Thursday 11 Mangshir, 2071 |
Menu

एक महिनादेखि साउदीमा रहेको शव ल्याउन सहयोगको याचना

  • मङ्गलबार १० बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
Ad MyNepal Nagarik
(0 votes)
खोटाङ - साउदीअरबमा ज्यान गुमाएका एक व्यक्तिको परिवारले शव फिर्ता ल्याउन सहयोगका लागि याचना गरेका छन्। महिना दिनअघि साउदीअरबमा सुतेकै ठाउँमा मृत्यु भएका खोटाङको अर्खौले-१ का नरबहादुर पुरीको परिवारले शव नेपाल फिर्ता ल्याउन याचना गरेका हुन्।
परिवारले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट प्राप्त हुने रकम मिलाइदिन पनि निवेदन दिएका छन्। मृतकका दाइ लोकबहादुर पुरीले दिक्तेलस्थित सुरक्षित आप्रवासन सूचना केन्द्रसमक्ष साउदीमा अलपत्र बनेको शव फर्काउन आवश्यक सहयोग र प्रबन्ध मिलाइदिन आग्रह गर्दै निवेदन दिएका छन्। शव नेपाल फिर्ता ल्याउन तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट प्राप्त हुने रकम मिलाइदिन सूचना केन्द्रसमक्ष गुहार मागेको मृतकका दाजु लोकबहादुरले बताए। प्राप्त निवेदनको आधारमा पुरीको शव नेपाल ल्याउने पहल थालिएको सूचना केन्द्रका संयोजक भक्त राईले जानकारी दिए। रोजगारीका सिलसिलामा एक वर्षअघि साउदीअरब पुग्नुभएका पुरीको गत फागुन २६ गते मृत्यु भएको बताइन्छ। पुरीको शव एक महिनादेखि साउदीमै राखिएको आफन्तजनले बताएका छन्। रासस