Tuesday 13 Magh, 2071 |
Menu

ब्लग

(0 votes)

माघी : उल्लास र बहस

थारुका पुर्खाहरूले माघीलाई एउटा पर्वको रूपमा मात्र मनाउँदै आएका थिए। त्यतिबेलासम्म उनीहरूले 'यो नै हाम्रो नयाँ वर्ष हो' भनेर बुझेका थिएनन्। तर, समुदायमा वर्षभरिको समीक्षा, बर्घर फेर्ने प्रचलन, छोराछोरीका लागि वरवधू खोज्ने प्रचलन रहँदै आएको थियो। यसैलाई आधार मानेर माघीलाई नयाँ वर्षको रूपमा मनाउन थालिएको छ। नयाँ वर्षमा रूपान्तरण भएसँगै माघीले पर्वबाट महोत्सवको स्वरूप धारण गरिसकेको छ।
विस्तृतमा पढ्नुस्
(0 votes)

क्रान्तिको क्रमभंगता

इतिहासका विभिन्न कालखण्डमा नेपाली कम्युनिस्ट आन्दोलन एउटा आकार बनाएर उचाइ लिँदा नलिँदै गुट फुट र बिभाजनको शिकार हुँदै आएको छ। २०५२ सालदेखि भएको जनयुद्धको सुरुवातदेखि नै चर्को अन्तर संघर्ष ब्यहोरेको तात्कालीन नेकपा माओवादी दस वर्षे जनयुद्ध १२ बुँदे विस्तृत शान्ति सम्झौता ०६२-६३ को जनआन्दोलन हुँदै संविधानसभामा आइपुग्दासम्म मणि मातृका टुक्रिँदै एमाओवादीसम्मको यात्रा गर्‍यो। 
विस्तृतमा पढ्नुस्
(0 votes)

४८ रुपैयाँ लिटरको पेट्रोल हाल्दा

हिजो सबेरै काममा जाँदैगर्दा देखेँ – सेभेन इलेभन स्टोरमा ग्यासको मूल्य घटेर एक डलर ७९ सेन्ट कायम भएछ। दुई डलर पनि तिर्नु नपर्ने एक ग्यालन ग्यासका लागि। हिजो एक डलर ९९ सेन्ट थियो। एकैपटकमा २० सेन्ट घटेछ ग्यालनमा। एक ग्यालनमा झन्डै चार (३.७८) लिटर हुन्छ। नेपालमा पेट्रोल भनिन्छ भने यहाँ त्यसैलाई ग्यास। यहाँको मूल्य अनुसार नेपाली मुद्रामा हिसाब गर्ने हो भने एक लिटर पेट्रोलको झन्डै ४८ रुपैयाँमात्र पर्न आउँछ।
विस्तृतमा पढ्नुस्
(0 votes)

खाडीको बगरमा जीवन चाल्दै

जति सजिलो छ स्त्री पुरुषको समागम हुन। जति सजिलो छ वीर्य स्खलन गरेर डिम्बसम्म पुर्‍याउन। जति सहज छ मर्द भएर बाउको बिल्ला भिर्न। कति असहज छ आमा बनेर गर्भमा खेलाउन। विष्टा, मूत्र, खकारमा गुडुल्किन। अझ गाह्रो छ जन्माउन, हुर्काउन। सहज होला छोरो भएर जन्मन। तर, त्यही छोरोलाई गाह्रो छ एउटा परदेशी भएर बाँच्न।
विस्तृतमा पढ्नुस्
(0 votes)

धर्म निरपेक्षता र वैदेशिक हस्तक्षेप

आज चिया पसलदेखि ठूला सञ्चारमाध्यम, सामाजिक सञ्जाल सबैतिर संविधान निर्माणका विषयमा बहस भइरहेको छ। माघ ८ मै संविधान बन्ने र नबन्ने अन्यौलताका बीच विभिन्न जाति, धर्म, सम्प्रदाय र संघ संगठनका आ-आफ्नै माग छन्। अहिले विभिन्न सबालमा भइरहेका छलफल र बहसमध्ये धर्मनिरपेक्षता र धर्मसापेक्षताको बहस चरम उत्कर्समा छ। धार्मिक स्वतन्त्रता चाहाने मजस्तै थुप्रै मनहरु आज हिन्दूराज्यको मागसहित आन्दोलनरत छन्।
विस्तृतमा पढ्नुस्
(0 votes)

