Thursday 8 Shrawn, 2071 |
Menu

कला

'शिरीषको फूल' शुक्रबारदेखि

(0 votes)
'शिरीषको फूल' शुक्रबारदेखि
काठमाडौं – पारिजातको उपन्यास 'शिरीषको फूल'मा आधारित फिल्म शुक्रबार रिलिज हुने भएको छ। जापानका तोसिआकी इतोहले चार वर्ष लगाई निर्देशन गरेको फिल्म अहिले काठमाडौं उपत्यकामा मात्र चल्नेछ। टोकियो युनिभर्सिटीका आम सञ्चार विभागका प्राध्यापक रहेका तोसिआकीले यसअघि बालमनोविज्ञानमा आधारित ५० मिनेट लामो नेपाली फिल्म 'कठपुतली' निर्देशन गरेका थिए। नेपाली फिल्मको इतिहासमाथि नै विद्यावारिधी गरेका तोसिआकीले 'शिरीषको फूल'लाई जापानी भाषामा समेत रिलिज गर्नेछन्।

दोस्रो विश्वयुद्धबाट भागेर आएका सुयोगवीर र जीवनलाई निस्सारवादी कोणबाट नियाल्ने मध्यम वर्गीय परिवारकी सकम्बरी फिल्मका मुख्य पात्र हुन्। सुयोगवीरको भूमिकामा गणेश लामा र सकम्बरीमा शर्मिला गुरुङको अभिनय रहेको छ। फिल्म बनाउँदा कलात्मक मूल्यको दायराभित्र बस्ने प्रयास गरिएको निर्मातासमेत रहेका लामाले बताएका छन्। निर्माण पक्षले जापानी भाषामा उपलब्ध गराएपछि निर्देशक तोसिआकीले 'शिरीषको फूल' पढ्न पाएका हुन्। उपन्यासको कलात्मकता र जापानी सेनाको प्रसंगले उनी प्रभावित भएका रहेछन्।

नेपाली फिल्ममाथि विद्यावारिधी गर्दा फिल्मको धार, स्वाद र दर्शक चाहनालाई राम्रोसँग बुझ्न पाएकोले आफूमा फेरि नेपाली फिल्म निर्देशन गर्ने हिम्मत पलाएको उनले बताए। फिल्म बनाउनुअघि उनले उपन्यास दर्जनौंपटक पढे। 'मेरो विचारमा कुनै पनि कृतिमाथि फिल्म बनाउनु सजिलो कुरा होइन। यस्तोमा अनेक कृतिगत सीमानाहरु हुन्छन्, जसलाई निर्देशकले चाहेरै पनि स्वतन्त्र रुपमा तोड्न सक्दैन। यसमा पनि मैले यस्तै कोसिस गरेको छु' निर्देशकले भने। फिल्म क्रियशन नेपाल र जमिन फिल्मस्को सहकार्यमा बनेको 'शिरीषको फूल'का सहनिर्देशक देशभक्त खनाल र विजयरत्न तुलाधर हुन्। नयनराज पाण्डे र तोसिआकी इतोहको पटकथामा अप्सरा कार्की, सौजन्य सुब्बा, वसुन्धरा भुषाल, श्याम राई, जगत राजथला, गोपाल भुटानी, लक्ष्मी भुषाल, सन्तोष लामा, गणेश मुनाल, इन्दिरा गोले गुरुङ लगायतले पनि अभिनय गरेका छन्। गौरीशंकर ध्वजुको सिनेमाटोग्राफीमा नारायण जिसीले फिल्म खिचेका हुन्। फिल्मको सुटिङ पनौती, भक्तपर, खोकना, बुङमती, बज्रबाहारी र पोखरामा भएको थियो।

कवि अवतारमा प्रकट

कवि अवतारमा प्रकट

पोखरा-गीतबाट स्थापित र गजलबाट थप चर्चित प्रकट पगेनी शिव शुक्रबार पोखरामा कवि अवतारमा प्रकट भए। देशका प्रमुख सहरहरुमा गजल बाचन गर्न भ्याइसकेका उनको कवितामा भने पहिलो एकल बाचन थियो। गाउँघर,...

व्यवस्थित बन्दै जुम्बा

व्यवस्थित बन्दै जुम्बा

काठमाडौं– सन् १९९० को दशकमा कोलम्बियामा अस्तित्वमा आएको जुम्बा नृत्य शैलीलाई नेपालमा पनि व्यवस्थित गराउने उद्देश्यले प्रशिक्षकहरुको मास्टर प्रशिक्षण आयोजना भएको छ। दुई दिने प्रशिक्षणका क्रममा ३२ जना जुम्बा प्रशिक्षकहरुले...

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

'चेन्नई एक्सप्रेस'को सिक्वेल नबन्ने

मुम्बई-'चेन्नई एक्सप्रेस'जस्तो सुपरहिट फिल्म दिएका निर्देशक रोहित शेट्टी र अभिनेता शाहरुख खानले फेरि सँगै काम गर्ने भएका छन्। तर, स्रोतका अनुसार उनीहरुले 'चेन्नई एक्सप्रेस'को सिक्वेल बनाउन लागेका भने होइनन्।

बन्ने भो 'नभ्य'

बन्ने भो 'नभ्य'

काठमाडौं– नयाँ फिल्म 'नभ्य'को निर्माण घोषणा भएको छ। विप्लब आर पोखरेलको निर्देशन रहने फिल्मबारे निर्माण टोलीले मंगलबार जानकारी गराएको हो।

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

प्रकाश गुरूङका बाबुछोरीले गाए पलेँटीको दशौं बार्षिकीमा

काठमाडौं- प्रकाश गुरूङले एक समयको आधुनिक नेपाली संगीतमा नयाँपन सहितका चर्चित गीतहरु भित्र्याए। उनकी छोरी रिमा त्यही विधामा भर्खर संघर्षरत् नयाँ पुस्ताको प्रतिनिधित्व गर्छिन्। शुक्रबार पलेँटी दसौं वर्षमा पुग्दाको दोश्रो...

तेरियाको प्रतीक्षा

तेरियाको प्रतीक्षा

बुटवल– सानैदेखि नाच्न भनेपछि हुरुक्क हुने। टिभीमा गीत बज्यो कि नाचिहाल्ने। गाउँमा केही कार्यक्रम भयो कि नाच्न भनेपछि अघि सरिहाल्ने। रुपन्देहीको रुद्रपुर सुनागाभा चोककी १२ वर्षीया तेरिया फौजा मगरको नाच्ने...

यो कथा हो सबैको!

यो कथा हो सबैको!

काठमाडौं– पारिवारिक कथामा निर्माण गरिएको फिल्म 'यो कथा हो तिम्रो मेरो'को गीतिएल्बम विमोचन गरिएको छ। मंगलबार बागबजारस्थित सिटीम्याक्स हलमा फिल्मका कलाकारहरुले संयुक्त रुपमा एल्बम विमोचन गरे।

सय करोड कमायो 'होलिडे'ले

सय करोड कमायो 'होलिडे'ले

मुम्बई, असार– लगभग दुई वर्षपछि अक्षय कुमारको फिल्मले सय करोड भारु कमाएको छ। सन् २०१२ मा अक्षयको फिल्म 'राउडी राठोर'ले सय करोड कमाएको थियो। त्यसयता अक्षयका फिल्म केही फिल्म हिट...