Thursday 11 Baishak, 2071 |
Menu

अर्थ

'आउँदो वर्ष नै १० प्रतिशत लाभांश दिने क्षमता बैंकसँग छ'

(0 votes)
प्युठान जिल्लाको झिमरुक विकास बैंकले वैशाख २७ गतेबाट १ लाख ६० हजार कित्ता साधारण सेयर निस्कासन गर्दैछ। एक जिल्ला कार्यक्षेत्र भएको बैंकको सेयर निस्कासनपछि चुक्ता पुँजी ४ करोड रुपैयाँ पुग्ने छ। सुन धितोदेखि व्यवसायिक क्षेत्रसम्म कर्जा लगानी गरेको बैंकले नियमन निकायबाट स्वीकृति पाए आउँदो वर्ष नै १० प्रतिशत नगद लाभांश बाँड्ने योजना बनाएको छ।

तीन वटा शाखा र एउटा एक्सटेन्सन काउन्टर रहेको बैंकको सेयर, आगामी योजनालगायतका बारेमा नागरिकले प्रमुख कार्यकारी अधिकृत मदनवहादुर केसीसँग गरिएको कुराकानी : 

लगानीकर्ताले झिमरुकको साधारण सेयरमा किन लगानी गर्ने?
हामीले तीन वर्षदेखि प्युठानका दुर्गम स्थानमा दुःख गरेर कारोबार अगाडि बढाएका छौं। अन्य बैंक नभएर बैंकिङ पहुँचबाट बाहिर रहेकाहरुले हाम्रो उपस्थितिबाट सेवा पाएका छन्। प्युठानमा निजी क्षेत्रको पहिलो बैंक भएर उभिँदा हामीले जनतालाई बैंकसम्म ल्याउन धेरै मिहिनेत गरेका छौं। यही कारण अहिले हाम्रो वित्तीय अवस्था सबल छ। गत चैतमा हामीले ७६ लाख नाफा गरेका छौं। आउँदो असार मसान्तसम्म १ करोड नाफा पुग्छ। यो हिसाबले आउँदो वर्ष हामी अकर्षक लगानी दिन सक्ने अवस्थामा पुग्ने भएकाले हाम्रो सेयरमा लगानीकर्ताले पैसा हाल्दा राम्रो लाभ उठाउन सक्छन्।

अहिले कतिपय वित्तीय संस्थाको सेयर नै सय रुपैयाँभन्दा कममा पाइरहेका बेला, झिमरुकमा किन बढी पैसा हाल्ने?
सेयर भनेको दीर्घकालिन लगानी पनि हो। दोस्रो बजारमा किनबेच गरेर पनि यसबाट लाभ उठाउन सकिन्छ। हाम्रो कारोबारको वृद्धि राम्रो भएकाले आगामी दिनमा लाभांश पनि राम्रो नै हुन्छ। नियमन निकायले स्वीकृति प्रदान गरेमा आउँदो वर्ष नै हामी १० प्रतिशत नगद लाभांश दिन्छौं। अहिले हाम्रो तीन वटा शाखा र एउटा एक्सटेन्सन काउन्टर छ। सञ्जाल बढाएर कारोबार विस्तार गर्दैछौं। अहिले हामीसँग ३० करोड निक्षेप छ। हामीजस्तै प्रकृति भएका अन्य बैंकको भन्दा यो ठूलो निक्षेप हो। कर्जा विस्तार पनि २५ करोड गरिसकेका छौं। हाम्रो खराव कर्जा ०.०२५ प्रतिशत मात्र छ। सानो सानो लगानी गर्ने भएकाले हाम्रोमा जोखिम पनि कम छ। त्यही भएर यसमा हालेको पैसा खेर जाँदैन। राम्रो लाभ हुन्छ।

लगानी सुरक्षाको पनि कुरा आउँछ। कतिको ढुक्क हुन सकिन्छ?
हामीसँग ५५ जना संस्थापक सेयरधनी छन्। जुन व्यवसायिक क्षेत्रका साथै प्रशासक, चिकित्सकलगायत हुन्। उनीहरुको प्रतिष्ठाका कारण पनि लगानी सुरक्षित मान्न सकिन्छ। यसबाहेक हामीले सानो सानो लगानी गर्ने भएकाले ऋण डुबिहाले पनि समस्या हुन्न। तर अहिलेसम्म हाम्रो ऋण राम्रो अवस्थामा छ। ऋण दिँदा धितो पनि बलियो लिएका छौं। सञ्चालन जोखिममा केही समस्या हुन्छ कि भनेर यसमा विशेष सचेतना अपनाएका छौं। ठूलो भनिएको ऋण ५ देखि १५ लाखको बीचमा छ। २ लाखभन्दा माथिका कर्जा धेरै कम छ। चौतर्फी रुपमा हेर्दा लगानीका लागि झिमरुकलाई सुरक्षित मान्न सकिन्छ। 