संविधानमा बाजी

'कोही बाजी राख्छ माघ ८ मा संविधान बन्दैन।'
बबरमहलस्थित एक सरकारी कार्यालयको क्यान्टिनमा चियाको चुस्की लिँदै एक अधवैंशेले भने। निलो ज्याकेट लगाएका उनी पारिलो घाम तापिरहेका थिए। सँगै रहेका एक अधवैंशे महिला र पुरुष उनका कुरा ध्यान दिएर सुनिरहेका थिए।
विस्तृतमा पढ्नुस्
(0 votes)

गुम्यो बागलुङको भरोसा

दुर्घटनापछि बागलुङका विभिन्न गाउँमा स्वास्थ्यलाभको कामना गर्दै पूजा हुँदै थियो। बागलुङ बजारमा दीप प्रज्ज्वलन गरेर शुभचिन्तकहरु प्रार्थना गरिरहेका थिए। दीप चम्किलो हुँदै जब निभ्यो करिब करिब सोही समयमा बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका बागलुङका सभासद हरि खड्काको निधनको घोषणा भयो।


विस्तृतमा पढ्नुस्
(0 votes)

खै सडकपेटी?

आज अन्तर्राष्ट्रिय अपांग दिवस मनाइँदैछ। नेपालमा पनि सन् १९९३ बाट यो दिवस मनाउन थालिएको हो। अपांगता भएका व्यक्तिहरूले दिनहुँ सामना गर्नुपर्ने समस्याप्रति ध्यानाकर्षण गर्ने यसको मूल उद्देश्य हो।
विस्तृतमा पढ्नुस्
(0 votes)

पल्पसा क्याफे र नारायणको कोट

नारायण वाग्ले साधारणत: कोट लगाउँदैनन् तर लगाउँदा गज्जब ह्यान्डसम् देखिन्छन्। म त्यस्तै सोच्थें र त्यो सही पनि हो। तर नारायणलाई कोटले सधैँ साथ दिँदैन वा ऊ चाहँदैन कोटको सहयोगले व्यक्तित्व बढाउन। उसलाई सायद लुगाले थप्ने व्यक्तित्वसँग चिढ छ। ऊ आफैँमा एक पूर्ण व्यक्तित्व छ, किन चाहियो लुगाको लेपन? तथापि कहिलेकाहीँ ऊ लुगाको लेप लगाउने उपक्रम गर्दछ। यस्तै उपक्रम गर्‍यो नारायणले उसको अत्यन्त चर्चित र अत्यन्त पढिएको पुस्तक ‘पल्पसा क्याफे’को फ्रान्सेली अनुवादको लोकार्पण समारोहमा (नोभेम्बर २८, २०१४)।
विस्तृतमा पढ्नुस्
(0 votes)

'प्लेनको ढोका लाग्दैन'

‘सबैको मोबाइल अफ गर्नुस्। एकजनाको मात्र पनि मोबाइल अन भयो भने प्लेनको ढोका लाग्दैन र तपाईंहरु यही दोहामै बस्नुपर्छ, घर जान पाउनुहुन्न,’ राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमान कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उड्ने तरखरमा रहँदा विमान परिचालिकाले सुरक्षा जानकारी दिने क्रममा भन्दै थिइन्। खासमा उनी खाडीको प्रचण्ड गर्मीमा जीवन धराममा पारेर कमाएको थोरै पैसा र धेरै सुन्दर सपना बोकेर बैदेशिक रोजगारीबाट घर फर्किन लागेका नेपाली दाजुभाईलाई तर्साउँदै थिइन्।
विस्तृतमा पढ्नुस्
(0 votes)

काठमाडौंको गुफाबाट दोलखा पुग्दा!

काठमाण्डूको होटलमा गुफा बस्या छु। मान्छेलाई प्रत्यक्ष नभेटी, स्थलगत अवलोधन नगरी र परम्परागत सञ्चार सम्पर्क नगरी दोलखालाई कसरी 'एक्सेस' गर्ने? मिडिया गुफामा बोल्न निषेध तर इन्टरनेट मजाले चलाउन पाइने। गुल्मीलाई आधार बनाएर पत्रकारिता गरिरहेको मेरा लागि गुफा निकै रोचक अनि फरक अनुभवको रह्यो। समाचारका सबै मान्यताहरु पूरा गर्नु पर्ने तर स्रोतसँगको प्रत्यक्ष भेटघाट, स्थलगत अवलोकन, टेलिफोन सम्पर्क जस्ता परम्परागत माध्यमहरु छुनै नपाइने। इन्टरनेटको भरमा स्टोरी तयार पार्नुपर्ने।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed