Wednesday 20 Falgun, 2071 |
Menu

अर्थ

HUB

विश्व बैंकद्वारा करिब रु छ अर्बको सहयोग

  • मङ्गलबार १७ बैशाख, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(1 Vote)
विश्व बैंकद्वारा करिब रु छ अर्बको सहयोग
काठमाडौं - विश्व बैंकले जलवायु परिवर्तन र खाद्य सुरक्षासम्बन्धी दुईवटा परियोजना कार्यान्वयन गर्न सरकारलाई रु. छ अर्ब ६९ करोड ६० लाख उपलव्ध गराउने भएको छ। जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम कम गर्न उक्त बैंकले रु. दुई अर्ब ६७ करोड ८० लाख र नेपाल कृषि तथा खाद्य सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि रु चार अर्ब १८ करोड प्रदान गर्ने सहमति जनाएको हो।
जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमका लागि प्रदान गरिने उक्त रकममध्ये रु १ अर्ब २९ करोड ९१ लाख ५० हजार ऋण सहायता हो भने बाँकी रकम अनुदान हो। आगामी पाँच वर्षभित्र कार्यक्रम कार्यान्वयन गरिसक्ने योजना रहेको छ। 
ऋण तथा अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा यहाँस्थित विश्व बैंकका प्रबन्धक ताहसिन सैयद र अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले हस्ताक्षर गरे। 
जलवायु परिवर्तनका कारण सृजना हुने समस्याको जोखिममा रहेका समुदायलाई मौसम तथा बाढीसम्बन्धी भविष्यवाणी तथा चेतावनी दिने जल तथा मौसम विज्ञान विभागलगायत सरकारी निकायको क्षमता अभिवृद्धि, कृषि व्यवस्थापन सूचना प्रणालीको विकासमा खर्च गरिनेछ। 
कृषि तथा खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत सुदूर तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रका १९ जिल्लाका पहाडी भेगमा कृषि र पशु उत्पादकत्व वृद्धिका साथै गर्भवती एवम् दुई वर्षमुनिका शिशुको पोषण अवस्थामा सुधार ल्याउन प्रयोग गरिनेछ। 
सो अवसरमा प्रबन्धक सैयदले नेपालको सामाजिक–आर्थिक विकासका लागि बैंकले सक्दो सहयोग गर्दै आएको तथा त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी पाँच वर्षका निम्ति प्रदान गरिएको सहयोग रकमबाट लक्ष्यित उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे।
सचिव सुवेदीले जलवायु परिवर्तनसम्बन्धी परियोजनाका निम्ति आर्थिक सहयोग पाउने नौ वटा मुलुकमध्येको नेपाल पनि भएको जानकारी दिँदै वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयले जलवायु परिवर्तनका जोखिम घटाउन संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिए।
निगमका बोइङ हङकङ जान नपाउने

निगमका बोइङ हङकङ जान नपाउने

काठमाडौं- करिब तीन दशकदेखि अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेका नेपाल वायुसेवा निगमका दुईवटा 'बोइङ ७५७' जहाज हङकङ जान नपाउने भएका छन्। हङकङले दुवै जहाजलाई अबको एक महिनासम्म मात्र उडान गर्न पाउने...

सामसङ ग्यालेक्सी एस ६ र एस ६ सार्वजनिक, कस्ता छन् फिचर?

सामसङ ग्यालेक्सी एस ६ र एस ६ सार्वजनिक, कस्ता छन् फिचर?

बार्सिलोना- सामसङले ग्यालेक्सी एस ६ र ग्यालेक्सी एस ६ एज सार्वजनिक गरेको छ। आइतबारदेखि स्पेनको बार्सिलोनामा सुरु भएको मोबाइल वर्ल्ड कङ्ग्रेसमा सामसङले यी दुई स्मार्टफोन सार्वजनिक गरेको हो। सामसङले यी...

ठूला देशबाट बढी हुन्डी

काठमाडौं- विकसित देशमा रहेका नेपालीले स्वदेशमा रकम पठाउन रेमिटेन्सभन्दा हुन्डी रोज्ने गरेका छन्। वाणिज्य बैंक र रेमिटेन्स कम्पनीले त्यहाँ उपस्थिति जनाउन नसक्दा हुन्डीमार्फत रकम आइरहेको विज्ञ बताउँछन्।

फाइभ जी इन्टरनेटबाट १ सेकेन्डमा ३० फिल्म डाउनलोड गर्न सकिने

फाइभ जी इन्टरनेटबाट १ सेकेन्डमा ३० फिल्म डाउनलोड गर्न सकिने

लन्डन—तपाइँ इन्टरनेटबाट डाउनलोड गरेर फिल्म हेर्न सौखिन हुनुहुन्छ भने खुशीको खबर छ। वैज्ञानिकहरुले फोर जी भन्दा ६५ हजार गुणा तीव्र गतिको इन्टरनेट प्रविधि फाइभ जी विकास गरेका छन्। फाइभ जीमा...

भारतले आधारभूत संरचनामा लगानी गर्ने, के-के छन् बजेटका मुख्य घोषणा?

भारतले आधारभूत संरचनामा लगानी गर्ने, के-के छन् बजेटका मुख्य घोषणा?

नयाँ दिल्ली– भारतका अर्थमन्त्री अरुण जेटलीले नयाँ दक्षिणपन्थी सरकारको पहिलो पूर्ण बजेट सार्वजनिक गर्दै आधारभूत संरचनाका परियोजनामा बढी लगानी गर्ने र देशको अर्थतन्त्रले उडान गर्ने समय आएको बताएका छन्। समाचार...

माथिल्लो कर्णाली ड्यामसाइटमा तनाब

माथिल्लो कर्णाली ड्यामसाइटमा तनाब

दैलेख-माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणस्थलमा आयोजनाविरोधी दलका कार्यकर्ता र स्थानीयबीच तनाब भएको छ। भारतीय निर्माण कम्पनी जिएमआर र सरकारबीच भएको आयोजना विकास सम्झौता (पिडिए) बारे प्रभावित क्षेत्रमा लगानी बोर्डले बिहीबार...

तीन महिनापछि विमानस्थलमा नयाँ राडार

तीन महिनापछि विमानस्थलमा नयाँ राडार

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले उडान–अवतरण गर्ने सम्पूर्ण जहाजलाई आफ्नो सञ्जाल (नेटवर्क) भित्र समेट्न जडान गरिरहेको नयाँ राडार तीन महिनापछि सञ्चालनमा आउने भएको छ। नयाँ राडार जडानपछि उडान सुरक्षा थप प्रभावकारी हुने...

सिएको उपस्थितिबिना ६ खर्बभन्दा बढी खर्च भइरहेको छ

सिएको उपस्थितिबिना ६ खर्बभन्दा बढी खर्च भइरहेको छ

पहिलो नेपाली चार्टर्ड एकाउन्टेन्ट भएको करिब ५० वर्ष भएको छ। हालसम्म करिब एक हजारको संख्यामा नेपाली चार्टर्ड एकाउन्टेन्ट भइसकेका छन्। १५ वर्ष पहिलेसम्म पनि विदेशमा गएर यो कोर्स अध्ययन गर्नुपर्ने...