Friday 16 Magh, 2071 |
Menu

अर्थ

HUB

पर्यटकीय मार्गमै पर्यटन गाडीलाई अवरोध

  • १४ बैशाख, २०७०
  • सन्तोष पोखरेल
  • DISQUS_COMMENTS
(1 Vote)
पर्यटकीय मार्गमै पर्यटन गाडीलाई अवरोध
पोखरा - पर्यटकीय पदमार्गमा पर्ने नयाँपुल–घान्दु्रक सडक खण्डका यातायात व्यवसायीले एकाधिकार (सिन्डिकेट) लाद्दै पर्यटकबाहक सवारी चल्न रोकेका छन्। शनिबार जापानी पर्यटकको समूह बोकेर घान्द्रुक गएको एक जिपलाई स्थानीय यातायात व्यवसायीले रोक लगाउँदै जरिवाना तिराएर छाडे। पोखराबाट पाँच जापानी लिएर घान्द्रुक गएको ग. १ य ५६३ नम्बरको पर्यटक नम्बर प्लेटको जिपलाई नयाँपुल, वीरेठाँटी, घान्द्रुक, तिखेढुंगा जिप व्यवसायी समितिमा आबद्ध व्यवसायीका पदाधिकारीले रोकेको गाइड मछिन्द्र राईले जानकारी दिए।
'घान्द्रुकका लागि पोखरादेखि जिप रिजर्भ गरेर गइरहेका थियौँ, वीरेठाँटीबाट अघि बढ्न लागेकै बेला केही युवा आएर हामीलाई जान पाइँदैन भनेर रोके,' उनले भने, 'स्थानीय समितिमा आबद्ध जिपबाहेक अन्य सवारी चल्न नदिने भन्दै उनीहरुले गाडी जान दिएनन्।'
स्थानीय यातायात व्यवसायीको जिपमा जानुपर्ने भन्दै समितिमा आबद्ध युवाले रोकेको उनले बताए। 'कि पर्यटक ओरालेर हिँडेर जानुपर्छ, नत्र हाम्रो जिपमै लैजानुपर्छ भनेर उनीहरुले करिब डेढ घन्टा रोके,' उनले भने, 'पछि १ हजार २ सय रुपैयाँ जरिवाना तिरेपछि बल्लतल्ल जान दिए।' 
एक पटकका लागि भन्दै आफूहरुलाई जान दिएको उनले बताए। जरिवाना तिरेर जिपले पर्यटकलाई घान्द्रुक प्रवेशमार्गको स्याउलीबजार पुर्यालएर फर्केको थियो। वीरेठाँटी–स्याउलीबजार करिब पाँच किलोमिटर दुरीमा छ। 
पर्यटकीय मार्गमा यातायात व्यवसायीले एकाधिकार कायम गर्दा पर्यटकलाई असर परेको उनले बताए। 'स्याउलीबजारसम्म जिप लैजान नपाए टे्रकिङ नै नजाने भन्दै पर्यटक रिसाएपछि जरिवाना तिरेरमात्र अघि बढ्न दिए,' राईले नागरिकसँग भने, 'पर्यटक निकै नै दुःखी छन्। यसले नराम्रो सन्देश प्रवाह हुने अवस्था आएको छ।' 
जापानी पर्यटक घान्द्रुक, लान्द्रुक, पोथाना हुँदै पोखरा फर्कने पाँच दिनको पदयात्रामा गएका थिए। रिजर्भ गरेर लगेको गाडी लैजान नदिने भए 'एसियुक्त' अर्काे जिप खोजिदिन भन्दा त्यसको जिम्मा नलिने जवाफ फर्काएको जिपका चालक दुर्गादत्त दाहालले बताए। 
'पर्यटकहरु यो गर्मीमा हिँड्न सक्दैनन्, त्यसैले एसियुक्त जिप रिजर्भ गरेका हुन्, हाम्रो गाडी जान नदिने भए अर्को यस्तै जिप खोजिदिनुस् भन्दा झनै धम्काए,' दाहालले भने, 'हाम्रै गाडी चढ्नुपर्छ भन्दै जिद्धिमात्र गरिरहे, एसि जिप खोजिदिन नसक्ने भन्दै पैसा असुले।' सुरुमा २ हजार ५ सय रुपैयाँ मागे पनि पछि एक पटकका लागि भन्दै १ हजार २ सयमा जान दिएको उनले बताए। 
पर्यटन व्यवसायीले पनि यो घटनाको विरोध गरेका छन्। मुलुकबाट सिन्डिकेट हटिसकेको अवस्थामा पर्यटकीय पदमार्गमा कायम राख्दा यसले पर्यटन व्यवसायमा नकारात्मक सन्देश फैलाउने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष केदार शर्माले बताए। 
'स्वतन्त्र रुपमा जुनसुकै व्यवसाय गर्न पाइन्छ, तर एकाधिकार कायम गर्न खोजे कानुनविपरीत हो' उनले भने, 'जिप रिजर्भ गरेर गाउँ गएका पर्यटकलाई हतास बनाउने गरी स्थानीय यातायात व्यवसायीले दुःख दिनु निकै लज्जास्पद हो।' 
पदमार्गमा गएका पर्यटकलाई दुःख दिँदा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जाने उनले बताए। 'दुःख पाएका ती पर्यटकबाट अब घान्द्रुकबारे सकारात्मक सन्देश पक्कै जाँदैन, त्यसको बेफाइदा समग्र पर्यटन व्यवसायमा पर्छ,' शर्माले भने, 'एकाधिकार कायम गर्न खोज्नेलाई कानुनी कारबाही हुनुपर्छ।'
नयाँपुल, वीरेठाँटी, घान्द्रुक, तिखेढुंगा जिप व्यवसायी समितिले पनि उक्त मार्गमा आबद्धबाहेक अन्य सवारीलाई प्रवेश गर्न नदिने निर्णय गरेको अध्यक्ष दीपक गुरुङले बताए। 
'जबर्जस्ती पैसा लिने हाम्रो नीति छैन, तर समितिमा आबद्धबाहेक अन्य सवारीलाई वीरेठाँटी–घान्द्रुक खण्डमा चल्न नदिने निर्णय गरेका छौं,' उनले भने, 'हामीले पनि व्यवसाय गरेका छौं, लाखौं खर्चेर त्यो रुटमा जिप चलाएका छौं। रिजर्भ गरेर आएका गाडी चल्ने हो भने हामीले खानै पाउँदैनौं।' समितिमा अहिले ३३ वटा जिप आबद्ध छन्। 
कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले एकाधिकार कायम गर्न खोज्ने व्यवसायीलाई कारबाही गरिने बताए। 'कुन कानुनअन्तर्गत पैसा लिएको हो, छानविन गरेर कारवाही गर्छौं,' उनले भने।
पर्यटन बोर्डका कामु प्रमुख निरौलाले भ्रष्टाचार गरेकै हुन् : अख्तियार

