Friday 18 Ashad, 2072 |
Menu

अर्थ

ist-cc

नेपाली तयारी पोसाकलाई भारतमा अतिरिक्त कर

  • मङ्गलबार १७ बैशाख, २०७०
  • विज्ञान अधिकारी
  • DISQUS_COMMENTS
(0 votes)
नेपाली तयारी पोसाकलाई भारतमा अतिरिक्त कर
काठमाडौं -भारत सरकारले नेपाली तयारी पोसाकमा अतिरिक्त कर (काउन्टर भेलिङ ड्युटी) लगाउन थालेको छ। भारतले १५ दिनअघिबाट यस्तो कर लगाउन थालेको हो। अतिरिक्त कर लगाएपछि नेपाल तयारी पोसाकको निकासी अवरुद्ध भएको छ। केही समययता देखि भारतमा नेपाली तयारी पोसाकको निकासी बढेको थियो। 

'भारतले फेरि तयारी पोसाकमा अतिरिक्त कर लगाएको छ। यो कर लागेपछि वैधानिक रुपमा तयारी पोसाक निकासी अवरुद्ध भएको छ,' नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष उदयराज पाण्डेले सोमबार नागरिकसँग भने, 'अतिरिक्त कर लगाइरहे नेपाली तयारी पोसाकले भारतीय बजारमा प्रतिस्पर्धा गर्न सक्दैन।' उनका अनुसार भारतले ब्रान्डेड तयारी पोसाकमा १२ प्रतिशत अतिरिक्त कर लगाएको छ।
'यो कर लगाएपछि नेपालबाट निकासी हुने वस्तु अरु मुलुकको तुलनामा १२ प्रतिशत महँगो भयो,' उनले भने।
भारतमा अतिरिक्त कर लाग्न थालेकोबारे संघले वाणिज्यमन्त्री शंकरप्रसाद कोइरालालाई जानकारी गराउँदै तत्काल हटाउने पहल गर्न आग्रह गरेको छ। योबाहेक संघले भारतीय दूतावासलाई समेत प्रमाणसहित ज्ञापनपत्र पेस गर्दै अतिरिक्त कर हटाउन आग्रह गरेको छ।
स्रोतका अनुसार भन्सारमै कर लिने भएकाले भारतको केन्द्र सरकारले नै अतिरिक्त कर लगाएको हो। भारतले बंगलादेशलाई कुनै कर लगाउँदैन। नेपालीलाई अतिरिक्त कर लगाएपछि भारतमा बंगलादेशको तयारी पोसाक सस्तो भएको छ। श्रम, कच्चा पदार्थ, ढुवानी भाडा लगायतले बंगलादेशका उत्पादन नेपालको भन्दा सस्तो पर्छ। कर नलाग्दा पनि बंगलादेशभन्दा नेपालको तयारी पोसाक १५ प्रतिशत महँगो पर्छ।
भारतमै उत्पादन भएको तयारी पोसाक पनि सस्तो भएको छ। कोटा खारेजीपछि अमेरिकातर्फ तयारी पोसाकको निकासी घटेपछि उद्योगी भारततिर केन्द्रित भएका छन्। पछिल्लो केही वर्ष भारततर्फ तयारी पोसाकको निकासी बढेपछि भारतीय सरकारले विभिन्न कर लगाएर उद्योगीलाई निरुत्साहित गर्दै आएको छ। अध्यक्ष पाण्डेले भारतले तयारी पोसाकमा अतिरिक्त कर लगाउनै नमिल्ने बताउँछन्।
'भारतले अतिरिक्त कर लगाउन मिल्दैन। यो सरासर नेपाली उद्योगीलाई निरुत्साहित बनाउन खोजिएको हो,' उनले भने। अतिरिक्त कर लगाएपछि वैधानिक रुपमा भारत तयारी पोसाक निकासी रोकिने र अवैध रुपमा निकासी बढ्ने उनको अनुमान छ।
'१२ प्रतिशत अतिरिक्त कर तिरेर निकासी भएको तयारी पोसाकले प्रतिस्पर्धा गर्न नसक्ने भएपछि अवैध निकासीले प्रश्रय पाउँछ,' उनले भने, 'दुई प्रतिशत रकम भन्सारका अधिकारीलाई दिएर तयारी पोसाक निकासी हुने प्रवृत्ति बढ्छ।' अहिले पनि भारतका सीमा जोडिएका ठाउँमा १५/२० वटा मेसिन राखेर तयारी पोसाक सिलाउने साना उद्योग धेरै छन्। झापा, बिर्तामोड, काँकरभिट्टा लगायत क्षेत्रमा ती उद्योग खुल्ने क्रम बढेको छ।
भारत सरकारको यस्तै रबैया रहे साना उद्योग खुल्ने क्रम बढ्ने तयारी पोसाक उद्योगीको अनुमान छ। पाण्डेले तयारी पोसाक लगायत समस्या सुल्झाउन नेपाल–भारत अन्तरसरकारी बैठक तत्काल डाक्नुपर्ने प्रस्ताव राखेका छन्। नेपाल–भारतबीचको व्यापारमा देखिएका कठिनाइ हटाउन यो बैठक डाक्नुपर्ने उनले बताए।

