगर खोल्न ढिलाइ

काठमाडौं-काठमाडौं महानगरपालिकाले दुई सिफ्टमा कार्यालय खोल्ने भन्दै १५ दिनमा प्रतिवेदन निकाल्ने भने पनि महिना बितिसक्दा टुंगो लाग्न सकेको छैन। प्रतिवेदनपछि आवश्यक प्रक्रिया थाल्ने पुस ६ गते निर्णय गरे पनि यो ओझेलमा परेको छ।
Read more...

सरकारी अधिकारीले ढाँटे उमेर

काठमाडौं- सरकारका एक उच्च अधिकारीले विशेष अदालतमा गलत बयान दिएर गुमराहमा राखेको तथ्य फेला परेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक टीकाराम अधिकारीले बर्दिया राष्ट्रिय निकुञ्जको वार्डेन रहँदा विशेष अदालतमा दिएको एउटा बयानमा आफ्नो उमेर एक वर्ष घटाएको…
Read more...

घुस लिएको आरोपमा अख्तियारकै दुई अधिकृत पक्राउ

पोखरा-अरुले भ्रष्टाचार गरेको भए कारबाहीको दायरामा ल्याउने जिम्मेवारी बोकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कर्मचारी घुस लिएको आरोपमा पक्राउ परेका छन्। आयोगको पश्चिमाञ्चल कार्यालय पोखराका अधिकृत विनोद अमात्य र लेखाअधिकृत तोयानाथ शर्मा जिल्ला जनस्वास्थ्य पर्वतका कर्मचारीसँग २ लाख रुपैयाँ घुस मागेको…
Read more...

१६ सचिवका लागि ४२ जनाको नाम सिफारिस

काठमाडौं- लोकसेवा आयोगको सचिव बढुवा सिफारिस समितिले विभिन्न मन्त्रालय र निकायमा रिक्त १६ सचिवमा बढुवाका लागि ४२ सहसचिवको नाम सिफारिस गरेको छ। समितिको आइतबार बसेको बैठकले रिक्त १६ मध्ये वरिष्ठताका आधारमा ३ र बाँकी १३ पदका लागि तेब्बर अर्थात् ३९…
Read more...

सूचना आयोग प्रमुखमा बास्कोटा

काठमाडौं– सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा पूर्वसचिव कृष्णहरि बास्कोटा तथा आयुक्तमा पत्रकार यशोदा तिमल्सिना र किरण पोखरेलाई नियुक्त गरेको छ।
Read more...

सार्क खर्च ‘अस्वाभाविक'

काठमाडौं– मुख्य सचिव लीलामणि पौडेलले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन क्रममा केही सरकारी निकायले गरेका खर्च ‘अस्वभाविक' रहेको बताएका छन्। विभिन्न निकायले अर्थ मन्त्रालयलाई बुझाएको खर्च विवरण अपत्यारिलो रहेको उनले जनाए। ‘सार्कका बेला खर्च भएको भनी केही…
Read more...

१७ उपसचिव बढुवा

काठमाडौं– सरकारले १७ उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ। लोकसेवा आयोगको बढुवा समितिले ज्येष्ठताका आधारमा परराष्ट्रका १ र प्रशासनतर्फका १६ उपसचिव बढुवा गरेको हो।
Read more...

सचिवमा सिफारिस पुसभित्रै

काठमाडौं– विभिन्न मन्त्रालय र निकायमा रिक्त १६ सचिवमा बढुवाका लागि लोकसेवा आयोगको बढुवा समितिले पुसभित्रै सिफारिस गर्ने भएको छ।
Read more...

सरकारी सेवामा उमेर हद बढाउने प्रस्ताव अस्वीकार

काठामाडौँ- विभिन्न राजनीतिक दलका सांसदहरूले सरकारी जागिरको उमेर हद ५८ वर्षबाट बढाएर ६० पुर्या-उनुपर्ने लोकसेवा आयोगको प्रस्तावलाई अस्वीकार गर्दै त्यसलाई घटाउनुपर्ने सुझाव दिएका छन्।
Read more...

हेलो सरकारको फोन केटाकेटीको 'खेलौना'

काठमाडौं–सरकारले जनताको गुनासो सुन्न स्थापना गरेको हेलो सरकारमा जनताका गुनासा मात्र आउँदैनन्। कर्मचारीहरुलाई बालवालिकाले फोन गरेर समेत हैरान बनाउने गर्छन्। सरकारले जनताका गुनासा सुन्न २४ सै घण्टा संचालन गरेको हेलो सरकारमा सबैभन्दा बढी फोन केटाकेटीले गर्ने गरेका छन्। हेलो सरकारमा…
Read more...

बाह्र वर्षसम्म सचिवको टाउकोमा अध्यक्षको पगरी

जुम्ला-नेपाल सरकारका स्थानीय निकायमा काम गर्ने सचिवहरुले सरकारले १२ वर्षसम्म अध्यक्षको पगरी भिराएर सचिवलाई सुविधाभन्दा भार थपिरहेको दुखेसो गरेका छन्।
Read more...

अत्यावश्यक सेवा दिने कार्यालय मंगलबारदेखि १२ घन्टा चल्ने

काठमाडौं-अत्यावश्यक सेवा दिने सरकारी कार्यालय मंगलबार (पुस १) देखि १२ घन्टा सञ्चालन हुने भएका छन्। मन्त्रिपरिषद बैठकले महिनादिन अघि १२ घन्टा सेवा सञ्चालन गर्न गरेको निर्णय मंगलबारदेखि अत्यावश्यक सेवा दिने सरकारी कार्यालयमा लागु हुनेछ।
Read more...

३८ सहसचिवको सरुवा

काठमाडौं- सरकारले ३८ जना सहसचिवको सरुवा गरेको छ। दुईमन्त्रीको टकरावले गर्दा लामो समयदेखि सहसचिवको सरुवा हुन सकेको थिएन। अर्थमन्त्री रामशरण महत र प्रशासनमन्त्री लालबाबु पण्डितको टकरावले गर्दा सहसचिवको सरुवा रोकिएको थियो।
Read more...

फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका

काठमाडौं- सरकारले ७२ नगरपालिका घोषणा गरेको ८ महिना नबित्दै फेरि विभिन्न २ सय ५६ गाविस गाभेर ६१ नयाँ नगरपालिका र पुराना केही नगरपालिकामा आसपासका गाविस गाभेर ७ उपमहानगरपालिका गठन गरेको छ।
Read more...
Subscribe to this RSS feed