पर्यटन बोर्डका कामु प्रमुख निरौलाले भ्रष्टाचार गरेकै हुन् : अख्तियार

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुभाष निरौलालाई भ्रष्टाचारी ठहर गरेको छ। सार्वजनिक खरिद ऐन २०६३ को मर्मविपरित अनियमितता र भ्रष्टाचार गरी पर्यटन...

आइसिटी अझै प्राथमिकताबाहिर

आइसिटी अझै प्राथमिकताबाहिर

कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) ले सूचना प्रविधि क्षेत्रका विविध आयामलाई समेटेर समय समयमा क्यान इन्फोटेकको नाममा मेला गर्दै आएको छ। क्यानले २ दशकअघि सुरु गरेको इन्फोटेकको २१औं...

एयरबस तालिम ‘पूरा गर्न नसकेपछि' तीन क्याप्टेन फिर्ता

एयरबस तालिम ‘पूरा गर्न नसकेपछि' तीन क्याप्टेन फिर्ता

काठमाडौं-नेपाल वायुसेवा निगमले यही महिनाभित्र प्राप्त गर्ने नयाँ जहाजको तालिम लिन गएका आधा दर्जन वरिष्ठ क्याप्टेन (पाइलट) मध्ये तीनजना तालिम ‘पूरा गर्न नसकेपछि' फिर्ता भएका छन्।

प्याराग्लाइडिङका तीन नयाँ कम्पनी

प्याराग्लाइडिङका तीन नयाँ कम्पनी

पोखरा-प्याराग्लाइडिङका तीनवटा नयाँ कम्पनी थपिएका छन्। अब पोखराको आकाशमा प्याराग्लाइडिङ गर्ने कम्पनी संख्या २२ पुगेको नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ। साहसी पर्यटकको संख्या बढ्दै गएपछि कम्पनी थपेको पर्यटन व्यवसायीले...

सरकारले नै बाँड्न थाल्यो ग्यास

सरकारले नै बाँड्न थाल्यो ग्यास

काठमाडौं-सरकारले अनुगमन चुस्त गराएर उद्योगीको कार्टेलिङ तोड्न नसकेपछि बजार हस्तक्षेप गर्दै आफैंले ग्यास बाँड्न थालेको छ। दुई महिनादेखि कृत्रिम अभाव गराइरहेका ग्यास उद्योगीलाई कानुनी कारबाही गर्न नसकेपछि उसले आइतबारदेखि टेकुस्थित...

नयाँ जहाजलाई दर्जन पाइलट आह्वान

नयाँ जहाजलाई दर्जन पाइलट आह्वान

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्ने नयाँ दुई ठूला जहाजका लागि करिब एक दर्जन पाइलट (क्याप्टेन) लिने भएको छ। निगम व्यवस्थापनले शनिबार सार्वजनिक सूचना आह्वान गरी करार...

नेशनल ट्रेडिङले तीन दिन ग्यास बाँड्ने

नेशनल ट्रेडिङले तीन दिन ग्यास बाँड्ने

काठमाडौं– ग्यासको चरम अभाव भएका बेला सरकार तथा निजीक्षेत्रको पहलमा तीन दिनसम्म नेशनल टे्रडिङको जग्गामा स्टल राखेर ग्यास बिक्री गरिने भएको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्यास विक्रेता महासंघ, नेपाल आयल...

दुई आयोजनामा खिचातानी

दुई आयोजनामा खिचातानी

काठमाडौं- बढ्दो विद्युत संकट कम गर्न विकास समिति गठन गरी द्रुत गतिमा निर्माण गर्ने लक्ष्य राखिएका बूढीगण्डकी र नलसिंहगाढ जलाशय जलविद्युत आयोजना अहिले राजनीतिक भागबण्डा र खिचातानीको सिकार बनेका छन्।