तयारी पोसाकलाई उपेक्षा
सरकारले तयार पारेको निकासी अनुदानसम्बन्धी नयाँ कार्यविधिमा तयारी पोसाकलाई उपेक्षा गरिएको छ। नयाँ कार्यविधिअनुसार तयारी पोसाकलाई एक प्रतिशतमात्रै नगद अनुदानको व्यवस्था गरिएको छ। तयारी पोसाकमा तीस प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि हुने भएकाले एक प्रतिशतमात्रै नगद अनुदान दिने व्यवस्थाप्रति नेपाल तयारी पोसाक उद्योग संघले असन्तुष्टि जनाएको छ।
संघका अध्यक्ष पाण्डेले आइतबार वाणिज्यमन्त्री शंकर कोइरालालाई भेटी ६० प्रतिशतसम्म मूल्य अभिवृद्धि हुने तयारी पोसाकलाई एक प्रतिशतमात्रै नगद अनुदानको व्यवस्था गरेर उपेक्षित गरेको गुनासो गरेका थिए। स्रोतका अनुसार अघिल्लो कार्यविधिमा भएको कमी कमजोरीबारे संघका अध्यक्ष पाण्डेले आलोचना गरेका थिए।
पहिलाको नगद अनुदानको कार्यविधिबाट दाल र अन्य उद्योगले मात्रै पाएपछि उनले खारेजीको माग गरेका थिए। उनले सुरु गरेको अभियानका कारण कार्यविधि संशोधन गरिएको थियो। मन्त्री कोइरालाले तयारी पोसाकलाई एक प्रतिशतमा राख्नु गलत भएको स्वीकार्दै साउनमा हुने संशोधनमा दुई प्रतिशतमा राख्ने प्रतिबद्धता गरेका छन्।
पदमार्गको अवस्था बुझ्दै विदेशी विज्ञ

पदमार्गको अवस्था बुझ्दै विदेशी विज्ञ

पोखरा- भूकम्पपछि अन्नपूर्ण पदमार्ग क्षेत्र सुरक्षित रहे, नरहेको बुझ्न विज्ञसहितको टोलीले अध्ययन थालेको छ। टोलीले अन्नपूर्ण क्षेत्रका विभिन्न भागमा पुगेर अध्ययन गरिरहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संयोजनमा टोलीले...

खेत बाँझै छाडेर धान दिवस

खेत बाँझै छाडेर धान दिवस

काठमाडौं- असार १५ को अवसरमा देशभर औपचारिक कार्यक्रम गरेर धान दिवस मनाइए पनि पानी अभावमा निकै कम मात्र रोपाइँ भएका समाचार प्राप्त भएका छन्। धान दिवसमा काठमाडौंका पर्यटन व्यवसायीले कागेश्वरी...

एसियाली पूर्वाधार बैंकमा नेपालको ८ अर्ब

एसियाली पूर्वाधार बैंकमा नेपालको ८ अर्ब

हङकङ-भूकम्पपछि पुनर्निर्माणमा लगानीको नयाँ स्रोत हुने ठानिएको एसियाली पूर्वाधार लगानी बैंकको सम्झौता पत्रमा नेपालले हस्ताक्षर गरेको छ। सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अप पिपलमा आयोजित समारोहमा अर्थमन्त्री रामशरण महतले नेपाल...

अग्निका जहाज लिलामीमा शून्य प्रस्ताव

अग्निका जहाज लिलामीमा शून्य प्रस्ताव

काठमाडौं- तीनवटा बैंक तथा वित्तीय संस्थाले आफ्नो ऋण उठाउन अग्नि एयरका पाँच थान जहाज लिलाम गर्न गरेको प्रयास असफल भएको छ। तोकिएको मितिभित्र गोप्य शिलबन्दी बोलपत्र प्रक्रियामार्फत जहाज लिलाम गर्ने...

५७ अर्ब डलरमा ४२१ थान जहाज अर्डर

५७ अर्ब डलरमा ४२१ थान जहाज अर्डर

पेरिस-युरोपेली जहाज निर्माता कम्पनी एयरबसले एकैपटक ५७ अर्ब अमेरिकी डलर (५७ खर्ब रुपैयाँ) बराबरको जहाज खरिद अर्डर प्राप्त गरेको छ। यति परिमाणको रकमबाट एयरबसले ४ सय २१ थान जहाज निर्माण...

भृकुटीमण्डपमा आँप मेला सुरु

भृकुटीमण्डपमा आँप मेला सुरु

काठमाडौं– राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि आँप मेला सुरु भएको छ। नेपाल फलफूल थोक व्यवसायी संघ र फलफूल विकास निर्देशनालयको संयुक्त आयोजनामा सुरु भएको मेला दुई दिन चल्नेछ। मेलामा स्वदेशी आँपको प्रदर्शनी तथा...

अब पालो व्यवस्थित पुनर्निर्माणको

अब पालो व्यवस्थित पुनर्निर्माणको

काठमाडौं- भूकम्पबाट थिलोथिलो भएको मुलुकलाई फेरी उस्तै अवस्थामा फर्काउन सरकारलाई प्रमुख रुपमा दुई कुराको आवश्यक थियो- आवश्यक बजेट र काम गर्न सक्ने क्षमता। 'नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन' सोचेभन्दा भव्य...

भारतद्वारा एक खर्ब सहयोगको घोषणा

भारतद्वारा एक खर्ब सहयोगको घोषणा

काठमाडौं- भारतीय विदेशमन्त्री सुस्मा स्वराजाले एक खर्ब नेपाली रुपैयाँ अनुदानको घोषणा गरेकी छन्। सोल्टी होटलमा आयोजित दाता सम्मेलनमा सम्बोधन गर्दै सुस्माले एक बिलियन अमेरिकी डलर अनुदानको घोषणा गरेकी हुन।