कस्तो खालको ऋण लगानी गरिरहनु भएको छ?
हामीले हायर पर्चेज, व्यवसायिक, साना तथा मझौला, कृषि, कुखरा पालन, वैदेशिक रोजगारलागायत क्षेत्रमा लगानी गरिरहेका छौं। यातायातका साधनका साथै सुन धितो कर्जा पनि दिइरहेका छौं। यहाँ सुन कर्जाको माग बढि भएकाले त्यो कर्जा दिन्छौं। गाउँमा २४ देखि ३६ प्रतिशतसम्म चल्ने सुन धितो कर्जा हामीले निकै सस्तोमा दिइरहेका छौं सुन कर्जा हामी कागजात पुगेको १५ मिनेटभित्र नै दिन्छौं। यो कर्जा हाम्रो कुल लगानीको २० प्रतिशत जति छ। वैदेशिक रोजगार कर्जा आवश्यक प्रक्रिया पुरा गरेर डेढ लाख रुपैयाँसम्म दिइरहेका छौं।

बैंकलाई दीगो रुपमा अगाडि बढाउने कस्ता योजनाहरु छन्?
अब हामीलाई एउटा जिल्लाको निक्षेपबाट मात्र कारोबार अगाडि बढाउन कठिन हुन थालेको छ। अहिले एउटा वाणिज्य बैंक, एक राष्ट्रियस्तरको विकास बैंक र हामीसहित अर्को एउटा एक जिल्ले विकास बैंक यहाँ छ। त्यही भएर हामीले कार्यक्षेत्र विस्तार गर्नु पर्ने भएको छ। कारोबार विस्तारका लागि हामीसँग दुई वटा विकल्पहरु छन्। कि कार्य क्षेत्र विस्तार गर्ने नभए अर्को बलियो र सञ्जाल भएको संस्थासँग मर्ज हुने। हामीले दुवै विकल्पका लागि साधारणसभाबाट स्वीकृति लिइसकेका छौं। चाँडै यो प्रक्रिया अगाडि बढ्छ। हामीसँग लगानी गर्ने पूर्वाधार तयार भइसकेकाले पनि क्षेत्र विस्तार गर्नु पर्ने आवश्यकता छ।

बाख्रापालनमा २३ लाख लगानी

बाख्रापालनमा २३ लाख लगानी

लमजुङ-सूर्यपाल गाविसका एक युवाले २३ लाख रुपैयाँ लगानीमा सुरु गरेको बाख्रापालन व्यवसाय सुरु गरेका छन्। सात वर्ष इजरायल बसे फर्केका सूर्यपाल–९ साहुडिहीका राजेन्द्र श्रेष्ठ यो व्यवसायबाट ‘सन्तोषजनक' आम्दानी लिन थालेको...

अर्को वर्षबाट धान र भटमास मिसन कार्यक्रम

अर्को वर्षबाट धान र भटमास मिसन कार्यक्रम

काठमाडौं-सरकारले आगामी आर्थिक वर्षबाट धान र भटमास मिसन कार्यक्रम सञ्चालन गर्ने भएको छ। यी वस्तुको आयात प्रतिस्थापनको उद्देश्यले कृषि विकास मन्त्रालयले आगामी आर्थिक वर्ष उक्त कार्यक्रम सुरु गर्ने योजना बनाएको...

फर्किन थाले आरोही

फर्किन थाले आरोही

सोलुखुम्बु- विश्वकै सर्वोच्च शिखर सगरमाथामा शुक्रबार बिहान अकस्मात आएको हिमपहिरोमा परी १३ जनाको मृत्यु भएपछि आधारशिविरभन्दा माथि गएका आरोहण दल फर्कन थालेका छन्। हिमपहिरोमा परी शिविर १ मा आरोहीका लागि...

उपभोक्ता ठगीमा सरकारको लाचारी

उपभोक्ता ठगीमा सरकारको लाचारी

काठमाडौं-ब्रान्डेड भन्दै नक्कली सामान खुलेआम बिक्री भइरहे पनि सरकारी निकाय मौन छन्। अनुगमन गर्ने निकायले नक्कली नियन्त्रणमा सक्रियता नदेखाउँदा उपभोक्ताले महँगो मूल्य तिरेर स्वास्थ्यमा प्रतिकुल असर गर्ने सामान किनिरहेका छन्।

घरेलु उद्योगमा महिला उत्साहित

घरेलु उद्योगमा महिला उत्साहित

काठमाडौं-पाँचथर ओयनकी उमाकुमारी गुरुङ काठमाडौं भृकुटीमण्डपमा चलिरहेको राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा व्यस्त छिन्। उनले आफ्नो स्टलमा राडीपाखी, कार्पेट, झोलालगायत ऊनबाट बनेका वस्तु राखेकी छन्।

विमानस्थलमा बत्ति गएपछि

विमानस्थलमा बत्ति गएपछि

काठमाडौं-युनाइटेड अरब इमिरेट्स (युएई) को सारजहाँबाट आएको एयर अरेबियाको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तयारीमा थियो। ९६ यात्रु बोकेको जहाजलाई चालकदलले अवतरण गराउनै लागेका थिए।

चिनियाँ जहाजले अनुमति पाएन

चिनियाँ जहाजले अनुमति पाएन

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट नयाँ जहाज ल्याउन १० दिनमात्र बाँकी भए पनि त्यस्तो जहाजलाई नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले भने हालसम्म अनुमति दिएको छैन।

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

DMC Firewall is a Joomla Security extension!