Friday 13 Bhadra, 2071 |
Menu

कला

फिल्मसँगै हस्तकला, चित्र र किताव

(1 Vote)
फिल्मसँगै हस्तकला, चित्र र किताव
काठमाडौ – सातौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव अन्तर्गत आज 'सि माला', 'द स्पेलिङ साउन्ड', फस्ट भ्वाइस्' र इन्डिसिनियस् मिडिया पोस्टकार्ड फ्रर्म नेपाल २८' लगायत फिल्म देखाइने भएको छ। यसैगरी हिजो निर्देशक रोशनफुर्वा तामाङको 'ल्हाप्साङकापो' को प्रिमियर भयो। ल्हाप्साङकार्पो क्षेत्रको तामाङहरुको संस्कृति छल्काउन एक युवतीको संकल्पमाथि फिल्म निर्माण भएको छ।

'तामाङहरुको बाक्लो बस्ती रहेको ल्हाप्साङकार्पो क्षेत्रमाथि खासै फिल्म निर्माण नभएकाले फिल्म बनाउन उत्साह आएको हो। परम्परागत तामाङ संस्कृतिलाई प्रतिनिधित्व ' ल्हाप्साङकापो' ले गरेको छ, ' निर्देशक रोशनफुर्वाले भने। फिल्मलाई सबै दर्शकले हेर्नसक्ने तयारीमा समेत उनी लागेका छन्। निर्देशक लुनिभा तुलाधरको 'नभनिएको कथा' को समेत प्रिमियर गरियो। सशस्त्र द्वन्द्वबाट पिडित एक किशोरीको साहसिक कथालाई फिल्ममा समावेश गरिएको छ। 


शनिबार छुट्टी मनाउन पुगेका दर्शकहरुले महोत्सवमा मगर, नेवारी र चेपाङ समुदायको विभिन्न परिकारको समेत स्वाद लिन भ्याए। 'छुट्टीको दिन भएर दर्शकको भीड हल्का बढेको छ। महोत्सवमा आदीवासीका खाना, पुस्तक र हस्तकलामा सामग्रीको विभिन्न स्टल समेत भएकाले दर्शकहरुले रमाइलो गर्न भ्याएका छन्, ' आयोजकका संञ्जोकलाफा मगरले भने। 'सञ्चारमा आदिवासीहरुको समान पहु“च र सहभागिता' नारा बोकेको महोत्सव राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा चलिरहेको छ।

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

सिनेमाण्डुमा सहाराको 'इन्द्रेणी खोज्दै जाँदा'

काठमाडौं– निर्देशक सहारा शर्माको फिल्म 'इन्द्रेणी खोज्दै जाँदा'ले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाएको छ। बुधबार राजधानीको नेपाल भारत पुस्तकालयमा आयोजित सिनेमाण्डुमा 'इन्द्रेणी खोज्दै जाँदा' फिल्म समेत प्रदर्शन गरियो। फिल्म प्रदर्शनसहित फिल्म...

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

हार्न तयार भएर लेखिएको मन्त्रीको आत्मकथा

पोखरा-स्वास्थ्य तथा जनसंख्यमन्त्री खगराज अधिकारी संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्ष उम्मेदवार बनेनन्। समानुपातिकतर्फ नाम भए पनि सभासद बन्न पाएनन्। मन्त्री भने बन्न पाए। तर भर्खरै भएको एमाले महाधिवेशनमा पनि चुनाव हारे।...

बिपीका फोटो प्रदर्शनी

बिपीका फोटो प्रदर्शनी

काठमाडौं – पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा तस्बिर प्रदर्शनी शनिबार नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ।

बिदा भए रबिन विलियम्स

बिदा भए रबिन विलियम्स

क्यालिफोर्निया– अमेरिकी अभिनेता तथा कमेडियन रबिन विलियम्स सोमबार उत्तरी क्यालिफोर्नियास्थित आफ्नै निवासमा मृत्त फेला परेका छन्। ६३ वर्षे उनले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ।

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

कानुनी उपचार खोज्छौं : सुरज—सहाना

काठमाडौ- टेलिभिजन पर्सनालिटी सुरज गिरी र साहना बज्राचार्यले आफूहरुले 'जवानी नबिसाएको र जवानी नविर्सिएको' प्रष्टिकरण दिएका छन्। केही मिडियामा आफूहरु बारे आएको खबरले व्यक्तित्वमा क्षति पुर्‍याएको भन्दै कानुनी उपचार खोज्ने...

महजोडीले सातवर्षपछि पोखरा हँसाए

महजोडीले सातवर्षपछि पोखरा हँसाए

पोखरा-सात वर्षको अन्तरालमा मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले फेरि पोखरा हँसाएका छन्। टुबोर्ग महजात्रा हास्य महोत्सव लिएर आएका उनीहरुले शुक्रबारदेखि हँसाउन थालेका हुन्। महोत्सव सोमबारसम्म चल्नेछ।

मोदीको जीवनी निस्कियो

मोदीको जीवनी निस्कियो

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले चर्चा कमाइरहेका बेला उनकै जीवनीमा केन्द्रित 'नरेन्द्र मोदी : राजनीतिका आधुनिक चाणक्य' शीर्षकको पुस्तक सार्वजनिक भएको छ। पाँचपोखरी प्रकाशन गृहले छापेको पुस्तकलाई अच्युत...

कस्तो छ श्रीकृष्णलाई?

कस्तो छ श्रीकृष्णलाई?

काठमाडौं– हनिमुन बहानामा झन्डै दुई हप्तादेखि हराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको अवस्था गम्भीर रहेको लक्षण देखिएको छ। आइतबार नयाँ बानेश्वरमा आयोजित 'कोहिनूर' फिल्मको पत्रकार सम्मेलनमा निर्देशक आकाश अधिकारीले श्रीकृष्णलाई मिस गर्दै...